Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता

लेनिनले भनेका थिए,'हामीलाई समाजवाद बारेमा थोरै मात्र ज्ञान छ। ... हामी समाजवादको बारेमा साङ्गोपाङ्गो विवरण पस्किन सक्ने अवस्थामा छैनौं। ...

टंक कार्की टंक कार्की
बैशाख १७, २०८१
- दस्तावेज, राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    लेनिनलाई म रुसका एक विख्यात राजनीतिक सिद्धान्तकार, क्रान्तिकारी र सच्चा मार्क्सवादीका रूपमा सम्झन्छु। लेनिन र लेनिनवादको महत्ता र सान्दर्भिकता अहिले हराएको होइन बरु झन प्रष्ट हुँदै आएको छ।

    मान्छेले आफ्ना दुःख, आफूमाथिका उत्पीडन र शोषणबाट मुक्तिको उपाय खोजेको आज होइन, मानव समाजको यो निकै पुरानो कथा हो। सुरुमा यसमा धार्मिक पक्षले योगदान गरे। त्यसपछाडि अन्य समाजशास्त्री र राजनीतिज्ञहरूले पनि यसमा भूमिका खेले। क्रमशः यो व्यक्ति विशेषको मात्रै चासोको विषय रहेन, यी विषयलाई सामाजिक संगठनका रूपमा पनि हेर्न थालियो।

    सुरुमा धार्मिक व्यक्तित्वहरूले मानिसका दुःख, कष्ट, उत्पीडन र शोषणबाट मुक्तिको उपायका लागि दुई ढंगले सोचे। पहिलो, व्यक्तिगत रूपमा व्यक्तिलाई मुक्त गर्ने। अर्को, इहलोकबाटै मुक्ति दिन सम्पूर्ण सम्भव नदेखिएकाले परलोकमा मुक्ति दिन सकिन्छ भनेर सपनाहरू बाँडे। धार्मिक सम्प्रदायभित्र यो ढंगको ढाँचा देखिन्छ।

    अलि पछाडि गएर इहलोकमै मान्छेका मुक्तिका उपचारहरू खोज्ने क्रममा दुइटा धाराहरू देखिए। एउटा धारा— मानिसलाई दुःख–कष्ट वा उत्पीडनबाट मुक्त गर्नु वैयक्तिक मामिला मात्रै हो र त्यसैका सिमा वरिपरि उपायहरु खोज्न प्रयत्न गरिए। अर्को धाराले यसलाई सामाजिक मामिला बनायो। विकासको खास चरणले निर्धारित गर्ने अर्थ राजनीतिक संवन्धको परिणाम हो यो। त्यसैले यसलाई परलोकमा होइन इहलोकमै र व्यक्तिगत रूपमा होइन सामाजिक रूपमै निराकरण गर्नुपर्छ। यसपछि मानिसलाई उत्पीडनबाट मुक्तिका लागि वैज्ञानिक र परिष्कृत सिद्धान्त वा विचारधाराको रूपमा मार्क्सवाद आयो। मार्क्सवादले समाजको सिङ्गोपाङ्गो विश्लेषण गर्‍यो। विभिन्न चरण, उपचरण हुँदै मार्क्सवादले आजसम्मको अवस्थाको, खासगरी पुँजिवादको सूक्ष्म विश्लेषण गर्‍यो, भावी सामाजिक दिशा औंल्यायो। आफ्नो सामाजिक विकासमा समाज आदिम साम्यवाद, दास युग, सामन्तवाद हुँदै पुँजिवादमा आईपुगेको र यस पछिको समाज साम्यवादमा प्रवेश गर्ने ठम्यायो। साम्यवादका दुई चरण छन्- समाजवाद, त्यसपछि साम्यवाद । समाजवाद साम्यवादको पहिलो चरण हो ।

    पहिलो औद्योगिक क्रान्तिपछि विकसित पुँजीवादी समाजको विश्लेषण गरेर उत्पीडनमा परेका मानिसलाई मुक्ति दिने भावी समाज कस्तो बनाउने भन्ने खाका मार्क्सवादले कोरेको छ। यसअघिका समाजमा पनि आफ्नै प्रकारका विभिन्न वर्गमा विभाजित समाज थिए। पुँजीवादी समाज वा पुँजीवादी उत्पादन सम्बन्ध मूलतः दुई वर्ग (पुँजीपति वर्ग र सर्वहारा वर्ग)मा विभाजित वा ध्रुवीकृत छ। पुँजीवादले आफ्नो विकास प्रक्रियामा दुइटा कार्य गर्छ ।

