Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनवादी केन्द्रियता कि सर्वसम्मति?

मार्टा हर्नेकर मार्टा हर्नेकर
मंसिर १८, २०७७
- राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (मार्टा हर्नेकर। विख्यात वामपन्थी लेखिका, अन्वेषक तथा पत्रकार। ८० वटा पुस्तक र अनगिन्ति आलेखकी लेखिका। फ्रान्समा रहँदा विशौं शताब्दीका प्रकाण्ड मार्क्सवादी दार्शनिक लुइस आल्थुसरकी शिष्य। सन् १९६८मा चिलीमा पुगेपछि मार्क्सवाद लेनिनवादको प्रचार प्रसारमा सक्रिय सहभागी। सन् १९७३मा चिलीमा त्यहाँको पहिलो मार्क्सवादी राष्ट्रपति साल्भाडोर एलेण्डे विरुद्धमा भएको सैनिक विद्रोह पछि उनले क्युवामा आएर एउटा अनुसन्धान प्रतिष्ठान (Memoria Popular Latinoamerican) को निर्देशकको हैशियतमा लामो समय सम्म काम गरिन्।सन् २००४ देखि २०११ सम्म भेनेजुयलामा आएर बासिन्। त्यहाँ रहँदा सन् २००६ देखि २०१० सम्म एउटा अनुसन्धान संस्था (Centro International Miranda research institute)मा काम गरिन्। उनले राष्ट्रपति ह्युगो चाभेजको सल्लाहाकारको रुपमा पनि काम गरिन्। त्यसपछि  क्यानडाको टोरन्टो शहरमा बस्दै आएकी उनको सन् २०१६ मा मृत्यु भयो।

    भनि रहनु परेन, उनी आफै एक मार्क्सवादी चिन्तक र अभियन्ता।लेटिन अमेरिकी वामपन्थी आन्दोलनकी प्रत्यक्ष साक्षी पनि। उक्त आन्दोलनको सुक्ष्म अध्ययन पश्चात मार्टाले भावी वामपन्थी आन्दोलनको संरचनात्मक स्वरुप र आन्दोलनको दिशा कस्तो हुनु पर्दछ भनेर तलको लेखमा विचारोत्तेजक समसामयिक विचार पस्केकी छन्। अमेरिकी वामपन्थी आन्दोलनको अनुभवलाई चिहाउन र सिक्न पनि यो लेख धेरै नै सान्दर्भिक छ – यो आफैमा भावी वामपन्थी आन्दोलनको चेक लिष्ट पनि हो। प्रस्तुत लेख Monthly Review बाट साभार गरिएको हो। त्यसमध्ये केही अंशमात्रै अनुदित रुपमा प्रस्तुत गरिएको छ। लेखमा लेखिकाले  जनवादी केन्द्रीयतासम्बन्धी केही आधारभूत विचार अघि सारेकी छन्, जुन हाल नेपालको कम्युनिष्ट आन्दोलनको मार्गलाई सही दिशामा ल्याउन बहस हुनु, विचार बनाउनु र आन्दोलनको पुनर्नवीकरण गर्नु  यहाँको वामपन्थी आन्दोलनको निम्ति पनि जरुरी छ। अनुवादक टङ्क कार्की)

    अहिलेका हाम्रा धेरैजसो नेता आदेशको भरमा जनताको नेतृत्व गर्नु पर्छ भन्ने शिक्षादीक्षामा हुर्केका छन्। रातारात यो स्थितिमा बदलाव ल्याउन सकिदैन। त्यसैले यहाँ म अतिशय आशावाद जगाउने पक्षमा छैन। नेता र कार्यकर्ताबीच सम्यक सम्वन्ध कायम गर्न अझै हामीले लामो समय कुर्नु पर्दछ।

