Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

कम्युनिष्ट पार्टीहरू आगामी दिनमा मिलेर जानुपर्छ तर तत्कालै नेकपालाई ब्यूँझाउने कुरा सम्भव छैन। अब कम्युनिष्टहरूको एकीकरणका लागि नयाँ शिराबाट छलफल हुन सक्छ।

डा. सुरेन्द्र मानन्धर डा. सुरेन्द्र मानन्धर
असार १७, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसदीय राजनीतिमा पार्टीहरूको चुनावी नतिजा तलमाथि हुनु स्वभाविक नै हो। तर यो स्थानीय निर्वाचन अबिघ नेकपा एमालेले आफू पहिलो पार्टी हुने दाबी गरेअनुसारको परिणाम आएन। यसका विभिन्न कारण छन्। हुनत एमालेले अघि सारेका एजेण्डाहरूलाई जनताले समीक्षा गर्नुको नतिजा पनि हुनसक्छ यो परिणाम। यसका साथै हामीले यो बीचमा झेलेका विभिन्न प्राविधिक समस्या र पाँचदलीय गठबन्धन पनि यो नतिजाका कारकहरू हुन्।

    एकातिर कम्युनिष्ट पार्टीहरू विघटन हुनु र अर्कोतर्फ सत्तामा रहेका पाँच दलले गठबन्धन बनाएर अघि बढ्दै गरेको यो माहोलका बीचमा पनि एमालेले लोकप्रिय मत पाएको छ भने उ दोस्रो पार्टीको रुपमा स्थापित भयो। अप्ठ्यारो अवस्थाका बीच पनि एमाले पार्टी नै जनताका लागि भरपर्दो र ससक्त पार्टी हो भन्ने कुरा स्थापित भएको छ।

    फरक ढंगले जानुको अर्थ छैन
    कार्यव्यवस्ततालगायत विभिन्न कारणले पार्टीभित्र निर्वाचन परिणामका बारेमा औपचारिक समीक्षा हुन सकेको छैन। यसो भन्दैमा समीक्षा नै नभएको चाहिँ होइन। पार्टीले अनौचारिक समीक्षाका साथै आगामी निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श भने गरिरहेको छ। मलाई लाग्छ, एमालेले औपचारिक रुपमै निर्वाचनको समीक्षा गर्दै थप योजना तथा कार्यभार तय गर्दै अगाडि बढ्ने छ।
    यसअघि एमालेको नेतृत्वमा माओवादी केन्द्रसँग एकता भएर नेकपा बनेको थियो। तर यसलाई जोगाउन नेतृत्व सफल भएन। यो एकतालाई जोगाउन नेताहरू जुनखालको सक्रिय, क्रियाशील र चिन्तित हुनुपर्ने थियो, त्यो अनुसार हुन सकेनन्। त्यसैले हामी चुक्यौँ, शिर्षस्थ नेतृत्व चुके।

    नेकपा विभाजनपछि कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि अथक प्रयासहरू हुनुपथ्र्यो, तर हुन सकेन। त्यसैले फेरि पनि कम्युनिष्ट आन्दोलको एकताबद्ध प्रयास र यो आन्दोलनले प्राप्त गरेका उपलब्धिको रक्षाका लागि देशमा कम्युनिष्टहरूलाई एकै ठाउँमा ल्याउने दायित्व एमालेको हो। यसबाट यो पार्टी पर हट्न सक्दैन। त्यसको लागि हामी प्रयत्नशील छौँ। तर एमाले मात्रै प्रयत्नशील भएर पुग्दैन। देशका सबै कम्युनिष्ट पार्टीहरूले एकताबद्ध कम्युनिष्ट आन्दोलन बनाउनुपर्ने आधारभूत सत्यलाई मनन गर्न आवश्यक छ। र, ठूलो पार्टीको हिसाबले नेकपा एमालेले नेतृत्व गर्नुपर्छ। यो दायित्वबाट एमाले विमूख हुनुहुँदैन।

    सबै कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू कम्युनिष्ट एकताको कुरामा चिन्तनशील छन्। सबै कार्यकर्ता र जनताले पनि कम्युनिष्ट एकता चाहेका छन्। एजेण्डा, विचार र स्कुललिङ एउटै भएका पार्टीहरू फरक–फरक ढंगले जानुको कुनै अर्थ छैन। यसले क्षतिमात्रै व्यहोर्छ। नेपालमा वामपन्थीमाथि जनताको विश्वासलाई अझै मजबुत बनाउने हो भने फेरिपनि सबै वामपन्थी पार्टीहरू एकठाउँमा आएर आफ्नो दायित्व बोकेर अगाडि बढ्नुको विकल्प छैन।

