Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

एलेण्ड आयरल्याण्ड एलेण्ड आयरल्याण्ड
भदौ १८, २०७६
- इतिहास, यो हप्ता, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एलेण्ड आयरल्याण्ड । मार्कोपोलोको बाबु निकोलो पोलो र उनका काका माफियो पोलो भेनिसका व्यापारी थिए। सन् १२५० तिर तिनीहरू सबै कन्सान्टीनोपोल जाने व्यापारिक जहाजमा चढे। आफ्नो व्यापारिक माल तह लगाई सकेपछि उनीहरूले पश्चिमी तारतारको यात्रा गर्ने निर्णय गरे, जहाँ त्यस बेलामा महंगा रत्नहरू तथा गहनाहरूको ठूलो माग थियो। तिनीहरूले सन् १२५४ तिर कन्स्टान्टिनोपोल छाडे र एउटा लामो यात्रापछि पश्चिमी तारतारको प्रमुख बरखको दरबारमा हाजिर भए । बरखका दरबारमा एक वर्ष बिताएपछि, उनीहरूले कन्स्टान्टीनोपोल तिरको फिर्ती यात्रा शुरु गरे, तर पूर्वी तारतारको प्रमुख हुलागूसँग बरखको लडाइँँ शुरु भएका कारणले फर्कने चल्तीको बाटो बन्द भएको थियो। त्यसो भएपछि उनीहरूले घुमाउरो बाटो समाए र उनीहरू बुखारा शहर पुगे। त्यहाँ उनीहरूले चीनका बादशाह कुबलाइ खानको दरबारमा हुलागूका राजदुतका रुपमा जान लागेको तारतार निवासी एकजना भारदारलाई भेटे। तिनले निकोलोपोलोहरूलाई युरोप फिर्नुको साटो कुबलाइ खानलाई भेट्न जान सहमत गराए, र कुबलाइ खानको कृपा उनीहरूलाई रहने आश्वासन पनि उनीहरूले पाए।

    त्यो यात्रा एक बर्ष लामो रह्यो र दरबारमा हाजिर भएपछि उनीहरूलाई चिनियाँ सम्राटले राम्रो स्वागत सत्कार गरे। चीनियाँ सम्राटले युरोपका मामलामा सोधखोज गरिसकेपछि, उनीहरूलाई पोप कहाँ चीनियाँ राजदूतका रुपमा इटली पठाउने निधो गरे। तिनीहरू अप्रिल १२६९ मा एकरे पुगे। उनीहरूले त्यहाँ पुगेपछि पाएको पहिलो समाचार नै पोप क्लिमेन्ट चतुर्थको मृत्यु भएको सुने। त्यसपछि पोपका प्रतिनिधिको सल्लाहको मान्दै, आफूलाई रोममा प्रतिनिधिका रुपमा प्रस्तुत हुनका निम्ति, नयाँ पोपको निर्वाचनसम्म पर्खने निधो गरे ।

    त्यसपछि तिनीहरू भेनिस तिर लागे। त्यहाँ नै निकोलोले अर्को समाचार सुने। उनीहरू कन्सान्टीनोपोलबाट यात्रा शुरु गरेको केही समयपछि सन् १२५४ उनकी श्रीमती एउटा बच्चा जन्माएर बितिसकिछन्। र त्यो बच्चा, अहिले १६ वर्षको भइसकेछ भन्ने कुरा थाहा पाए। उनको छोरो मार्को नै पछि प्रसिद्ध यात्री बन्यो।

    अर्कातिर, नयाँ पोपको चुनाव धेरै लम्बियो। दुई वर्ष पर्खिसकेपछि, पोलोहरूले आफ्नो काम पूरा नगरीकनै चीन फर्कने निधो गरे। तिनीहरूले आकरे हुँदै आफ्नो यात्रा शुरु गरे। तर, उनीहरूको जहाज किनाराबाट देखिन नछाड्दै आकरेका पोपका प्रतिनिधिले आफैलाई पोपका रुपमा निर्वाचित गराएको कुरा थाहा भयो। भेनिसका यी पोलोहरूलाई फिर्ता बोलाइयो र पोपका राजकीय पत्रहरू दिइयो। सन् १२७१ मा यी तीन पोलोहरू– निकोलो, माफियो र मार्कोले चीनतिरको लामो पैदल यात्रा शुरु गरे।

