Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सौन्दर्य प्रशाधन : ‘सेल्फ केयर’ कि बजारको प्रोपागान्डा?

ऐश्वर्य राज ऐश्वर्य राज
बैशाख १३, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हेलेना रुबिन्स्टन पोलिस अमेरिकी नागरिक थिइन्। उनले स्थापना गरेको कस्मेटिक कम्पनीको नाम राखिएको थियो, ‘हेलेना रुबिन्स्टन इन्कर्पोरेटेड कस्मेटिक्स कम्पनी।’ यो व्यवसायबाट उनी दुनियाँकै सबैभन्दा धनी महिलामध्ये एक बन्न सफल भइन्। हेलेनाले एक समय भनेकी थिइन्, ‘कुनैपनि महिला नराम्री हुन्नन्, बरु अल्छी हुन्छिन्।’

    यो भनाई पहिलोपटक सुन्दा र पढ्दा तपाईँलाई कुनै आपत्ति भएन होला। तर यो भनाईले महिलाको काम र उनको जिम्मेवारी भनेको सुन्दर देखिनु मात्रै हो भन्ने तर्क पेश गर्छ। जो महिला ‘सुन्दरता’ को प्रचलित परिभाषाभित्र समेटिन आफूलाई प्रशिक्षित गर्दिनन्, उनी अल्छी हुन् भन्न खोजिएको प्रष्ट बुझिन्छ यहाँ। महिलालाई यसकारण अल्छी भनिएको छ कि उनी आफूले आफूलाई ‘प्रेजेन्टेबल’ बनाउनमा ध्यान दिइरहेकी छैनन्।

    किशोरी मनोविज्ञान

    बजारले यहीँबाट ‘सुन्दर’ या ‘प्रेजेन्टेबल’ हुने ढाँचामा हस्तक्षेप गर्दछ। हेलेनको यो भनाई पढ्दै गर्दा मलाई मेरा केही समकालिन साथीहरूको निजी र तिता अनुभवहरू याद आउँछन्। त्यसबाट छुट्कारा पाउन उनीहरूले कस्तो उपाय अपनाए भन्नेबारे यस कुराले फेरि मलाई सम्झाएको छ।

    ती साथीहरू किशोरावस्थामा छँदा परिवारका सदस्य र घरबाहिरकाले उनीहरू सुन्दर नभएको आभास दिलाइरहे। कसैका लागि उनीहरू काली भए, कसैको उचाई, कसैको स्तनको आकार, कसैको शरीरको तौल र कसैका शरीरका रौँका बारेमा बारम्बार टिप्पणी भइरहे। लामो समयसम्म आफ्नो शरीरको बनावट र आकारलाई लिएर गरिएका टिप्पणीहरूको सामना गरेपछि अन्ततः उनीहरूमध्ये धेरैले त्यसबाट मुक्त हुन विभिन्न कस्मेटिक प्रशाधनको प्रयोग गर्न थाले।

    उनीहरूले ‘सेल्फ केयर’ र आफ्नो बनावटी सुन्दरताका लागि कस्मेटिक प्रडक्टस्का बारेमा जानकारी लिए, तौल घटाउने र बढाउने तरिकाका बारेमा उनीहरूले थाहा पाए। उनीहरूलाई थाहा भयो कि शरीरबाट रौँहरू पनि हटाउन सकिन्छ। हटाउँदा ‘सुन्दरी’ भइन्छ। उनीहरूमध्ये धेरै केटीहरू भन्छन् कि उनीहरूलाई सुन्दर नमान्ने तिनै साथी तथा आफन्तहरू नै आज उनीहरूको तस्बीर देखेर आश्चर्य मान्छन् र कुरा गर्न चाहन्छन्।

    समाजले जहिले पनि स्त्री या स्त्रीत्वलाई सुन्दरतासँग जाडेको छ। सुन्दरताको परिभाषालाई चुनौती दिन या उसलाई तोड्नुको सट्टा कति महिलाहरू स्वयं पुरुषवादी चस्माबाट आफूलाई हेर्ने गर्छन्। आफ्नो शरीरको जुन अंगलाई लिएर समाजका अगाडि हिनताबोध गर्छन्, त्यसैलाई ‘सुन्दर’ बनाउन वा देखाउन बजारले ‘पितृसत्तात्मक सुन्दरता’को विज्ञापन गर्दै उनीहरूलाई आफ्नो उत्पादन बेच्छ।