    १) यसले उत्पादन प्रक्रियालाई सामाजिकीकरण गर्छ ।

    २) उत्पादनका साधनमा निजी स्वामित्वलाई दोहन गर्दै केन्द्रीयकरण गर्दै जान्छ।

    अर्थात् उत्पादन प्रक्रियामा मानिसहरू उत्पादन र उत्पादनकाका साधनमा स्वामित्व भएकाहरू र सिमान्तकृत हुने – पुँजिपति र सर्वहाराको ध्रुवीकृत समाज रहन्छ। त्यसै अनुरुपको राजनीतिक उपरी ढाँचा बन्छ। राजनीति र उत्पादनका लाभ पनि त्यसरी नै बाँढिन्छन्।

    यी दुई वर्ग बीच संघर्षको अवस्था रहन्छ, जसलाई पुँजीवादी समाजको वर्ग संघर्ष भनिन्छ। यो अवस्थामा निजी सम्पत्ति थुपार्दै जाने पुँजिपती वर्ग सानो,थोरै, अल्पमत र निर्धन श्रमिकहरु – सर्वहारा वर्ग, ठूलो, धेरै, बहुमत रहन्छन्। यो विभेदकारी उत्पादन सम्वन्धले ल्याएको परिणाम हो। यो अन्यायपूर्ण मात्रै होइन यसको विकासको उत्कर्षमा उत्पादक शक्तिको विकासमा वाधक पनि बन्दछ। मार्क्सले के भनेका छन् भने, उत्पादक शक्ति र उत्पादक सम्बन्धको बीच एउटा यस्तो चरण वा संघर्ष आउँछ, जसले अन्ततः विद्यमान उत्पादक सम्बन्ध जुन ढाँचामा रहेको हुन्छ, त्यसलाई तोडेर त्योभन्दा उच्च चरणको सम्बन्धमा आउनुपर्छ, तब भने सामाजिक क्रान्तिको युग सुरु हुन्छ। पुँजीवाद उत्तर हुने यस्तो उत्पादन सम्बन्धमा मूलतः सामाजिक स्वामित्वको स्वरूप रहन्छ। सामाजिक क्रान्ति रातारात संपन्न हुने घटना होइन, युगीन लामो प्रकृया हो। त्यसको संक्रमणकालीन पहिलो चरण भनेको समाजवाद अनि मात्रै अन्तत: साम्यवादमा गएर थेग्रिन्छ। त्यो पनि विभिन्न चरण भएर गुज्रनु पर्दछ।

    श्रमजीवी वर्गले आफ्नो मुक्तिको निम्ति छुट्टै प्रयत्न गरेको इतिहासको पहिलो घटना भनेको सन् १८४८ को युरोपियन क्रान्ति नै हो। त्यसअघि सधैँभरि श्रमजीवी वर्ग पुँजीपति वर्गको पुच्छर मात्रै हुन्थ्यो। त्यस पछि यसले आफ्नो स्वतन्त्र भूमिकालाई बढाउँदै लग्यो। पछि १८७१मा पेरिस क्रान्तिमा श्रमजीवी सर्वहारा वर्गले राज्यसत्ता मात्रै आफ्नो हातमा लिएन कि उत्पादनको त्यो ढाँचामा पनि परिवर्तन गर्ने कोसिस गर्‍यो र सामाजिक विकल्प प्रस्तुत गर्‍यो। तर भित्र वा बाहिरका प्रतिक्रियावादीहरूको गठजोडका कारण त्यो क्रान्ति अल्पजीवी रह्यो। तरै पनि त्यो क्रान्ति अहिले सम्मकै सर्वहारा वर्गको नेतृत्वमा भएको विकसित पुँजीवादी समाजको पहिलो र अन्तिम क्रान्त्ति थियो।

