Saturday, July 2, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

एलेण्ड आयरल्याण्ड by एलेण्ड आयरल्याण्ड
August 14, 2021
- इतिहास, यो हप्ता, विमर्शका लागि, समाज
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एलेण्ड आयरल्याण्ड । मार्कोपोलोको बाबु निकोलो पोलो र उनका काका माफियो पोलो भेनिसका व्यापारी थिए। सन् १२५० तिर तिनीहरू सबै कन्सान्टीनोपोल जाने व्यापारिक जहाजमा चढे। आफ्नो व्यापारिक माल तह लगाई सकेपछि उनीहरूले पश्चिमी तारतारको यात्रा गर्ने निर्णय गरे, जहाँ त्यस बेलामा महंगा रत्नहरू तथा गहनाहरूको ठूलो माग थियो। तिनीहरूले सन् १२५४ तिर कन्स्टान्टिनोपोल छाडे र एउटा लामो यात्रापछि पश्चिमी तारतारको प्रमुख बरखको दरबारमा हाजिर भए । बरखका दरबारमा एक वर्ष बिताएपछि, उनीहरूले कन्स्टान्टीनोपोल तिरको फिर्ती यात्रा शुरु गरे, तर पूर्वी तारतारको प्रमुख हुलागूसँग बरखको लडाइँँ शुरु भएका कारणले फर्कने चल्तीको बाटो बन्द भएको थियो। त्यसो भएपछि उनीहरूले घुमाउरो बाटो समाए र उनीहरू बुखारा शहर पुगे। त्यहाँ उनीहरूले चीनका बादशाह कुबलाइ खानको दरबारमा हुलागूका राजदुतका रुपमा जान लागेको तारतार निवासी एकजना भारदारलाई भेटे। तिनले निकोलोपोलोहरूलाई युरोप फिर्नुको साटो कुबलाइ खानलाई भेट्न जान सहमत गराए, र कुबलाइ खानको कृपा उनीहरूलाई रहने आश्वासन पनि उनीहरूले पाए।

त्यो यात्रा एक बर्ष लामो रह्यो र दरबारमा हाजिर भएपछि उनीहरूलाई चिनियाँ सम्राटले राम्रो स्वागत सत्कार गरे। चीनियाँ सम्राटले युरोपका मामलामा सोधखोज गरिसकेपछि, उनीहरूलाई पोप कहाँ चीनियाँ राजदूतका रुपमा इटली पठाउने निधो गरे। तिनीहरू अप्रिल १२६९ मा एकरे पुगे। उनीहरूले त्यहाँ पुगेपछि पाएको पहिलो समाचार नै पोप क्लिमेन्ट चतुर्थको मृत्यु भएको सुने। त्यसपछि पोपका प्रतिनिधिको सल्लाहको मान्दै, आफूलाई रोममा प्रतिनिधिका रुपमा प्रस्तुत हुनका निम्ति, नयाँ पोपको निर्वाचनसम्म पर्खने निधो गरे ।

त्यसपछि तिनीहरू भेनिस तिर लागे। त्यहाँ नै निकोलोले अर्को समाचार सुने। उनीहरू कन्सान्टीनोपोलबाट यात्रा शुरु गरेको केही समयपछि सन् १२५४ उनकी श्रीमती एउटा बच्चा जन्माएर बितिसकिछन्। र त्यो बच्चा, अहिले १६ वर्षको भइसकेछ भन्ने कुरा थाहा पाए। उनको छोरो मार्को नै पछि प्रसिद्ध यात्री बन्यो।

अर्कातिर, नयाँ पोपको चुनाव धेरै लम्बियो। दुई वर्ष पर्खिसकेपछि, पोलोहरूले आफ्नो काम पूरा नगरीकनै चीन फर्कने निधो गरे। तिनीहरूले आकरे हुँदै आफ्नो यात्रा शुरु गरे। तर, उनीहरूको जहाज किनाराबाट देखिन नछाड्दै आकरेका पोपका प्रतिनिधिले आफैलाई पोपका रुपमा निर्वाचित गराएको कुरा थाहा भयो। भेनिसका यी पोलोहरूलाई फिर्ता बोलाइयो र पोपका राजकीय पत्रहरू दिइयो। सन् १२७१ मा यी तीन पोलोहरू– निकोलो, माफियो र मार्कोले चीनतिरको लामो पैदल यात्रा शुरु गरे।

