Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

नीतिले नेता नचिन्ने, नेताले नीति नचिन्ने यस्तो अन्तरविरोधले कहीँ न कहीँ दुर्घटना हुनैपर्ने थियो/हुन्थ्यो।

घनश्याम भूसाल घनश्याम भूसाल
माघ १०, २०७७
- राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     म बोलीचालीको भाषामा दोस्रो पुस्ताको भनिने नेता तपाईहरूमाझ कसम खाएर भन्दैछु, अब त्यस्तो पार्टी बन्छ। हामी अब नकमाईकन खाने, राज्यको दोहन गरेर खाने, राज्य लुटेर खानेहरूको पार्टी किमार्थ बन्न दिदैनौँ।

    सम्पूर्ण देशवासीहरूलाई हामी यहाँ स्वागत गर्न चाहन्छौं। र, आजको यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई, हाम्रा कमरेड प्रधानमन्त्रीलाई भन्न चाहन्छु, कमरेड, तपाईँ गलत हुनुहुन्थ्यो र गलत हुनुहुन्छ। यो सारा महासागर साक्षी छ। तपाईँ सोच्नुहोस्। फिर्ता हुनुस्, समय छँदै पछाडि हट्नुस् कमरेड ओली। यो एउटा संकल्प पनि हो। यदि तपाईँले टेर्नुभएन भने तपाईँलाई इतिहासको कठघरामा उभ्याइनेछ। कमरेड ओली, ब्युँझनोस्। हामीले यो दुनियाँलाई भन्नुपर्छ। धेरैले हामीलाई भन्नुपनि भएको हो कि ओली कमरेड अचानक परिदृश्यमा आउनुभएको होइन। यसअघि अनेक घटनापरिघटना भएर उहाँ उदाउनुभएको हो। पछिल्लो ठूलो एउटा दुर्घटना यसभन्दा अघि नै घटेको थियो। त्यो दुर्घटना के थियो भने कमरेड ओली नवौँ महाधिवेशनमा नेकपा एमालेको अध्यक्ष हुनुभयो। त्यसकै हैसियतमा उहाँ प्रधानमन्त्री हुनुभयो। र, त्यसकै हैसियतमा आज यो सारा ताण्डव नाच्दै हुनुहुन्छ।

    पहिल्यै भएको थियो दुर्घटना
    त्यो एउटा दुर्घटना हो। कमरेड ओली चुनिनु, चुनिन पाउने अधिकारको प्रयोग गर्नु, उहाँलाई भोट दिनुलाई मैले दुर्घटना भनेको होइन। दुर्घटना के भएको थियो भने नयाँ जमानाको, नयाँ युगको पार्टीहरू बनाउने नीतिहरू एकातिर थिए। जुन नीतिहरूका विरुद्ध स्वयं ओली खडा हुनुभएको थियो। त्यो महाधिवेशनले एकातिर नयाँ युग, नयाँ जमानाको पार्टी बनाउने सिद्धान्त, कार्यदिशा र कार्यनीतिहरू पारित गर्यो। अर्कोतिर, स्वयं कमरेड ओलीलाई अध्यक्ष निर्वाचित गर्‍यो, इतिहासको एउटा अत्यन्तै डरलाग्दो राजनीतिक घटना थियो त्यो। जसको सिँढी चढेर उहाँ अगाडि जानुभयो, यो विषय मुख्य थियो। नीतिले नेता नचिन्ने, नेताले नीति नचिन्ने यो अन्तरविरोध कहीँ न कहीँ दुर्घटना हुनैपर्ने थियो। हुन्थ्यो । उहाँलाई हामीले बोकेरै ल्याएका हौं। त्यो हाम्रो दुर्भाग्य थियो।

