Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाँच शताब्दी – तीन विश्व व्यवस्था

शुरुमा त वाशिङ्टनका सम्भ्रान्त वर्गहरूले बेइजिङ आफ्नै अनुयायी हुने विश्वास गरेका थिए। तर त्यसपछिका ३ शताब्दिमा एकतिहाई मानवहरु आर्थिकरुपमा समान भई विश्व प्रणालीमा सामेल हुँदा विशाल भूराजनीतिक परिवर्तन हुन्छ भन्नेबारेमा तिनीहरुले सोचेका पनि रहेनछन्

प्याट्रिक मिर्ज्जा प्याट्रिक मिर्ज्जा
भदौ १७, २०७९
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दोस्रो विश्वयुद्धपछि बनेको विश्व व्यवस्थाको अन्त्य हुने भयो, अमेरिका पछि पर्‍यो र चीन अघि बढ्यो। यो सामान्य कथन बनिसकेको छ। यसबारे इतिहासकार अल्फ्रेड म्याककईले २०१७ मा प्रकाशित In the Shadows of the American Century  नामक पुस्तकमा विस्तृत वर्णन छ। तर, म्याककईका पछिल्लो पुस्तक To Govern the Globe (टू गभर्न द ग्लोब) मा ‘चीनमा उदाएको यो सूर्य त्यति लामो अवधिको नहुन सक्छ” भन्ने बयान पाइन्छ। उनको निष्कर्ष छ- त्यस्तो चीनियाँ विश्व व्यवस्थालाई संकटपूर्ण जलवायुले असमयमा नै चकनाचूर पार्न सक्छ।  

    सबभन्दा पहिला स्वीकारिएको पहिलो विश्वव्यापी व्यवस्था सन् १४२० तिर देखा पर्‍यो जुनबेला पोर्चुगलले जलयात्रामार्फत् युरोपदेखि विश्व भ्रमण गर्ने क्षमता बनाई अन्वेषणको युग सुरु गरेको थियो। त्यही शताब्दीको अन्त्यमा, युरोपेलीहरुले पश्चिमी गोलार्धमा आक्रमण गरे र एशियामा समुद्री मार्ग खोले। ती क्रियासँगै, ‘समुद्री शक्ति भएका युरोपका साम्राज्यहरूले अन्ततः सबै महाद्वीपहरूलाई आफ्ना पकड र निरन्तर सम्पर्कमा राख्नसक्ने इतिहासमा नै पहिलो वास्तविक विश्व व्यवस्थाको गठन गरे’ म्याककई भन्छन्। म्याककईले आफ्नो पुस्तक ‘टू गभर्न द ग्लोब’ मा त्यो प्रथम विश्व व्यवस्था स्पेन र पोर्चुगलको शक्तिमा भएकाले इबेरियन विश्वव्यवस्था भनेर नामकरण गरिदिएका छन्। त्यो विश्व व्यवस्थालाई ब्रिटिश विश्व व्यवस्थाले विस्थापन गर्‍यो। ब्रिटेनको उदय फ्रान्सका नेपोलियनको अन्तिम पराजय पश्चात् भएको थियो तर यसलाई सन् १८१५ को भियना कांग्रेसको शान्ति सम्मेलनले स्वीकार गर्‍यो।

    हालको अमेरिकी विश्व व्यवस्था सन् १९४५ बाट सुरु भयो। जसको टर्च ब्रिटेनले एट्लान्टिक महासागरको पश्चिमी किनारमा रहेको आफ्नो एंग्लो सन्तान (अमेरिका)लाई थमाइदिएको थियो। म्याककईले अमेरिकी विश्वव्यवस्था कायम रहने भाका सन् २०३० सम्म तोकेका छन्। यद्यपि हालका केही वर्षदेखिका विश्वव्यापी घटनाहरूले त्यो भाका अघि नै सर्ने जस्तो पनि देखिन्छ।  

    महासंकटको जन्म

    साम्राज्यहरू आउँछन् र जान्छन्, तर विश्व व्यवस्थाहरूले विश्वको संस्कृति, राजनीति र अर्थशास्त्रमा गहिरोगरी समाहित गरेर गएका हुन्छन्- म्याककई भन्छन्। विगत ५०० वर्षहरूमा ९० वटा ठूला र साना साम्राज्यहरु भएतापनि, यही समाहित तत्वहरुले नै नयाँ विश्व व्यवस्थालाई मूर्तरुप दिनका लागि स्थायी र तरङ्गित पार्ने घटनाहरू ल्याएका हुन्छन्। “यदि हामीले पछिल्ला पाँच शताब्दिहरुमा ध्यान केन्द्रीत गर्‍यौं भने, जुन जुनबेला मृत्यु र विनाशको आँधीबेहरी र पुरानो व्यवस्थालाई हुत्याउने केही धीमा, तर गहिरो सामाजिक बदलाव एकैसाथ आएका छन्, त्यही–त्यही बेला नयाँ विश्व व्यवस्था उदय भएको देखिन्छ” उनी लेख्छन्। त्यसैले आफ्नो पुस्तकको उपशिर्षक “विश्व व्यवस्था र विनासकारी परिवर्तन” (World orders & catastrophic change)’ राखेका छन्।

