Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड–१९: खोप विकासको राजनीति

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १७, २०७७
- कोभिड–१९, विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्टेफन न्डेग्वा। अप्रिल २४ मा बेलायतले ४ जून २०२० मा भर्चुअल विश्व खोप सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। बेलायती सरकारले जारी गरेको वक्तब्यमा “विश्वभरीका स्वास्थ्य सेवा ब्यवस्थाको सवलिकरण र विश्वका केही गरिबतम देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न सहयोग गर्न” यो सम्मेलन साबित हुनेछ, भनिएको छ। उक्त सम्मेलन ग्लोबल अलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेसन (गाभि) को सहयोगमा हुँदैछ। बेलायतमा गरिने खोपसम्बन्धी शिर्ष सम्मेलन खोप विकासमा मात्र होइन त्यसमाथि प्रभुत्व जमाउने रणनीति हो।

    उक्त सम्मेलन गाभिको पञ्चवर्षीय रणनीतिलाई सहयोग जुटाउन महत्वपुर्ण हुनेछ, जसको लक्ष्य सन् २०२५ भित्र ३० करोड बालबालिकाहरुलाई खोप दिने र ८० लाख जीवन बचाउनु रहेको छ।

    निश्चय पनि अहिले घातक कोरोना भाइरसको उत्पतिको परिदृष्यमा यी आँकडाहरुको पुनरावलोकन हुनेछ।  यस्तो काम बेलायतमा सम्मेलन गरिने घोषणा हुनु अगावै २५ अप्रिलमा परेको विश्व औलो दिवसको पुर्वसन्ध्यामा भइसक्नु उचित हुनेथियो। किनकि यस अन्तरराष्ट्रिय दिवसको नारा “औलो: बालबालिकाको अवस्थाको आकलन” थियो।

    युनिसेफको टिप्पणी अनुसार कोभिड-१९ को फैलावटको उत्कर्षको समयमा औलो ब्यवस्थापनमा एउटा ठूलो चुनौति भनेको मानिसहरुले सेवा लिनखोज्ने ब्यवहारमा कमी ल्याउन सक्छन्। किनभने उच्च ज्वरो आएका मानिसहरुले कोभिड-१९ संक्रमित हुने वा फैलाउने डरले उपचारलाई पछि गरौन त भनेर पन्छाउन सक्छन्।

    यो पनि पढ्नुहोस्

    खोप के हो? यसले कसरी काम गर्छ? किन मानिस डराउँछन्? 

    युनिसेफ आफ्नो डब्ल्युएमडि सम्बन्धी आफ्नो बुलेटिनमा, “यदि सेवाहरुको निरन्तरताका लागि यथासक्य चाडो हामीले अनुक्रिया थालेनौ भने कोभिड-१९ र औलो के हो भनेर छुट्याउन नसक्दा पाँच वर्ष मुनिका बालबालिकामा घातक परिणाम निम्त्याउन सक्छ।”

    हाल विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तीन अफ्रिकी देशहरु घाना, मलावी र केनियामा औलोको खोपको परिक्षण गरिरहेको छ- यी देशहरु प्रतिश्पर्धात्मक विधिबाट छानिएका हुन् भन्ने उसको भनाइ छ।

    हालसालै डब्ल्युएचओले अन्तरराष्ट्रिय समुदायलाई कोरोना भाइरसको खोपसम्बन्धी अनुसन्धानका साथै महामारीको अनुसन्धान, उपचार र औषधिका विषयमा आदानप्रदान गर्न सहमत हुन परिचालित गरेको छ।

    हाल चिन, जर्मनी, बेलायत र अमेरिका कोभिड-१९ को खोपको विकासमा संलग्न छन् र मानव स्वयंसेवीहरुमा प्रयोग गर्दै क्लिनिकल परिक्षणको अघिल्लो चरणमा पुगेका छन्।

    खोप विकासको प्रमुख दातामध्ये एक विल तथा मेलिण्डा गेट्स फाउण्डेसन र कोलिएसन फर इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स पनि हुन्। यी दुबैले इतिहासमा सबैभन्दा द्रुत गतिमा खोजी भइरहेको खोप विकासमा मिलेर काम गरिरहेका छन्।

    अघिल्लो हप्ता बिबिसीसँग कुरा गर्दै फाउण्डेसनका सहअध्यक्ष विल गेट्सले प्रायशः एउटा खोप तयार गर्न ५ वा ६ वर्ष लाग्ने भएपनि कोभिड-१९ को खोप १८ महिनाभित्र तयार हुनसक्ने बताए। निश्चय नै अहिलेका प्रयासहरु आदर्श लक्ष्य र आतुर प्रयास दुवै हुन्।

