Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Friday, September 29, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हिरा ठूलो कि जीवन?

हिरा निकाल्नका लागि बक्स्वाहाको करीब ३८२.१३१ हेक्टर जंगल क्षेत्रको विनाश गर्ने सरकारको योजना छ। सरकारी अनुमानका अनुसार यहाँका करीब २ लाख १६ हजार रुख काटिने छ। वास्तवमा यो संख्या केही बढी हुनसक्ने स्पष्ट छ। तर यहाँ रुख कटानमात्रै चिन्ताको विषय भएन, यसबाट एउटा जंगलको पारिस्थितिक प्रणाली नै बर्बाद हुनेछ।

जावेद अनिस जावेद अनिस
मङ्लबार, असार २९, २०७८
- विमर्शका लागि
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पृथ्वीले सबै मानिसको आवश्यकता पूरा गर्नका लागि पर्याप्त संसाधन प्रदान गरेको हुन्छ, तर लालच पूरा गर्नका लागि होइनः महात्मा गान्धी

    अक्टोबर, २००९ मा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बक्स्वाहामा अस्टे«लियाको हिरा कम्पनी ‘रियो टिन्टो’को हीरा स्याम्पल प्रोसेसिंग प्लान्टको उद्घाटन गर्दै भनेका थिए, “छिट्टै नै यस क्षेत्रमा उच्च गुणस्तरको हिरा भेटिने सम्भावना छ। जसले गर्दा यस क्षेत्रको विकास हुन्छ र यहाँ आर्थिक समृद्धि आउँछ। साथमा स्थानीय मानिसलाई रोजगारीको अवसर पनि प्राप्त हुनेछ।”
    आज यही उच्च गुणस्तरको हीरा यस क्षेत्रको जंगल र पारिस्थितिक प्रणालीका लागि टाउको दुखाईको विषय बनीसकेको छ।

    बक्स्वाहाको जंगलमा उत्खनन् गर्दा ३.४२ करोड क्यारेट हीरा प्राप्त हुनसक्ने अनुमान लगाइएको छ। यो देशको सबैभन्दा ठूलो हीरा खानी हुने बताइएको छ। यहाँबाट उत्पादन हुने हीराको गुणस्तर पनि उत्कृष्ट हुने बताइएको छ।

    पारिस्थितिक प्रणालीमा गम्भीर असर

    हीरा निकाल्नका लागि बक्स्वाहाको करीब ३८२.१३१ हेक्टर जंगल क्षेत्रको विनाश गर्ने सरकारको योजना छ। सरकारी अनुमानका अनुसार यहाँका करीब २ लाख १६ हजार रुख काटिने छ। वास्तवमा यो संख्या केही बढी हुनसक्ने स्पष्ट छ। तर यहाँ रुख कटानमात्रै चिन्ताको विषय भएन, यसबाट एउटा जंगलको पारिस्थितिक प्रणाली नै बर्बाद हुनेछ। यस पारिस्थितिक प्रणालीमा जंगलमा रहने हजारौं जनावर, पंक्षी, औषधीय रुखबिरुवा र अन्य जीवन पनि सामेल छन्। कुनैपनि जंगलको पारिस्थितिक प्रणालीलाई बन्नका लागि हजारौं वर्षको समय लाग्छ।

    मे, २०१७ मा मध्यप्रदेशको जियोलोजी एण्ड माइनिङ विभाग र हीरा कम्पनी रियो टिन्टोद्वारा पेश गरिएको रिपोर्टमा त्यस जंगलभित्र चितुवा, बाज, भालू, बारहसिंगे, हरिण, मयुरजस्ता वन्यजन्तु पाइने उल्लेख गरिएको थियो। अहिले भने यस जंगलमा संरक्षित वन्यजन्तु नभएको बताइन्छ।

