Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कार्यकर्ता बोल्न डाराउँछन् भने त्यो पार्टी वामपन्थी होइन

गौरी प्रधान गौरी प्रधान
मंसिर २६, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यो पटकको प्रतिनिधि तथा प्रदेश निर्वाचनको परिणाम विगतको भन्दा फरक देखियो। मतपरिणामको गणीतीय अंकका आधारमा ठूला भनिएका पार्टी ठूला नै रहे, तरपनि केही युवा तथा नयाँ अनुहारको आगमनले पुराना र उमेरले पाका नेताहरूका लागि अब भने चुनाव जित्न त्यति सजिलो छैन भन्ने महशुस गराएको हुनुपर्छ। नेपाली जनताको चेत एकदमै गतिशील छ। यस मतपरिणामले जनता कसैको बधुवा हुन चाहँदो रहेनछ भन्ने कुरा प्रस्ट्याएको छ। नेपाली स्वाभिमान र स्वतन्त्र निणर्य गर्न चाहन्छन्। र, मेरो लागि यो स्वभाविक परिणाम हो।

    परम्परागत प्याटर्न तोडियो
    हाम्रो राजनीतिक व्यवस्थामा मूलतः राजनीतिक दलहरूबाट चुनिने जनप्रतिनिधिहरूलाई राजनीतिक दलहरूको नाम र तिनका चिन्हको आधारमा, ख्यातिको आधारमा र विगतका कर्मका आधारमा भोट दिने गरिन्छ। हुनत ठूला दलहरू विगतमा जस्तै पहिलो, दोस्रो र तेस्रो स्थानमै आए। तर महत्वपूर्ण कुरा ती सबैले आफ्नो जनमत विस्तारै गुमाउँदै गएका छन्। कतिपय ठूला दलका ठूलै नेता नराम्रोसँग हारेका छन्। निर्वाचनमा यो स्वभाविक मान्नुपर्छ। नयाँ प्रत्यासी कस्ता आएका छन् र पुरानाहरूको कर्म कस्तो छ भन्नेमा पनि भरपर्छ। मैले यो निर्वाचनको पर्यवेक्षण पनि गरेको छु। काठमाडौं, नुवाकोट र धादिङका दर्जनौं निर्वाचन केन्द्रमा गएर गरेको पर्यवेक्षणका क्रममा मैले मतदाताको उत्साह चाहिँ घटेको देखेँ।

    यसअघिको निर्वाचनमा जुनखालको उत्साह थियो, त्यस्तो यो पटक देखिएन। हिजोको निरंकुशता ढलेको अवस्थामा राजनीतिक पार्टीहरूको प्रतिबद्धता र अब भने साच्चिकै नयाँ नेपालको निर्माण हुन्छ भन्ने आशा गरेका मतदाताले अघिल्लो निर्वाचनमा उत्साहका साथ भोट दिएका थिए। तर दलहरूले नयाँ सपनाहरू बाँडेपनि त्यसलाई पूरा गर्ने प्रक्रिया र कामहरू पुरातन खालकै भए, ती जनपक्षीय भएनन्। त्यसैले यसपटक मतदातालाई आफ्ना प्रतिनिधि चुन्न एकदमै सकस भएको देखियो। पुरानाले आफ्ना प्रतिबद्धताहरू पूरा गरेनन्, घोषणापत्रमा लेखेका कुरालाई कार्यान्वयन गर्ने प्रक्रियामा लागेनन्, त्यसैले अब कसलाई दिने भन्ने अन्यौल मतदातामा रह्यो।

    चुनावी दौडमा आएका नयाँ अनुहारलाई पनि मौका दिउँ न त भनेर मतदाताले यो पटक नयाँहरूको परीक्षा लिन खोजेको देखियो। जसरी निर्वाचनमा उम्मेद्वार उठ्नेहरूमा बाजेबज्यैदेखि नातीनातिनीको पुस्ता छ, त्यसैगरी मतदातामा पनि यही तीन/चार पुस्ता छ। त्यसैले अहिलेको छोराछोरी पुस्ताले भोट दिने एउटा परम्परागत प्याटर्नलाई तोडेका छन्। उहाँहरूले अब बुवाआमाले समर्थन गरेकै पार्टीको विकल्प खोजेका छन्। पार्टीको समर्थनलाई पनि जसरी जात, धर्म, वर्ण र आस्थाको रुपमा मात्रै हेरिन्थ्यो, अहिलेको पुस्ताले त्यसमा ब्रेक गरेका छन्।