    लेनिनवादको उदय

    मध्यम वर्गबाट आएको रुसको कजान विश्वविद्यालयमा पढी रहेको एउटा मेधावी विद्यार्थी। अल्लारे नै भन्नु पर्छ, मात्र १७ वर्ष उमेरको। अचानक आफ्नै साख्खे दाइलाई रुसी जारको हत्या आरोपमा फाँसीको सजाय हुन्छ। यत्र तत्र विरोध हुन्छ र उनको विश्व विद्यालयमा पनि विरोधमा प्रदर्शन हुन्छ। त्यस्ता विद्यार्थीहरुको मुख्य नाइके करार गरेर उनलाई विश्व विद्यालयबाट निष्कासन गरिन्छ। यसरी आफ्नै जीवनको भोगाईबाट बुझ्दै जान्छन्, समस्या व्यक्ति विशेषमा या खास विषय विशेषमा भन्दा प्रणालीमै छ र यसको निदान प्रणालीकै उन्मूलनमा खोज्नु पर्दछ। नयाँ प्रणालीको खोजीमा उनी मार्क्सवादको उपचारमा आश्वस्त हुन्छन् र आफ्नो यथार्थमा त्यसको प्रयोगमा पूरा निष्ठाका साथ लाग्छन् | ती हुन्छन् भ्लादिमिर लेनिन। सन् १९१७को अक्टोवर क्रान्तिका नायक जुन क्रान्तिले ‘दस दिनमा संसार हल्लाई दियो’।

    लेनिनले मार्क्सवाद र सर्वहारा क्रान्तिको कृषि प्रधान रुसको सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थामा व्यवहारिक प्रयोग गर्नाले रुसी क्रान्तिमा उर्जा मिलेको र त्यसले गर्दा नै त्यहाँ ‘निर्धाहरुको क्रान्तिकारी राष्ट्रवाद’लाई जगाउन सकियो र अन्तत: रोमानोव घरानियाँको ३०० वर्ष लामो निरंकुश जारशाहीको अन्त्य भयो। क्रान्ति पुरानो जारशाही प्राणालीको विकल्पबाट उन्मुक्ति मात्रै थिएन, स्वयं पुँजीवादी प्रणालीको विकल्पको अभ्यास पनि थियो। उसो त आठ महिना अघि नै जारशाहीको उन्मूलनका साथ फेब्रुअरी क्रान्ति भनेर चिनिने पुँजीवादी लोकतान्त्रिक क्रान्ति सम्पन्न भई सकेको थियो।

    लेनिन मार्क्सवादको अध्येता र अभ्यासकर्ता मात्रै थिएनन्, उनी विशद चिन्तक र विचारक पनि थिए। उनले मार्क्स पछाडिको पुँजीवादको गतिशास्त्रलाई सूक्ष्म अध्ययन गरे र स्वयं मार्क्सवादको सिर्जनात्मक विकास गरे। मार्क्सको पालामा पुँजिवाद स्वच्छन्द पुँजिवादको चरणमा थियो। मुनाफा र बजारको निम्ति पुँजिपतिहरु माझ स्वतन्त प्रतिष्पर्धा थियो। उपनिवेशको विस्तारको होडबाजी थियो।

    पुँजिवादले एकाधिकारको स्वरुप ग्रहण गरी सकेको थिएन। लेनिनको पालामा स्वच्छन्द पुँजीवादले आफ्नो चोला बदलेर साम्राज्यवादमा परिणत भयो। त्यसले एकाधिकारी स्वरुप ग्रहण गर्‍यो। लेनिनले यस अवस्थालाई पुँजिवादको उच्चतम चरण, मरणासन्न पुँजिवाद भनेका छन्।

    यसरी स्वच्छन्द पुँजीवाद अर्को जमानामा संश्लेषित गरिएको सर्वहारा वर्गको मुक्तिको दिग्दर्शन मार्क्सवादलाई मान्ने हो भने लेनिनवाद भनेको साम्राज्यवादी युगमा संश्लेषित गरिएको मार्क्सवाद कै  विकास हो। लेनिनको कुरा गर्दा त्यो साम्राज्यवादको युगमा त्यसले आफ्नो आधिपत्य विस्तारको निम्ति युद्ध निम्त्याउने र त्यसबाट मुक्तिको उपायका निम्ति सर्वहारा क्रान्ति हुने लेनिनका प्रस्तावना थिए। अर्को भाषामा भन्ने हो भने, लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो। स्वच्छन्द पुँजीवादबाट साम्राज्यवादमा आउँदा त्यसले जे स्थिति सिर्जना हुन्छ, त्यसबाट मुक्त हुनका निम्ति लेनिनका जुन प्रेस्क्रिप्सन छन्, तिनको सँगालो नै लेनिनवाद हो।