    तत्कालका लागि भन्ने हो भने भारतले हामीमाथि लगाएको नाकाबन्दी र त्यसविरुद्ध सम्पूर्ण जनता अगाडि उर्लिएर निक्लेपछि त्यसको अगाडि खडा हुने एउटा मौका र अवसर कमरेड ओलीलाई प्राप्त भयो। परिस्थितीले प्रदान गरेको त्यो अवसरले उहाँ धेरै नै उत्ताउलो हुँदैजानुभयो। उहाँले ठान्नुभयो कि यो सारा राष्ट्र मैले उठ् भन्दा उठ्छ, बस् भन्दा बस्छ्। उहाँमा त्यो भावना विकसित हुँदै गयो। यस्तो हुँदै गर्दा उहाँले क्रमशः जनता भुल्न थाल्नुभयो। निर्वाचनपछि, पार्टी एकतापछाडि, दुई ठूला पार्टी जुटेर झनै ठूलो पार्टी बनेपछि यो पार्टीले शान्ति र स्थिरता दिन्छ भन्ने विश्वास जनतामा पलाएपछि हाम्रो पार्टीलाई जनताले जिताए। त्यसपछि ओलीको व्यक्तित्व चुलियो। त्यो स्वभाविक थियो। वास्तवमा त्यो हाम्रा लागि गजबको अवसर थियो कि कम्युनिष्ट पार्टीको हाम्रो नेता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखिने गरी उदाउने कुरा हाम्रा लागि असाध्यै महत्वपूर्ण कुरा थियो। ओली स्वयंले त्यसलाई पुँजीकृत गर्न सक्नुहुन्थ्यो। तर उहाँले गर्नुभएन। उहाँले ठान्नुभयो, यो सारा जनता, जो जागेका छन्, उठेका छन्, कम्युनिष्ट पार्टीका पछाडि लागेका छन्, उहाँका आदेशले मात्र लागेका छन्। उहाँमा यस्तो भावना विकाश हुँदै गयो।

    चुलिँदो प्रशंसाले उत्ताउलिएका ओली
    र, कमरेड ओली त्यहीँदेखि ओरालो लाग्दै जानुभयो। प्रधानमन्त्री चुनिएपछि मुलुकका अगाडि असाध्यै धेरै आशा र विश्वासहरू थिए। जनताको असाध्यै ठूलो विश्वास थियो हाम्रो पार्टीप्रति। तर त्यसका प्रति जिम्मेवार र जवाफदेही बन्ने काम उहाँले गर्नुभएन। बरु चुलिँदो आफ्नो प्रशंसाका कारण त्यो चुलीमा बस्नुभएका ओलीले विकाश र समृद्धिको अवधारणलाई नै बिगार्न थाल्नुभयो। देशभित्रका जनताका कुरा गर्नुहुन्छ भने मान्छे खान नभएर, लाउन नभएर शहर लखेटिएका थिए। कृषिले मान्छेलाई गाउँमा बाँच्न नदिएर शहरबजार लखेटेको थियो। शहरमा उद्योगधन्दाहरू थिएनन् र त्यहाँबाट पनि हाम्रा छोराछोरी विदेश लखेटिँदै थिए। गएको बीस, बाइस र पच्चीस वर्षदेखि नेपालको अर्थराजनीतिको प्रवृत्ति थियो यो।

    जुनसुकै समाजशास्त्री, राजनीतिशास्त्री र अर्थशास्त्रीले हेर्न सक्ने कुरा थियो यो। तर उहाँ यसप्रति चिन्तित रहनुभएन। यसप्रति जवाफदेही रहनुभएन। उहाँले यसप्रति सरोकार पनि राख्नुभएन र क्रमशः विकाशको अवधारणा र परिभाषालाई भुत्ते बनाउनुभयो। उहाँले विकाशलाई केवल प्रहसनको विषय बनाउन थाल्नुभयो। जोक (मजाक)गर्न थाल्नुभयो। विपक्षी, आफ्ना र पार्टीका सांसद र मन्त्रीहरूको समेत हुर्मत लिन थाल्नुभयो। आफ्नै पार्टीको आफूसमानका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरू, आफैँ समान पार्टी चलाएका व्यक्तिहरूविरुद्ध निरन्तर हुर्मत लिने खेलमा लाग्नुभयो। र, स्वभाविक थियो, उहाँले भनेजसरी विकास आकाशबाट खस्दैनथियो, धर्तीबाट फाट्दैनथियो। त्यसका लागि त सारा जनता एकताबद्ध पारेर, उनीहरूका दुःखमा आफू दुखी भएर र उनीहरूका सुखका कल्पनाप्रति आफूले सुखी महशुस गर्ने प्रतिबद्धताका साथ आउनुपर्‍थ्यो।