    १. धेरै लामो समय बामपंथी पार्टीहरु सर्वसत्तावादी ढाँचामा चले। जनवादी केन्द्रियता भने पनि यिनको प्रचलित व्यवहार भनेको नोकरशाही केन्द्रीयता नै थियो, सोभियत समाजवादको व्यवहारबाट प्रभावित भएर। सिद्धान्त, जिम्मेवारी, पहलकदमी र अख्तियार गर्नुपर्ने राजनीतिक कार्यदिशा सम्वन्धी अधिकांश जसो निर्णय पार्टीका अभिजातहरुले नै लिन गर्दथे। ती निर्णयमा कार्यकर्ताको सहभागिता या संवाद हुने कुरै हुँदैनथ्यो। तिनको जिम्मेवारी भनेको आदेशको अनुशरण गर्नमा सिमित थियो। तिनीहरु छलफलमा भाग लिन पाउदैनथे र कतिपय मामिला त तिनीहरु बुझ्दा पनि बुझ्दैनथे। आज धेरैजसो कार्यकर्तालाई यो तौरतरिका झनझन असह्य हुँदै गएको छ।

    २. परन्तु नोकरशाही केन्द्रियकरणलाई चुनौती दिने हो भने अति-जनवादको ज्यादतीबाट बच्न पनि जरुरि छ। अति-जनवादमा काम भन्दा कुरो बढी हुन्छ, हरेक कुरा, यहाँ सम्मकि झिनामसिना कुरामा पनि माथा पच्चिसी गर्नु पर्ने हुन्छ। यस्ता कुराले कुनै पनि ठोस काम गर्न अक्सर अवरोध पुर्‍याउने  काम गर्दछ।

    अहिलेका हाम्रा धेरैजसो नेता आदेशको भरमा जनताको नेतृत्व गर्नु पर्छ भन्ने शिक्षादीक्षामा हुर्केका छन्। रातारात यो स्थितिमा बदलाव ल्याउन सकिदैन। त्यसैले यहाँ म अतिशय आशावाद जगाउने पक्षमा छैन। नेता र कार्यकर्ताबीच सम्यक सम्वन्ध कायम गर्न अझै हामीले लामो समय कुर्नु पर्दछ।

    ३. नोकरशाही केन्द्रियताको आलोचना गर्ने नाउँमा आजभोलि केन्द्रिकृत नेतृत्वको कुनै पनि रुप न मान्ने प्रवृत्ति पनि हुर्केको छ।

    ४. समाजका सबै तहमा कसरी संगठन निर्माण गर्ने र ती संगठनले आन्तरिक जनवादको सख्त अनुशरण गर्नु पर्ने बारेमा यसबीचमा पर्याप्त छलफल भएका छन्। यी विचार प्रति हाम्रो सहमति पनि छ। हाम्रो विमति संगठन र आन्तरिक जनवादलाई जोड्न संगठित रुपमा त्यस्तो कुनै प्रयत्न चाहिंदैन भन्ने कुरामा मात्रै हो। अन्यथा, जनवाद, लचकता र विभिन्न मोर्चामा जुझ्ने चाहनाको प्रतिरक्षा गर्ने नाममा रणनीतिक प्राथमिकताको निर्क्यौल र संघर्षलाई एकतावद्ध गर्ने काम ओझेलमा पर्ने खतरा हुन्छ।

    सर्वसम्मतिको तरिकालाई उपयोग गर्नु भनेको निर्णय लाँध्नु नभएर सवैको चाहनाको पक्षपोषण गर्नु हो। तर सर्बसम्मतिको तरिका सबैको सहमति लिन खोजेको र बढ्ता लोकतान्त्रिक देखिए पनि व्यवहारमा धेरै अलोकतान्त्रिक हुन्छ किनभने यसले अल्पमतलाई यो हदसम्म निषेधात्मक अधिकार दिन्छ कि जहाँ एउटै व्यक्तिले पनि अत्यधिक वहुमतले समर्थन गरेको सहमतिलाई समेत रोक्न सक्दछ।

    ५. कसै कसैको विचार हुन्छ कि एक मात्र सर्वग्राह्य तरिका भनेको सर्वसम्मति हो। तिनीहरु तर्क गर्छन् कि सर्वसम्मतिको तरिकालाई उपयोग गर्नु भनेको निर्णय लाँध्नु नभएर सवैको चाहनाको पक्षपोषण गर्नु हो। तर सर्बसम्मतिको तरिका सबैको सहमति लिन खोजेको र बढ्ता लोकतान्त्रिक देखिए पनि व्यवहारमा धेरै अलोकतान्त्रिक हुन्छ किनभने यसले अल्पमतलाई यो हदसम्म निषेधात्मक अधिकार दिन्छ कि जहाँ एउटै व्यक्तिले पनि अत्यधिक वहुमतले समर्थन गरेको सहमतिलाई समेत रोक्न सक्दछ।

