Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » चीनको आर्थिक कायापलट कसरी भयो?

चीनको आर्थिक कायापलट कसरी भयो?

चीनले आज अमेरिकाको २५ ट्रिलियन डलर जीडीपीलाई चुनौति दिइरहेको छ। जसरी रुस र अमेरिकाले तेल, ग्याँस जस्ता प्राकृतिक संशाधनलाई आफ्नो अर्थव्यवस्थाको आधार बनाए चीनका लागि भने यो सम्भव थिएन। कम संशाधनका बावजूद पनि कसरी आज चीन दोस्रो ठूलो अर्थतन्त्र भएको बनेको छ?

नेपाल रिडर्स by नेपाल रिडर्स
May 4, 2023
in अर्थ, विमर्शका लागि, सामयिक
A A
3.3k
VIEWS
Share on FacebookShare on Twitter

विश्व बैंकका अनुसार सन् १९९० मा भारत र चीनको जीडीपी झण्डै उस्तै थियो। तर आज चीनको जीडीपी बढेर १८ ट्रिलियन डलर पुगेको छ। जबकि भारतकाे जीडीपी ३ ट्रिलियन डलर मात्रै छ। चीनले आज अमेरिकाको २५ ट्रिलियन डलर जीडीपीलाई चुनौति दिइरहेको छ। जसरी रुस र अमेरिकाले तेल, ग्याँस जस्ता प्राकृतिक संशाधनलाई आफ्नो अर्थव्यवस्थाको आधार बनाए चीनका लागि भने यो सम्भव थिएन। कम संशाधनका बावजूद आज चीन कसरी दोस्रो ठूलो अर्थतन्त्र बनेको छ?

इतिहासः
चीनियाँ क्रान्तिका नेता माओ जेदोङको आर्थिक नीतिले ठूलो असफलता व्यहोर्नुपर्‍यो। सन् १९५८ मा उनको ‘ग्रेट लिप फरवार्ड’ नीति अन्तरगत चीनको सबै जमिनलाई सरकारको नियन्त्रणमा लिइयो र मजदुर तथा किसानलाई बलपूर्वक काम लगाइयो। अपूरो सिंचाई परियोजना, कमजोर संरचना, कृषि प्रविधिमा खराब योजनाबद्ध प्रयोगहरूले गर्दा यो नीति असफल भयो। जसले गर्दा चीनमा भोकमरी बढ्यो र लाखौं मानिसको मृत्यु भयो।

स्टिलको उत्पादन मार्फत उद्योगहरूको विकासका लागि ‘ग्रेट लिप फरवार्ड’ अन्तरगत चीनले ‘व्याकयार्ड फर्नेसेज’ बनायो। यो भनेको विकेन्द्रीकरण तहमा छोटो युनिट थियो। तर कमजोर प्रविधि र प्राविधिक विशेषज्ञको अभावमा यो पनि असफल भयो। चीनमा लार्ज स्टिल प्लान्टबाट नै राम्रो गुणस्तीय स्टील उत्पादन भइरहेको थियो।

चीनियाँ अर्थतन्त्रको विनाश, अनिकाल र गरिबीले चीनियाँ कम्युनिष्ट पार्टीभित्र विद्रोही समूहहरू जन्मिन थाले। यिनलाई दबाउनका लागि माओले सन् १९६६ मा सांस्कृतिक क्रान्ति सुरु गरे। जसमा कयौं नेताहरूलाई मारियो। सन् १९७६ मा माओको मृत्यु भएपछि शक्तिमा आए, देङ सिआओपिङ। उनी आफैं पनि सांस्कृतिक क्रान्तिका पीडित थिए। शक्तिमा आएपछि उनले माओका नीतिहरूलाई उल्टाइदिए। उनले सन् १९९० सम्म व्यापक सुधार गरे।