    केका लागि दुई तिहाईको फिरौती?
    यो दुःखद् कुरा हो कि उहाँ त्यसरी आउनुभएन। उहाँको चुलिएको व्यक्तित्व, त्यसको आत्माअभिमान, उहाँले भनेजस्तो हुन नसकेपछि, उहाँले आफूले गरेका वाचाहरू पुरा गर्न नसकेपछि यो अन्तर्राष्ट्रिय विरोध सुरु भयो र उहाँ पार्टी, सरकार र जनमतमा पनि असफल हुँदै जानुभयो। उहाँ क्रमशः तिरस्कृत हुँदै र अल्पमतमा पर्दै जानुभयो । र आफ्ना असफलता लुकाउनका लागि अन्ततः संसदलाई विघटन गरेर राष्ट्रिय राजनीतिको चुली या धुरीमा कमरेड केपी ओलीले आगो लगाईदिनुभयो। र, संविधानलाई बन्धक बनाएर, दुई तिहाईको फिरौति मागेर ओली कमरेड आज जनतासामु ताण्डव नाच्दै हुनुहुन्छ ।

    केही मान्छेहरू भन्दैछन् कि चुनाव हुनेछ । तपाईं, राष्ट्रपतिलाई कमरेड केपी ओलीले लेखेको चिठी हेर्नुस्। सबैले हेरौँ त्यो चिठी, संसद विघटन गर्नका आठवटा कारण दिनुभएको छ उहाँले। र, सात ठाउँमा किन त्यसलाई विघटन गरियो भन्दा दुई तिहाई ल्याउन भन्ने उल्लेख छ। एक, किन दुई तिहाई ल्याउन। दुई, किन? दुई तिहाई ल्याउन। र, सातौँ कारण के हो भन्दा दुई तिहाई ल्याउन। भएको सन्तान मारेर कमरेड ओली पूर्णिमाको व्रत लिँदैहुनुहुन्छ। यो सम्भव छ? कुनै हिसाबले? र, जसरी उहाँले आठवटा कारणमध्ये सातवटामा उहाँले जसरी दुई तिहाई माग्दै हुनुहुन्छ, त्यसको अर्थ के हो भने कसैले चुनावको अपेक्षा गर्दैछन् भनेपनि हेरिराख्नुहोला, कमरेड ओलीले दुईतिहाई आउने आफैंलाई ग्यारेन्टी नगर्दासम्म, त्यो सारा प्रपञ्च नगर्दासम्म यो चुनाव गर्न दिनुहुनेछैन।

    कि लोकतन्त्र हार्नुपर्छ कि ओली
    यसर्थ, चुनावको बहकावमा लाग्ने रहर कसैले देखेका छन् भने यो गलत हुनेछ। त्योभन्दा ठूलो कुरा त संविधान च्यातेर, संविधान पानीमा भिजाएर आज जसरी चुनावको कुरा गरिँदैछ, त्यो हुनेवाला छैन। यो मास, यो जनसमूह अगाडि राखेर म भन्छु, ‘कमरेड तपाईँका चलखेल, षड्यन्त्र र जालझेल किम्मार्थ पूरा हुन दिइनेछैन। तपाईँलाई पछाडि हटाइनेछ। पराजित गरिनेछ।’