    मार्क्सेली विचार प्रणाली अनुसार, जहाँ–जहाँ पुँजीवादको चरम विकास भएको छ, त्यहीँ पहिले सामाजिक क्रान्ति सम्भव हुन्छ। मार्क्सको प्रस्तावना अनुरूप त्यसको पहिलो सटीक प्रयोग भएको भनेको पेरिस कम्युन नै हो। कम्युनपछि क्रान्तिको परिपथ बदलिन्छ र मार्क्सवादी ढाँचाको पहिलो क्रान्ति रुसमा हुन्छ। रुसमा युरोपमा जस्तो औद्योगिक पुँजीवादको यथेष्ट विकास न भएको हुँदा दुई चरणमा दुई भिन्न क्रान्ति हुन्छन्-  १९१७ को फेब्रुअरीको पुँजीवादी जनवादी क्रान्ति र त्यहीं वर्षको अक्टोबरको समाजवादी क्रान्ति। यी दुवै क्रान्तिमा लेनिनको योगदान अहं रहेको थियो।साम्राज्यवादको युगमा जहाँ त्यसको कमजोर कडी छ, त्यहाँ पहिले क्रान्ति सम्भव हुन्छ भन्ने लेनिनको निष्कर्ष थियो। नभन्दै रुसमा क्रान्ति सफल भयो।

    साम्राज्यवाद

    लेनिनले सन् १९१६ मा ‘साम्राज्यवाद पुँजिवादको उच्चतम चरण’ लेखे। लेनिनले साम्राज्यवादका विशेषतामा निम्न कुरा अघि सारेका थिए :

    (१) आर्थिक जीवनमा निर्णायक भूमिका खेल्ने गरी वस्तु र पुँंजीको संकेन्द्रीकरण

    (२) बैंकिङ पुँजी र औद्योगिक पुँजीको घालमेल र वित्तीय पुँजिको आधारमा वित्तीय अल्पाधिकारको सृजना

    (३) वस्तु निर्यातको ठाउँमा पुँजी निर्यातले असाधरण महत्व लिनु

    (४) आफुबीचमा बाडिचुडी गर्ने गरी वैश्विक एकाधिकारी पुँजिवादी संघ संस्थाको निर्माण

    (५) सबभन्दा ठुला पुँजिवादी शक्ति बिच संपूर्ण विश्वको क्षेत्रीय विभाजन संपन्न हुनु।

    लेनिनले अघि सारेका यी विशेषता आज पनि आम रुपमा कायम छन्। परिवर्तन उ बेलाको सानो पुँजिवादी क्षेत्र र विशाल गैरपुँजीवादी क्षेत्र बीचको क्षेत्रगत विभाजनमा आमूल परिवर्तन आएको छ। पुँजीवाद सामान्यरुपमा क्षेत्रगत हिसाबले विश्वव्यापी भएको छ। अन्तर साम्राज्यवादी युद्धको ठाउँमा साम्राज्यवाद विरोधी वैश्विक दक्षिणका विरुद्धमा सामुहिक साम्राज्यवादी दवाव र युद्ध बढाउँदै लगिएको छ।

    उपनिवेशको विघठन भएको छ र त्यसले न उपनिवेशवादी स्वरुप ग्रहण गरेकोको छ। वैश्विक दक्षिणका मुलुकहरुको उदय र प्रतिरोध बढेको छ। औद्योगिक पुँजिको सेवामा वित्तीय पुँजीको संबन्ध उलटफेर भएको छ। पुँजीको निर्यात भन्दा वित्तीय पुँजीको कारोवार वर्चश्वशाली भएको छ र त्यो विश्वको कुलगार्हस्थ उत्पादन भन्दा सैयौं गुणा ठूलो भएको छ र त्यस भित्र दुनियाँलाई लपेटेको छ। साम्राज्यवादी वित्तीय पुँजीको प्रकोपबाट बच्न वैकल्पिक संस्थागत अभ्यास सुरु भएको छ।