    ब्ल्याक डेथ (प्लेग)ले “मध्ययुगीन सामाजिक व्यवस्थाका बाधाहरू तोड्दा” इबेरियन विश्वव्यवस्थालाई उत्प्रेरित गरेको थियो। त्यस विश्वमहामारीले युरोप र चीनको ६०% जनसंख्यालाई मारेको थियो। एक चौथाई शताब्दीभन्दा लामो समयसम्म चलेको नेपोलियनका युद्धहरू र  कोइला-शक्तिको औद्योगिक क्रान्तिको उदयसँगै ब्रिटिश विश्व व्यवस्था निर्माण भयो। इतिहासको सबैभन्दा ठूलो युद्ध दोस्रो विश्वयुद्धले ७ करोडको ज्यान लिएर तथा विध्वङ्स गरेपछि र साथसाथै ऊर्जाको प्रमुख स्रोत तेलको उदय भएपछि अमेरिकी वा वर्तमान विश्वव्यवस्थाले आकार लियो।

    म्याककईले ‘वैश्विक भू-राजनीतिक व्यवस्थाको एक प्रमुख तत्वको रुपमा ऊर्जा स्रोतहरु हो’ भन्नेमा जोड दिएकाछन्। यो नै टू गभर्न द ग्लोब पुस्तकको एक व्याख्यात्मक विषय हो जसलाई अरु विश्व इतिहासमा अक्सर छुटाइएका वा कम उल्लेख गरिएका छन्। त्यस पुस्तकले खिचेको सबैभन्दा महत्वपूर्ण र ज्वलन्त सार के हो भने विगतका दुईवटा विश्व व्यवस्थाहरुलाई आकार दिन सक्षम भएको जीवास्म इन्धनका स्रोतहरुले विगत ५०० वर्षयता निर्माण गरेको एकीकृत विश्वलाई विध्वंशकारी जलवायू परिवर्तनतिर डोर्‍याइरहेका छन्। यसमा “चिनियाँ शताव्दी” लाई हठात् ब्रेक लगाइदिने शक्ति सन्निहित छ र यसले मानवीय बसोबासका लागि अयोग्य भएका स्थानहरुबाट पलायन हुने जलवायु–परिवर्तनका पीडित शरणार्थीहरुको भेललाई रोक्न आ–आफ्ना देशका सीमामा पर्खाल लगाउने मुलुकहरुमा प्रतिस्पर्धाको स्थीति बनाएर विश्वभरी नै उथलपुथल ल्याउने सम्भावना छ। म्याककईले के कुरा औंल्याएका छन् भने मध्यपूर्व र दक्षिण अमेरिकामा खडेरीजन्य अवस्थाका कारण विस्थापित भएका २० लाख शरणार्थीहरुका कारण युरोप र संयुक्त राज्य अमेरिकामा प्रतिक्रियावादी राजनीतिलाई मलजल गर्ने काम गरेको छ। यदि शरणार्थीहरुको संख्या करौडोंको संख्यामा पुग्यो भने के होला?

    संप्रभुता र अधिकार

    टू गभर्न द ग्लोब पुस्तकले अन्य दुई तत्वहरूबारे राम्ररी नै पर्दाफास गर्छ। म्याक्कइ ठान्छन् –  ती दुई संप्रभुता र मानव अधिकारका अवधारणाहरु विकास हुँदैगर्दा विश्व व्यवस्थाले आकार ग्रहण गरेको हो। मैले यसबारे प्रशङ्गमात्र निकालेर ऊर्जा र जलवायुबारे म्याककईको सोच र सन् १९९० देखि ती मुद्दाहरुमा काम गर्दाका मेरा अनुभवहरुबारे कुरा गर्नेछु।

    इबेरियन विश्वव्यवस्थालाई हाँक्ने ऊर्जा स्रोतका दुई पाटा थिए, एउटा पानीजहाज चलाउन वायु प्रयोग गर्ने क्रान्ति र तिनै जहाजमा बोकेर लगिएका दाशहरुको बाहुबली। क्यारिबियन टापुहरूमा स्पेनीहरुको शुरुआती आक्रमणभएपछि, त्यहाँका मूलवासीलाई बहुमुल्य धातुहरुको खानीहरुमा र कृषि क्षेत्रका दाशहरु बनाइयो। विकसित समुद्री जहाजप्रविधि र तोपहरुका कारण पोर्चुगालिहरुलाई हिन्द महासागर आसपास व्यापार र मूलवासीमाथि हावी हुन सक्षम बनायो। जबकि जुनबेला यूरोपको अर्थव्यवस्थालाई एशियाको अर्थव्यवस्थाले कमजोर बनाइरहेको थियो।