    लामो समयदेखि बुंदेलखण्ड क्षेत्र गरीबी र पलायनको शिकार भइरहेको छ। यहाँको हरियाली र जलस्रोत पहिलेदेखि नै नाजुक स्थितिमा पुगिसकेको छ। तर अब यस क्षेत्रमा बाँकी रहेका केही स्रोतमा पनि यस प्रोजेक्टको नजर लागेको छ। बक्स्वाहा क्षेत्रको जमीनमूनि रहेको हीरा नै यसको दुश्मन बनेको छ।

    पानीको समस्या

    हिरा उत्खनन् गर्ने ध्याउन्नमा यदि जंगललाई नष्ट गरिने हो भने यसअघिदेखि नै पानीको अभाव झेल्दै आएको बुंदेलखण्डको यस क्षेत्रमा पानीको समस्या झनै गहिरो बन्दै जाने छ। यसको असर पूरै बुंदेलखण्ड क्षेत्रको पारिस्थितिक प्रणालीमाथि पर्ने निश्चित छ।
    हीरा निकाल्नका लागि खनजिस्थललाई करीब ११०० फीट गहिरो खनिने छ, जसले आसपासको क्षेत्रको भूमिगत जलस्तर प्रभावित हुनसक्छ। साथमा यस प्रोजेक्टमा दैनिक बढी मात्रामा पानीको जरुरी पर्छ। यसका लागि जमीनबाट पानी निकालिन्छ, परिणामस्वरुप बुंदेलखण्ड जस्तो पहिलेदेखि नै सुख्खाग्रस्त क्षेत्र अभैm बाँझो बन्न पुग्छ।

    यस्तै बक्स्वाहाको जंगल आसपासका गाउँका एक हजार भन्दा बढी परिवार आफ्नो जीविकोपार्जनका लागि जंगलमाथि निर्भर छन्, जसमध्ये धेरैजसो आदिवासी छन्। यदि जंगल नष्ट गरियो भने यी परिवारहरूको जीविकोपार्जन पनि पूरै प्रभावित हुनेछ। हालसम्म प्रोजेक्ट बक्स्वाहालाई राज्य सरकारबाट ‘ग्रीनसिंग्नल’ प्राप्त भइसकेको छ र केन्द्र सरकारबाट स्वीकृतिको प्रतीक्षामा छ।

    सन् २००४ मा मध्यप्रदेश सरकारले बुंदेलखण्ड क्षेत्रमा हीराको खोजका लागि सर्बेक्षणको काम रियो टिन्टो कम्पनीलाई जिम्मा दियो। यसैअनुरुप कम्पनीलाई एक्सप्लोर गर्नका लागि प्रोस्पेक्टिङ लाइसेन्स दिइएको थियो। यसै दोरान स्थानीय स्तरमा यस प्रोजेक्ट र कम्पनीको धेरै विरोध भएको थियो। पछि रियो टिन्टोले खनिज उत्खनन्को काम लीजमा लिनका लागि आवेदन दिएको थियो। तर मे, २०१७ मा रियो टिन्टोले अचानक आफ्नो काम बन्द ग¥यो र कम्पनी पूरै प्रक्रियाबाट अलग भयो।

    यसपछि सन् २०१९ मा आदित्य बिडला समूहको कम्पनी एसल माइनिङ एण्ड इन्डस्ट्रीज लिमिटेडले बक्स्वाहामा मानइनिङका लागि सबैभन्दा बढी बोलकबोल लगायो। त्यसपछि मध्यप्रदेश सरकारले यस कम्पनीलाई ५० वर्षको माइनिङ भाडामा दियो। स्थानीय अखबारहरूका अनुसार कम्पनीले कुल ३८२.१३१ हेक्टरको जंगल क्षेत्र माग गरेको छ, जसको एक भाग उत्खनन् गर्न र प्रक्रियाका दौरान निस्किएका अवशेषहरू विसर्जन गर्नका लागि प्रयोग गरिने छ। यो प्रोजेक्ट सुरु भएपछि यो एशियाकै सबैभन्दा ठूलो हीरा खानी बन्न सक्ने दाबी गरिएको छ।