    साम्राज्यवादको विश्लेषण गर्ने क्रममा लेनिनको के ठम्याई थियो भने साम्राज्यवादी युद्धकै बीचबाट पनि क्रान्तिको विस्तार संभव छ। नभन्दै पहिलो विश्व युद्धकै बीचमा रुसमा समाजवादी क्रान्ति सफल भयो। त्यसपछि भएको दोस्रो विश्व युद्ध र त्यस पछि समेत गरेर पुर्वी युरोप चीन, उत्तर कोरिया, भियतनाम, कम्बोडिया, लाओस, क्युबामा क्रान्ति भए। त्यस यता पनि लेनिनका प्रस्तावना अनुरूप नै एकातिर साम्राज्यवादी युद्धहरू भइरहेका छन् भने अर्कातिर साम्राज्यवादी प्रभुत्वको प्रतिकार र सर्वहारा क्रान्तिको भावभूमि फराकिलो बन्दै गई रहेको छ।

    नयाँ आर्थिक नीति

    विशौं शताब्दी ताकाको रुसी सामाज्य अर्थिक सामाजिक विकासको हिसाबले पछौटे नै थियो – युरोपियन मुलुकहरुमा भएको पुँजीवादी विकासको हिसाबले। त्यसको शहरी क्षेत्रमा सघन पुँजीवादी औद्योगिकीकरणको विकास भए पनि विस्तृत ग्रामिण ईलाका भने सामन्ती संरचनामै थियो। यसर्थ सामाजिक विकासको हिसावले दोहोरो चरित्र र असमान विकास भएको मुलुक थियो त्यो। औद्योगिकीकरणले संगठित श्रमजीवी सर्वहारा सिर्जना गरेको थियो तर त्यहाँ औद्योगिकीकरण जो भएको थियो त्यो मुलत: विदेशी लगानीबाट भएको थियो।त्यसैले त्यहाँ फ्रान्सेली क्रान्तिमा जस्तो सवल र क्रान्तिकारी राष्ट्रिय पुँजीपती वर्गको अभाव थियो। यसर्थ पनि त्यहाँ श्रमजीवी सर्वहारा वर्गले समाजवादी मात्रै होइन पुँजीवादी जनवादी क्रान्तिको पनि नेतृत्व सम्हाल्नु पर्ने थियो, त्यो पनि किसान समुदायलाई साथमा लिएर। किसान समुदायलाई साथमा लिनको निम्ति भूमिको सुधारको मुद्धा हल गर्नु थियो। क्रान्तिले समाजवादको पक्षधर शक्ति, सर्वहारा वर्गलाई सत्ताको लगाम समाउन दिएको भए पनि समाजवाद निर्माणको विषय अझै धेरै टाढाको विषय थियो। लेनिनले बडो विनम्र भावमा भनेका थिए,’हामीलाई समाजवाद बारेमा थोरै मात्र ज्ञान छ। … हामी समाजवादको बारेमा साङ्गोपाङ्गो विवरण पस्किन सक्ने अवस्थामा छैनौं। … जुन ईंटाले समाजवादी भवन बन्ने हो त्यो अझै बनी सकेको छैन | यो भन्दा बढ्ता हामी अहिले ने केही भन्न सक्ने अवस्थामा छैनौं |’*(Lenin, Works, vol. 27 P. 148)