कुबलाइ खानको दरबारमा उनीहरूको आगमनको राम्रो स्वागत सत्कार भयो। सम्राटले मार्कोलाई मन पराएर उनको नीजि आवासमा नियुक्त गरे। उनी बिस्तारै बिस्तारै त्यहाँको सुविधा सम्पन्न उच्च ओहदामा पुगे र एकपटक त याङ्चाउ शहरको राज्यपाल समेत भए। कुबलाइ खानको सेवामा रहँदै पूर्वी एसियाको व्यापक भ्रमण गरे। उनले चीनका उत्तरी प्रान्तहरू लगायत युनान, बर्मा, कोचीन, चीन र भारतको भ्रमण गरे। उनी अन्त्यमा युरोप फर्के र उनले आफ्नो ‘यात्रा’ वृत्तान्त लेखे, त्यो एउटा दन्त्यकथा जस्तै छ।

RelatedPosts

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

July 1, 2022
मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

June 30, 2022
Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

June 28, 2022
प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

June 25, 2022

चीनमा १७ वर्ष बिताइसकेपछि मार्कोसँगै चीनमा रहेका उनका बाबु र काकाहरू सबै नै आफ्नो राष्ट्र फर्कन छट्पटाउन थालेका थिए। उनीहरूले युरोप फर्कने अनुमतिका निम्ति कुबलाइ खानलाई विन्ति बिसाए। तर कुबलाइ खान उनीहरूलाई घर फर्कने अनुमति बाहेक सबै कुरा दिन तयार थियो; र स्थिति यस रुपमा विकसित हुन थाल्यो कि यी भेनिसवासीहरूलाई अपरिचित भूमिमा मर्न अभिशप्त रहेको भान हुन थाल्यो। यही समयमा कुबलाइ खानको पनाती नाता पर्ने तथा पर्सियाको राजकुमार अर्घुंको राजदूत त्यहाँ आइपुगे। उक्त राजदूतले अर्घुंकी श्रीमतीको मृत्युको खबर सुनायो र मर्ने बेलामा उनको ठाउँ चीनियाँ दरबारको कुनै राजकुमारीले लेओस् भन्ने निवेदन गरेको सन्देश दियो। उक्त राजदूतको उद्देश्य चीनियाँ राजकुमारी प्राप्त गर्नु थियो। “त्यो निवेदनलाई सकारात्मक रुपमा लिइयो” भन्दै मार्को पोलो थप्छन् – “र महाराजधिराजको निर्देशन बमोजिम कोगाटिन नाम गरेकी एउटी सत्र वर्षकी पठ्ठी, साह्रै सुन्दरी तथा सुसंस्कृतलाई देखाउँदा पर्सियाका राजदूतहरू अत्यन्त प्रसन्न भए।”

राजकुमारी पाए पछि, ती राजदूतहरू फिर्ती यात्राका लागि निस्के; तर धेरै महिनाको पैदल यात्रापछि उनीहरूले त्यस राज्यमा आन्तरिक गडबडिका कारणले बाटो अबरुद्ध भएकाले राजधानी फिर्न बाध्य भए। सो बेला इष्ट–इण्डिजको यात्रा भर्खरै सिध्याएर मार्कोपोलो फिरेका थिए। र, ती राजदूतहरुले मार्कोसँग परामर्श गरेपछि समुद्री बाटोबाट पर्सिया फर्किने निर्णय गरे। त्यस यात्राका लागि कुबलाइ खानले मजबुत र दुई वर्षसम्म टिक्ने चौधवटा ठूलठूला जहाजहरूको वेडा तयार गर्न लगाए। जब हिड्ने बेला आयो, राजदूतहरूले पोलोहरूलाई उनीहरूको साथ जाने अनुमतिका निमित्त आग्रह गरे। त्यस्तो आग्रह गर्दा राजदूतहरूले पोलोहरूको समुन्द्रसम्बन्धी वृहत् ज्ञान र ती राजकुमारीको सुरक्षाको सुनिश्चित हुने कारण पेश गरे। कुबलाइ खाँले अन्त्यमा गएर उनीहरूका आग्रह स्वीकार गरे। ती राजकुमारी, ती राजदूतहरू एवं पोलोहरूले सन् १२९२ को शुरुमा फु–किएन प्रान्तको चीन चिउ बन्दरगाहबाट समुद्री यात्रा प्रारम्भ गरे।