    कमीकमजोरी सच्याऔँ
    नेकपा एमाले सांगठनिक रुपमा मजबूत संस्था भएका हिसाबले नेकपाको विभाजनमा यसको कुनै कमजोरी छैन भन्ने पक्षमा म छैन। तर, अरु नेतृत्वको पनि कमजोरी नभएको होइन। त्यसैले चेतनशील भएर आफ्ना कमीकमजोरीहरूको समीक्षा गर्दै त्यसलाई आगामी दिनमा नदोहोरिने गरी सच्याएर एकताबद्ध कम्युनिष्ट आन्दोलन र जनताको विश्वासलाई जगाइराख्न सक्नुपर्छ। त्यसैले यसको नेतृत्व पनि नेकपा एमालेले नै गर्नुपर्छ।

    नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा संसद विघटनको घट्नामात्रै मात्रै होइन, अरु धेरै कमीकमजोरीहरू पनि भएका छन्। जीवन्त आन्दोलन, जीवन्त पार्टी र जीवन्त समाजमा सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्। कम्युनिष्टहरू एकठाउँमा बसेर विगतमा भएका कमीकमजोरीहरूको समीक्षा गर्ने विन्दुमा वाम राजनीतिक दलहरू आउनुपर्छ। त्यसमा पनि खासगरी एमाले र माओवादी केन्द्र त्यो विन्दुमा उभिनका लागि तयार रहनुपर्छ। त्यसपछि संसद विघटन र पार्टी विभाजनका विषयमा खुलस्त छलफल गर्दै भविष्यमा त्यस्ता गल्ति नदोहोर्याउने गरी एउटा ‘कोड अफ कन्डक्ट’ बनाएर अगाडि बढ्नुपर्छ।

    यसो गरियो भने फेरि पनि नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य निश्चित गर्न सकिन्छ। होइन भने आगामी दिनमा नेपालको राजनीतिमा देखा पर्ने चुनौतीहरूलाई हामी सामना गर्नसक्ने स्थितिमा पनि हुँदैनौँ। अब आगामी संघीय तथा प्रादेशिक चुनावमा एकै ठाउँ भएर अघि बढ्न सकियो भने कम्युनिष्ट आन्दोलनको एउटा सुगम बाटो तय गर्न सक्छौँ। होइन भने हामी खतराको डिलमै पुग्ने कुरा सबैले बुझेका छन्। जसलाई कसैले रोक्न सक्दैन। नेपालको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याउन भूमिका खेलेका नेताहरू फेरि एकपटक एकै ठाउँ एउटा ऐतिहासिक र धरातलीय यथार्थको आधारमा अगाडि बढ्न सक्ने हो भने कम्युनिष्ट पार्टीहरू फेरि नेपालीको भरोसाको केन्द्रको रुपमा स्थापित हुन सक्छन्।

    कम्युनिष्टहरूको दायित्व
    खासगरी सामाजिक न्यायको क्षेत्रमा जनतालाई महशुस हुनेगरी जुन ढंगले योगदान गर्नुपर्ने हो, त्यति गर्न हामी कम्युनिष्ट तथा हाम्रा कम्युनिष्ट पार्टीहरूले चुकिरहेका छौँ। नेकपाले सत्ता सञ्चालन गरेका बेला जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र मानवअधिकारको क्षेत्रमा परिवर्तन ल्याउन सक्नुपथ्र्यो। तर त्यो निश्चित गर्न नसक्दा र विभिन्न राजनीतिक कारणले ठूलो दुर्घटना निम्तियो। त्यसैले कम्युनिष्ट आन्दोलनप्रति जनताको मन एक किसिमले भाँचिएको अवस्था छ। मेरो विचारमा नेकपामा दुर्घटना हुनुका राजनीतिक कारणसँगै जनताको अपेक्षालाई पूरा गर्न नसक्नु पनि अर्को कारण हो।