    ६. यसका अतिरिक्त, खास खास घडीमा समस्याको जटिलता, संगठनको आकार, र राजनीतिक समय सन्दर्भ हेरेर छिटो निर्णय लिनुपर्ने हुन्छ, त्यस्तो बेला सर्वसम्मतिको तरिका धेरै विषयमा प्रयोग गर्न नसकिने हुन्छ।

    ७. एकीकृत नेतृत्वको अभावमा राजनीतिक प्रभावकारिता हुन सक्दैन। त्यस्तो नेतृत्वले मात्रै संघर्षका विभिन्न क्षणमा अनुशरण गर्नुपर्ने कार्यदिशा निर्धारण गर्दछ। त्यसको निम्ति विस्तृत छलफलको आवश्यकता हुन्छ। त्यसको निम्ति सबैले आफ्ना विचार राख्न सकुन् र अन्त्यमा निर्णय लिन सकियोस्। त्यस निर्णयलाई सबैले अनुपालन गर्नु पर्दछ।

    ८. एकीकृत कार्य दिशाको निम्ति तल्ला तहका संगठनले माथिल्ला निकायले गरेको निर्णयको सम्मान गर्नु पर्दछ र अल्पमतमा परेकाहरुले जुन कार्ययोजना निर्णित भएको छ त्यसलाई अन्य सदस्यहरुसंग कुममा कुम जोडाएर कार्यान्वयन गर्नु पर्दछ।

    यदि सर्वसम्मतिमा पुग्न सकिएन भने जनवादी केन्द्रीयताको अर्को विकल्प छ भन्ने पनि म ठान्दिन।

    ९. जनवादी केन्द्रीयता भनेको संगठनका विभिन्न तहमा हुने जनवादी छलफल र  सर्वसम्मति या बहुमतबाट भएको निर्णयमा आधारित एकल केन्द्रिकृत नेतृत्वको योग हो।

    १०. यो द्वन्दवादी योग हो : क्रान्तिकारी चढाव या युद्ध भएको जटिल राजनीतिक परिस्थितिमा केन्द्रियकरणको पक्षपोषण हुनुको विकल्प हुँदैन; घटनाक्रम मत्थर भएको शान्ति कालमा भने जनवादी चरित्र माथि बढ्ता जोड दिनु पर्दछ।

    ११. मुलभूत मुद्धामा एकमतो नहुने हो भने सफल राजनीतिक संघर्ष होला भन्ने कुरामा मलाई वैयत्तिक रुपमा विश्वास छैन। यदि सर्वसम्मतिमा पुग्न सकिएन भने जनवादी केन्द्रीयताको अर्को विकल्प छ भन्ने पनि म ठान्दिन।

    १२. केन्द्रीयता र जनवादको सही सन्तुलन भए मात्रै सहमति प्रभावकारी हुन सक्दछ। किनभने छलफल र निर्णय निर्माणमा सहभागी भईसके पछि मानिस ती निर्णय कार्यान्वयन गर्न आफु अझ प्रतिवद्ध भएको महशुस गर्दछ।

    १३. यस्तो प्रतिवद्धता भएपछि भने त्यो व्यवहारमा कार्यन्वयनमा जान्छ। त्यसले उनीहरुलाई बढ्ता जिम्मेवारी बोध हुने, काम प्रति समर्पण हुने, समस्या समाधान प्रतिको लागाव बढ्ने, आफ्ना विचार अभिव्यक्त गर्ने र कमजोरीको आलोचना गर्ने साहस थपिने र माथिल्ला निकायलाई अनुगमन गर्ने ऊर्जा प्रदान गर्दछ।

    १४. अधुरो जनवादी जीवन शैलीले समस्त कार्यकर्ताको सृजनात्मक पहलकदमीलाई प्रष्फुटन हुनबाट रोक्दछ र अन्ततः त्यसले उनीहरुको सहभागिता माथि नकारात्मक प्रभाव पार्दछ।

