Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मदनको भाषणकलाकै कारण ‘दिवाना’ बनेका कार्यकर्ता र जबज

अन्तिम विश्लेषणमा बहुदलीय जनवाद भनेको पूंजीवादी संसदवादी सिद्धान्त नै हो, यही राजनैतिक पद्धति नै हो। अझ राजनैतिक व्यवस्था नै हो। यो कुनै पनि कम्युनिष्ट कार्यक्रम हुन सक्दैन र होइन पनि।

दिल साहनी दिल साहनी
जेष्ठ ५, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मैले मदन भण्डारीलाई सर्वप्रथम २०२९ सालतिर बनारसमा नेकपाका महासचित पुष्पलालको पार्टी कार्यालयमा देखेको थिएँ। हामीबीच उनको परिचय मोदनाथ प्रश्रितले गराएका हुन्। त्यतिबेला मदन भण्डारी बनारसमा संस्कृत भाषामा आचार्य गर्दै थिए। मोदनाथ प्रश्रितले हामीलाई मदन भण्डारीलाई एक कुशल क्रान्तिकारी कविको रुपमा चिनाएका थिए। यसपछि जहाँसम्म मलाई संझना छ, मेरो मदन भण्डारीसित पुष्पलालको नेतृत्वमा आयोजित नेपाली क्रान्तिकारी सांस्कृतिक संघको गठनकालमा भएको थियो।

    बनारसमा भूमिगत रुपमा भएको सांस्कृतिक संघको सम्मेलनमा पुष्पलालले ‘हाम्रो सांस्कृतिक क्रान्तिको कार्यक्रम’ पेश गरेका थिए। यस सम्मेलनले शुरुमा ५ जनाको नेतृत्वको चयन गरेको थियो। त्यसको अध्यक्ष चुनिएका थिए– युद्धप्रसाद मिश्र। यसको सचिव थिए राजेन्द्र थापा (मोदनाथ प्रश्रित), सदस्यहरूमा थिए बिदुर (जीवराज आश्रित ), झपट सिंह (रामचन्द्र भट्टराई) र कपिल (दिल साहनी)। पछि केन्द्रिय समितिमा मदन भण्डारी लगायत अन्य साहित्यकारहरू पनि थपिएका थिए।

    प्रश्रितको लेख र मुक्तिमोर्चा
    यही क्रान्तिकारी सांस्कृतिक संघले यसको मुखपत्रको रुपमा मुक्ति–मोर्चा प्रकाशित गरेको थियो। मुक्तिमोर्चाको पछिल्लो अंकमा मोदनाथ प्रश्रितले निकै तल झरेर पुष्पलालको चरित्र हत्या गर्ने मनशायले एउटा लेख लेखेका थिए, “पुष्पलालसित ५ बर्षसँगै बस्दा” शीर्षकमा। त्यतिबेला म शिलाङमा थिएँ। मैले शिलाङका साथीबीच मोदनाथ प्रश्रितको त्यस लेखको तीब्र आलोचना गरेको थिएँ। त्यसले पुष्पलाललाई होइन, खुदै मोदनाथ प्रश्रितलाई तल गिराएको थियो।

    हामीले पुष्पलाललाई आसाम मेघालयतिर निमन्त्रित गरेका थियौं। पुष्पलाल सिधै कलकत्ताबाट शिलाङ पुगेका थिए। पुष्पलाल मेघालय, आसामबाट बनारस फर्केपछि मोदनाथ प्रश्रितले हामी शिलाङका साथीहरूलाई पुष्पलाललाई कुनै पनि प्रकारको सहयोग नगर्नु भन्ने पत्र लेखेका थिए। मोदनाथ प्रश्रितको पत्रले कैयौं साथीहरू पुष्पलालका बिरोधी बनेका थिए। त्यतिबेला नै मोदनाथ प्रश्रित र जीवराज आश्रितहरूले मुक्तिमोर्चा समूहका नाममा पुष्पलालको पार्टीबाट विद्रोह गरेका थिए।

    उनीहरूले हामी मेघालय र आसाममा भएका साथीहरूलाई मुक्तिमोर्चा समूहमा सामेल हुन आह्वान गरेका थिए। पुष्पलालले ममाथि धेरै आशा र भरोसा राखेका थिए। यसैले उनले मलाई अखिल भारतीय प्रवासी संघको नेतृत्वको जिम्मा पनि दिएका थिए। शायद यही भएर पनि होला, मोदनाथ प्रश्रित र जीवराज आश्रितले मुक्ति–मोर्चा समूहको नाममा विद्रोह गर्दा मलाई खबर नै गरेका थिएनन्।

    मुक्तिमोर्चा समूहको नाममा जो जसले विद्रोह गरेपनि त्यसका मुखिया भने जीवराज आश्रित नै थिए। राजनैतिक वा सैद्धान्तिक रुपले अरुभन्दा जीवराज आश्रित निकै माथि थिए। मोदनाथ प्रश्रित साहित्य र बौद्यिक ज्ञानमा अघि भए पनि राजनैतिक चेतनाको हिसाबले उनी धेरै पछि थिए। यसैले मुक्तिमोर्चाको विद्रोह जीवराज आश्रितको विद्रोह हो जस्तो पनि लाग्छ मलाई।

    मुक्ति मोर्चाको विद्रोहको बेलामा मदन भण्डारी आफ्नै घरमा गएर बसेका थिए। उनलाई तानेर राजनीतिमा जीवराज आश्रित र मोदनाथ प्रश्रितले ल्याएका हुन्। मुक्ति मोर्चाको विद्रोह ‘पुष्पलालले नेपालमा सशक्त क्रान्ति गरेनन्’ भनेर नै हो। ‘पुष्पलालले कम्युनिष्ट क्रान्तिमा गद्दारी गरे’ भनेर नै हो। पुष्पलाललाई गद्दार ठहर गरेर नै हो। पछि यही मुक्तिमोर्चा झापा विद्रोहको नेतृत्व गर्ने कोअर्डिनेसन केन्द्रसित एकिकृत भयो। नेकपा मालेले नेपालमा नयाँ जनवादी क्रान्ति गर्नें कार्यक्रमलाई अंगीकार गर्‍यो। यसका नेता थिए सी पी मैनाली।

    सीपी
    मैले सी पी मैनालीलाई सर्वप्रथम पोखरामा जीवराज आश्रितको साथमा भेट्दा स्वयं जीवंराज आश्रित सीपी मैनालीका स्वकीय सचिव जस्ता देखिन्थे। पछि म पार्टीको निर्देशनमा बनारसमा पार्टी प्रकाशनको लागि गएको बेलामा प्रवासको पार्टी इन्चार्ज भएर बसेका झलनाथ खनालसित एक महिनाजति रहँदा बस्दा उनलाई अचानक नेपालको बोलाबट भएको थियो। त्यतिबेला नै नेकपाको बहुमतले सीपी मैनाली फाल्ने र झलनाथ खनाललाई नेकपाको महासचिब बनाउने चक्रव्यूह रचेको रहेछ।

    त्यसपछि सी पी मैनाली फालिएका फालियै भए। सी पी मैनालीलाई जीवराज आश्रित लगायतका मालेका दर्जनौ नेता एक भएर फालेका हुन्। पछि त उनी नेकपा मालेको महासचिव हुँदा केन्द्रिय कमिटिको सदस्य पनि नभएको बामदेव गौतमलाई नेता मानेर पुनर्गठित नेकपा मालेमा बस्न तयार भए। सी पी मैनालीलाई मालेबाट तल झारेको मूलत: उनले कसैलाई गनेनन् र टेरेनन् भनेर नै हो।

    सी पी मैनाली पछि झलनाथ खनाल नै नेकपा मालेका महासचिव थिए। २०४६को जन आन्दोलनको केही अघिसम्म नेकपा मालेका महासचिव झलनाथ खनाल नै थिए ।

    भास
    कुनैबेला सी पी मैनाली र जीवराज आश्रितहरूबीच राजनैतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता भन्ने सवालमा बादविवाद चलिरहेको थियो। मदन भण्डारी जीवराज आश्रितहरू राजनैतिक स्वतन्त्रताको पक्षमा थिए। सीपी मैनालीको तर्क थियो– ‘पंचायतको निरंकुशताको बेलामा पार्टी स्वतन्त्रताको लागि संघर्ष गर्ने हो भने कांग्रेसलाई समेत तान्न सकिन्छ।’

    जीवराज आश्रित पक्षधर बामदेव गौतमको तर्क थियो –‘यदि हामी पार्टी स्वतन्त्रताको लागि संघर्ष गर्‍यौं र त्यसमा सफलता पायौं भने हामीले पार्टीलाई खुला गर्नैपर्ने हुन्छ । चुनाव पनि लड्नुपर्ने हुन्छ। चुनावमा जित्यौं भने सरकारमा पनि जानुपर्ने हुन्छ। यसरी त हामी संसदीय राजनीतिको भाषमा जाकिन्छौं। त्यसबाट कहिल्यै उकासिन सक्दैनौं। राजनैतिक स्वतन्त्रताको नाराले हामीलाई कम्युनिष्ट क्रान्तिको विन्दुसम्म पुर्‍याउँछ।’

    पछि भयो के भने पार्टी स्वतन्त्रताको कुरा गर्ने सी पी मैनाली अझ पनि राजनैतिक स्वतन्त्रताको पक्षमा छन्। नयाँ जनवादी क्रान्तिकै पक्षमा छन्। राजनैतिक स्वतन्त्रताको वकालत गर्ने बामदेवहरू आफूले भने जस्तै संसदीय राजनीतिको भासमा गाडिएका छन्। उनीहरू त्यसबाट उकासिने कुनै संभावना देखिन्न ।

    पंचायत कालमा माले छँदा नै जनपक्षीय उम्मेदेवार खडा गरेर चुनावी राजनीतिमा डुबेको एमाले अब पूंजीवादी संसदीय कालमा आएर त्यस बाटोबाट दाहिने–देव्रे लाग्ने कुनै संभावना देखिन्न।

    म नेकपा मालेमा छँदा नै लुम्बिनी अंचलका इन्चार्ज बनेका गोपाल शाक्यले रुस पनि समाजबाद हो, चीन पनि समाजवाद हो भन्ने मान्यता राख्न थालेका थिए। त्यतिबेला नेकपा माले रुसलाई समाजवादी देश मान्दैन्थ्यो। रुसलाई सामाजिक साम्राज्यवादी मुलुक मानिन्थ्यो। रुस -अमेरिका दुबै प्रथम विश्वमा पर्ने दुनियाँका एक नम्बर शत्रु भए पनि पुरानो साम्राज्यवादी अमेरिकीभन्दा पनि नयाँ सामाजिक साम्राज्यवादी रुस अझ खतरनाक छ भनिन्यो।

    यसैले रुसलाई पनि समाजवादी देश मान्नु वा भन्नु कमरेड गोपाल शाक्यको महाभूल थियो। नौलो जनवादी क्रान्तिको विपरीत कुरा थियो। पुष्पलालले रुसलाई सामाजिक साम्राज्यवादी मुलुक नभनेको हुनाले पनि त्यस पार्टीबाट विद्रोह गर्ने जीवराज आश्रितको लागि त्यो कुरा सुपाच्य थिएन।

    मतान्तर र कारवाही
    गोपाल शाक्यलाई पार्टीको साधारण सदस्यबाट पनि निस्कासित गरियो। म त्यतिबेला रुपन्देही नेकपा मालेको जिल्ला कमिटिको सदस्य थिएँ। जीवराज आश्रितले त्यतिबेला लुम्बिनी अंचलमा आदेश गरेका थिए – गोपाल शाक्यलाई कतै वास पनि नदिनू। गाँस पनि नदिनू।
    रुसलाई पनि समाजवादी भन्यो भन्ने गोपाल शाक्यलाई कार्वाही गरेर पार्टीबाट निस्कासित गरे पनि गोपाल शाक्य भैरहवामा मलाई भेट्न आइरहन्थे। मसित बसिरहन्थे। एकपटक मलाई प्रवासी नेपालीको कलकत्तामा हुने सम्मेलनमा जानपर्ने भयो, गोपाल शाक्य ‘म पनि कलकत्ता जान्छु’ भनेर मेरो पछि लागे।

    मैले उनलाई नजाऊ भन्न सकिन। मसित नआउ भन्न सकिन। कलकत्तामा मलाई सी पी मैनालीले प्रश्न गरेका थिए –तपाइंले किन गोपाल शाक्यलाई ल्याउनु भएको ? यस्तो भनेपनि सी पी मैनालीले गोपाल शाक्यलाई कार्यक्रमा कुनै नै कुनै रुपमा सरिक गराएका थिए। पछि यिनै गोपाल शाक्य एमालेको सरकारमा मंत्री भए। यही प्रवासी नेपालीको सम्म्मेलनमा मैले तत्कालीन मशालका नेता सी पी गजुरेललाई भेटेको थिएँ।

    संसोधन
    सुस्तसुस्त जीवराज आश्रित र मदन भण्डारीले पनि रुसलाई पनि समाजवादी देश भन्न थाले। हिजो जसलाई उनीहरू संसदवादी पार्टी भन्दथे, उनीहरूलाई पनि क्रान्तिकारी पार्टी भन्न थाले। उनीहरूले पछि राजतन्त्रलाई ‘जीवित सत्य’ भन्ने हिजो आफूले राजावादी- संसोधनबादी भन्ने मनमोहन अधिकारीसित पनि पार्टी एकीकरण गरेर मालेबाट एमाले भए। मलाई कहिल्यै एमाले हुन परेन। म संविधान आयोगबाट संविधान बनाउन राजी भएको नेकपा मालेसँग बस्न चाहिनँ।

    यसकारण तत्कालीन इन्चार्ज केपी ओलीसित पार्टी परित्याग गर्ने कुरा चाहेको कुरा जनाउँदै भनेको थिएँ – अब म पार्टीमा रहन चाहन्नँ। तपाईँले मलाई नेकपाको पार्टी सदस्य भनेर सम्पर्क नगर्नु होला। उनले मलाई निकै बुझाउन त खोजे। तर मैले उनको कुरा खाने कुरै भएन। अन्त्यमा उनले भने, ‘अन्य रुपमा त मेरो तपाइंसित सम्पर्क हुन सक्दछ।’ मैले जवाफमा भनेको थिएँ, ‘निश्चय हुन सक्दछ।’

    २०४६/४७ सालपछि दुईपल्ट मात्र मेरो केपी ओली शर्मासित भेट भएको छ। पहिलोपल्ट उनी धनपति उपाध्यायको मृत्युमा दाह संस्कारमा भाग लिन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसित भैरहवा आएका थिए। त्यतिबेला मैले उनलाई खासै वास्ता नगरे पनि उनले मलाई टाढैबाट देखेर नजिक बोलाएका थिए। दोस्रोपल्ट २०६४ तिर मेरो सम्पादनमा प्रकाशित ‘जनघोष’को विमोचनको समयमा होटेल इरामा भेट भएको थियो। त्यतिबेला मैले नै उनलाई ‘जनघोष’को पहिलो अंक दिएको थिएँ, जसमा मदन भण्डारीले मलाई मैले शिलाङबाट सम्पादन गर्ने पत्रिका ‘नयाँ चेतना’मा प्रकाशनार्थ पठाएको अप्रकाशित कथा प्रकाशित थियो।

    जनताको बहुदलीय जनवाद
    मदन भण्डारीको नाममा ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रम अघि सारिएपछि यस कार्यक्रमको तीव्र बिरोध सी पी मैनालीले गरेका थिए। झलनाथ खनाले पनि गरेका थिए। उनले साप्ताहिक ‘बुधबार’मा एउटा लामो लख लेखेर के पनि भनेका थिए भने ‘यदि नौलो जनवाद भन्नु र जनताको बहुदलीय जनवाद भन्नु एउटै कुरा हो भने किन कुनै नक्कली महिलाले नाकमा लगाएको फुलीलाई देखाउन नाक नै हल्लाउन पर्‍यो।’ तर अहिले तिनै झलनाथ खनाल बहुदलीय जनवादका अनुयायी बनेका छन्।

    मनमोहन अधिकारीलगायतका नेतासँग मदनकुमार भण्डारी।

    मलाइ के लाग्दछ भने बहुदलीय जनवाद भन्नु र वीपीको प्रजातान्त्रिक समाजवाद भन्नुमा कुनै फरक छैन। अन्तिम विश्लेषणमा बहुदलीय जनवाद भनेको पूंजीवादी संसदवादी सिद्धान्त नै हो, यही राजनैतिक पद्धति नै हो। अझ राजनैतिक व्यवस्था नै हो। यो कुनै पनि कम्युनिष्ट कार्यक्रम हुन सक्दैन र होइन पनि। यसको लागि न त कुनै प्रकारको संघर्ष वा आन्दोलन गर्न आवश्यक छ। न त क्रान्ति नै। मात्र बाकस थापे पुग्दछ।

    मेरो बिचारमा भदन भण्डारीको नाममा प्रस्तुत गरिएको बहुदलीय जनवाद कम्युनिष्टको कार्यक्रम नभए पनि उनको नाममा प्रस्तुत गरिएको हुनाले एमालेका पार्टी कार्यकर्ता त्यसलाई आँखा चिम्लेर स्वीकार गर्दथे। यसकारण कि एमालेको पार्टी पंक्ति विशेष गरी एमालेका कार्यकर्ता वा समर्थक मदन भण्डारीको भाषणकला भाषाशैली तथा ओजपूर्ण आवाजले मोहित भैसकेका थिए। दिवानाजस्ता भैसकेका थिए।