जनशक्ति नै मेरुदण्ड
देङले गरेको सुधारले मात्रै चीनियाँ उन्नतिलाई प्रतिनिधित्व गर्न सक्दैन। यस्तो सुधार त विश्वका कयौं देशमा भएका छन्। सन् १९७८ ताका चीनमा भएको ९५ करोड जनसंख्या नै चीनियाँ अर्थतन्त्रलाई सञ्चालन गर्ने शक्ति बन्यो। जसलाई देङले प्रयोग गर्न थाले।

चीनमा ठूलो जनशक्ति त थियो, तर त्यो जनशक्तिसँग सीप थिएन। माओको सांस्कृतिक क्रान्तिका समयमा कयौं विद्यालय तथा विश्वविद्यालयहरूको विनाश गरियो। खासगरी गाउँ क्षेत्रमा कृषि मजदुरहरूलाई शिक्षित हुन रोकियो। यसकारण चीनको जनशक्तिमा सीपको विकास हुन पाएन।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

June 7, 2023
एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

May 26, 2023
ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

May 18, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023

देशको ठूलो श्रमशक्तिलाई राम्रोसँग बुझेका देङ सिआओपिङले माओको यो नीतिलाई उल्टाइदिए। जनशक्तिको बलपूर्वक प्रयोग अर्थतन्त्रका लागि दिगो हुँदैन भन्नेमा पनि सिआओपिङ सजग थिए। बिना उत्प्रेरणा मानिसहरूलाई काम लगाउनु महंगो र मुस्किल काम थियो। सिआओपिङ सत्तामा आएपछि माओको ‘ग्रेट लिप फरवार्ड’ अन्तरगत राज्यको नियन्त्रणमा लिइएका जमिनहरू किसानलाई नै फिर्ता दिइयो र निजी खेतीलाई बढवा दिइयो। राज्यको नियन्त्रणमा हुँदा कृषिका सबै आम्दानी राज्यलाई जान्थ्यो र मजदुरलाई आधारभूत तलव दिइन्थ्यो।

तर देङले ल्याएको नीति अनुसार किसानले सरकारलाई कर तिरेर आफ्नो उत्पादनलाई आफैं बजारमा बेच्न सक्थे। यो नीति सफल भयो र अनिकालबाट गुज्रिएको चीनले अब बिस्तारै अतिरिक्त खाद्य उत्पादन गर्न थाल्यो। कृषिमा भएको यो सुधारले मानिसलाई गरिबीबाट माथि उठायो। बढ्दो आम्दानीले किसानलाई नगदे बाली जस्तैः उखु, कपास आदिमा लगानी गर्न प्रेरित गर्‍यो। यसमा कपास सबैभन्दा व्यापक थियो, याे नै चीनियाँ टेक्सटाइल क्रान्तिको आधार बन्यो।

निजी स्वामित्वलाई प्रोत्साहन
कृषिमा आएको परिवर्तनपछि यसमा भएकाे अतिरिक्त श्रमलाई बिस्तारै उद्योगहरूमा स्थान्तरित गर्नु थियो। जस्तैः कम सीप भएका श्रमिकलाई आधारभूत आवश्यकताका उद्योगहरूमा पठाइयो। यसका लागि देङले ‘टाउनसिप एण्ड भिलेज इन्टरप्राइजेज (टीभीइज) को प्रवर्ध्दन गरे। जसबाट खेलौनाहरू, फर्निचर, फर्टिलाइजर, कृषि सामग्री आदि उत्पादन गरिन्थ्यो। सन् १९९० को दशकमा टीभीइज टेक्स्टाइल उद्याेगका साथै चीनियाँ अर्थतन्त्रको आधार बन्यो।

