Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना: ‘नमस्ते ट्रम्प’ गर्ने भारत दोस्रो, ट्रम्पको अमेरिका पहिलो नम्बरमा

प्रेम कुमार प्रेम कुमार
भदौ २१, २०७७
- कोभिड–१९, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘नमस्ते ट्रम्प‘ भन्ने भारत अब ‘नमस्ते कोरोना’ बनेको छ। पहिलो नम्बरमा अमेरिका छ त दोस्रो नम्बरमा भारत। दुई देशहरुका आकडालाई जोड्दा करोड ‘कोरोना’ पति भएको महशुस गराउँदैछ। दुवै मित्रहरु कोरोना काल मा एकै चालमा कदम मिलाउँदैछन्। जसरी यसै वर्षको २४ फरवरीमा अहमदाबादको मोटेरा स्टेडिममा लाखौं संख्याको भीडमा डोनाल्ड ट्रम् र नरेन्द्र मोदी एकै चालमा परेडमा थिए।  न मास्क लगाएका थिए न त भौतिक दूरिलाई महत्व दिएका थिए।

    भारतमा २४ फरवरीका दिनसम्म कोरोना संक्रमणका दुई सक्रिय मामला थिए जबकि अमेरिकामा ५० थिए र यसलाई ‘कम्युनिटी ट्रांसमिशन’ का रुपमा पहिचान गरिदैंथ्यो। भारत त्यसबेला दिल्ली दंगाको आगोमा जलिरहेको थियो। यसबेलासम्म भारतमा  ‘कम्युनिटी ट्रांसमिशन’ हुन सक्छ कल्पना गरिएको नै थिएन।

    ‘नमस्ते ट्रम्प’ पछि देखियो कोरोना 

    ‘नमस्ते ट्रम्प’ गरेको करीव १० दिनपछि या ३ मार्चबाट भारतमा कोरोनाले आगो बाल्न थाल्यो। यसै दिन ट्वीट गर्दै प्रधानमन्त्रीले सीमित तरिकाबाट मात्रै होली मनाउन घोषणा गरेका थिए। आवश्यकता परेमा मात्रै घरबाट बाहिर निक्लन सूचान गरिन थालिए। आंकडा बढ्न लागे। होलीका दिन १० मार्चमा  भारतमा ६४ मामला थिए र अमेरिकामा ९९४।

    अमेरिकामा १९ मार्चका दिन पहिलो पटक कोरोनाको कारण ‘स्टे एट होम’ को सूचना जारी भयो। डोनाल्ड ट्रम्पको देशमा त्यसबेलासम्म १४,८९९ मामला देखिइ सकेका थिए। यस्तै, ‘नमस्ते ट्रम्प’ को असर भारतमा पहिलो पटक जनता कर्फ्यूको रूपमा २२ मार्चका दिन जनताले थाहा पाए। त्यसबेला भारतमा कोरोना संक्रमित संख्या थियो ४०३। ताली बजाइएको थियो, थाल ठठाइएको थियो।

    भारत मा लकडाउन को घोषणा२४ मार्चका दिन भयो। तर, त्यसबेलासम्म अमेरिकाको १६ स्टेट्समा ‘स्टे एट होम’ को  नारा घन्किसकेको थियो। अमेरिकामा १८ मार्चका दिनमा नै कोरोना संक्रमितको संख्या १० हजार पुगिसकेको थियो। यति संख्या भारतमा १३ अप्रिलका दिनमा मात्र पुगेको थियो। यसको २७ दिनपछि भारत अमेरिकाभन्दा ‘अघि’ पुगेको थियो।

    अमेरिकामा २७ मार्चका दिन १ लाख पुगेको थियो भने भारतमा १८ मईमा। संख्या बढ्ने क्रम दुईमा ४३ दिन फरक भइसकेको थियो। यसै बीच भारतमा लकडाउन हटाइएर स्पेशल ट्रेनहरु, शराबको पसल सबै कुरा मई महीनमा नै खुल्न थाली सकेका थिए।

