Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Tuesday, January 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रश्नहिनताले जोगाएको विभेद

जातीय र धार्मिक राष्ट्रवादको बढदो प्रभावले समाजलाई थप धार्मिक कट्टरतातिर धकेल्दै गरेको छ। यसको सबैभन्दा ठुलो चेपुवामा महिलाहरु नै परेका छन्। राजनीतिक नेताहरु समेतले प्रचार र संरक्षण गर्नथालेको यो नव कट्टरपन्थी वैचारिक मुल्यले परम्परागत रुपमा महिलामाथि हुँदै आएको शाररिक मानसिक हिंसाका कारणहरुलाई बचाइरहन जोड दिन्छ।

मेनुका बस्नेत मेनुका बस्नेत
फाल्गुन ९, २०८०
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विद्यालय जीवनका क्रममा एकपटक सरस्वती पूजाको अघिल्लो दिन मलाई महिनावारी भयो। महिनावारी भएपछि कुनैपनि धार्मिक कार्यमा सरिक हुनुहुन्न भन्ने कुरा मेरा लागि ‘धुर्वसत्य’ झै थियो। आफ्ना नजिकका साथीहरुलाई यो कुरा सुनाएँ र अन्यलाई टाउको दुखेको बाहाना बनाएर त्यो वर्षको सरस्वती पूजामा सहभागी भइनँ। विद्यार्थी जीवनमा विशेष लाग्ने मध्ये एउटा पर्व सरस्वती पूजामा जान नपाउँदा मन खिन्न भएको थियो, तर एउटा शारीरिक प्रक्रियाकै कारण म किन अलग हुनुपर्ने भन्ने खालको प्रश्न त्यो दिन पटक्कै आएन। किनभने जे जे भइरहेको थियो, त्यो स्वभाविक नै जस्तो लाग्थ्यो। कुनैपनि बाहानामा गरिने विभेद कसैलाई पनि मनपर्दैन। तर विभेदहरूलाई यसरी सामान्यीकरण गरिएको छ कि स्वयं पीडितले पनि आफूमाथि भइरहेको व्यवहार विभेद हो वा होइन भन्ने कुरामा प्रष्ट हुन कयौं अवस्थाहरु पार गर्नुपरेको हुन्छ।

    सरस्वती पूजाकै दिन सहभागी हुन नपाएपनि त्यसको भोलिपल्ट अथवा सरस्वतीको मूर्ति सेलाउने दिन भने महिनावारीको तेस्रो दिन हुने भएकाले आउन मिल्ने सुझाव साथीहरुबाट पाएँ। खुशी हुँदै त्यो दिन बिहानै शिक्षक तथा साथीहरुसँगै दमकबाट दोमुखातर्फ लागियो। त्यहाँ पुग्नेबित्तिकै एक हुल साथीहरु मूर्ति लिएर नदीतिर हानिए, म ‘अछुत’ हुँ भनेर भन्दा पनि पानीभित्र पस्न मन नलागेकाले रमिते भएर बसिरहेको थिएँ, त्यतिबेलै नजिकका साथी मध्ये एकजनाले कानमा खुसुक्क भनिन्, “यहाँसम्म त आइपुग्यौं, तर आज तीनदिन मात्रै भएकाले मूर्ति छुने र मन्दिर जाने काम चाहिँ नगर है।” उनको वाक्य टुंगिन नपाउँदै अपमानको ठूलो भारीले थिचेजस्तो महशुस भयो। बरु मलाई यहाँसम्म नबोलाएको भए हुन्थ्यो, बोलाइसकेपछि यो खालको निषेध किन गरेको होला ? मेरो रिसको सीमा रहेन। म रन्थनिँदै केहीबेर नदी किनारमै बसिरहेँ। मूर्ति सेलाउने कार्यपछि माथि डाँडामा रहेको मन्दिर र त्यहाँ वरपर घुमफिर गर्ने योजना बन्यो। अब मलाई कसैको कुरा सुन्नु थिएन, म पनि अरु साथीहरुसँगै मन्दिरभित्र प्रवेश गरेँ र टिका पनि लगाएँ। त्यति मरिहत्ते गरेर कुनैपनि धार्मिक कार्य जान र मन्दिर छिर्नमा मलाई खासै चासो थिएन, तर जहाँ जानका लागि बिना कुनै अर्थ रोक लगाइन्छ, त्यो पनि अपमानजनक ढंगले। मनमा एकप्रकारको विद्रोही भावले जन्म लियो र त्यहाँ छिरेरै देखाउने अठोट म मा जागेको थियो।

