Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

घुस नखाने पार्टी समाजवादको सर्त

घुस खान कसले कोबाट सिके ?

घनश्याम भूसाल घनश्याम भूसाल
साउन ८, २०८१
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक ‘बाबुराम : अ भिजीनरी रेबेल’ सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ । यसको शिर्षक दुरदर्शी, भिजनरी भनिएको छ तर भित्रका सबै लेखहरुको सार मोटामोटी तीनवटा देखिन्छ ।

    पहिलो, डा. भट्टराई माओवादी जनयुद्धको विचारक/आइडलग हो ।
    दोश्रो, उहाँले माओवादी पार्टी छोड्नुभयो ।
    र तेश्रो, उहाँले समाजवाद भन्नुभएको छ तर समाजवादको व्याख्या कतै गर्नुभएको छैन ।

    डा. भट्टराईलाई अहिले कसरी हेर्ने, हिजो जनयुद्धको बेलामा कसरी हेर्ने भन्दा त्यो जनयुद्धको जिम्मेवारी, त्यसमा लागेका मानिसहरु, त्यो विश्वास, त्यो आकांक्षा, त्यो संकल्प, त्यो रगत, त्यो बलिदान त्यसको जिम्मेवारीबाट उहाँ भाग्न हुँदैन । एउटा व्यक्तिका हिसाबले कम्युनिस्ट आन्दोलनमा यत्रो रगत पसिना बगाएको आन्दोलनको नेताको व्यक्तित्व र इमानदारीताका लागि पनि उहाँ त्यसबाट भाग्न हुँदैन । हाम्रो कम्युनिस्ट आन्दोलनले किन दुःख पायो भन्दा सबैले मार्क्सवादी भन्ने तर मार्क्सवाद चाहीँ कमजोर हुने अवस्था भयो भन्ने लाग्छ ।

    डा. बाबुराम भट्टराईले किन माओवादी पार्टी छोड्नुभयो ? म व्यक्तिगत रुपमा माओवादी बाहिर रहेको मान्छे उहाँले पार्टी छोड्दा खुशी होऔंला तर स्वयम् बाबुराम भट्टराई विचलित हुनुभयो भने यो व्यक्तिका हिसाबले धेरै ठूलो प्रश्न हुनेछ । त्यस अर्थमा यसो हेर्दा कतै डा. भट्टराई कम्युनिस्टहरु विरुद्धको प्रचारको झण्डा मात्रै बन्ने हो कि भन्ने डर पनि छ ।

    एउटा घटना सम्झिन्छु, २०४२/४३ सालमा एउटा दुधकाण्ड भएको थियो । आणविक भट्टी विस्फोटपछि पोल्यान्डबाट आउने दूध बहिस्कारको आन्दोलन चलेपछि एउटा प्रधानपञ्चले गोदाममा बसेर अलिकती दूध निकालेर खाए अनि कहाँ छ विकिरण भनेर सोधेका थिए ।

    उहाँले कस्तोसम्मको भाषा लेख्नु भएको छ भने, अनुभवजन्य प्रमाणहरुले स्थापित गरिसकेका छ्न कि विचारधाराका रुपमा कम्युनिस्ट भनेको मानवीय मनोविज्ञान र व्यवहारको विरुद्धमा छ । अनुभवजन्य प्रमाणहरुले यस्तो पुष्टी गर्दछन् ? यो यसरी पुष्टी गर्ने विषय हो ? कतै प्रधानपञ्चले गोदाम खोलेर विकिरण छैन भनेजस्तो त होइन ? यस्ता प्रमाणहरुले हाम्रो लेख, प्रस्तुतिलाई कत्तिको न्याय गर्दछ्न ? यो कुरामा चाहिँ डा. भट्टराईले सोच्नु पर्दछ ।

    मानव जिनको कुरा गर्दा जीव विज्ञानमा यति धेरै लेखिएको छ कि यदि व्यक्ति थ्रेटमा छैन भने उसले जतिबेला पनि समाजका लागि काम गरिरहन्छ, समाजको सुरक्षा गरिरहन्छ किनभने त्यो समाजको सुरक्षा गरेर मात्रै व्यक्ति बाँच्न सक्छ । त्यसर्थ, समाज र व्यक्ति छुट्टिने कुरा होइनन् भनेर जीव विज्ञानमा धेरै लेखिएका छन् ।

