Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बाहिर समाजवादको ब्यानर- भित्र दलाल पुँजीवादको भतेर?

हेमराज भण्डारी हेमराज भण्डारी
मंसिर २१, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पार्टीभित्रको अहिलेको संकट वैचारिक हो। यस्तो संकट आउने संकेत पार्टी एकताको घोषणा गर्दाका हतारोले दिएको थियो। पार्टीको वैचारिक गन्तव्य ठहर नगरीकन पार्टी एकता गरिनुबाट संकटको विजारोपण भएको थियो। हाम्रो गन्तव्य समाजवाद थियो र हो, यो कुनै अमूर्त नारा होइन। यो मूर्त, स्पष्ट र सुव्यवस्थित कार्यक्रम हो। आज यस कार्यक्रमको खाका हाम्रा नेतृत्वका कसैसँग पनि छैन। अर्को ढंगबाट हेर्दा आजको नेकपाको कार्यदिशा संविधानभन्दा पनि पछाडि परेको कार्यदिशा हो। दुनियाँमा कुनै दल कति अग्रगामी या पश्चगामी हो भनेर छुट्याउने मूख्य आधार भनेको त्यस देशको मूल कानुनसँग त्यस दलको विचार, नीति, योजना र व्यवहार कति अग्रगामी छ या पश्चगामी छ भन्नेबाट छुट्याउने हो। त्यसरी हेर्दा संविधानभन्दा पश्चगामी कार्यदिशा बोकेको पार्टीजस्तो बन्न पुगेको छ आजको नेकपा।

    विचार नहुँदा निम्तेको संकट

    यसरी हेर्दा आजको नेकपाको मूल समस्या वैचारिक हो। नेपाली समाजका आजका अन्तरविरोधहरू के हुन्? तिनलाई सुव्यवस्थित रूपले हल गर्ने हाम्रा कार्यक्रमहरू के–के हुन्? समृद्धी कस्तो ह ? त्यो कसरी आउँछ? समृद्धिबाट हामी समाजवादमा कसरी पुग्छौं? यसबारे नेकपासँग अहिले कुनै सुस्पष्ट कार्यक्रम नै छैन। समृद्धि र समाजवादको अमूर्त जहाज चढेर हिँडिएकोछ। तदर्थवादमा रमाइरहिएकोछ। पार्टीभित्र कुनै वैचारिक बहस र छलफल छैन। दुबै पार्टीले एकताअघि सामन्तवाद मूल रूप सकिएको बताएका थिए। अब पूँजिको विकास गर्दै समाजवादमुखी मार्ग तयार गर्दैजाने भनेर दुबै पार्टीले घोषणा त गरे। तर त्यो समाजवाद जाने नेपाली मोडल के हो? नेपाली समाजवादका आधारभूत चरित्र, विशेषता र मौलिकताहरू के हुन् ? त्यसको कुनै व्याख्या गरेनन्। यस्तो अन्यौलता र अस्पष्टतामा अहिले पार्टी दिशाहिन बनेको छ। पार्टी एकताताकै मैले भनेको पनि थिएँ: रूपमा यो पार्टी एकता हो। सारमा कम्युनिष्ट आन्दोलनको विसर्जन पनि हो।

    विचारको बहस नभइकन, राजनीतिक रूपमा स्पष्ट नभइकन दुईजना नेताहरूले जसरी एकता घोषणा गर्नुभयो, त्यसलाई दुई नेताहरूको मात्र एकता भन्न सकिन्छ। तर एकता भनिसकेपछि पार्टीले त्यसलाई अनुमोदन नगर्ने कुरा भएन। एकताको विषयले आम पार्टी पंक्तिमाथि संकट पैदा ग-यो। तर एकता हुन्छ भनेपछि कार्यकर्ताले ठीक छ भने। जनताले पनि अनुमोदन ग-यो। सबैले पार्टी एकतालाई अनुमोदन गरेपछि दुई नेताहरूको उन्माद झनै बढेर गयो। र, त्यहाँबाट उहाँहरूको विचारबाट विकेन्द्रित हुनुभयो।

    सबैले पार्टी एकतालाई अनुमोदन गरेपछि दुई नेताहरूको उन्माद झनै बढेर गयो। र, त्यहाँबाट उहाँहरूको विचारबाट विकेन्द्रित हुनुभयो।