    अहिलेलाई प्रतिपक्षी नै ठीक!
    अहिले नयाँ आएका राजनीतिक दलहरूमाथि उहाँहरूको सिद्धान्त के हो भनेर प्रश्न गर्ने गरिन्छ। तर यहाँ सैद्धान्तिक रुपमा स्पष्ट भएकाले आफ्नो सिद्धान्त अनुसार कति काम गरे ? सैद्धान्तिक रुपमा स्पष्ट नभएकाहरू अब स्पष्ट हुँदै जान्छन् कि! अहिले आक्रोशको राजनीति छ, नयाँहरू भर्खर जन्मिदैछन्, परिवर्तनको राजनीति छ, युवा दिमागहरू छन्, आफूले भ्याएको जति गर्छन्। तर राजनीतिक पार्टी भएर आइसकेपछि कतिपय विषयहरूमा सैद्धान्तिक प्रष्टता भने हुन जरुरी छ।

    अहिलेको राजनीतिक परिस्थितिलाई थप अध्ययन, अनुसन्धान गरी जनतासँग एकाकार हुने र संघर्ष गर्ने प्रक्रियाबाट सिद्धान्त र राजनीतिलाई उहाँहरूले बुझ्नुहुन्छ भन्ने अपेक्षा छ। त्यो बाटो उहाँहरूका लागि फराकिलो पनि छ। उहाँहरू त्यसरी जानुभयो र सार्थक नविनतम प्रतिपक्षीको रुपमा उभिनुभयो भने त्यसले आगामी बाटोमा गन्तव्यहरू स्पष्ट हुँदै जान्छन्।

    उहाँहरूको परीक्षा छिटै हुँदैछ। कसैको पनि पूर्ण बहुमत नभएकाले दुईचारवटा सिट भएकाले पनि भागबण्डा पाउन सक्छन्। हिजोको जस्तै भागबण्डाकै राजनीतिमा आफूलाई डुबाउने हो भने उहाँहरूको पनि भविस्य एकदमै छोटो हुन्छ। उहाँहरू यो देशमा सफा राजनीति गर्नका लागि, विगतका गल्ति कमजोरीलाई सुधार्नका लागि र जनताको पक्षमा उभिनका लागि आएको हो भने उहाँहरू सैद्धान्तिक र व्यवहारिक रुपमा थप स्पष्ट हुँदै जानुहुनेछ।

    वामपन्थीमै राजनीतिक संस्कारको कमी
    यसपाली कम्युनिष्ट पार्टीहरूलाई आएको भोट एकै ठाउँ राख्ने हो भने त्यसलाई राम्रै मान्न सकिन्छ। तर यसलाई अघिल्लो निर्वाचनको मतपरिणामसँग तुलना गर्ने हो भने कम्युनिष्ट पार्टीहरूको मत धेरै घटेको छ। हुनत यो देशको संविधानले नै समाजवादको दृष्टिकोण बोकेका छ। त्यसैले यसलाई मान्ने सबैलाई समाजवादी दृष्टिकोण राख्ने भन्न सकिन्छ। कांग्रेसले पनि आफूलाई एकखालको समाजवादी भनेका छन्, अरु लोकतान्त्रिक दलहरूले पनि समाजवादी भनेका छन् र कम्युनिष्ट नाम भएकाले त स्वभाविक रुपमा आफूलाई समाजवादी भन्ने नै हुन्। कम्युनिष्ट पार्टीको नाम, हसिया हथौडा, लालसलाम जस्ता तिनचारवटा कुराले कसैलाई समाजवादी वा वामपन्थी बनाउँदैन। यो त ‘धर्म’ हो। यो पुरातनको रुपमा मात्र अगाडि आएको छ।

