Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संकट र आपत पर्दा प्रभु, ईश्वर र अल्लाह सबभन्दा पहिला भाग्छन् : कोभिड–१९ ले पुष्टि गर्‍यो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ६, २०७६
- यो हप्ता, विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महामारीका डरले मक्काका सबै द्वार बन्द भयो। पोपको प्रभूसँग बोलचाल बन्द भो। ब्राह्मण पुजारीहरूले भगवानका नाकमुखमा मास्क लगाइदिए। र, धर्मले कोभिड-१९बाट त्रसित श्रद्धालुलाई नै साथ छोड्यो।

    तस्लीमा नसरीनः  मक्कामा काबाको ७ फेरा लाउने ‘तवाफ‘  देखि ‘तवाफ’ कै एक खुड्किलो तीर्थयात्रा गर्ने “उम्‍राह” – सबै कुरा रोकिएको छ। मदीनामा मुहम्मदको समाधिस्थलको यात्रा पनि रोकिएको छ। धेरै सम्भव छ, तिनीहरूले हज  पनि रोक्दैछन्। धेरै मस्जिदहरूले शुक्रवारे प्रार्थना रद्द गरेका छन्। कुवेतमा, नयाँ अज़ानको प्रार्थना घरमा बसेर गर्न भन्न थालेका छन्। मौलवीहरू भाइरसबाट अरुलाई बचाउन होइन कि आफू बच्‍न केही दिनपछि मस्जिदहरू गएर अल्लाहको सामु प्रार्थना गर्न छाड्नेछन्।

    त्यो किनभने धर्मका व्यापारीहरू राम्ररी जान्दछन् कि अल्लाहले हामीलाई कोभिड–१९ बाट  बचाउनेछैनन्। यदि कसैले बचाउन सक्छन् भने, वैज्ञानिकहरूले सक्लान्, जो खोप खोज्नमा व्यस्त छन्।

    घटनाले एकाएक यूटर्न गरेको देख्दा जो कोही छक्क पर्छन्,  हरकोहीका मनमा धेरैथरीका प्रश्नहरू उठ्न सक्छन्–  के धर्ममा विश्वास गर्ने बेवकूफहरू हुन्। बथानका भेडाहरू जस्तै,  कहाँ वा किन कतै जादैंछु सोध्दै नसोधी बथान पछ्याउनेहरु। न त तिनीहरू कहिल्यै भगवानको अस्तित्वको प्रमाण खोज्दछन्, न त तर्कसंगत र स्वतन्त्र विचारमा विश्वास गर्छन्। रोगबाट बच्न शरण दिने आशा गरेकाबेला एकाएक धार्मिक संस्थाहरुका ढोका बन्द गरिंदासम्म पनि तिनीहरूमा किन कौतुहलता जागेको छैन ? के ती धार्मिक संस्थाको वास्तविक उद्देश्य सर्वसाधारण जनताको सेवा गर्नु होइन ?

    भगवान धेरैको लागि उद्धारकर्ता हुन्, जो कोही सधैं उनको प्रार्थनामा लीन हुने गर्दछन्। तर जब मानव जाति  खतरामा पर्छ, त्यसबेला भाग्नेमा सबभन्दा अगाडि प्रायः भगवानहरू नै भएकाछन्।

    भ्याटिकन देखि मस्जीद–मन्दीरहरु सबैका भगवानहरु भागे

    कोभिड–१९ भेटिकनमा पनि फेला पारिएको छ जुन क्याथोलिक धर्मालम्वीहरूको लागि पवित्र स्थानहरूमध्ये सबैभन्दा पवित्र हो। स्पष्ट रूपमा, पोप भगवानसँग कुराकानी गर्न सक्छन्। तर उनले अहिले हाम्रा आपतबारे भगवानसँग सहयोगको याचना गरिरहेका छैनन्? यहाँसम्म कि उनको ईश्वरीय शक्ति प्रयोग गरेर हामीलाई चमत्कारी औषधि आविष्कार गर्न डोर्‍याउन सकेका छैनन्। तर आश्चर्य, भ्याटिकनले नै भाइरल प्रकोपको त्रासबाट मुन्टो निहुराई सकेकोछ र पोप भक्तहरू सामु देखा पर्न छाडिसके। असंख्य ईसाई धार्मिक चाडहरू त्यहाँ आयोजित हुने गर्थे। पवित्र हप्ता, गुड फ्राइडे, ईस्टर, र अन्य सबै आगामी कार्यक्रमहरू रद्द गरिएका छन् र मण्डलीहरू आयोजन गर्न निषेध गरिएको छ।