    आइस्टाइनले त्यसै ह्वाइ सोसलिज्म् लेखेका होइनन् भनेर हामीले बुझ्नुपर्छ । उनले लेखेका छन्, मान्छे-मान्छेका बीचमा जुन प्रतिस्पर्धा छ र यो प्रतिस्पर्धाले आजसम्म इतिहासमा मानव जातिले जुन दुःख पाएको छ, त्यसबाट मुक्त हुनका लागि समाजवाद चाहिन्छ । यसमा आइस्टाइनको निष्कर्षलाई वैज्ञानिक रुपले खण्डन होस् ।

    डा. भट्टराईको बौद्धिक र प्राज्ञिक क्षमता छ । राम्ररी सोच्न सक्नु, सोचेको कुरालाइ त्यही हिसाबले भन्न सक्नु, त्यही हिसाबले लेख्न सक्नु कम कुरा होइनन्, धेरै ठूलो कुरा हुन् । यस अर्थमा यो क्षमतालाई आजको मानिसको जिन्दगी बदल्ने, आज नेपालीको जिन्दगी बदल्ने समाजवादको कुरामा लगाउनका लागि उहाँले अझै राम्ररी सोच्नु पर्दछ भन्ने मलाइ लाग्दछ ।

    अहिले हामीले समाजवाद, नेपाली चरित्रको समाजवाद वा नेपाली विशेषताको समाजवाद भनिरहेका छौं । धेरै लेखिइसक्नुपर्ने विषय भएपनि यस बारे बहुत कम लेखिएको छ ।

    आजको नेपाली समाजमा समाजवादको मुलभुत रुपमा सबैभन्दा ठूलो कुरा भनेको रोजगारी हो । मार्क्सवाद नबुझेका मानिसहरुलाई रोजगारी र समाजवादको सम्बन्ध थाहा हुने कुरा भएन । मार्क्सले उत्पादन र अर्थशास्त्रको कुरा गर्दा अर्थशास्त्रीय, प्राविधिक कुरा गरेजस्तो लाग्नेहरुले रोजगारी पनि कतै जोडघटाउको विषय हो कि जस्तो मान्न सक्छन् । तर मार्क्सले मानिसको पहिलो गतिविधि उत्पादन हो भनेका छन् । उत्पादन र राजेगारी जोडिएर आउँछ । हामीकहाँ रोजगारी नपाएको ठूलो जनसंख्यालाई रोजगारी दिँदा एउटा बृहत मानवीय/मानवतावादी अभियान सम्पन्न हुन्छ । त्यसले रोजगारीको अभावमा आजको मान्छे बन्न नसकेको, आजको युगानुकुल हुन नसकेकाहरुलाई युगानुकुल मान्छे बनाउन सहयोग गर्दछ ।

    हामीले १०–१५ बर्ष राम्रो सरकार अर्थात् घुस नखाने सरकार बनाउन सकियो भने पर्याप्त रोजगारी सिर्जना गर्न सक्छौं । घुस नखाने राम्रो सरकार बनाउन घुस नखाने पार्टी र घुस नखाने नेता बनाउनु अनिवार्य सर्त हुन्छ ।

    तर हामीले घुस खान सिक्यौं । हामीले घुस खान कसरी सिक्यौँ होला भन्दा राजाले परम्पराबाट वा अन्य ठाउँबाट पनि सिके होलान् । काङ्ग्रेसले संस्थागत रुपमा राजाबाट सिक्यो । काङ्ग्रेससँग संगत बढ्दै जाँदा हामी एमाले भएर काङ्ग्रेसबाट सिक्यौँ । हामी दुईवटै मिलेर माओवादीलाई घुस खान सिकायौँ र आफु जस्तै बनायौँ ।

    हामीले नसिक्नुपर्ने कुराहरु राजाबाट काङ्ग्रेसले सिक्यौँ, काङ्ग्रेसबाट एमालेले सिक्यौँ जनताको बहुदलीय जनवाद भन्यौं अनि काम चाहिँ राज्य दोहनको गर्यौँ । पछि माओवादी आयो, उसले पनि सिक्यो । नसिक्नुपर्ने कुराहरु एकअर्कालाई सिकाउँदै/सिक्दै हिँड्दा मुलुकले आजसम्म दुःख पायो ।