    सन् १४९३ मा पोप अलेक्ज्याण्डर छैठौंले उपनिवेश बनाउने, धर्म परिवर्तन गराउने तथा दाश बनाउने अधिकारसम्बन्धी एक परमादेश जारी गरे। त्यही अनुसार सन् १४९४ को टोर्डेसिलस सन्धि (Tordesillas treaty) द्वारा पोर्चुगल र स्पेन साम्राज्यहरूले विश्वलाई बाँडिचुँडी गरे। यसैबाट पोर्चुगलले अफ्रिका र एशियाका अधिकांश भाग र स्पेनले ब्राजिल बाहेक सबै अमेरिकाद्वीप प्राप्त  गरेका थिए। स्पेन र पोर्चुगल साम्राज्यमाथि फ्रान्स र ब्रिटेनले विजय नगरुञ्जेल पोप अलेक्ज्याण्डर छैठौंले गरेको यो व्यवस्था इबेरियन युगभर कायम रह्यो।  

    “प्रथमतः, साम्राज्यवादी संप्रभुता गैर-क्रिस्चियन भूमिहरूलाई जुनसुकै प्रकारले जित्न र ठूला महासागरहरूमा निगरानी गर्नसक्ने गरी असीमित थियो,” म्याकेय लेख्छन्। “अझ आधारभूत रूपमा, जितेका विदेशी भूमिहरूमा, त्यहाँका सबै बासिन्दाहरूलाई सदाको लागि दास बनाउन पोपले अख्तियार दिएकाले कुनै पनि ईसाई राजा नैतिक र कानुनी रूपमा सशक्त थिए।”

    नेदरल्यान्ड्स (डच)ले समुन्द्रमाथि इबेरियन साम्राज्यको समुद्रमाथिको नियन्त्रणलाई चुनौती दिँदा अन्तर्राष्ट्रिय कानून उद्भव भयो। नेदरल्यान्ड्सको यस कदमलाई इतिहासकारले अमेरिकाका आदिवासीहरूमा गरिएको दासत्वको परिणामबाट डराएर क्याथोलिक धर्मगुरुहरूले कसरी मानवअधिकारको पश्चिमी धारणाको जग बसाले भन्नेसँग सम्बन्ध जोडेका छन्। डच साम्राज्यले पोर्चुगललाई एशियाबाट विस्थापित गर्दा, नयाँ स्वरुपको धर्मनिरपेक्ष र गणतन्त्रात्मक समाज निर्माण गर्न आफ्नो सम्पत्ति लगाए र पूँजीवादका आवश्यक संस्थाहरु खडा गरे । उदाहरणका लागि पहिलो शेयर बजार र डच इस्ट इन्डिया कम्पनीको नामको पहिलो निगम हुन्।   

    सन् १८१५ मा फ्रान्सलाई पराजित गरेपछि, बेलायतले “स्वतन्त्र व्यापार” र समुद्रको स्वतन्त्रता (यसको अर्थ पोर्चुगल र स्पेनको समुद्रमाथिको पकडबाट स्वतन्त्र हो) मा आधारित विश्वव्यापी व्यापारिक साम्राज्यलाई सुदृढ बनायो। प्रमुख दास व्यापार गर्ने राष्ट्र बेलायत अब भने त्यो व्यापारलाई बन्देज लगाउन कस्सियो र अन्य राष्ट्रहरूमा प्रतिबन्ध लगाउने माग गर्नेमा मुखिया नै बन्यो। कुरा के भने मानव मांसपेशी शक्ति अब त्यसलाई चाहिएको थिएन किनकि त्यसले कोइला-संचालित स्टीम इन्जिनको रूपमा जीवाश्म शक्तिको विकास गरिसकेको थियो। तैपनि, बेलायत र अन्य युरोपेली राष्ट्रहरूले मानव–श्रमको दोहन गरिरहेका नै थिए। त्यसैले तिनीहरूको दासत्वको उन्मूलन भनेको केवल “सुसेली मार्ने चौतारो” मात्र थियो। यस कुरालाई स्मरण गराउन म्याककईले मानवलाई १० घण्टा भन्दा बढि जोताएर र बढी काम गराएर बेल्जियमका राजा लियोपोल्डले कंगोमा १ करोड नरसंहार गरेकोबारे उल्लेख गरेका छन्।

    अमेरिकी विश्वव्यवस्थाको उदयपछि राष्ट्रिय सम्प्रभुता र मानवाधिकारका सिद्धान्त स्थापित गरियो। जुन सन् १९४५ मा सान फ्रांसिस्कोमा सम्पन्न पहिलो संयुक्त राष्ट्र सम्मेलनमा स्विकारिएको थियो– म्याककई बताउँछन्। त्यसैका एक विचारधाराको रूपमा साम्राज्यवादको निन्दा गरियो। उपनीवेशहरु समाप्त गरिनु पर्छ (यसको अर्थ ब्रिटिसका उपनीवेशहरुमा अमेरिका पुग्न सक्ने बनाउनु थियो) भनियो। तर, जसरी यस अघिको ब्रिटिश विश्वव्यवस्थाले आफ्नो औपनिवेशिक प्रथाहरुमा स्वतन्त्रतासम्बन्धी आफ्नो सिद्धान्तहरुलाई उल्लंघन गरेको थियो, त्यसरी नै अमेरिकीले राष्ट्रिय सम्प्रभुता र मानवाधिकारका सिद्धान्त बारम्बार उल्लंघन गर्‍यो। यसले सन् १९४५ देखि २००० सम्ममा ८१ चुनावहरुमा हस्तक्षेप गर्‍यो भने करीन ३६ वटा मुलुकमा सत्ता पल्ट्यायो।