    नवोदित समाजवादी राष्ट्रको आर्थिक सामाजिक विकासको तत्कालिक दिशा पहिल्याउन र मार्गदर्शन गर्न पनि लेनिनको भूमिका महत्वपूर्ण रहेको छ। अक्टोवर क्रान्ति पछि पनि गृह युद्ध साम्य भएको थिएन। समाजवाद विरोधी भित्रि बाहिरी शक्तिको मिलेमतोमा भएको प्रतिक्रान्तिका हरकत/गृहयुद्ध लरतरो थिएन। त्यसलाई शमन गर्न आर्थिक क्षेत्रमा ‘युद्ध साम्यवाद’का उपाय अवलम्वन गरियो तर यो तत्कालिक र क्षणिक थियो, यो दिगो र आम दिशा हुन सक्ने उपचार थिएन। क्रान्ति पछाडिको प्रारम्भिक समाजवादी चरणमा समाजवाद निर्माणको आफ्नै गतिशास्त्र थियो। यिनै वैचारिक तथा जमिनी हकिकतलाई मध्य नजर राखेर लेनिनले 1921 मा ‘नयाँ आर्थिक नीति’ अघि सारे। नयाँ आर्थिक नीति आफैमा मिश्रित अर्थव्यवस्था थियो। ‘राज्यको नियम भित्र ‘स्वतन्त्र बजार र पुँजीवाद’लाई छुट दिईएको थियो। सामाजिकृत राज्य उध्यमहरुलाई ‘नाफाका आधारमा’ संचालन गर्न दिईएको थियो। यसरी स्वामित्व संरचनामा आकस्मिक र एकैचोटी सामाजिकृत गर्ने उत्ताउलो कदम न उठाएर संक्रमणकालिन बहु स्वामित्वको उपादेयतालाई स्वीकारियो र त्यसले समाजवादी ध्येयलाई नकरात्मक असर नगरोस् भनेर राज्यको नियमयन भित्र राखियो। औद्योगिकीकरणको निम्ति आन्तरिक लगानी मात्र पर्याप्त हुने न भएर वैदेशिक लगानीलाई पनि खुला गरियो, यद्यपि ठूलो लगानी भने भित्रिएन। समाजवाद निर्माणको प्रारंभिक चरणको यो अनुभव ख्याल न गर्दा या उपेक्षा गर्दा अरु कतिपय पछिल्ला समाजवादी मुलुकहरुले धोका पनि पाएका छन्। संक्रमणकालीन मुलुकहरुको निम्ति यसको सांदर्भिकता रही रहने छ।

    वैश्विक व्यवस्थाबारे लेनिन

    लेनिन वैश्विक व्यवस्थामा असमानता, शोषण र उत्पीडनका विपक्षमा थिए। आफ्नो जमनामा जल्दोबल्दो रहेको साम्राज्यवाद र त्यसले थोपरेको उपनिवेशवादको उनी कटु आलोचक थिए। उपनिवेशको मुक्तिको निम्ति उनी आत्म निर्णयको पक्षमा थिए । आफ्नो विचार प्रणालीमा उनले सर्वहारावर्गको मुक्ति र उत्पिडित राष्ट्रको मुक्तिलाई सर्वोपरी राखेर ‘दुनियाँका सर्वहारा एक होऔं !’ भन्ने नारालाई ‘दुनियाँका सर्वहारा र उत्पीडित राष्ट्र एक होऔं !’मा बदलेका थिए। लेनिन रुसी क्रान्तिलाई विशुद्ध रुसी देशज परिघटना मात्रै मान्दैन थिए।

