Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डिपी ढकालका दुई चरणको प्रस्ताव तीन चरणका कुरा

कम्युनिष्ट पार्टीहरुमा सक्रिय अहिलेको पुस्ता यस्ता गम्भीर विषयमा खासै रुची राख्दैन। खासगरी एमाले, माओवादी र एकीकृत समाजवादीमा संगठित भएर पद र अवसर जित्न हिँडेको समूहलाई यसप्रकारको बहससँग खासै चासो देखिदैन।

नेपाल रिडर्स नेपाल रिडर्स
जेष्ठ ५, २०८१
- पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डीपी ढकाल पेशेवर राजनीतिकर्मी हुन् । लामो समय देखि नेकपा माओवादीका कार्यकर्ताका रुपमा काम गरेका ढकालले अध्ययन र लेखन कार्यलाई पनि सँगै लगेका छन् । अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । माओवादी आन्दोलनको नयाँ पुस्तामा बैचरिक अध्ययन र लेखन मार्फत आफ्नो दलको विचारधारालाई प्रभावित गर्ने र समाजसँग अन्तरक्रिया गर्ने राजनीतिक काममा खासै कसैको रुची देखिदैन। यस्तो लाग्छ हर माओवादी आफ्नो हैसियत अनुसारको पद र सुविधातिर बाहेक अन्यत्र नजर लगाउँदैन। त्यो पंक्ति त्यसमा अर्जुनदृष्टि लगाएर हिँड्दै छ र आफै हिँडेको बाटोको गोरेटो समेत पुर्दै मेट्दै छ। यता मोहन विक्रम, मोहन वैद्य लगायतले नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरु छन् जसको विचारले १९७० को माओकालीन साँस्कृतिक क्रान्तिको समय भन्दा अगाडि एक पाइला सारेको छैन। तिनीहरु कम्युनिष्ट आन्दोलनको वितेका स्वर्णिम दिनहरुको सम्झना गर्दै बुढो वरको रुखमुनी सितल बसेर सन्ततिलाई कथा सुनाउन चाहन्छन् ।

    तर केही जागरुक युवाहरुमा पर्छन् ढकाल, जो लेखन मार्फत केही जिज्ञासा र केही प्रस्ताव अघि सारिरहन्छन्। कविता देखि अर्थराजनीतिका विविध आयाम समेटेर पुस्तकहरु प्रकाशित गरेका ढकालले समाजवादी क्रान्तिका दुई चरण नामक पुस्तक हालै बजारमा ल्याएका छन्।

    समाजवाद नेपाली समाजमा लामो समय देखि आम चासो र बहसको विषय रहँदै आएको छ। समाजवादी बहसका दुई रुप छन् । पहिलो मार्क्सवादी समाजवाद । दोस्रो मार्क्सको लेपन लगाइएको बुर्जुवा समाजवाद। नेपाली काँग्रेस लगायत गैह्र कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद सारमा पुँजीवादी समाजवाद हो । यता कम्युनिष्टहरुले भन्ने गरेको (ओठले भने पनि मनभित्रैबाट भनेपनि) समाजवाद मार्क्सवादी अर्थात् ऐतिहासिक भौतिकवादमा आधारित समाजवाद हो । यस्तो समाजवादी क्रान्ति यदि पुँजीवादी देशमा भएको हो भने त्यहाँ समाजवादका दुई चरण हुन्छन् । पहिलो समाजवादको प्रारम्भिक चरण जहाँ पुँजीवादका कतिपय विशेषता कायम रहन्छन् । आम रुपमा उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व कायम भएको हुन्छ । व्यक्तिलाई उसको योग्यता अनुसारको काम दिने र उसले काम अनुसारको दाम पाउने व्यवस्था समाजवादको पहिलो चरणको अर्थराजनीतिक चरित्र हो। यहाँ राज्य हुन्छ, सरकार हुन्छ, न्यायालय र दण्डाधिकारी हुन्छन्, जेल हुन्छ। अर्थात् राज्यले बल प्रयोगका विधि मार्फत समाजलाई नियन्त्रण गर्छ र साम्यवादका लागि आधार तयार पार्छ ।

    दोस्रो चरण भनेको राज्यको विस्तारै विलोप भएपछिको अवस्था हो। यहाँ वर्ग हुँदैन, व्यक्तिले क्षमता अनुसारको काम र आवस्यकता अनुसारको दाम पाउँछ । वर्ग नभएपछि राज्य, सरकार, प्रहरी, सेना, जेल र दण्डविधान पनि रहँदैन। समुदाय र उत्पादनका इकाइहरुमा संगठित मानिसहरुले उत्पादन र वितरणको स्वचालित प्रणाली निर्माण गर्छन् । समाज विकासको भौतिकवादी विश्लेषण गर्ने मार्क्सेली साहित्यले साम्यवादको परिकल्पना यसरी नै गरेको छ।