    हामी नाङ्ले पसल थापेजस्तै स–साना टुक्रे पार्टी खोलेर तिनको अध्यक्ष बन्ने होडमा लाग्यौँ, तर हामी हिँड्नुपर्ने भनेको संविधानले ग्यारेन्टी गरेको समाजवादउन्मुख अर्थव्यवस्थातर्फ हो। र, यतिखेर हामीले नेपालको विद्यमान दलाल पूँजीवादलाई परास्त गर्नुछ। र, सो दायित्व कम्युनिष्ट पार्टीहरूकै हो। यसरी कम्युनिष्टहरू छरिएर रहँदा समाजवाद उन्मुख राजनीतिक व्यवस्था स्थापना गर्ने दायित्व पुरा गर्न सकिँदैन। जहाँसम्म संसद बिघटनको कुरा छ, एउटा संस्था र समाजको एउटा अंगको हैसियतमा कहिलेकाहीँ कमीकमजोरीहरू हुनसक्छन्, तर यो पार्टीले एकचोटी कमजोरी गर्यो भन्दैमा सधैँ त्यसले कमजोरी गर्छ भन्ने ठान्नु हुँदैन।

    चुनावमा गठबन्धन ?
    कम्युनिष्ट पार्टीहरू आगामी दिनमा मिलेर जानुपर्छ तर तत्कालै नेकपालाई ब्यूँझाउने कुरा सम्भव छैन। अब कम्युनिष्टहरूको एकीकरणका लागि नयाँ शिराबाट छलफल हुन सक्छ। त्यसका लागि नेतृत्व नयाँ वा पुरानो भन्ने हुँदैन। नेतृत्वको कुरा गर्दा अचेल पुस्तान्तरणको समेत कुरा आउने गरेको छ तर समय सापेक्ष चल्नसक्ने नेतृत्वलाई उमेरले छेक्दैन। यदि कुनै नेताले समयको मागलाई सम्बोधन गर्न सक्दैन भने उ १९ वर्षको उमेरको भएपनि त्यस्तो नेतृत्वको काम छैन।

    अहिले ‘पुराना नेताले गर्न सकेनन्’ भन्ने खालका नैराश्यता फैलाइएको छ। यही बीचमा भएको स्थानीय चुनाबमा केही मुख्य शहरमा स्वतन्त्र उम्मेद्वारहरूको उत्साहपूर्ण जित पनि देखियो। यसलाई पनि हामीले मसिनो ढंगले विश्लेषण गर्न आवश्यक छ। स्वतन्त्रहरूको यो जितबाट आत्तिएर वा यसबाट डराएर होइन, यसलाई मनैदेखि स्वागत गर्दै मसिनो अध्ययन गर्ने दायित्व पनि नेकपा एमालेको हो। आज घटनाको परिणामलाई आधार मानेर राजनीतिलाई अगाडि बढाउन खोजिन्छ। तर घटनाको परिणामलाई होइन, घटनाको पृष्ठभूमिलाई राजनीतिक, आर्थिक र वैचारिक रुपमा विश्लेषण गरेर मात्रै राजनीतिलाई अगाडि बढाउन सकिन्छ। घटनाको परिणामलाई मात्रै हेरेर स्वतन्त्र उम्मेद्वार आवश्यकता हो भन्न सकिँदैन।

    अहिले देखिएको माहोल घटनाका परिणामलाई आधार मानेर र निराशाका पोका बोकेर नै बनेको हो। यसबाट फेरि सिंगो समाजलाई नै निराश बनाउने खतरा हुन्छ। त्यसैले स्वतन्त्र राजनीति गर्नेहरूलाई मेरो आग्रह छ–राजनीतिमा सामेल भइरहँदा हाम्रो राजनीतिको भूगोल, अर्थराजनीति, राजनीतिक मूल्यका सैद्धान्तिक पक्ष र परिवर्तनका मूल एजेण्डामा प्रष्ट भएर आउनुहोला। त्यसो गर्नसक्दा मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

    र, लोकतन्त्रिक व्यवस्थामा तपाईँ हामीले चाहेको सामाजिक परिवर्तन गर्ने भरपर्दो साधन नै राजनीतिक दल हो। त्यसैले, आफ्नो राजनीतिक विचार मिल्नेहरूसँग त्यही ढंगले सहकार्य र एकताबद्ध हुँदै राजनीतिक दलमै आवद्ध हुन आवश्यक छ।

    एमाले नेता डा. सुरेन्द्र मानन्धरसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।

    भिडियो –

     

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. सुरेन्द्र मानन्धर

      डा. सुरेन्द्र मानन्धर

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.