Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना: पृथ्वी जोगाउने अन्तिम अवसर

डा. वैंकटेश दत्ता डा. वैंकटेश दत्ता
बैशाख ३१, २०७८
- कोभिड–१९, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रो सम्पूर्ण आर्थिक समृद्धि एउटा सूक्ष्म जीवले मेटाइदिन सक्छ भन्ने कुरा पछिल्लो समय फैलिएको कोरोना महामारीले स्पष्ट गरिदिएको छ। । साथमा यो महामारीले यो पनि स्पष्ट गरिदिएको छ कि यहाँ सामूहिक विकास तथा समृद्धिलाई परिभाषित गर्ने सही समय आएको छ। त्यस्तो विकास र समृद्धि जसलाई बढ्दो आयस्तरबाट होइन, पारिस्थितिक सम्पन्नताको सन्दर्भबाट मापन गर्न सकिन्छ।

    पछिल्लो दुई दशकमा सार्स, मर्स, इबोला, निपाह र कोरोना भाइरसले विश्व अर्थव्यवस्था र समाजलाई नै हल्लाइदिएको छ। हामी यो बुझौँ कि प्रकृतिले ‘रिसेट बटन’ दबाइरहेको छ। विश्वप्यापी अर्थव्यवस्था भारी गिरावटको स्थितिमा छ। भाइरसको प्रकोपको यस प्रकार र फैलावट हाम्रो जीवनशैलीकै परिणाम हो।

    कोरोना–एक संकेत
    सीमाना बन्द गरेर एउटा महामारीलाई नियन्त्रण गर्न सकिन्छ। तर प्रकृतिको कुनै सीमा हुँदैन। हामीलाई याद राख्न जरुरी छ कि प्रकृतिमा सबै कुरा फराकिलो रूपमा जोडिएको छ। तर दुःखको कुरा हामी यस विषयलाई तब गम्भीरताका साथ लिन्छौँ जब हामीलाई ‘सुट’ गर्छ। यो भाइरस विश्वभर फैलिनुले स्पष्ट रुपमा प्रमाणित गरेको छ कि हामी विश्वका सबै प्राणी शारीरिक रूपले पनि जोडिएका छौँ।

    भाइरस एक लक्षण हो–एक संकेत, जसले हामीलाई भविष्यमा अझै ठूलो ‘लकडाउन’का लागि अभ्यास गर्न सूचना दिँदैछ। प्रकृतिले हाम्रो जीवनशैलीका विरुद्ध हामीलाई जगाउनका लागि गरेको एउटा पुकार हो यो कोरोना भाइरस। केही व्यक्तिहरूलाई लाग्न सक्छ विश्वको संकटप्रति प्रतिरक्षित हुनुपर्छ तर जलवायु परिवर्तनको समस्याचाहिँ विश्वको अर्को ‘साइड’मा छ।

    मलाई लाग्छ बेलुन फुटिसक्यो। जसरी कोरोना भाइरसका लागि अब कोही पनि अलग छैन। त्यस्तै जलवायु परिवर्तनको हकमा पनि त्यही कुरा साँचो हो, सर्वत्र पृथ्वी, वातावरण र जलवायु वर्वाद भएको छ।

    कल्पना गर्नुस्, यदि हाम्रो जमिनले भोलि खाद्यान्न उत्पादन गर्न सक्दैन। जमिनमूनिको पानी सुक्छ। नदी प्रदुषित र जीवनविहिन हुन्छन्। र, हाम्रो जंगल नासिन्छ। कल्पना गर्नुहोस् कि गर्मीको लहरबाट बाँच्नका लागि त्यस्तो अवस्थामा हामी महिनौँसम्म घरभित्र रहनुपर्ने हुन्छ। उत्सर्जनका लागि कुनै बाटो छैन, चाहे बरफ पग्लिने क्रममा ढिलाई गरिदिनुहोस् या नदीमा जीवित रहेको अन्तिम माछा र कछुवाको रक्षा गरिदिनुहोस्।

    यदि हामी अन्य जीवनहरू र तिनको आवासको अधिकारको सम्मान र संरक्षण गर्दैनाैँ भने अब कोभिड १९ जस्ता महामारीहरू धेरैपटक आउनेछन्। हामीले स्पष्ट हुनुपर्छ कि जंगली जनावरहरूमा हुने नयाँ रोगजनक सुक्ष्म जीवबाट हाम्रो प्राकृतिक प्रतिरक्षा सुरक्षामाथि चुनौती थपिइरहनेछ। प्राकृतिक दुनियाँको साथमा प्रकृतिप्रति मानवको अनैतिक व्यवहारले पनि महामारीको जोखिमलाई बढाइरहनेछ। जब जंगल र प्रकृतिको कुरा आउँछ, अब यहाँ व्यवहारिक दूरी बनाइरहने समय आएको छ।