    ब्राह्मण पुजारीहरू हिन्दू मन्दिरमा मास्क लगाएर वरिपरि घुम्दैछन्। कहीं कही त केही मन्दिरमा तिनीहरूले देवीदेवताहरूको मूर्तिमा मास्क लगाइदिएका छन्। हिन्दू महासभाले गौ-मूत्र सेवन पार्टीको आयोजना गर्‍यो। किनभने त्यसका अगुवाहरु गहुँतले कोभिड–१९ को रोकथाम गर्छ भन्ने विश्वास गर्छन्। कतिले गोबरले भाइरसको बिरूद्ध ढालको काम गर्दछन् भन्ने विश्वास गर्छन् त्यही भएर गोबर पानीले स्नान गर्न थालेका छन्। धर्म र अन्धविश्वास प्रायः एकअर्काका पूरक हुन्छन्। तारापीठ मन्दिर बन्द गरियो, त्यहाँ आजभोलि फूलप्रसादी, आशीर्वाद वा पवित्र जलको खोजी गर्ने व्यक्तिको लामो लाम लाग्दैन। तिरुपति मन्दिर र शिर्डी साई बाबा मन्दिरमा पनि प्रतिबन्ध लगाइएको छ। कोलकाताको बेलूर मठमा साँझको पूजा र आरती ठूलो स्क्रिनमा देखाइन्छ, त्यहाँ भेला हुन दिइदैन।

    के त्यो अविश्वसनीय होइन? त्यसोभए ईश्वर कहाँ छ? के धार्मिक व्यक्तिहरूमा यस्ता प्रश्नहरु उव्जदैनन्?

    धार्मिक स्थलहरू के का लागि ?

    सरकारले धार्मिक संस्थाहरुलाई सुविधा र अनुदानहरू के का लागि दिएको हो जव कि शहारा र ढाडस चाहिएका बेला ती प्राथनास्थल बन्न सक्दैनन्। संसारका पोपहरू, पुजारीहरू, पादरीहरू र धार्मिक नेताहरूले भक्तका पसिनाका कमाइका पैसा बटुल्न अनेकन विधिविधान रचेका छन्। तर ती विधिविधान र सृष्टिका पालनकर्ताहरू आपत र संकट आइलागेका बेला काम लाग्दैनन्।  तिनीहरू मानिसहरूको आस्थाको आड लिएर हरेकका दिमागमा असत्य र अवैज्ञानिक तथ्यहरू घुसाउछन्, बच्चाहरूलाई यौन दुर्व्यवहार गर्छन् र बारम्बार महिलाका विरुद्ध अन्यायपूर्ण दुर्वाच्य बोल्छन्। त्यस्ता संस्थाहरूको उपयोगीता के हो? शताब्दीयौंदेखि यी सबै धर्महरूले महिला, दंगा, विभाजन, रक्तपात र व्यापक घृणा को स्थायी दुरुपयोग वा अन्य कैयौं क्षति र हानि ल्याउनुबाहेक अरू के गरेका छन् ?