टीभीइज चीनमा आर्थिक सुधारको एउटा हिस्सा थियो। यो माओको पालामा ‘कम्युन एण्ड ब्रिगेड इन्टरप्राइजेज’ काे नाममा लागु गरिएको थियो, जुन सरकार मातहत थियो। तर यो टप – डाउन पोलिसी भएकाले यसले स्थानीय समस्यालाई सम्बोधन गर्न सकेन नै, ठूलो मात्रामा भ्रष्टाचारलाई बढवा पनि दियो। र, मानिसमा काम गर्ने तत्परता भएन।

त्यसैले देङले यसमा निजी स्वामित्वलाई प्रवर्ध्दन गरे। र, टप-डाउनको सट्टा बटम–अप अप्रोचको प्रयोग गरे। स्थानीय समस्या र आवश्यकताको हिसाबले काम होस् भन्ने उद्देश्यले यसको जिम्मा स्थानीय सरकारलाई दिइयो। वलोङगङ विश्वविद्यालयको रिसर्चअनुसार यस अन्तरगतका साना उद्यमहरूले सन् १९८५ मा १३ प्रतिशत जीडीपीमा योगदान गरेका थिए, सन् १९९० मा यसको योगदान ३० प्रतिशत पुग्यो। साथै यिनले १० करोड भन्दा बढी ग्रामिण रोजगार पनि सिर्जना गरे।

कृषिमा व्यवसायीकरणले नगदे बालीलाई प्रोत्साहन गर्‍यो। र, चीन सन् १९९० मा कपासको सबैभन्दा ठूलो उत्पादक बन्यो। यसले टेक्स्टाइल उद्योगमा व्यापक रुपमा वृद्धि हुन थाल्यो। यसमा पनि निजी लगानीलाई प्रोत्साहन गरिएको थियो र कृषिको अतिरिक्त श्रमलाई टेक्स्टाइल उद्योगहरूमा पठाइयाे। स्थानीय रुपमा उत्पादन भएका सस्तो कपास र सस्तो श्रमले चीनियाँ टेक्स्टाइललाई व्यापक रुपमा फैलाइदियो। जसको नतिजा स्वरुप सन् १९९३ मा टेक्स्टाइलको ग्रोथ रेट ९५ प्रतिशत थियो। त्यससँगै सस्तो टेक्स्टाइलको निर्यात पनि सुरु भयो। खुला अर्थतन्त्रका कारण चीन विश्व अर्थतन्त्रमा मिल्न पुग्यो। चीनले यो स्तरको आर्थिक उपलब्धि हासिल गर्नुमा चीनको श्रमशक्तिको सबैभन्दा महत्वपूर्ण भूमिका छ।

श्रमिकको सीप विकास
१९८० को दशकमा भएको विकासबाट प्राप्त आम्दानीको प्रयोग गरेर देङले आक्रामक रुपमा सीप विकास तथा शिक्षामा लगानी गरे। राजश्वको ७० प्रतिशत लागत सीप विकास तथा शिक्षामा खर्च गरियो। शिक्षामा सुधार अन्तरगत सबैभन्दा पहिले ‘९ बर्षे अनिवार्य शिक्षा’ लाई लागु गरियो, जसमा व्यवहारिक शिक्षा पनि पर्दछ। विशेष सीपका लागि प्राविधिक तथा व्यवहारिक शिक्षा तालिम (टीभीइटी) प्रणाली लागु गरियो, यो प्रणाली पूरै चीनमा फैलिएको छ। यसैगरी विभिन्न कम्पनीहरूले पनि कलेजमा ’ट्रेनिङ रुम’ मार्फत विद्यार्थीलाई इन्टर्नसिप अफर गर्थे। यी लगायत सबैको पहलमा सन् १९९० मा प्राथमिक शिक्षा सर्वत्र भयो र १९७८ मा १.६५ लाख रहेको स्नातक तह अध्ययन गर्नेको संख्या १९९० को दशकमा आइपुग्दा ९.५ लाख पुग्यो।