    विलियम एप्पलम्यान विलियम्स (म्याककई भन्दा पहिले विस्कन्सिन विश्वविद्यालयमा इतिहास पढाउने एक शिक्षक)  भन्छन्- विगतका विश्व व्यवस्था र साम्राज्यका परम्परालाई नै संयुक्त राज्य अमेरिकाले निरन्तरता दिएको हो। उनी भन्छन् – संयुक्त राज्य अमेरिकाको ‘खुला ढोका’ युक्त विदेश नीति अमेरिकाको लागि विश्वभर पूँजी लगानी, व्यापार र स्रोत दोहन गर्न हो। स्मरण गरौं त, डचहरूले आफ्नो एसियाली साम्राज्य निर्माण गर्न इबेरियनहरू विरुद्ध ‘अन्तर्राष्ट्रिय कानूनको अवधारणाहरू’ प्रयोग गरेका थिए, र बेलायतीहरूले आफ्नो निर्यात र लगानीमा अवरोधहरू हटाउन ‘स्वतन्त्र व्यापार नीति’लाई प्रयोग गरेका थिए। यसरी नै अमेरिकाले ‘सम्प्रभू र मानव अधिकारका सिद्धान्त’लाई प्रयोग गरी युरोपबाट संरक्षित पहिलेका उपनिवेशहरूमा आफ्ना स्वामित्वका निगमहरू पस्न खुला गर्‍यो।

    तेल र अमेरिकी विश्व व्यवस्था

    आधुनिक तेल युगको शुरुआत सन् १८५९ मा पेनसिल्वेनियामा तेल कुआ ड्रिलिंग गरेपछि भएको हो। तर कोइलाको पछिसम्म बोलबाला रहिरह्यो। सन् १९३९ मा दोस्रो विश्व युद्धको शुरुआतमा, अमेरिकाले विश्वको दुई-तिहाई तेल उत्पादन गर्थ्यो, तरपनि त्यसको एक-तिहाई अमेरिकाभित्र र केवल १०% मात्र यूरोप तथा जापानमा ऊर्जा खपत हुन्थ्यो- म्याककईले तथ्याङ्क दिएका छन्। सन् १९५० सम्ममा पनि, तेल जीवाश्म ईन्धनमध्ये केवल एक चौथाईमात्र उपयोग हुन्थ्यो। सन् २००३ सम्ममा, तेलले कोइलालाई उछिन्यो, जसअनुसार उर्जाको रुपमा तेल ४६% अमेरिकामा, ६०% पश्चिमी यूरोपमा र ७३% जापानमा आपूर्ति हुन थाल्यो।

    विश्वव्यापी जलयान चलाउन भनेर आएको तेलले अटोमोबाइल र उड्डयनमा क्रान्ति ल्यायो। संयुक्त राज्य अमेरिका, एक राष्ट्र जसले इतिहासमा पहिलो पटक, यूरेशियाको पश्चिमी र पूर्वी छेउमा प्रभावशाली स्थानहरू ओगटेको थियो, विश्वको परम्परागत तेल भण्डारको दुई तिहाइ भएको मध्य पूर्वको मुख्य ऊर्जा स्रोतको संरक्षक बन्यो। म्याककईले औंल्याए झैं, यसले युद्धहरूको एक अन्तहीन श्रृंखला उत्पन्न गर्‍यो जसले सो क्षेत्रलाई अत्यन्त अस्थिर बनायो।

    सन् १९९१ मा सोभियत संघको विखण्डनले एकध्रुवीय वर्चस्वसहितको असन्तुलन युग ल्याएको देखिन्छ। जसले अमेरिकालाई एकल वैश्विक ढोका खोल्ने अवसर दियो र यसले कुनाकुनाका टाढा रहेका राष्ट्रहरूलाई पुँजीवादी विश्व व्यवस्थामा समावेश गरायो। “एक्काईसौं शताब्दीको सुरुमा, वाशिंगटनले जसरी चाहेको थियो, त्यसरी नै उसलाई विश्वव्यापी अर्थतन्त्र खुला थियो,” म्याककई लेख्छन्। तर त्यसको परिणाम के भयो? उनका अनुसार ‘संगठित कामदारहरू र स्थानीय व्यवसायहरूलाई संरक्षण गर्ने संरचनाहरू भत्काइयो, यसै क्रममा सामाजिक सुरक्षा प्रवन्धहरू (social safety nets) अस्तव्यस्त भए। यसका साथै बहुसंख्यकको जीवनको गुणस्तर घटाउँदै, कहालीलाग्दो असमानता सिर्जना गर्दै, र मजदुर वर्गको समाधान गर्नुपर्ने असन्तुष्टिलाई दमन गर्दै अमेरिकी नवउदारवादी सुधारहरूले विश्वभरका समाजहरू भित्र-भित्रसम्म प्रवेश गर्‍यो। तर यसको एक पुस्ता पछि के भयो भने रिसाहा दक्षिणपन्थी पपुलिज्म (Right Populism) को उदय भयो।