    महिनावारीका विषयमा अहिलेको समयमा जति छलफल र बहस हुन्छ, त्यसको छेउसम्म पनि कुरा नहुने त्यो जमानामा साथीको आग्रहलाई चुनौती दिनकै लागि गरिएको कार्य ती साथीविरुद्ध मात्रै थिएन, एउटा अवैज्ञानिक र गलत परम्पराविरुद्ध पनि रहेछ भन्ने कुरा आज महशुस हुन्छ। यो घटना भएको करिब दुई दशक बितिसकेछ, यो बीचमा एउटा ठूलो राजनीतिक परिवर्तन भयो, समाज परिवर्तन भयो, मानिसहरुमा सूचना र ज्ञानको पहुँच बढ्यो, सोच्ने र जीवन निर्वाह गर्ने शैली परिवर्तन भयो। तर महिनावारी हुनुलाई अशुद्ध मान्ने र बार्ने परम्परा आजको नयाँ पुस्तामा पनि बिना कुनै प्रश्न र मौनतासहित हस्तान्तरण भइरहेको छ। आजका केही छोरीहरु प्रश्न गर्छन्, महिनावारी बार्न नपर्ने तर्क राख्छन्, तर नयाँ नयाँ बहाना र नयाँ तर्कको आडमा प्रश्न गर्ने महिलाहरुको मुख थुन्ने प्रयास गरिन्छ र हुर्कदै गरेको पुस्ताको कलिलो दिमागमै महिनावारी विषयमा भ्रमको बिउ रोप्ने काम गरिन्छ।

    गत मंसीर २१ गते लुम्बनी प्रदेश प्रमुख अमिक शेरचनले महिनावारी भएका महिलालाई उक्त अवधीमा विदा दिने सम्बन्धी प्रदेश सभाले गत भदौमा पारित गरेको ऐन प्रमाणित गरे। यो निर्णयसँगै यसका बारेमा विभिन्न प्रतिक्रियाहरु आए। यस्तो निर्णयको पक्ष र विपक्षमा बहसहरु भए। कतिपय महिलाहरुले नै यसको विरोध गरेको पाईयो भने धेरै महिलाहरुले यो निर्णयको समर्थनमा आवाज उठाए। यसरी विरोध गर्नेमा कतिपय राजनीतिक दलका नेतृहरु पनि थिए जसले महिला हिंसा विरुद्धको आन्दोलनको अगुवाइ गर्छन् भन्ने विश्वास गरिन्छ।

    यता नेपालमा सुदुर पस्चिम र कर्णालीका गाउँहरुमा छाउगोठ र छाउपडी प्रथा बद्नाम छ। महिनावारी भएका बेला असुरक्षित गोठ र छाउ घरमा बस्दा महिलाहरु सर्पको टोकाइमा परेर मर्ने मात्र हैन बलात्कारका शिकार पनि हुने गरेका छन्। तर यो प्रथा खुला र छद्म रुपमा काठमाण्डौ लगायतका शहरमा र शिक्षित परिवारमा पनि कायमै छ। यसले महिलाहरुमाथि एकप्रकारको हिंसा थोपर्ने परम्परागत रुढीलाई निरन्तरता दिएको छ। महिलाहरुलाई स्वतन्त्र हुन नदिने यस्तो प्रथाबारे नयाँ पुस्ताले भने विस्तारै प्रश्न उठाउन थालेको छ। यसै सेरोफेरोमा आजको पुस्ताले महिनावारीलाई कसरी हेरेको छ भनेर प्रश्न गरेकी थिएँ।

    काठमाडौँ जोरपाटीकी कृषा बराल पहिलोपटक महिनावारी भएका बेला ७ दिनसम्म बन्द कोठामा बसेकी थिइन्। करिब ५ वर्ष अघिको त्यो क्षण सम्झिँदै गर्दा उनी अहिलेपनि निस्सासिएको महशुस गर्छिन्। “त्यतिबेला बच्चै थिएँ, अहिले भए त त्यसरी बस्न मान्दिन थिएँ होला” उनी भन्छिन्, “समाजले के भन्ला भन्ने डरका कारण परिवारले यसरी राखिदिएपछि केही भन्नै सकिनँ।” भर्खरै किशोरावस्था टेक्दै गरेकी त्यतिबेलाकी कृषालाई महिनावारी हुँदा अलग्गै बस्नुपर्ने, बार्नुपर्ने जस्ता कुराको विरोध गर्नुपर्ने रहेछ भन्ने हेक्का नै भएनछ, हाल कक्षा १२ मा अध्ययनरत उनी भन्छिन्, “अब त कसैले यो गर्नु हुन्न, त्यो गर्नुहुन्न भन्यो भने सिधैं प्रश्न सोध्छु, किन नगर्ने ?” प्रश्न र विरोधकै बीचपनि परिवारकै केही सदस्य र आफन्तहरुबाट काहीँ न कतै अवरोध झेलिरहनुपर्छ कृषाले। यसो गर्नेमा शिक्षित र अशिक्षित दुवै प्रकारका व्यक्तिहरु हुन्छन्।