    पुरानै नारा भजाउनु पर्ने वाध्यता

    विचारबाट जब पार्टी च्युत हुन्छ, त्यसपछि अवसरवादी र लोभीपापीहरूको झुण्डमा परिवर्तन हुन्छ पार्टी। त्यस्तै, विचारबाट विकेन्द्रित भएपछि नेतृत्व पदीय भागवण्डामा आफ्नो पोजिसनलाई हेरेर मख्ख पर्नथाल्यो। एकता भनिदिएपछि जनमत सिर्जना गर्न सकिन्छ भन्ने उहाँहरूलाई लाग्यो। तर विचारको सुस्पष्ट कार्यक्रमको अभावमा एकिकरण एकिकरणजस्तो भएन। यदि विचारको प्रष्ट योजनासहित हामी आएको भए नेपालबाट हामी करिब दुई तिहाईसहितको कम्युनिष्ट सरकार बनेको बेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा हामी साँच्चै नै समाजवादमुखी मोडल प्रस्तुत गर्न सक्ने तहमा पुग्थ्यौं। त्यो अवसर नेपालमा मात्रै उपलब्ध थियो।

    तर वैधानिक निर्वाचनबाट आएको वामपन्थी सरकारसँग आज वामउन्मुख सुधारका मात्रै कार्यक्रम पनि छैनन्। कुनै क्रान्तिकारी सुधारका कार्यक्रमको त अपेक्षा भएन तर सामान्य प्रगतिशील सुधारका कार्यक्रमसमेत छैन योसँग। यत्रो शक्तिसम्पन्न सरकार छ तर हिजो एमालेको नौ महिने सरकारको कालमा आफ्नो गाउँ आफैं बनाउँ भन्ने कार्यक्रम ल्याएका थियौं, वृद्ध भत्ता बाँड्या थियौं भनेर भजन गर्न वाध्यतामा छौं। अझै पनि नौ महिने सरकारका नारा बेचेर यो नेकपा टिकिरहेको छ।

    भिडियो-

    दुई तिहाई सरकारको नीति, कार्यक्रम र योजना के हो भन्नेबारे प्रष्ट उत्तर कोहीसँग पनि छैन। यसका कारण स्थानीय तह प्रभावकारी हुन सकेको छैन। प्रदेश र संघीय सरकार पनि प्रभावकारी छैन। आजको सरकार र आजको नेकपाको गन्तव्य नै प्रष्ट छैन। कहाँ जाने भन्नेबारे ठेगान नभएको यात्री कहाँ पुग्ला? त्यो अलमलमा जान्छ, झगडामा जान्छ, जसलाई जे मन लाग्यो, त्यो गर्ने तहमा जान्छ। लुटतन्त्र, भ्रष्टचार, व्यक्तिगत सेवा, सुविधा, अहंकार, पद र प्रतिष्ठाको लडाइँमा जान्छ। आज नेकपा यही गोलचक्करमा फसिराखेको छ। विचार र उदेश्य प्रष्ट नभएपछि संकटहरू आएका हुन्। पदप्रतिष्ठा र अहंकार प्रकट भएका हुन्।

    तर वैधानिक निर्वाचनबाट आएको वामपन्थी सरकारसँग आज वामउन्मुख सुधारका मात्रै कार्यक्रम पनि छैनन्। कुनै क्रान्तिकारी सुधारका कार्यक्रमको त अपेक्षा भएन तर सामान्य प्रगतिशील सुधारका कार्यक्रमसमेत छैन योसँग। यत्रो शक्तिसम्पन्न सरकार छ तर हिजो एमालेको नौ महिने सरकारको कालमा आफ्नो गाउँ आफैं बनाउँ भन्ने कार्यक्रम ल्याएका थियौं, वृद्ध भत्ता बाँड्या थियौं भनेर भजन गर्न वाध्यतामा छौं। अझै पनि नौ महिने सरकारका नारा बेचेर यो नेकपा टिकिरहेको छ।

    महाधिवेशन नै समाधानको थलो

    अब त सचिवालयले समस्या समाधान गर्न नसक्ने भनेर हात उठाइसकेको छ। यो अब स्थायी कमिटिमा आइपुगेको छ।  अब केन्द्रीय समितिमा झर्ला। पार्टी एकता भइकन अघिल्लो वर्षको माघको केन्द्रीय समितिमा अलिकति वैचारिक बहस भएको हो नेकपामा। र, १५ वटा समूहमा भएका छलफलले निकालेको कुल निस्कर्षको योग हो–अब तुरून्तै पार्टीलाई महाधिवेशनमा लैजानुपर्छ। तत्कालै महाधिवेशन किन? १. नयाँ वैचारिक संस्लेषणका निम्ति । २. संगठनात्मक, राजनीतिक, यो पार्टीलाई गति प्रदान गर्नका निम्ति। ३. दुई तिहाई नजिकको यो पार्टीप्रति जनताका अपेक्षा छन्। पार्टीलाई प्रभावकारी बनाउनका निम्ति सरकारलाई दिशावोध गर्न सबै हिसाबले हामीलाई महाधिवेशन चाहिएको हो। त्यसमा पनि, वैचारिक प्रश्नको निरुपण नगरिकन, त्यसलाई हल नगरिकन हामी कहिँ पनि जान सक्दैनौं।

