Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नारीवाद केवल महिलासँग सम्बन्धित विचार होइन

पुरुषलाई महिनावारी हुन्थ्यो भने समाजका लागि यो शानदार र महानताको प्रतिकमा रुपमा लिइन्थ्यो भन्ने उनको तर्क छ। तर महिलाहरूलाई भने महिनावारीकै कारण कमजोर सम्झिने गरिन्छ र उनका लागि यो लज्जाको विषय बनाइन्छ।

प्रीति प्रीति
भदौ १८, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जब हामी समाजलाई नारीवादको आँखाबाट हेर्छौं, हामी यसलाई माइक्रोसफ्ट वर्डको ‘रिवील फर्मेमेटिग’ फन्क्शनको रुपमा देख्छौँ। यसरी हेर्दा हामीलाई समाजमा जुन कुरा ‘ठिकठाक’ र ‘पूर्ण’ छ जस्तो लागिरहेको थियो, त्यसमूनि कति गाँठो र जटिलताहरू छन् भनेर देख्न सकिन्छ।

    प्रसिद्ध नारीवादी निवेदिता मेननको किताब ‘सिइङ लाइक अ फेमिनिस्ट’ को हिन्दी अनुवाद ‘नारीवादी निगाह से’ नाममा हालै प्रकाशित भएको छ। किताबमा हाम्रो समाजको वास्तविक व्यवस्था, लैंगिक अवधारणाहरू र व्यवहारिक प्रयोगका विरोधाभासहरूलाई अति सरल तरिकाले बुझाइएको छ।

    हिन्दी भाषा बुझ्ने कुनैपनि नारीवादी पाठकका लागि यो अनुवाद महत्वपूर्ण छ। यस पुस्तकमा नारीवाद र यससँग जोडिएका तमाम पूर्वाग्रहरूलाई हटाउँदै वास्तविक जीवनसँग जोडेर हेर्न आग्रह गरिएको छ।

    नारीवादी बन्ने प्रक्रिया
    नारीवादी नजरबाट हेर्नु र ज्यूनु नै नारीवादी बन्ने प्रक्रिया हो। यस पुस्तकले निश्चित मुद्दा र बहसका माध्यमबाट हामीलाई समाजमा जे चलिरहेको छ त्यो स्वभाविक नभएको बताउँछ। समाजमा जकडिएर बसेको व्यवहार र भूमिकाहरू मानवनिर्मित हुन्। कलात्मक लेखाईबाट नारीवादको तमाम मुद्दा, कानुन, आन्दोलन र सामाजिक राजनीतिक गतिविधिहरूको अन्तरविरोधलाई निकै सरलताका साथ बुझाइनु यस पुस्तकको विशेषता हो।

    लेखक निवेदिता मेनन् लेख्छिन्, ‘यस पुस्तकमा मैले आफूले देखेको नारीवादी कृत्य र राजनीतिलाई जोड दिएको छु। यसका साथै नारीवादको विश्वव्यापी बहसहरू र अनुभवका साथ गहिरो संवाद पनि पुस्तकमा समावेश गरेको छु।’

    महिलासँग मात्रै सम्बन्धित विचार होइन
    यो पुस्तकको शुरुवातमा निवेदिता मेननले नारीवाद जस्ता सार्वभौमिक र सैद्धान्तिक विमर्शको महत्वलाई दर्शाउँदै नारीवाद केवल महिलासँग सम्बन्धित विचार मात्रै नभएकोमा जोड दिन्छिन्। नारीवादको चासो महिला र पुरुषसँग मात्रै छैन। पितृसत्ताका अनेक आयामलाई तोड्दै यसको जगमा टिकेको सामाजिक संरचनालाई परिवर्तन गर्नु नारीवाद भएको उनको बुझाई छ।

    मेननका अनुसार यस पुस्तकको शीर्षक तयार गर्नमा उनी जेम्स स्कटको कृति ‘सिइंग लाइक अ स्टेट’ बाट प्रेरित भएकी हुन्। राज्यको भूमिकालाई रेखांकित गर्दै सामाजिक ढाँचा र यसको जटिलतालाई उल्लेख गर्दै उनी लेख्छिन् ‘राज्यले हेर्ने ‘नजर’ मा एउटा विशाल सत्ताको भाव झल्किन्छ, किनकि जब यसले कुनै ‘पहिचान’ लाई देखिरहेको हुन्छ उसलाई यो नै ‘वास्तविक’ लाग्छ र यसैको समान्तर एक सामाजिक व्यवस्था पनि निर्माण भएको हुन्छ।’