    यो पनि पढ्नुहोस्

    कोरोनाभाइरस-२ विरुद्धको खोप बनाउन होडबाजी

    सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार खोप विकासका ६ चरणहरु हुन्छन्, ती हुन् १. अन्वेषणात्मक, २.प्रि-क्लिनिकल, ३. क्लिनिकल विकास, ४. नियमनकारी पुनरावलोकन तथा स्वीकृति,  ५. उत्पादन र ६ गुणस्तर नियन्त्रण।

    सूक्ष्म तथा विधिपूर्वक बहुपक्षीय अभ्यास (rigorous multi-sectoral exercise) का रुपमा खोप विकासमा विभिन्न क्षेत्रका विज्ञहरु र सरोकारवालाहरु सतर्कताका साथ परिश्रम गर्नुपर्ने आवश्यकता पर्दछ। यसका अतिरिक्त खोप विकास गर्ने वर्तमान होडबाजीमा गरीब देशहरु मारमा पर्नसक्ने डर रहन्छ किनभने धनी देशहरुले हाल प्रयोग गर्न वा भविष्यका लागि भण्डारण गर्न ठूलो परिमाणमा खोप खरिद गरिदिन सक्छन्।

    यस पटक भने गरिब देशहरुले खोप परिक्षणमा थप पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको औंल्याइरहेका छन्। पहिले पहिले खोप निर्माता र उनिहरुका लगानीकर्ताहरुलाई गरिब देशका जनतालाई उनिहरुको विद्यमान गरिबी र कमजोर शासन प्रणालीको शोषण गरी गिनी पिग (‘प्रयोगगर्ने सुँगुर’) बनाएको आरोप लाग्ने गरेको छ।

    अफ्रिकामा गेट्स फाउण्डेसनले विकास र उत्पादनमा सहयोग गरेको पोलियो खोप नचलाउन क्याथोलिक चर्चले बेलाबेलामा आव्हान गरेका थिए। यसको कारण अनेकन अनावश्यक असरहरु गर्ने महिला गर्भनिरोधकको परिक्षण त्स क्षेत्रमा यही गेट्स फाउण्डेसनले गरेको थियो। कोभिड-१९ को खोपको प्रभाकारिताबारे योजनाबद्ध परिक्षणले फेरि पनि यस्तै अवस्था भोग्नुपर्ने हो कि शंका उव्जाएको छ।

    यो पनि पढ्नुहोस्

    बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए 

    केन्यामा, त्यहाँका राष्ट्रपति उहुरु क्न्याट्टाले शनिबार त्यहाँका नागरिकहरुलाई विविसीका मेडिकल सम्वाददाता फर्गुस वाल्सका विवादास्पद दृष्टिकोणहरुलाई बेवास्ता गर्न आग्रह गरेका छन्। वाल्सले एक रेडियो अन्तरवार्तामा, “हामी यो खोपले काम गर्नेछ भनी अधैर्य बनिरहेका छौं तर अक्सफोर्डको टिम… यदि उनीहरुले बेलायतबाट तुरुन्तै नतिजा निकाल्न सकेनन् भने उनीहरु कोरोनाभाइरस महामारी बढेर जाने केन्यामा परिक्षण संचालन गर्ने विचार गर्दैछन्।

    विकसित देशहरुको कसले पहिले कोभिड-१९ को खोप तयार गर्ने भन्ने दौडबिच हामी यस्तै प्रकारका अरु राजनीति सुन्न पाउने अपेक्षा गर्दछौं।

    खोप सम्मेलनमा, गरिब राष्ट्रहरुले खोप विकास प्रोटोकलमा पारदर्शिता र समतामूलक खोप बाँडफाँड सुनिश्चत गर्नेगरी गरिने विश्व सम्झौताको पक्षमा लबिङ गर्ने अपेक्षा गरिएको छ।

    अन्तत: हामीले अमेरिकी पुर्व विदेश सचिव मेडलिन अलब्राइटका शब्दहरुमा ध्यान दिनैपर्छ। उनले गत शुक्रबार एबिसि अष्ट्रेलियालाई दिएको अन्तरवार्तामा, “अहिले जे भइरहेको छ हामी त्यसको दोष चिनियाहरु माथि थोपरिरहेका छौं। तर मूल कुरा हामी उनीहरुले नै उत्पादन गरिरहेका मास्कमा निर्भर छौं। यदि उनीहरुले नै खोपको आविष्कार गरे भने के हामी तिमीहरुको खोप चाहिदैन भन्न सक्छौं?” सिजिटिएन २७ अप्रिल २०२०

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.