    चीनको उदय

    विश्वव्यापी बजार व्यवस्थाले आफू अनुकूलको शक्ति खडा गर्‍यो, जसले ५०० वर्षसम्मको पश्चिमी प्रभुत्वलाई पहिलो चुनौती दिने एक शक्तिको रुपमा उदाउनु पर्‍थ्यो। विश्व व्यापार संगठन सन् १९९५ मा नवउदारवादी व्यवस्थालाई स्थापित गर्नका लागि सिर्जना गरिएको थियो। यसलाई सन् २००१ मा चीनले स्वीकार गर्‍यो। शुरुमा त वाशिङ्टनका सम्भ्रान्त वर्गहरूले बेइजिङ आफ्नै अनुयायी हुने विश्वास गरेका थिए। तर त्यसपछिका ३ शताव्दिमा एकतिहाई मानवहरु आर्थिकरुपमा समान भई विश्व प्रणालीमा सामेल हुँदा विशाल भूराजनीतिक परिवर्तन हुन्छ भन्नेबारेमा तिनीहरुले सोचेका पनि रहेनछन्– म्याककई भन्छन्।

    म्याककईले विश्व इतिहासमा सबैभन्दा महान चीनको चकित पार्ने वृद्धिलाई दर्शाउने शृङ्खलाबद्ध तथ्याङ्क पेश गरेका छन्। जस्तो कि सन् २०३० भन्दा पहिला नै कूल ग्राह्यस्थ उत्पादन (Gross Domestic Product) का आधारमा सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ। क्रय शक्ति सममूल्यता (Purchasing Power Parity) को आधारमा, चीनले सन् २०१४ मा नै अमेरिकालाई उछिनीसकेको छ भने सन् २०३० सम्ममा चिनीयाँहरुको अमेरिकाको भन्दा ४०% ठूलो हुन सक्छ। यसले कम्प्युटिङ, दूरसंचार र एयरोस्पेसका क्षेत्रहरुमा प्राविधिक चुनौतीहरू बढाउँदैछ। सन् २०१६ सम्ममा यी क्षेत्रहरु सम्बन्धित प्याटेन्ट एप्लिकेशनहरू अमेरिकाको भन्दा चीनको दोब्बरले बढ्यो।

    विश्वको कारखाना बनेर, चीनले आफ्नो भण्डारमा खरबौं डलरको सञ्चित गर्‍यो। त्यही डलर काखीमा च्यापेर, चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा बेल्ट एण्ड रोड इनिसिएटिभ घोषणा गर्न कजाकिस्तानमा १३० देशलाई भेला गरे। यूरेसियालाई पूर्वदेखि पश्चिमसम्म जोड्न बीआरआईले राजमार्ग, रेल लाइन, बन्दरगाह, पाइपलाइन र पावर प्लान्टहरूको एक नेटवर्क बिछ्याउनेछ। सन् २०२७ सम्ममा अनुमानित १.३ ट्रिलियन (१३ खरब) डलर खर्च हुने यो इनिसियटिभ विश्व इतिहासकै सबैभन्दा ठूलो लगानी हो। यो मार्शल योजनाको १३ बिलियन डलरभन्दा १० गुणा बढीको छ। जुन योजना अमेरिकाले दोस्रो विश्वयुद्धको अन्त्यपछि पश्चिमी युरोपको पुनर्निर्माणका लागि निवेश गरेको थियो। म्याककईले बीआरआईको भाषणलाई ती तीन क्षणहरूसँग तुलना गरेका छन्– जसले अघिका विश्व व्यवस्थाहरुका तीन क्षणहरु– टोर्डेसिलस सन्धी १४९४, भियना कांग्रेस १८१४–१८१५, र संयुक्त राष्ट्रसंघ १९४५ को अधिवेशन– लाई झझल्को दियो।

    ज्बिग्न्यू ब्रजेजिन्स्की वैश्वीक नीतिका ठूला वास्तुकारमध्ये एक हुन्, उनले समेत यूरोशियाली प्रतिस्पर्धीहरुको उदय भएको चेतावनी दिएका थिए। पूर्व विदेशमन्त्री माइक पोम्पेओले हालैको एक भाषणमा भन्छन्– अमेरिका निर्माणताकाका सेभेन्थ क्याभलरीका पूर्व अफिसर जर्ज आर्मस्ट्रङ कस्टर झैं हठी र अवोध बनेरभएपनि अमेरिकाले “पान-युरेशियाली महादैत्य” (रुस)को उदयलाई रोक्नु पर्छ। अमेरिकाको दवावका कारण रुस, चीन र इरान नजिक बन्दा, ब्रजेजिन्स्कीको “महादैत्य” को आगमन हुँदैछ, जसलाई अमेरिकाले ठाउँका ठाउँमा नै रोक्नुपर्छ। व्यापार युद्धले यसलाई रोक्न सकेको छैन। चीनसँग जताततैबाट कुनै न कुनै युद्ध हुने देखिन्छ, तर त्यस्मा अमेरिका हार्ने सम्भावना त्यति नै देखिन्छ।