    दुईवटामात्रै विकल्प छन् हामीसँग। या त यो सारा मुलुक पराजित हुनुपर्छ या त यो लोकतन्त्र पराजित हुनुपर्छ। या त बामपन्थको इतिहास पराजित हुनुपर्छ, या त कमरेड केपी ओली पराजित हुनुपर्छ। हामीसँग अर्को विकल्प छैन। हामी कसको कित्तामा उभिने हो? बामपन्थको कित्तामा उभिने हो या लोकतन्त्रको कित्तामा उभिने हो? देश र संविधानको कित्तामा उभिने हो अथवा संविधानको पुर्नस्थापको कित्तामा उभिने हो कि कमरेड ओलीको कित्तामा उभिने हो? आज मुलुकका सामु यो चुनौती खडा भएको छ। र, सारा जनता ७० वर्षको इतिहासमा कमरेड ओलीका पक्षमा उभिन किम्मार्थ तयार छैनन्। यसर्थ, हामीले कमरेड ओलीलाई पराजित नगरीकन नहुने भएको छ।

    कमरेड ओली, अझै पनि तपाईंलाई लागेको छ कि तपाईँ जित्नुहुनेछ। तपाईंलाई लाग्या छ कि ‘म विजयी हुन्छु।’ कमरेड ओली तपार् ख्याल गर्नुस्, अब तपाईसँग दुईवटामात्रै शक्ति छ। एउटा तपाईँले बनाएको साइबर सेना भनिने साइबर स्यालहरू बाँकी छन्, तपाईँ जसको नेतृत्व गरिरहनुभएको छ। दुनियाँका अगाडि तपाईँ ताण्डव नाच्दै हुनुहुन्छ। यो गालिगलौजको, जोकरी र विदुषकको जुन भूमिका तपाईँ खेल्दै हुनुहुन्छ, साइवर स्यालका नेताका रूपमा। त्यो भन्दा तपाईसँग अरु के शक्ति छ?

    ‘व्रम्हास्त्र’ विघटनपछि सेटिङको प्रपञ्च
    दुनियाँ एकातिर छ। र, तपाइसँग अरु के छ, अब के छ? संसद थियो, तपाईसँग। एउटा प्रधानमन्त्रीका लागि असाध्य ठूलो शक्ति हो संसद। उसका लागि व्रम्हास्त्र हो संसद। त्यसलाई तपाईंले बिगार्नुभयो, भत्काउनु भयो, विघटन गर्नुभयो। राष्ट्रपति जस्तो सम्माननीय संस्थालाई तपाईले बन्धक बनाएर राख्नुभयो। व्यक्तिगत नीजि सचिवालय जस्तो बनाएर राख्नुभयो। अब तपाईँ निरिह भइसक्नुभयो कमरेड, अब तपाईसँग केवल साइवर सेना बाँकी छ। अर्को एउटा पार्टी छ तपाईसँग । त्यो भनेको सेटिङवाला मामला हो। तपाईँसँग सेटिङवाला प्रपञ्च बाँकी छ।

    कमरेड, तपाईँलाई धेरै कुराहरू थाहा छ। स्यालहरूले रजाइँ गर्ने कुरा दन्त्यकथामा मात्र हुन्छ कमरेड। वास्तविक दुनियाँमा स्यालले रजाईं गर्दैन। यदि सेटिङले काम गर्छ भने जासूसी उपन्यासमामा मात्र काम गर्छ। अन्यत्र गर्दैन। यो कुरालाई म जोड दिएर किन भन्दैछु भने दुनिया भन्छन्, संविधानविद् भन्छन्, कानूनविद् भन्छन्, कि कमरेड ओलीले गलत गर्नुभयो, संसद विघटन गलत छ। जो मान्छेहरू ओलीले नै जित्नुहुन्छ भनिरहेका छन्, ती मान्छेहरूले एउटै कारणले त्यसो भनेका छन् कि ओलीले सबै सेटिङ गरेका छन्।