    कुबलाइ खानको दरबारमा उनीहरूको आगमनको राम्रो स्वागत सत्कार भयो। सम्राटले मार्कोलाई मन पराएर उनको नीजि आवासमा नियुक्त गरे। उनी बिस्तारै बिस्तारै त्यहाँको सुविधा सम्पन्न उच्च ओहदामा पुगे र एकपटक त याङ्चाउ शहरको राज्यपाल समेत भए। कुबलाइ खानको सेवामा रहँदै पूर्वी एसियाको व्यापक भ्रमण गरे। उनले चीनका उत्तरी प्रान्तहरू लगायत युनान, बर्मा, कोचीन, चीन र भारतको भ्रमण गरे। उनी अन्त्यमा युरोप फर्के र उनले आफ्नो ‘यात्रा’ वृत्तान्त लेखे, त्यो एउटा दन्त्यकथा जस्तै छ।

    चीनमा १७ वर्ष बिताइसकेपछि मार्कोसँगै चीनमा रहेका उनका बाबु र काकाहरू सबै नै आफ्नो राष्ट्र फर्कन छट्पटाउन थालेका थिए। उनीहरूले युरोप फर्कने अनुमतिका निम्ति कुबलाइ खानलाई विन्ति बिसाए। तर कुबलाइ खान उनीहरूलाई घर फर्कने अनुमति बाहेक सबै कुरा दिन तयार थियो; र स्थिति यस रुपमा विकसित हुन थाल्यो कि यी भेनिसवासीहरूलाई अपरिचित भूमिमा मर्न अभिशप्त रहेको भान हुन थाल्यो। यही समयमा कुबलाइ खानको पनाती नाता पर्ने तथा पर्सियाको राजकुमार अर्घुंको राजदूत त्यहाँ आइपुगे। उक्त राजदूतले अर्घुंकी श्रीमतीको मृत्युको खबर सुनायो र मर्ने बेलामा उनको ठाउँ चीनियाँ दरबारको कुनै राजकुमारीले लेओस् भन्ने निवेदन गरेको सन्देश दियो। उक्त राजदूतको उद्देश्य चीनियाँ राजकुमारी प्राप्त गर्नु थियो। “त्यो निवेदनलाई सकारात्मक रुपमा लिइयो” भन्दै मार्को पोलो थप्छन् – “र महाराजधिराजको निर्देशन बमोजिम कोगाटिन नाम गरेकी एउटी सत्र वर्षकी पठ्ठी, साह्रै सुन्दरी तथा सुसंस्कृतलाई देखाउँदा पर्सियाका राजदूतहरू अत्यन्त प्रसन्न भए।”

    राजकुमारी पाए पछि, ती राजदूतहरू फिर्ती यात्राका लागि निस्के; तर धेरै महिनाको पैदल यात्रापछि उनीहरूले त्यस राज्यमा आन्तरिक गडबडिका कारणले बाटो अबरुद्ध भएकाले राजधानी फिर्न बाध्य भए। सो बेला इष्ट–इण्डिजको यात्रा भर्खरै सिध्याएर मार्कोपोलो फिरेका थिए। र, ती राजदूतहरुले मार्कोसँग परामर्श गरेपछि समुद्री बाटोबाट पर्सिया फर्किने निर्णय गरे। त्यस यात्राका लागि कुबलाइ खानले मजबुत र दुई वर्षसम्म टिक्ने चौधवटा ठूलठूला जहाजहरूको वेडा तयार गर्न लगाए। जब हिड्ने बेला आयो, राजदूतहरूले पोलोहरूलाई उनीहरूको साथ जाने अनुमतिका निमित्त आग्रह गरे। त्यस्तो आग्रह गर्दा राजदूतहरूले पोलोहरूको समुन्द्रसम्बन्धी वृहत् ज्ञान र ती राजकुमारीको सुरक्षाको सुनिश्चित हुने कारण पेश गरे। कुबलाइ खाँले अन्त्यमा गएर उनीहरूका आग्रह स्वीकार गरे। ती राजकुमारी, ती राजदूतहरू एवं पोलोहरूले सन् १२९२ को शुरुमा फु–किएन प्रान्तको चीन चिउ बन्दरगाहबाट समुद्री यात्रा प्रारम्भ गरे।