विद्युतीय सामग्रीका उत्पादन
१९९० को दशकको सुरुवाती सालमा पूर्वी एसियाली देशका कम्पनीहरू जस्तैः जापानको सोनी, प्यानासोनिक, साउथ कोरियाको एल जी र सामसंगका उत्पादनहरू (टिभी, फ्रिज र रेडियो) को माग विश्वभर बढ्न थाल्यो। तर, ती कम्पनीहरूसँग श्रमशक्ति र भूमिको अभाव थियो। यसबाट चीनले ठूलो फाइदा उठायो र यी कम्पनीलाई आफ्नो देशमा प्लान्ट्स् सेट अप गर्नका लागि भन्यो। किनभने चीनसँग सस्तो श्रम र असीमित भूमि थियो। यो नै चीनको गतिशील आर्थिक विकासको मुख्य कडी बन्यो।

टेक्स्टाइलको निर्यात सफल भएपछि चीनले सस्तो र सिपयुक्त श्रमको प्रयोगबाट नै विश्वको फ्याक्ट्री बन्न सकिन्छ भन्ने कुरा बुझिसकेको थियो। जापानी र कोरियाली कम्पनीहरूले चीनमा प्लान्ट्स् सेट अप गर्न थालेपछि यिनका प्रविधिहरूबाट चीनले मनग्गे फाइदा लियो। स्थानीय श्रमशक्ति र उद्यमहरूले यी कम्पनीको प्रविधि प्रयोग गरेर आफ्नै उद्योगहरु स्थापना गरे र सस्तो विद्युतीय सामग्रीहरू जस्तैः टेलिफोन, भीसीआर, क्यासेट, टीभी आदि बनाउन सुरु गरे। यसै रणनीतिबाट चीनले विशेष आर्थिक क्षेत्रहरूको विकास गर्‍यो। आपूर्ति श्रृंखला मजबूद बनाउन र बाहिरका लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले खास आर्थिक क्षेत्रहरुका लागि महत्वपूर्ण पूर्वाधार बनाइयो। यसमा तीव्र गतिमा गुड्ने रेल, इलेक्ट्रिसिटी ग्रिड्स् आदि पर्छन्।

सेन्जेनः चीनको सिलिकन भ्याली
सन् १९८० को दशकमा चीनकाे पहिलो इकोनोमिक जोन थियो, सेन्जेन। यो गुवाङडोङ प्रान्तमा छ। यस क्षेत्रमा आज ६० हजार भन्दा बढी फ्याक्ट्री छन्। यस प्रान्तले चीनको निर्यातमा ३० प्रतिशत योगदान गर्छ, त्यसैले यो चीनको उद्योग बनेको छ। गुवाङडोङ इलोक्ट्रिकल र प्रविधिको हब भएकाले यसलाई चीनियाँ सिलिकन भ्याली पनि भनिन्छ। सेन्जेन सन् १९९० को दशक र २००० मा सबैभन्दा छिटो वृद्धि गर्ने शहरहरूको सूचिमा थियो।

ताइवानी कम्पनी फक्सकनले सन् १९८८ मा सेन्जेनमा पहिलो म्यानुफ्याक्चरिङ प्लान्ट बनाएको थियो। आज चीनमा यस कम्पनीको १२ भन्दा बढी फ्याक्ट्रीहरू छन्। यस्तै यहाँ साउथ कोरियासँग जोडिएको सामसंगले सन् १९९२ मा म्यानुफ्याक्चरिङ प्लान्ट्स् स्थापना गर्‍यो र पछि प्यानासोनिक, एलजी लगायतका कम्पनीहरु पनि यहाँ आए। यो महत्वपूर्ण र तीव्र वृद्धिले चीन खासगरी दुई वटा कुरामा स्पष्ट हुँदै गएको थियो। पहिलो, उसले विद्युतीय सामाग्री उत्पादनमा नै  भविष्य देखेकाे थियाे। दोस्रो, उसलाई टेक्स्टाइलमा मानव स्राेत खेर गइरहेको महशुस भएकाे थियाे। त्यसैले चीनले टेक्स्टाइल उद्योगलाई साउथ इस्टर्न एसियन देशहरू (जस्तैः बंगलादेश र भियतनाम) मा सार्न सुरु गरिदियो।

