Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दाजुभाइसँगको रिसले गाउँमा आगो झोस्नेलाई अदालतले सदर नगर्ला

घनश्याम भूसाल घनश्याम भूसाल
पुस १५, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संविधानसभाको बेलामा हामीले ख्याल राखेका थियौं कि नेपालको पछिल्लो वीष वर्षको नेपालको अस्थिरताका कारण या त प्रधानमन्त्रीहरूले मनमौंजी गरे या त पार्टीका गुटहरूले मनमौजी गरे। कतिपय अवस्थामा हाम्रो संसद र राजनीति पार्टीहरूका गुटबन्दी र गठबन्धनले बिग्रे। तिनको मनमौजीले बिग्रियो। प्रधानमन्त्रीका सनक र तिनका मनमौजीले बिग्रे।

    विगतको पाठ सिकेर बनेको संविधान
    संविधानसभाले संविधान बनाउँदा यी सबै कुराहरूलाई ख्याल गर्‍यो र गएको बीस वर्षको अस्थिरताबाट सिकेर अब सांसद, पार्टीका गुट र प्रधानमन्त्रीहरूले अस्थिरता ल्याउन नसकुन् भनेर दुईवटा प्रावधानहरू राखियो। एउटा प्रावधान, प्रधानमन्त्री एक चोटी चुनिएपछि उसका विरुद्ध बीस, तीस, पचास प्रतिसत वा दुई तिहाइले पनि अविश्वासको प्रस्ताव ल्याउन नपाउने बनाइयो। कम्तीमा प्रधानमन्त्रीले २ वर्ष शासन गर्ने कुराको ग्यारेन्टी गरियो। अथवा सांसद, पार्टी र पार्टीभित्रका गुटबन्दीले संसदको बिघटन नहुने ग्यारेन्टी गरियो।

    इतिहासबाट सिकेर दोस्रो प्रावधान पनि राखियो। जानीबुझीकन, छलफल गरेर र कैयौं दिनसम्म छलफल गरेर अनुचित ढंगले संसद विघटन गर्न नपाउने कुरा संविधानको धारामा राखियो। र, संविधान यो एउटा सम्झौता हो। त्यो एउटा अनुबन्ध पनि थियो नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने संसदको। संविधानको रखवारी गर्नका लागि नेपाली जनताले प्रधानमन्त्रीका रूपमा एउटा चौकिदार चुनेर पठाए। प्रधानमन्त्रीलाई गाडी, घोडा, पुलिस, प्रशासन, सेनालगायत सबै कुरा दिएर, संविधानको रक्षा गर्नका लागि उनलाई तलब र सुविधा दिएर, सारा प्रवन्ध गरेर नेपाली जनताले प्रधानमन्त्रीलाई चौकिदार राख्यो।

    हामीले हाम्रो सार्वभौमसत्ता, संविधान र अधिकारहरूको रक्षा गर्न राखेको चौकिदार त्यो सम्झौता नै उल्लंघन गरेर अगाडि आएको छ। यसर्थ, आजको प्रश्न के हो भने, तलब दिएर राखेको चौकीदारले नासो नै आफ्नो नाममा गर्न पाउँछ कि पाउँदैन?

    चौकिदारको बेइमानी
    तर आज जुन संविधानको सुरक्षा गर्न चौकिदारलाई जिम्मा दिइएको थियो, त्यही चौकिदार त्यो संविधान आफ्नो नाममा गरें भनेर भन्दैछ। उ संविधानको बर्खिलाप जाँदैछ। संविधान आफैं च्यात्दैछ। समस्या यहाँ छ। हामीले हाम्रो सार्वभौमसत्ता, संविधान र अधिकारहरूको रक्षा गर्न राखेको चौकिदार त्यो सम्झौता नै उल्लंघन गरेर अगाडि आएको छ। यसर्थ, आजको प्रश्न के हो भने, तलब दिएर राखेको चौकीदारले नासो नै आफ्नो नाममा गर्न पाउँछ कि पाउँदैन?

    अहिले हल्ला र प्रचार के गरिएको छ भने “प्रचण्ड र माधवहरूले काम गर्न दिएनन्। र, काम गर्न नदिएका कारण खड्गप्रसाद ओलीले यो गम्भीर कदम चाल्नुभएको हो।” सबै ठाउँमा प्रचारको एउटै मात्र एजेण्डा छ–’यिनीहरूले काम गर्न दिएनन् र मैले संसद विघटन गर्दिएँ’। यदि सोही कुरालाई मान्ने हो भने पनि मान्नुहोस्, केपी ओली, प्रचण्ड र माधव नेपाल तिम्ल्याहा दाजुभाई थिए। र, तीनभाइमध्ये एक कमरेड केपी ओलीले गाउँमा आगो लगाइदिनुभयो।

    हामीले सर्वोच्च अदालतले संविधान विघटनलाई बदर गरिदिने छ र यो संसदलाई ब्युँताउँछ भन्नुको अर्थ के हो भने दुई भाइसँगको झगडामा गाउँमा आगो झोस्ने कुरालाई अदालतले अस्विकार गर्नेछ। सर्वोच्चले न्याय दिन्छ भनेर हामीले भन्नुको अर्थ के हो भने घरमा झगडा भयो भनेर गाउँ आगो लगाउने कुरालाई कहिल्यै यो अदालतले सदर गर्न सक्दैन।

    र, ओली आज के भन्दै हुनुहुन्छ भने ‘तिम्ल्याहा दाजुभाइमध्ये यी दुई भाईले किचकिच गरे, त्यसैले सारा गाउँमा आगो लगाइदिएँ, यसो गरेर मैले ठीक गरें।’ ओली यस्तो तर्क गरिरहनुभएको छ। यो कसरी न्यायसंगत हुनसक्छ? कोही सामान्य नैतिकता भएको, पढालिखा र सचेत हुँ भनेर दावी गर्ने मान्छेले ‘प्रचण्ड र माधव नेपालले किचकिच गरे त्यसैले मैले गाउँमा आगो लगाइदिएँ’ भन्ने तर्कलाई स्विकार्छ? त्यो न्यायसंग्त हुन्छ? यसलाई कुनै पनि अदालत या सर्वोच्च अदालतले न्यायपूर्ण ठहर्‍याउँछ?

    हामीले सर्वोच्च अदालतले संविधान विघटनलाई बदर गरिदिने छ र यो संसदलाई ब्युँताउँछ भन्नुको अर्थ के हो भने दुई भाइसँगको झगडामा गाउँमा आगो झोस्ने कुरालाई अदालतले अस्विकार गर्नेछ। सर्वोच्चले न्याय दिन्छ भनेर हामीले भन्नुको अर्थ के हो भने घरमा झगडा भयो भनेर गाउँ आगो लगाउने कुरालाई कहिल्यै यो अदालतले सदर गर्न सक्दैन।

    अदालत र हाम्रा ३ लडाईं
    यो सम्मको अविवेकी अदालत हामीले बनाएको होइन र बनेको छैन। सोही आधारमा हामी अदालतले संसद पुर्नस्थापित गर्नेछ भन्ने ठान्छौं। घरमा झगडा हुन्छ र सोही कारण कुनै सन्काहाले गाउँमा गएर आगो लगाउँछ र, आगो लगाउनेलाई नै यदि कसैले सदर गर्छ भने त्यो अदालत अदालत रहँदैन। र, त्यस्तो संस्थालाई जनताले उखेलेर फ्याँक्छन्। तसर्थ, सर्वोच्च अदालत यो लोकतन्त्रको रक्षक हो। र, संविधान संरक्षणको एउटा पहरेदार संस्थाले लोकतन्त्रको उल्लंघन गर्छ भन्ने कुरामा हामीलाई विश्वास छैन। यस अर्थमा यो संसद बिउँतनेछ।

    यस खालका तीनवटा बिघटन भएका छन् नेपालमा। पहिलो, १७ सालमा। एउटा पिंढी लड्यो, अर्को पिंढी लड्यो, फेरि अर्को पिंढी लड्यो। यो नेपाली जात निरन्तर लडिरह्यो र ३० वर्षपछि हामीले हाम्रो संसदलाई फिर्ता ल्यायौं, ब्युँतायौं। दोस्रो, ६१ सालमा राजा ज्ञानेन्द्रले फेरि संसद खोसे। हामी लड्यौं र तीन वर्षसम्म यो नेपाली जात लडिरह्यो। बाटोघाटो र सडकमा उत्र्यो। त्यसले एक स्वरले भन्यो, ‘ज्ञानेन्द्रले जे गरे, त्यो गलत गरे।’ ३ वर्ष लडेर ज्ञानेन्द्रले लुटेको संसद हामीले फिर्ता ल्यायौं।

    यो झुट, फरेब र षड्यन्त्रलाई बचाउन सकिन्छ कि भनेर कसैले सोचेको छ भने यो गलत हुनेछ । लेखेर राखियोस्, यो संसद हामी तीन महिना नपुग्दै फिर्ता लिएर आउँछौ। नेपाली जनताले आफ्नो गुमेको संसद फर्काउनेछ। यसका लागि यो सुरूवात हो।

    आज तेस्रो कडीका रूपमा खड्गप्रसाद ओलीको यो विघटन आएको छ। बिघटनको तेस्रो कडी भन्छु म यसलाई। तिम्ल्याहाको झगडामा गाउँमा आगो लगाएको कुरा प्रचार गरेर, त्यस्तो तर्क गरेर बाँच्न या बचाउन सकिन्छ भन्ने कसैलाई लागेको होला। यो झुट, फरेब र षड्यन्त्रलाई बचाउन सकिन्छ कि भनेर कसैले सोचेको छ भने यो गलत हुनेछ । लेखेर राखियोस्, यो संसद हामी तीन महिना नपुग्दै फिर्ता लिएर आउँछौ। नेपाली जनताले आफ्नो गुमेको संसद फर्काउनेछ। यसका लागि यो सुरूवात हो।

    र, म प्रष्ट पार्न चाहन्छु कि नेपालका लोकतान्त्रिक पार्टी–पार्टीका बीचमा लोकतन्त्रको मुद्धामा एउटा साझा र पुरानो सम्झौता कायम छ। जतिखेर विपी कोइरालाको दुई तिहाईको कांग्रेस सरकारलाई २०१७ सालमा विघटन गरिएको थियो, त्यतिखेर चार वटा सिटमा मात्रै कम्युनिष्ट पार्टीले जितेको थियो। संसदमा कांग्रेसको ७४ सिट थियो।

    त्यतिखेर राजा महेन्द्रले संसद विघटन गर्दाखेरि हाम्रो पार्टीमा दुई धार देखा परे। राजाको कदम सही हो भन्ने एउटा धार। त्यो केशरजंग रायमाझीको धार थियो। अर्को कमरेड पुष्पलालको आन्दोलनकारी र क्रान्तिकारी धार थियो। त्यसले भन्यो–कांग्रेस पार्टीहरूसँग हाम्रा तमाम अन्तरविरोधहरू छन् तर लोकतन्त्रको मामलामा हामी एकै ठाउँमा छौं। यसले गर्दा, विघटित संसद पुर्नस्थापित हुनुपर्छ भन्ने पुष्पलालकै लाईनमा निरन्तर संघर्ष गरियो। सोही संघर्षको फलस्वरूप: ३० वर्षपछि हामीले संसद ब्युँताएर लिएर आयौं। संसदीय बहुदलीय व्यवस्था स्थापना गर्‍यौं।

    यसपटक तीन महिनाभित्रमा फर्काउँछौं

    आज यही कुरा दुनियाँका समक्ष जाँदै, दुनियाँलाई हामी बताउँदै छौं। कम्युनिष्ट पार्टीका सदस्य, कांग्रेस पार्टीका सदस्य र तिनले निर्वाचित गरेका सांसदहरूको मात्रै अधिकार हरण गरिएको होइन आज। तिनको मात्रै संविधान अपहरण भएको होइन। बरु तिनलाई, सबैलाई र देशभरीका जनप्रतिनिधिलाई भोट दिने तीन करोड नेपाली जनको अधिकारमाथि यो आक्रमण भएको छ। यसर्थ, म फेरि पनि हाम्रो सामुहिक कसम दोहोर्‍याउन चाहन्छु कि तीस वर्ष या तीन वर्ष होइन, हामी ३ महिना नहुँदै यो संसद विघटन फिर्ता गर्नेछौं।

    देशभरीका जनप्रतिनिधिलाई भोट दिने तीन करोड नेपाली जनको अधिकारमाथि यो आक्रमण भएको छ। यसर्थ, म फेरि पनि हाम्रो सामुहिक कसम दोहोर्‍याउन चाहन्छु कि तीस वर्ष या तीन वर्ष होइन, हामी ३ महिना नहुँदै यो संसद विघटन फिर्ता गर्नेछौं।

    यस कुरामा हामी भन्न चाहन्छौं: क्षति नहुँदै, संसद पुर्नस्थापना होस्। हामीले ख्याल गर्नुपर्ने कुरा के छ भने यदि छिटोभन्दा छिटो, सकेसम्म छिटो यो संसद पुनर्वहाली गर्न सकिएन भने संविधानका पाना च्यात्न हामी आफैंले थाल्यौं भने, पाना च्यातिएको विषयलाई सहन थाल्यौं भने मुलुकको संविधान डिरेल भएपछि, संविधान लिकबाट खसिसकेपछि संविधान भित्रका र बाहिरका शक्तिहरूले बाटो कब्जा गर्नेछन्। अस्थिरताका शक्तिहरूले बाटो कब्जा गर्नेछन्।

    अहिलेकै घट्नापछि पनि देशी विदेशीहरूको चासो तपाईं हामीले देखेका छौं। यो मुलुक अरु छ महिना यस्तै रह्यो भने, एक वर्ष यस्तै रह्यो भने देशभित्र र बाहिरका जनविरोधी र प्रतिक्रियावादीहरूको रणमैदान बन्नेछ मुलुक। र, फेरि हामी अर्को अस्थिरतामा फस्नेछौ। आज हामीले कसम खानुपरेको छ कि हामी नेपाली जनताले फेरि अर्को अस्थिरतातर्फ यो मुलुकलाई जान दिँदैनौं। यही कसम खान हामी यहाँ आएका हौं। यही कसम खाँदै, कसम दोहोर्‍याउँदै यो आन्दोलनको सुरुवात भएको छ। लेखेर राखियोस्, तीन महिनाभित्र फेरि हामीले संसद ब्युँताएर ल्याएँछौं।

    भिडियो –

    (पौष १४ गते बुटवलमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आयोजना गरेको सभामा स्थायी समिति सदस्य भूसालले दिएको मन्तव्य।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.