    २७ अप्रिलका दिन अमेरिका कोरोना संक्रमणको १० लाख जनता बेहोर्न पुगेको थियो। भारतले यति संख्या १६ जुलाईमा बेहोर्न पर्‍यो। यसबेला संख्या बढ्ने क्रम दुईमा ८१ दिन फरक भएको थियो। यहाँ सम्झनु पर्ने कुरा छ कि यसबेला भारतमा अनलक चाचाडो गरिदैथ्यो। तर, जुलाईबाट अगस्त आइपुग्दा  भारतमा कोरोनाको संक्रमणको रफ्तार अति अघि बढ्यो।

    डेढ गुणा अघि अमेरिका, डेढ महिना पछि भारत

    २५ लाख को संक्रमित भएको मुलुक बन्यो अमेरिका २५  जूनका दिन तर भारतमा त्यति संख्या त्यसको डेढ महिना पछि वा १४  अगस्तमा पुग्यो। यसबेला अमेरिका र भारतका बीच दिनहरुको फासला घट्न लागेको थियो र यो घटेर ४१ दिनको भएको थियो।

     अब प्रश्न उठेको छ ‘नमस्ते ट्रम्प’ गर्ने भारतले अमेरिकालाई पनि पछाडि पार्नेछ?आजका दिनसम्म संक्रमित संख्यामा अमेरिका भारतभन्दा डेढ गुणा अघि छ, जबकि दिन गन्तिका हिसाबले भारत डेढ महिना पछि छ।

    ४० लाख संख्या अमेरिकामा २१ जुलाईका दिन पुग्यो, यति संख्या भारतमा ४ सेप्टेम्बरका दिनमा पुगेको छ। यस हिसावले भारत ४६ दिन पछि देखिन्छ। तर, अगस्तको अन्तदेखि  भारतले दैनिक संक्रमणमा वर्ल्ड रिकर्ड बनाउँदैछ। यसको मतलब अमेरिका बराबर संक्रमणका मामलहरु पुग्दासम्म भारतको रफ्तार अत्यन्तै तीव्र हुनेवाला छ। यस्तो तीव्र रफ्तारबाट भारतले ब्राजीललाई पछाडी पारीसकेको छ।

    मृतकको संख्यामा अमेरिका अघि

    मृतकको संख्याको हिसावले हेरेमा अमेरिकामा २५  मार्चका दिन सम्ममा नै १ हजार मरिसकेका थिए, जबकि १६ जूनसम्म १० हजार, १२ अप्रिलसम्म २५ र २३ अप्रिल सम्म ५० हजारको मरण भइसकेको थियो। भारतमा २८ अप्रिलसम्ममा एक हजार  मृतक वेहोर्नु परेको थियो। १० हजार मृतकको संख्या जूनसम्ममा भयो भने १५ अगस्त आइपुग्दा ५० हजार। ४ सेप्टेम्वर सम्म भारतमा मृतकको संखया ६९  हजार पुग्यो भने अमेरिकामा ४ सेप्टेम्वरसम्म १,८७,७७७ को मृत्यु भइसकेको थियो।

    हुन त मृत्यु हुनेमा भारत अमेरिका भन्दा  राम्रो अवस्थामा छ तर, कोरोना संक्रमणको रफ्तार हुने क्रममा भारतको अवस्था तीव्र बन्दैछ र यसले  लगातार अमेरिकालाई भेट्याउने क्रममा छ।

    भारतमा कोरोनाको गति न लकडाउनले रोक्दैथेयो न त भौतिक/ सामाजिक दूरिले। निश्चितै हो कि यस दौडमा अमेरिका अघि अघि कुद्दै छ तर पछ्याउनमा भारतको कुदाई पनि कम बेगको छैन।

    तर आशाको किरण देखिदैंछ कि रूसमा कोरोना भ्याक्सीन स्पुतनिक –५ को सफल परीक्षण भएको घोषणा प्रतिष्ठित पत्रिका ‘द ल्यान्सेट’ ले पनि गरेको छ। अनि यो भ्याक्सिन ६० प्रतिशत उत्पादन भारतमा हुनेछ, यो आश्वासन समेत रूसी अधिकारिहरुले रूसमा पुगेका रक्षा मन्त्री राजनाथ लाई दिएका छन्।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रेम कुमार

      प्रेम कुमार

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.