Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हिरा ठूलो कि जीवन?

हिरा निकाल्नका लागि बक्स्वाहाको करीब ३८२.१३१ हेक्टर जंगल क्षेत्रको विनाश गर्ने सरकारको योजना छ। सरकारी अनुमानका अनुसार यहाँका करीब २ लाख १६ हजार रुख काटिने छ। वास्तवमा यो संख्या केही बढी हुनसक्ने स्पष्ट छ। तर यहाँ रुख कटानमात्रै चिन्ताको विषय भएन, यसबाट एउटा जंगलको पारिस्थितिक प्रणाली नै बर्बाद हुनेछ।

जावेद अनिस जावेद अनिस
असार २९, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पृथ्वीले सबै मानिसको आवश्यकता पूरा गर्नका लागि पर्याप्त संसाधन प्रदान गरेको हुन्छ, तर लालच पूरा गर्नका लागि होइनः महात्मा गान्धी

    अक्टोबर, २००९ मा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बक्स्वाहामा अस्टे«लियाको हिरा कम्पनी ‘रियो टिन्टो’को हीरा स्याम्पल प्रोसेसिंग प्लान्टको उद्घाटन गर्दै भनेका थिए, “छिट्टै नै यस क्षेत्रमा उच्च गुणस्तरको हिरा भेटिने सम्भावना छ। जसले गर्दा यस क्षेत्रको विकास हुन्छ र यहाँ आर्थिक समृद्धि आउँछ। साथमा स्थानीय मानिसलाई रोजगारीको अवसर पनि प्राप्त हुनेछ।”
    आज यही उच्च गुणस्तरको हीरा यस क्षेत्रको जंगल र पारिस्थितिक प्रणालीका लागि टाउको दुखाईको विषय बनीसकेको छ।

    बक्स्वाहाको जंगलमा उत्खनन् गर्दा ३.४२ करोड क्यारेट हीरा प्राप्त हुनसक्ने अनुमान लगाइएको छ। यो देशको सबैभन्दा ठूलो हीरा खानी हुने बताइएको छ। यहाँबाट उत्पादन हुने हीराको गुणस्तर पनि उत्कृष्ट हुने बताइएको छ।

    पारिस्थितिक प्रणालीमा गम्भीर असर

    हीरा निकाल्नका लागि बक्स्वाहाको करीब ३८२.१३१ हेक्टर जंगल क्षेत्रको विनाश गर्ने सरकारको योजना छ। सरकारी अनुमानका अनुसार यहाँका करीब २ लाख १६ हजार रुख काटिने छ। वास्तवमा यो संख्या केही बढी हुनसक्ने स्पष्ट छ। तर यहाँ रुख कटानमात्रै चिन्ताको विषय भएन, यसबाट एउटा जंगलको पारिस्थितिक प्रणाली नै बर्बाद हुनेछ। यस पारिस्थितिक प्रणालीमा जंगलमा रहने हजारौं जनावर, पंक्षी, औषधीय रुखबिरुवा र अन्य जीवन पनि सामेल छन्। कुनैपनि जंगलको पारिस्थितिक प्रणालीलाई बन्नका लागि हजारौं वर्षको समय लाग्छ।

    मे, २०१७ मा मध्यप्रदेशको जियोलोजी एण्ड माइनिङ विभाग र हीरा कम्पनी रियो टिन्टोद्वारा पेश गरिएको रिपोर्टमा त्यस जंगलभित्र चितुवा, बाज, भालू, बारहसिंगे, हरिण, मयुरजस्ता वन्यजन्तु पाइने उल्लेख गरिएको थियो। अहिले भने यस जंगलमा संरक्षित वन्यजन्तु नभएको बताइन्छ।

    लामो समयदेखि बुंदेलखण्ड क्षेत्र गरीबी र पलायनको शिकार भइरहेको छ। यहाँको हरियाली र जलस्रोत पहिलेदेखि नै नाजुक स्थितिमा पुगिसकेको छ। तर अब यस क्षेत्रमा बाँकी रहेका केही स्रोतमा पनि यस प्रोजेक्टको नजर लागेको छ। बक्स्वाहा क्षेत्रको जमीनमूनि रहेको हीरा नै यसको दुश्मन बनेको छ।