    यसको ठिक उल्टो, जब कोही नारीवादीले आफ्नो इच्छाले नै चुनौतीलाई रोज्छ, उसको यो निर्णयले यस प्रकारको सत्ता भित्रभित्रै ढलिसकेको संकेत गर्छ। एउटा सच्चा नारीवादीले एउटा स्थापित दायरलाई छिन्न भिन्न गरिदिन्छ र समरुपीकरणको प्रतिरोध गर्ने अरु सम्भावनाहरूलाई अन्त्य गर्नका लागि नयाँ ढोका खोलिदिन्छ।

    पितृसत्तात्मक समाज
    यस पुस्तकले लिंगको आधारमा मात्रै समाजमा दर्जा नछुट्याइएको कुरामा जोड दिन्छ। आजको समयमा धेरै समुदाय आफ्नो पहिचानको विषयलाई लिएर संघर्षशील छ। यदि हामी यस्ता सीमान्तकृत समुदायबाट सत्ताको बनावटलाई हेर्छौं भने यहाँ जाति र वर्गको राजनीतिक सत्तापनि सामेल छ।

    सामाजको विविधता, गरीबी, असमानता र धेरै प्रकारका असमानताले यस विषयमा अहम भूमिका निभाउँछ। अन्ततः समाजलाई हेर्ने कुनै एउटा स्पष्ट तस्विर निस्किदैन, बरु यसमा कुनै जटिलता रहनेछन् जुन एक दोस्रोमा विरोधाभास छन्।

    गम्भीर अध्ययन
    नारीवादी नजरबाट हेर्नु भनेको समाजका ती जटिलतालाई खोल्नु हो जुन मुद्दालाई हामी कम महत्वपूर्ण मान्छौँ, तर यसले गहिरो प्रभाव पारेको हुन्छ। नारीवादले लिंग मात्रै नभएर प्रमुख मुद्दाहरू जाति, वर्ग र अन्य धेरै असमानताहरुको विश्लेषण पनि गर्छ।

    निवेदिता मेनन स्त्रीवादी चिन्तक, प्राज्ञिक लेखन र विमर्शका लागि महत्वपूर्ण नाम हो। नारीवाद र यसको कार्यनीतिलाई बुझ्नका लागि सहज भाषामा धेरै कम किताब छन्, जुन गम्भिर अध्ययन र मुद्दाको माध्यमबाट पितृसत्तात्मक समाजको जटिलताहरूलाई परिभाषित गर्छ।

    ट्रान्सजेन्डर
    किताबमा एउटा समावेशी दृष्टि अपनाउँदै महिला र पुरुषलाई हेर्ने नजरको जटिलतालाई मात्रै स्पष्ट गरिएको छैन। यसले पहिलोपटक ट्रान्सजेन्डर, विकलांग, क्वीयर समुदायको अधिकार र समानताको कुरालाई राखेको छ। यसका लागि सांस्कृतिक–सामाजिक, राजनीतिक परिवर्तन र कानुनी प्रक्रियालाई बुझ्न जोड दिइएको छ।

    यसकारण निवेदिताले पुस्तकमा नारीवादी हुनुको मतलव विभिन्न पहिचानको दर्जा उसको वर्चस्ववादी या अधीनस्थ हुने समय र स्थानले मात्रै निर्धारण गर्दैन, बरु यसमा लैंगिकता निर्माणको प्रक्रियाका बारेमा पनि सचेत र जानकार हुनुपर्ने कुरा सुझाएकी छिन्।

    प्रायजसो भरिभराउ विषयसूची भएको पुस्तकलाई महत्वपूर्ण मान्ने गरिन्छ। तर यस पुस्तकले मेरो यो पूर्वाग्रहलाई तोडिदिएको छ। यस पुस्तकले कुनैपनि सैद्धान्तिक बहसलाई सरल भाषामा कुशलताका साथ राख्न सकिन्छ भन्ने कुरा प्रष्ट पारेको छ। यस पुस्तकले नारीवाद र यससँग जोडिएको व्यवहारिक मुद्दामाथि सिलसिलेवार तरिकाले प्रस्तुत गरेको छ।

