Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

थोरै मानिसको खटनमा विश्वका अर्बौँ मान्छे हिँड्नुपर्ने अवस्था आउँदैछ

गोपीरमण उपाध्याय गोपीरमण उपाध्याय
चैत्र २९, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानव सभ्यताको विकासका क्रममा उत्पादनको साधनकै कारण मानिसहरूमा चेतना बढ्दै गयो। पहिलो उत्पादनको साधनका रूपमा आगोको प्रयोगदेखि भाँडा तथा हातहतियारको आविस्कार र प्रयोगसम्म आइपुग्दा मानव विकासको पाँचौँ चरण पार गरिसक्छ। र, छैटौँ चरणमा आइपुगेर मानिसले पशुपालन सुरु गर्छ। यो बेलासम्म व्यक्तिगत सम्पत्तिको प्रचलन सुरु भएकै छैन। त्यतिबेलासम्म सबै समूहमा नै बस्ने गर्थे।

    वर्गीय समाजको उत्पत्ति

    यो गण समाजको चरित्र हो। यो कुरा वेदमा पनि उल्लेख छ। यसरी मानिस सामूहिक जीवन हुँदै समाजमा प्रवेश गरे। उत्पादनका साधन बढ्दै जाँदा उत्पादन पनि बढ्दै गयो। समुदायमा उत्पादन यति धेरै बढ्यो कि मानिसलाई सामानहरू आफूलाई पुगेर पनि थप अतिरिक्त उत्पादन हुन थाल्यो। उत्पादनको जुगाढ भयो र त्यो अरुलाई दिनसक्ने स्थिति भयो। यसपछि एक अर्कालाई सामान दिने र साटासाट गर्ने प्रचलन सुरु भयो। विनिमय गर्ने प्रथा सुरु भएपछि मात्रै सभ्य युग सुरु भयो भनेर एंगेल्स्ले पनि उल्लेख गर्नुभएको छ।

    त्यतिबेलासम्म समाजमा वर्ग थिएन। निजीसम्पत्तिको अवधारणा आएर एक अर्कामा विनिमय गर्ने प्रथा सुरुभएपछिमात्रै वर्ग उत्पन्न भयो। किनभने कुनै निश्चित समूहभित्र अतिरिक्त उत्पादन भइसकेपछि त्यसलाई बाँडफाड गरेर व्यवस्थापन गरिन्थ्यो। त्यसरी व्यवस्थापन गरिनुलाई विदथ् भनिन्थ्यो। यसरी उत्पादन गरेको सम्पत्ति वितरण गर्ने र बचेको सम्पत्ति पछिका लागि साँच्ने गरिन्थ्यो।

    यसरी साटासाट गर्ने यस्तो प्रणाली करिब ३० हजार वर्ष अघिको हो। समाज १० लाख वर्षअघिदेखि बन्यो र यसरी विभिन्न उत्पादनका साधनहरू निर्माण हुँदै र त्यसलाई परिचालन गर्दै ३० हजार वर्ष अघिको समाजमा आइपुग्यो। त्यसपछि सम्पत्तिको रक्षा गर्नका लागि राज्य चाहियो। राज्य चाहिएसँगै सेना र पुलिसको पनि आवश्यकता भयो। यसरी राज्य र वर्गको सुरुवात भयो। यसै क्रममा दास युग पनि सुरु भयो। अहिले पनि विश्वमा कहिँकतै आदिम युगका त्यस्ता चरित्र र समाजहरू भेटिन्छन्।

    नेपाली राजनीतिमा उत्पादनको हिसाबले हाम्रो समाज कहाँ छ भन्ने विषयमा अहिले पनि ठूलो विवाद छ। माक्र्सवादीहरूले समाजको चरित्र नबताइकन त धर पाउँदैनन्। केही साथीहरू हामी अझै पनि अर्धसामन्ती समाजमा छौँ भन्छन्। आम रूपमा भन्नुपर्दा कुनै पनि देशको मूल प्रवृत्ति केमा आधारित छ भन्ने कुराले नै त्यो देशको समाजको चरित्र बताउँछ। देशको उत्पादनको प्रणाली कस्तो छ, राज्य केबाट चलेको छ र देशका मान्छे कसरी बाँचेका छन् भन्ने कुराले नै त्यस देशको समाज कस्तो चरित्रको हो भन्ने देखाउँछ।