    पानीको समस्या

    हिरा उत्खनन् गर्ने ध्याउन्नमा यदि जंगललाई नष्ट गरिने हो भने यसअघिदेखि नै पानीको अभाव झेल्दै आएको बुंदेलखण्डको यस क्षेत्रमा पानीको समस्या झनै गहिरो बन्दै जाने छ। यसको असर पूरै बुंदेलखण्ड क्षेत्रको पारिस्थितिक प्रणालीमाथि पर्ने निश्चित छ।
    हीरा निकाल्नका लागि खनजिस्थललाई करीब ११०० फीट गहिरो खनिने छ, जसले आसपासको क्षेत्रको भूमिगत जलस्तर प्रभावित हुनसक्छ। साथमा यस प्रोजेक्टमा दैनिक बढी मात्रामा पानीको जरुरी पर्छ। यसका लागि जमीनबाट पानी निकालिन्छ, परिणामस्वरुप बुंदेलखण्ड जस्तो पहिलेदेखि नै सुख्खाग्रस्त क्षेत्र अभैm बाँझो बन्न पुग्छ।

    यस्तै बक्स्वाहाको जंगल आसपासका गाउँका एक हजार भन्दा बढी परिवार आफ्नो जीविकोपार्जनका लागि जंगलमाथि निर्भर छन्, जसमध्ये धेरैजसो आदिवासी छन्। यदि जंगल नष्ट गरियो भने यी परिवारहरूको जीविकोपार्जन पनि पूरै प्रभावित हुनेछ। हालसम्म प्रोजेक्ट बक्स्वाहालाई राज्य सरकारबाट ‘ग्रीनसिंग्नल’ प्राप्त भइसकेको छ र केन्द्र सरकारबाट स्वीकृतिको प्रतीक्षामा छ।

    सन् २००४ मा मध्यप्रदेश सरकारले बुंदेलखण्ड क्षेत्रमा हीराको खोजका लागि सर्बेक्षणको काम रियो टिन्टो कम्पनीलाई जिम्मा दियो। यसैअनुरुप कम्पनीलाई एक्सप्लोर गर्नका लागि प्रोस्पेक्टिङ लाइसेन्स दिइएको थियो। यसै दोरान स्थानीय स्तरमा यस प्रोजेक्ट र कम्पनीको धेरै विरोध भएको थियो। पछि रियो टिन्टोले खनिज उत्खनन्को काम लीजमा लिनका लागि आवेदन दिएको थियो। तर मे, २०१७ मा रियो टिन्टोले अचानक आफ्नो काम बन्द ग¥यो र कम्पनी पूरै प्रक्रियाबाट अलग भयो।

    यसपछि सन् २०१९ मा आदित्य बिडला समूहको कम्पनी एसल माइनिङ एण्ड इन्डस्ट्रीज लिमिटेडले बक्स्वाहामा मानइनिङका लागि सबैभन्दा बढी बोलकबोल लगायो। त्यसपछि मध्यप्रदेश सरकारले यस कम्पनीलाई ५० वर्षको माइनिङ भाडामा दियो। स्थानीय अखबारहरूका अनुसार कम्पनीले कुल ३८२.१३१ हेक्टरको जंगल क्षेत्र माग गरेको छ, जसको एक भाग उत्खनन् गर्न र प्रक्रियाका दौरान निस्किएका अवशेषहरू विसर्जन गर्नका लागि प्रयोग गरिने छ। यो प्रोजेक्ट सुरु भएपछि यो एशियाकै सबैभन्दा ठूलो हीरा खानी बन्न सक्ने दाबी गरिएको छ।

    विरोधको आवाज

    मुख्यमन्त्री शिवराजसिंह चौहान बक्स्वाहा जंगलमा काटिने रुखहरूको क्षतिपूर्तिमा एउटाको बदलामा चार रुख रोप्ने कुरा गरिरहेका छन्। तर ‘शिवराज सरकार’ आफैँले अहिलेसम्म जति पनि वृक्षरोपाण गरे, ती सबै बालुवामा पानी खन्याए सरह भएका छन्। एउटा जंगलको क्षतिपूर्ति रुख रुपेर मात्रै भर्न सकिँदैन भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। जंगल सदियौंमा बन्छ।

