Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के राम र रामायण हाम्रै मात्र हुन्?

शैलेन्द्र चौहान शैलेन्द्र चौहान
जेष्ठ ३१, २०७८
- विमर्शका लागि, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दश वर्ष पहिले रामायणसँग जोडिएको ए के रामानुजनको लेखलाई दिल्लीको विश्वविद्यालयको पाठ्यक्रमबाट हटाउने विषयमा विवाद भएको थियो। लेखको शीर्षक थियो –“तीन सय रामायण, पाँच उदाहरण र अनुवादमाथि तीन विचार“। यस लेखलाई सन् २००६ मा दिल्ली विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको थियो तर यसलाई हिन्दूवादी दलहरूले विरोध गरे।। त्यसपछि पुनर्विचारका लागि चार विशेषज्ञहरूको एक समिति बनाइयो।

    समितिका तीन जना विशेषज्ञहरु यस लेखलाई पाठ्यक्रममा राख्ने पक्षमा देखिए भने एक विशेषज्ञले शिक्षकहरू यस लेखको पृष्ठभूमिका बारेमा राम्रोसँग बुझ्न सक्दैनन् भनेर यसलाई पाठ्यक्रमबाट हटाउनुपर्ने राय राखे।

    दिल्ली विश्वविद्यालयको एकेडेमिक काउन्सिलले ९ अक्टोबर २०११ मा भएको बैठकमा ध्वनि मतबाट यस लेखलाई पाठ्यक्रमबाट हटाउने निर्णय लियो। काउन्सिलको १ सय २० उपस्थित सदस्यहरूमा नौ जनाले लेखलाई पाठ्यक्रममा राख्नुपर्ने पक्षमा मत दिएका थिए भने बाँकी सबै लेखलाई हटाउनुपर्ने पक्षमा थिए।

    भाषाअनुसारका अनुवाद

    यस लेखलाई लिएर आश्चर्य मान्नुपर्ने वा कुनै आपत्ति जनाउनुपर्ने आवश्यकता देखिंदैन। यदि कसैलाई रामायण तीन सय वटा छैन, यो त केवल एउटै छ भन्ने लाग्छ भने त्यस्ता मानिसहरूलाई म इतिहास र मिथकहरूका बारेमा स्पष्ट हुन सुझाव दिन्छु।

    रामानुजनको यो लेखलाई विश्वविद्यालयको पाठ्यक्रममा राख्न रोक लगाइएपनि यो यथार्थ बदलिनेवाला छैन। रामायण एक होइन, अनेक छन्। इन्डोनेशियादेखि लिएर फिजी र सुरीनामसम्म र शायद घर–घरमा रहेका रामायण फरक–फरक छन्।

    आफ्नै मुलुकको वा आफ्नै मातृभाषाको विकसित साहित्यका बारेमा थोरै कुरा गर्‍यौं भने देशका कैयन भाषाहरूमा रामायणको अनुवाद भएको पाइन्छ। अनुवाद गर्नेहरूले यसमा आफ्ना कहानी वा मिथकहरू पनि जोडिदिएका हुन्छन्।

    सन्तोष देसाईका अनुसार रामकथाले विश्व–यात्रा तीन वटा बाटो भएर गरेको देखिन्छ। उनका अनुसार– जमीन हुँदै उत्तरी बाटो समातेको कथा पञ्जाब र कश्मीरदेखि चीन, तिब्बत र पूर्वी तुर्कीस्तानमा पुगेको छ। समुन्द्र हुँदै दक्षिणी बाटो समातेको कथा गुजरात र दक्षिण भारतदेखि जावा, सुमात्रा र मलयामा पुगेको छ। यस्तै जमीन हुँदै पूर्वी बाटोबाट बंगालदेखि बर्मा, थाइल्यान्ड र लाओस पुगेको छ। यस्तैगरी भियतनाम र कम्बोडियामा आंशिक रुपमा जावा र आंशिक रुपमा भारतदेखि पूर्वी बाटो हुँदै पुगेको बुझिन्छ।

    रामकथा सारमा एकै जस्तो छ तर रामको चरित्र र अनुहार भाषापिच्छै नै बेग्लाबेग्लै पाइन्छन्।  भारतकै कुरा गर्ने हो भने रामायण हिन्दी, अवधीदेखि लिएर दक्षिण भारतीय भाषाहरू, मराठी, मैथिली र असमी भाषाहरूमा उपलब्ध छन्। यी सबै भाषामा आ–आफ्नो हिसाबबाट कहानीलाई बढाउने र घटाउने काम भएको छ।

    जैनहरूका तर्क

    रामायणलाई हिन्दूको धर्मग्रन्थ मान्ने हो भने पनि जैन वाचनक रामायणलाई हिन्दू मूल्यको बाहकको रुपमा लिन सकिदैन। जैनहरू भन्छन्–“ ब्राम्हणहरूले रावणलाई बदनाम गरिदिए, उनलाई खलनायक बनाइदिए।” जैनहरूको तर्क छ– “यदि रावण शक्तिशाली राक्षस हुन् भने उनलाई बाँदरले कसरी परास्त गर्न सके?”

    रावण जस्ता कुलीन व्यक्ति र सम्मानित जैन कसरी मासु खान सक्छन्? उनी कसरी रगत पिउन सक्छन्? कुम्भकर्ण कसरी वर्षको छ महिनासम्म लगातार सुत्न सक्छन् ? कानमा उम्लिरहेको तेल लगाउँदा, उनीमाथि हात्ती कुदाउँदा र चारैतर्फ बाजागाजा बजाउँदा समेत उनको निन्द्रा कसरी भङ्ग हुदैंन? जैनहरूले यस्ता प्रश्नहरु उठाउने गरेका छन्।

    रामायणमा रावणले इन्द्रलाई समातेर उनको हात बाँधेर लंकामा घिसारेको वर्णन गरिएको छ। यस्ता यावत कुरा मनगढन्त र अतिवादी प्रतीत हुन्छ। सन्तोष देसाई यो सरासर झुठ हो र यो कुनै तर्कसँगत नभएको बताउँछन्।

    वाल्मीकिको रामायण आरम्भिक हो, तर मूल होइन

    रामानुजनका अनुसार पछिल्लो २५०० वर्ष वा त्यसभन्दा अघिको समयदेखि नै दक्षिण तथा दक्षिण–पूर्व एशियामा रहेका सबैजसो रामायणहरुको प्रभाव एकै नाशको र आश्चर्यलाग्दो छ। जति भाषाहरूमा रामकथा पाइन्छन्, त्यतिको फेहरिस्त जति जति बताउन थाल्नु हुन्छ त्यति नै मात्रामा तपाईं थाक्नुहुन्छ। अन्नामी, बाली, बाँग्ला, कम्बोडियन, चीनियाँ, गुजराती, जवाई, कन्नड, कश्मीरी, खोटानी, लाओसी, मलेशियन, मराठी, उडिया, प्राकृत, संस्कृत, संथाली, सिंहली, तमिल, तेलुगु, थाई, तिब्बती–पश्चिमी भाषाहरू लगायत अरु धेरै भाषामा पनि रामायण लेखिएको छ र यसको प्रभाव पनि बलियो देखिन्छ।

    सदियौंदेखिको यात्राका दौरानमा एकै भाषाका रामकथा धेरै प्रकारका वाचन (टेलिंग्स) हरुमा पाइन्छन्। संस्कृतमा मात्रै रहेका विभिन्न आख्यान–विधाहरू (प्रबन्ध काव्य, पुराण इत्यादि) सँग जोडिएको पच्चीस वा यो भन्दा बढी रामायणका वाचनहरू उपलब्ध छन्।

    यदि नाटकहरू, नृत्य–नाटिकाहरू र शास्त्रीय तथा लोक दुवै परम्पराहरूको अन्य वाचनहरूलाई पनि जोड्यौँ भने रामायणहरूको संख्या अझै बढ्दै जान्छ। यसमा अझ दक्षिण तथा दक्षिणपूर्वी एशियाली संस्कृतिहरूमा शिल्प र नक्काशी, मखुण्डो–नाच तथा नाटकहरू, कठपुतली नाटकहरू र छायाँ – नाट्यहरू पनि समावेश छन्।

    रामायणका एक अध्येता, कामिल बुल्केले रामायणका तीन सय वाचनहरू सूचिबद्ध गरेका छन्। चौधौँ शताब्दिका एक कन्नड कवि कुमारव्यासले पृथ्वीलाई बोकेको शेषनाग नै रामायण लेख्ने कविहरूको भारले थिचिएर विलाप गरिरहेको देखेर रामायण नलेखी महाभारत लेख्न बसेको बताएका छन्। यस मेरो लेखमा, म बहुसंख्यक पूर्ववर्ती अनुवादकहरू र विद्वानहरूको रिणी हुँदै अनेक प्रकारका संस्कृतिहरू, भाषाहरू र धार्मिक परम्पराहरूमा एउटा कथा सयौं वाचनमा परम्पर कसरी सम्बन्धित छन् भन्ने बुझ्न चाहन्छु, साथै यस कथामा के कसरी अनूदित, थपथाप, प्रसारित र हेरफेर भए त्यो पनि बुझ्न खोज्नेछु।

    वाल्मीकि रामायण र कम्बन रामायण दुवै सुन्दर रचनाहरु हुन्। यी दुईका सयौं वाचनहरु एकअर्कासँग भिन्न छन्। मैले प्रचलित शब्द संस्करण (भर्जन्स) या रुपान्तरण (भेरिएन्ट) को ठाउँमा वाचन (टेलिंग्स) लाई प्रयोग गर्न उचित ठानेँ। किनभने संस्करण र रुपान्तरण, यी दुवै शब्दले यसको कुनै मूल कथा भएको कुरा बुझाउछन् र यसैलाई आधार बनाएर नयाँ संस्करणमा के कति भडकाउ आए पहिचान गर्न सकिन्छ। सामान्यतः वाल्मीकिको संस्कृत रामायण नै अरु सबै भन्दा मूल र प्रतिष्ठित हो। तर यही रामायणबाट सिधै अरु भाषामा अनुवाद गर्ने काम भइरहेको छैन।

    परम्पराले नै एकातर्फ रामकथा र अर्कोतर्फ वाल्मीकि, कम्बन या कृत्तिवास जस्ता विशिष्ट व्यक्तिहरूद्वारा रचित काव्यहरूका बीचमा पनि फरक गर्दछ। यद्यपि पछिका धेरै काव्यहरूलाई पनि लोकप्रिय रामायण नै मानिन्छ (जस्तैः उदाहरण कम्बन रामायणम)। तर केही काव्यहरूलाई समेत ‘रामायण’  भनिएको छ , जस्तैः इरामावतारम, रामचरितमानस, रामकियेन आदि।

    तर यीनीहरुमा वाल्मीकिद्वारा भनिएको रामकथाभित्रका सम्बन्धहरू पनि फरक–फरक खालका छन्। कथा र काव्यको यहाँ पारम्पारिक अन्तर फ्रेन्चको ‘सुजेट’ र ‘रेसिट’, या अंग्रेजी को ‘स्टोरी’ र ‘डिस्कोर्स’ को अन्तरसँग मेल खान्छ। यहाँ वाक्य र कथनको अन्तर जस्तो पनि छ। दुई वाचनहरूमा घटना विवरण सिलसिला उस्ताउस्तै भइहालेपनि, शैली, प्रस्तुति, छन्द र टेक्स्चर (बनावट) अलग–अलग भएकाले मनशाय पनि भिन्न छ कि?।

    रामानुजन सुरुवातमा जादूगर !

    रामानुजनले यी भिन्न–भिन्न रामायणहरूमाथि गरेको अध्ययन मौलिक र महत्वपूर्ण छ। ए के रामानुजन उर्फ अट्टीपट कृष्णस्वामी रामानुजनको जन्म १६ मार्च, १९२९ मा मैसुर शहरको एक ब्राम्हण परिवारमा भएको थियो। उनका पिताको नाम अट्टीपट असूरी कृष्णस्वामी थियो। उनी मैसुर विश्वविद्यालयमा गणितका प्राध्यापक एंव एक खगोलशास्त्री थिए। रामानुजनकी आमा आफ्नो समयको एक रुढिवादी ब्राम्हण महिला थिइन र घर सम्हाल्थिन्।

    रामानुजन २० वर्षको हुँदा सन् १९४९ मा उनका पिताको मृत्यु भयो। रामानुजन त्रिभाषी वातावरणमा हुर्किए। उनी आफ्नो पिताबाट अंग्रेजी, आफ्नी आमाबाट तमिल र बाहिर शहरका मानिसहरूबाट कन्नड भाषामा वार्तालाप गर्थे। रामानुजनले बौद्धिक जीवनप्रति समर्पणको प्रेरणा उनका पिताबाट पाएका थिए।

    उनका पिताको अध्ययन कक्ष अंग्रेजी, तमिल तथा संस्कृतका पुस्ताकहरूले भरिएको थियो। कहिलेकाहीँ साँझको खानाको समयमा उनका पिताले आमालाई पश्चिमी संस्कृतिका शेक्सपियरका जस्ता कालजयी कृतिहरूको अनुवाद सुनाउने गर्थे। रामानुजन यसलाई ध्यान दिएर सुन्ने गर्थे।

    युवा अवस्थामा ज्योतिष तथा खगोल विज्ञानमा आफ्ना पिताको विश्वास देखेर अचम्ममा पर्ने गर्थे। उनलाई तर्कसंगत र तर्कहीनताको यस प्रकारको मिश्रण विचित्र लाग्थ्यो। अझ रमाइलो कुरा त के छ भने रामानुजनले आफ्नो पहिलो कलात्मक प्रयासको रुपमा जादू देखाउने कामलाई चुने।

    किशोरावस्थामा उनले छिमेकी दर्जीको सहयोगमा इलास्टिकको बैंडको माध्यमले लुकाइएको खल्ति बनाए। यस्तै टोपी, जादूको छडी र अन्य सामग्रीहरूसहित उनी स्थानीय विद्यालयहरू, महिलाहरूका समूह तथा सामाजिक क्लबहरूमा जादू प्रदर्शन गर्ने गर्थे।

    शायद उनले आफ्ना पिताको तर्कहीन धारणमा भएको विश्वासकै कारण एक जादूगर हुने इच्छा गरे। उनका अधिकाशं काम र योगदान भारतसँग सम्बन्धित भएपनि उनले आफ्नो जीवनको दोस्रो भाग अमेरिकामा बिताए। उनको निधन १३ जुलाई १९९३ मा अमेरिकाको शिकागोमा भयो।

    सबलोगबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शैलेन्द्र चौहान

      शैलेन्द्र चौहान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.