    प्रकृतिले अब सबै जनावरहरूको सामूहिक भविष्यका लागि रिसेट बटन दबाउन पनि सक्छ, केवल मान्छेलाई बचाउनका लागि होइन। प्रकृतिका लागि सभ्यता भन्नु सडक तथा भवनहरू होइन, उसका लागि जंगल, नदि तथा जैविक विविधता सर्वश्व हो र त्यसैबाट प्रकृति बाँच्नेछ। जब जैविक विविधता अक्षुण्ण हुन्छ र जंगली आवासहरू सुरक्षित भइरहन्छन्, तब मानिसलाई संक्रमित गर्नेखालका रोगजनक सुक्ष्म जीवहरू फैलिने सम्भावना पनि कम हुँदै जान्छ।

    जंगली जनावरहरूमा हुने भाइरस मानव महामारीका लागि विशिष्ट रूपले अनुकूल छ। भाइरसबाट हुने अधिकांश रोगहरू ‘वाइल्ड लाइफ’बाट आउने गर्छन्। जंगली जनावरबाट भाइरस आदान–प्रदानको सबैभन्दा कमजोर माध्यमलाई अन्त्य गर्नका लागि पूरै वन्यजन्तु खाद्य श्रृंखलालाई फेरि एकपटक हेर्नुपर्ने हुन्छ।

    जलवायु परिवर्तनको असर
    एक स्वस्थ तथा बलियो परिस्थितिक तन्त्र(इको सिस्टम)ले हामीलाई कुनैपनि रोग तथा महामारीबाट बचाउँछ। पृथ्वीले हामीलाई बारम्बार चेतावनीको संकेत दिइरहेको छ। वैज्ञानिकहरूले अन्टार्क्टिकामा रेकर्ड गरेको वायुमण्डलीय तथा महासागरीय तापमानअनुसार पछिल्लो एक दशकको सापेक्ष आर्कटिक समुन्द्री बरफमा तीव्र रुपमा गिरावट आइरहेको छ।

    उपग्रहको रेकर्डमा सन् २०१२ को समुन्द्री बरफको क्षेत्र सन् १९७९ पछि सबैभन्दा कम छ। मार्च २०२० को आँकडाबाट पत्ता लाग्छ कि आर्कटिक समुन्द्री बरफको सीमा १४.७८ मिलियन किलोमीटर थियो, जुन उपग्रहको रेकर्डमा सबैभन्दा कम हो। अन्टार्कटिका तथा ग्रिनल्याण्ड दुबैमा बरफले ढाकेको क्षेत्र सन् २००२ मा भन्दा २८१ गीगा टन प्रति वर्षको दरमा गुमिरहेको छ।

    प्रकृतिको विशाल चेतावनीको घन्टी हो यो। यस्तै समुन्द्रको बढ्दै गरेको स्तरले पनि हामीलाई चेतावनी दिइरहेको छ। बरफको क्षेत्र तथा हिमनदीलाई पगाल्ने र समुन्द्रजल विस्तारको मुख्य कारण हो, ग्लोवल वार्मिङ(विश्वव्यापी रूपमा बढेको तापमान)।

    सन् २००१ यता दुई दशकभित्रको १९ वटा वर्ष अहिलेसम्मकै सबैभन्दा गर्मी ‘१९ साल’ रह्यो। मानव गतिविधिहरू जस्तैः वन कटान, व्यापक पशुउद्योग, गाडीलगायतबाट बाहनबाट हुने ताप र कार्बन उत्सर्जन तथा उर्जाका लागि पृथ्वीका विभिन्न इन्धनलाई जलाउने माध्यमबाट पनि ग्रीनहाउस ग्यासमा वृद्धि भयो। जसका कारण पृथ्वीभर तापमानमा वृद्धि भएको हो। वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर वर्तमानमा ४१३ पीपीएम हो, जुन १९६० मा ३ सय १६ पीपीएम थियो।

    आगोको त्रास
    हामीले १ वर्षको अन्तरालमा क्यालिफोर्नियादेखि साइबेरियासम्मका रेकर्ड तोड्ने खालका आगो तथा बाढी देखिरहेका छौँ। अफसोचको कुरा यो छ कि आगो तथा बाढीको आवृत्ति तथा तीव्रता दुबै जारी रहेको हुन्छ। हामी यो कुरा भुल्न सक्छौँ जस्तो लाग्छ, तर मलाई यो कुरा भनिरहँदा दुःख लागेको छ कि यदि हामी भुल्छौँ भने पनि प्रकृतिले अवश्य याद दिलाउनेछ।

