Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डीपी त्रिपाठी, कन्हैया कुमार र कांग्रेस

कन्हैया कुमारको कांग्रेस पार्टी प्रवेशले भारतको राजनीतिमा के फरक पर्ला ? कन्हैया कुमारको कांग्रेस प्रवेशले जेएनयूमा केही फरक पर्नेवाला छैन। किनकि जेएनयूमा कम्युनिस्ट पार्टीको राजनीतिको आधार बैचारिक धरातलमा उभिएको छ। जेएनयू बामपन्थी राजनीतिको लागि एक्वैरियम जस्तै सुरक्षित ठाउँ हो। यहींबाट प्रकास करात र सिताराम येचुरी जस्ता कम्युनिस्ट नेताहरु हुर्किएका हुन्। एउटा नेताले छोड्दैमा आन्दोलनलाई खास फरक पर्दैन।

केदार सिटौला केदार सिटौला
अशोज १४, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतीय राष्ट्रवादी कांग्रेस पार्टीका पूर्व महासचिव देवी प्रसाद त्रिपाठी अर्थात डीपी त्रिपाठी नेपालीहरुको लागि कुनै अपरिचित नाम होइन। डीपी त्रिपाठीले नेपाली नेताहरुको लागि भारतको राजधानी नयाँ दिल्लीमा सम्पर्क सूत्रको काम गर्थे। उनले २०४६ सालको पंचायत बिरोधी आन्दोलन र २०६२-६३ को जनअन्दोलनको पक्षमा दिल्लीको राजनीतिक वृत्त माहोल तयार पारेका थिए। पछि त्रिपाठीलाई नेपालको संसदमा सम्मान पनि गरिएको थियो।

    उत्तर प्रदेशको सुल्तातपुरमा जन्मेका डीपी त्रिपाठी अत्यन्त प्रतिभाशाली व्यक्ति थिए। उनीमा जन्मजात दृष्टिक्षय (Congenital blindness) को समस्या थियो। तर उनमा फोटोग्राफिक स्मरणशक्ति थियो। कुनै कुरा एक चोटी देख्ने बित्तिकै त्रिपाठीलाई याद रहिरहन्थ्यो। ३०० पेज जति मोटो किताबलाई आधा घण्टा हेरी सक्दा पुरै कण्ठस्थ हुन्थ्यो। उनले पेज नम्बरसहित त्यसको ब्याख्या गर्न सक्थे। धुरन्धर विद्वान थिए डीपी त्रिपाठी। उनले राजनीति देखि समाज विज्ञान र अर्थशास्त्रसम्म, साहित्य देखि कलासम्मका सबै विधाहरु अनि अन्तर्राष्ट्रिय मामिलाका ताजा घटनाहरुबारे उत्तिकै दक्षताका साथ व्याख्या गर्न सक्थे।

    उनी सानै उमेरमा राजनीतिमा संलग्न भएका थिए। पढाइको क्रममा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा पुगेपछि डीपी त्रिपाठी भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको बिद्यार्थी संगठन “स्टुडेन्ट फेडरेसन अफ इन्डिया” (SFI) मा संलग्न बने। उनी स्टुडेन्ट फेडरेसन अफ इन्डियाको तर्फबाट जेएनयू बिद्यार्थी युनियनको सभापति बने। डिपी त्रिपाठी इन्दिरा गान्धीले लगाएको इमर्जेन्सीको बिरोधमा चलेको बिद्यार्थी आन्दोलनका नायक थिए। त्यस क्रममा उनी १८ महिना जेल पनि परेका थिए। डीपी त्रिपाठी प्रखर बक्ता थिए। भाषण गर्नमा उनको बराबरी गर्न सक्ने अर्को व्यक्ति कोही थिएन। अध्ययन सकिए पछि त्रिपाठीको आफ्नो मूल पार्टी सिपिएमसँग मतभेद सुरु भयो। उनले सिपिएम त्यागेर कांग्रेसमा प्रवेश गरे।