प्रविधिकाे  कपिक्याट
१९९० को दशकमा अमेरिकामा कम्युटर र इन्टरनेटको बुम भयो। जसमा एचपी, डेल, एप्पल जस्ता कम्पनी थिए। यी कम्पनीलाई पनि आफ्नो हार्डवेयर सामग्री उत्पादनका लागि सस्तो श्रमिक चाहिएको थियो। नयाँ फ्याक्ट्रीहरू महंगा भएकाले म्यानुफ्याक्चरिङ आउटसोर्सिङको जन्म भयो, म्यानुफ्याक्चरिङ आउटसोर्सिङ अर्थात् अर्को कुनै देशमा उत्पादनको सम्झौता। यी कम्पनीहरूका लागि चीनले सस्तोमा उपकरणहरू बनाइदिने भयो। साथमा पूर्वी एसियन कम्पनीहरूले चीनमा गरेको लगानीले उसको अर्थतन्त्रलाई अझै बलियो बनाइसकेको थियो। अब चीन राम्रो बार्गेनिङ गर्ने अवस्थामा थियो। र, चीनले सर्तसहितको विदेशी लगानी ‘कन्डिसनल फरेन इन्भेस्टमेन्ट’को अवधारणा ल्यायो।

यस अन्तर्गत चीनले विदेशी कम्पनीलाई स्थानीय कम्पनीसँग मिलेर प्रविधि हस्तानान्तरण गर्न भन्यो। यसको माध्यमबाट साना चीनियाँ कम्पनी र विदेशी प्लान्ट्समा ठूला कम्पनीका कम्पोनेन्टहरु उत्पादन हुन थाल्यो। उदाहरणका लागि चीनमा फक्स्कनको माध्यमबाट एप्पलले आफ्नो आइफोनको उत्पादन गर्छ। अरु कम्पनीहरू जस्तैः एचपी, कम्प्याक, डेल का कम्युटर र ल्यापटपका उत्पादन र जोडजाड पनि चीनमा हुन थाल्यो। साथमा स्थानीय कम्पनीहरूले पनि तीव्र गतिमा यी कम्पनीबाट सिकेर यसलाई सस्तो रेटमा नक्कल गर्न सुरु गरे। साना कम्पनीको यस नेटवर्कलाई सान्झाई भनिन्छ। जसबाट कपिक्याट संस्कृतिको जन्म भयो। यसको माध्यमबाट चीनले सस्तोमा आधारभूत सामग्रीहरूको ठूलो मात्रामा उत्पादन गर्यो र यी तेस्रो विश्वका देशहरूमा पठाउन थाल्यो। यसको सबैभन्दा महत्वपूर्ण उदाहरण होः सस्तो चीनियाँ स्मार्ट फोन र ल्यापटप। खासगरी २००० को दशकमा तेस्रो विश्वमा यी सामानको माग अत्यधिक हुन थाल्यो। तर यिनको गुणस्तरलाई लिएर धेरै सवालहरू पनि उठ्न थाले। पछि चीनियाँ कम्पनीले यसरी निर्यातबाट कमाएर पुनः लगानी गरेर गुणस्तर पनि बढाउन थाल्यो। यही कारणले आज लेनोभो र स्याओमी (Xiaomi) जस्ता कम्पनी ग्लोबल ब्रान्ड बनेर उदाइरहेका छन्। चीनियाँ स्मार्ट फोन ब्रान्डहरुकाे उदयका कारण सामसङले १९९२ मा चीनमा बनाएको प्लान्ट्स २०१९ मा बन्द गर्‍यो।