    वनले अझै पनि विश्वको ३० प्रतिशत भू–भागलाई ओगटेको छ। तर यो भयानक दरमा मासिइरहेको छ। १५ वर्ष अर्थात् सन् १९९० र २०१६ को बीचमा विश्वले लगभग १.३ मिलियन वर्ग किलोमीटर क्षेत्रको जंगललाई गुमाएको छ। यसको सबैभन्दा ठूलो भाग उष्णकटिबंधीय वर्षा वन हो, जुन दक्षिण अफ्रीकाभन्दा ठूलो क्षेत्र हो। जंगलको साथै हामीले वन्यजन्तुका लागि सबैभन्दा मूल्यवान तथा अपूरणीय निवासस्थानलाई गुमाएका छौँ।

    कैयौं जंगली जनावर लोप हुने खतरामा छन् र कयौं जनावरहरू मानव–वन्यजन्तु संघर्षको बढ्दो घटनाका कारण मानब बस्तीतर्फ आइरहेका छन्। हामीले पछिल्लो समय बेलायत आकारको वन क्षेत्र गुमाइरहेका छौँ। बढ्दो तापक्रमबाट हाम्रो जंगल सजिलैसँग सुख्खा बन्छ। जसबाट जंगल अधिक ज्वलनशील हुन्छ र त्यसमा सजिलैसँग आगलागी हुन्छ। गर्मी याममा बढेका आगलागी त्यसकै संकेत हुन्।

    आगलागी आफैँमा कार्बनडाइअक्साइड उत्सर्जनको एक ठूलो स्रोत पनि बनेको छ। हामीले अस्ट्रेलियाको जंगलमा भयानक आगो देख्यौँ, जसले अस्ट्रेलियाको लगभग १,१०,००० वर्ग किलोमिटरको झाडी, जंगल तथा पार्कलाई नाश गरिदिएको छ। पशुपालनलाई पनि वन विनाशका लागि जिम्मेवार मानिन्छ। पशुहरूलाई पालनपोषणका लागि बढ्दो भूमिको उपयोग र वन क्षेत्र चरन भूमिका रुपमा विकसित हुँदा पनि हामीले ठूलो वन क्षेत्र गुमाइरहेका छौँ।

    कयौं जनावरहरूमा भाइरस उत्पादन गर्नेखालका बिमारी हुन्छ, जुन अन्ततः वन्यजन्तुबाट मानिससम्म पुग्नेछ। सबै जनावरका परिवार हुन्छन्। उनीहरूका पनि भावना छन्। तर, पशुलाई नै खाएर हामी मानिसमा हुनुपर्ने एक नैतिक निष्ठाबाट पनि पर भाग्दैछौँ। किनकि आज हामी पशु र पशुबाट केही पनि नखाई पूर्ण स्वस्थ्य जीवन बाँच्न सक्छौँ। ढुंगे युगबाट धेरै पर पुगिसकेका छौँ।

    प्लास्टिकको प्रयोग कम गरौँ
    हामीले हाम्रो दैनिक जीवनमा प्लास्टिकको प्रयोगलाई यतिसम्म जोड दियौँ कि हरेक साल कम्तिमा ८ मिलियन टन प्लास्टिक समुन्द्रमा फालिन्छन्। प्रत्येक वर्ष ३०० मिलियन टनभन्दा बढी प्लास्टिकको उत्पादन गर्ने गरिन्छ। तीमध्ये ९० प्रतिशत भन्दा बढी प्लास्टिक पुनःनवीकरण गरिँदैन। अहिलेसम्म बनेका सबै प्लास्टिकहरूमध्ये आधा त पछिल्लो १५ वर्षमा मात्रै बनाइएको छ।

    प्लास्टिक हाम्रो खाद्य श्रृंखलामा आइरहेको छ। यसले पंक्षी, माछा तथा कछुवा र मानव स्वास्थ्यलाई समेत हानी पुर्‍याइरहेको छ। के हामी कम प्लास्टिकका साथ बिना रहन सक्दैनौँ? के हामी प्लास्टिकजन्य फोहोरलाई सफा गर्न सक्दैनौँ? के हामी यो सिन्थेटिक संस्कृतिबाट अलग हुन सक्दैनौँ?