    धार्मिक संरचनाहरु जे जति छन् ती राखियोस् तर भगवान कहाँ पुर्‍याइदिन्छु भन्ने विचौलिया हटाइयोस् । धर्मले शोकको पीडा र मनको व्यथाको  निको नपारे पनि शमन गर्छ, चित्त शान्त र शितल पार्छ। अब धार्मिक स्थल र संरचनाहरु मानव जातिको कल्याणका लागि संग्रहालयहरु, विज्ञान प्रतिष्ठानहरु, प्रयोगशालाहरु र कला स्कूलको रूपमा पुनर्निर्माण गर्नु पर्छ। प्रकृतिले बारम्बार प्रदर्शन गरेको छ, विज्ञानले बारम्बार प्रमाणित गरिसकेको छ कि ईश्वर छैनन् र धर्म असल कार्य हो तर विचौलिया पुजारी पादरी र मुल्लाहहरु दलाल हुन्। यद्यपि धेरै व्यक्तिहरू ती दलालको धर्मको बङ्गाराबाट बाहिर निक्लिन सफल भएका छन्, विशेष गरी संसारको विकसित विकसित भागहरूमा। तर जहाँ दुर्भाग्य गरीबी, सामाजिक असमानता, महिलामाथि दुर्व्यवहार र बर्बरता व्याप्त छ, त्यहाँ देवीदेवताहरू र भक्तिप्रति अत्यन्तै निर्भर भएको देखिन्छ।

    विज्ञान नै भगवान

    लगभग १६० बर्ष अघि चार्ल्स डार्विनले आफ्नो विकासको सिद्धान्तद्वारा ईश्वरको अस्तित्वलाई अस्वीकार गरे। मानिस सृष्टिकर्ताद्वारा रचिएको थिएन, तिनीहरू वानरबाट विकसित भएका थिए। डार्विनभन्दा धेरै अघि १६  औं शताब्दीमा ग्यालिलियो र उनका पूर्ववर्ती कोपर्निकस जस्ता व्यक्तिहरूले अन्तरिक्ष र ब्रह्माण्डसम्बन्धी बाइबलीय धारणा गलत भएको स्पष्ट गरेका थिए। यति हुँदाहुँदै पनि, विश्वका अधिकांश मानिसहरूले भगवान भज्दै गए। तिनीहरूका अदृश्य देवताहरू अदृश्य नै रहिरहेछन् । कैयनले ध्यान गरे तर  उनीहरू दृश्य र अस्तित्वमा रहेको कुनै प्रमाण फेला पार्न सकेनन्।  तर अन्धविश्वास कायमै छ।

    र अब कोभिड–१९ महामारी एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिएको छ। एक देश पछि अर्को गर्दै देशाटन गर्दै मन्दिर मस्जिद र चर्चका कोठाचोटामा पुगिसकेको छ। त्यसैको डर मारे  धार्मिक जमघट र मण्डलीहरू बन्द गरिएकाछन्। मानिसहरु परमप्रभु भगवानले हामीलाई रक्षा गर्छन् भन्दै नजिक तथा सुदुरका मन्दिरहरु, मस्जिदहरु, चर्चहरु र अन्य पूजा स्थलहरुमा तीर्थ गर्थे अब तिनीहरुका लागि बिमार र रोगबाट सुरक्षा पाउन – अस्पताल र अलगाव केन्द्रहरु बाहेक अन्य शरणस्थल देखिएका छैनन्।

    त्यसोहुँदा, अब तथ्यहरू स्पष्ट भएकाछन्ः ती रोगहरू कुनै अल्लाह, भगवान वा प्रभुले निको पार्दैनन्; रोगहरू वैज्ञानिकहरूले निको पार्छन्। मानवहरू अलौकिक शक्तिहरू नहुँदा नहुँदै पनि अन्य मानव जातिलाई असामियक मृत्यूबाट बचाउन सामर्थ्यवान भएका छन्। र त हरकोही धर्मावलम्वीहरु कुनै अल्लाह, भगवान वा प्रभुको आश गरेर पर्खी बसेका; तिनीहरू  बैज्ञानिकको खोपका लागि पर्खिरहेका छन्।

    के यो समय हरकोहीले आफ्ना धार्मिक पागलपन छाड्ने, यसका कारण गरिने युद्ध विसर्जन गर्ने र तथ्य तथा कारणहरुलाई अँगालो मार्ने बेला भएन र ?

    साभारः  भारतको दी प्रीन्टमा १८ मार्च २०२० मा प्रसारितको भावानुवाद।

    लेखिका तस्लीमा नसरीनः  बंगलादेशी मूलकी स्वीडेनी लेखक, चिकित्सक, नारीवादी, धर्मनिरपेक्ष मानवतावादी र मानवअधिकारकर्मी हुन्।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.