Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट आन्दोलनलाई शुद्धिकरण गर्ने बेला हो यो

राजनीतिक क्षेत्रमा कम्युनिष्ट दलहरूले विश्वसनियता गुमाएका छन्

डा. तारा जोशी डा. तारा जोशी
चैत्र ९, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरूमा पछिल्लो समय चिन्तनकै समस्या देखिएको छ। चिन्तनलाई पनि खासगरी व्यवहारको पद्धतिभित्र लैजाने कुरा महत्वपूर्ण हुन्छ। यसका लागि निष्ठा चाहिन्छ। खासमा चाहिँ हाम्रा नेताहरूले चिन्तनलाई निष्ठाको रुपमा परिणत गर्न सकिरहेका छैनन्। चिन्तनले मात्रै व्यवहार परिवर्तन गर्दैन। व्यवहार परिवर्तन गर्न आदर्श अनुसारको निष्ठा हुनुपर्छ। तर निष्ठा भएन भने व्यवहार र चिन्तनको कुनै तालमेल हुँदैन।

    चिन्तन छ, तर निष्ठा छैन

    अहिले देखिएको समस्याको कारण नै नेताहरूमा चिन्तन भएपनि निष्ठा नहुनु हो। बहुदलीय जनवाद हाम्रो चिन्तन हो, यसले के भन्छ र नेपाली जनता कम्युनिष्ट आन्दोलनको यो कुरालाई समर्थन गर्छ भन्ने कुरामा हाम्रा नेताहरू प्रष्ट छन्। तर यही चिन्तनलाई निष्ठा बनाउन सकिएन। निष्ठा नबनेपछि व्यवहारमा लागु भएन।

    विशेष गरेर अहिले नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निष्ठावान बन्न सकेनन्। यसको परिणाम अहिले हामीले देखिरहेका छौँ। तपाई अहिले केपी ओलीलाई सोध्नुहुन्छ भने बहुदलीय जनवादका बारेमा उनी राम्ररी भन्न सक्छन्। प्रजातन्त्रको विशेषता के हो र हाम्रो समाजमा प्रजातन्त्रको अभ्यास कसरी गर्ने गरिन्छ भन्ने कुरा उनी भन्न सक्छन्। तर त्यसप्रति उनको निष्ठा छैन। निष्ठा नभएपछि उनको चिन्तन कमजोर छ भन्ने त देखिन्छ, तर चिन्तन भन्दापनि निष्ठा कमजोर भएको हो।

    बामपन्थी आन्दोलन र एमाले विषयमा पनि निष्ठा कमजोर भएको देख्छु म। त्यसैले निष्ठा बढी समस्या हो। तपाई निष्ठावान मान्छे हो भने तपाईं विचार निर्माण गर्न सक्नुहुन्छ। निष्ठा नै छैन भने त्यो विचारलाई गलत ढंगले प्रयोग गर्नुहुन्छ।

    यो शुद्धिकरणको मौका हो

    स्वभाविक रुपले कम्युनिष्ट आन्दोलनमा लागेका साथीहरूले जे आशा र अपेक्षाका साथ योगदान गरिरहेका थिए, उनीहरू आपैंmपनि एकखालको निराशामा छन्। र, एउटा ठूलो बृहत मासले पनि कम्युनिष्ट आन्दोलनप्रति एउटा आशा गरिरहेको थियो। त्यसरी आशा गरेअनुसारको परिणाम पाइएन।

    आशा गरेअनुसारको परिणाम प्राप्तिमा मात्रै होइन, धेरै कुरामा निराश बनाइयो। जस्तै नेकपा एमाले र माओवादी एक ठाउँमा आउँदा नेपाली जनताले अब त कमसेकम राजनीतिक स्थिरता हुन्छ, त्यसले काहीँ न काहीँ अडिने ठाउँ दिन्छ र राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउने काम गर्छ भन्ने अपेक्षा गरेका थिए। तर अहिले त्यो अपेक्षामा ठूलो आघात पुगेको छ। यसले भविष्यका लागि पनि राम्रो सन्देश दिएको छैन।

    पछिल्ला घटनाक्रमले गर्दा राजनीतिक क्षेत्रमा कम्युनिष्ट दलहरूले विश्वसनियता गुमाएका छन्। देशमा फेरि कम्युनिष्ट पार्टीलाई जितायो भने यिनीहरूले राजनीतिक स्थिरता दिन सक्दैनन् भन्ने भ्रम उत्पन्न हुनसक्छ। यतिसम्म छलफल गर्न थालिसकेका पनि छन्। त्यसकारण अहिले कम्युनिष्ट राजनीतिमा जुन परिदृश्य देखिएको छ, त्यो निराशाजनक छ।

    निराशाजनक भन्ने बित्तिकै सबै कुरा समाप्त भइसकेको छैन। फेरि पनि त्यसभित्र सम्भावनाहरू छन्। यो एउटा ध्रुवीकरणको प्रक्रिया पनि हो। यो एउटा शुद्धिकरणको प्रक्रिया पनि हो । आशावादी मान्छेहरूले यसरी हेर्नुपर्छ। बीचबीचमा यस्ता घटनाहरू घटिरहन्छन् र यसबाट पाठ सिकेर शुद्धिकरण हुनुपर्छ। शुद्धिकरणको नाउँमा संकुचित हुने चाहिँ होइन। कम्युनिष्ट आन्दोलनलाई अझ सुद्रिढ गराउने सामथ्र्य र नैतिक तागतका साथ अघि बढाउने अवसरहरू पनि छन्।

    रुपान्तरणसहितको सम्झौता गछौँ

    राजनीतिमा पार्टीभित्र र बाहिर संघर्ष गरिरहनुपर्छ। कहिले बाह्य संघर्ष बढी प्रधान हुन्छ र कहिले आन्तरिक संघर्ष बढी प्रधान हुन्छ। अहिले हामी केपी ओलीसँग आन्तरिक संघर्षमा छौँ। तर संघर्षको परिणति सम्झौता मात्रै भएर हुँदैन। त्यो सम्झौताले रुपान्तरण हुन्छ कि हुँदैन भनेर हेर्नुपर्ने हुन्छ।

    यदि रुपान्तणको सम्झौता हुन्छ भने भोलि पार्टी एउटै भएर पनि जानसक्छ। रुपान्तरण भनेको केपी ओलीहरूको रुपान्तरण हो। खासगरी जुन व्यक्तिको प्रवृत्ति, कार्यशैली, सोच र चिन्तनअनुसारको परिणाम देखिएको छ, त्यो व्यक्तिको रुपान्तरणको तहसम्म नआई सम्झौता मात्रै भयो भने कम्युनिष्ट आन्दोलनमा त्यो भन्दा ठूलो घात अर्को केही हुन सक्दैन।

    कुनैबेला त बाह्य सम्झौतालाई प्रधान बनाउनुपर्ला। त्यसका लागि आन्तरिक सहमति आवश्यक पर्छ। आन्तरिक सहमति हुनका लागि अहिले हामी रुपान्तरणसहितको सम्झौता गरेर जानेकुरा एउटा विकल्प हो। तर त्यो सम्झौता जस्ताको तस्तै अवस्थामा गरियो भने त्यसले आन्दोलनमा पनि ठूलो धक्का लाग्छ। अन्तरसंघर्षका हिसाबले वा बाह्य संघर्षका हिसाबले रुपान्तरणसहितको सम्झौता भएन भने हामी आफूले आफूलाई लेफ्ट डेमोक्रेटिक व्यक्तिका रुपमा चिनाउन पनि गाह्रो हन्छ।

    कम्युनिष्ट आन्दोलन र संघर्षले आत्मसमर्पण गर्दैन। अन्ततोगोत्वा या त रुपान्तरणमा जान्छ, रुपान्तरणको अर्थ केपी ओली रुपान्तरित हुनुपर्छ, या त सम्पूर्ण कम्युनिष्ट शक्तिलाई एकजुट गराएर अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले यो आन्दोलन यी दुई विकल्पमा जान्छ।

    चिन्ह नै सफलताको परिचय होइन

    खासगरी नेकपा एमालेको नाम र चुनाव चिन्ह सूर्य एउटा ‘ब्राण्ड’ जस्तै भएको थियो। त्यसैले चुनाव चिन्ह सूर्य आफ्नो पक्षमा पार्ने होडबाजी नै चल्यो। तर स्थिति त्यस्तो होइन। चिन्हकै कारणले केही सजिलो त होला। जस्तैः चुनाव चिन्ह सूर्यमा मत हालेका मतदातालाई अब फेरि पनि सूर्यमै मत हाल्ने भन्न सजिलो होला। तर अहिले पनि मान्छेको चेतना त्यही स्तरको छैन। यो त प्राविधिक कुरा मात्रै हो।

    चिन्ह आफैंमा एउटा सफलताको परिचय होइन। नाम मात्रै पनि सफलताको परिचय होइन। आधाभूत कुरा भनेको राजनीति नै हो। आफूले भनेकै चिन्ह नपाउँदा पहिलो चुनावमा अलि घाटा होला, तर अर्को चुनावमा अवश्य सफलता हात लाग्छ।
    आधारभूत कुरा भनेको विचारधारा र त्यसप्रतिको प्रतिबद्धता नै हो। सुरु सुरुमा समस्या होला तर यसले विस्तारै गति लिन्छ। चिन्हका लागि अथवा यो प्राविधिक कुराका लागि मात्रै अहिलेको झगडा होइन र हुनुपर्छ जस्तो मलाई लाग्दैन।

    निष्ठा भएका र नभएकाहरूको ध्रुवीकरण

    संविधानमा नभएको व्यवस्थामा टेकेर संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोधमा हरेक बौद्धिक व्यक्ति बोलेको छ। केपी ओलीलाई हिजो सहयोग गरेका मान्छे पनि बोलेका छन्। यसले काहीँ न काहीँ प्रजातन्त्रप्रतिको निष्ठा बोलेको हो। त्यसकारण ओली व्यक्तिकाविरुद्ध होइन उनको कदमका विरुद्ध निष्ठाका हिसाबले प्रायः सबै क्षेत्रका व्यक्ति एकठाउँमा आएका छन्। नागरिक समाज, पत्रकार र कानुनविद्हरू कसैले पनि उनको कदमलाई ठिक भनेका छैनन्। यो दृश्य हेर्दा अहिले निष्ठावान र निष्ठा कम भएका मान्छेको एउटा ध्रुविकरण जस्तो देखिन्छ।

    समाजमा भएको प्रतिगमन नै प्रधानमन्त्री ओलीबाट प्रकट भएको भन्ने कुरा धेरै हदसम्म सही हो। ओलीको आफ्नै जानकारी, सिद्धान्त र विचार भन्दापनि उनको विचारमा परिवर्तन भएको हो। जुनसुकै लेफ्टिस्ट पनि देशमा प्रजातान्त्रिक राजनीतिको सुरुवात हुन खोज्दा आफू होमिन्छ। तर उनी त्यसको विरुद्ध लागे। अथवा, इतिहासले एउटा गति लिन खोजिरहेको थियो, ओली इतिहासलाई जिस्क्याइरहेका थिए। यो उनको प्रवृत्ति बारम्बार देखिइरहेको छ। ंर, संविधानमाथिको आक्रमण भयो। यसरी उनको प्रवृत्ति झाँगिदै गएर अहिलेको परिणाम आएको छ। यो उनको सोच होइन कि यो प्रवृत्तिको विकास हो।

    युवा नेतृत्वलाई प्रोत्साहित गरौँ

    पार्टीको पुरानो पुस्ताको नेतृत्व र दोस्रो पुस्ताको नेतृत्वमा अहिले धेरै भिन्नता आइसकेको छ। सोचमा धेरै भिन्नता आइसकेको छ। जस्तैः माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई कसरी हेर्छन् भने उनले मधेशमा कसरी आन्दोलन गरेका थिए, कस्ता मान्छेलाई सँगै ल्याएका थिए, त्यतिबेला कस्तो वर्ग दुश्मन थियो, त्यसैलाई आधार बनाएर हेरेका हुन्छन् । तर अहिले धेरै परिवर्तन भएको छ।

    अहिले हाम्रा दृष्टिकोणमा परिवर्तन भएका छन्। अहिले सूचना प्रविधिका कारण हामी धेरै किसिमको सूचनाहरू पाइरहेका हुन्छौँ। र, अहिलेको समाज, अहिलेको अर्थशास्त्र, अहिलेको विश्वव्यापीकरण, अहिलेको सूचनाप्रविधि र अहिलेको विचार निर्माणको शैलीको अध्ययन पुरानो पुस्ताले नगरेको देखियो। त्यसैले यी दुई पुस्ताबीच भिन्नता छ। त्यसैले अब पुरानो पुस्ताले नयाँ पुस्तालाई पनि अघि सार्नुपर्छ।

    एमालेको नवौँ महाधिवेशनबाट पारित विधानमै ७० वर्ष उमेर पुगेकाहरू कार्यकारी भूमिकामा नरहने व्यवस्था छ। तर त्यो व्यवस्था विधानमै उल्लेख गर्ने कुरामा म त्यति सहमत छैन। किनभने विधानमै त्यो व्यवस्था हुँदा कुनैपनि व्यक्ति ७० वर्षको उमेरपछि असक्षम हुन्छ भन्ने सन्देश जान्छ। तर सबै केसमा त्यस्तो हुँदैन।

    कसमसेकम आफू पार्टीको नेतृत्व गर्न सक्षम छु कि छैन भन्ने कुरा भने हामीले पनि मूल्यांकन गर्नुपर्छ। कार्यकर्ता पंक्तिले पनि नेताहरूले पार्टीमा राम्रो नेतृत्व दिन सकिरहेका छन् कि छैनन् भनेर मूल्यांकन गरिरहनुपर्छ। तर, यो विषयमा वैधानिक व्यवस्था गर्ने कुरामा चाहिँ म सहमत छैन। किनभने ७० वर्षका व्यक्ति पनि धेरै सक्षम छन्। ७० वर्षको व्यक्तिले चाहेमा ३५ वर्षका व्यक्तिको मनोविज्ञान राम्रो अध्ययन गर्न सक्छ। तर हामीसँग चाहने प्रवृत्ति छैन।

    हामी एउटा मनस्थितिमा हिँडिरहेका हुन्छौँ। १० वर्षपछि के हुन्छ भन्ने कुरामा हामी धेरै ध्यान दिदैनौँ। तर कोही भने ध्यान दिन्छन् । ध्यान दिने व्यक्तिहरू १० वर्ष वा २० वर्षपछि के हुन्छ भन्ने कुराको विश्लेषण गर्न सक्छन्। वृद्ध भइसकेकोले पनि गर्न सक्छन्। त्यसो हुनाले बन्देज चाहिँ लगाउनु हुँदैन। युवाहरुले हामी गर्छौँ भन्दा प्रोत्साहित पनि गर्नुपर्छ।

    भिडियो–

    (नेपाल रिडर्सले नेता जोशीसँग गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. तारा जोशी

      डा. तारा जोशी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.