    १५. जनवादी केन्द्रीयताको प्रयोग गर्दा झिनो बहुमतलाई उपयोग गरेर अल्पमतलाई दरकिनारा लगाउने हर्कतबाट भने बच्नु पर्दछ। बढ्ता परिपक्क सामाजिक तथा राजनीतिक आन्दोलनहरु भने झिनो बहुमतले गरेको निर्णय लाँध्नु निरर्थक हुन्छ भन्ने कुरामा विश्वास गर्दछन्। ग्रहण गर्नु पर्ने कार्ययोजना प्रति अत्यन्त ठुलो बहुमतका कार्यकर्ता विश्वस्त नहुँदासम्म, राजनीतिक रुपमा कार्यकर्ता मन न जित्दा सम्म र त्यो कार्ययोजना सही छ भन्नेमा तिनीहरु स्वयं आश्वस्त नहुन्जेल त्यसलाई स्थगन गर्नु राम्रो हुन्छ। यसले आन्तरिक विभाजनको बर्वादी र हुनसक्ने भयानक गल्तीबाट रोक्न ठुलो मदत गर्दछ। अक्सर गरेर आन्दोलन र बामपन्थी पार्टीहरुमा आन्तरिक विभाजनको महामारी रोग नै लागेको छ।

    अल्पमत सही पनि हुन सक्दछ

    १. जनवादी केन्द्रीयता भनेको अल्पमत बहुमतको अधिनस्थ मात्रै नभएर बहुमतले अल्पमतको कदर गर्नु पनि हो।

    बहुमतले गरेको निर्णयलाई जस्तोसुकै राजनीतिक परिदृश्यमा पनि अल्पमतले कार्यान्वयन गर्नु पर्दछ। तर त्यसो गरी रहँदा उनीहरुले आफ्नो राजनीतिक, सैद्धान्तिक र विचारधारात्मक अडान भने त्याग्नु हुँदैन।

    २. अल्पमतलाई तहस नहस पार्ने या दरकिनारा लगाउने काम गर्नु हुँदैन। न त अल्पमतले बहुमतको अगाड त्वम् शरणम् नै गर्नु हुन्छ। बहुमतले गरेको निर्णयलाई जस्तोसुकै राजनीतिक परिदृश्यमा पनि अल्पमतले कार्यान्वयन गर्नु पर्दछ। तर त्यसो गरी रहँदा उनीहरुले आफ्नो राजनीतिक, सैद्धान्तिक र विचारधारात्मक अडान भने त्याग्नु हुँदैन। यसका विपरित अल्पमतको कर्तव्य हुन्छ कि अरु आफ्ना विचारमा या आफु अरुका विचारमा विश्वस्थ नहुन्जेल आफ्नो संघर्ष जारी राख्नु पर्दछ।

    ३. किन अल्पमतले बहुमतको अडानमा समर्पण नगरी आफ्ना दृष्टिकोणको प्रतिरक्षा गर्नु पर्दछ? किनभने अल्पमत सही हुन सक्दछ; यसको वास्तविकता वारेको विश्लेषण बढ्ता अचुक हुन सक्दछ, किनभने यसले शक्तिको वर्तमान पारस्परिक सम्वन्धलाई बढ्ता सही ढंगले अध्ययन गरेको हुन सक्दछ या खास-खास सामामाजिक शक्तिको अभिप्रायलाई बढ्ता सटिक ढंगले बुझेको हुन सक्दछ। त्यसैकारण अल्पमतमा परेकाहरुसंग अधिकार नभए पनि आन्तरिक स्वस्थ छलफलको आधारमा अन्यथा अडान भएका यथाशक्य धेरै कार्यकर्तालाई विश्वस्थ बनाउन जुझ्नु पर्ने वास्तविक जिम्मेवारी पनि हुन्छ।