    आखिर जे काम गरिएको छ, त्यो सबै खान र बाँच्नका लागि नै हो। मान्छेले सम्पूर्ण क्रियाकलाप बाँच्नका लागि गर्दै आएको छ, त्यसपछि मात्रै अरु कुरा प्राथमिकतामा आउँछन्। जस्तै : साहित्य, कला र संस्कृति त्यसपछिका प्राथमिकता हुन्।

    प्रविधिको विकास

    कनै पनि समाजको चरित्र त्यहाँको उत्पादन पद्धतिले निर्धारण गरेको हुन्छ। उत्पादन पद्धति उत्पादनको साधन, उत्पादनको शक्ति र उत्पादन सम्बन्धले बनेको हुन्छ। उत्पादनको साधन भनेको हामीलाई आवश्यक खाना, छाना र नाना प्राप्त गर्नका लागि प्रयोग गरिने उपकरण वा सामग्री हो। उत्पादनका साधनमा सबैभन्दा सुरुमा भाषा थियो। त्यसपछि क्रमश : आगो, धनुषवाण र माटाका भाँडाहरू बन्दै गए। अहिले त उत्पादनका लाखौं करोडौँ साधनहरू विकसित भइसके।

    मान्छेले आफ्नो विकासका क्रममा उत्पादनको साधनहरू मात्रै बनाएन। यी साधनलाई छिटो र छरितो कसरी बनाउन सकिन्छ भनेर त्यसका लागि प्रविधिको पनि विकास गर्दै गयो । त्यस्तो साधन बनाउनमा उ जुट्यो, जसबाट कम मेहेनतमा पनि बढी उत्पादन लिन सकियोस्। त्यसका लागि मान्छेले प्रविधिको विकास गर्‍यो। उत्पादक शक्ति भनेको श्रम, कलाकौशल र प्रविधि हो।

    हिजोको जंगली अवस्था युगदेखि नै मान्छेले प्रविधिको विकास गर्न थालेको हो। त्यतिबेला हामीले सोचेको भन्दा बढी उत्पादनको शक्तिको विकास भयो। कम मेहेनत गरेर बढी फल कसरी पाउने भनेर प्रविधिको विकास गरियो। विकास भनेको नै थोरै मेहेनतबाट धेरै उत्पादन गर्नु हो।

    सामन्तवाद, पूँजीवाद र साम्राज्यवाद

    वर्गको उत्पतिसँगै सामन्तवाद, पूँजीवाद हुँदै विश्व साम्राज्यवादसम्म पुग्यो। एउटा असाध्यै राम्रो विश्लेषण छ : मान्छेको हातको शक्तिले सामन्तवाद र वास्प शक्तिले पूँजीवादको निर्माण ग-यो। जतिबेला हातको बलले उत्पादनको शक्ति लगाइन्थ्यो, त्यतिबेला समाजमा सामन्तवाद थियो र जब वास्पको शक्तिबाट मेसिनहरू बनाइन थाले, त्यसपछि पूँजीवादको सुरुवात भयो। वास्प हुँदै विद्युतको शक्ति प्रयोगबाट सञ्चालित हुने अवस्थामा पुँजीवादको युग विकसित भयो ।

    त्यसपछि पूँजीवादबाटै परिणामस्वरुप साम्राज्यवाद सुरु हुन्छ। किनभने उत्पादनका साधन तथा प्रविधि जो सँग छ, उ धेरै शक्तिशाली हुन्छ । र, उसले संसारका सबै उत्पादनलाई आफ्नो कब्जामा राख्छ। व्यक्तिगत सम्पत्तिकै कारण अब संसारका सबै उत्पादनका साधनलाई आफ्नो हातमा लिने होडबाजी चल्न थाल्यो। र, संसारको ठूलो हिस्सा गरिबीतिर र सानो हिस्सा सम्पन्नतातिर विभाजित भयो। यसरी धनी र गरीबबीचको खाडल बढ्दै गयो।

    पूँजीवादमा सीमित मान्छे व्यक्तिगत रूपमा धनी हुँदै जाने र धेरै मान्छे गरीब भइरहन्छन्। ती सीमित व्यक्तिले उत्पादनका शक्ति आफ्नो कब्जामा राख्छन्। त्यस्तै केही सीमित देशले उत्पादनका शक्तिको रूपमा रहेको प्रविधिलाई आफ्नो कब्जामा राख्ने कोशिस गर्छ, यसरी साम्राज्यवाद फैलिन्छ। त्यसैले विश्वमा उत्पादनको शक्तिमाथि मुठ्ठीभरका मान्छेको मात्रै हालीमुहाली हुन्छ।

    यदि अहिलेसम्म आविस्कार भएका सबै प्रविधि प्रयोग समान रूपले गर्ने हो भने संसारका सबै समस्या समाधान गर्न सकिन्छ। पूँजीवादीले जसरी संसारभरी सम्पत्तिको असमान वितरण गरेको छ, यस हिसाबले हेर्दा अब केही धनीहरूको हातमा विश्वको सम्पत्ति रहन्छ र अरु मानिस उनैको खटनमा हिँड्नुपर्ने हुन्छ।

    अहिलेको वर्ग संघर्ष यही असमानतामा आधारित छ। विश्वको चुनौती हो यो असमानता। वर्ग संघर्ष भनेको हुनेखाने र नहुनेबीचको संघर्ष वा द्धन्द्ध हो। हरेक क्षेत्रमा यसको एउटामात्रै चरित्र हुँदैन। हाम्रो देशको मुख्य वर्ग संघर्ष दलाल नोकरशाही पूँजीवाद हो। यहाँ साम्राज्यवादका प्रतिनिधिको हालीमुहाली छ र यिनले कम्युनिष्ट पार्टी र तिनका नेतालाई पनि आफ्नो स्वार्थका लागि प्रयोग गरेका छन्। अहिले समाजमा देखापरेको समस्या त्यसैको प्रतिफल हो। त्यसैले साम्राज्यवादको यो चरित्र र राजनीतिलाई अलग्गै भन्न मिल्दैन।

    उत्पादनको शक्तिको असमान वितरण

    ५ सय वर्ष यताको प्रविधि मान्छेले नै विकास गरेको हो। यसको प्रयोग एउटा प्रभुत्वशाली वर्गले मात्रै ग-यो। त्यसैले कामचाहिँ सबै मिलेर गरिन्छ तर त्यसको मालिक चाहिँ अर्को बन्ने गर्छ। यो पूँजीवाद हो। पूँजीवाद र साम्यवादको संघर्ष अहिले पनि कायमै छ। संसारमा एकापट्टि असाध्यै धेरै सम्पत्ति हुनेहरूको समूह छ। उनीहरू विभिन्न देशका सरकार किन्न सक्छन्, विभिन्न देशको राष्ट्रपति र प्रधानमन्त्री बनाउन सक्छन्। सारा खटनपटन गर्न सक्छन्। अर्कोतर्फ धेरै भन्दा धेरै मान्छे गरीब छन् ।

    जहाँसम्म अरब राष्ट्रको कुरा छ, उनीहरूसँग तेलको खानी भएकाले भौतिक रूपमा ती सम्पन्न छन् तर त्यहाँ सम्राज्यवादको कब्जा छ। त्यहाँको सरकारले त सुविधा दिनेमात्रै गर्छ। अरब राष्ट्रमा इश्वरवादी चिन्तन हावी हुनुको पनि कारण छ। किनभने उनीहरूले श्रम नगरी प्राकृतिक स्रोत साधनबाट धेरै लाभ लिए।