यो साहसिक यात्रा पर्सियन खाडीको ओरमुजमा आइपुगेपछि, यी हाम्रा यात्रीहरूलाई कुबलाइ खानको मृत्यु भएको समाचार सुनाइयो, जुन सन् १२९४ मा भएको थियो। त्यस्तै जसकी श्रीमती बनाउन भनेर ती राजकुमारीलाई ल्याइएको थियो, ती अर्घूंकोपनि मृत्यु भइसकेको थियो। त्यत्तिबेला उनीहरूले मुलुकभित्र अराजक स्थिति भएको पाए। तर केही समयपछि अर्घुंका छोरा घजनले आफ्नो आधिपत्य स्थापित गरे, राजाको उत्तराधिकार हात पारे, र उनले नै बाबुले सौतेनी आमा बनाउन ल्याएकी राम्री तथा सुसंस्कृत कोगाटिनसँग विवाह गरे।

पोलोहरूले आफ्नो यात्रा पुनः शुरु गरे र धेरै दुःख, कष्ट उठाउँदै सन् १२९५ मा भेनिस पुगे। तर भेनिसमा उनीहरू मरिसकेको कथा फैलिएर पनि सेलाई सकेको थियो। जब उनीहरूले आफ्नो घरमा गएर आफूलाई चिनाए, उनीहरूले आफ्ना घरहरू टाढाका नातेदारले कब्जा जमाएको पाए। ती नातेदारहरूले उनीहरूलाई चिन्न अस्वीकार गरे। बल्लबल्ल अन्तिममा उनीहरू आफ्नो परिचय स्थापित गर्न सक्षम भए। तिनीहरुले  कुबलाइ खानसँग चीन फर्कने कबूल गरेका थिए, तापनि उनको मृत्यु भइसकेकाले तिनीहरु फर्कन चाहेनन्। तीन वर्षसम्म उनीहरूले आफू जन्मिएको शहरमा शान्तपूर्ण जीवन व्यतित गरे। तर, सन् १२९८ मा भेनिस र जेनोआ बीचमा लडाइँ शुरु भयो  यस लडाइँमा मार्को पोलो भेनिसका एड्मिरल आन्द्रेया डान्डोलोको मातहतको लडाकू समुद्री जहाजहरूमध्ये एकका सर्वोच्च सेनानायक बनाइए। उनीलाई ६ सेप्टेम्बर सन् १२९८ मा कुरजोलामा भएको समुद्री युद्धमा युद्धबन्दी बनाई जेनोआ लगियो। त्यस शहरको जेलमा रहँदा उनको परिचय जेनोआ निवासी एक लेखक रुस्टी चेलो (उनलाई रुष्टी सिआनो, रुष्टीचेला, रुष्टिघिएलो समेत लेखिन्छ) सँग भयो। तिनै लेखकले मार्कोपोलोसँगको बारम्बारको सम्वाद र भेनिसबाट ल्याइएको यात्रीहरूका टिपोटहरूको सहयोगले, मार्कोपोलोका यात्रा (The Travels of Marcopolo) लेखे।

युरोपमा प्रकाशित पुस्तकहरू मध्ये, यस पुस्तकमा पहिलो पटक चीनका बारेमा भरपर्दो तथा विस्तृत वर्णन छ। त्यस वर्णनमा कुबलाइ खानको भारदारी सभा, विभिन्न चीनियाँ प्रान्तहरू, मार्को पोलो चीनका सम्राटको जागिरे हुँदा उसले यात्रा गरेका विभिन्न देशहरूका वर्णनहरू र उनले थाहा पाएका महत्वपूर्ण आन्तरिक मामलाका विवरणहरू छन्।