    1917 को आफ्नो अप्रिल थेसिसमा लेनिनले अक्टोबर क्रान्तिको राजनीतिक रणनीतिमा प्रस्ताव राख्दै के भने भने रुसी क्रान्ति विशुद्ध राष्ट्रिय घटना मात्रै नभएर मौलिकरुपमै अन्तरराष्ट्रिय घटना हो – विश्वको पहिलो समाजवादी क्रान्ति। पश्चिमी पुँजीवादी मुलुकमा क्रान्ति विस्तार हुन नसकेको र वाह्य साम्राजवादी मुलुकहरुको आक्रमक घेराबन्दीलाई, युरोपमा फासिज्मले शिर उठाई रहेको र मुलुक भित्र प्रतिक्रान्ति सलबलाई रहेको परिप्रेक्षलाई मध्य नजर राख्दै 1921 मा आएर लेनिनले आफ्नो वृहद वैश्विक रणणीतिमा पुनर्विचार गरे र त्यसमा परिवर्तन ल्याए। त्यसको निम्ति उनले संयुक्त मोर्चाको अवधारणा अघि सारे र त्यसलाई साम्राज्यवाद र उपनिवेशवादको अन्त्य नहुन्जेलसम्म जारी राख्नु पर्ने विचार अघि सारे। अब भने लेनिनको वैश्विक वृहद रणनीतिमा पुर्वले प्राथमिकता पाउन थाल्यो। साम्राज्यवाद विरोधी संघर्षको रणनीतिक प्रारुप र त्यस संघर्षको अन्तत: सुखद परिणाम निस्कने बारेमा लेनिनले 1923 मै चर्चा गरेका थिए। उनले भनेका थिए, त्यस ‘संघर्षको परिणाम विश्वको बहुसंख्यक जनसंख्या ओगट्ने रुस, भारत र चीन आदि मुलुकहरुले निर्धारण गर्ने छन्। विगत केही वर्ष यता यी मुलुकहरुको यो वहुमत मुक्तिको संघर्षमा बेजोडले लागि परेको छ। यसैले यसको अन्तिम परिणाम कस्तो होला भनेर रत्तिभर शंका न गरे हुन्छ। (Lenin, Better Fewer, But Better, 1923) आज विश्व राजनीतिक रङ्गमञ्चमा देखा परेका शांघाई सहयोग संगठन (SCO), बृक्स (BRICS) र रिक (RIC)को जडमा लेनिनको दुर दृष्टिको महत्ता झल्किन्छ। यसरी नै आज एकल ध्रुवीय विश्व व्यवस्थाको विकल्पमा वहुध्रुवीय विश्व व्यवस्थाका पक्षधर वैश्विक दक्षिणका शक्तिहरुको जुन ध्रुवीकरण देखिन्छ त्यो पनि लेनिनको यहीँ रणनीतिको विस्तार हो भन्नु अतिसयोक्ति न होला !

    समर्पित, ज्याद्रो क्रान्तिकारी

    लेनिनमा समाजवादको प्राप्ति र त्यसको निम्ति क्रान्ति प्रति असाधारण समर्पण थियो। उनको यस्तो समर्पणलाई लिएर उनका समकालीन एक आलोचक मेन्सेविकले बडो सजीव वर्णन गरेका छन्, लेनिन जस्तो “कान्तिमा ज्याद्रो भएर लागेको धर्तिमा अर्को कुनै मानिस छैन। दिनको चौविसै घण्टा दत्तचित्त भएर लागेको छ। क्रान्तिको चिन्ता भन्दा पर्तिर उसको अरु कुनै चिन्ता छैन। निद्रामा पनि उ क्रान्तिको सपना बाहेक अरु कुनै चीज देख्दैन।” लेनिनको निष्ठा र समर्पणलाई चित्रण गर्ने यो भन्दा अर्को के भाषा होला र ! (Albert Resis. “Vladimir Lenin.” Encyclopedia Britannica, June 8, 2023.)

    विश्व कम्युनिष्ट तथा समाजवादी आन्दोलनको विकास र विस्तारमा उनको योगदान स्तुत्य छ। श्रमजीवी तथा सर्वहारा वर्गका उनी सच्चा हिमायती हुन्। उनले परिभाषित गरेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग आज पनि आम रुपमा यथावत छ। यस युगमा उनले सुल्झाएको सर्वहारा वर्ग र उत्पीडित राष्ट्रहरुको मुक्तिको दिशाको सांदर्भिकता जब्बर रुपमा विद्यमान छ। ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेर रणनीतिक सम्भावना हेर्ने हो भने मुक्तिका संभावना फराकिला हुँदै आएका छन्। उनका समर्थक र अनुयायीहरुले ख्याल गर्नु पर्ने कुरा चाहिँ के छ भने आफ्नो घर आफै सफा राख्नु पर्छ, घर भित्र मिलेमतो चाहिन्छ। दुश्मनलाई घर भित्र घुसेर भाँडभैलो मच्चाउन दिनु हुँदैन। मार्क्सलाई सम्वोधन गर्दै हान्स म्यागनस एञ्जेन्सवर्जरले ठीकै भनेका हुन् :

    ‘हे महामना महात्मा
    तिमीलाई तिम्रै शिष्यहरुले पो धोका दिए वैरीहरु त
    हिजो जस्ता थिए
    आज पनि उस्तै छन्’ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.