    ४. हामी “स्वस्थ छलफल’को चर्चा गरिरहेका छौं किनभने सम्पूर्ण सत्यमा हाम्रो एकलौटी पेवा हुँदैन। हामीले त्यस मान्यताबाट आफ्नो काम प्रारम्भ गर्नु पर्दछ। हाम्रो विचारमा सहमत न हुने साथीहरु सही हुन सक्दछन्। यसका अतिरिक्त हामीले वहसलाई वैयत्तिकरण गर्नु हुन्न। को सही छ भन्ने प्रमाणित गर्न लिट्टी कस्ने भन्दा हामीले सामुहिक रुपमा के कुरा सही छ भनेर सहकार्य गर्नु पर्दछ। अब्बल नेता ती हुन् जो सही कुरालाई सामुहिक रुपमा स्थापित गर्ने प्रक्रियालाई मलजल गर्दछन्।

    हाम्रो विचारमा सहमत न हुने साथीहरु सही हुन सक्दछन्। यसका अतिरिक्त हामीले वहसलाई वैयत्तिकरण गर्नु हुन्न। को सही छ भन्ने प्रमाणित गर्न लिट्टी कस्ने भन्दा हामीले सामुहिक रुपमा के कुरा सही छ भनेर सहकार्य गर्नु पर्दछ।

    ५. यसका अतिरिक्त, यदि बहुमत आफ्ना प्रस्तावनाको सहीपनामा विश्वस्त छ भने विचारमा छलफल चलाउन डराउनु पर्ने कुनै खण्ड हुँदैन। बरु तिनले त्यस्तो छलफललाई प्रोत्साहित गर्नु पर्दछ र अल्पमतलाई विश्वस्थ बनाउन कोशिस गर्नु पर्दछ। यदि बहुमत परस्पर विरोधी अडानबाट डराउँछ भने त्यो राजनीतिक कमजोरीको लक्षण हो।

    ६. यदि हामीले लेटिन अमेरिकाका केही वामपन्थी पार्टी र सामाजिक आन्दोलनलाई हेर्‍यौं भने यो कुरा देख्दैनौं र? यदि अल्पमतको दृष्टिकोणलाई सम्मान गर्न सकिएको भए कतिवटा विभाजनलाई रोक्न सकिन्थ्यो? यसको विपरित धेरै जसो सन्दर्भमा आफ्नो नोकरशाही संयन्त्रको सम्पूर्ण तागत अल्पमतलाई तहसनहस पार्न लगाईयो। त्यसले उनीहरुलाई विभाजन हुनु बाहेक अर्को विकल्पै छोडेन।

    ७. कहिलेकाहीं, आफ्ना विचारलाई सम्मान गर्नु पर्दछ र त्यसलाई छलफलको निम्ति मौका दिनु पर्छ भनेकै भरमा अल्पमतलाई फुटपरस्त भन्ने लान्छना लगाइन्छ। अल्पमतलाई विभाजन वाहेक अर्को विकल्प नै न दिनेहरु नै फुटलाई उकास्ने असली फुटवादी होइनन् र? यदि अल्पमत बहुमतको विचार गलत छ भनेर संघर्षलाई जारी राख्न चाहन्छ भने उसले के नै बिराएको हुन्छ र?

    जब चेतनाले फड्को मार्छ हिजो सम्म ठीकै प्रतिनिधित्व गर्नेहरु अव त्यो काम गर्न अयोग्य हुन सक्दछन् किनभने जनता परिपक्क भई सकेका हुन्छन्।

    ८. अल्पमत र वहुमतको विषय नेता तथा कार्यकर्ता बीचको सम्वन्ध टुट्नाले या संवादहीनतामा पनि गाँसिएको हुन्छ। यस्तो परिघटना विविध कारणले हुन्छ; जस्तो कि जसले असली वहुमत ओगटेका छन् तिनमा जनसंगठनको यथोचित प्रतिनिधित्व गर्ने मामिलामा संरचनात्मक अयोग्यता; सत्तामा रहिरहन आधिकारिक वहुमतले उपयोग गर्ने नोकरशाही तिकडमबाजी र घटिया तौर-तरिका; क्रान्तिकारी प्रकृयामा हुने विकासको कारणले आफ्ना प्रतिनिधित्व छान्ने सदस्यहरुको राजनीतिक चेतनामा आउने तीव्र परिवर्तन। जब चेतनाले फड्को मार्छ हिजो सम्म ठीकै प्रतिनिधित्व गर्नेहरु अव त्यो काम गर्न अयोग्य हुन सक्दछन् किनभने जनता परिपक्क भई सकेका हुन्छन्। जनताले अव बुझेका हुन्छन् कि फरक मतवालाहरु नै अन्ततः सही रहेछन्। त्यसैले नयाँ चुनाव हुने हो भने नयाँ नै प्रतिनिधि चुनिन सक्दछन्।