    मेरी वुल्स्टोन क्राप्ट देखि लिएर नाओमी वुल्फजस्ता नारीवादीहरू ‘महिलाहरू सुन्दरताको यो पिँजडाबाट महिलाहरू बाहिर आउनुपर्ने’ आवाज उठाउँछन्। उनीहरू महिलाहरू सुन्दर मानिएका कारण पाउने जस्तोपनि शक्ति अथवा सुखको अनुभवलाई त्याग गर्न सक्नुपर्ने मान्यता राख्छन्।

    व्यक्तिगत रोजाई र बजारको मलजल

    कस्मेटिक प्रसाधनलाई आजभोलि महिलाको स्वेच्छा अथवा व्यक्तिगत रोजाईका रूपमा प्रचार गर्ने गरिन्छ। तर यहाँ हामीले बुझ्नुपर्ने छ कि हामी आफैँद्वारा आफ्नै लागि गरिएको रोजाई एकल रोजाई मात्र हो त? हाम्रो यो रोजाईका पछाडि समाजले निर्धारण गरेको मनोविज्ञानको पनि भूमिका छ।

    सोच्नुपर्ने सवाल यी छन् कि वास्तवमा सुन्दरता हासिल गर्नका लागि बजारमा बेचिने गरेका उत्पादनको रोजाई हाम्रो स्वतन्त्र रोजाई हो? वा हाम्रो आफ्नै दिमागमा बनेको एक ‘सुुन्दरतासम्बन्धी तस्वीर’को दास बनेका हौँ हामी? त्यस्तो तस्वीर जो हजारौँ अखबारका पाना, विज्ञापन, न्यू मिडिया र अन्य माध्यमबाट पितृसत्ताले हाम्रो लागि बनाएको छ।

    शरीरमा आउने रौँसम्बन्धी मेरो आफ्नै एउटा तितो अनुभव छ। जसका कारण मैले लामो समयसम्म ‘बायोलोजिकल जिन’लाई दोषारोपण गर्दै आएँ। शहर आएपछि शरीरका रौँ हटाउने प्रक्रियाका बारेमा मैले जानेँ र म यसमा खर्च गर्न थालेँ। विस्तारै–विस्तारै मलाई महिलाको शरीरबाट रौँ हटाउने इतिहासको बारेमा थाहा हुन गयो। त्यसपछि म सोच्न थालेँ कि म कुनै पुरुष साथीको नजरमा सुन्दर देखिनका लागि होइन, बरु म आफ्नो लागि सुन्दर देखिन खोजिरहेको छु।

    आफ्नै लागि सुन्दर देखिने इच्छाका पछाडि पनि कहिँ न कहिँ कुनै सर्त र समाजले निर्धारण गरेको सुन्दरताको मापदण्ड नै छ। आफ्नो रोजाई र यसमा बजारले गरेको मलजलका बीचमा फरक पाउन अत्यन्तै जटिल छ र यो जरुरी पनि छ। यो कुरा बुझ्न महिलाका लागि झनै बढी जरुरी छ। किनभने छोटो उमेरमै धेरै प्रकारका सुन्दरताका परिभाषाका बोझ उठाउँदा–उठाउँदै महिलाहरू यो पिंजडाबाट मुक्त हुन धेरै समय लाग्न सक्छ।

    नाओमी वुल्फ आफ्नो किताब ‘द ब्यूटी मिथ’ मा एउटा शब्दको प्रयोग गर्छिन्, ‘कल्चरल कन्सिपिरेसी’ अर्थात ‘सांस्कृतिक षडयन्त्र।’ उनी लेख्छिन् : ‘यो सांस्कृतिक षडयन्त्रको पछाडि को छ भनेर पत्ता लगाउन मुस्किल छ।’ बजारको हस्तक्षेप हुन थालेपछि यो मामला अझै बढी पेचिलो बनेको छ।