    “चिनियाँ शताब्दी” छोटो हुने

    आगामी दशकहरुमा भोग्नुपर्ने जलवायू सङ्कटलाई वेवास्ता गर्दै अबको विश्व व्यवस्था व्यापारसँगसँगै अगाडि बढ्छ भन्ने आम धारणा रहेको छ। तर म्याककई यस्तो भ्रममा छैनन्। जलवायु परिवर्तन या संकटसम्बन्धी विश्लेषणमा उनको मौलिक निष्कर्ष छ। त्यो के हो भने आगामी दशकहरूको वैश्वीक भूराजनीतिमा जलवायु परिवर्तन या संकट नै केन्द्रीय कारक हुनेछ। उत्पादन एसिया (विशेषगरी चीन) मा सरिरहेको, र यसका साथसाथै जलवायु तीव्र परिवर्तन भइरहेको सामाजिक प्रवाहभित्र “वाशिंगटनको विश्व व्यवस्थाको अन्त्य गर्ने र वैकल्पिक वैश्वीक–प्रणालीको आरोहण हुने निश्चित नै छ।” …मानवजातिले शताब्दिदेखि गर्दैगरेको कृत्यहरुको परिणामस्वरुप अर्को प्रकोप कोभिडलाई सामना गर्नु परिरहेको छ, यो प्रकोप सन् १३५० देखि १४५० सम्मको ब्ल्याक डेथ महामारी जस्तै हुनसक्छ। यस्तै संकटले फेरि एक पटक, विश्व व्यवस्थालाई भंग गर्छ र विश्वलाई गति दिने व्यवस्था दिन्छ।”  

    चिनियाँ विश्वव्यवस्था पहिलेको अमेरिकी व्यवस्थामा भन्दा धेरै विस्तारित हुनेछ किनकि त्यसले ब्राजिल, इरान, टर्की, भारत, इरान र रुस जस्ता क्षेत्रीय प्रभुत्वहरूको उदयलाईसमेत स्वीकार गर्नेछ–म्याककई भन्छन्। अमेरिकाको तुलनामा घोषित राजनीतिक मापदण्डलाई कम महत्व दिइने र पारस्परिक आर्थिक लाभमा बढी जोड दिइने चिनियाँ दृष्टिकोण बढ्दो जलवायु संकटको सामना गरिरहेको दुनियाका लागि विशेषरूपमा आकर्षक देखिन सक्छ।

    टू गभर्न द ग्लोबको अन्तिम पृष्ठहरूमा म्याककईले आगामी जलवायु परिवर्तनका संकटहरुसम्बन्धी धेरै प्रक्षेपणहरू प्रस्तुत गरेका छन्– “सबैभन्दा नराम्रो अवस्था” भनेको सन् २१०० सम्ममा समुद्री सतह ५.८ फिट उचो हुनेछ, मध्यम स्तरकै संकटमा समेत सन् २०५० सम्ममा १५ करोड मानिसहरू समुद्रसतह भन्दा तलका बासिन्दा हुनेछन्। हाल बस्न नसकिने तातो क्षेत्रहरू पृथ्वीको भूभाग एक प्रतिशत रहेकोमा सन् २०७० सम्ममा २०% मा विस्तार हुनेछ। यसो भएमा “विश्वको एक तिहाइ जनसंख्या वा करिब ३.५ अरब मानिसले विगत छ हजार वर्षदेखि अभ्यस्त भइरहेको तापक्रममा होइन, बढेको तापक्रम र साँघुरो स्थानमा बास गर्नु पर्नेछ।”

    ४ डिग्री तापक्रम बढेर समुद्रसतहको उचाइ बढ्दा सांघाइको कम्प्युटरकृत तस्वीर

    बेलायत वा अमेरिकामा मात्र हैन, चीनमा समेत जीवाश्म ईन्धनको प्रयोग बढेको छ। करीव ८५% ऊर्जा जीवाश्म स्रोतहरूबाट आउँछ, यसमा BRI मा हुने भाग पनि पर्दछ। उनका अनुसार, चीनले हाल विश्वमा हुने कार्बन उत्सर्जनको लगभग एक तिहाइ उत्सर्जन गर्दछ। यसैको कारण चीन अरु मुलुकहरुभन्दा जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित हुनेछ।