    विरोधको आवाज

    मुख्यमन्त्री शिवराजसिंह चौहान बक्स्वाहा जंगलमा काटिने रुखहरूको क्षतिपूर्तिमा एउटाको बदलामा चार रुख रोप्ने कुरा गरिरहेका छन्। तर ‘शिवराज सरकार’ आफैँले अहिलेसम्म जति पनि वृक्षरोपाण गरे, ती सबै बालुवामा पानी खन्याए सरह भएका छन्। एउटा जंगलको क्षतिपूर्ति रुख रुपेर मात्रै भर्न सकिँदैन भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। जंगल सदियौंमा बन्छ।

    त्यसैले यस ‘प्रोजेक्ट बक्स्वाह’को विरोधको दायरा लगातार बढ्दै गइरहेको छ। खासगरी यस विरोधको दायरा बढाउन युवा तथा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण छ। स्थानीय युवा समूह बक्स्वाहाको मुद्दालाई ट्विटरमा ट्रेन्डिङमा ल्याइसकेका छन्, जसले गर्दा देशभरका मानिसहरू यस मुद्दासँग परिचित भएका छन्।

    साथमा यस मुद्दालाई लिएर सर्वोच्च अदालतमा जनहित याचिका पनि दायर गरिएको छ। विरोधको दायरा बढ्दै गएकै कारणले होला, प्रदेश भाजपा अध्यक्ष बीडी शर्माले भने, ‘बक्स्वाहा प्रोजेक्टको विरोध गर्ने मानिसहरू वामपन्थी हुन्, जो विकासमा अवरोध गरिरहेका छन्।’

    लकडाउन हटेसँगै विरोधको कार्यक्रम अघि सारियो। यसक्रममा गत १–४ जुलाईमा युवाहरूद्वारा दमोह शहरदेखि बक्स्वाहाको जंगलसम्म पदयात्रा निकालियो। यस मुद्दालाई स्थानीय स्तरमा मानिसहरूबीच पु¥याएर उनीहरूको समर्थन जुटाउने उद्देश्यले यो पदयात्रा गरिएको हो।

    यहाँको नागरिक उपभोक्ता मञ्चले पनि राष्ट्रिय हरित अधिकरण(एनजीटी) भोपालमा एक याचिका दायर गरेको थियो। जसमाथि गएको २ जुलाईमा सुनुवाई गर्दै एनजीटी वन विभागको अनुमतिबिना बक्स्वाहाको जंगलमा एउटा पनि रुख नकाट्न निर्देशन दियो। साथमा एनजीटीले बक्स्वाहा मामलामा फरेस्ट कन्जरभेसन एक्ट, इन्डियन फरेस्ट एक्ट तथा सुप्रीम कोर्टद्वारा दिइएको निर्देशनको पालना गर्न पनि निर्देशन दियो। एनजीटीद्वारा यस मामलामा अघिल्लो सुनुवाई यही २७ अगस्टमा तय गरिएको छ।

    मानिसलाई बचाउने परियोजना

    जंगल हाम्रो धरतीको फोक्सो हो। यसले मानिसहरूबाट उत्पन्न भएको कार्बन सोसेर ग्लोबल वार्मिङलाई कम गर्छ। जंगलकै कारण हामीले सफा हावा पाउँछौँ। अहिलेसम्म हामीलाई निःशुल्क र सहज रुपले सफा हावा प्राप्त भइरहेको छ, जंगलकै कारण। कोरोनोका दोस्रो लहरको दौरान अक्सीजनको अभावले हामीलाई अक्सिजनको महत्व सम्झाएको पनि हुनुपर्छ। अक्सिजन बिना हामी पानीबिनाको माछा जस्तै हुनेछौँ। तर यी सबैको बावजुद विकासको नाममा मानिसको लोभको आत्मघाती खेलको सिलसिला जारी छ।

