Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संसद फर्कन्छ, फर्कन्छ, फर्कन्छ : घनश्याम भूसाल

घनश्याम भूसाल घनश्याम भूसाल
पुस २१, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामी अरु दुनियाँका कुरामा नलागौं। अरु प्रश्नमा नजाऊँ, संसद बिघटन ठीक हो कि होइन ? यही प्रश्नमा केन्द्रित रहौं। टुंग्याउनु पर्ने कुरा हो यो। अनि त्यसका लागि हामीसँग दुईवटा बाटा छन् : एउटा, सर्वनास र सत्यनासको बाटो। अर्को, संसद पुनर्स्थापनाको बाटो। योभन्दा बाहेक हामीसँग अर्को कुनै बाटो छैन। यही कुरा हामी जनतामा लिएर जाऊँ। संसद फर्किन्छ कि फर्कँदैन ? यसबारेमा संविधान धेरै प्रष्ट छ।

    हामीलाई न्यायधिस कतिखेर चाहिन्छ? सामान्य कुरा हो, अन्याय हुन नदिन न्यायधिस र अदालत चाहिन्छ। घोर अन्याय हुँदा त्यसैलाई सदर गर्न पनि न्यायलय चाहिन्छ त? अदालत र प्रधानन्यायधिस चाहिन्छ त? त्यसो होइन, सरकार या कार्यकारीले बदमासी गर्न नसकोस् भनेरै न्यायलय चाहिएको हो। र, संविधानमा त प्रष्टै लेखेको छ। र, हिजो संविधान बनाउने क्रममा भएका छलफल पनि अर्को आधार हो। ती आधारमा हामी भन्न सक्छौं, यो संसद फर्किन्छ, फर्किन्छ, फर्किन्छ। कमरेडहरू, कुनै शक्तिले यसलाई रोक्न सक्दैन।

    हामीलाई न्यायधिस कतिखेर चाहिन्छ? सामान्य कुरा हो, अन्याय हुन नदिन न्यायधिस र अदालत चाहिन्छ। घोर अन्याय हुँदा त्यसैलाई सदर गर्न पनि न्यायलय चाहिन्छ त?

    दोस्रो, संविधान नै यस्तो मूल आधार हो, जसले यो संसद ब्युताउँछ। तेस्रो, कमरेड ओलीबाहेक कसैको अनुहार भाषण गर्दा उज्यालो देख्नुभएको छ? अरु कसैको विश्वास जित्नुभएको छ उहाँहरूले? ओली कमरेड के कारणले विश्वस्त देखिनुभएको छ, त्यो कुरो रहस्यको विषय छ। तर संविधानविद हिजाका न्यायधिस, हिजाका प्रधानन्यायधिस, कानूनविद, मिडिया र बुद्धिजीवीहरू कसैले संसद विघटनको समर्थन गरेका छन् ? नागरिक समाजलगायतको सिंगो दुनियाँ एकातिर छ। बौद्धिक, सोच्ने र विचार्ने जमात एकातिर छ। यो चौंथो आधार हो ।

    पाँचौं, राजनीतिक पार्टीहरूसमेत संसदको हत्याको विरुद्धमा छन्। हाम्रा भक्तपुरका साथीहरू हुनुहुन्छ नि, नारायणमानजीबाहेक, कांग्रेस र देउवाजी पनि यो संसद विघटनलाई गैरसंवैधानिक हो भनि राख्नुभएको छ। त्यसकारण, सबै राजनीतिक शक्ति र दलहरू एकातिर छन्। सारा नागरिक समाज, वुद्धिजीवि, कानूनविद् र संविधानविद् संसद विघटनको विरुद्धमा छन्।

    र, संविधानमा लेखिएका अक्षर र भावना बडो प्रष्ट छ। यी सबै त्यस्ता आधारहरू हुन्, जसले संसदको पुर्नस्थापना गराईछाड्छन्। त्यस्तो गराउँछ, अनौठो हुनेवाला छ। कमरेडहरू, राजा महेन्द्रले खोसेको संसद हामीले ३० वर्षमा फिर्ता गराएका हौं। ज्ञानेन्द्रले खोसेको संसद हामीले ३ वर्ष नपुग्दै खोसेका हौं। मैले त भन्ने गरेको छु –कमरेड ओलीले खोसेको संसद ३ महिनामा फिर्ता ल्याएर छाड्नेछौं।

    हाम्रो न्यायलयका न्यायधिसहरूका कलमले त्यस्तो दूर्भाग्यपूर्ण फैसला लेख्लान् भन्ने म ठान्दिनँ। न्यायमूर्तिहरू मुलुकको यत्रो सम्भावना छाडेर र संविधानमा अर्को कुरा लेखिँदालेखिँदै, संविधानका प्रष्ट शब्दमा लेखिएका कुराविरुद्ध गएर मूलुकलाई वर्वाद पार्नका लागि त्यस्तो कुनै कदम चाल्छन् भन्ने विश्वास गर्न सक्दिनँ। उसो त मान्छेलाई अनेक लाग्या छ। यो पुर्नस्थापना हुँदैन भन्ने पनि लाग्याछ। पुर्नस्थापना हुँदैन भन्ने केही मान्छेहरू पनि छन्। कमरेड ओली र उहाँ पक्षधर मान्छेहरू खुसी भएको पनि देख्याछु मैले। तर ती विचरा मान्छेहरूको तर्क के छ भने, ‘सबै सेटिङ मिलाइसकिएको छ, पैसा पनि तिरिसकिएको होला। त्यसैले यो संसद पुर्नस्थापना हुँदैन।’

    मुलुकको यत्रो सम्भावना छाडेर र संविधानमा अर्को कुरा लेखिँदालेखिँदै, संविधानका प्रष्ट शब्दमा लेखिएका कुराविरुद्ध गएर मूलुकलाई वर्वाद पार्नका लागि त्यस्तो कुनै कदम चाल्छन् भन्ने विश्वास गर्न सक्दिनँ।

    भनेको के छ र जनमत के छ ? बुझ्नुस्  सेटिङ मिलाइएको बाहेक, स्वयं पैसामा अदालत किनिएको अवस्थामा बाहेक यो संसद पुर्नस्थापना हुन्छ भन्ने विश्वास आम जनतामा छ तथ्य यही होइन  संसद पुर्नस्थापना हुन्छ भन्ने जनमत त पहिले नै छ, संसद पुनर्स्थापना हुँदैन कि भन्ने जनमत पनि के हो, के हो भन्ने छन् विचरा!

    दुनियाँ अहिले के भन्दैछ? –संसद पुनर्स्थापना हुँदैन किनकि माथि सेटिङ भइसक्यो होला, सेटिङ अदालत पुगिसक्यो होला। यही होइन आम दुनियाँले सुनेको ? यही हो कमरेड ओलीमाथिको जनविश्वास? यसो गरेर ओलीको पक्षमा आरती उतार्नेहरूले हाम्रा कमरेड ओलीको छवि कस्तो बनाउँदैछन्? उहाँको बदनामी कसरी गर्दैछन् भन्ने कुरा त जसले पनि देखेको छ। उनीहरू कमरेड ओलीकै पछि लाग्दैछन्, उहाँकै आरती उतार्दैछन् तर यसले ओली र उहाँको राजनीतिक भविष्यलाई सक्याएको छ।

    (सोमबार नवलपरासीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भूसालकोे मन्तव्य ।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.