Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Tuesday, January 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भूसालको बहिर्गमन: ४० वर्षदेखिको अपमानविरूद्व विद्रोह

किशोर दहाल किशोर दहाल
अशोज २८, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत शनिबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै घनश्याम भूसालले एमाले परित्याग गरेको घोषणा गरे। साढे चार दशकसम्म पसिना बगाएका र पार्टीको वैचारिक नेतृत्वकर्ताको रुपमा परिचित नेताको बहिर्गमनलाई एमालेको संस्थापन पक्षले ‘टिकट नपाएका कारण पार्टी छाडेको’ भाष्यमा परिवर्तन गर्ने प्रयत्न गरिरहेको छ।

    सोमबार प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने- ‘उहाँ त खाली एमालेमा त टिकटका लागि बस्नुभएको रहेछ, यसको मतलब।’ ओलीको अभिव्यक्तिका आधारमा भन्न सकिन्छ, यो भाष्यलाई एमालेको संस्थापन पक्षले थप प्रयत्नका साथ फैलाउने छ।

    ओली वा उनको भाष्यसँग निकटता राख्नेहरुले भूसालको बहिर्गमनलाई घटनाको रुपमा मात्रै विश्लेषण गरेको देखिन्छ। जबकि, उनको बहिर्गमन लामो घटना-शृंखलाको परिणाम हो भन्नलाई प्रशस्त आधार छन्। भूसालकै अनुसार, उनी पार्टीमा आफ्ना कुरा राख्न पाइने र छलफल होस् भन्ने ‘स्पेस’ खोजिरहेका थिए, पार्टी संस्थापनले भने उनलाई धकेल्ने प्रयत्न गरिरहेको थियो। र त्यो लामो समयदेखि चलिरहेको थियो।

    एमालेको नवौं महाधिवेशनले एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उचाईमा पुर्‍याएको भए पनि महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गरेको भूसालको अनुभूति छ। उनी चाहन्थे, हरेक कमिटी स्वतन्त्रतापूर्वक निर्वाचित होस्, त्यो कमिटीले हरेक निर्णय संस्थागत रुपमा गरोस् र त्यो पार्टीले नेतृत्व गर्ने राज्यले रोजगारी सिर्जनालाई केन्द्रमा राखोस्।

    तर ओलीको शैली त्यस्तो थिएन। एमालेमा जब ओलीको उदय भयो, उनले पार्टीलाई व्यक्तिगत निर्णयमा थपडी बजाउने संयन्त्रमा परिणत गर्दै लगेका थिए। पार्टीमा कमिटीको मत लिने परिपाटी बन्दप्रायः भयो। यही परिस्थितिलाई प्रष्ट पार्दै भूसालले शनिबारको स्टाटसमा एमाले ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको उल्लेख गरेका छन्।

    दशौं महाधिवेशनमा कार्यकर्ताबाट चुनिनका लागि झन्डै बन्देज गरेका ओलीले भूसाललाई आम निर्वाचनमा जनताबाट चुनिन पनि बन्देज लगाउने प्रयत्न गरे। यसरी, आफूलाई किनाराकृत गर्ने अन्तिम बिन्दुमा ओली पुगेपछि भूसालको विद्रोह प्रष्फुटन भएको बुझ्न सकिन्छ। जसलाई विगत र वर्तमानमा कतिपय सन्दर्भसँग जोडेर केलाउनु वाञ्छनीय हुन्छ।

    ‘सौराह-काण्ड’को संकेत
    २०७८ मंसिरमा चितवनको नारायणी किनारमा उद्घाटन भएको एमालेको दशौं महाधिवेशनको बन्दसत्र भने सौराहमा चल्यो। त्यहाँ एमालेको परम्परा र पद्धतिभन्दा बाहिर गएर अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको नाम पढ्ने अख्तियारी लिएका थिए।

    जसलाई भूसालले ‘सौराह काण्ड’ भन्ने गरेका छन्। तर, भूसाल तथा भीम रावललगायतको असन्तुष्टिका कारण ओलीको सो प्रयत्न सफल भएन। अनि, भूसालकै शब्दमा, चुनावको नाटक मञ्चन भएको थियो।

    ओलीले जुन सूची प्रस्तुत गरे, त्यसमा उनले रावललाई उनकै पूर्वपद उपाध्यक्षमा प्रस्ताव गरेका थिए। तर, भूसाललाई भने पदाधिकारीमा राखेनन्। ‘यो प्रसंगबाट ओली भूसालप्रति असन्तुष्ट त छँदैछन्, उनको उपस्थिति पनि चाहँदैनन् भन्ने प्रष्ट हुन्छ। बाँकी घटनाक्रम र वातावरण उनको चाहनाकै विकसित रुप हुन् भनेर बुझ्न कठिन छैन’, भूसाल निकट एक नेता भन्छन्।

    भूसालप्रति ओलीको दृष्टिकोण प्राइम टाइममा प्रशारित अन्तर्वार्ताबाट पनि बुझ्न सकिन्छ। उनको बहिर्गमनप्रति ओलीको टिप्पणी छ- ‘९ लाख सदस्यमध्ये एकाध सदस्यले पार्टी परित्याग गर्नुलाई ठूलो विषय पनि बनाउनु हुँदैन।’ अर्थात्, भूसाल, जसको वैचारिक व्याख्यामा आज एमाले हिँडिरहेको छ, उनलाई ओलीले एमालेका अन्य साधारण सदस्य जत्तिकै ठानेका छन्।

    नवौं महाधिवेशनअघि नै पार्टीभित्र जुन बहस थियो, सो महाधिवेशनबाट ओलीपक्ष पराजित भएको थियो। तर, नेतृत्वमा ओली नै आए। जानकारहरु एमालेको यो परिस्थितिलाई नेकपाको दोस्रो महाधिवेशनसँग तुलना गर्छन्। महाधिवेशनमा पुष्पलालको गणतान्त्रिक लाइन पारित भयो।

    तर, नेतृत्वमा दरबारप्रति झुकाव राख्ने केशरजंग रायमाझी चुनिए। पार्टीको लाइनप्रति रायमाझी बफादार भएनन्। जसका कारण पार्टी लथालिंग हुँदै थियो। अहिले एमालेको अवस्था त्यस्तै छ।

    नवौं महाधिवेशनमा पनि भूसालकै नीति/कार्यक्रम पारित भयो। तर, नेतृत्वमा भने त्यसप्रति अपनत्व नराख्ने ओली निर्वाचित भए। जसका कारण उनलाई किनाराकृत गर्ने प्रयत्न त्यतिबेलैदेखि सुरु भएको उनी निकटका नेताहरु बताउँछन्। तर, एमालेमा भत्किन नपाइसकेको पद्धतिले सुरुआतमा ओलीको प्रयत्न सम्भव भएको थिएन। नेकपा र एमाले विभाजनपछि भने पार्टीमा ओली सफल हुँदै गएको उनीहरु बताउँछन्।

    प्रस्तावहरु छलफलमै लगिएनन्
    शनिबारको फेसबुक स्टाटसमा भूसालले भनेका छन्- ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

    आइतबार रुपन्देहीमा पत्रकारहरुसँगको अन्तर्क्रियामा उनले यो प्रसंगलाई अझ प्रष्टसँग भनेका थिए- ‘खासगरी ओलीसँग मेरो विचार, सिद्धान्त, संगठनात्मक सिद्धान्त, विकास, विकासको भाष्य, मुलुक, भूराजनीति जस्ता तमाम चिजमा मेरो फरक बुझाइ थिए। यो सबैलाई थाहा छ। त्यसलाई उहाँले व्यक्तिगत ईर्ष्या, द्वेषको रुपमा लिनुभयो। मैल अन्तिमसम्म पनि प्रयत्न गरेँ, त्यहाँभित्र थोरै पनि आफूले भन्ने र छलफल हुनेसम्म भयो भने मैले यस्तो (पार्टी छाड्ने) निर्णय लिनुपर्दैनथ्यो।’

    के उनले त्यस खालको ‘स्पेस’ नपाएकै हुन्? त्यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ। पहिलो, एमालेको पछिल्लो बैठकहरुमा खुलेर धारणा राख्ने प्रवृत्ति नै अन्त्य हुँदै गएको छ। ओलीले सम्बोधन गर्ने र बाँकीले त्यसलाई स्वीकार गर्ने थिति बस्दै गएको छ।

    दोस्रो, भूसालले राख्ने गरेका लिखित प्रस्तावहरुसमेत ओलीले छलफलमा लैजाने गरेका छैनन्। विधान महाधिवेशनका लागि प्रस्तुत ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ होस् वा अघिल्लो महिनाको स्थायी कमिटीमा प्रस्तुत ‘नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनःस्थापनाका लागि प्रस्ताव’; यिनिहरुले मिडियामा ठाउँ पाए पनि पार्टीमा ठाउँ पाएनन्।

    २०७३ सालमा भूसालको प्रस्तावलाई ओलीले ‘आर्टिकल’ भन्दै तेजोबध गरेपछि बैठकमै हंगामा भएको थियो। तेस्रो, सार्वजनिक रुपमा अभिव्यक्ति दिन पनि उनलाई रोक्ने प्रयास गरियो। केही समयअघि टीभीमा अन्तर्वार्ता दिँदा राखेको अभिव्यक्तिकै कारण झन्डै कारबाही भोग्नुपरेको थियो।

    उनको अभिव्यक्ति र उल्लेखित सन्दर्भको सार हो, उनका प्रस्तावहरुलाई पार्टीमा छलफल गर्ने होइन कि, बेवास्ता गर्ने र ‘सहिद’ बनाउने काम भयो। सांगठनिक रुपमा पेल्ने काम पहिल्यैदेखि भएकै थियो। उनका विचारहरु पनि निषेध गर्ने काम हुँदै आयो। पार्टीभित्र उनका लागि न टेक्ने भूइँ रह्यो, न समात्ने हाँगा।

    एकताको आवाजलाई रोक्ने प्रयास
    भूसालले वाम एकताको पक्षमा निरन्तर अभिव्यक्ति दिँदै आएका छन्। तर, उनी एकताको पक्षमा जति मुखर सुनिन्छन्, अध्यक्ष ओली त्यसभन्दा ठूलो स्वरमा एकताको प्रतिवाद गर्दै आएका छन्।

    एउटा उदाहरण, गत चैत १ गते कान्तिपुर दैनिकमा भूसालले ‘कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश’ शीर्षकमा लेख लेखेका थिए। स्थानीय तहको निर्वाचनअघि नै एकता वा गठबन्धनको आवश्यकता बोध गराउन खोजिएको सो लेखमा भूसालले भनेका थिए, ‘एकताको पहिलो पाइलामै वामपन्थीहरूको सरकार बन्न सक्छ, स्थानीय तहमा धेरै राम्रो परिणाम आउन सक्छ। अर्को संसदीय निर्वाचनको परिणामलाई पनि करिब–करिब सुनिश्चित गर्न सक्छ।’

    तर, भूसालको प्रस्तावप्रति ओली आक्रामक रुपमा प्रस्तुत भए। सोही दिन आयोजित एक कार्यक्रममा ओलीले भूसालको नाम त नलिई भने, ‘एउटा बुद्धिजीवीले लेखेका छन्- कम्युनिस्ट मिलेनन् भने समाप्त हुन्छन्, मिल्ने कि समाप्त हुने? मोहन वैद्यजीलाई भनेको कि कम्युनिस्ट पार्टीलाई भनेको? माधवकुमार भन्नेको गुटलाई भनेको कि एमालेलाई भनेको? एमालेलाई भनेको हो भने यस्ता जिस्काउने खालका कुराहरु नगर्न म सबैलाई सुझाव दिन्छु।’

    उनले विभिन्न कार्यक्रममा कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमासा हो भन्दै आएका छन्। त्यतिमात्रै होइन, एमालेको अन्तरसंघर्षमा माधव नेपालतिर भएता पनि दश बुँदे सहमतिका कारण ठूलो शक्ति विभाजित दलतिर गएको थिएन। एमालेको असन्तुष्ट पक्षलाई जोड्ने दश बुँदे सहमतिलाई पनि ओलीले पूर्णतया कार्यान्वयन गरेनन्। बरु, दश बुँदेको एकतारे बजाउनु आवश्यक नरहेको भन्दै असन्तुष्ट पक्षले चुपचाप बस्ने चेतावनीयुक्त संकेत गरे।

    नेकपा र एमाले विभाजनपछि भूसालले राख्ने एकताबारेका अभिव्यक्तिले ओलीसँग टकराव बढेको देख्न सकिन्छ। ‘उहाँ (भूसाल)ले उठाइरहेको एकताको कुरा ओलीलाई मन परेको थिएन। किनकि, एकतामा जाँदा अहिलेको स्वेच्छाचारिता चल्दैन। एकलौटी चल्दैन। शक्ति बाँडफाँट गर्नुपर्ने हुन्छ। विधि र पद्धतिमा जानुपर्ने हुन्छ। त्यसैले एकतामा जाँदा वामपन्थी आन्दोलन अगाडि बढाउन सहज हुन्छ भन्ने उहाँलाई लाग्दैन बरु शक्ति बाँडफाट गर्नुपर्छ भनेर एकताकै विरोध गर्नुहुन्छ’, भूसाल निकट ती नेता भन्छन्, ‘बरु उहाँलाई धकेल्ने परिस्थिति निर्माण गर्दा आफ्नो अकण्टक राज चलाउन सजिलो हुन्छ। अब हेर्नुस् त, एमालेमा ओलीले जतिसुकै खराब निर्णय गराए पनि प्रतिवाद गर्ने कोही बाँकी छ?’

    राप्रपाका बोहोरालाई हात, भूसाललाई लात
    भूसालको चाहना आफ्नै गृहक्षेत्र रुपन्देही- १ बाट प्रतिस्पर्धा गर्ने थियो। २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट प्रतिस्पर्धा गर्न चाहन्थे। तर उनलाई रुपन्देही-३ मा तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहरासँग भिड्न पठाइयो। निर्वाचनमा भूसालले जित निकाले। यसपटक त उनले कतैबाट पनि टिकट पाएनन्। उनलाई टिकट नदिइने आकलन यसबीचका घटनाक्रमले पनि संकेत गरिरहेका थिए। किनकि, उनको सिफारिस बीचमै गायब भएको थियो।

    रुपन्देही- १ मा घनश्याम भूसालसहित ४ जनाको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भए पनि जिल्ला कमिटीलाई प्रभावमा पारेर केन्द्रीय सचिव छविलाल विश्वकर्माले आफूलाई उक्त क्षेत्रमा सर्वसम्मत रुपमा सिफारिस गराउन सफल भएका थिए। रुपन्देही- ३ बाट पनि भूसालको नाम सिफारिस भएको थियो। तर, यसअघि भूसालसँगै पराजित राप्रपाका बोहोरालाई समर्थन गरियो। भूसाललाई रोक्ने रणनीति अपनाएर राप्रपाका उम्मेदवारलाई समर्थन गरिएको उनी पक्षका नेताहरुको बुझाइ छ। जनताबाट अनुमोदन हुने बाटो नै छेकेर भूसाल जतिको उचाइको नेताको राजनीतिक करियर नै धुमिल बनाउने रणनीति अपनाएको बुझाइ उनीहरुको छ। र त्यसका लागि राप्रपाका नेतालाई समर्थन गरिनु झन् भुल भएको उनीहरु बताउँछन्।

    हिजोआज मदन भण्डारीको फोटोयुक्त एमालेको कुनै बेलाको चुनावी पर्चा सामाजिक सञ्जालमा फैलिएको पाइन्छ। जसमा एउटा बुँदामा उल्लेख छ- ‘पञ्चे, तस्कर, अपराधीलाई कारबाही गर्ने कि पार्टीमा हुलेर शहीदको अपमान गर्ने?’ एमालेको परिभाषामा राप्रपाका बोहोरा ‘पञ्चे’ नै हुन्, तर उनैलाई समर्थन गर्ने ओलीको यो निर्णयले भण्डारीलाई नै गिज्याएजस्तो भएको छ। ओलीका निम्ति भूसालभन्दा बोहोरा प्यारो भएको अनौठो दृश्य एमालेमा देखिएको छ।

    बोहोराले घटना मात्रै प्रष्ट पार्छ। तर, कमल थापा, राजेन्द्र लिङ्देन तथा धवल शमशेर जबरा जस्ता राप्रपाका नेताहरुलाई समर्थन गर्ने ओलीको निर्णयले उनले एमालेलाई कुन वैचारिकी र कुन गन्तव्यतर्फ हिँडाइरहेका छन् भन्ने प्रष्ट हुन्छ। अर्कोतिर, एमालेको टिकटमा नवप्रवेशीहरुको हालिमुहाली छ। वर्षौंसम्म एमालेमा पसिना बगाएका कैयौँ महिला नेताहरुले टिकट नपाएकोमा कतै चर्चा छैन। जबकि, केही वर्षयता मात्रै एमाले भएका कोमल ओलीले सजिलै टिकट पाउँछन्, पार्टी प्रवेश गरेको भोलिपल्टै अमृता अग्रहरी समानुपातिक सूचीको प्राथमिक स्थानमा राखिन्छिन्, रामबहादुर थापा बादलको गुण उनकी श्रीमतीलाई सांसद बनाउने वातावरणका बनाएर तिरिन्छ, करिश्मा मानन्धरले टिकट नपाएकोमा चर्चा हुन्छ। यस्तो परिस्थितिमा भूसाललाई उकुसमुकुस हुनु स्वभाविक थियो।

    असोज २६ गते नेपाल लाइभमा किशोर दहालले लेखेको लेख ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      किशोर दहाल

      किशोर दहाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.