    बढी उमेरका कारण कुनै महिला ‘नराम्री’ देखिन चाहँदिनन् भने बजारले ‘एन्टी एजिङ क्रीम’ बेचिरहेको छ। नाओमी लेख्छिन् ‘महिलाहरूका विषयमा लेख्ने पत्रपत्रिकाले नारीवादका केही अवधारणाहरूसँग महिलाहरूलाई परिचय त गराए, तर योसँगै पत्रिकाहरूले यस्तो धेरै गर्छन् जसले नारीवादसँग सिधा अन्तरविरोध राख्छन्।

    महिलाहरूका लागि पितृसत्ताबाट बनाइएको सुन्दरताको परिभाषा खारेज गर्ने कुरा जहाँ भइरहेको हुन्छ, त्यहाँ त्यही परिभाषा अनुसारकै सुन्दर हुने तरिकाहरू बजारद्धारा ‘स्वेच्छा’को नाममा उपलब्ध गराउँछ। दोहोरो मापदण्डमा चलिरहेछन् मिडियाहरू।

    न्यू मीडिया कति समावेशी ?

    न्यू मिडिया अर्थात् अनलाईन तथा डिजिटल मिडियाले सुन्दरताको प्रचलित परिभाषा तय गर्न ठूलो भूमिका निर्वाह गरेका छन्, गर्छन्। न्यू मिडियाले के कुराले सुन्दर देखिन्छ र सुन्दरताको परिधिभित्र कसरी अटाउने भन्ने कुराबाट नै महिलाहरूलाई झस्काइरहेका हुन्छन्। फोटोशप याप्लिकेसन लगायत फोटोलाई सुन्दर पार्ने (व्युटिफाई गर्ने) एपहरूको प्रयोगबाट न्यू मिडिया तथा नयाँ टेक्नोलोजीहरू सुन्दरताको यस्तो तस्वीर सेट गर्छन्, जसबाट आम महिलाहरूलाई साधारण रुपमा रहिरहन सम्भव हुन्न। एपले बनाएझैँ नै ‘सुन्दर’ हुनुपर्छ भन्ने धारणा प्रवल हुनजान्छ।

    कस्मेटिक इन्डस्ट्री तथा महिलासँग न्यू मिडियाको सम्बन्ध बढी भन्दा बढी ‘व्यक्तिगत चयन’को नजरबाट हेरिन्छ। तर यहाँ मामला धेरै रहस्यमय छ। उत्पादनले कसरी आफ्नो ग्राहकको ‘सेल्फ इमेज’ अथवा आफ्नै नजरबाट आफूलाई हेर्ने प्रक्रियालाई प्रभावित गर्छ भनेर गहिरिएर सोच्नुपर्ने छ।

    पितृसत्ताले निर्धारण गरेको ‘सुन्दरता’को मानकभित्र अटाउन नसकेका महिलाहरूले सानै उमेरदेखि घरपरिवार र समाजबाटै अपमानित हुनुपरेका अनुभवहरू बोकेका हुन्छन्। ठूलो हुँदै गएपछि उनीहरूको आत्मविश्वास झनै खस्कँदै जान्छ। यहाँ इन्डस्ट्रीले पितृसत्तात्मक मापदण्डलाई स्वीकार गर्दै ‘सुन्दर’देखिने उत्पादनहरूलाई ‘आत्मविश्वास’को दिएर प्याकेजमा बेच्न थाल्छ।

    जब विश्वमा अलग–अलग रुप, रंग र शारीरिक बनावट भएका महिलाहरू छन् भने सुन्दरताको सबैभन्दा बढी प्रचलित तथा स्वीकृत परिभाषा कसले दिन सक्छ र? अथवा कुन परिभाषामा फिट हुने होडमा बजार आफ्नो उत्पादनलाई ‘सेल्फ केयर’ को चम्किलो ट्याग लगाएर बेच्छ? सबैभन्दा गम्भीर प्रश्न : के आफ्नो आफैँमा महिलाको केही अधिकार छ? यहाँ यो प्रश्न यसकारण पनि जरुरी छ कि पितृसत्तात्मक धारणाअनुसार महिलाहरू पुरुषका लागि सजिन्छन् वा उनलाई आकर्षित गर्नका लागि सुन्दर देखिन चाहन्छन्।