    ९. वामपन्थीहरुको नयाँ संस्कृति राजनीतिक संगठनका विभिन्न नेतृत्वदायी निकायको बनावटमा प्रयोग गरिएको विविध विधिमा झल्किनु पर्दछ। धेरै लामो समय सम्म त के कुरामा विश्वास गरियो भने पार्टीको आन्तरिक चुनावमा बहुमतले कुनै खास मुद्धामा या खास क्षेत्रमा जित्यो भने समस्त नेतृत्वदायी अंगमा त्यसैका मतालम्वी कार्यकर्तालाई भर्ने काम गर्नु पर्दछ। एकसरो प्रचलित विचार के थियो भने जति बढी एकमना नेतृत्व हुन्छ त्यति नै बढी संगठनको नेतृत्व गर्न सजिलो हुन्छ। आजभोलि भने यस सम्बन्धमा विभिन्न मापदण्ड अगाडी देखापरेका छन्, जुन नेतृत्वले आन्तरिक शक्ति सन्तुलनलाई जति राम्रो अभिव्यक्ति गर्दछ त्यसैले राम्रो काम गर्न सक्दछ। त्यसो भएमा नेतृत्वले प्रस्तावित गरेको कार्यक्रम लागू गर्न वहुमत पक्षकाको मात्र नभएर समस्त पार्टी सदस्यको भावनात्मक तत्परता उपलब्ध हुनेछ।

    विभिन्न मापदण्ड अगाडी देखापरेका छन्, जुन नेतृत्वले आन्तरिक शक्ति सन्तुलनलाई जति राम्रो अभिव्यक्ति गर्दछ त्यसैले राम्रो काम गर्न सक्दछ।

    १०. तर हामीले जुन ढंगको बहुल नेतृत्व प्रस्ताव गरेका छौं त्यो प्रभावकारी हुन संगठनमा साच्ची नै लोकतान्त्रिक संस्कृति हुनु जरुरी हुन्छ। त्यस्तो संस्कृति भएन भने त्यस किसिमको नेतृत्वले संगठनभित्र बबण्डर खडा गर्दछ र थामी न सक्नु हुन सक्दछ।

    ११. यसका अतिरिक्त राजनीतिक संगठनको लोकतान्त्रिकरणको निम्ति चुनावमा आफ्ना नेताहरुको चुनाउको निम्ति पार्टी सदस्यहरुको उत्तिकै प्रभावकारी सहभागिता चाहिन्छ। आफ्ना नेताहरु वैयत्तिक मामिलामा नभएर विचारधारात्मक तथा राजनीतिक अडानका आधारमा निर्वाचित गर्नु पर्दछ। त्यसैकारण छनौट गर्नु पर्ने विभिन्न मापदण्डबारे समस्त पार्टी सदस्यले थाहा पाउन भनी आन्तरिक प्रकाशन मार्फत जानकारी गराउनु जरुरी छ। त्यसै गरी उम्मेद्वारको छनौट लोकतान्त्रिक ढंगले गर्ने कुरालाई सुनिश्चित गर्नु र गोप्य मतको सुरक्षा गरिनु पर्दछ।

    नेताहरु वैयत्तिक मामिलामा नभएर विचारधारात्मक तथा राजनीतिक अडानका आधारमा निर्वाचित गर्नु पर्दछ।

    १२. अन्त्यमा, के कुरा बुझ्नु जरुरी छ भने राजनीतिक संगठनले अभ्यास गर्ने आन्तरिक लोकतान्त्रिक संस्कृतिले, आन्तरिक सहिष्णुताको स्तरले, भिन्नता हुँदाहुँदै पनि मिलिजुली काम गर्ने क्षमता जस्ता कुराले सामाजिक आन्दोलनभित्र अनुकरणीय उदाहरण प्रस्तुत गर्दछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मार्टा हर्नेकर

      मार्टा हर्नेकर

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.