स्टेफन न्डेग्वा। अप्रिल २४ मा बेलायतले ४ जून २०२० मा भर्चुअल विश्व खोप सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। बेलायती सरकारले जारी गरेको वक्तब्यमा “विश्वभरीका स्वास्थ्य सेवा ब्यवस्थाको सवलिकरण र विश्वका केही गरिबतम देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न सहयोग गर्न” यो सम्मेलन साबित हुनेछ, भनिएको छ। उक्त सम्मेलन ग्लोबल अलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेसन (गाभि) को सहयोगमा हुँदैछ। बेलायतमा गरिने खोपसम्बन्धी शिर्ष सम्मेलन खोप विकासमा मात्र होइन त्यसमाथि प्रभुत्व जमाउने रणनीति हो।
उक्त सम्मेलन गाभिको पञ्चवर्षीय रणनीतिलाई सहयोग जुटाउन महत्वपुर्ण हुनेछ, जसको लक्ष्य सन् २०२५ भित्र ३० करोड बालबालिकाहरुलाई खोप दिने र ८० लाख जीवन बचाउनु रहेको छ।
निश्चय पनि अहिले घातक कोरोना भाइरसको उत्पतिको परिदृष्यमा यी आँकडाहरुको पुनरावलोकन हुनेछ। यस्तो काम बेलायतमा सम्मेलन गरिने घोषणा हुनु अगावै २५ अप्रिलमा परेको विश्व औलो दिवसको पुर्वसन्ध्यामा भइसक्नु उचित हुनेथियो। किनकि यस अन्तरराष्ट्रिय दिवसको नारा “औलो: बालबालिकाको अवस्थाको आकलन” थियो।
युनिसेफको टिप्पणी अनुसार कोभिड-१९ को फैलावटको उत्कर्षको समयमा औलो ब्यवस्थापनमा एउटा ठूलो चुनौति भनेको मानिसहरुले सेवा लिनखोज्ने ब्यवहारमा कमी ल्याउन सक्छन्। किनभने उच्च ज्वरो आएका मानिसहरुले कोभिड-१९ संक्रमित हुने वा फैलाउने डरले उपचारलाई पछि गरौन त भनेर पन्छाउन सक्छन्।
यो पनि पढ्नुहोस्
युनिसेफ आफ्नो डब्ल्युएमडि सम्बन्धी आफ्नो बुलेटिनमा, “यदि सेवाहरुको निरन्तरताका लागि यथासक्य चाडो हामीले अनुक्रिया थालेनौ भने कोभिड-१९ र औलो के हो भनेर छुट्याउन नसक्दा पाँच वर्ष मुनिका बालबालिकामा घातक परिणाम निम्त्याउन सक्छ।”
हाल विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तीन अफ्रिकी देशहरु घाना, मलावी र केनियामा औलोको खोपको परिक्षण गरिरहेको छ- यी देशहरु प्रतिश्पर्धात्मक विधिबाट छानिएका हुन् भन्ने उसको भनाइ छ।
हालसालै डब्ल्युएचओले अन्तरराष्ट्रिय समुदायलाई कोरोना भाइरसको खोपसम्बन्धी अनुसन्धानका साथै महामारीको अनुसन्धान, उपचार र औषधिका विषयमा आदानप्रदान गर्न सहमत हुन परिचालित गरेको छ।
हाल चिन, जर्मनी, बेलायत र अमेरिका कोभिड-१९ को खोपको विकासमा संलग्न छन् र मानव स्वयंसेवीहरुमा प्रयोग गर्दै क्लिनिकल परिक्षणको अघिल्लो चरणमा पुगेका छन्।
खोप विकासको प्रमुख दातामध्ये एक विल तथा मेलिण्डा गेट्स फाउण्डेसन र कोलिएसन फर इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स पनि हुन्। यी दुबैले इतिहासमा सबैभन्दा द्रुत गतिमा खोजी भइरहेको खोप विकासमा मिलेर काम गरिरहेका छन्।
अघिल्लो हप्ता बिबिसीसँग कुरा गर्दै फाउण्डेसनका सहअध्यक्ष विल गेट्सले प्रायशः एउटा खोप तयार गर्न ५ वा ६ वर्ष लाग्ने भएपनि कोभिड-१९ को खोप १८ महिनाभित्र तयार हुनसक्ने बताए। निश्चय नै अहिलेका प्रयासहरु आदर्श लक्ष्य र आतुर प्रयास दुवै हुन्।