    पछिल्लो केही वर्षदेखि ब्राजीलमा अमेजनको जंगलमा भइरहेको ‘खेल’लाई हामीले देखिरहेका छौँ। यस्तै खेल अहिले भारतको बक्स्वाहामा पनि खेल भइरहेको छ। दुर्भाग्य नै भन्नुपर्छ, उच्च गुणस्तरको हीराबाट पैसा कमाउने लोभमा हामी हजारौँ वर्षदेखि बनेको बनजंगललाई उजाड बनाउन तयार भएका छौँ। ‘प्रोजेक्ट बक्स्वाहा’जस्तो परियोजनाहरूको देशव्यापी विरोध हुन जरुरी छ। साथमा यसको सट्टा हावापानी, जंगल र जनावरहरूलाई मानवीय लालचबाट बचाउने खालको परियोजना बनाउन जरुरी छ, जुन वास्तव मै मानिसहरूलाई बचाउने परियोजना हुनुपर्छ।

    (सबलोगआइएनबाट मेनुका बस्नेतको अनुवाद।)

     

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जावेद अनिस

      जावेद अनिस

      Related Posts

      प्रधानमन्त्रीको भ्रमणः चीनसँगको सम्बन्ध लयमा फर्केको हो?

      प्रधानमन्त्रीको भ्रमणः चीनसँगको सम्बन्ध लयमा फर्केको हो?

      झलक सुवेदी
      मङ्लबार, अशोज ९, २०८०

      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला एकसाता लामो चीन भ्रमणमा छन्। उनी न्युयोर्कमा राष्ट्रसंघीय महासभामा सम्बोधन र अमेरिकी राष्ट्रपति जो वाइडेनसँग...

      नेपालमा संघीयताः आवश्यकताको अनुभूति अपनाउन कनीकुथी!

      नेपालमा संघीयताः आवश्यकताको अनुभूति अपनाउन कनीकुथी!

      कञ्चन झा
      सोमवार, अशोज ८, २०८०

      संघीयताको परिभाषा र विविधता एउटा राजनीतिक प्रणालीका रूपमा संघीयतालाई विश्वभर विविध स्वरूपमा देख्न पाइन्छ। जसले विविधतापूर्ण विश्वमा शासनको अनुकूलन क्षमतालाई...

      ऐतिहासिक न्यायको चाहाना हो- संघीयता

      ऐतिहासिक न्यायको चाहाना हो- संघीयता

      पीताम्बर शर्मा
      आइतवार, अशोज ७, २०८०

      नेपालमा संघीयता अस्तित्व रक्षाका निम्ति आएको होइन। नेपालको संघीयता मधेशप्रति भएको ऐतिहासिक अन्याय प्रतिको जागरुकताको फल पनि हो। त्यसैले यो...

      दश दिने अनशन

      दश दिने अनशन

      हरिशंकर परसाई
      शनिबार, अशोज ६, २०८०

      आज मैले बन्नूलाई भनें, ‘हेर बन्नू, समय कस्तो आइसक्यो भने संसद, कानून, संविधान, न्यायालय सबै निकम्मा भइसके। ठूल्–ठूला मागहरु– अनशन...

      दस्तावेज: पार्टीमा यसरी हुन्थ्यो जनवादी अभ्यास

      दस्तावेज: पार्टीमा यसरी हुन्थ्यो जनवादी अभ्यास

      केशव बडाल
      शनिबार, अशोज ६, २०८०

      नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल विगत पचास वर्षभन्दा पहिलेदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन्। २०३७ सालमा तत्कालिन नेकपा मालेमा...

      शीत युद्धमा भारत र क्यानाडा

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      ‘म आज निकै गम्भीर मुद्दामा बोल्नका लागि उभिएको छु। मैले यसबारे विपक्षका नेताहरुलाई अवगत गराइसकेको छु र अब म क्यानाडाका...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist