Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

०७४ को जनमतले वाम एकता सही थियो भन्ने प्रमाणित गरिसकेको छ

तर हाम्रोमा अलिकति कुरा नमिल्ने बितिक्कै पार्टी फुटाइहाल्नुपर्ने,अलिकति फरक विचार राख्ने बितिक्कै उसलाई शत्रुतापूर्ण व्यवहार गरिहाल्नुपर्ने  विचारमा मतभेद नहोस् भन्ने कुरा नै गैरमाक्र्सवादी कुरा हो। मतभेदलाई नस्वीकार्ने कुरा नै गैरलोकतान्त्रिक कुरा हो।

युवराज ज्ञवाली युवराज ज्ञवाली
चैत्र ८, २०७८
- रिडर्स डिस्कोर्स, विमर्शका लागि, विषय प्रवेश
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ०५४ सालमा पनि नेकपा एमाले विभाजित भएको थियो। मूलतः ‘२ जना केन्द्रीय सदस्य दिने कि नदिने’ भन्ने विवाद मात्रै त्यो विभाजनको कारक बन्यो। त्यो बेला पनि विचारमा र कार्यनितीमा कुनै मतभेद थिएन। वस्तुतः सांगठनिक व्यवस्थापनको कमजोरीकै कारणले त्यतिखेर पार्टी विभाजन भएको थियो। त्यसबेला एकपक्षले १४ जना केन्द्रीय सदस्य मागेको थियो भने नेतृत्व पक्षले १२ जना मात्रै दिने रस्साकस्सीकै कारणले अन्नतः पार्टी विभाजन भयो। त्यसबेला पार्टी नेतृत्वमा माधव नेपाल नै हुनुहुन्थ्यो। त्यो विभाजन मूलतः पार्टी भित्रको अन्तरविरोधलाई व्यवस्थापन गर्न नसक्दाको परिणाम थियो, जसको पुनरावृत्तिको रूपमा पछिल्लो विभाजन भयो।

    ०५४ को विभाजनले ०५६ को चुनावमा एमालेलाई ठूलो धक्का लाग्यो। त्यो चुनावको मत परिणाम जोड्दा एमाले र मालेलाई जनताले अत्यधिक बहुमत दिएका थिए। ०५६ मै एमालेलाई बहुमत आउने थियो तर जम्मा २ वटा केन्द्रीय सदस्यको कुरा मिलाउन नसक्दाको परिणामतः पार्टीले ठूलो क्षति व्यहोर्नु पर्यो। यदि त्यो विभाजन नभएको भए कम्युनिस्टको बहुमतको सरकार बन्ने थियो अनि माओवादी आन्दोलनले पनि त्यो रूप लिने थिएन। एमाले कमजोर हुँदा देशले १० वर्षको जनयुद्ध व्यहोर्नुप¥यो। पछि पार्टी त मिल्यो तर धेरै ठूलो क्षति व्यहोरिसकेपछि मात्रै। त्यसको हामीले कहिल्यै पनि समीक्षा गरेनौँ । त्यसको समीक्षाबाट पाठ सिक्न नसक्दा आज फेरि अर्को विभाजन व्यहोर्नुप-यो।

    नेकपा एकता अनिवार्य र सही थियो

    नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा एमाले र माओवादीबीच एकता गरेर नेकपा गठन गर्नु निकै ठूलो अवसर थियो, त्यो ऐतिहासिक आवश्यकता थियो। कम्युनिस्टहरूले कार्यदिशा र नीतिमा एक भएपनि विभिन्न समूह बनाएर, विभाजित भएर शक्ति कमजोर बनाउने काम गर्नु गलत हो। आजको राजनीतिक व्यवस्थामा संसदमा बहुमत ल्याएर सरकार बनाउने र जनपक्षीय काम गर्ने हो भने कम्युनिस्ट विभाजित हुने होइन, एकताबद्ध हुनैपर्छ। त्यही ऐतिहासिक आवश्यकतालाई बुझेर नेकपा गठन भएको थियो। यसरी भएको एकतालाई जनताले करीब दुइतिहाइको बहुमत दिएर अनुमोदन गरेको थियो। हिजोको एमाले र माओवादी बीचको तिक्ततालाई भूलेर कार्यकर्ता र जनतामा जुन उत्साह सिर्जना भएको थियो, त्यो निकै ऐतिहासिक थियो। किनकि, जनताले विगतलाई होइन, भविष्यलाई हेरेर त्यो एकता अनुमोदन गरिदिएका थिए। जनता लामो संक्रमणकालीन अवस्थाबाट मुक्ती खोज्दै स्थिरता, विकास र समृद्धि चाहन्थे।

    एकता गरेर चुनावमा जाँदा हामीले पनि जनअपेक्षा अनुसार नै पाँच वर्षको स्थिर सरकार दिन्छौं, विकास र समृद्धिको बाटोमा देशलाई अघि लैजान्छौँ, जनसरोकार र जनजीवीकाका मुद्धाहरुमा प्रगतिशील व्यवस्था गर्नेछौं भनेर गरेको वाचालाई जनताले अनुमोदन गरेको थियो। वास्तवमा त्यो एकता र विजयले विश्वभरि नै कम्युनिस्ट आन्दोलनको नयाँ मोडेल स्थापित गरेको थियो। कम्युनिस्ट पार्टीले पनि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर एकल बहुमतको सरकार बनाउन सक्छ, जनपक्षीय काम गर्न सकिन्छ भनेर देखाउने ठूलो अवसर थियो। विभिन्न देशहरूमा कम्युनिस्टहरूले विद्रोह या युद्धबाट सरकार बनाएका उदाहरण छन्। तर कम्युनिस्ट पार्टी चुनावमा यति ठूलो बहुमतका साथ निर्वाचित हुने कुरा निकै अर्थपूर्ण थियो। नेपालमा मात्रै नभएर विश्वका कम्युनिस्टहरूलाई पनि ठूलो शिक्षाप्रद कुरा थियो।

    यसले बहुदलीय प्रतिस्पर्धाका आधारमा चुनाव जित्दै स्थिर सरकार बनाएर जनताको पक्षमा काम गर्न सकिन्छ भनेर विश्वलाई शिक्षा दिन सक्थ्यौँ। त्यो कुरा जननेता कमरेड मदन भण्डारीको जनताको बहुदलीय जनवादको समेत परिकल्पना थियो। वास्तवमा त्यो एकता र विजय जबजको समेत जीत थियो, एमालेको विचारको जीत थियो। करिब ५२ वर्षदेखि निरन्तर सकृय रूपमा कम्युनिस्ट आन्दोलनमा बिताएको मेरा लागि पनि यो एकदम खुशीको कुरा थियो। मजस्ता धेरै नेता, कार्यकर्ताका लागि पनि यो धेरै खुशीको कुरा थियो। जनजीविका र विकास निर्माणजस्ता जनताको पक्षमा काम गर्ने सुनौलो अवसर थियो।

    नेकपा विभाजन गलत थियो

    विडम्बना र अत्यन्त दुःखद कुरा भन्नुपर्छ, नेकपाको एकता कायम हुनसकेन। जनताको पक्षमा काम गर्ने अवसरमा ठूलो धक्का लाग्यो। केन्द्रको सरकार ढल्यो, प्रदेश सरकारहरू एकपछि अर्को गर्दै ढल्यो। २०५४ सालमा जस्तै पार्टीभित्रको आन्तरिक अन्तरविरोधलाई ठीकसँग हल गर्न नजान्नुको परिणाम स्वरुप नेकपा फेरि विभाजन भयो। यसमा सबैको आ–आफ्नो दायित्व अनुरुपको जिम्मा लिनैपर्छ तर पनि त्यो विभाजनको मुख्य जिम्मा मूल नेतृत्वको रूपमा कमरेड केपी ओली र कमरेड प्रचण्डले नै लिनपर्छ, त्यो बेलाको ९ सदस्यीय सचिवालयले लिनुपर्छ।

    हामीले विगतको समीक्षाबाट पाठ सिक्न नसक्दा, नेतृत्वको व्यक्तिगत टकरावको कारण एकीकृत कम्युनिस्ट आन्दोलन फेरि विभाजित भयो। नेतृत्वको त्यो टकराव र अन्तरविरोधलाई व्यवस्थापन गर्न सकेको भए विभाजन हुनुपर्ने कुनै कारण थिएन। कतिपयले त्यो एकतालाई नहुने वा नटिक्ने एकता गर्यौँ भनिरहेका थिए । तर, त्यसमा नेतृत्वको क्षमताको कमजोरी मात्रै देखिएको हो। एकता गलत थियो भने दुइतिहाइ नजिकको बहुमत जनताले दिने थिएनन्। तसर्थ, एकता सही थियो, विभाजन गलत थियो। यसको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ। काम गर्दै जाने तर आत्मसमीक्षा नगर्ने हो भने कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन।

    चीनको माओकालीन अन्तरविरोधबाट पाठ सिकौँ

    चीनमा आज जुन सफलता देखिएको छ, त्यो पटकपटकका अनेकौं सफलता र असफलताबाट शिक्षा लिदैं अघि बढेको इतिहासको परिणाम हो। सिंगो चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासलाई हेर्ने हो भने त्यसभित्र अनेकौँ अन्तरविरोधहरू देखिन्छन्। ती अन्तरविरोधहरूले चीनलाई अत्यन्तै ठूलो क्षतितिर धकेल्न सक्थ्यो। खासगरी सन् १९६६ देखि १९७६ सम्मको १० वर्षे सर्वहारा साँस्कृतिक क्रान्तिको समयलाई हेर्ने हो भने त्यो समय निकै डरलाग्दो थियो। त्यो बेला विचार फरक राखेकै कारण धेरै नेता कार्यकताहरूलाई कारवाही गरियो। पार्टीभित्रकै मान्छले पार्टीभित्रकै सैयौँ होइन, हजारौँ नेता–कार्यकर्ताहरूको हत्या गरियो। त्यो संकटबाट धन्न चीन जोगियो, चिनियाँ कम्युनिस्ट पार्टी जोगियो। त्यसको लागि देङ स्याओ पेङजस्ता नेताहरूको ठूलो धैर्यता र योगदान छ। आफू कारवाही र निस्कासन भोगेर भएपनि उनले पार्टी जोगाए, पार्टी विभाजन गरेनन्। नत्र, ल्यू शाओ ची र देङजस्ता दिग्गज नेताहरूले विभाजन गर्न चाहेको भए पार्टी फुट असम्भव थिएन। तर उनीहरू कारवाही भोग्न तयार भए, अनेकौँ समस्या झेल्न तयार भए तर पार्टी विभाजन गरेनन्।

    तर हाम्रोमा अलिकति कुरा नमिल्ने बितिक्कै पार्टी फुटाइहाल्नुपर्ने,अलिकति फरक विचार राख्ने बितिक्कै उसलाई शत्रुतापूर्ण व्यवहार गरिहाल्नुपर्ने  विचारमा मतभेद नहोस् भन्ने कुरा नै गैरमाक्र्सवादी कुरा हो। मतभेदलाई नस्वीकार्ने कुरा नै गैरलोकतान्त्रिक कुरा हो। विचारमा अन्तर्विरोध वा मतभेद हुने कुरा नै द्वन्द्ववादको नियम हो। एउटा जीवन्त पार्टीभित्र विचारमा द्वन्द्व हुन्छ भन्ने कुरालाई नस्वीकार्ने कुरा नै माक्सवाद विरोधी कुरा हो। त्यसकारण हामी गैरमाक्र्सवादी बन्दै गइरहेको छौं, हामी वैज्ञानिक छैनौँ, हामीमा उन्नत चेतना नै छैन, हामी अलोकतान्त्रिक बन्दै गइरहेको छौँ। अलिकति आलोचना हुने बितिक्कै त्यसलाई शत्रुको जस्तो दुव्र्यवहार गर्ने प्रवृत्ति बढिरहेको छ। यो अलोकतान्त्रिक, गैरमाक्र्सवादी र अवैज्ञानिक प्रवृत्ति हो ।

    अहिलेको अवस्था

    विभाजनपछिको अवस्थालाई हेर्ने हो भने अहिले देश चुनावमा धकेलिएको छ। अहिले नेकपा एमाले एकातिर, माओवादी र एकीकृत समाजवादीसहित काँग्रेस नेतृत्वको गठबन्धन अर्कोतिर देखिएको छ। यो अवस्थामा कम्युनिस्ट जनमत विभाजित हुनेछ। यदि हिजो दुइतिहाइ नजिकको बहुमत दिने जनमतलाई जोगाउने हो भने कि त नेकपा एमाले एक्लैले बहुमत ल्याउनुपर्नेछ, यदि त्यसो हुन सकेन भने अरु कम्युनिष्टसँग मिलेर भएपनि बहुमत ल्याउनुपर्छ। त्यो बहुमतबाट बनेको सरकारले मात्रै स्थिरता र विकास दिनसक्छ। अहिले नेकपा एमालेले के सोचिरहेको छ भने एमाले एक्लैले बहुमत ल्याउँछ। तर पार्टी विभाजन भएको छ र विभाजितहरूको बीचमा अन्तरविरोध धेरै चर्किएको छ।

    हाम्रो चाहना, कार्यकर्ता र जनताको अपेक्षा फेरि पनि कम्युनिस्टहरू मिलेर जाउन्, एकताबद्ध भएर कम्युनिस्टको सरकार बनाएर जनताको पक्षमा काम गरुन् भन्ने ठूलो अपेक्षा देखिन्छ । विगतका गल्तीहरुबाट पाठ सिकेर आत्मसमीक्षा गर्दै अघि बढ्नसक्दा त्यो असम्भव कुरा पनि हैन। तर अहिले अवस्था कस्तो छ भने माओवादी र एकीकृत समाजवादी काँग्रेससँग मिलेर एमाले हराउने भन्दैछन् । कम्युनिस्टहरूले कम्युनिस्टलाई नै हराउने अभियानमा लागेका छन्। विभाजनपछिको अन्तरविरोधले शत्रुतापूर्ण अवस्था निर्माण भएको छ।

    त्यसकारण, आउने चुनावमा नेकपा एमालेले पाँचदलीय गठबन्धनविरुद्ध एक्लैले लडेर बहुमत ल्याउनुपर्नेछ। किनकि, माओवादी र एकीकृत समाजवादीसँग मिल्ने अवस्था छैन। त्यसका लागि नेकपा एमालेले अहिले सबै ९ लाख संगठित सदस्यसम्मको सम्पूर्ण शक्तिलाई परिचालन गर्नुपर्नेछ। तलदेखि माथिसम्मको सम्पूर्ण कमिटीहरुलाई क्रियाशील बनाउनुपर्छ। केन्द्रीय कमिटीका सम्पूर्ण नेतृत्वलाई कार्यविभाजन गरेर तल पठाउनुपर्छ। हाम्रा धेरै कमिटीहरू अधिवेशनबाट निर्वाचित भइसकेका छन्।

    अहिले नेकपा एमालेभित्र हिजोको जस्तो तलसम्म गुटबन्दी छैन। नेकपाको निरन्तरताका रूपमा माओवादीबाट आएका तलदेखि माथिसम्म कार्यकर्ता जोडिएका छन्, पार्टी प्रवेश गर्नेको लहर पनि जारी नै छ। त्यो सिंगो शक्तिलाई नेतृत्वले परिचालन गर्दा एमाले एक्लैको बहुमत आउन पनि सक्छ। किनकि, हिजो कम्युनिस्टलाई भोट हालेकाहरूले आज काँग्रेसलाई भोट नहाल्न सक्छन्। तर गठबन्धनभित्र सबै ठाउँमा कम्युनिस्टलाई भोट हाल्न पाउने तालमेल हुने सम्भावना छैन। त्यो भोट एमालेलाई आउनसक्छ। किनकि, गठबन्धनबाट कम्युनिस्टलाई बहुमत सिट दिने सम्भावना छैन। त्यसैले, कम्युनिस्टको बहुमत एमालेबाट मात्रै सम्भव छ। तर त्यसको लागि नेतृत्वले सम्पूर्ण पार्टीपंक्तिलाई सम्पूर्ण रुपमा परिचालन गर्ने, कार्यविभाजनको ठोस योजना ल्याएर त्यस अनुरुप काम गर्नुपर्छ, नत्र भने गार्हो छ।

    एकता के का लागि ?

    हिजो कम्युनिस्ट आन्दोलनको मुख्य चुनौती सामन्तवादको नाइकेको रूपमा रहेको राजा फाल्ने मुख्य कार्यभार थियो र समग्र आन्दोलनको एजेन्डा, नारा, जुलुस एउटा राजाको विरुद्धमा केन्द्रित गरिदिए पुग्थ्यो। तर, अब व्यवस्थामा परिवर्तन आएको छ। राजा पनि छैन। देश बनाउने हो भने यिनै राजनीतिक पार्टीहरुले त्यो काम गर्नुपर्छ । त्यसका लागि अब राजनीति गर्ने भनेर नारा र जुलुस गर्ने कामले मात्रै पर्याप्त हुँदैन। हामीले त मुख्य रूपमा दलाल पूँजीवादविरुद्ध संघर्ष गर्नुपर्नेछ र देशलाई उत्पादनमूखी बनाएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेछ। हाम्रो मुख्य कार्यभार भनेको आन्तरिक उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर समाजवादउन्मुख राज्य निर्माण गर्ने हो।

    त्यसका लागि समाजको बाधक तत्व के हो त भन्दा दलाल पुँजीवाद नै हो। काँग्रेसले यदि चुनाव जितेर सरकार बनाएको खण्डमा त उसले दलाल पुँजीवादकै पक्षपोषण गर्ने हो। त्यसकारण, यो काम कम्युनिस्टबाट मात्रै सम्भव छ। त्यसैले, अब हामीले दलाल पुँजीवादविरुद्ध संघर्ष गर्ने र उत्पादन बढाउदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नका लागि त्यही अनुसारको पार्टी स्कूलिङ, अभ्यास, संगठन निर्माण र परिचालन गर्नुपर्नेछ। त्यसका लागि त हामीले सबैभन्दा पहिले पार्टी र समाजमा रहेको दलाल पुँजीवादविरुद्ध लड्नुपर्नेछ। पार्टीलाई दलाल पुँजीवादबाट मुक्त नगरेसम्म त्यो पार्टीले उत्पादनमुखी नीति लिन सक्दैन। त्यसका लागि हामी सम्पूर्ण कम्युनिस्टहरू मिलेर दलाल पुँजीवादविरुद्ध संघर्ष गर्ने पार्टी बनाउनुपर्छ र सिंगो समाजलाई उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बाटोमा डोहोर्याउनुपर्नेछ। त्यसका लागि एमाले एक्लैले गर्दा जतिसम्भव हुन्छ, सबै कम्युनिस्ट मिलेर गर्दा त झन त्योभन्दा बढी सम्भव हुन्छ। त्यसैले, कम्युनिस्ट एकता नै आजको आवश्यकता हो।

    एकता कति सम्भव छ ?

    हिजोको नेकपा फुटेर आज तीनवटा पार्टी बनेका छन्। ती पार्टीका नेताहरू एक–अर्कालाई सिध्याउने भन्दै चर्का भाषण गरेर हिँडेका छन्। उनीहरूको बीचको तिक्तताको तह उत्कर्षमा छ। अहिले फेरि चुनाव लागिसकेको छ र सबैले एकअर्कालाई गाली गरिरहेका छन्। यस्तो अवस्थामा नेतृत्वको तिक्त सम्बन्धका कारण तत्काल एकता हुने सम्भावना कमजोर छ। तर यस्तो परिस्थितिले ल्याउने परिणाम चाहिँ सुखद नहुनसक्छ। किनकि, ०५४ मा एमाले विभाजनको कारण ०५६ को चुनावले दिएको पाठ हामीसँग छ। त्यसकारण आज एकता नहुने हो भने भोलीको क्षति भोग्न हामी तयार हुनुपर्छ। आज एकता गर्न नसके पनि चुनावले दिने पाठ भने फेरि पनि एकता कै हुन्छ। त्यसकारण, एकता नहुनका लागि नेताहरूको व्यक्तिगत तिक्तताबाहेक अरु कुनै कारण छैन। त्यो एकता आजै हुनसक्दा राम्रो, नत्र भोली जाने बाटो त फेरि पनि एकता नै हो।

    भिडियो:

    (एमाले उपाध्यक्ष ज्ञवालीसँग नेपाल रिडर्सका लागि गौतम राईले गरेको कुराकानीमा आधारित)

    यो पनि पढ्नुहोस् –

    वामपन्थी विभाजनले अन्य शक्तिहरूलाई नै खुदो पल्टने अवस्था छ 

    कम्युनिष्ट एकताः कति सम्भव कति असम्भव? 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      युवराज ज्ञवाली

      युवराज ज्ञवाली

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.