चौधौं र पन्ध्रौं शताब्दी बीचका अवधिमा चीनप्रति युरोपेली चासोहरू प्रायः गरी रोमन क्याथोलिक धर्म प्रचारकहरूका प्रतिवेदनहरूमा सिमित रहेका छन्। यद्यपि त्यस अवधिमा चीन र ठूला इटालियन व्यापारीहरूका बीचमा उल्लेखनीय मात्रामा व्यापार चलिरहेकोथियो। ती शुरुवाती दिनहरूमा चीनमा क्रिस्चियन धर्मको प्रचारका सबैभन्दा बढी संलग्न नामहरू थिएः– जोन अफ मोन्टेकोर्भिनो। तिनी सन् १२९२ मा चीन पुगेका थिए (जुन बेला पोलोहरू चीन छाड्दै थिए) र अर्का थिए – फ्रायर ओडोरिक, जसले १४ औं शताब्दीको शुरुवात तिर चीनमा तीन वर्ष बिताएका थिए।

सोह्रौं शताब्दीमा अलेसान्द्रो भालिग्नानी, मिखायल रोजर तथा खासगरी म्याथ्यू रिकीको मार्गनिर्देशनमा चीनमा रोमन क्याथोलिक धर्म प्रचारक दलहरू धेरै सक्रिय थिए।

सन् १५१७ मा पोर्चुगाली राफेल पेरेष्ट्रेलो चीन पुगे। उनी युरोपेली राष्ट्रको झण्डा फहराउँदै आफ्नो पानी जहाज लिएर चीन पुग्ने पहिलो व्यक्ति थिए। उनी पुगेको केही पछि फर्डिनान्ड आन्द्रादे त्यहाँ पुगे। उनी क्यान्टनका चीनियाँ अधिकारीहरूसँग मित्रतापूर्ण र एउटा महत्वपूर्ण व्यापारिक सहमतिको आधार हुन सक्ने सम्बन्ध बनाउन सफल भए। दुर्भाग्यवश, फर्डिनान्डको भाई सिमोन, (जो उम्दा प्रकारको धक्कुवाज प्रतीत हुन्छ) त्यो पनि अर्को वर्ष त्यहाँ पुग्यो र आफूलाई चीनियाँ अधिकारीहरू समक्ष यति अवाञ्छित तुल्यायो कि उसलाई चीनियाँहरूले सन् १५२१ मा त्यहाँबाट खेदे। सन् १५५७ मा पुर्तगालीहरूले आफूलाई क्यान्टन नजिकै मकाओमा स्थापित गरे, जुन अझैसम्म उनीहरूको अधिनमा छ। कुनै समय मकाओ एउटा चल्तीको बन्दरगाह थियो। तर हङकङको उदयसँगै मकाओको व्यापारको अवसान भयो र त्यस शहरमा ध्यान दिन लायकको एउटा ध्वाँस मात्र बाँकि रह्यो– कि पुर्तगाली कवि क्यामोएन्सले आफ्प्नो रचना ल्युसियाड्स (Luaiads)  को एउटा ठूलो अंश सम्भवतः त्यहाँ लेखेका थिए।

चीनसँग पुर्तगालको सम्बन्धका बारेमा यो भन्दा बढी लेख्नु जरुरी छैन, किनभने यो सम्बन्धको सबै प्रकारको महत्व दुई शताब्दी अघि नै खतम भइसकेको थियो।

सोह्रौ शताब्दीमा भएको एक मात्र अर्को ध्यान दिन योग्य घटना– सन् १५६७ मा सम्राट लुङ्किङको दरबारमा दुईजना रुसी दूतहरूलाई पठाउनु थियो। ती दूतहरूले सम्राटलाई चढाउने कुनै कोशेली प्रदान नगरेकाले सम्राटसँग भेट गर्ने मौका पाएनन्।

