Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २, २०७६
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मिखायल अलेक्स्यान्द्रोभिच बाकुनिन एक रुसी अराजकवादी क्रान्तिकारी थिए। राज्य र भगवान नामक पुस्तकका लेखक बाकुनिनका सामुहिक अराजकतावादसम्बन्धी अनेकन लेख र पुस्तिकाहरु प्रकाशित छन्। जसले यूरोपमा सामाजिक अराजकतावादी परम्परालाई हालसम्म निर्देशित गरिरहेको देखिन्छ। उनका अराजकतावादको खण्डन गर्ने क्रममा उनी र मार्क्सबीचको मित्रता बिग्रिएको थियो। तथापी उनीहरुबीच एकअर्का प्रति आलोचनात्मक धारणा रहेको देखिन्छ। सो कुरा तल प्रस्तुत प्रशङ्गहरुले बुझाउन सक्छ।

    मार्क्सबारे बाकुनिनको बुझाइ

    बुर्जुवाहरूले मार्क्सको पूँजी कहिल्यै पढ्ने छैनन्, वा पढि हाले पनि बुझ्ने छैनन् र यदि बुझी हाले पनि त्यसबारे केही बोल्ने छैनन्- बाकुनिन

    जहाँसम्म सिक्ने कुराको सन्दर्भ आउँछ, मार्क्स  अतुलनीय रूपमा म भन्दा अगाडि थिए र छन् । त्यसबखत राजनीतिक अर्थशास्त्रबारे म मा कुनै ज्ञान थिएन। म आफ्ना परालौकिक नैतिक चुकबाट पूर्ण मुक्त भइसकेको थिइन र मेरो समाजवाद स्वभाविक थियो । उमेरमा उनी म भन्दा कान्छा भएतापनि, उनी पहिले नै नास्तिक, सचेत भौतिकवादी र सुसूचित समाजवादी बनिसकेका थिए। उनीद्वारा प्रस्तावित आजको प्रणालीका आधारहरू उनी ठीक त्यति बेला नै ब्याख्या गर्दै थिए। हामी बीच प्राय भेटघाट भइरहन्थ्यो। उनको ज्ञान र अनुरक्त निष्ठाको लागि म उनको उच्च आदर गर्दथें— अँ सधैजसो त्यसमा रवाफ मिसिएको किन नहोस्— सर्वहारा हितका लागि। म उत्सुकतासाथ उनीसँग वार्तालापको प्रतिक्षा गर्दथें र जब त्यसता वार्ताहरू क्षुद्र घृणाद्वारा प्रेरित हुँदैनथे, त्यस्ता वार्तालापहरू सधै शिक्षाबर्ध्दक र तार्किक हुने गर्थे। तर दुखको कुरा प्राय नहुनु पर्ने कुरा नै हुन्थ्यो। हामी बीच त्यस्तो खुला आत्मियता कहिल्यै रहेन— हाम्रा आफ्नै मिजासले त्यस्तो हुन दिदैनथ्यो। उनी मलाई भावनामा बग्ने आदर्शवादी भन्थे।
    सन् १८४५ मा मार्क्स जर्मन कम्युनिष्टका नेता बनिसकेका थिए। उनका समर्पित मित्र एङ्गेल्स उत्तिकै बौद्धिक थिए तर उनी विद्वान थिएनन्। यतिहुँदा हुँदै पनि एङ्गेल्स अति ब्यवहारिक थिए र राजनीतिक निन्दा, झुट र दाउपेचमा पनि कम निपुण थिए। दुबै मिलेर जर्मन कम्युनिष्टसँग समाजवादीहरूको एउटा गोप्य संगठन बनाए।

    फ्रान्सेलीहरूले बाकुनिनलाई राम्ररी चिन्दथे र उनका बारे ठट्ठा गर्ने गर्थे “क्रान्तिको पहिलो दिन बाकुनिन सम्पत्ति हो। दोस्रो दिन उसलाई गोली ठोक्नु पर्छ।”-  मार्क्स

    मार्क्सको मृत्यु हुनु केहि महिना अगाडि मैले उनलाई प्रुधों बारे बताएँ। प्रुधों, जसले शास्त्रीय आदर्शवादको परम्परा विरुद्ध आफ्ना समस्त प्रयासहरू केन्द्रित गरे तर, उनी जीवनभर सुधार हुनै नसक्ने आदर्शवादी रहे, जो हर समय बाइबल, रोमन कानुन र पराभौतिकमा डुबी रहे। उनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको उनले कहिल्यै प्राकृतिक विज्ञान वा तिनका विधिहरूलाई दुरुस्त बनाएनन् । उनी एक जिनियस थिए, सहि बाटो पक्रिएका थिए तर आफ्ना आदर्शवादी ढाँचाका कारण सधै पुरानै गल्तिहरूमा फस्दथे।  प्रुधों अनन्त अन्तरविरोधहरूका पुलिन्दा थिए, एक जबरजस्त जिनियस थिए, उनी एक क्रान्तिकारी थिए, हरबखत आदर्शवादी छौंडाहरूको प्रतिवाद गरिरहन्थे तर स्वयं विजयी कहिल्यै बन्न सक्दैनथे।