    म्याककई लेख्छन्, “‍ … बढ्दो पानीको सतहको उचाइले सांघाई र यसको वरपरका सहरहरूको ‘मुटुलाई नै क्वाप्पै निलिदिने खतरा’ ले, चीनको मुख्य आर्थिक इन्जिनहरू मध्ये एक साघाइलाई अपांग बनाउँदैछ। समुद्र र दलदलमा धसिएर, सांघाईको धेरै भाग, ३० वर्ष पछि, जहाँबाट आएको थियो, त्यही समुद्रमा डुब्नेछ। ” यसैबीच, “बढ्दो तापक्रमले उत्तरी चीनको मैदानलाई विनाश गर्नेछ, बेइजिङ र सांघाई आसपास हाल ४ करोड मानिस बसोबास गर्ने प्रमुख कृषि क्षेत्र यस ग्रहको सबैभन्दा घातक स्थानमा परिवर्तन हुने सम्भावना छ।”

    म्याककईको निष्कर्ष छ–, “सन् २०३० तिर सुरु हुने ‘चिनियाँ शताब्दी’ लामो समयसम्म टिक्ने सम्भावना छैन, सायद २०५० को आसपास समाप्त हुन्छ, जब ग्लोबल वार्मिङको प्रभाव अव्यवस्थित हुन्छ” … तब चीनको विश्व शक्ति समाप्त हुने दिनहरू गनिनेछन्। ”

    त्यसपछि के होला?

    “सन् २०५० सम्ममा, जलवायु परिवर्तनलाई केही हदसम्म नियन्त्रणमा ल्याइएन भने, नयाँ र चिरकालिक विनाशकारी ग्रह सिर्जना हुने खतरा छ जसमा ‘विश्व व्यवस्था’ भन्ने शब्दहरूले आफ्नो सामान्य अर्थ गुमाउन सक्छ,” इतिहासकार लेख्छन्। ” सन् २०६० वा २०७० सम्ममा लगभग साँढे २७ करोड जलवायु–पीडित शरणार्थीहरूको उपस्थितिले उत्पन्न हुनसक्ने राजनीतिक र आर्थिक संकट सामना गर्न चाहे वाशिंगटनको होस् वा बेइजिङ (ती दुवै राष्ट्र–राज्यको प्रधानतामा आधारित छन्), को कुनै पनि विश्व व्यवस्था असक्षम साबित हुनेछन्।”

    “अगाडि नै संभव नभए पनि, सन् २०५० सम्ममा जतिसुकै शक्तिशाली भएपनि कुनै एकल राष्ट्रआधारित वैश्विक व्यवस्थाले सर्वसाधारणहरुका संकट समाधान गर्न सक्दैन। त्यसको अक्षमता आँखा तिर्मिराउने गरी सुस्पष्ट हुनेछ”, म्याककई भन्दछन्– यसपछि “…राष्ट्रहरुको समुदाय नयाँ किसिमको सामुहिक अनुक्रिया (संकटको सम्बोधन) र सशक्त वैश्विक शासनको (ग्लोवल गभर्नेन्स) आवश्यकतामा सहमत हुन सक्नेछन्।”

    काम गर्न सक्ने विश्व व्यवस्थाको परिकल्पना गर्दै, म्याककई भन्छन् कि पाँच शताब्दीका लागि विश्व व्यवस्थालाई बुझाउने गुणहरुलाई काम गर्नसक्ने बनाइनु पर्छ। राष्ट्रिय सार्वभौमसत्ता भन्दा बढी मानवअधिकार र विश्वका सर्वसाधारणलाई विशेषाधिकार दिनुपर्छ। उत्सर्जन नियन्त्रण गर्न, शरणार्थीहरूलाई पुन: बसोबास गर्न र वातावरणको पुनर्निर्माण गर्नको लागि एक उच्च राष्ट्रिय प्राधिकारयुक्त शक्ति चाहिन्छ। जीवाश्म उर्जाको राजनीतिले अत्यन्तै बढाएको अन्तर्राष्ट्रिय द्वन्द्वको यो क्षणमा, यस्तो परिणाम आउला भन्ने कुरा काल्पनिक लाग्न सक्छ। तर कहिलेकाहीँ, परिस्थितिजन्य तर्कहरुले समाधानहरू तिर डोर्‍याउँछन्, ती वर्तमान समयमा पहुँचभन्दा बाहिर जस्तो लागेपनि अत्यन्तै आवश्यक छन्।

    मैले सन् १९९० को दशकदेखि जलवायु समस्यामा ध्यान केन्द्रित गरिरहेको छु। म वैज्ञानिक रूपमा के आवश्यक छ र राजनीतिक रूपमा के सम्भव देखिन्छ बीचको अन्तरसँग निरन्तर प्रभावित भएको छु। यस कुराले गर्दा मलाई पत्रकारिता र राजनीतिक संगठनको माध्यमबाट स्थानीय, राज्य र क्षेत्रीय तहहरुमा कार्य गरेर, सबैभन्दा ठूलो विश्वव्यापी यो संकटलाई सम्बोधन गर्न एक विरोधाभाष देखिने तर एक सैद्धान्तिक आधार दिएको छ। संयुक्त राज्य अमेरिकामा, केही त्यहाँ प्रभावकारी जलवायु समाधानका उपायहरू लागु गरिएका छन्। त्यहाँ ऊर्जाका मापदण्डयुक्त नवीकरणीय ऊर्जाहरू तिर लाग्ने देखि जीवाश्म ईन्धनका पूर्वाधारहरू रोक्नसम्म तल्लो तहदेखि नै कार्यवाही हुँदैछन्।

    विश्वभरि नै, यहाँ सम्म ​​​​कि जलवायु मुद्धालाई महत्व दिने भनिएका मुलुकहरुका राष्ट्रिय सरकारसमेत जीवाश्म इन्धनप्रति अत्यन्तै चासो दिइरहेका रहेछन्– यो कुरा युक्रेन युद्धमा तिनीहरुले लिएको अडानले स्पष्ट गरेको छ। लोकतन्त्रलाई प्रतिबिम्बित गर्ने समाधानहरु स्थानीय र क्षेत्रीय तहमा अत्यन्तै सहजताका साथ लागु गरिन्छन्। सकारात्मक प्रभाव पार्ने तत्त्वहरु धेरै छन्। जलवायु प्रदूषणलाई कम गर्ने प्रमुख सार्वजनिक नीतिमा सकारात्मक प्रभाव पार्ने तत्त्वहरु वास्तवमा स्थानीय र क्षेत्रीय तहमा निहित छन्, यातायातका सञ्जालहरु र भवन–निर्माणका शर्तहरु राख्ने देखि तिनीहरुको नियमन गर्नेसम्मका निर्णयहरु गर्ने यिनीहरु नै हुन्। सबैभन्दा ठूलो बाधा भनेको राष्ट्रिय सरकारहरूको तुलनामा राज्य र स्थानीय सरकारहरूमा अपेक्षाकृत सीमित स्रोतहरू उपलब्ध हुनु हो।

    विश्व व्यवस्था घरबाट सुरु हुन्छ

    अत: म्याककईसँग सहमति राख्दै आफ्नै अनुभवका आधारमा, म विश्वास गर्छु– हामीले स्थानीय राष्ट्रिय र क्षेत्रीय तहका संस्थाहरुलाई जलवायु विषयमा काम गर्नसक्ने गरी सशक्तिकरण गर्न जलवायु मुद्दालाई ‘विरोधीभाषी सैद्धान्तिक आधार’मा अघि बढाउनु पर्छ। त्यही थपिएको शक्ति प्रयोग गर्दा त्यसले स्पष्टरुपमा आवश्यकता ठानिएको र राष्ट्रिय तहभन्दा माथिल्लो तहको प्राधिकार निर्माण गर्नका लागि राजनीतिक इच्छाशक्ति प्रस्फुटन गराउन सकोस्। बीचको तहलाई चलायमान बनाउन, राष्ट्रिय–राज्यले आवश्यक कदम चाल्नुपर्छ। जलवायु संकटबाट बाँचेको उदाइरहेको वा कुनै पनि विश्व व्यवस्थाले आफ्नो घर वरिपरिबाटै काम थाल्दछ ।

    म स्वीकार गर्दछु कि म्याककईले प्रक्षेपण गरेको संकट टार्न हामी धेरै पछि परिसकेका छौं। यसका लागि यस मुद्दामा काम गरेको लामो कार्यकालमा नदेखिएको तहको राजनीतिक संगठन र नागरिक प्रतिरोध आवश्यक पर्नेछ। जुन हौसलाका साथ म्याककईले आफ्नो पुस्तकको अन्त्य गरेकाछन्– म त्यसको सह्राना गर्दछु,  जसले त्यही पुस्तासँग सम्बन्धित भएको नाताले मेरो आफ्नै हौसलाको पनि प्रतिनिधित्व गर्दछ।

    ” म आफ्नो भनाइ आफ्नै बेबीबुम पुस्ताको प्रतिनिधित्व गर्दै अहिलेको युवा पुस्ता सामु सन् २०५० सम्ममा (जतिबेर म मरिसकेको हुनेछु, तिमीहरु प्रौढ बनिसकेका हुनेछौ, तिम्रा आफ्नै सन्तान हुर्काउदै अप्ठ्यारो वातावरणमा बाँच्नलाई संघर्ष गर्दै हुनेछौ) दुखद रुपमा मुल्यबोध हुने यो जलवायु संकट छोडेर जाँदैछौं भनी माफि मागेर मेरो ब्यक्तिगत टिप्पणी सहित अन्त्य गर्नचाहन्छु। तिमीहरुलाई शुभकनमना र ईश्वरले तिमीहरुको कल्याण गरून्, सायद तिमीहरुलाई यी दुवैको आवश्यकता पर्नेछ।

    लेखक मिर्ज्जा पर्यावरण अभियान्ता का साथै Climate Solutions team का संस्थापक सदस्य हुन्।  इतिहासकार अल्फ्रेड म्याककईका कृतिहरु खासगरी टू गभर्न दी वर्ल्डमा आधारित रहेर लेखिएको उनको यो लेख सेप्टेम्वर २, २०२२ मा न्यू एज बङ्गलादेशबाट साभार गरिएको हो।  

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्याट्रिक मिर्ज्जा

      प्याट्रिक मिर्ज्जा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.