    डा. बाबुराम भट्टराईको गल्ती के थियो भन्ने मलाई लाग्दछ भने, मैले भनेको पनि छु, लेखेको पनि छु ०६२/६३ सालमा राजतन्त्रको अन्त्यपछि जनवादी क्रान्ति हामीले पूरा गर्यौँ, जनयुद्धले पूरा गर्यो भन्नु पर्दथ्यो । अब हामी समाजवाद निर्माणतर्फ लाग्ने हो, समाजवाद निर्माणमा लाग्नका लागि हामीलाई आजको दलाल पुँजीवादले रोकेको छ र हामी राष्ट्रिय पुँजीको विकास गर्दै दलाल पुँजीवादको अन्त्य गर्छौं र पचास साठी बर्षको लामो योजना बनाएर समाजवादमा जाने हो भन्नुपर्दथ्यो ।

    तर उहाँले ती आइडियाहरुको स्वयम्ले बिरोध गर्नुभयो । मेरो किताबमै उहाँले त्यसको बिरोध गर्नुभयो । त्यो गल्ती थियो । माओवादी नेताका रुपमा उहाँले राजनीतिको उचित बाटो दिनुभएन । जनवादी क्रान्ति सम्पन्न भएको छैन भन्नुभयो । सत्ता कब्जा गर्ने भन्दै कार्यकर्तालाई अल्मल्याइरहनु भयो । त्यत्रो माओवादीको जुझारु पल्टनले आफ्नो अगाडिको बाटो देखेन । अनि आफ्नो व्यक्तिगत मामिला, दुःखसुख, जसरी पनि कमाउने काममा लाग्न थाल्यो, भुत्ते र भ्रष्ट बन्दै गयो र उसले समाजको कुरा बिर्सियो ।

    उहाँले भन्नु भयो, दुईवटा ठुला पार्टी मिलेका छन् केही होला । पार्टीहरु मिल्नु बडो राम्रो कुरा हो । उनीहरुले राम्रो गरे भने मुलुकलाई साँच्चै १०–१२ बर्षमा बेरोजगारी उन्मुलन गर्नेछ्न, कृषिका समस्या हटाउनेछ्न् र कृषिक्रान्ति नै गर्नेछ्न । मैले पटकपटक भन्दै आएको छु, एउटा् राम्रो प्रतिबद्ध र घुस नखाने सरकार हुँदा ५–६ बर्षमा कृषि क्रान्तिको काम गर्न सकिन्छ । पर्याप्त रोजगारी सिर्जना गर्न सकिन्छ । दश बर्ष वरिपरिमा आधारभुत रुपले औद्योगिक क्रान्तिको जग बसाल्न सकिन्छ । तर हाम्रो अनुभवको आधारमा भन्ने हो भने ती आज मिलेका दलहरुबाट त्यस्तो आशा एकदमै कम मात्र गर्न सकिन्छ । यिनीहरुबाट यी कामहरु हुन अप्ठ्यारो छ । हामीले पार्टी संरचना र राज्य संरचना नै राज्य दोहन बाहेक मुलभुत रुपमा अरु काम नगर्ने जस्तो बनाएका छौं ।

    डा. भट्टराई र अरुलाई पनि आग्रह छ आउनुहोस् पार्टीलाई घुस नखाने बनाऔं । राज्य दोहन गरेरै पालिएका हजारौं राजनीतिक र प्रशासनिक मानिसहरूको तगारो तोडौं । बाटोमा निस्कौं । वैकल्पिक वा नवैकल्पिक जे सुकै भनौंला, पुरानै पार्टी भनौंला तर पहिलो कुरा यसले राज्य दोहन गर्दैन, भ्रष्टाचार गर्दैन भन्ने प्रतिबद्धता जाहेर गरौं । दलाल पुँजीवादबाट मुक्त पार्टी निर्माण गरौं, जसले मुलुकलाई समाजवादतर्फ अगाडि लैजान नेतृत्व गर्न सकोस् ।

    (नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक ‘बाबुराम : अ भिजीनरी रेबेल’ विमोचनमा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश।)

    भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.