    यो साहसिक यात्रा पर्सियन खाडीको ओरमुजमा आइपुगेपछि, यी हाम्रा यात्रीहरूलाई कुबलाइ खानको मृत्यु भएको समाचार सुनाइयो, जुन सन् १२९४ मा भएको थियो। त्यस्तै जसकी श्रीमती बनाउन भनेर ती राजकुमारीलाई ल्याइएको थियो, ती अर्घूंकोपनि मृत्यु भइसकेको थियो। त्यत्तिबेला उनीहरूले मुलुकभित्र अराजक स्थिति भएको पाए। तर केही समयपछि अर्घुंका छोरा घजनले आफ्नो आधिपत्य स्थापित गरे, राजाको उत्तराधिकार हात पारे, र उनले नै बाबुले सौतेनी आमा बनाउन ल्याएकी राम्री तथा सुसंस्कृत कोगाटिनसँग विवाह गरे।

    पोलोहरूले आफ्नो यात्रा पुनः शुरु गरे र धेरै दुःख, कष्ट उठाउँदै सन् १२९५ मा भेनिस पुगे। तर भेनिसमा उनीहरू मरिसकेको कथा फैलिएर पनि सेलाई सकेको थियो। जब उनीहरूले आफ्नो घरमा गएर आफूलाई चिनाए, उनीहरूले आफ्ना घरहरू टाढाका नातेदारले कब्जा जमाएको पाए। ती नातेदारहरूले उनीहरूलाई चिन्न अस्वीकार गरे। बल्लबल्ल अन्तिममा उनीहरू आफ्नो परिचय स्थापित गर्न सक्षम भए। तिनीहरुले  कुबलाइ खानसँग चीन फर्कने कबूल गरेका थिए, तापनि उनको मृत्यु भइसकेकाले तिनीहरु फर्कन चाहेनन्। तीन वर्षसम्म उनीहरूले आफू जन्मिएको शहरमा शान्तपूर्ण जीवन व्यतित गरे। तर, सन् १२९८ मा भेनिस र जेनोआ बीचमा लडाइँ शुरु भयो  यस लडाइँमा मार्को पोलो भेनिसका एड्मिरल आन्द्रेया डान्डोलोको मातहतको लडाकू समुद्री जहाजहरूमध्ये एकका सर्वोच्च सेनानायक बनाइए। उनीलाई ६ सेप्टेम्बर सन् १२९८ मा कुरजोलामा भएको समुद्री युद्धमा युद्धबन्दी बनाई जेनोआ लगियो। त्यस शहरको जेलमा रहँदा उनको परिचय जेनोआ निवासी एक लेखक रुस्टी चेलो (उनलाई रुष्टी सिआनो, रुष्टीचेला, रुष्टिघिएलो समेत लेखिन्छ) सँग भयो। तिनै लेखकले मार्कोपोलोसँगको बारम्बारको सम्वाद र भेनिसबाट ल्याइएको यात्रीहरूका टिपोटहरूको सहयोगले, मार्कोपोलोका यात्रा (The Travels of Marcopolo) लेखे।

    युरोपमा प्रकाशित पुस्तकहरू मध्ये, यस पुस्तकमा पहिलो पटक चीनका बारेमा भरपर्दो तथा विस्तृत वर्णन छ। त्यस वर्णनमा कुबलाइ खानको भारदारी सभा, विभिन्न चीनियाँ प्रान्तहरू, मार्को पोलो चीनका सम्राटको जागिरे हुँदा उसले यात्रा गरेका विभिन्न देशहरूका वर्णनहरू र उनले थाहा पाएका महत्वपूर्ण आन्तरिक मामलाका विवरणहरू छन्।

    चौधौं र पन्ध्रौं शताब्दी बीचका अवधिमा चीनप्रति युरोपेली चासोहरू प्रायः गरी रोमन क्याथोलिक धर्म प्रचारकहरूका प्रतिवेदनहरूमा सिमित रहेका छन्। यद्यपि त्यस अवधिमा चीन र ठूला इटालियन व्यापारीहरूका बीचमा उल्लेखनीय मात्रामा व्यापार चलिरहेकोथियो। ती शुरुवाती दिनहरूमा चीनमा क्रिस्चियन धर्मको प्रचारका सबैभन्दा बढी संलग्न नामहरू थिएः– जोन अफ मोन्टेकोर्भिनो। तिनी सन् १२९२ मा चीन पुगेका थिए (जुन बेला पोलोहरू चीन छाड्दै थिए) र अर्का थिए – फ्रायर ओडोरिक, जसले १४ औं शताब्दीको शुरुवात तिर चीनमा तीन वर्ष बिताएका थिए।