    …. एक चिन्तकका रूपमा मार्क्स  सहि मार्गमा छन्  उनले इतिहासमा कानुनी इभोल्युसन आर्थिक विकासको कारण होइन प्रभाव हो भन्ने सिद्धान्त स्थापित गरे र यो अवधारणा महत्वपूर्ण र फलदायी अवधारणा हो। यद्यपि यो उनको आफ्नै आविष्कार थिएन— बढी वा कम अर्थमा उनका अग्रजहरूले यसलाई शुत्रबद्ध गरेका हुन्— तर यसलाई अर्थब्यवस्थाको ठोस आधारको रूपमा स्थापित गराउने श्रेय मार्क्सलाई जान्छ। अर्को तर्फ प्रुधों स्वाधिनतालाई मार्क्स भन्दा बढि बुझ्दथे र आत्मसात् गर्दथे। पराभौतिक सिद्धान्तहरूको रनाहा नलागेको अवस्थामा प्रुधों स्वतः क्रान्तिकारी बन्थे;
    उनी शैतानको उपासना गर्दथे र उनले आफूलाई अराजक भएको घोषणा गरे। सम्भवत मार्क्सले स्वाधिनताको बढी युक्तिसंगत प्रणाली स्थापित गर्न सक्थे, तर उनीसँग स्वाधिनताको आन्तरिक चेतनाको कमी थियो— अर्थात् उनी शीर देखि पाइतलासम्म तानाशाही थिए।

    दास क्यापिटल ..  मार्क्सलिखित जसलाई फ्रेन्च भाषामा अनुवाद गर्न आवश्यक छ किनभने यो मैले बुझेसम्म यसमा बुर्जुवा पुँजी निर्माण र त्यो पुँजीले सर्वहाराको श्रममाथि गर्ने निर्मम र ब्यवस्थित शोषणको…. गहिरो, सटिक, वैज्ञानिक र निर्णायक ढँगले विश्लेषण गरिएकोछ। र यदि मैले ब्यक्त गर्नसक्छु भने यति निर्मम विश्लेषण अर्को कुनै छैन। सकारात्मक दिशामा, अर्थशास्त्रको गहिरो अध्ययनमा आधारित र तथ्य आधारित तर्क बाहेक आग्रहहरू नभएको हुदाँहुदै पनि यसको एउटै कमी भनेको यो खण्ड–खण्डमा लेखिएको छ, पराभौतिक, र अमूर्त शैलीमा लेखिएको छ, जसले गर्दा बहुसंख्यक मजदुरहरूले यसलाई छिचोल्न सक्ने छैनन्, तर वास्तविका कुरा चाहीँ सबैभन्दा बढी उनीहरूले नै यसलाई पढ्न जरुरी छ। बुर्जुवाहरूले यो कहिल्यै पढ्ने छैनन्, वा पढि हाले पनि बुझ्ने छैनन् र यदि बुझी हाले पनि त्यसबारे केही बोल्ने छैनन्; किनकि यो कृति उनीहरूका लागि वैज्ञानिक रूपले प्रेरित, अपरिवर्तनीय रूपमा मृत्युदण्डको घोषणा भन्दा कम छैन, ब्यक्तिका विरुद्ध होइन वर्गका विरुद्ध। स्रोत : Source: Bakunin on Anarchy, p. 25-6 (by James Guillaume) Publisher: George Allen & Unwin Ltd, UK

    बाकुनिनबारे मार्क्सको ठम्याइ

    जनताले पुरानो व्यवस्थालाई फालेपछि तुरुन्तै स्वतन्त्र जीवन बाँच्न थाल्नुपर्छ अन्यथा उनीहरूले पाएको स्वतन्त्रता गुमाउने छन्। –  बाकुनिन

    हामीले सर्वहारा अधिनायकत्वबारे बोलेका थियौं, तर पार्टीको अधिनायकत्व, केन्द्रीय समितिको, वा व्यक्तिको अधिनायकत्वको कुरा गरेका थिएनौं।” हामीले श्रमिक वर्गको अस्थायी अधिनायकत्वको कुरा गरेका थियौं। जनसमुदायले राज्य आफ्नो अधिनमा लिएर सबै मानिसको हितमा शासन गर्नेछन् — तबसम्म शासन गर्नेछन्, जब राज्य स्वयंको औचित्य समाप्त हुनेछ र बिस्तारै त्यो विलाएर जानेछ।