    कमरेड ओली, यो अदालत, आज २१ औँ शताब्दिको अदालत तपाईँको सेटिङका कारणले, त्योपनि ७० वर्षपछि लोकतन्त्रले बनाएको संविधान र यो संविधानबमोजिम बनेको अदालत र यसका न्यायधिशहरू तपाईँका सेटिङका कारण डराएर तपाईंको पक्षमा निर्णय गर्छ भनेर सोच्दै हुनुहुन्छ भने तपाई गलत गर्दैहुनुहुन्छ कमरेड। कमरेड ओली त्यो कारणले पनि हार्नुहुन्छ।

    जित्दैछौ हामी
    त्यसो हुँदा यो कुरा दुनियाका सामु जाहेर होस्, कि हामी जित्दैछौँ, लोकतन्त्रले जित्दैछ र वामपन्थले जित्दैछ। यतिमात्रै भनेर हामीले सुख पाउँदैनौँ। यसो भएर पनि अब हामी कस्तो पार्टी बनाउदैछौँ भन्ने कुरा हाम्रा अध्यक्ष कमरेडहरूले बताउनुहुनेछ। हाम्रो पार्टीले निर्णय गरेको छ कि हामीले जस्तो पार्टी बनाउन खोज्दैछौँ, सिद्धान्तले जुन पार्टी बनाउँछ, त्यो सिद्धान्तले हाम्रो पार्टी बन्दा ‘बा, आमा र छोराछोरी’को सामन्ती भावनाको पार्टी बन्दैन। अब हाम्रो पार्टी समानतामा आधारित, अध्यक्षदेखि लिएर सदस्यसमेतको बराबरी र उत्तिकै अधिकार भएको पार्टी निर्माण गर्दैछौँ हामी। त्यो कबूल गर्न जाँर्दैछौं। म बोलीचालीको भाषामा दोस्रो पुस्ताको भनिने नेता तपाइहरूमाझ कसम खाएर भन्दैछु, अब त्यस्तो पार्टी बन्छ। हामी अब नकमाईकन खाने, राज्यको दोहन गरेर खाने, राज्य लुटेर खानेहरूको पार्टी किमार्थ बन्न दिदैनौँ। त्यस्ता मान्छेहरूलाई हामी प्रवेश गर्न दिदैनौँ।

    हामी त्यस्तो पार्टी बनाउछौँ, जहाँ हरेक मान्छेले आफ्नो कमाई खान्छ, आफ्नो कमाईको ट्याक्स तिर्छ र, आफूले तिरेको ट्याक्स हाम्रो मुलुकका श्रमिक, गरिब, गुरुवा, किसान, मजदुर, महिला, विपन्न जनता दलितहरू, जनजातिको हितको पक्षमा काम हुन्छ कि हुँदैन भनेर हरबखत सचेत बन्ने कार्यकर्ता रहेको पार्टी बनाउन चाहन्छौँ। प्रतिनिधिमूलक व्यवस्था हो संसदीय व्यवस्था। तर हामी हाम्रो पार्टी संचालनका हिसाबले हामी प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्नेछौँ।

    हाम्रो दस्तावेजले यो कुरा गर्नेछ। आजसम्म गरिएका कमीकमजोरीहरू, त्यस्ता दुर्घटनाहरू र हाम्रै अराजनीतिक क्रियाकलापले अर्को ओली फेरि नजन्मियोस् भन्ने ख्याल गर्दै नयाँ पार्टी बनाउनेछौं। केही चिज छ जसले ओली जन्माउँछ भन्ने कुरालाई ख्याल गर्दै, अब अर्को कुनै ओली हाम्रो आन्दोलनमा जन्मने छैन भन्ने ग्यारेन्टी गर्नका लागि हामी उठ्यौँ। त्यस्तो पार्टी बनाउनका लागि यो आन्दोलन सुरु भयो। र, यो आन्दोलनले कम्तिमा कमरेड केपी ओलीलाई घुँडा टेकाएरमात्रै विश्राम लिनेछ।

    भिडियो–

    (शुक्रवार काठमाडौंको प्रदर्शनीमार्गमा भएको प्रतिगमनविरुद्ध आयोजित सभामा नेकपा स्थायी समिति सदस्य घनश्याम भूसालले दिएको मन्तव्य।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.