    त्यसैले यस ‘प्रोजेक्ट बक्स्वाह’को विरोधको दायरा लगातार बढ्दै गइरहेको छ। खासगरी यस विरोधको दायरा बढाउन युवा तथा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण छ। स्थानीय युवा समूह बक्स्वाहाको मुद्दालाई ट्विटरमा ट्रेन्डिङमा ल्याइसकेका छन्, जसले गर्दा देशभरका मानिसहरू यस मुद्दासँग परिचित भएका छन्।

    साथमा यस मुद्दालाई लिएर सर्वोच्च अदालतमा जनहित याचिका पनि दायर गरिएको छ। विरोधको दायरा बढ्दै गएकै कारणले होला, प्रदेश भाजपा अध्यक्ष बीडी शर्माले भने, ‘बक्स्वाहा प्रोजेक्टको विरोध गर्ने मानिसहरू वामपन्थी हुन्, जो विकासमा अवरोध गरिरहेका छन्।’

    लकडाउन हटेसँगै विरोधको कार्यक्रम अघि सारियो। यसक्रममा गत १–४ जुलाईमा युवाहरूद्वारा दमोह शहरदेखि बक्स्वाहाको जंगलसम्म पदयात्रा निकालियो। यस मुद्दालाई स्थानीय स्तरमा मानिसहरूबीच पु¥याएर उनीहरूको समर्थन जुटाउने उद्देश्यले यो पदयात्रा गरिएको हो।

    यहाँको नागरिक उपभोक्ता मञ्चले पनि राष्ट्रिय हरित अधिकरण(एनजीटी) भोपालमा एक याचिका दायर गरेको थियो। जसमाथि गएको २ जुलाईमा सुनुवाई गर्दै एनजीटी वन विभागको अनुमतिबिना बक्स्वाहाको जंगलमा एउटा पनि रुख नकाट्न निर्देशन दियो। साथमा एनजीटीले बक्स्वाहा मामलामा फरेस्ट कन्जरभेसन एक्ट, इन्डियन फरेस्ट एक्ट तथा सुप्रीम कोर्टद्वारा दिइएको निर्देशनको पालना गर्न पनि निर्देशन दियो। एनजीटीद्वारा यस मामलामा अघिल्लो सुनुवाई यही २७ अगस्टमा तय गरिएको छ।

    मानिसलाई बचाउने परियोजना

    जंगल हाम्रो धरतीको फोक्सो हो। यसले मानिसहरूबाट उत्पन्न भएको कार्बन सोसेर ग्लोबल वार्मिङलाई कम गर्छ। जंगलकै कारण हामीले सफा हावा पाउँछौँ। अहिलेसम्म हामीलाई निःशुल्क र सहज रुपले सफा हावा प्राप्त भइरहेको छ, जंगलकै कारण। कोरोनोका दोस्रो लहरको दौरान अक्सीजनको अभावले हामीलाई अक्सिजनको महत्व सम्झाएको पनि हुनुपर्छ। अक्सिजन बिना हामी पानीबिनाको माछा जस्तै हुनेछौँ। तर यी सबैको बावजुद विकासको नाममा मानिसको लोभको आत्मघाती खेलको सिलसिला जारी छ।

    पछिल्लो केही वर्षदेखि ब्राजीलमा अमेजनको जंगलमा भइरहेको ‘खेल’लाई हामीले देखिरहेका छौँ। यस्तै खेल अहिले भारतको बक्स्वाहामा पनि खेल भइरहेको छ। दुर्भाग्य नै भन्नुपर्छ, उच्च गुणस्तरको हीराबाट पैसा कमाउने लोभमा हामी हजारौँ वर्षदेखि बनेको बनजंगललाई उजाड बनाउन तयार भएका छौँ। ‘प्रोजेक्ट बक्स्वाहा’जस्तो परियोजनाहरूको देशव्यापी विरोध हुन जरुरी छ। साथमा यसको सट्टा हावापानी, जंगल र जनावरहरूलाई मानवीय लालचबाट बचाउने खालको परियोजना बनाउन जरुरी छ, जुन वास्तव मै मानिसहरूलाई बचाउने परियोजना हुनुपर्छ।

    (सबलोगआइएनबाट मेनुका बस्नेतको अनुवाद।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जावेद अनिस

      जावेद अनिस

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.