Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनताले अहिलेसम्म कुनै पनि पार्टीको फुटलाई अनुमोदन गरेका छैनन्

०४७ साल यताका दिनलाई मूल्यांकन गर्दा हामी बामपन्थीहरू सोसल एक्टरको रूपमा बढी र स्टेट एक्टरको रूपमा कम थियौं। तर विस्तारै विस्तारै सत्तामा पुग्न थालिसकेपछि हामी स्टेट एक्टर बढी भयौं र सोसल एक्टर कम हुँदै गयौं।

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज ११, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्लो निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले विभाजित भएपछि नेपालको कम्युनिष्ट आन्दोलनको चरित्र र भविष्यका बारेमा अनेक खालका टिप्पणी गरिँदैछन्। नेपालमा कम्युनिष्ट पार्टीको प्रभाव बलियो र इतिहास लामो भएपनि बेलाबेलाका हुने फुटहरूका कारण कम्युनिष्ट पार्टीले आफ्नो एजेण्डालाई प्रभावकारी ढंगले अगाडि बढाउन र यसको कार्यान्वयन गर्न सकेको छैन। कम्युनिष्ट नेतृत्वको कार्यशैली र सत्ताको लालसाका कारण पनि कम्युनिष्ट पार्टीमाथिको विश्वास गुम्दै गएको अवस्थामा अब कम्युनिष्ट आन्दोलनको भविष्य कस्तो छ र यसलाई कसरी एकिकृत ढंगले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नेपाल रिडर्सका लागि प्रकाश अजातले एमाले नेता डा. तारा जोशीसँग कुराकानी गरेका छन् :

    नेकपा एमाले फुटका लागि को जिम्मेवार छ जस्तो लाग्छ ? कुनै व्यक्ति हो वा सिंगो संगठन नै यो फुटको जिम्मेवार छ?

    पार्टी विभाजनका लागि एउटा, व्यक्ति वा नेतृत्वको भूमिका के थियो भनेर मूल्यांकन गर्नुपर्छ। धेरै घटनाहरू रोक्नसक्ने र धेरै घटनाहरू घटाउन सक्ने स्थानमा हुन्छ नेतृत्व। यसकारण नेतृत्व आफैंमा एउटा कारक बन्छ। त्यसको अलावा हामीले लामो समयदेखि अर्थात् ०४७ सालदेखि नै प्रजातन्त्रको अभ्यास गरिरहेका छौं। त्यसक्रममा पार्टीहरू मूल रुपमा २ प्रकारका भूमिकामा छन्। एउटा सोसल एक्टर र अर्को स्टेट एक्टर।

    सोसल एक्टरको भूमिकामा हुँदा पार्टीले प्रजातन्त्रलाई बलियो बनाउने र पार्टीभित्रको प्रजातान्त्रिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायत अरु अधिकारहरूको कुरा गर्छ। र, स्टेट एक्टरको भूमिकामा रहेका बेला पार्टीले स्वभाविक रुपमा विकास निर्माण र राज्यका नीतिहरू कार्यान्वयन गर्ने काम गर्छ। त्यतिबेला राज्यको स्रोत प्रयोग गरिएको हुन्छ।

    ०४७ साल यताका दिनलाई मूल्यांकन गर्दा हामी बामपन्थीहरू सोसल एक्टरको रूपमा बढी र स्टेट एक्टरको रूपमा कम थियौं। तर विस्तारै विस्तारै सत्तामा पुग्न थालिसकेपछि हामी स्टेट एक्टर बढी भयौं र सोसल एक्टर कम हुँदै गयौं। र, पछाडिका दिनमा झण्डैझण्डै स्टेट एक्टर जस्तो मात्रै देखियौँ हामी। नेकपा एमालेले स्टेट एक्टरको रूपमा काम गर्न थाल्यो।