    एन्थ्रोपोसिनको यो युगमा हामी बिर्सिरहेका छौँ कि सबै प्रजाति विशिष्ट छन्। यहाँ हामीले चाहेको जस्तो हामीलाई जनावर तथा बोटविरुवाबाट सेवा मिल्दैन। पारिस्थितिक प्रणाली तटस्थ छ, यसले कुनै एक मात्र प्राणीको श्रेष्ठतालाई स्विकार्दैन, सम्मान गर्दैन। हामी दाबी गर्न सक्छौँ कि मानिस श्रेष्ठ, बुद्धिमान र सबैभन्दा विकसित प्रजाति हो। तर यो यथार्थलाई हामीले लुकाउन सक्दैनौँ कि हामीले पारिस्थितिक प्रणालीलाई ‘म्याडक्याप’ले जसरी नष्ट गरिरहेका छौँ।

    यो एउटा मौका हो
    यो संकट हामी सबैलाई बचाउनका लागि आएको एउटा मौका हो। प्रकृतिलाई फेरि समृद्ध बनाउन आवश्यक छ। अहिले हामी बिरामी छौँ, किनकी हाम्रो प्रकृति बिरामी छ। हाम्रो स्वास्थ्य, प्रकृतिसँग हामीले गरेको व्यवहारको परिणाम हो यो। कोरोना भाइरसले हाम्रो जीवनशैलीलाई सही मार्गमा लैजानका लागि संकेत दिइरहेको छ। यसले हामीलाई बताइरहेको छ कि हामीले प्रकृतिको सम्मान गर्नुपर्ने छ।

    हामीले पूरै प्रकृतिलाई आफ्नो कब्जामा लिएका छौँ र अन्य सबै जनावरहरूमाथि हामी हावी भएका छौँ। अत्याचार गरेका छौँ। तर हाम्रो सम्पूर्ण आर्थिक समृद्धि सूक्ष्म जीवद्धारा मेटिन पनि सक्छ भन्ने कुरा भुलेका छौँ। सही अर्थमा भन्नुपर्दा पृथ्वी एक धेरै सानो र नाजुक ग्रह हो।

    अन्टार्कटिकामा के हुन्छ, त्यसले पृथ्वीमा बस्ने सबैलाई प्रभावित बनाउँछ। यसर्थ, हामीले वन क्षेत्रहरूलाई पुनः स्थापित तथा संरक्षित गर्नुपर्ने हुन्छ, जुन क्षतिग्रस्त भएका छन्। हामी वन क्षेत्र विनाशको दरलाई धेरै कम गर्न सक्छौँ। यदि हामीले वन कटान गरिएको भूमि फेरि प्राप्त गर्छौँ भने ‘कार्बन फुटप्रिन्ट’लाई धेरै हदसम्म कम गर्न सक्छौँ। यसले नासिएको जंगली जनावरहरूको आवास पनि पुनःस्थापित गर्छ।

    हामीले एकल उपयोग प्लास्टिकलाई नियन्त्रण गर्नुपर्ने हुन्छ र हाम्रा जलस्रोतहरूमा प्लास्टिक मिसाइनु हुँदैन। विश्वप्यापी चुनौतीको सामना गर्नका लागि साहसिक परिवर्तनको आवश्कता छ। र, यस्तो परिवर्तनका लागि सरकार या कुनै कम्पनीमात्र सक्रिय भएर हुँदैन। व्यक्तिगत व्यवहारलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ।

    यदि कोरोना भाइरस संकटले केही ल्याएको छ भने त्यो हो मौका, एउटा यस्तो मौका जहाँ हामी अलग–अलग र एक साथ सिस्टमलाई नै बदल्न सक्छौँ। पछिल्लो समयमा हामी देखिरहेका छौँ कि सरकारले कारबाही गर्न सक्छ र हामी पनि आफ्नो व्यवहार बदल्न सक्छौँ।
    जीवन जिउनका लागि मिनिमलिस्ट (जुनसुकै कुरा कम गर्ने) दृष्टिकोणलाई अपनाउनुका साथै निम्न कार्बन जीवनशैलीलाई पनि अपनाउन सक्छौँ। र, हामीले विकासलाई फेरि परिभाषित गर्ने बेला आएको छ। अबको आवश्यकता हो कि विकासलाई पारिस्थितिक सम्पन्नताको सन्दर्भबाट मापन गर्न सकुँ, बढ्दो आयस्तरबाट होइन। यो नै टिकाउ र दिगो जीवन बाँच्नका लागि अन्तिम मौका हुन सक्छ।

    (लेखक नदी तथा पर्याावरण वैज्ञानिक हुन्। ‘डाउन टु अर्थ’बाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. वैंकटेश दत्ता

      डा. वैंकटेश दत्ता

      (लेखक नदी तथा पर्याावरण वैज्ञानिक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.