    अहिले जसरी नयाँहरूमाथि उहाँहरूको सैद्धान्तिक दृष्टिकोणलाई लिएर प्रश्न गरिँदैछ, पुराना भनिएका वामपन्थीहरूहरू पनि यो कुरा सोध्न सकिन्छ, वामपन्थीहरूको सैद्धान्तिक धरातल के हो? यसै निर्वाचन अघि बनेका गठबन्धनहरू सिद्धान्तको आधारमा बनेका हुन्? कुनै वामपन्थीले राजावादीसँग र कुनैले प्रजातान्त्रिक शक्तिहरूसँग गठबन्धन गरेका छन्। वामपन्थीहरू किन एक हुन सकेनन्? यो राष्ट्रिय-अन्तराष्ट्रिय राजनीतिक खेलको परिणाम हुन सक्दछ या त यी पार्टीको नेतृत्वमा भएका दम्भ, गलत बुझाई र गलत विश्लेषणहरूको परिणाम पनि हुनसक्छ। यद्यपि अहिले नै केही बिग्रेको छैन। आफ्ना गल्ति र कमजोरीहरूको समीक्षा गर्दै वास्तविक वामपन्थी र समाजवादी दृष्टिकोणका लागि सधैँ आधारभूत न्यूनतम साझा अभियानहरूलाई तर्जुमा गर्न होस गर्ने हो भने वामपन्थी पार्टीहरू फेरि आफूलाई व्यूँत्याएर पुनर्निर्माणतर्फ जान सक्छन्।

    तर नेपालको इतिहासमा टुटफुट, गालीगलौज, त्यो पनि तल्लो स्तरको गालीगलौज गर्ने प्रवत्ति सबैभन्दा बढी वामपन्थी पार्टीहरूमै छ। सबैभन्दा पहिले वामपन्थी भनिएका नेताहरूले आफूलाई राजनीतिक संस्कारमा रुपान्तरण गर्नुपर्छ। मन मिलेको दिन ज्यान दिउँला जस्तो गर्ने र मन फाटेको दिन ज्यानै लिउँला जस्तो गर्ने चरित्रलाई त्यागेर राजनीतिक संस्कार अपनाउनुपर्छ। नेताहरूका विचार, राजनीतिक अडान र दृष्टिकोणहरू फरक हुन्छन्, त्यसलाई अभिव्यक्त गर्न र अर्काको दृष्टिकोणलाई सम्बोधन गर्नका लागि राजनीतिक शब्दहरू प्रयोग गर्नुपर्छ।

    एउटाले अर्कोलाई गरेको गाली सुनिसक्नु छैन। उहाँहरूले नयाँ पुस्तालाई के सन्देश दिन खोज्नुभएको? गालीगलौजकै संस्कार अगाडि लैजान खोज्नुभएको कि राजनीतिक संस्कार? राजनीतिक नेताहरूमा क्रिटिकल एप्रोचहरू अर्थात् समालोचनात्मक दृष्टिकोणहरू हुन आवश्यक छ। सबैभन्दा राम्रो सैद्धान्तिक आधार वामपन्थीहरूसँगै हुनुपर्ने हो। घोटेर पिएको सिद्धान्तले केही हुँदैन। यो व्यवहारमा रुपान्तरित हुनुपर्छ।

    मेरो विचारमा यो देशका जनता असाध्यै वामपन्थी छन्। वामपन्थी भन्नाले परिवर्तनकारी। कसैले नयाँ दृष्टिकोणहरू अगाडि ल्याउँछ भने जनताले त्यसलाई साथ दिन्छन्। देशमा छिटो भन्दा छिटो समानतामा आधारित समाजिक र राजनीतिक परिवर्तनहरू गर्न चाहन्छन्। ठूल्ठूला सपना देखाएर मात्रै होइन देशको वास्तविकता, तथ्य र तथ्यांकको आधारमा देशलाई कतिसम्म अगाडि बढाउन सकिन्छ भन्ने कुरा स्पष्ट दृष्टिकोण हामीसँग हुनुपर्छ। नेपालका राजनीतिक पार्टीहरूमा दिगो र स्वाभलम्वी दृष्टिकोणहरू छैनन्। भौतिक पूर्वाधारको आधारमा मात्रै होइन, सामाजिक, आर्थिक र सांस्कृतिक पाटोबाट पनि विकासको दृष्टिकोण राख्नुपर्छ। भौतिक पूर्वाधार पनि दिगो हुन जरुरी छ। विकास गर्दा वातावरण संरक्षणलाई ध्यान दिनुपर्छ।

    निर्मम समीक्षाको खाँचो
    यो निर्वाचनमा उम्म्दवार चयनमा व्यापक कमिकमजोरीहरू भएको देख्छु। नेताहरूको राजनीतिक पृष्ठभूमि, योगदान र उहाँहरूको विचारलाई प्राथमिकतामा नराखी उम्मेद्वार चयन गरेको देखियो। यतिसम्म कि एमाले विरोधी पनि सूर्य चिन्ह लिएर उठेका थिए। जनता राजनीतिक छन्, मतदाताले चर्चित व्यक्ति भनेर मात्रै होइन, कति प्रतिबद्ध छन् भनेर पनि हेर्न चाहन्छन्।
    काठमाडौंमा कुनै बेला एउटा नारा गुञ्जिने गर्दथ्यो, ‘काठमाडौं जिल्ला लाल किल्ला।’ यसपटक त वामपन्थी पार्टीले एउटा बाहेक सबै क्षेत्रमा हारेका छन्। यसको अर्थ वामपन्थी भोटहरू काठमाडौंमा कम भएको होइन। यहाँका मतदाताहरूलाई एउटा सहज हुने उम्मेद्वार उठेनन् वा हिजो उठेकाले पनि प्रभावकारी र परिणाममूखी काम गरेनन्। काठमाडौंमा आँधी बतास अलि छिटो नै आउँछ, यहाँ अनेकन खालका घटनाहरू भएका छन्। यहाँ नानीमैयाँ, गोल्छे सार्की र पद्मरत्न तुलाधारको उभार आएका थिए। स्थानीय निर्वाचनमा पनि यस्तै देखियो। त्यो परिणामलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक विश्लेषण गरेको देखिएन।

    परिणाम र सुचकांकका आधारमा समीक्षा गर्नुपर्छ। गफ गरेर गर्ने समीक्षा एउटा फेकस डिस्कसन मात्रै हो। तर गम्भीर तथा निर्मम खालको र आफैंमाथि अलोचनात्मक हुनेखालको समीक्षा भएको पाइँदैन। पार्टीमा कार्यकर्ता बोल्न डाराउँछन् भने त्यो पार्टी वामपन्थी होइन। नेता कार्यकर्ताको सहकार्य जरुरी छ। स्थानीय तह र आम निर्वाचनमा भएका परिणामलाई समीक्षा गर्दा अब नेतृत्वले आफूमा भएको दम्भ, प्रतिशोध र पूर्वाग्रहलाई त्याग्दै ग्राउन्ड रियालिटीलाई हेरेर मूल्यांकन गर्नुपर्छ। होइन भने यो भन्दा नकरात्मक परिणाम भोग्न तयार रहनुपर्छ।

     

    अब कसरी माथि उठ्ने?
    निर्वाचनअघि केही वामपन्थी साथीहरूलाई अब वामपन्थीहरू एकठाउँ नआए हारिन्छ भन्ने पीर लागिसकेको थियो। उहाँहरूले वामपन्थीहरुको एकताको प्रयत्न पनि गर्नुभयो। यसक्रममा ती साथीहरू मकहाँ आउनुभएको थियो। जवाफमा मैले भनेँ, ‘वामपन्थीहरूको गठबन्धन गर्ने कि वामपन्थी राजनीतिको पुनर्विश्लेषण वा पुनर्व्याख्या गर्ने हो?’ मेरो प्रश्न ‘रि ओरिएन्टेसन अफ लेफ्ट पोलटिक्स’ हो। राजनीतिको ठोस र कडा विश्लेषण गरेर उहाँहरूलाई सिद्धान्तको आधारमा एक ठाउँमा ल्याउने हो कि फरक-फरक पार्टी तर वामपन्थी वा हसिया हथौडाको चिन्हको नाममा एक ठाउँ ल्याएर बलियो बनाउने?

    उत्तर थियो- जसरी भएपनि वामपन्थी त जित्नुपर्यो। वामपन्थीहरू यो भन्दा अघि नै प्रशस्त बहुमत ल्याएर जितेका हुन्। त्यो त ठूलो अवसर थियो। त्यसको केही महिनापछि नै के स्वरुप देखियो हामी सबैलाई थाहा छ। जनताले पनि वामपन्थी एकिकृत भएको देख्न चाहेका थिए र भोट दिए। मैले उहाँहरूलाई फेरि प्रश्न गरेँ, ‘त्यसको सम्बोधन गर्न नसकेर फेरि एकताकै कुरा दोहोर्याउँदै जनतालाई किन घोच्ने गर्नुहुन्छ?’

    ‘वामपन्थीहरूको गठबन्धन गर्ने कि वामपन्थी राजनीतिको पुनर्विश्लेषण वा पुनर्व्याख्या गर्ने हो?’ मेरो प्रश्न ‘रि ओरिएन्टेसन अफ लेफ्ट पोलटिक्स’ हो। राजनीतिको ठोस र कडा विश्लेषण गरेर उहाँहरूलाई सिद्धान्तको आधारमा एक ठाउँमा ल्याउने हो कि फरक-फरक पार्टी तर वामपन्थी वा हसिया हथौडाको चिन्हको नाममा एक ठाउँ ल्याएर बलियो बनाउने?

    म वामपन्थीहरूको एकताको पक्षमा छु। तर त्यो भन्दा अगाडि सबै वामपन्थीहरूले वामपन्थ भनेको के हो, यसको राजनीतिक, आर्थिक र समाजिक विश्लेषण के हो, यो देशको सामाजिक र आर्थिक वास्तविकताको आधारमा परिवर्तनकारी सिद्धान्तहरू कस्ता हुन्छन्, नेपालको सन्दर्भमा यसको पुनर्व्याख्या कसरी गर्ने जस्ता विषयमा व्यापक छलफल गर्न अनुरोध गर्दछु। यसका लागि स्वतन्त्र वामपन्थीहरूलाई निर्णायकमा राख्नुहोस्। यसक्रममा फेरि झगडा हुनसक्छ। तर त्यसको प्रवाह नगर्नुहोस्।

    यसका लागि अहिले राम्रो मौका छन्। वामपन्थी दलहरूलाई सशक्त प्रतिपक्ष हुन र सबै कुराको विश्लेषण गर्नका लागि जनताले मौका दिएका छन्। अबको ४ वर्षमा स्थानीय र ५ वर्षमा प्रतिनिधि सभा निर्वाचन हुनअघि नै एकिकृत हुनका लागि गम्भीर र कठोर समीक्षासहित सबै खालका सिद्धान्त र दृष्टिकोणमाथि बहस गर्न जरुरी छ। एक हुनु भनेको संख्यात्मक हिसाबले होइन, गुणस्तरमा एकीकृत हुनुपर्‍यो। तर मलाई अहिले नै शासनको भागबण्डाको राजनीति र आश्वासन बाँड्ने लगायतका काम सुरु हुने हो कि भन्ने डर लाग्छ। यदि यो देशमा सशक्त प्रतिपक्षी बन्ने हो सरकारले भ्रष्टाचार र देशलाई घाटा पार्ने कामहरू त्यतिकै गर्न सक्दैन। अन्तराष्ट्रिय प्रभावका आधारमा सत्तापक्ष र प्रतिपक्ष मिलेर गरेका ठूल्ठूला सन्धीहरू पछि गएर गलत सावित भएका उदाहरण हामीले विगतमा देखेका छौँ। अबको प्रतिपक्षीले यस्ता काममा सरकारलाई साथ दिनु हुँदैन।

    वामपन्थीहरूका लागि नेपाल असाध्यै ठूलो अवसर प्राप्त भएको देश हो। संसार भरी नै कम्युनिष्टहरू ओरालो लागेको बेलामा नेपाल व्यूँतेर आएको हो। अन्तराष्ट्रिय क्षेत्रमा भ्रमण गर्दा त्यहाँका साथीभाई, प्रोफेसर तथा ट्रेड युनियनका मान्छेले सोध्ने गर्नुहुन्छ, ‘नेपालले कसरी यो विकास गर्यो?’ कमरेड मदन भण्डारीले जित्नुहुँदा टाइम म्यागाजिनमा एउटा आर्टिकल आएको थियो ‘नाउ माक्र्स लिभ्स् इन काठमाडौं।’ त्यो त ठूलो कुरा थियो। अब अर्थतन्त्र, समाज रुपान्तरण लगायतका विषयमा हामीले अंगालेका बाटाहरू र हाम्रा गम्भीर गल्ति कमजोरीहरूलाई सच्याउन जरुरी छ।

    जनतासँग जानुपर्छ
    वामपन्थी पार्टीहरूका हजारौं कार्यकर्ता स्थानीय तहमा निर्वाचित छन्। तिनीहरूले ठेक्कापट्टा गरेर पार्टीलाई खुशी पार्ने कि दिगो विकास र शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी लगायत जनपक्षीय कामलाई प्राथमिकता दिएर पार्टीलाई उठाउने त्यो उहाँहरू सोच्नुपर्ने कुरा हो। तर उहाँहरू कमिसन खोज्दै ठेकेदारको पछि लाग्ने हुन् कि भन्ने डर छ। उहाँहरूले चुनाव त्यतिकै जितेका होइनन्, यद्यपि कतिपय लोकप्रिय भएकाहरू आफ्नो कामले जितेका छन्, तर धेरैले लाखौं वा करोडौं लगानी गरेको सुन्नमा आउँछ। चुनाव जितेर आउने प्रतिनिधिहरू त्यसको प्रतिफल खोज्न तिर लागे भने राजनीतिमा ठेकेदार, व्यापारी र उद्योगपतिहरू हावी हुने नै भए।

    तर त्यसो नगरीकन स्थानीय, प्रदेश र संघीय संसदमा पुगेका कार्यकर्ताहरूले जनपक्षीय काम गर्ने र अरु बाहिर रहेका लाखौँ कार्यकर्ता जनताको नजिक परिचालित हुने हो भने वामपन्थी पार्टीलाई माथि उठाउन सकिन्छ। लाखौँ कार्यकर्ता मध्ये २० प्रतिशत मात्रै कार्यकर्ताले आफ्नो काम गर्दागर्दै दिनको दुईचार घन्टा जनसमुदायलाई दिने हो भने यो देशमा धेरै ठूलो काम हुन्छ। आफूलाई वामपन्थी भन्नेहरू एकाकार भएर श्रमजिवी जनतासँग मिलेर काम गर्न जरुरी छ। वामपन्थीहरूले श्रमको सम्मान गर्ने काम गर्नुपर्छ। किसान, मजदुर, श्रमजिवी, सुकुम्बासी, हलिया, कमैयाहरू तथा विस्थापितहरूका जोखिम र अप्ठ्याराहरूको ख्याल गर्दै उहाँहरूको अधिकारका लागि काम गर्नुपर्छ। यदि कसैसँग उत्पादन गर्ने ठाउँ नै छैन भने उसका लागि एकैचोटी ठूलो राजमार्ग बनाउनुको के अर्थ? आखिर उ त खेताला नै हुनु छ। तिनका छोराछोरीको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी कसरी गर्नुहुन्छ? यी सबैको निम्ति समाजवादी दृष्टिकोण बोक्नुपर्छ। त्यो काम वामपन्थी राजनीतिक पार्टीहरूले गर्न जरुरी छ।

    ‘समृद्ध नेपाल र सुखी नेपाली’ त सपना मात्रै हो। समृद्धिका निम्ति हामीले आफ्नो यात्रा तय गरेका छौँ? यसका लागि हामीसँग चरणबद्ध योजना छैन। म सधैं भन्ने गर्छु, रिभोल्युसन इज अ कम्बिनेसन अफ जर्नी एण्ड डेस्टिनेसन बोथ अर्थात् क्रान्ति भनेको गन्तव्य मात्रै होइन, यो गन्तव्य र यात्रा दुवैको प्रक्रिया हो। सामुदायिक विद्यालय, वन, कृषि कस्तो हुन्छ भनेर अहिले देखि नै तय हुनुपर्छ। यसका लागि २० वटा पालिकाले उदाहरण दिन सक्छन्? तिनले सन् २०५० सम्ममा विद्यालय, वन र कृषि यस्तो बनाउछु भनेर देखाउन सक्छन्? सक्दैन भने त्यो भ्रम हो। अहिले हामीसँग नारा मात्र छ, नक्सा छैन। नारालाई नक्सामा र नक्सालाई वास्तविकतामा रुपान्तरण गर्नका निम्ति अझै धेरै काम गर्नु छ।

    वामपन्थीको भविष्य उज्यालो छ
    वामपन्थीहरूले हारेको कारणले मात्रै एक हुन खोजेका हुन् भने त्यो गलत हो। जिते पनि एक हुनुपथ्र्यो। एकता हुनुपर्छ, तर यो सैद्धान्तिक आधार र धरातलीय यथार्थमा हुनुपर्छ। त्यसको निम्ति अर्थतन्त्रका दृष्टिकोणहरू मिल्नुपर्यो, कस्तोखालको समाजवाद ल्याउने भन्ने कुरा स्पष्ट हुनुपर्यो। हामीले सबै देशका उदाहरण हेरेर सिक्न सक्छौँ। त्यो सिकाईलाई हाम्रो माटोमा मिलाउनु छ। त्यसबाट अर्कै स्वरुपहरू पनि आउन सक्दछ।

    नेपाली वामपन्थीहरूले सबैभन्दा बढी रुस, चीन, भियतनाम, क्युवाका कुरा पढेका छन्। नेपालको बारेमा कम पढेका छन्। नेपालको धरातलीय यथार्थको बारेमा, नेपालकै प्राकृतिक स्रोतहरूको बारेमा, जातजाति, धर्म, परम्परा, यसका कुसंस्कार र संस्कारका विषयमा पढ्न आवश्यक छ। हामी किन हतारिनु?

    नेपालमा वामपन्थीको भविष्य उज्यालो छ। तर यसमा थप अध्ययन, विश्लेषण र विमर्श आवश्यक छ। यसले पक्कैपनि सकारात्मक परिणाम दिन्छ। निराशाको कारणबाट एकता खोज्ने होइन, देश कसरी बनाउने भन्ने दृष्टिकोण निर्माणको निम्ति सैद्धान्तिक आधार खोजेर त्यसको आधारमा अगाडि बढ्ने दृष्टिकोण तय गर्नुपर्छ।

    यसका लागि वामपन्थी विद्यार्थीहरूलाई अध्ययन अनुसन्धान गर्न लगाउनुहोस्। वामपन्थीहरु सरकारमा आउने तर वर्ल्ड बैंक तथा एडीवीको सल्लाहमा हाम्रो अर्थतन्त्र निर्धारण गर्ने काम भइरहेको छ। ती त वामपन्थी होइनन्। ती वामपन्थीका विरोधी हुन्। कतिपय ठाउँमा उहाँहरूको साथ पनि लिनुपर्छ। हामीलाई पूँजी पनि चाहिन्छ, त्यो सबैभन्दा बढी जनशक्तिमा खर्चिनुपर्छ। अहिले कम लगानीका बावजूद थोरै पढेकाले यो देशको अर्थतन्त्र धानेका छन्। तिनीहरूलाई साँचो अर्थमा सक्षम र सीपयुक्त जनशक्तिमा रुपान्तरित गरियो भने उसैले यो देश हाक्न थाल्छ र सक्षम बनाउँछ।

    (विश्लेषक गौरी प्रधानसँग मेनुका बस्नेतले गरेको कुराकानीमा आधारित।)

    हेर्नुहोस् भिडियो पनि –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गौरी प्रधान

      गौरी प्रधान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.