समयसँगै परिवर्तन
समय समयमा परिवर्तन भइरहने प्रविधिसँगै चीनियाँ आर्थिक नीतिकाे पनि विकास  भइरह्यो। यसैकारण जब अमेरिकामा गुगल, फेसबुक, माइक्रोसफ्ट लगायतका प्रविधिमा आधारित सेवा उद्योगले छलाङ्ग मारे, यता चीनले पनि यसको फाइदा उठायो। यसमा उसको सीपमूलक दक्ष जनशक्तिको प्रमुख भूमिका थियो। चीनले यो जनशक्तिलाई परिवर्तित प्रविधि अनुसारको सीप तालिम दिइरहेको थियो।

यस परिवर्तनका कारण चीनको जीडीपीमा सेवामूलक उद्योगको भूमिका १९७५ मा २५ प्रतिशत रहेकोमा २०१९ मा आइपुग्दा ५४ प्रतिशत पुग्यो। यसको प्रमुख भूमिका आइटी नेतृत्वको प्रविधिमुलक सेवा उद्योगको रह्यो। यसका लागि जोङ्जुआचन टेक्नोलोजी पार्कको सबैभन्दा महत्वपूर्ण भूमिका छ, जहाँ गुगल, इन्टेल, एएमडी, आइभीएम, माइ स्पेस जस्ता विश्व प्रसिद्ध कम्पनीहरूका हेडक्वार्टर्स र रिसर्च सेन्टरहरू छन्। माइक्रोसफ्टले यहाँ २८० मिलियन डलरको रिचर्स हेटक्वार्टर बनाएको छ। यसमार्फत सेवा उद्योगमा पनि म्यानुफ्याक्चरिंङका जस्ता कपीक्याट कल्चर देख्न सकिन्छ। यसको एउटा उदाहरण होः अलि बाबा इ कमर्स कम्पनी। यसले एमेजन जस्ता कम्पनीका इलिमेन्ट्स‍लाई लियाे। अर्को उदाहरण हेरौं – टेनसेन्टको मोवाइल मेसेन्जर एप विच्याट को, जुन विस्तारै एउटा ग्लोबल सुपर एप बन्यो। ज्ञाताहरू यसमा वाट्स एप, फेसबुक, इन्स्टाग्राम , स्काइप, ऊवर आदिको आइडिया कपी गरिएको बताउँछन्।

यसका साथै चीनियाँ सर्च इन्जिन बाइडू लाई पनि गुगलको कपिक्याट भनिन्छ। २०१० मा जब गुगलले चनियाँ बजारलाई बन्द गर्‍यो, तब बाइडू ले चीनमा एकाधिकार जमायो। बाइडूको नेटवर्क आज विश्वका ८० भन्दा बढी देशमा फैलिएको छ। नयाँ टेक्नोलोजी जस्तैः एआई र फाइभ जी लाई पनि चीनले तीव्र गतिमा अपनाइरहेको छ भने उ यसमा सचेत पनि छ। जस्तैः चीन फाइभ जी मा प्रयोग हुने सेलुसर नेटवर्क उपकरणको प्रमुख उत्पादक स्रोत हो। जसमा हुवावे र जेटटीई जस्ता कम्पनीहरू छन्।

तर स्विडेन र अमेरिकाले भने यी कम्पनीका उपकरणहरूले चीनियाँ कम्युनिष्ट पार्टीलाई निगरानीमा सहयोग गर्न सक्ने भन्दै प्रतिबन्ध लगाएका छन्। एआई लाई लिएर कतिपय प्रजातान्त्रिक देशहरूमा नैतिक चासोहरू बढिरहेका छन्। त्यसमाथि चीनले यसको अनुसन्धान र विकासमा ठूलो लगानी बढिरहेको बेला यो चासो झनै बढेको छ। चीनले २०१२ मा एक्लै १६० बिलियन डलर अनुसन्धान र खोजमा लगानी गर्‍यो, जुन विश्वमा दोस्रो ठूलो लगानी हो।