    बाकुनिन यसमा असहमत थिए उनी भन्थे राज्य, भलै त्यो श्रमिकहरूको राज्य नै किन नहोस्, यदि उसँग सेना, पुलिस जेलहरू, छन् भने त्यो तानाशाही हुन्छ। उनी मसँग विवाद गर्न औधी रुचाउँथे।

    के तपाईंहरू उनीबारे जान्नु हुन्छ? बाकुनिन, ती अराजकतावादी ? यदि एक उपन्यासकारले त्यस्तो पात्रको चरित्र निर्माण गरे भने तपाईंहरू त्यस्तो व्यक्ति हुनै सक्दैन भन्नु हुनेछ। बाकुनिन र मेरो मिल्ति थिएन भन्नु गलत हुन्छ।

    लौ सुन्नुहोस् ! म र एङ्गेल्स ब्रशेल्समा घोषणापत्र लेख्‍न ब्यस्त रहेको बेला उनले के भने।

    मार्क्स र एङ्गेल्स, अझ विशेषगरी मार्क्स जन्मजात नै बुर्जवा हुन् ।”

    हामी जन्मजात बुर्जवा ! हो, बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो किनभने बाकुनिन सुङ्गुर सरी बस्थ्यो। र यदि तपाईंलाईं सुङ्गुर जसरी बस्न मन पर्दैन, तपाईंसँग ओत लाग्ने छत छ, तपाईंसँग पियानो छ र तपाई ताजा रोटी र वाइन खान रुचाउनु हुन्छ भने, तपाईं पक्का बुर्जवा हो।

    म उत्सुकताकासाथ मार्क्ससँग वार्तालापको प्रतिक्षा गर्दथें। जब त्यसता वार्ताहरू क्षुद्र घृणाद्वारा प्रेरित हुँदैनथे, त्यस्ता वार्तालापहरू सधै शिक्षाबर्ध्दक र तार्किक हुने गर्थे। तर दुखको कुरा प्राय नहुनु पर्ने कुरा नै हुन्थ्यो। हामी बीच त्यस्तो खुला आत्मियता कहिल्यै रहेन— हाम्रा आफ्नै मिजासले त्यस्तो हुन दिदैनथ्यो। उनी मलाई भावनामा बग्ने आदर्शवादी भन्थे- बाकुनिन

    मान्छे चैं उ आँटी नै हो। उसलाई जेल हालियो, साइबेरिया पठाइयो, ऊ त्यहाँबाट भाग्यो र सबैतिर क्रान्ति गर्ने भनेर संसार भर बरालियो। ऊ अराजक समाज चाहन्थ्यो तर उसले निर्माण गरेको एउटै अराजकतावादी समाज संसारमा त थिएन, उसको दिमागमा मात्र थियो। उसले बोलोंग्नामा विद्रोह थाल्ने कोशिस गर्‍यो तर आफ्नै पेस्तोलले झण्डै आफ्नो ज्यान गुमायो। हरेक ठाउँमा उसले थालेका क्रान्ति असफल भए, तर ऊ एक महिलासँगको प्रेममा असफल भएको प्रेमीले अरु महिलासँग पटक पटक प्रेमको चाहना राखे जस्तै थियो।

    तपाईंले बाकुनिनको फोटो देख्‍नुभा छ? एउटा भिमकाय मानिस, खुईलिएको तालु जसलाई छोप्न ऊ सानो खैरो टोपी लाउँथ्यो। बाक्लो दाह्री र डरलाग्दो हाउभाउ भएको। उसका दाँत थिएनन्— जेलको खानाको कारण स्कर्भी लागेर गिजा कमजोर भएर झरेका थिए। मानौ ऊ त यस संसारमा हैन उसको कल्पनाको संसारमा बाँचिरहेको थियो। उ पैशाको लागि अपरिचित थियो। जब पैशा हुन्थ्यो ऊ बाँढ्दै हिड्थ्यो अनि जब हुँदैनथ्यो तब सापटी लिन्थ्यो, उसलाई सापटी दिनु कुकुरलाई मासु पैचों दिनुजस्तै थियो। उसको आफ्नो घर थिएन, अझ तपाईं यसो भन्न सक्नुहुन्छ कि संसार नै उसको घर थियो। ऊ कुनै कमरेडको घर पुग्थ्यो र घोषणा गर्थ्यो, “लौ है म आइपुगें — म कहाँ सुत्ने हो र खानलाई के के छ ?” आएको एक घण्टाभित्र ऊ घरबेटी भन्दा बढी घरको मालिक बन्थ्यो!