    तर पुँजीवादको प्रारम्भिक चरणमा रहेको समाजमा कम्युनिष्टहरुले गर्ने क्रान्तिले समाजवाद निर्माणको अर्को उपचरण पनि पुरा गर्नु पर्छ । त्यो भनेको पुँजीवादी क्रान्ति सम्पन्न गर्नु, उत्पादन प्रक्रियालाई सामान्तवादी र साम्राज्यवादी पञ्जाबाट मुक्त गर्नु र पुँजीवादको एकचरणको विकास मार्फत समाजवादका लागि आधार तयार पार्नु हो। चर्चा गरिएको पुस्तकमा डीपी ढकाल यो उपचरण र यस भन्दा माथिको समाजवादी चरणको कुरा गरिरहेका छन् ।

    नेपालमा हुने मार्क्सवादी विचारधारात्मक बहसमा अहिले समाजवाद निर्माणका यी पक्षहरुबारे गम्भीर चर्चा हुन छाडेको छ । कम्युनिष्ट पार्टीहरुमा सक्रिय अहिलेको पुस्ता यस्ता गम्भीर विषयमा खासै रुची राख्दैन। खासगरी एमाले, माओवादी र एकीकृत समाजवादीमा संगठित भएर पद र अवसर जित्न हिँडेको समूहलाई यसप्रकारको बहससँग खासै चासो देखिदैन। पहिलेको पुस्ताका नेताहरुलाई र साधारण समर्थकलाई भुलाउन मात्र नेतृत्वले समाजवाद, साम्यवाद या नयाँ र बहुदलीय जनवादका कुरा गर्न छाडेको छैन। यसमा बरु एमाले र त्यसका अध्यक्ष केपी ओली प्रष्ट देखिन्छन्। २०७४ को संसदीय निर्वाचनको मुखमा पत्रकार विजयकुमारसँग गरेको कुराकानीमा उनले नेपालमा राजनीतिक कम्युनिष्टहरु रहेको दर्शन र सिद्धान्तवाला कम्युनिष्ट नरहेको भनेका थिए ।

    अहिले यस्तो बहसमा रुची हुने बौद्धिक जमात पनि छ। हालै ‘नेपाल रिडर्स’ का लागि नविन तिवारीले राजनीतिशास्त्री डा‍. सरोज गिरीसँग गरेको कुरा सुन्न देखिएको रुचीलाई हेर्दा बौद्धिक मन्थनमा लाग्ने नयाँ पुस्ता पनि देखिन्छ तर यसले राजनीतिक दलको नीति निर्माणलाई प्रभावित गर्ने सम्भावना भने एकदम कम छ ।

    ढकालको पुस्तकले विश्वमा भएका समाजवादी प्रयोगहरुको समीक्षा गरेको छ। अहिले भइरहेका अभ्यासहरु खासगरि ल्याटिन अमेरिका र चिनका प्रयोगलाई रेफरेन्समा लिएको छ । पुँजीवादको अहिलेको चरणको विशेषता केलाउने प्रयास गरेको छ। तथा यसले अहिलेका बजारका पपुलर हल्लाको पछि लागेर प्रविधिमा आएका परिवर्तनलाई पनि पर्गेल्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिको यो विकासले पुँजीको केन्द्रीकरण, सिमित मानिसहरुको हातमा दौलतको भकारी र आम मानिसहरुलाई भकारीबाट चुहेको दौलतले दिएको राहतलाई मार्क्सले गरेको उत्पादन पद्धती र सम्बन्धको आधारभूत चरित्रमा के फरक पार्छ भन्ने विश्लेषण गर्नबाट भने उनको लेखन तर्किन्छ । उनले पर्यावरणीय विनाशका चुनौतीलाई पनि बहसमा ल्याएका छन् ।

    समग्रमा ढकालले जे प्रयास गरेका छन्, त्यसलाई विषय प्रवेशको ढोका बनाएर बहस अगाडि बढाउन सक्ने हो भने खासगरि (कथित) कम्युनिष्ट पार्टीहरु र त्यहाँका नयाँ पुस्ताका कार्यकर्तालाई बैचारिक बहसमा सामेल गर्न सहयोग हुनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.