२००८ को वित्तिय संकट
१९९० देखि २०१० चीनको तीव्र गतिमा विकास भयो। तर २००८ को वित्तिय संकट, वृद्ध जनसंख्या, बढ्दो तलब र पश्चिमा देशहरूको चाइनिज प्रिडेटरी पोलिसीले चीनियाँ अर्थतन्त्रलाई धेरै असर गर्‍यो। यसपछि चीनियाँ राष्ट्रपति सि जिनपिङले ‘गो ग्लोबल’ नीतिलाई आक्रामक रुपमा अपनाए र चीनियाँ कम्पनीहरूलाई विदेशी क्षेत्रमा लगानी गर्न भने। यसमा बेल्ट एण्ड रोड इनिसिएटिभ सबैभन्दा महत्वपूर्ण परियोजना हो। जसको माध्यमबाट चीनियाँ लगानी आज एसिया, युरोप र अफ्रिकामा फैलिएको छ।

यो उत्साहजनक वृद्धिको पछाडि केही अध्याँरो पाटो पनि समय समयमा देखिने गर्छ। उदाहरणका लागि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा बलपूर्वक श्रमको प्रयोगका रिपोर्टहरू प्रकाशित गर्ने गर्छन्। अन्तर्राष्ट्रिय नियम अनुसार लेवर अडिटिङले आर्थिक वृद्धिका क्रममा मानिसहरूको श्रमको शोषण गर्न नहुने निश्चित गर्छ। यस्तै अरु थुप्रै रिपोर्टहरू छन् जसले चीनमा मानिसलाई बलपूर्वक श्रममा लगाइने गरेको देखाउँछन्। हुन त चीनमा संवैधानिक रुपमै बलपूर्वक श्रमको प्रयोग प्रतिबन्धित छ र चीनले यो केही क्षेत्रको समस्या भएकाले यसलाई कम गर्ने कोशिस गरिरहेको बताउने गर्छ।

(स्टडी आईक्यू आइएएसमा प्रकाशित आदर्श गुप्ताको भिडियोको सहयोगमा)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

by डा‍. अरुणा उप्रेती
June 7, 2023

पश्चिममा काम गरेको झण्डै २५ वर्षको मेरो अनुभवका क्रममा त्यहाँ तुलनात्मक परिवर्तनहरू भएको पाएको छु। तर, हामीले गर्नसक्ने अझै धेरै...

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

by म्यानुएल म्युनिज र समिर सरन
May 26, 2023

भविष्यमा इतिहासकारले २०२३ को मार्च महिनालाई आर्टिफिसियल इन्टेलिजेन्सको युग खास रुपमा सुरु भएको क्षणको रुपमा लिन सक्छन्। दुई हप्ताको अन्तरालमा...

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

by nepal_readers
May 18, 2023

ग्याँसलाइटिङ शब्द प्याट्रिक ह्यामिल्टनले सन् १९३८ मा लेखेको नाटकबाट आएको हो। सन् १९४४ मा यसमाथि फिल्म पनि बनेको थियो। यो...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

by सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित
May 15, 2023

‘हिमाल अर्थात् ‘संसारको छानो’, यो सुन्ने बित्तिकै हामी सबै चम्किलो, सेतो, निश्चल, कतै टाढाको र अर्को छुट्टै संसारको कल्पना गर्छौं।...

सामाजिक सञ्जालमा महिलामाथिको बुलिङ

सामाजिक सञ्जालमा महिलामाथिको बुलिङ

by नेपाल रिडर्स
May 8, 2023

महिलाको फरक उपस्थिति र फरक अभिव्यक्तिलाई स्वीकार गर्न नसक्ने समाजको प्रवृत्तिको छायाँ सामाजिक सञ्जालमा पनि देख्ने गरिन्छ। साइबर बुलिङको निशानामा...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist