Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हाम्रा नेताहरू ‘नाङ्गै हिँड्ने वादशाह’जस्तो हुनुभयो

गणेश साह गणेश साह
चैत्र २४, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालको कम्युनिष्ट आन्दोलनको बारेमा ठोस व्याख्या, बुझाई र विश्लेषणको आवश्यकता छ। दिवंगत् विष्णुबहादुर मानन्धरजीसहित हामीले कम्युनिष्ट आन्दोलन गर्दा नेपालमा सामन्त, जमिन्दार र भूदासको अवस्था थियो। अहिले त्यसमा धेरै परिवर्तन भइसकेको छ। जातीय विभेदहरूमा पनि धेरै परिवर्तन भएको छ। त्यसैले समय अनुकुल आन्दोलनको व्याख्या र विश्लेषण गर्दै त्यसलाई अघि बढाउनुपर्छ। हामीले आन्दोलन थाल्दा नेपालको साक्षरता करिब २ प्रतिशत थियो। अहिले शिक्षाको अवस्था बेग्लै छ। त्यतिबेला नेपालमा विश्वविद्यालय थिएन, अहिले एक दर्जन भन्दा बढी छन्। यसको मतलव समाजमा एक प्रकारको परिवर्तनचाहिँ भएको छ।

    कम्युनिष्ट आन्दोलनको विश्लेषण आवश्यक

    माक्र्सवादले भन्छ ‘जो अभि है, ओ अभि नही है।’ यसको मतलव हो, अहिले जे छ, त्यो द्रुत गतिमा परिवर्तन भइसकेको छ। अहिले समाजको उत्पादन प्रणालीमा पनि धेरै परिवर्तन आएको छ। किसानको कुरा गर्दा पहिले ‘खेत र खलियान’ भनिन्थ्यो भने अहिले ‘खेतदेखि पेटसम्म’भनिन्छ। अहिले खेतमा ट्रयाक्टरदेखि थ्रेसरसम्मका उपकरण लगाउने गरिन्छ। यसलाई हामी ‘खेतदेखि पेट’सम्म भन्छौँ। यसरी प्रविधिमा समेत व्यापक परिवर्तन भइसकेको छ।

    वातावरणमा पनि धेरै परिवर्तन भएको छ। अहिले सबैतिर जल, जमीन र वायुमा प्रदुषण समेत बढेको छ। त्यस्तै यातायात र दुरसञ्चारका साधनले पनि धेरै जीवनमा धेरै परिवर्तन ल्याएको छ। हिजो एक ठाउँबाट अर्को ठाउँमा जान कठिन थियो। अहिलेको जस्तो बाटोघाटो, पुल र सवारी साधन थिएनन्। बयलगाडीमा सामान ओसार्नुपथ्र्यो। अहिले यातायातको सुविधाले जीवनमा परिवर्तन ल्याइदियो। सञ्चारले पनि टाढा टाढाका मान्छेहरूलाई जोडिदियो। त्यसैले यी कुराले समाजमा धेरै परिवर्तन ल्याइदिएको छ।

    यो परिवर्तनलाई नेपालको माक्र्सवादीहरूले राम्ररी विश्लेषण गर्न र सम्बोधन गर्न सकेनन्। एमाले नेता घनश्याम भूसालजी प्रायः दलाल पूँजीवादको कुरा गरिरहनुहुन्छ। नेपालमा यो दलाल पूँजीवाद कसरी उत्पादन भयो, अर्थतन्त्रमा त्यसको योगदान कति छ र यसलाई कम गर्नका लागि राष्ट्रिय उद्योगको विकास गर्दा के गर्नुपर्छ भनेर अझै ध्यान दिइएको छैन।

    राष्ट्रिय स्रोतमा आधारित अर्थतन्त्र

    विश्वमा अहिले औद्योगिक क्रान्ति चौथो चरणमा छ, अब छिट्टै पाचौँ चरणमा प्रवेश गर्दैछ। पाचौँ चरणमा अब मान्छेलाई मेसिन बनाउने मान्छे चाहिन्छ । त्यसको अर्थ हो, अब काम गर्ने मान्छे थोरै भए पनि पुग्छ । यो भनेको आर्टिफिसिय इन्टेलिजेन्स (क्रितिम बौद्धिकता)को कुरा हो। पाचौँ चरणमा पुगिसक्दा हामी अर्कै समाजमा फड्को मारिसकेका हुनेछौँ। तर नेपालमा हामीले हाम्रो अर्थतन्त्रलाई राष्ट्रिय स्रोत र साधनमा आधारित बनाउन सकेका छैनौँ। हाम्रो अर्थतन्त्रलाई राष्ट्रिय स्रोत साधनमा आधारित गर्न र नेपालको लागि उपयुक्त प्रविधिको छनौट गर्न सक्दैनौँ भने हामी तलसम्म आर्थिक र सामाजिक परिवर्तन गर्न सक्दैनौँ।

    अहिलेको नेपाली समाज शहरउन्मुख छ। नेपाल संसारको सबैभन्दा बढी शहरीकरण हुने मुलुकमध्येमा पर्छ। हिजो शहर र गाउँबीच एउटा बेग्लै सम्बन्ध थियो। नेपालको कम्युनिष्ट आन्दोलनले सबैभन्दा पहिले यसको विश्लेषण गर्न आवश्यक छ। समाजमा भएको परिवर्तनलाई सम्बोधन गर्न र सोहीअनुरुप आफूलाई परिवर्तन गर्न नसक्दा नेपालको वाम आन्दोलन कमजोर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली अबको साउनदेखि वृद्ध भत्ता बढाउने आश्वासन बाँढ्दै हुनुहुन्छ। तर हामीलाई मान्छेलाई अल्छी बनाउने भत्ता चाहिएको होइन। हामीलाई रोजगारी चाहिएको हो। रोजगारीका लागि देशमा कल, कारखाना, उद्योग बनाउनुपर्छ। रोजगारीले मान्छेलाई सम्मानित बनाउँछ।

    मैले कसैको दानको पैसा खाएको छैन र मैले आफ्नो रोजगारीको पैसा खाएको छु भने मेरो आत्मसम्मान बेग्लै हुन्छ। हामीकहाँ के छ भने जसले बढी ऋण मागेर ल्याउँछ, त्यो चाहिँ शक्तिशाली अर्थमन्त्री ठहरिन्छ । मुलुकलाई बलियो बनाउनका लागि आफ्ना जनतालाई रोजगारी दिनुपर्छ र उत्पादनमुलक तथा सीपमुलक बनाउने नीति लिनुपर्छ ।

    अहिलेको कम्युनिष्ट आन्दोलनको विकृति भनुँ या विसंगति, मूल जरो भनेको हाम्रो उत्पादन प्रणालीमा जुन परिवर्तन ल्याउनुपथ्र्यो त्यो ल्याउन सकेनौँ । कम्युनिष्टहरू नै निजिकरण, उदारीकरण, विश्वव्यापीकरण र डब्ल्युटिओको भेलमा बग्दैछौँ। कम्युनिष्ट आन्दोलनले त्यसलाई प्रतिवाद गर्नुपथ्यो। तर कांग्रेसका तर्फबाट अर्थमन्त्री भएका रामशरणभन्दा पनि कम्युनिष्ट पार्टीबाट अर्थमन्त्री बनाइएका युवराज खतिवडा झनै बढी त्यो भासमा गए। निजिकरण, उदारीकरण र विश्वकरणले दलाल पूँजीवादको निर्माण ग¥यो। दलाल पूँजीवादले अन्र्तर्राष्ट्रिय बजारलाई बढी स्थान दियो। र, नेपालमा दलाल पूँजीपतिको बिगबिगी भयो। मजदुर किसानहरू बाहिर जान थाले।

    र, हाम्रोमा सबैभन्दा ठूलो चिन्ताको विषय भनेको कम्युनिष्ट नेताहरूको समेत जीवनशैलीमा धेरै परिवर्तन आउनु हो। कुनै समय कम्युनिष्ट आन्दोलनमै होमिएकी अहिलेकी हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनशैली हेर्दा उहाँ परम्परागत महाराजा वा महारानी भन्दा कम देखिनुहुन्न । देशमा राजा फलियो तर राजा फाल्ने नेताहरूमै राजतन्त्रको सामन्तवादी चरित्रको अवशेष बाँकी नै छ।

    नेताहरूमा अहंकार

    अंग्रेजीमा एउटा भनाई छ, ‘अनटाइमली प्रोमोसन इज डेन्जेरस।’ मलाई के लाग्छ भने नेपालका कम्युनिष्टहरूले पछिल्लो चुनावमा दुईतिहाई बहुमत नजिकको भोट पाउनु नै प्रतित्युत्पादक भयो। यसबाट कम्युनिष्ट नेताहरूमा जे गरेपनि जनताले भोट दिन्छन् भन्ने दम्भ र अहंकार बढ्यो। यसरी नेताहरू दिग्भ्रमित भए र आफूलाई प्रधानमन्त्री बनाउने संसदलाई नै भत्काउने र अपमान गर्न थाले। आफैँलाई अध्यक्ष बनाउने पार्टीको पनि अपमान हुन थाल्यो। यसरी अहंकार बढ्नुका साथै दिग्भ्रमित हुन थालेपछि कम्युनिष्ट आन्दोलन झनै खस्किदैँ गयो।

    अहिले कम्युनिष्ट कार्यकर्ता भन्दै जुन किसिमले अचेल सदस्यता वितरण गरिन्छ, कम्युनिष्ट आन्दोलनमा सहभागी हुने त्यो प्रक्रिया नै उपयुक्त छैन। जोसुकैलाई पनि कम्युनिष्ट पार्टीको सदस्यता दिने कुराले समाजको वर्गीय अवस्थालाई कम बुझेका वा बुझ्दै नबुझेका सदस्यहरू पनि कम्युनिष्ट पार्टीमा आइपुग्छन् । वि.सं. ०४६ साल पहिले कम्युनिष्ट पार्टीको सदस्यता बन्नुपूर्व त्यो व्यक्ति कस्तो परिवारबाट आएको हो भन्ने हेरिन्थ्यो। साथै विधान मान्नुपर्ने, लेवी तिर्नुपर्ने र एउटा कमिटीमा काम गरेकै हुनुपर्ने अनिवार्य सर्त थियो । त्यो नभए कम्युनिष्ट पार्टीको सदस्य बन्न पाइँदैन थियो।

    अर्को कुरा, कोही व्यक्ति मध्यम वा सम्पन्न वर्गबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्न चाहन्थ्यो भने उसले एक वर्ष परीक्षण कालमा बस्नुपथ्र्यो। म आफैँ मध्यम वर्गीय परिवारबाट आएकाले म पनि परीक्षणकालमा बस्नुप¥यो। उतिखेर कम्युनिष्टहरूले टुकीको बत्ती बालेर पार्टी सदस्यताको सपथ लिर्नुपर्ने चलन थियो। औँला काटेर रगत निकालेर रगतले सदस्यतामा सही गर्ने चलन थियो। त्यस्तो अनुशासन र कडा विधि पालन गरेर आएको कम्युनिष्ट आन्दोलन अहिले दक्षिणपन्थी भास र उग्र वामपन्थमा गयो। दोस्रो जनआन्दोलनपछि कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीमा न्यूनतम मापदण्ड पनि पालना नगरेकाहरूलाई सहजै पार्टीमा प्रवेश दिइयो। जीवनशैली, आदर्श, सिद्धान्त र संगठन कुनैपनि आधारले पूरा गर्न नसक्नेहरूको पार्टीमा अहिले बिगबिगी छ ।

    सांस्कृतिक रुपान्तरण र पढ्ने संस्कृति

    सांस्कृतिक रुपान्तरणका लागि नेताहरूले सबैभन्दा पहिले आफूमै परिवर्तन गर्नुपर्छ। चीनको इतिहासमा सांस्कृतिक क्रान्ति भयो । त्यसको रूपचाहिँ अझै पनि छलफलको विषय छ। साँस्कृतिक रुपान्तरणका विषयमा कुरा गर्नुपर्दा म अहिले पनि कांग्रेसका महेन्द्रनारायण निधिलाई सम्झन्छु। उहाँ पार्टीको ठूलो नेता भएपनि आम नागरिक जस्तै सरल र विनम्र हुनुहुन्थ्यो ।

    त्यसैले आफैँबाट परिवर्तनको सन्देश दिनु सबैभन्दा ठूलो कुरा हो। यदि हाम्रा नेताहरूले आफूलाई परिवर्तन गर्न सक्दैनन् भने जनताले पनि खबरदारी गरिरहनुपर्छ। हामीले आलोचना र आत्मलोचना गरिरहनुपर्छ। तर हाम्रो दुर्भाग्य, खबरदारी गर्दा पनि सुन्ने साहस भएका नेता कम छन् अहिले । हामीले पनि प्रत्यक्ष रूपमा भन्न नसकेपनि अप्रत्यक्ष रुपमा पार्टीको नीतिनियमहरूमा आलोचना र आत्मालोचना गरिरहनुपर्छ । हाम्रो पढ्ने संस्कृतिमा पनि ह्रास भएको छ। त्यसमा पनि के पढ्ने भन्ने कुरा हुन्छ। पहिले हामी दर्शन, विचार र राजनीतिका पुस्तकहरू पढ्थ्यौँ। त्यस विषयमा पार्टीबाट नियमित प्रशिक्षण हुन्थ्यो। त्यसपछि हामी आलोचनात्मक सँस्कृति र जीवन पद्धतिका बारेमा अध्ययन गथ्र्यौँ।

    जानेसम्म कुनै कमरेडलाई होच्याउने शब्द हामीले बोलेनौँ। कहिलेकाहीँ कुनै समुदायमा राम्रो लाग्ने शब्द अर्को समुदायमा नराम्रो अर्थ लाग्ने हुन्छ। त्यसैले यी कारणले गर्दा कहिलेकाहीँ समस्याहरू भए हेलान्। तर जानेर हामीले कसैलाई अपमान गरेनौँ । जस्तैः मधेशमा बुवा र दाईलाई ‘तिमी’ भन्ने चलन छ। हामीकहाँ ‘ज्यु’, ‘हजुर’ भन्ने चलन छैन। कसैले ‘हजुर’ भन्दा हामीलाई मजाक गरेजस्तो लाग्थ्यो। मधेशको मान्छेले ‘हजुर’ भन्दा चाकडी गरेको जस्तो लाग्थ्यो। बहुभाषिक देशमा भाषामा तलमाथि हुनु स्वभाविक हो। तर तिनै शब्द कुन नियत र भावले भनिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

    अहिलेको संकट

    अहिले यी सबै समस्या आउनुको कारण नेताहरूमा अहम् भावना हुनु र उनीहरू दिग्भ्रमित हुनु हो। उहाँहरूको साँस्कृतिक विचलन हो । यत्रो लामो आन्दोलनबाट आएका नेताहरूमा आफूभन्दा तलका कार्यकर्ताले ‘मैले जे गरेपनि सबैले मान्छन्’ भन्ने भ्रम छ। अचेल कुनै नेताले सानो मात्रै काम ग¥यो भने पनि त्यसको धुवाँदार प्रचार गर्ने गरिन्छ। व्यक्तिवादी संस्कार हो यो। सामूहिकता नभएपछि हुने यस्तै हो। त्यसमाथि अचेल त राजनीतिज्ञहरू नै दलाली गरेर पैसा कमाउनतिर लागेका छन्। अनि तल्लो वर्गचाहिँ चाकडी गर्नतिर लाग्यो।

    त्यो वर्गचाहिँ बढी चाकडीवादमा गयो । त्यसैले अहिले म कहिलेकाही सिनियर नेतालाई विश्व चर्चित कथा इम्पेरर्स न्यु क्लोदको सन्दर्भ निकालेर भन्छु, ‘तपाईहरू नाङ्गै हिँड्ने वादजस्तो हुनुभयो।’ अहिले वैचारिक र राजनीतिक रूपमा भित्रभित्रै नाङ्खो भइसकेको नेतालाई नै बाहिरबाट जयजयकार गर्ने प्रवृत्ति छ। नेताहरूमा अहंकार र भ्रम बढ्दै गएपछि चाकडीवाजहरूले पनि बढी चाकडीकै भाषा प्रयोग गर्ने गर्छन्। र, अचेत त हाम्रा नेताहरूलाई यसैमा बानी पर्दै गयो।

    कम्युनिष्ट नेताहरूलाई सुझावः

    कम्युनिष्टहरूले समाजमा समता, सद्भाव र सम्मानकै कुरा बढी आत्मसात गर्नुपर्छ। यहाँ नहुने र हुनेखानेबीचमा ठूलो खाडल छ। यो खाडल जति बढछ समाजमा त्यतिनै द्धन्द्ध बढ्छ। त्यसैले एउटा कम्युनिष्ट नेताको हैसियतले म भन्छु, पहिले आम व्यक्तिलाई रोजगारी, सम्मान र मेहेनत गर्ने ठाउँ उपलब्ध गराउनुपर्छ। त्यसका लागि नेपालमा श्रमिक आन्दोलन हुनुपर्छ।

    कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नै श्रमिक आन्दोलन र किसान आन्दोलन हो। यसलाई अगाडि बढाउनै पर्छ। किसान हाम्रा अन्नदाता हुन्। पैसा भएपनि भोलि संकटका बेला अरु देशले हामीलाई अन्न नदिन पनि सक्छन्। त्यसैले देशका किसान र श्रमजिवी वर्गसँग अहिलेको कम्युनिष्टहरूले गम्भीर भएर काम गर्नुपर्छ। नेपाल भूगोल, विविधता, भाषा र जैविक विविधता भएको मुलुक हो। यसका बारेमा पनि नेताहरूले गम्भीर भएर बुझ्नुपर्छ र त्यसै अनुसार आगामी दिनका लागि नीति र कार्यक्रम बनाउनुपर्छ।

    माक्र्सवाद, मितव्ययीता र शासक

    युवा पुस्तालाई पनि म के भन्छु भने थोरै भएपनि माक्र्सवादको सैद्धान्तिक र वैचारिक पक्षहरूलाई बुझ्नुहोस्। आजभोलि त अनलाइन र प्रविधिका कारण धेरै सामग्रीहरू सहजै उपलब्ध हुन्छन्। राजनीति गर्नेले पनि कमसेकम आफ्नो जीवनलाई कम खर्चिलो बनाउनुहोस्। आफ्नो आम्दानीभन्दा १० प्रतिशत भएपनि कम खर्चमा जीवनयापन गर्नुहोस्। एउटा सामान्य नागरिक बन्नु धेरै गाह्रो काम हो।

    म धेरै नेताहरूलाई भन्छु, ‘तपार्इँ यति ठूलो सुरक्षाका बीच बस्नुभयो भने तपाईंसँग आउने मान्छे र आम कार्यकर्ताहरूले मनमा लागेको कुरा भन्न सक्दैन । किनभने उसलाई डर हुन्छ ।’ कतिपय नेताहरूलाई सामान्य सुरक्षा चाहिन्छ। तर यतिसम्म सुरक्षा नहोस् कि त्यसले अरुहरूका लागि त्रासको वातावरण बनोस् । नेताको जीवनशैलीले उनीहरूको भाषणभन्दा धेरै कुराको सन्देश दिन्छ। त्यसैले आफ्नो जीवनलाई नेताहरूले आम नागरिकको जस्तो बनाउनुपर्छ।

    फल लागेको हाँगा जहिले पनि झुक्छ, त्यसैले जब तपाईँमा बौद्धिक ज्ञान र चेतना बढ्छ, तपाईँ विनम्र हुनुहुन्छ। त्यो भनेको अरुलाई सम्मान गर्नु पनि हो। नेताजीहरूका मुखमा रामराम तर बगलीमा छुरा हुनुहुँदैन। मुखले चाहिँ भ्रष्टाचारको मुख हेर्दिनँ भन्ने तर व्यवहारमा अर्कै हुने हुनुहुँदैन। जीवन पद्धति र व्यवहारले आफ्नो भाषण प्रमाणित गरिदिनुभयो भने पो तपाईँ असल कम्युनिष्ट भएको ठहर्छ ।

    नेपालको कम्युनिष्ट आन्दोलन बेलाबेला विकृति र विसंगतिबाट गुज्रेको छ। त्यसो हुँदाहुँदै पनि नेपालमा कम्युनिष्ट आन्दोलनलाई माया गर्ने र यो आन्दोलन अघि बढोस् भन्नेहरूको संख्या ठूलो छ। यसर्थ, अब कम्युनिष्ट आन्दोलनलाई पुनर्संगठित गर्ने एक किसिमको नयाँ नेतृत्व आवश्यक छ, जसले परिवर्तनको आवाजलाई बुझ्न सकोस।

    र, समाजमा गरिब र धनीको खाडल कम गर्न सक्ने हुनुपर्छ त्यो नेतृत्व। एउटा भनाई छ, ‘पोभर्टी एट वान प्लेस इज थ्रेट टु प्रोस्परिटी एट अनदर’ अर्थात् यसको मतलव यदी तपाईँकहाँ गरिबी छ भने त्यो तपाईंको सम्पन्नताका लागि पनि खतरा हो। त्यसैले तपाईँ जति सम्पन्न हुनुहुन्छ, तपाईँले विपन्नहरूका लागि पनि सद्भाव र सहयोग लिएर अघि बढ्नुपर्छ।

    गरिब, शोषित, पीडित र किसानको नेतृत्व गर्ने र त्यो वर्गलाई सचेत गर्ने तथा तिनलाई संगठित गर्ने काम कम्युनिष्ट पार्टीको हो। त्यो मूल उद्देश्यबाट विचलित नभइ हामी अगाडि बढ्यौँ भने नेपालमा अझैपनि कम्युनिष्ट आन्दोलनको राम्रो भविष्य छ। त्यसैले अहिले नै निरुत्साहित हुनुपर्ने कारण छैन। सचेत भएर वैचारिक र सैद्धान्तिक संघर्ष तथा संगठनको शुद्धीकरण र सुदृढीकरण गरेर अगाढि बढ्यौँ भने, मलाई लाग्छ, हामीले कम्युनिष्ट आन्दोलनको गुमेको साखलाई पुनःस्थापित गरेर अगाडि बढ्न सक्छौँ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गणेश साह

      गणेश साह

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.