    आलोचनात्मक चेत निर्माण गर्नका लागि शिक्षाको भूमिका प्रमुख हुन्छ। तर शिक्षित महिलाहरु नै आफूमाथिको विभेद स्वीकार गर्छन् र शिक्षित व्यक्तिकै घरका किशोरीहरु जानीनजानी यस्तो बाध्यतामा फस्छन् भने हाम्रो शिक्षा प्रणालीले मानिसलाई चेतनशील बनाउन कति भूमिका निर्वाह गर्‍यो भन्ने प्रश्न उठ्छ।

    शान्तिनगरकी दिपिशा दहाल महिनावारी हुनु एउटा सामान्य शारीरिक प्रक्रिया हो भन्ने कुरामा प्रष्ट छिन्। विज्ञान विषय लिएर कक्षा १२ मै अध्ययनरत उनी महिनावारी हुँदा गरिने भेदभावमा विश्वास नगर्ने भएपनि परिवारको आग्रहका कारण यो समयमा बार्ने गरेको सुनाउँछिन्। “अहिले म आफ्नो अभिभावकको शरणमा छु, त्यसैले मैले उहाँहरुले भनेको मान्नुपर्छ। पछि जब म आत्मनिर्भर हुन्छु, तब मात्रै मेरो आफ्नो मान्यताअनुसार म चल्न पाउँछु। त्यतिबेला म महिनावारी बार्ने छैन।” दिपिशा भन्छिन्। अन्धविश्वासको जगमा टेकेका कतिपय प्रचलनहरुमाथि नयाँ पुस्ताका कति महिलाहरु प्रश्न र प्रतिरोध सहित खडा हुन थालेका छन् भने तिनैमध्ये केही महिनावारी हुँदा अनिवार्य बार्नुपर्ने मान्यतालाई शिरोधार्य गरेका पनि छन्। बालाजुकी सुप्रिया क्षेत्री (१९) महिनावारीका समयमा भान्सामा पस्ने, मन्दिर जाने, कुनै धार्मिक कार्यमा सहभागी हुने जस्ता कार्य गर्दिनन्। यी उदाहरणहरुले अहिलेका शिक्षित र नयाँ पुस्ताका महिलाहरु पनि महिनावारी बार्नुलाई एउटा आदर्शको रुपमा लिएर निरन्तरता दिइरहेका छन् भने कति बाध्य छन् भन्ने कुरा देखाउँछ।

    सामान्यतया विद्यालय शिक्षा अध्ययन गरिसकेकालाई महिनावारी के हो ? यो किन हुन्छ ? महिनावारीका समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीहरु के के हुन् भन्ने विषयमा जानकारी भइसकेको हुन्छ। अहिलेको पुस्ताका सबै किशोरीहरु धार्मिक अन्धविश्वासका आधारमा गरिने भेदभावपूर्ण व्यवहारलाई स्वीकार गर्न तयार छैनन्। सामान्य जैविक प्रक्रियालाई नै आधार मानेर महिलामाथि गरिने विभेद लैंगिक हिंसाकै एउटा रुप हो।

    नेपालको संविधानमा महिलाविरुद्ध कुनैपनि धार्मिक, सामाजिक, सांस्कृतिक परम्पराका आधारमा कुनै किसिमको हिंसा गर्न नपाइने उल्लेख छ। संविधानको मौलिक हक अन्तरगत धारा ३८ मा “महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ” लेखिएको छ। तर आफ्नै अभिभावक, नजिकका आफन्त र समाजका कारण यस विषयमा राम्रोसँग जानकार भएरपनि किशोरीहरु महिनावारी भएको समयमा कुनै न कुनै रुपले निषेधित छन्।

    मर्यादित महिनावारीको वकालत गर्दै आएकी अभियन्ता डा. राधा पौडेल महिनावारीका विषयमा हाम्रो समाजमा अहिलेपनि मौनता रहेको तर्क गर्छिन्। नेपालमा महिला अधिकारका विषयमा आक्रामक रुपले आवाज उठ्न थालेको ३ दशक बढी भइसक्दा पनि महिनावारीका विषयमा खुलेर कुरा गर्न नसकेका कारण नयाँ पुस्ता र शिक्षित महिलाहरुमाथि समेत महिनावारीका समयमा भेदभाव हुने गरेको उनको ठहर छ।

    केहीदिन अघि मात्रै पोखरास्थित केही विद्यालय र पोखरा विश्वविद्यालयमा भएका छलफलका दौरान भएको एउटा घटना सम्झिँदै उनी भन्छिन्, “बीएससी नर्सिङको कक्षामा मैले महिनाको २५ दिन जे जे क्रियाकलापहरु गर्नुहुन्छ, महिनावारीका समयमा अर्थात् बाँकी ५ दिन पनि तिनै काम गर्नेले हात उठाउनुहोस् त भन्दा त्यहाँ एउटापनि हात उठेन। भनेपछि समस्या गम्भीर छ।”

    “११/१२ पढ्दै गरेका वा नर्सिङ् वा स्वास्थ्य क्षेत्रमा अध्ययन गरिरहेका वा काम गरिरहेका महिलाहरुले नै यस बारेमा प्रश्न गर्न नसक्नु भनेको महिनावारीका विषयमा हाम्रो मौनताकै कारण हो। मौनता घरमा छ, स्कुलमा छ, समुदायमा छ, कार्यक्षेत्रमा छ र संसदमा छ। पाठेघर भएका व्यक्ति बिना कुनैपनि क्षेत्र पूर्ण छैन, तर दुर्भाग्य यस बारेमा कसैले कुरा गरिदिएन।” बहसका लागि अझै पनि समय रहेको संकेत गर्दै अभियान्ता पौडेल भन्छिन् “यसलाई म समस्याको रुपमा मात्रै लिन्नँ। महिला अधिकारको क्षेत्रमा विश्वभर भइरहेको पहलको यति लामो इतिहासमा हाम्रो कमजोरी कहाँनिर छ भनेर खोज्ने अवसर पनि हो यो।”

    महिनावारी हुँदा अशुद्ध रगत बग्छ वा यो समय महिला अपवित्र हुन्छे भन्ने परम्परागत मान्यता गलत सावित भइसकेको अवस्थामा आरामको बाहानामा महिनावारीमा हुने छुवाछुतलाई निरन्तरता दिइएको पाइन्छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत दीपक पंगेनी महिनावारीका समयमा आरामको आवश्यकता भएकाले भान्सा र खेतीपातीको काम नगरेकै राम्रो हुने विचार राख्छन्। अभियन्ता पौडेल भने महिनावारीका विषयमा रहिआएको मौनताको कारणले गर्दा नै बार्नका लागि नयाँ–नयाँ स्पष्टिकरणहरु जन्मिने गरेको उल्लेख गर्छिन्। “पहिले पहिले कपडा नभएर बार्ने चलन थियो होला, तर अहिले प्राय सबैलाई सरसफाई गर्ने, कपडा तथा प्याड फेर्ने सुविधा छ, तरपनि मान्छे महिनावारी भएका बेला भान्सामा जान डारउँछ, यसका लागि नयाँ स्पष्टीकरणहरु हावी भएर आएका छन्, यसले नयाँ–नयाँ भ्रमका विरुवा रोप्दै जान्छ।” पौडेल तर्क गर्छिन्।

    करिब ८० प्रतिशत महिलालाई महिनावारीका समयमा असहज हुने, पेट दुख्ने, मुड स्विङ् हुने जस्ता समस्या हुने गर्छ भने ५ देखि १० प्रतिशत महिलालाई मात्रै गम्भीर खालको समस्या देखिने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्। यी ५ प्रतिशत महिलालाई कुनै खास प्रकारको उपचार गर्नुको सट्टा परिवारकै सदस्यबाट दुखाईको सामान्यीकरण हुने गरेको पौडेलको भनाई छ। यसरी महिनावारीका समयमा हुने दुखाईलाई लिएर यसको निराकरणमा भन्दा पनि निषेधलाई नै निरन्तरताको बाहानाका रुपमा लिन समाज उद्धत देखिन्छ।