    म अझ पनि भन्दछु– मदन भण्डारी कुनै मौलिक राजनैतिक चिन्तक अझ मार्क्सवादी चिन्तक त हुँदै होइनन्। उनले बहुदलीय जनवादका नाममा पूंजीवादी संसदीय राजनीतिको जामा पहिराइदिएर नेपाली कम्युनिष्ट पार्टीको कार्यक्रमलाई रायमाझीपथमा झारिदिए। जुन काम डा. केशरजंग रायमाझीले गर्न सकेनन्, त्यो काम मदन भण्डारीले गरिदिए। यति कुरा भने पक्का हो, डा. केशरजंग रायमाझी चतुर रानतीतिका खेलाडी थिए।

    इमान्दार भण्डारी
    अझ मलाई त के लाग्दछ भने पुष्पलालका सामू जीवराज जत्ति पनि राजनैतिक व्यक्ति होइनन् मदन भण्डारी। उनको राजनैतिक जीवन आफ्नो पार्टी जीवन एक दशक लामो पनि छैन। मदन भण्डारीलाई मदन भण्डारी बनाउने जीवराज आश्रित नै हुन्। चाहन त चाहन्थे होला जीवराज आश्रित पनि आफैँ मदन भण्डारी बन्न। तर सकेनन्। बनेनन्। उनलाई पार्टीले एउटा कुशल संगठकको रुपमा मात्र चिनिरह्यो। उनी सेकेन्डम्यान मात्र बने। कहिले सी पी मैनालीको सेकेण्डम्यान। कहिले झलनाथ खनालको सेकण्डम्यान। कहिले मदन भण्डारीको सेकेण्डम्यान। अर्कां कुरा मदन भण्डारी व्यक्तिगत रुपमा इमान्दार मान्छे भएकोले पनि लोकप्रिय हुन पुगे।

    अर्को कुरा यो पनि हुन सक्दछ, उनी हालमा एमालेका नेताजस्तै सत्ताको सक्दो दोहन गर्ने अवस्थामा नपुगेको हुनाले पनि उनमा त्यस्तो कुनै दाग लाग्न पाएन कि ? राजनैतिक पार्टीमा मदन भण्डारीले काम कम गरे, जस धेरै पाए। तर त्यो जस कुनै क्रान्तिकारी कम्युनिष्ट पार्टी वा पार्टी पक्तिमा भने होइन।

    बनाइएका नेता
    मदन भण्डारी बनेका भन्दा पनि बनाइएका नेता हुन्। क्रान्तिकारी कम्युनिष्ट नेताभन्दा पनि प्रतिक्रान्तिकारी कम्युनिष्ट नेता। संसोधनवादी कम्युनिष्ट नेता। गोर्वाचोभजस्तै विसर्जनवादी कम्युनिष्ट नेता। बिडम्बनाको कुरा यही छ कि मदन भण्डारीको खुवी, बुद्धि तथा शक्ति कम्युनिष्ट कान्तिलाई मलजल दिएर अघि बढाउनुको सट्टा त्यसकै नाममा त्यसको चिहान खन्नमा खर्च भयो । बहुदलीय जनवाद त्यसैको उपज हो। जुन काम रायमाझीले गर्न सकेनन् त्यो. काम मदन भण्डारीले सजिलै गरिदिए। पुष्पलाल र मदन भण्डारीलाई एउटै डालीमा राख्नु पुष्पलालप्रति ठूलो अन्याय हुन्छ।

    आज एमालेमा जुन किसिमको गैरकम्युनिष्ट चरित्र झल्किरहेछ वा उनीहरूमा जुन किसिमको बिकृति र विसङ्गति देखा परेको छ त्यो त्यसैको उपज हो। जस्तो बिउ रोप्यो त्यस्तै फल लाग्दछ। माओले भनेको कुरा ठीकै हो – सबै कुराको निर्णय राजनीति सही वा गलत हुनाले नै गर्दछ। यतिबेला एमालेका नेता त कम्युनिष्ट नेतामा पाइने चरित्र परै जाओस्, एउटा इमान्दार बुर्जुवा नेतामा हुने चरित्र जति पनि पाइन्न। आदर्श पाइन्न।

    (४–२–२०७८)

    https://sahanidil.blogspot.com बाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      दिल साहनी

      दिल साहनी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.