सत्रौं शताब्दीको शुरुवात देखि यता चीनको युरोप, संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका बारेमा छलफल गर्नु आवश्यक छ। चीनको ती हरेक राष्ट्रसँगको अलग–अलग सम्बन्धका बारेमा छलफल गरिनु राम्रो हुनेछ। र, अन्त्यमा आज चीनमा रहेका शक्तिशाली राष्ट्रहरूका अन्तर्विरोधपूर्ण स्वार्थ एवं महत्वाकांक्षाहरूका बारेमा प्रष्ट हुँदा चीनलाई पश्चिमा विश्वका अहितमा नहुने गरी उल्झाउन सकिन्छ ।

सन् १९०२ मा प्रकाशित Allende Ireland द्वारा लिखित China and Powers को छोटो अंश।  यो पुस्तक जम्माजम्मी १५० प्रति छापिएका थिए । खासखास व्यक्तिलाई वितरण गरिएका थिए र त्यसपछि यसको प्रिन्टिङ्ग प्लेट नष्ट गरिएका थिए। 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
एलेण्ड आयरल्याण्ड

एलेण्ड आयरल्याण्ड

Related Posts

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

by डा. सुरेन्द्र मानन्धर
July 1, 2022

संसदीय राजनीतिमा पार्टीहरूको चुनावी नतिजा तलमाथि हुनु स्वभाविक नै हो। तर यो स्थानीय निर्वाचन अबिघ नेकपा एमालेले आफू पहिलो पार्टी...

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

by पत्रपत्रिकाबाट
June 30, 2022

पुँजीवाद, र त्यसबाटै विस्तारित साम्राज्यवाद, वर्गीय शोषण र उत्पीडनको सबैभन्दा उन्नत र विकसित स्वरूप हो । श्रमिकलाई श्रमको प्रतिफलबाट विमुख...

Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

by nepal_readers
June 28, 2022

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जित्नकै लागि मात्र जस्तोसुकै कदम पनि चालेको देखियो। दलहरू नैतिकता, मूल्य र जनतालाई दिने सेवाको...

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

by पूजा राठी
June 25, 2022

कल्पना गर्नुहोस् त, यदि तपाईँले कुनै पार्कमा एउटी युवती निस्फक्री र निर्धक्क सुतिरेहेको देख्नुभयो भने तपाईँको मनमा कस्तो विचार आउला?...

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

by प्रशान्त ‘पुष्प’ रिजाल
June 24, 2022

सन् १९४८ मा बेलायती उपनिवेशबाट मुक्त भएपश्चात् श्रीलङ्का राष्ट्र बन्ने प्रक्रियामा बिधिवत रूपमा प्रवेश गर्यो। तत्कालिन श्रीलङ्कामा तीनवटा राज्यहरू थिए।...

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

by संजय श्रमण
June 23, 2022

अघिल्लो सालको कुरा हो, कक्षा १२ मा टप गरेका मेरा मित्रको छोरासँग मेरो कुराकानी भइरहेको थियो। उ आफ्नो कुकुरलाई लिएर...

Recommended

नेपालमा कोरोना भाइरस संक्रमण – दोस्रो र पाँचौ संक्रमित एउटै विमानमा आएका थिए

मौजिनलाई पछ्याउँदा नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित

2 years ago
एजाज अहमद : साम्राज्यवादविरोधी एक विचारक

एजाज अहमद : साम्राज्यवादविरोधी एक विचारक

2 months ago

Connect with us

Popular Post

  • मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    0 shares
    Share 0 Tweet 0
  • मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

    0 shares
    Share 0 Tweet 0
  • पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

    0 shares
    Share 0 Tweet 0
  • ‘तन्नेरी शरीरमा गाँसिएका बुढा टाउकोहरू’ले यो आन्दोलनलाई लैजान सक्दैनन्

    0 shares
    Share 0 Tweet 0
  • नेपालका वामपन्थीहरू एकताबद्ध हुनुपर्छ, यो राष्ट्रिय आवश्यकता हो

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In