    सोह्रौं शताब्दीमा अलेसान्द्रो भालिग्नानी, मिखायल रोजर तथा खासगरी म्याथ्यू रिकीको मार्गनिर्देशनमा चीनमा रोमन क्याथोलिक धर्म प्रचारक दलहरू धेरै सक्रिय थिए।

    सन् १५१७ मा पोर्चुगाली राफेल पेरेष्ट्रेलो चीन पुगे। उनी युरोपेली राष्ट्रको झण्डा फहराउँदै आफ्नो पानी जहाज लिएर चीन पुग्ने पहिलो व्यक्ति थिए। उनी पुगेको केही पछि फर्डिनान्ड आन्द्रादे त्यहाँ पुगे। उनी क्यान्टनका चीनियाँ अधिकारीहरूसँग मित्रतापूर्ण र एउटा महत्वपूर्ण व्यापारिक सहमतिको आधार हुन सक्ने सम्बन्ध बनाउन सफल भए। दुर्भाग्यवश, फर्डिनान्डको भाई सिमोन, (जो उम्दा प्रकारको धक्कुवाज प्रतीत हुन्छ) त्यो पनि अर्को वर्ष त्यहाँ पुग्यो र आफूलाई चीनियाँ अधिकारीहरू समक्ष यति अवाञ्छित तुल्यायो कि उसलाई चीनियाँहरूले सन् १५२१ मा त्यहाँबाट खेदे। सन् १५५७ मा पुर्तगालीहरूले आफूलाई क्यान्टन नजिकै मकाओमा स्थापित गरे, जुन अझैसम्म उनीहरूको अधिनमा छ। कुनै समय मकाओ एउटा चल्तीको बन्दरगाह थियो। तर हङकङको उदयसँगै मकाओको व्यापारको अवसान भयो र त्यस शहरमा ध्यान दिन लायकको एउटा ध्वाँस मात्र बाँकि रह्यो– कि पुर्तगाली कवि क्यामोएन्सले आफ्प्नो रचना ल्युसियाड्स (Luaiads)  को एउटा ठूलो अंश सम्भवतः त्यहाँ लेखेका थिए।

    चीनसँग पुर्तगालको सम्बन्धका बारेमा यो भन्दा बढी लेख्नु जरुरी छैन, किनभने यो सम्बन्धको सबै प्रकारको महत्व दुई शताब्दी अघि नै खतम भइसकेको थियो।

    सोह्रौ शताब्दीमा भएको एक मात्र अर्को ध्यान दिन योग्य घटना– सन् १५६७ मा सम्राट लुङ्किङको दरबारमा दुईजना रुसी दूतहरूलाई पठाउनु थियो। ती दूतहरूले सम्राटलाई चढाउने कुनै कोशेली प्रदान नगरेकाले सम्राटसँग भेट गर्ने मौका पाएनन्।

    सत्रौं शताब्दीको शुरुवात देखि यता चीनको युरोप, संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका बारेमा छलफल गर्नु आवश्यक छ। चीनको ती हरेक राष्ट्रसँगको अलग–अलग सम्बन्धका बारेमा छलफल गरिनु राम्रो हुनेछ। र, अन्त्यमा आज चीनमा रहेका शक्तिशाली राष्ट्रहरूका अन्तर्विरोधपूर्ण स्वार्थ एवं महत्वाकांक्षाहरूका बारेमा प्रष्ट हुँदा चीनलाई पश्चिमा विश्वका अहितमा नहुने गरी उल्झाउन सकिन्छ ।

    सन् १९०२ मा प्रकाशित Allende Ireland द्वारा लिखित China and Powers को छोटो अंश।  यो पुस्तक जम्माजम्मी १५० प्रति छापिएका थिए । खासखास व्यक्तिलाई वितरण गरिएका थिए र त्यसपछि यसको प्रिन्टिङ्ग प्लेट नष्ट गरिएका थिए। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एलेण्ड आयरल्याण्ड

      एलेण्ड आयरल्याण्ड

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.