    स्टेट एक्टर मात्रै हुँदा स्वभाविक रूपमा पार्टीभित्रको प्रजातन्त्र कमजोर हुन जान्छ। नेतृत्वले राज्य र राज्यका स्रोतहरूलाई मात्र हेर्ने गर्छ। नेतृत्व राज्यको स्रोतलाई मात्रै हेर्ने तहमा पुग्दै गर्दा पार्टीको आन्तरिक प्रजातन्त्र कमजोर भइसकेको हुन्छ। पार्टीमा आन्तरिक प्रजातन्त्र कमजोर भएपछि व्यक्तिमा असन्तुष्टि बढ्छ र पार्टीको व्यवस्थापन कमजोर हुन्छ।

    पछिल्ला दिनमा कम्युनिष्ट पार्टीलाई व्युरोक्रेटिक हाइरार्कीमा उभ्याउने प्रयास भयो। यसले त स्वभाविक रुपमा दुर्घटना ल्याउँथ्यो नै। र, यसको दार्शनिक आधार पनि छ। अहिले नेतृत्वले हाम्रो पार्टीको विकास अथवा विकृतिको त्यो चरणलाई नबुझेर जे जे घटना भए, त्यसको जिम्मेवारी नलिई अगाडि बढ्ने सन्दर्भमा एमालेको विभाजन भएको हो। त्यसले जसले जे भनेपनि यो विभाजनमा नेतृत्व प्रमुख कारक हो।

    पार्टी सोसल एक्टरबाट स्टेट एक्टरमा जाने क्रममा स्टेट एक्टर हावी हुँदा पार्टीको प्रजातन्त्र कमजोर भएर यो समस्या भएको हो। यो समस्या हाम्रो पार्टीमा मात्रै होइन, अरु पार्टीमा पनि छन्। तर अरु पार्टीको समस्या नेतृत्वले कसरी समाधान गर्छ भनेर हेर्न बाँकी छ र हेरिदै पनि छ। हाम्रो पार्टीभित्रको समस्यालाई हाम्रो नेतृत्वले समाधान गर्न सकेन।

    कार्यकर्ता पंक्ति र नेतृत्वको संयोजन हो पार्टी। पार्टीको यो स्थिति हुनुमा, पार्टी विभाजनमा कार्यकर्ता पंक्तिको पनि कमजोरी छ नि होइन?

    कार्यकर्ता र नेतृत्वमात्रै पार्टी होइन। कुनैपनि राजनीतिक पार्टीको त्यो भन्दा फराकिलो दायरा हुन्छ। जनताको मानसिकतामा पार्टी एउटा परिचयको रूपमा सिर्जना भएको छ। तपाईं गाउँतिर जानुस्, कतिपय मान्छेलाई पार्टीको नामै थाहा छैन, तर उनीहरूलाई कुन पार्टीको हो भनेर सोध्नुहुन्छ भने उनीहरू पार्टीको चिन्ह बताउँछन्। त्योभन्दा पनि पार्टी एउटा भावनात्मक परिचय पनि भएको छ।

    पछिल्ला दिनमा पार्टीको प्रकृति परिवर्तन हुँदै गएको छ। आज भन्दा १० वर्ष अघिको एमाले र कांग्रेसजस्ता पार्टीमा हेर्नुभयो भने पार्टी आफैँमा एउटा सूचनाको स्रोत थियो। सबैभन्दा ठूलो सूचनाको स्रोत भनेकै पार्टी थियो। पार्टी नेतृत्वले के भन्छ, त्यही सूचनामा नै हामी विश्वास गर्थ्यौं। अथवा जनतालाई पार्टीको कार्यकर्ताले के भन्छ, त्यो नै सूचनाको एउटा विश्वसनीय स्रोत थियो। तर अहिले सूचनाका लागि धेरै स्रोतहरू छन्। बजारमा सूचनाका अरु स्रोतहरू पनि आइसके। त्यसको वैधता र सत्यताको मापन त होला नै। अब त पार्टीभित्रैका जानकारीहरू अरु ठाउँबाट प्राप्त गर्न थालियो। यहाँसम्म कि अहिले धरैजसो सूचना तथा जानकारी पार्टीभित्रबाट भन्दा बाहिरबाट बढी पाउने गर्छौं। यसले गर्दा पार्टीभित्र नयाँ किसिमको जनमत र नयाँ किसिमको जेनेरेसन बन्यो।