    शोहोमा भएको एउटा घटना छ। त्यस बखत हामी साँझको खाना खाँदै थियौं। बाकुनिन अचानक आइपुग्यो। ऊ प्रायजसो खाना खाने समयमा टुप्लुक्क आइपुग्थ्यो। उसले ढोका ढक्ढक्याउन पनि जरुरी ठानेन। हामी छक्क पर्‍यौं; ऊ इटलीमा छ भन्ने ठानेका थियौं। जब जब हामी उसका बारेमा सुन्थ्यौं ऊ कहीं दुरदराजको देशमा क्रान्ति संगठित गरिरहेको हुन्थ्यो। जे होस् उसले भित्र पस्दा दैलोका कब्जा झण्डै उक्कायो, वरिपरी नजर दौडायो, आफ्नो थोते हाँसो हाँस्यो र भन्यो, “नमस्ते कमरेडहरू।” अनि जवाफ नपर्खी कुर्सी तानेर खाने टेबल अघि बस्दै ससेज र मासुका ठूला ठूला गाँस हसुर्न थाल्यो, चिज पनि खायो र ग्लासका ग्लास ब्राण्डी तन्कायो।

    मैले उसलाई भने, “मिखाइल तिमी यो वाइन खाई हेर, हामीसँग प्रसस्त छ; ब्राण्डी धेरै महङ्गो छ।”

    उसले अलिकति वाइन पियो र तुरुन्तै थुक्यो र भन्यो, “यस्तो पनि मिठो हुन्छ। ब्राण्डीले तिमीलाई राम्ररी सोच्न मद्दत गर्छ।”

    त्यसपछि उसले सदा झैं आफ्नो नाटक सुरु गर्‍यो- भाषण छाँट्ने, विवाद गर्ने, आदेश दिने, चिच्याउने र उपदेश दिने। मलाई अचकाली रिस उठ्यो तर बोल्न चैं जेनीले बोलिन्, “मिखाइल आफूलाई रोक, तिमीले कोठाभित्रको सबै अक्सिजन सिध्याइसक्यौ!” ऊ हाँस्यो मात्र र आफ्नो चर्तिकला जारी राख्यो।

    बाकुनिनको दिमाग पुरै अराजकतावादी, कल्पनाशील र रोमाञ्चक बकबासले भरिएको थियो। म उसलाई अन्तरराष्ट्रियबाट निष्काशित गर्न चाहन्थे। तर जेनीलाई यो कुरा वाहियात लाग्थ्यो। उनी भन्ने गर्थिन्, “ किन? जम्माजम्मी ६ सदस्य भएको क्रान्तिकारी समूहबाट उसलाई निष्काशन गर्ने?”

    ऊ रङ्गिविरङ्गी किसिमका भेष बदल्थ्यो, किनभने युरोपका सबै देशका पुलिस उसलाई खोजिरहेका थिए। ऊ लण्डनमा हामीकहाँ आउँदा पादरीको भेषमा आएको थियो र हेर्दै जोकर जस्तो देखिन्थ्यो।

    अँ ऊ हामीसँग एक हप्ता बस्यो। एकपटक हामी विवाद गर्दै र हिँड्नै नसक्ने गरी पिउँदै, रातभरी बस्यौं। वास्तवमा म बाकुनिनका कुरा नटुङ्गीदै निदाई सकेको थिएँ। उसले, “मेरा कुरा सिद्धिएकै छैनन्”, भन्दै म नबिउँझिन्जेल मलाई झक्झक्यारह्यो।

    त्यो १८७१ को गौरवशाली हिउँदको समय थियो, जुन समय पेरिसमा कम्युनले शासन आफ्नो हातमा ल्याएको थियो …। हो, पेरिस कम्युन। बाकुनिन पनि त्यो क्रान्तिमा जिउज्यान फालेर लागेको थियो। फ्रान्सेलीहरूले उसलाई राम्ररी चिनेका थिए। उनीहरू बिच एउटा भनाई प्रख्यात थियो, “क्रान्तिको पहिलो दिन बाकुनिन सम्पत्ति हो। दोस्रो दिन उसलाई गोली ठोक्नु पर्छ।”