    सातौँ शताब्दि यता मोटर तथा रेलजस्ता साधनहरूको विकास भएपछि तेलको खोजी भयो। विश्वभरी तेलको उपयोगले गर्दा अरबीहरूको स्तर ह्वात्तै बढ्यो। एकातिर उनीहरूको चेतना तलै रह्यो तर वस्तुगत अवस्थाले उनीहरू धनी हुन थाले। यहाँ तालमेल मिल्न गएन। र उनीहरू रुढीवादी नै रहीरहे।

    तर अरु समाज त्यस्तो छैन। हाम्रो समाज पनि क्रमिक रूपले संघर्ष गरेर अघि बढेको समाज हो। त्यसैले अन्यत्र अरबी मुलुकमा जस्तो रुढीवाद छैन। हाम्रो कुरा गर्ने हो भने यहाँ त हामी प्रकृतिसँग संघर्ष गर्दै गुज्रिएर आएका छौँ। उनीहरु त स्वतः अथवा कम श्रमबाट लाभ लिन पाए र विलासी भए । सोही कारण रुढीवादलाई सँगै लिएर अघि बढे।

    संसारमा क्रमिक रूपमा उत्पादनका साधन र शक्तिको विकास हुँदै गर्दा यसको पहुँच भने सबैमा पुग्न सकेन। हाम्रै देशको राउटे समुदाय अझै पनि आदिम युगमै बाँचिरहेको छ। मानव इतिहासमा पछिल्लो पाँच सय वर्ष प्रविधिको उन्नतिको कालखण्ड हो। तर अहिले पनि आदिम युगमा बाँच्ने जाति र समुदाय छँदै छन्।

    मानवले प्रविधिको विकास ग-यो र प्रविधि जसको हातमा छ उसले जित्यो। अहिलेको सन्दर्भमा चाहिँ सूचना जसको हातमा छ, उ नै सबैभन्दा अगाडि छ। जस्तैः अहिले सेयर बजारको सूचनाको पकड जोसँग छ, उसैले बाजि जित्छ। कुस्त पैसा कमाउँछ।

    शासकीय चरित्र नै इश्वर हो

    मानव जातिको उत्पत्ति र विकासको प्रारम्भिक समयमा ईश्वरको परिकल्पना र आविस्कार थिएन। ईश्वर खास कारणले उत्पत्ति भएको हो। जब समाजमा वर्ग जन्मियो, सँगसँगै वर्ग संघर्ष सुरु भयो। एउटा वर्ग शासक भयो। उसैले अरुलाई दण्ड र पुरस्कार दिनसक्ने भयो। उसँग यति धेरै शक्ति भयो कि उसले कसैलाई यातना दिएर मारिदिन पनि सक्थ्यो।

    जब शासकमा यो हैसियत रह्यो, तब उसका आसोपासेमा उसैको महिमा गाउने र उसलाई ठूलो बनाउने प्रवृत्ति सुरु भयो। त्यतिबेलाका लेखक तथा साहित्यकारहरूले शासकहरूको महिमा गाउँदै अनेक कविता, गाथाहरू रचे। तिनै साहित्यको परिणामस्वरुप ईश्वर वा देवता जन्मियो।

    यस बिषयमा बुझ्नका लागि ‘देवासुर संग्राम’ नामक कृति हेर्दा राम्रो हुन्छ। इश्वरले शासकको चरित्र व्यक्त गरेको हुन्छ। इश्वरका जति पनि महिमाहरू गाउने गरिन्छ, तिनको रुप, रंग र आकृति सबैले शासकको चरित्रलाई झल्काउँछ। जतिपनि धार्मिक ग्रन्थहरू छन् जसमा ईश्वर र ईश्वरका अवतारको वर्णन गरिएको छ,सबै शासकको चरित्रको कुरा हो। किनभने इश्वर शासकको अभिव्यक्ति हो।

    कसैको उद्धार गर्नसक्ने र कसैलाई समाप्त पार्न सक्ने शासकको चरित्रको बारेमा तत्कालिन कवि र लेखकहरूले लेखिदिए। तिनकै रचनाका मुख्य पात्रलाई ईश्वर मानेर आजसम्म पनि पूजा गर्ने काम भइरहेको छ। आजको विकसित समाजमा त शासकको चरित्र जस्ताको तस्तै छ। शासकलाई मानिदिनुपर्ने, उसको वरिपरि घुमिदिनुपर्ने र उसको महिमा गाइदिनुपर्ने प्रवृत्ति समाजमा छ भने त्यतिबेलाको अवस्थामा कस्तो थियो भन्ने कुरा सोझै अनुमान गराउन सकिन्छ।

    धर्म भनेको आचरण हो, त्यसलाई कहिल्यै पनि शंका गर्नुहुन्न, शंका गरेमा नर्कमा उभ्याइन्छ र नर्क भनेको यातना गृह हो भनेर सोझासाझा मानिसलाई धम्क्याउने काम गरियो र शासक अनुकुल नै समाज बनाउने काम गरियो। शासकीय चरित्रलाई यति ठूलो महिमा मण्डित गरियो कि हाम्रै नेपालमा पनि पृथ्वीनारायण शाह र महेन्द्र शाहलाई नै देवतासरी मानियो, मनाइयो । पुराना साहित्यहरू जति पनि म पढ्छु त्यसमा त्यतिबेलाका जनताको अवस्था के थियो, उनीहरूले कस्तो जीवनशैली अपनाएका थिए, जनतालाई कसरी दमन गरिन्थ्यो भनेर उल्लेख गरिएको हुँदैन। यस्ता विषयमा खोजिनीति पनि गरिएन।

    यो पनि पढ्नुहोस् –

    मान्छेले ईश्वर मान्नुका अरु धेरै कारणहरू पनि छन्। जस्तैः अज्ञानता, रहस्यवाद र अन्धविश्वास। हामीमध्ये कतिपय यी सबै कुरा अवैज्ञानिक हुन् भन्ने थाहा हुँदाहुँदै पनि ईश्वर मान्न बाध्य छौँ। हजारौँ वर्षदेखि थिचिँदै आएको कुराका कारण भगवान छैन भन्नसक्ने आँट धेरैले गर्न सकेका छैनन। समाजको यस्तो स्थितिका कारण विज्ञानलाई पछ्याउनेहरू पनि नचाहँदा नचाहँदै पनि लत्रिनुपरेको छ।

    ईश्वरका अवधारणा भत्किँदैछ

    मानिसमा वैज्ञानिक चेतना जति बढ्दै जान्छ, उति अवैज्ञानिक चेतना घट्दै जान्छ। ईश्वरवाद भनेको अवैज्ञानिक चेतना हो। हामीलाई सानैदेखि ईश्वर छन् भनेर अन्धविश्वास गर्न सिकाइयो, अहिलेका पुस्तालाई यसका लागि पहिलेजस्तो कुनै दबाब छैन। प्रविधिको विकासले पनि मानिसमा चेतना बढ्दै गयो।

    मानिसमा विज्ञानको प्रभाव र चेतनाको विकास हुँदै गएकाले निश्चय पनि ईश्वरीय चेतना भत्किन्छ। किनभने जब उज्यालो आउँछ, अँध्यारो स्वतः हट्छ। ईश्वर भनेको अध्याँरो हो। ईश्वरवाद अज्ञानता, रहस्यवाद र शासकीय चरित्रले जन्माएको हो। वैज्ञानिक प्रभाव बढ्दै गएपछि इश्वरप्रतिको विश्वास घट्दै जानु स्वभाविक नै हो।

    दास हुन चाहने प्रवृत्ति

    समाजमा आज पनि दास हुन चाहने मानिसहरूको समूह छ। यो प्रवृत्ति हिजोकै निरन्तरता हो। अर्को कुरा, मानिस आजभोलि स्वार्थवस् पनि आफूलाई दासतामा ढाल्दै जान्छ। मानिसले जीवन धान्न सजिलो बाटो खोज्छ। मेहनत नगरी कसरी धन कमाउन सकिन्छ भन्ने मानसिकताले नै दास जन्माउँछ।

    शासकको आसापास बस्दा, उसको चाकडी गर्दा र उसको कृपा पाउँदा रातारात धनी हुन सकिन्छ भन्ने लालसा मानिसमा हुन पुग्यो भने त्यहीँबाटै दास प्रवृत्तिको विकास हुन्छ। यद्धपि हिजोको तुलनामा अहिले शासकको चरित्र बदलिएको छ। आम प्रवृत्ति र चेतना भने ईश्वरवाद भन्दा कम छैन।

    कस्तो शोषणरहित समाज ?

    कम्युनिष्टहरूले प्राय : सधैँभरी गाउने एउटा गीत छ : मानिसको अब अन्तराष्ट्रिय जाति हुनेछ। युजे पत्तरले लेखेको यो गीत आज भन्दा दुई सय वर्ष अगाडि गाइएको हो। उहाँको जन्म सन् १८ सय १६ मा भएको थियो। उहाँले लेख्नुभएको सार्है ठूलो आदर्शको गीत हो यो। कम्युनिष्टहरूको आदर्श नै हो कि ‘मानिसको अब अन्तराष्टिय जाति हुनेछ, सबै मोटाएका शोषकहरूको समाप्ति हुनेछ। हामी फेरि जाग्नेछौँ।’ यो कम्युनिष्टहरूको सबैभन्दा ठूलो आदर्शको परिकल्पना हो।

    यो परिकल्पना वस्तुगत छ। हामी कम्युनिष्टहरूले सोच्ने भविष्य यही गीतले बताइरहेको छ। माक्र्सले साम्यवाद भन्नुभएको छ, जहाँ शोषणरहित समाजको परिकल्पना गरिएको छ, जहाँ कुनै मानिसले शोषकबाट शोषित भएको अनुभूति नगरोस्। माक्र्सवादले दुईवटा एकदमै महत्वपूण विषयमा अनुसन्धान गरेको छ : पहिलो, मान्छे किन र कसरी बाँच्छ र दोस्रो, मान्छे कसरी ठगिन्छ?

    बाँच्नका लागि श्रम गर्छ मान्छे। त्यसपछि उसका आवश्यकता भनेको शिक्षा, स्वास्थ्य, सुरक्षा र मनोरञ्जन हुन्। मानिस बाँच्नका लागि यी ४ आधारभूत आवश्यकता पूरा हुनुपर्छ। तर मानिसले श्रम गर्दागर्दै पनि उसको श्रम लुटिन्छ। उसको श्रमको मालिक अरु नै बन्न पुग्छ। त्यसैले मान्छेले गर्ने श्रम र उसले गरेको श्रम कसरी लुटिन्छ भन्ने विषयमा माक्र्सले अनुसन्धान गरे।

    धनी र गरीबबीचको ठूलो खाडलको विश्लेषण गर्छ माक्र्सवादले। माक्र्सवाद र समग्र कम्युनिष्ट आदर्शले मानिस आफ्नो श्रमको मालिक आफैं हुने कुरा गरेको छ । माक्र्सवादका चारवटा आधारभूत कुरा छन्, त्यसैमा सबै कुरा लुकेका छन्ः पहिलो स्वतन्त्रता, दोस्रो आफ्नो श्रमको मालिक आफैंँ, तेस्रो महिला मुक्ति र चौथो साम्राज्यवादी शक्तिबाट मुक्ति। यी चार आधारभूत अवस्थाहरू लागु भयो भने समाज शोषणरहित बन्न सक्छ।

    (अध्येता उपाध्यायसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित। तस्वीर : महेश पाण्डेय।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गोपीरमण उपाध्याय

      गोपीरमण उपाध्याय

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.