    लेखक : केदार सिटौला

    कांग्रेस प्रवेश गरेको केही घटनापछि नै जेएनयूमा आमसभा राखे। जो केही दिन अगाडिसम्म कम्युनिस्ट पार्टीका समर्थक र कांग्रेसका मुखर बिरोधी थिए। आज कांग्रेसका नेता बनेर भाषण गर्न जेएनयूमा पुगेका थिए। आफ्नो भाषण सकिएपछि जेएनयूका बिधार्थीहरुले त्रिपाठी माथि प्रश्नको वर्षा गरे। दिनको ११ वजे शुरु भएको प्नश्नोत्तर रातिको दुई बजेसम्ममा प्रश्न सोध्नेहरुलाई निरुत्तर बनाएर छोडिदिए। डिपी त्रिपाठीले जेएनयूमा कम्युनिस्ट पार्टीलाई हराउन एउटा अलग बिद्यार्थी संगठन आरएसअफआइ (Revolutionary Students Federation of India ) बनाए। तर उनको अथक प्रयासको बाबजुद पनि उनको संगठनले केवल एक जना मात्र आफ्नो उम्मेद्वारलाई मात्र जिताउन सफल भयो। बाँकि सबै पोस्टमा सिपिएमको प्यानलले नै जित्यो।

    कांग्रेसमा प्रवेश गरेपछि डीपी त्रिपाठी प्रधानमन्त्रि राजीव गान्धीका ‘दरबारी’ बने। उनी राजीव गान्धीको सल्लाहकार र रणनीतिकार थिए। उनी राज्य सभाको सदस्य पनि बने। त्रिपाठीको प्रभाव पीभी नरशिंह रावको पालासम्म कायम नै थियो। तर सोनिया गान्धी नेतृत्वमा आएपछि उनको कांग्रेससँग मतभेद सुरु भयो। डीपी त्रिपाठी कांग्रेस छोडेर शरद पावरको राष्ट्रवादी कांग्रेसमा लागे। र, त्यस पार्टीको महासचिवसम्म बने।

    अहिले डीपी त्रिपाठी जस्तै पृष्ठभूमि भएका अर्का कम्युनिस्ट बिद्यार्थी नेता कन्हैया कुमारको खुब चर्चा भैरहेको छ। भारतीय कम्युनिस्ट पार्टीको बिद्यार्थी संगठन अखिल भारतीय छात्र परिषद (AISF) का तर्फ बाट जेएनयूको बिद्यार्थी युनियनको सभापति बनेका कन्हैया कुमार अहिले कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। कन्हैया कुमार जेएनयूमा बिद्यार्थी राजनीति गर्दा देशद्रोहको आरोपमा जेल परेका थिए। तर जेलबाट छुटेपछि उनले जुन भाषण दिए त्यसले उनलाई चर्चाको शिखरमा पुर्‍याइदियो। आफ्नो अध्ययन सकिएपछि उनको पार्टी सिपिआइले उनलाई उनको गृह जिल्ला बेगुसरायबाट संसद्को टिकट दियो। जहाँ उनी भारतीय जनता पार्टीका उम्मेद्वारसँग पराजित भए।

    अब एउटा प्रश्न खडा हुन सक्छ- कन्हैया कुमारको कांग्रेस पार्टी प्रवेशले भारतको राजनीतिमा के फरक पर्ला ? कन्हैया कुमारको कांग्रेस प्रवेशले जेएनयूमा केही फरक पर्नेवाला छैन। किनकि जेएनयूमा कम्युनिस्ट पार्टीको राजनीतिको आधार बैचारिक धरातलमा उभिएको छ। जेएनयू बामपन्थी राजनीतिको लागि एक्‍वैरियम जस्तै सुरक्षित ठाउँ हो। यहींबाट प्रकास करात र सिताराम येंचुरी जस्ता कम्युनिस्ट नेताहरु हुर्किएका हुन्। एउटा नेताले छोड्दैमा आन्दोलनलाई खास फरक पर्दैन। विगतमा पनि थुप्रै जेएनयू बिद्यार्थी नेताहरु कम्युनिस्ट पार्टी छोडेर कांग्रेसमा गएका छन्। जेएनयूबाट डिपी त्रिपाठी र कन्हैया कुमार बाहेक पनि सिपिआइ, सिपिएम, सिपिआइ एमएलका बिद्यार्थी संगठनका थुप्रै नेताहरु जस्तै शकिल अहमद खान, डा. बत्तिलाल बैरवा, सैयद नासेर हुसेन, सन्दिप सिंह, मोहित पाण्डे कांग्रेसमा प्रवेश गरेका थिए। कन्हैया कुमारले चाहेर पनि जेएनयूमा कम्युनिस्ट बिद्यार्थी संगठनहरुलाई हराउन सक्दैनन्।यस्तो प्रयासमा डीपी त्रिपाठीसमेत असफल भएका थिए।