    त्यसपछि म र बाकुनिनसँगै बसेर पियौं र बहश गर्‍यौं, फेरि पियौं र विवाद गर्‍यौं। मैले उसलाई भने,“मिखाईल, तिमी सर्वहारा राज्यको अवधारणा नै बुझ्दैनौं। हामी एकै झट्कामा विगतलाई पन्छाउन सक्दैनौं। हामीले पुरानै व्यवस्थाको अवशेषबाटै नयाँ समाजको निर्माण गर्नुपर्छ। यसले समय लिन्छ नै।”

    उसले भन्यो, “त्यसो होइन। जनताले पुरानो व्यवस्थालाई फालेपछि तुरुन्तै स्वतन्त्र जीवन बाँच्न थाल्नुपर्छ अन्यथा उनीहरूले पाएको स्वतन्त्रता गुमाउने छन्।

    विवाद बढ्दै गएपछि त्यो व्यक्तिगत बन्यो। म अधैर्य बन्दै गइरहेको थिएँ। मैले भनें, “तिमी मुर्ख छौ, त्यसैले यो सब बुझ्दैनौ।”

    ब्रान्डीको असर उसमा पनि चढिरहेको थियो। उसले भन्यो, “तिमी सधैं ढिट कुकुरै रह्यौ। तिमीले चैं बुझ्या छैनौ। तिमीलाई लाग्छ, मजदुरहरूले तिम्रो सिद्धान्तको आधारमा क्रान्ति गर्नेछन्? उनीहरूले तिम्रो सिद्धान्तको बाल मतलब राख्छन्। उनीहरूको क्रोध स्वत: बढ्नेछ र उनीहरू तिम्रो तथाकथित विज्ञान बिनै क्रान्ति सम्पन्न गर्नेछन्। क्रान्ति गर्ने प्रेरणा उनीहरूको शरीरमै हुन्छ।” ऊ उत्तेजित भयो। “म तिम्रा सिद्धान्तलाई थुक्छु”।

    यति भन्दाभन्दै, उसले भुँइमा थुक्यो। कस्तो सुङ्गुर ! त्यो त अति भयो। मैले, “मिखाईल तिमी मेरा सिद्धान्त माथि थुक्न सक्छौ तर मेरो घरको भुँईमा हैन। तुरुन्त त्यसलाई साफ गर !”

    “लौ हेर, मलाई थाहा थियो तिमी हेपाहा छौ।”

    मैले भनें, “मलाई पनि थाहा थियो तिमी हिजडा हौ भनेर।”

    उनी कुर्लिए । सुन्दा कुनै प्रागऐतिहासिक जनावर कराए जस्तो लाग्यो। त्यसपछि उनी उफ्रेर म माथि चढे। बुझ्नुहोस् त्यो मानिस अजङ्ग नै थियो, भिमकाय । हामी भुँईमा कुस्ति लड्न थाल्यौं तर हामी यति मातेका थियौं कि एकअर्कालाई चोट पुर्‍याउन नसक्ने अवस्थामा थियौं। एकैक्षण पछि हामी थकित भयौं र म त्यहीं पल्टे । सास लिने कोशिस गर्न थाल्यौं। तब बाकुनिन जलगैडा जसरी उठ्यो, आफ्नो पतलुङको टाँक खोल्यो र झ्यालबाट पिसाब फेर्न थाल्यो। त्यो देखेर मलाई विश्वासै लागेन। “यस्तो के गर्‍या मिखाईल?”

    “तिमीले देखेनौ, म के गरिरहेको छु? म तिम्रो झ्यालबाट पिसाब फेरिरहेको छु।”

    “यो त ज्यादै घिनलाग्दो भयो मिखाईल” मैले भने।

    “म लण्डन माथि पिसाब फेरिरहेछु। म सिङ्गै बेलायती साम्राज्य माथि पिसाब फेरिरहेछु।”, उसले जवाफ फर्कायो।

    “हैन तिमीले मेरो गल्लीमा पिसाब फेरिरहेका छौ” मैले भने।

    उसले जबाफ दिएन, टाँक लगायो,जमिनमा सुत्यो र घुर्न थाल्यो। म पनि भुँई मै सुतें र एकैछिन् पछि अचेत भएँ। झिसमिसेमा जब जेनी उठिन्, उनले हामीलाई त्यसै अवस्थामा भेटिन्। स्रोत: हावर्ड जि़नद्वारा लिखित मार्क्स इन शोहो

     

    यो पनि पढ्नुहोस् –

    किन लेखें – मार्क्स फर्किए… 

    मार्क्स र एंगेल्सको कम्युनिष्ट घोषणापत्रमा के छ?

    कार्ल मार्क्सको दूर्लभ अन्तरवार्ता  

    फेक न्युजको जमानामा पत्रकार कार्ल मार्क्सको सम्झना  

    BY : Mikhail Bakunin

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.