    समाजमा विद्यमान जुनसुकै कुरीति र रुढीवादी परम्पराहरु बिना प्रश्न र विरोध भत्किन कठिन छ। प्रश्न गर्नका लागि आलोचनात्मक चेतको आवश्यकता पर्छ। यस्तो खालको आलोचनात्मक चेत निर्माण गर्नका लागि शिक्षाको भूमिका प्रमुख हुन्छ। तर शिक्षित महिलाहरु नै आफूमाथिको विभेद स्वीकार गर्छन् र शिक्षित व्यक्तिकै घरका किशोरीहरु जानीनजानी यस्तो बाध्यतामा फस्छन् भने हाम्रो शिक्षा प्रणालीले मानिसलाई चेतनशील बनाउन कति भूमिका निर्वाह गर्‍यो भन्ने प्रश्न उठ्छ। विद्यालय शिक्षामा महिनावारी कसरी हुन्छ भन्ने मात्र सिकाइन्छ, तर यससँग सम्बन्धित रहेर समाजमा कस्ता धारणा विद्यमान छन् र कहाँनिर हस्तक्षेप गर्न जरुरी छ भन्ने कुरा पनि सिकाइनुपर्ने सरोकारवालाहरु बताउँछन्।

    “स्कुलमा गएर महिनावरी भनेको के हो भनेर तपाईंले सोध्नुभयो भने अण्डाशयबाट आएको डिम्ब पाठेघरमा आएर मर्छ, त्यो मरिसकेपछि रगत योनीबाट बाहिर निस्किन्छ भनेर मात्रै बुझेको पाइन्छ। यो महिनावारीको परिभाषा नै होइन,” सामाजिक अभियान्ता पौडेल प्रश्न गर्छिन्, “छोराहरुका दाह्रीजुँगा आएजस्तै गरेर छोरीहरुको पनि परिपक्वता हुँदै गइसकेपछि पाठेघरको भित्रि तहमा एउटा पातलो नयाँ झिल्ली बन्छ, त्यो झिल्ली खासमा केही गरी बच्चा बन्ने वातावरण बन्यो भने बच्चालाई हुर्काउनका लागि तयार भएको हो तर विभिन्न कारणले बच्चा बन्ने वातावरण तयार नभएको अवस्थामा नयाँ बनेको झिल्ली फुट्छ वा च्यातिन्छ। त्यसरी आउने रगत महिनावरीको रगत हो यो शुद्ध रगत हो र त्यही रगतले नै यो संसार अघि बढेको छ भन्ने कुरा कुन किताबमा लेखिएको छ?”

    समाजमा अनेक बहानामा महिनावारी भएका छोरी, बुहारी या आमाहरुलाई हरेक महिना चार दिनका लागि अछुत बनाउने र धार्मिक या साँस्कृतिक परम्परा र ऋषि पञ्चमी, स्वास्थानी र गरुड पुराणहरु मार्फत रुढीवादी मुल्यप्रणाली स्विकार्न मानसिक दवाव दिने गरिदै आएको छ। यसले महिलाहरुलाई स्वतन्त्र र पुरुष समान नागरिक बन्नबाट रोकेको छ। यो पितृसत्तात्मक सामन्तवादी आर्थराजनीतिक सम्बन्धको कारण शक्ति सम्बन्धमा महिलाहरु पछि पारिएपछि उनीहरुमाथि भएको दमनको निरन्तरताले सिर्जेको मनोविज्ञानबाट पनि प्रभावित छ। यस्तो सोचाइलाई पुँजीवादी उत्पादन प्रणालीमा पनि निरन्तर राख्न पुरुषवादीहरु खुलेर लागेका छन्।

    पछिल्लो समय जातीय र धार्मिक राष्ट्रवादको बढ्दो प्रभावले समाजलाई थप धार्मिक कट्टरतातिर धकेल्दै गरेको छ। यसको सबैभन्दा चेपुवामा महिलाहरु नै परेका छन्। राजनीतिक नेताहरु समेतले प्रचार र संरक्षण गर्नथालेको यो नव कट्टरपन्थी वैचारिक मुल्यले परम्परागत रुपमा महिलामाथि हुँदै आएको शाररिक मानसिक हिंसाका कारणहरुलाई बचाइरहन जोड दिन्छ। यसमाथि निरन्तर प्रश्नहरु उठ्नु जरुरी छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.