यो पनि पढ्नुहोस्
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार खोप विकासका ६ चरणहरु हुन्छन्, ती हुन् १. अन्वेषणात्मक, २.प्रि-क्लिनिकल, ३. क्लिनिकल विकास, ४. नियमनकारी पुनरावलोकन तथा स्वीकृति, ५. उत्पादन र ६ गुणस्तर नियन्त्रण।
सूक्ष्म तथा विधिपूर्वक बहुपक्षीय अभ्यास (rigorous multi-sectoral exercise) का रुपमा खोप विकासमा विभिन्न क्षेत्रका विज्ञहरु र सरोकारवालाहरु सतर्कताका साथ परिश्रम गर्नुपर्ने आवश्यकता पर्दछ। यसका अतिरिक्त खोप विकास गर्ने वर्तमान होडबाजीमा गरीब देशहरु मारमा पर्नसक्ने डर रहन्छ किनभने धनी देशहरुले हाल प्रयोग गर्न वा भविष्यका लागि भण्डारण गर्न ठूलो परिमाणमा खोप खरिद गरिदिन सक्छन्।
यस पटक भने गरिब देशहरुले खोप परिक्षणमा थप पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको औंल्याइरहेका छन्। पहिले पहिले खोप निर्माता र उनिहरुका लगानीकर्ताहरुलाई गरिब देशका जनतालाई उनिहरुको विद्यमान गरिबी र कमजोर शासन प्रणालीको शोषण गरी गिनी पिग (‘प्रयोगगर्ने सुँगुर’) बनाएको आरोप लाग्ने गरेको छ।
अफ्रिकामा गेट्स फाउण्डेसनले विकास र उत्पादनमा सहयोग गरेको पोलियो खोप नचलाउन क्याथोलिक चर्चले बेलाबेलामा आव्हान गरेका थिए। यसको कारण अनेकन अनावश्यक असरहरु गर्ने महिला गर्भनिरोधकको परिक्षण त्स क्षेत्रमा यही गेट्स फाउण्डेसनले गरेको थियो। कोभिड-१९ को खोपको प्रभाकारिताबारे योजनाबद्ध परिक्षणले फेरि पनि यस्तै अवस्था भोग्नुपर्ने हो कि शंका उव्जाएको छ।
यो पनि पढ्नुहोस्
केन्यामा, त्यहाँका राष्ट्रपति उहुरु क्न्याट्टाले शनिबार त्यहाँका नागरिकहरुलाई विविसीका मेडिकल सम्वाददाता फर्गुस वाल्सका विवादास्पद दृष्टिकोणहरुलाई बेवास्ता गर्न आग्रह गरेका छन्। वाल्सले एक रेडियो अन्तरवार्तामा, “हामी यो खोपले काम गर्नेछ भनी अधैर्य बनिरहेका छौं तर अक्सफोर्डको टिम… यदि उनीहरुले बेलायतबाट तुरुन्तै नतिजा निकाल्न सकेनन् भने उनीहरु कोरोनाभाइरस महामारी बढेर जाने केन्यामा परिक्षण संचालन गर्ने विचार गर्दैछन्।
विकसित देशहरुको कसले पहिले कोभिड-१९ को खोप तयार गर्ने भन्ने दौडबिच हामी यस्तै प्रकारका अरु राजनीति सुन्न पाउने अपेक्षा गर्दछौं।
खोप सम्मेलनमा, गरिब राष्ट्रहरुले खोप विकास प्रोटोकलमा पारदर्शिता र समतामूलक खोप बाँडफाँड सुनिश्चत गर्नेगरी गरिने विश्व सम्झौताको पक्षमा लबिङ गर्ने अपेक्षा गरिएको छ।
अन्तत: हामीले अमेरिकी पुर्व विदेश सचिव मेडलिन अलब्राइटका शब्दहरुमा ध्यान दिनैपर्छ। उनले गत शुक्रबार एबिसि अष्ट्रेलियालाई दिएको अन्तरवार्तामा, “अहिले जे भइरहेको छ हामी त्यसको दोष चिनियाहरु माथि थोपरिरहेका छौं। तर मूल कुरा हामी उनीहरुले नै उत्पादन गरिरहेका मास्कमा निर्भर छौं। यदि उनीहरुले नै खोपको आविष्कार गरे भने के हामी तिमीहरुको खोप चाहिदैन भन्न सक्छौं?” सिजिटिएन २७ अप्रिल २०२०