    एकातर्फ न्यू मिडियाले धेरै अर्थमा ठीक काम गरेको देखिन्छ। जस्तोकि गोरो रंगमात्रै राम्रो होइन, जुनसुकै रंगका महिलाहरू पनि सुन्दर देखिन्छन् भन्ने सन्देशको प्रचार पनि अहिले भइरहेका छन्। यसबाट रंगभेदको सवालमा न्यू मिडियाले स्ट्यान्ड लिएको जस्तो देखिन्छ । तर एउटा ठूलो मानकमा यसलाई हेर्दा न्यू मिडियालाई पूरै समावेशी भन्न भने सकिँदैन।

    गोरी हुने क्रिम

    पितृसत्ताले निर्धारण गरेको मापदण्ड अनुसार गोरो छाला भएका महिलाहरू सुन्दर मानिन्छन्। यहाँ फेरि अर्को प्रश्न उठ्छ कि महिला यही मापदण्डभित्र फिट हुनका लागि गोरी हुने प्रयास गर्छिन् या आफ्नो छालाको हेरचाह गर्नका लागि यसो गरिरहेका छन्? सुन्दरतासँग जोडिएका यस्ता ‘व्यक्तिगत चयनमा’ मा पनि धेरै मान्यताहरू जकडिएका छन्।

    सौन्दर्य उत्पादनका बजारीकरणलाई जुन तरिकाले रंगभेद तथा यौन आकर्षणको एक बिन्दुमा लगेर खडा गरिन्छ, यो अत्यन्त खतरनाक छ। उदाहरणका लागि लामो समयसम्म अफ्रिकी महिलाहरूको कपालको प्राकृतिक बनावटलाई ‘सभ्य’ या ‘प्रेजÞन्ंटेबल’ मानिँदैन थियो।

    सन् २०१९ मा भर्जिनियाको एउटा स्कुलमा १२ वर्षकी अमारी एलेनको कपाललाई तीन गोरा केटाहरूले जबरजस्ती काटिदिए। किनकी उनले कपाल ड्रेडलक बनाएकी थिइन्। ड्रेडलक अफ्रिकी कपालमा गरिने एक परम्परागत हेयरस्टाइल हो। कतिपय समुदायका महिलाहरूको यस्तो संस्कार बजारले तोकेको मानकभित्र अटाएका छैनन्। सोही कारण विश्वभरका अफ्रिकी मूलका महिलाहरूका लागि हेयर स्ट्रेटनिङ अर्थात् कपाललाई सिधा बनाउनेवाला उत्पादन बेचिएको छ। बजारले पश्चिमद्वारा निर्धारित सुन्दर कपालको तरिका बचेको हो।

    अब मेरो पहिलेको सवालमा आउँछु। गोरी हुने क्रीमको व्यवसायले विश्वभरका महिलाहरूलाई आफ्नो विशेष ग्राहकको रुपमा देख्छ। सन् २०१६ मा कलेजका महिला विद्यार्थीहरूमा गरिएको एउटा अध्ययनमा बढीभन्दा बढी महिलाहरू छालालाई गोरो बनाउने क्रिमको उपभोग गर्ने गर्थे। उनीहरूलाई यस उत्पादनबाट पर्ने असरका बारेमा समेत थाहा थियो।

    यद्धपि उनीहरूले यो क्रिम प्रयोग गर्नुको कारण गोरो त्वचा सुन्दर देखिनु नै भएको बताएका थिए। सुन्दर तथा फेसनेबल देखिनका लागि, गोरो रंगको महिलाका साथ आसपासका मानिसहरूले गर्ने राम्रो व्यवहार र आफ्नो कन्फिडेन्स बढाउनका लागि भन्दै महिलाहरू गोरी हुने क्रिमको प्रयोग गर्छन्। क्रिमले गर्ने हानिभन्दा सुन्दरी देखिने रहर र अरुहरूले के भन्छन् भन्नेमा उनीहरूको चिन्ता बढी भएको त्यसबाट प्रष्ट हुन्छ।

    हामी बजारको दास बन्ने कि प्राकृतिक सुन्दरतालाई स्विकार्ने?

    (फेनिमिज्म इन इन्डियाबाट साभार।अनुवाद : मेनुका बस्नेत/नेरी)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ऐश्वर्य राज

      ऐश्वर्य राज

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.