    परिवार
    नारीवादी चिन्तकहरूले पितृसत्ताको महत्वपूर्ण एकाईः परिवारका विषयमा धेरै लेखेका छन्। यस पुस्तकमा पनि ‘पितृसत्तात्मक विषमलिंगी परिवार’ को अवधारणलाई समेटिएको छ। समाजमा विषमलिंगी र पितृसत्तामा आधारित परिवारलाई शाश्वत मान्ने गरिन्छ। परिवारभित्र कुनै एउटा सदस्य स्वतन्त्र रहँदैन। पुस्तकमा मेनन लेख्छिन्, ‘यदि परिवारमा एउटा नागरिकको मौलिक अधिकार लागु गरिदियौं भने र परिवारका हरेक एक सदस्यलाई एक स्वतन्त्र र समान नागरिकको रुपमा हेर्ने हो भने परिवार नामको संस्था नै रहँदैन।’

    उनका अुनसार परिवार लिंग र उमेरको एउटा यस्तो मर्यादाक्रममा टिकेको छ, जहाँ उमेर भन्दा लैंगिकतालाई बढी महत्व दिइन्छ। अर्थात्, एउटा परिवारभित्र एउटा वयस्क पुरुष कुनैपनि उमेरको महिलाभन्दा माथिल्लो स्थानमा हुन्छ।

    प्रेम विवाह
    सामान्यतः परिवारले प्रेम सम्बन्धलाई नियन्त्रणमा राखेको हुन्छ। राज्यले परिवार संस्थामा हस्तक्षेप गर्दैन। जसका कारण परिवारभित्र एउटा सामान्य मानिसको मौलिक र संवैधानिक अधिकार स्वतः नै निष्क्रिय हुने गर्छ। जसले परिवारको यो दायरालाई स्वीकार गर्दैन, उ अन्ततः ‘अनरकिलिंग’ को शिकार बन्न पुग्छ।

    ‘नागरिकता’ पनि परिवारको दायरा भित्र नै निर्माण भएको हुन्छ। त्यसैले प्रेम विवाह अन्ततः परम्परागत विवाहमा बदलिन्छ। त्यसपछि प्रेम विवाह र सांस्कृतिक विवाहमा कुनै अन्तर रहँदैन।

    श्रमको यौनिक विभाजन
    पुस्तकमा समाजमा विद्यमान श्रमको यौनिक विभाजनको जटिलतालाई पनि राम्रोसँग खोतलिएको छ। जसले यो जटिलतालाई अस्वभाविक भनेको छ। बरु श्रमको यौनिक विभाजनका लागि केही निश्चित वैचारिक पूर्व धारणाहरू जिम्मेवार रहेको उल्लेख गरिएको छ। अहिले पनि उही कामका लागि महिला कामदारलाई पुरुषको भन्दा कम तलब दिने गरिएको छ।

    यस्तै महिलाले नै गर्नुपर्ने भनेर तोकिएका काम, विशेषगरी घरेलु कामलाई पेशागत हिसाबले लिइन्छ भने यसमा पुरुषकै एकाधिकार हुने गर्छ। श्रमको यस प्रकारको यौनिक विभाजन परिवारले मात्रै गरेको छैन, राज्यको अर्थव्यवस्थाको संरक्षणमा पनि यही पुरातन सोचले भरिएको भूमिकालाई महत्व दिइन्छ।

    अक्सफार्मको ताजा रिपोर्टका अनुसार महिलामाथि हुने हिंसा र बिना पारिश्रमिकको घरेलु काम एकआपसमा जोडिएका छन्। तर यदि घरेलु कामका लागि महिललाई पारिश्रमिक उपलब्ध गराइयो भने यसले लैंगिक हिंसालाई झनै बढवा दिने खतरा हुन्छ। त्यसैले मेननले पनि महिलालाई घरेलु श्रमका लागि तलब दिने कुरालाई स्वीकार गरेकी छैनन्।