    त्यस्तै कन्हैया कुमारको राजनीतिक आधार कुनै पनि ठाउँमा छैन। उनको घर भएको ठाउँ बिहार राज्यमा समेत कुनै खास पकड छैन। किनकि कन्हैया कुमार सिधै बिद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका हुन्। उनले कतै पनि फिल्डमा काम गरेका छैनन्। कन्हैया कुमार कांग्रेस पार्टीलाई उपयोगी हुन सक्ने ठाउँ भनेकै आमसभामा भाषण र टिभी च्यानलहरुमा चौबिसै घण्टा चल्ने बादबिबादमा आफ्नो पार्टीको पक्ष राख्नु र बिपक्षीको खोइरो खन्नु मात्रै हुन सक्नेछ। यो काम कन्हैया कुमारले सहजतापूर्वक गर्न सक्छन्। तर यसको पनि एउटा सीमा छ। मोदीको लोकप्रियतालाई कन्हैया कुमारले मात्र काउन्टर गर्न सक्दैनन्।  पुरै भारतीय मिडिया साम्राज्य र सामाजिक संजाल मोदीको मुट्ठीमा छ। मोदीसँग फेक न्युज उत्पादन गर्ने ह्वाट्स एप युनिभर्सिटि नै छ। जसको काउन्टर दिन कांग्रेसले सक्दैन। मोदीलाई चुनौती दिने हो भने कांग्रेसले जनआन्दोलन सुरु गर्नु पर्छ। जसरी अहिले भारतीय किसानहरुले गरिराखेका छन्। तर यसरी जनआन्दोलन गर्न न त कांग्रेसको स्वभावले दिन्छ न त्यसको नीतिले नै। किनकि नवउदारवादको नीति भारतमा कांग्रेसले नै सुरु गरेको हो। मोदीले त त्यसलाई तिव्रतापूर्वक लागु गरेका मात्र हुन्। यो हालतमा मोदी बिरुद्ध आन्दोलनमा कांग्रेस कुन हिसाबले उत्रिने?

    भारतीय राष्ट्रिय कांग्रेस पार्टी यतिबेला संरचनात्मक समस्याले ग्रस्त छ। जसको समाधान कुनै एउटा व्यक्तिको पार्टी प्रवेशले गर्न सक्दैन। कांग्रेस पार्टीमा लामो समय भइसक्यो अहिलेसम्म कुनै स्थायी सभापति छैन। पार्टीको आन्तरिक अवस्था लथालिंग छ। पंजावको स्थिति यो कुरा स्पस्ट गर्न काफी छ। पञ्जावमा कांग्रेस पार्टीले सरकार चलाइरहेको छ। क्याप्टेन अमरेन्द्र सिंहको सरकारले राम्रै काम गरिरहेको थियो। अर्को राज्य चुनावमा पनि कांग्रेसले चुनाव जित्ने सम्भावना प्रवल थियो। तर उनलाई हठात राजिनामा दिन लगाइयो। अहिले क्याप्टेन अमरेन्द्र सिंह बिजेपीमा प्रवेश गर्ने तरखरमा छन्। यदि क्याप्टेन अमरेन्द्र सिंह बिजेपीमा प्रवेश गरे भने अब आउने चुनावमा कांग्रेसले पञ्जावमा जित्न कठिन हुनेछ।

    कांग्रेस पार्टी अस्थायी हारको चरणबाट मात्र गुज्रिरहेको छैन। बरु यो पार्टी स्थायी गिरावटको चरणमा छ। बिजेपीको लागि अब कांग्रेस पार्टी कुनै चुनौती बन्न पनि छोडिसकेको छ। बिजेपीको लागि बरु तृणमूल कांग्रेस, आम आदमी पार्टी, डिएमके, समाजवादी पार्टी जस्ता क्षेत्रीय पार्टीहरु चुनौती बन्न थालेका छन्। कांग्रेसको यो अवस्थालाई कन्हैया कुमार जस्ताको पार्टी प्रवेशले खासै समाधान गर्न सक्दैन। कन्हैया कुमारले कांग्रेस पार्टीमा प्रवेश गरेर एउटा ठुलो फोरम पाउनेवाला छन्। उनी नियमित मिडिया कभरेजमा रहने छन्। सम्भवत राज्य सभाको सदस्य बन्ने छन्। तर उनको अन्तिम परिणति पनि डिपी त्रिपाठीको भन्दा कुनै फरक हुनेवाला छैन। बढीमा कन्हैया कुमार केवल राहुल गान्धीको ‘दरबारिया’ मात्र बन्ने छन्।

    यो पनि पढ्नुहोस् –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केदार सिटौला

      केदार सिटौला

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.