हामी अरु दुनियाँका कुरामा नलागौं। अरु प्रश्नमा नजाऊँ, संसद बिघटन ठीक हो कि होइन ? यही प्रश्नमा केन्द्रित रहौं। टुंग्याउनु पर्ने कुरा हो यो। अनि त्यसका लागि हामीसँग दुईवटा बाटा छन् : एउटा, सर्वनास र सत्यनासको बाटो। अर्को, संसद पुनर्स्थापनाको बाटो। योभन्दा बाहेक हामीसँग अर्को कुनै बाटो छैन। यही कुरा हामी जनतामा लिएर जाऊँ। संसद फर्किन्छ कि फर्कँदैन ? यसबारेमा संविधान धेरै प्रष्ट छ।
हामीलाई न्यायधिस कतिखेर चाहिन्छ? सामान्य कुरा हो, अन्याय हुन नदिन न्यायधिस र अदालत चाहिन्छ। घोर अन्याय हुँदा त्यसैलाई सदर गर्न पनि न्यायलय चाहिन्छ त? अदालत र प्रधानन्यायधिस चाहिन्छ त? त्यसो होइन, सरकार या कार्यकारीले बदमासी गर्न नसकोस् भनेरै न्यायलय चाहिएको हो। र, संविधानमा त प्रष्टै लेखेको छ। र, हिजो संविधान बनाउने क्रममा भएका छलफल पनि अर्को आधार हो। ती आधारमा हामी भन्न सक्छौं, यो संसद फर्किन्छ, फर्किन्छ, फर्किन्छ। कमरेडहरू, कुनै शक्तिले यसलाई रोक्न सक्दैन।
हामीलाई न्यायधिस कतिखेर चाहिन्छ? सामान्य कुरा हो, अन्याय हुन नदिन न्यायधिस र अदालत चाहिन्छ। घोर अन्याय हुँदा त्यसैलाई सदर गर्न पनि न्यायलय चाहिन्छ त?
दोस्रो, संविधान नै यस्तो मूल आधार हो, जसले यो संसद ब्युताउँछ। तेस्रो, कमरेड ओलीबाहेक कसैको अनुहार भाषण गर्दा उज्यालो देख्नुभएको छ? अरु कसैको विश्वास जित्नुभएको छ उहाँहरूले? ओली कमरेड के कारणले विश्वस्त देखिनुभएको छ, त्यो कुरो रहस्यको विषय छ। तर संविधानविद हिजाका न्यायधिस, हिजाका प्रधानन्यायधिस, कानूनविद, मिडिया र बुद्धिजीवीहरू कसैले संसद विघटनको समर्थन गरेका छन् ? नागरिक समाजलगायतको सिंगो दुनियाँ एकातिर छ। बौद्धिक, सोच्ने र विचार्ने जमात एकातिर छ। यो चौंथो आधार हो ।
पाँचौं, राजनीतिक पार्टीहरूसमेत संसदको हत्याको विरुद्धमा छन्। हाम्रा भक्तपुरका साथीहरू हुनुहुन्छ नि, नारायणमानजीबाहेक, कांग्रेस र देउवाजी पनि यो संसद विघटनलाई गैरसंवैधानिक हो भनि राख्नुभएको छ। त्यसकारण, सबै राजनीतिक शक्ति र दलहरू एकातिर छन्। सारा नागरिक समाज, वुद्धिजीवि, कानूनविद् र संविधानविद् संसद विघटनको विरुद्धमा छन्।
र, संविधानमा लेखिएका अक्षर र भावना बडो प्रष्ट छ। यी सबै त्यस्ता आधारहरू हुन्, जसले संसदको पुर्नस्थापना गराईछाड्छन्। त्यस्तो गराउँछ, अनौठो हुनेवाला छ। कमरेडहरू, राजा महेन्द्रले खोसेको संसद हामीले ३० वर्षमा फिर्ता गराएका हौं। ज्ञानेन्द्रले खोसेको संसद हामीले ३ वर्ष नपुग्दै खोसेका हौं। मैले त भन्ने गरेको छु –कमरेड ओलीले खोसेको संसद ३ महिनामा फिर्ता ल्याएर छाड्नेछौं।
हाम्रो न्यायलयका न्यायधिसहरूका कलमले त्यस्तो दूर्भाग्यपूर्ण फैसला लेख्लान् भन्ने म ठान्दिनँ। न्यायमूर्तिहरू मुलुकको यत्रो सम्भावना छाडेर र संविधानमा अर्को कुरा लेखिँदालेखिँदै, संविधानका प्रष्ट शब्दमा लेखिएका कुराविरुद्ध गएर मूलुकलाई वर्वाद पार्नका लागि त्यस्तो कुनै कदम चाल्छन् भन्ने विश्वास गर्न सक्दिनँ। उसो त मान्छेलाई अनेक लाग्या छ। यो पुर्नस्थापना हुँदैन भन्ने पनि लाग्याछ। पुर्नस्थापना हुँदैन भन्ने केही मान्छेहरू पनि छन्। कमरेड ओली र उहाँ पक्षधर मान्छेहरू खुसी भएको पनि देख्याछु मैले। तर ती विचरा मान्छेहरूको तर्क के छ भने, ‘सबै सेटिङ मिलाइसकिएको छ, पैसा पनि तिरिसकिएको होला। त्यसैले यो संसद पुर्नस्थापना हुँदैन।’
मुलुकको यत्रो सम्भावना छाडेर र संविधानमा अर्को कुरा लेखिँदालेखिँदै, संविधानका प्रष्ट शब्दमा लेखिएका कुराविरुद्ध गएर मूलुकलाई वर्वाद पार्नका लागि त्यस्तो कुनै कदम चाल्छन् भन्ने विश्वास गर्न सक्दिनँ।
भनेको के छ र जनमत के छ ? बुझ्नुस् सेटिङ मिलाइएको बाहेक, स्वयं पैसामा अदालत किनिएको अवस्थामा बाहेक यो संसद पुर्नस्थापना हुन्छ भन्ने विश्वास आम जनतामा छ तथ्य यही होइन संसद पुर्नस्थापना हुन्छ भन्ने जनमत त पहिले नै छ, संसद पुनर्स्थापना हुँदैन कि भन्ने जनमत पनि के हो, के हो भन्ने छन् विचरा!
दुनियाँ अहिले के भन्दैछ? –संसद पुनर्स्थापना हुँदैन किनकि माथि सेटिङ भइसक्यो होला, सेटिङ अदालत पुगिसक्यो होला। यही होइन आम दुनियाँले सुनेको ? यही हो कमरेड ओलीमाथिको जनविश्वास? यसो गरेर ओलीको पक्षमा आरती उतार्नेहरूले हाम्रा कमरेड ओलीको छवि कस्तो बनाउँदैछन्? उहाँको बदनामी कसरी गर्दैछन् भन्ने कुरा त जसले पनि देखेको छ। उनीहरू कमरेड ओलीकै पछि लाग्दैछन्, उहाँकै आरती उतार्दैछन् तर यसले ओली र उहाँको राजनीतिक भविष्यलाई सक्याएको छ।
(सोमबार नवलपरासीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भूसालकोे मन्तव्य ।)