    उनका अनुसार यदि यसो गरियो भने श्रमको यौनिक विभाजनमा दोहोरो निजीकरण हुन्छ। अर्थात् तलब दिनेवाला वा श्रीमान मालिक र तलब लिनेवाला वा महिला दास हुने प्रक्रिया सुरु हुन्छ भन्ने उनको तर्क छ।

    पैतृक सम्पत्ति
    महिलाको आत्मनिर्भरताको सवाल आज पनि धराशायी अवस्थामा छ। पैतृक सम्पत्तिमा महिलाको अधिकारलाई अझै पनि सहज रुपमा लिइँदैन। अझैपनि परिवारले महिलाको विवाहका लागि खर्च जुटाउनुलाई नै उनको उत्थानका लागि गरिएको सर्वोपरि कदमका रुपमा लिन्छ। पुस्तकले मुद्दालाई गहिरिएर अवलोकन गरेको छ।

    बदलिँदो समयमा पनि आज लगभग सबै समुदायहरूमा दाइजो लिने र दिने परम्परा छ। यस संस्कारले एउटा निश्चित जाति वा धर्मको विवाह संस्कारलाई अन्य समुदायमा पनि लादिएको प्रमाणित गर्छ। छोरी वा महिलालाई ‘पाल्नुपर्छ’ भन्ने मान्यतामा पनि यो दाइजोप्रथा टिकेको छ। महिलामा आर्थिक आत्मनिर्भरताा नहुनु नै आजको समयसम्म दाइजो प्रथा रहिरहनुको प्रमुख कारण हो।

    यौनिकता र लिंग
    यौनिकता र लैंगिकता नारीवादीहरूको प्रमुख मुद्दा हो। समाजमा महिला र पुरुषका लागि अलग अलग भूमिका र जिम्मेवारीलाई तोकिएको छ। र, हरेक दिन महिला र पुरुषलाई लिंग अनुसारको भूमिका निर्वाह गर्न चेतावनी दिने गरिन्छ। समाज र कानुनले महिला र पुरुषलाई बराबरी भनेपनि यहाँ हरेक कर्तव्य, व्यवहार, चलचलन र शारीरिक स्वरुपहरू महिला र पुरुषका लागि अलग अलग गरेर विभाजित गरिएको छ। जसले गर्दा महिला मात्रै होइन, पुरुषपनि यस पितृसत्तात्मक सोचको दबाबमा पर्छन्। तर यो कुरा बिर्सिइन्छ कि कुनैपनि महिला वा पुरुष सबैभन्दा पहिले एउटा मानिस हो।

    निवेदता आफ्नो पुस्तकमा महिला ‘महिला’ जस्तै र पुरुष ‘पुरुष’ जस्तै हुनका लागि कुनै अपरिवर्तनीय आधार नरहेको उल्लेख गर्छिन्। आधुनिक शोधहरू र महिला – पुरुषलाई एक आपसमा ‘फरक’ प्रमाणित गर्न खोजिएका शोधहरूलाई उदृत गर्दै मेनन महिला र पुरुषका शरीरलाई बिल्कुल फरक मान्न अस्वीकार गर्छिन्। उनी लेख्छिन्, ‘यदि हामी सबैलाई परीक्षण गर्‍यौं भने हामी कुनै पनि ढाँचामा आउँदैनौं–न महिला, न पुरुष।’

    ‘यदि पुरुषलाई पनि महिनावारी हुन्छ भने …!’
    अमेरिकी नारीवादी ग्लोरिया स्टिनेमको एउटा व्यंगात्मक लेख छ –‘यदि पुरुषहरूलाई पनि महिनावारी हुन्छ भने।’ यसै लेखलाई उदृत गर्दै मेननले यदि पुरुषलाई महिनावारी हुन्थ्यो भने मासिक धर्म कसरी एउटा ईष्यायोग्य र गौरव गर्न लायक बनाइन्छ भनेर लेखेकी छिन्। पुरुषलाई महिनावारी हुन्थ्यो भने समाजका लागि यो शानदार र महानताको प्रतिकमा रुपमा लिइन्थ्यो भन्ने उनको तर्क छ। तर महिलाहरूलाई भने महिनावारीकै कारण कमजोर सम्झिने गरिन्छ र उनका लागि यो लज्जाको विषय बनाइन्छ।

    – साहित्य हिन्दीबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रीति

      प्रीति

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.