    पार्टीमा नयाँ ढंगले सोच्ने पुस्ता पनि जन्मिसक्यो, तर पार्टीको मिसन, पार्टीको स्तर र वैचारिक धरातल भने अहिले पनि उही ठाउँमा छ। यहाँको एउटा पुस्ता र उसले प्राप्त गरेको ज्ञानलाई हामीले व्यवस्थापन गर्न सकेनौं। त्यसकारण पार्टी जनताको ठूलो विश्वासभन्दा टाढा रह्यो। जनताले पार्टीलाई अब पनि भोट देलान्। जनताले जुन चिन्हमा भोट दिँदै आएका थिए, त्यसैमा देलान्। तर जब सूचनाको स्रोत अलग हुन्छ र त्यसको विश्वसनियता कमी आउँछ। र, त्यसले गर्दा पार्टीको वैधानिकतामा पनि समस्या आइरहेको छ।

    वैधानिकता घटेपछि अराजकता आउँछ। यसले गर्दा अस्थिरता देखिन्छ। र, फेरिपनि यसलाई व्यवस्थापन गर्ने एउटा नेतृत्वको भूमिका आवश्यक हुन्छ। तर नेतृत्वले त्यो भूमिका ननिभाएको हुनाले अहिले राजनीतिमा समस्या देखिएको छ।

    पार्टी फुट्दा तपाईं आफैँ पनि एक किसिमको सकसमा पर्नुभयो। पार्टी टुक्रियो, नेतृत्व बाँडियो। अन्ततः यहाँहरू गम्भीर असहमति रहेका पार्टी भित्र नै संघर्ष गर्ने भन्दै पार्टीमा रहनुभयो। पार्टीभित्रै बसेर संघर्ष गर्ने कि विद्रोह गरेर अघि जाने भन्ने कुरामा कत्तिको अन्तरद्धन्द्ध महसुस गर्नुभयो?

    आफ्नो सहभागितामा अघि बढेको आन्दोलनमा समस्या हुँदा आफूलाई पनि समस्या पर्नु स्वभाविक नै हो। पार्टी विभाजन गरेर जानेहरूलाई एक ढंगले अब यो विभाजन गरेको पार्टी नै सही छ भन्ने लाग्न सक्छ। तर म त्यसमा संलग्न थिइनँ। मेरो संलग्नता हुनुपर्ने आवश्यकता पनि थिएन। अब हामीले सिर्जना गरेको आन्दोलनले कसरी निकास पाउँछ र कसरी उपलब्धि दिन्छ भन्ने बारेमा ठूलो चिन्ता थियो। यो चिन्ता मलाई मात्र होइन सबै कार्यर्तामा थियो र अहिले पनि छ।

    एकातिर हिजोदेखि प्रगतिशील एजेण्डा बोकेका साथीहरू ‘एकिकृत’ भए भने भने अर्कोतिर पाटीभित्रै रुपान्तरणको सम्भावना छ भन्ने पंक्ति रह्यो। यी समस्याहरूबारे माथिल्लो नेतृत्वले नबुझिदिएपछि समस्या उत्पन्न भयो। तर फेरि पनि आन्दोलन सिर्जना गरेको र आइडोलोजी बोकेको पंक्तिलाई व्यवहारिक रूपले एकैठाउँमा ल्यान्ड गर्न सक्ने सम्भावना देखुन्जेलसम्म हामी आफैँले सिर्जना गरेको आन्दोलनबाट भाग्नु हुँदैन भन्ने निष्कर्षमा हामी पुग्यौँ अन्तरद्वन्द्व त अवश्य नै भयो।

    नेतृत्वको प्रवृत्ति सह्य नभएर आफूहरूले विद्रोह गरेको पार्टी फुटाएका कमरेडहरूको दावी छ। उहाँहरूलाई तपाई के भन्नुहुन्छ? हिजो नेतृत्वको विरुद्ध आन्दोलनमै लाग्नु भएको तपाईँ के भन्नुहुन्छ?

    धेरै साथीहरूले म माथि समेत प्रश्न उठाए। हिजो प्रजातान्त्रिक अधिकार र देशको संविधान तथा संवैधानिक संस्थाको मर्यादाका लागि बोल्ने र लड्ने कुराबाट आज किन भागेको भनेर पनि साथीहरूले मलाई सोध्लान्। तर विषय यो मात्रै होइन। जहाँ लडाइँ भयो, त्यहीँ सबै कुराको छिनोफानो हुनुपर्छ भन्ने छैन।

    केही उदाहरणहरू लिउँ : अमेरिकाको रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पले पार्टीको छवि कमजोर बनाए। पछि उनकै पार्टीका सिनेटरहरूले उनको विपक्षमा भोट हाले। यसबाट पार्टीमा एउटा व्यक्तिमात्रै प्रधान हुन सक्दैन भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ। एकजना व्यक्तिले पार्टीलाई तत्काललाई क्षति गर्न सक्ला, तर त्यो लामो समय बाँकी रहँदैन। त्यसलाई पूर्ति गर्न सकिदो रहेछ भन्ने उदाहरण हो यो।

    दोस्रो उदाहरणः अफ्रिकन नेसनल कंग्रेसमा विस्तारै–विस्तारै पार्टीको प्रकृति नै परिवर्तन हुँदै गयो। त्यहाँ राइटिस्ट पनि थिए, लेफ्टिस्ट पनि थिए र त्यहाँ सेन्ट्रिस्ट पनि थिए।

    कुनै पनि आन्दोलनलाई हामीले ८/१० जनाको समूह मात्रै भनेर सोच्नु हुँदैन। पार्टी भनेपछि विशाल क्षेत्रभित्र हुने अन्तरक्रिया पनि हो। फेरि आजै राति वा दिउँसो वा २४ घन्टाभित्र केही गर्दैमा निष्कर्षमा पुगिने पनि होइन। यो त लामो अन्तरक्रियाको एउटा रुप हो। एउटै पार्टीभित्र लेफ्टिस्ट, सेन्ट्रिस्ट र राइटिस्टहरू समेत बसेका हुन्छन्। यसभित्र आफ्नो पक्ष र भावना समावेश होला भनेर नै त्यहाँ बसेका हुन्छन्।

    त्यसकारण पार्टीमा थोरै मतविभाजन हुने बित्तिकै छोडेर गइहाल्ने भन्ने कुरा हामी वा अरु कसैका लागि राम्रो होइन। अझ हामीसँग त विगतका अनुभवहरू पनि छन्। यसअघि अरु पार्टी पनि विभाजित भएका छन्, उनीहरूसँग पनि अनुभव छन्। जनताले त्यसरी गएका पार्टीहरूलाई अनुमोदन गरेनन्। जनताले त्यसको औचित्य पुष्टि गर्ने ठाउँ कम देखिएको छ। यसै पार्टीभित्र अलिकति प्रभावकारी ढंगले संघर्ष चलायो भने त्यसले परिणाम ल्याउन सक्छ। त्यो परिणाम आजको भोलि नै देखिन्छ भन्ने छैन। ५ वर्ष, ६ वर्ष वा १० वर्ष नै लाग्न सक्छ।

    सुरुमा नेकपा फुट्यो, त्यसपछि एमाले। यसबीचमा ठूला घटनाहरू पनि भए। तपाईंले एउटै पार्टीभित्र अनेक खालका पन्थीहरू हुनसक्छन् भन्दै गर्दा हामीले सिंगो ‘नेकपा’ कहिले देख्ने? अथवा मूल कम्युनिष्ट आन्दोलन अट्ने ‘नेकपा’को सम्भावना छ कि छैन ?

    तपाईंको यो प्रश्नले मेरा धेरै कुरालाई पुष्टि गर्छ। हामीले हिजो नेकपा बनाउँदा कमरेड प्रचण्ड र केपी ओलीको समान धारणा थिएनन् होला। माधव नेपाल वा अरुको पनि समान धारणा थिएनन् होला। त्यसभित्र पनि भिन्न–भिन्न धारणाका व्यक्तिहरू थिए। फरक–फरक आइडोलोजिकल स्ट्रेन्थ हुने गर्थ्यो। तर हामी भिन्न सोच भएपनि एउटै पार्टीमा बस्न सक्छौं भन्ने पाठ त दिएका थियौं। यसकारण अहिलेको विभाजन पुष्टि गर्नै गाह्रो भइरहेको छ।

    यो विभाजनले कम्युनिष्ट एकता प्रक्रियालाई बाधा पुगेको छ। उतिबेला भएको एकतामा पनि दुई पक्षको राम्रो समझदारी भएको थिएन। यो माओवादीबाट आएको, उ एमालेबाट आएको, उनी केपी ओलीसँग नजिक, तिनी माधव नेपालसँग नजिक भन्नेजस्ता गुटबन्दीगत सोचहरू त्यतिबेला पनि थियो। अझ अहिले वाम पार्टीहरूबीच धेरै ध्रुविकरण भएको छ। कमरेड प्रचण्ड व्यवहारिक रुपले माधव नेपालसँग निकट होलान्। कोही केपीजीसँग निकट होलान्। र, हिजोको तिक्तताको कारणले पनि एकताको सम्भावना तत्कालका लागि कम छ। अहिले नै त्यो सम्भावना देखिँदैन। तर तत्काल नदेखिएपनि कालान्तरमा वामपन्थी पार्टीहरू एकठाउँमा आउनु नै छ। एक ठाउँमा आउँदैनन् भने म कम्युनिष्टको भविष्य देख्दिनँ।

    कम्युनिष्टहरू एकिकृत हुनुपर्छ भनेर पहिलेदेखि नै भनिँदै आएको हो, तर एक हुँदैनन्। कम्युनिष्ट पार्टीहरू किन फुट्छन्? कम्युनिष्टहरू किन एकिकृत हुनुपर्छ?

    कम्युनिष्ट पार्टीहरूमा केही सानातिना मतभिन्नता भएपनि यिनीहरूका केही साझा एजेण्डा छन्। एमाले धारणागत रूपले माओवादीभन्दा थोरै भिन्न होला। तर पनि काहीँ न काहीँ कमन ग्राउन्ड हुन्छ, र त्यसमा कमन एजेन्डा (साझा कार्यक्रम) हुन्छ। त्यसलाई लागु गर्न हामीले काम गर्नुपर्‍यो। त्यही कमन एजेण्डालाई पनि लागु गर्न पनि राजनीतिक बल चाहिन्छ। त्यसका लागि अलग अलग बसेर हुँदैन।

    यो स्टेट मेकानिज्मलाई आफ्नो ढंगले चलाउनका लागि पनि त राजनीतिक बल चाहियो र सो राजनीतिक बल प्राप्त गर्नका लागि कम्युनिष्टहरूको साझा एजेण्डा कार्यान्वयन गर्नुपर्छ। त्यो साझा एजेण्डा लेफ्ट एजेण्डा हुनुपर्छ।

    भनेपछि आउँदा चुनाबहरूमा नराम्रो चुनावी हार व्यहोर्ने र हारी सकेपछि, चेतेरै मात्र बल्ल एकिकृत कम्युनिष्ट पार्टी बनाउने हो?

    चेतेर एकिकृत हुनु दुर्भाग्यको कुरा हो। तर अहिले यसैतिर जानुपरेको अवस्था छ। एउटै भएर आए भने पनि फेरि उही परिणाम ल्याउछन् भन्ने कुरामा मलाई विश्वास छैन। जति यिनीहरु विभाजनमा गइरहेका छन्, अथवा जति यिनीहरू असहिष्णु भइरहेका छन्, त्यति नै कम्युनिष्ट पार्टीको राजनीनीतिक र सामाजिक पूँजी घट्दै गइरहेको छ। पछि एकता हुनेबित्तिकै वा जोडिएर सबै एकैठाउँमा आउने बित्तिकै उही गणितीय परिणाम दिन्छ भन्ने छैन। क्षयीकरण त हुन्छ नै।

    मानौं, केपी ओली र माधव नेपाल अहिले नै मिलेर जनताकहाँ जाने हो भने पनि जनताबाट फेरि पहिलेको जस्तो विश्वास प्राप्त गर्न सकिँदैन। यो विश्वासको क्षयीकरण त नेतृत्वले नै गरिसक्यो। यो चुनावमा परिणाम देखिनेवाला छ। तरपनि यो क्षतिलाई कम भन्दा कम कसरी गर्न सकिन्छ। त्यसका लागि आन्दोलन बचाएर पार्टीलाई पुनः जागृत गर्नुपर्दछ। यो काम संगठनमा मात्रै होइन, विचारमा पनि गर्नुपर्छ।

    नयाँ युवाहरूलाई आकर्षण गर्ने एजेण्डाका आधार तयार गरेर र डेमोक्रेसीको अभ्यास गरेर पनि हामी पुनःजागृत हुन सक्छौं। हामी बढीभन्दा बढी मानिसलाई अकर्षित गर्न सक्छौँ भन्ने विश्वास दिलाउन सकेमात्रै पार्टीलाई पुनः जिवित गर्न सक्छौं। पार्टी फुट्ने र एक हुने मात्रै भन्दा पनि त्यसभित्र हाम्रो वैचारिक बल र एजेण्डा हुनुपर्छ। त्यसपछि कार्यान्वयन गर्ने दृढता हुनुपर्छ। समाजमा हाम्रो विश्वास हुनुपर्छ। त्यसपछि मात्रै पार्टीले पहिलेको जस्तै उपलब्धि प्राप्त गर्न सक्छ। एकताले मात्रै त्यो ठाउँ लिन्छ भन्ने हुँदैन। विश्वसनियता सबैभन्दा ठूलो कुरा हो।

    केही समय अघिसम्म तपाईंले पश्चिम नेपालमा क्षेत्रीय पार्टी खोल्न लागेको हल्ला पनि थियो ? त्यसको वास्तविकता के हो ?

    मैले अरु नेताहरूसँग अब स्थानीय विषयहरूमा ध्यान दिनुपर्छ र स्थानीय विषयलाई उठान गरेर त्यसमा छलफल गर्न सकियो भने पार्टीको भविष्य हुनसक्छ भन्ने कुरा गरेको हुँ। यस्तो कुरा राख्दा अरु साथीहरूले क्षेत्रीय भन्ने बुझे। मैले यो विषय धेरै ठाउँमा उठाएको छु र यसको आवश्यकता पनि छ। किनभने स्थानीय स्तरमा सांस्कृतिक पहिचान, भाषा र लैंगिकताका कुरा होलान् भौगोलिक विकासमा सन्तुलनको कुरा पनि छ। यी सबै कुरालाई सम्बोधन गर्न सक्ने र यिनलाई एउटा सामाजिक न्याय दिनसक्ने आन्दोलन सिर्जना गर्ने पार्टीले नै अब स्पेस पाउँछ भन्दै गर्दा साथीहरूले विभिन्न किसिमले अर्थ लगाए।

    उसै त कम्युनिष्ट पार्टीमा राजा वा देउता जस्तो नेता कल्पना गरिँदैन। तर हाम्रो समाजले कुनै नेहरु, गान्धी, अम्बेडकर, माओ वा मण्डेलाको खोजी गरेको जस्तो देखिन्छ। मदन भण्डारी त्यस्तै व्यक्ति थिए। मनमोहनलाई पनि त्यसैगरी प्रोजेक्ट गरियो। कम्युनिष्ट आन्दोलनको उत्थान गर्नका लागि कुनै एउटा चमत्कारपूर्ण अवतारको जरुरी परेको हो?

    यहाँ कुनै एउटा अवतार आएर सबै सम्हाल्छ भन्ने कुरा हुँदैन। किनभने संगठन आफैंले धेरै कुराको म्यानेज गर्न सक्छ। यद्यपि नेतृत्व भनेको धेरै महत्वपूर्ण कुरा पनि हो। नेतृत्व जिम्मेवार नहुँदाको अवस्था हामीले अहिले भोगेकै छौँ। अतः नेतृत्व महत्वपूर्ण छ। हामी संविधानको अभ्यास कसरी गर्छौ भन्ने कुरा नेतृत्वको भरमा पर्छ। यसैगरी राज्यसत्ता कसरी सञ्चालन गर्छौ र पार्टीको व्यवस्थापन कसरी गर्छौ भन्ने कुरा नेतृत्वमा भर पर्छ।

    हामीले उठाएको नेतृत्वले कुनै स्वार्थ र आफ्ना निहित हितका कारणले जिम्मेवार बहन गर्न सक्दैन भने दुर्घटना हुँदो रहेछ भन्ने कुरा अहिले प्रष्ट भएको छ। त्यसैले नेतृत्व भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ। तर एउटाले मात्रै सबै कुराको चमत्कार गर्छ भन्ने होइन, तर नेतृत्व महत्वपूर्ण हुन्छ।

    अहिले कांग्रेसमा हेर्नुहोस्, त्यहाँ अलिअलि नेतृत्वमा समस्या आउने बित्तिकै पार्टी कमजोर हुँदै गएको छ। कांग्रेसभित्र जतिबेला राम्रो नेतृत्व थियो, त्यतिबेला पार्टीको व्यवस्थापन राम्रो थियो। तर अहिले कांग्रेसभित्र पनि नेतृत्वको कमजोरी छ, नेतृत्वले त्यहाँ व्यवस्थापन गर्न सकेको छैन। आजको राजनीतिको स्पिरिट बुझ्न नसकेर नै यस्तो अवस्था आएको छ ।

    पार्टीभित्र विचारको खडेरी भएका कारण नै असक्षम नेतृत्व जन्मिएकोजस्तो लाग्छ कि लाग्दैन? र, यदि त्यसो हो भने त्यो वैचारिक रिक्तता भर्नका लागि कमसेकम आफ्नो क्षेत्रमा वैचारिक अभियान चलाउनु हुन्छ कि हुन्न?

    यो मेरो लागि एउटा प्रश्न मात्रै होइन, चुनौती पनि हो। मैले सकभर पदमा पुग्ने वा व्यक्तिगत नाफा खोज्नेभन्दा पनि जनतालाई गोलबन्द गर्ने, राजनीति तथा विचारका कुरा सम्झाउने र हरेक घटनाका पछाडि वैचारिक आलोक यस्तो हुन्छ भन्ने कुरा सुझाउने व्यक्तिको रुपमा छवि निर्माण गरेको छु। वास्तवमा विचारले नै हामीलाई निर्देश गर्ने हो। अत: विचार र विचारप्रतिको इमानदारिता हुनुपर्छ।

    विचारले राजनीतिक स्थायीत्व र पार्टीभित्र प्रजातन्त्रको स्थापना तथा स्थायित्वको सिर्जना गर्छ। तर आजको सन्दर्भमा आजका घटनाहरू र हाम्रो विचारलाई प्रभावित गर्ने तत्वहरू के के हुन् भन्ने कुरामा विचार गर्नैैपर्छ। आज विश्व फरक भएको छ र त्यो फरक गर्ने एजेन्ट के हो र त्यसले कसरी फरक गरेको छ भनेर हेर्ने गर्नुपर्छ। त्यसपछि मात्रै हामी हाम्रो पार्टीलाई समृद्ध भएको पार्टी भन्न सक्छौं र त्यसैले आन्दोलनलाई अगाडि लैजान सक्छ। त्यसो हुँदा मैले जानेसम्म र सकेसम्म विचारका अभियानहरू चलाउनुपर्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.