    त्यहाँ हामीले छलफलकै क्रममा भन्यौं –बाहिर हामी समाजवादको ब्यानर टाँगेर भित्र दलाल पुँजीवादको भतेर लगाइराखेका छौं। बाहिर समाजवादको ब्यानर छ  बाहिरबाट बडो राम्रो देख्छ जनताले तर भित्रको भतेर जनताको स्वास्थ्य बिगार्ने खालको छ। यसलाई चिर्नका निम्ति, भित्रबाहिरै दुवैमा एउटा क्रान्तिकारी कार्यक्रम ल्याउन, कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउन, द्वन्दात्मक भौतिकवादमा उभिएको, मार्क्सवादको जगमा उभिएको र वर्गको जगमा उभिएको पार्टी बनाउन जरुरी छ। त्यसैका लागि महाधिवेशन चाहिन्छ भन्ने ठाउँमा हामी पुगेका हौं। महाधिवेशन तोकौं भन्ने पक्षमा नेतृत्व थिएन तर केन्द्रीय समितीमा १५ वटै समूहले उठाएको थियो महाधिवेशनको माग। महाधिवेशनबिना यो पार्टीको वैचारिक, संगठनात्मक र सांस्कृतिक रूपान्तरण हुन सक्दैन। महाधिवेशन नगरी सरकारको कार्यक्षमता गुणात्मक बनाउन सम्भवै छैन। तसर्थ, छिटोभन्दा छिटो यो पार्टीलाई महाधिवेशनमा लैजानुपर्छ।

    ‘थ्री इन् वन’को संयोजनमा पार्टी नेतृत्व

    र, यो पार्टीलाई पुस्तान्तरणतर्फ पनि लैजानु पनि पर्छ। अहिलेको हाम्रो नेतृत्वको प्रमुख पंक्ति, चाहे नौ जनाकै सचिवालयको कुरा गरौं, त्यो सबैभन्दा पुरानो पुस्ताको नेतृत्व हो जुन ७० वर्षको आसपासको छ। तिनको मनोविज्ञान ‘अब हाम्रो बाँकी उमेर थोरै छ, यो थोरै उमेरमा नै पाउनु पर्ने सेवासुविधा सबै लिइहालौं’ भन्ने छ। सोही कुराले व्यक्तिगत अहंकार र लाभको झगडाजस्तो देखा पर्न गएको छ। उहाँहरूलाई पार्टी, आन्दोलन र देशको चिन्ता कम र आफ्नो चिन्ता बढी हुन थाल्यो। यसैले अब माओले भनेजस्तै र लेनिनले परिभाषित गरेजस्तै तीनवटा पुस्ताको संयोजनमा लिडरसिप बनाइनु अनिवार्य छः युवा, प्रौढ र वृद्धहरूको संयोजनसहितको पार्टी। त्यसो गरियो भने मात्रै त्यो पार्टी गतिशील हुन्छ। युवाहरूको जोश, नयाँ चेतनामा प्रौढहरूको परिपक्वता र पुरानाहरूको अनुभव जोड्दामात्र पार्टी बलियो हुन्छ। र, महाधिवेशनबाटै त्यो काम गर्न सकिन्छ।

    माओले भनेजस्तै र लेनिनले परिभाषित गरेजस्तै तीनवटा पुस्ताको संयोजनमा लिडरसिप बनाइनु अनिवार्य छः युवा, प्रौढ र वृद्धहरूको संयोजनसहितको पार्टी।

    पार्टीभित्र अहिले छलफल नै हुने गरेको छैन। व्यक्तिहरुबीच भएका होलान् तर छलफल पर्याप्त भएका छैनन् र निष्कर्ष पुग्न र पुर्याउने गरी भएका छैनन्। नेताहरूले अहिले पेश गरेको प्रतिवेदनमा वैचारिक ओरियन्टेसन हुनुपर्थ्यो। ती प्रतिवेदनले महाधिवेशनसम्म दशौं लाख पार्टी सदस्यहरूलाई विचारको बहसमा लैजाना सक्ने ल्याकत हुनुपर्थ्यो। तर त्यो स्तरको बहस नै भइराखेको छैन। त्यो तहमा विचारको बहस भएको भए यो पार्टी जिवित रहन्थ्यो। जब विचारमा पार्टी सकिन्छ, रूपमा जति ठूलो संगठन भएपनि सारमा विघटन भइराखेको छ।

    सम्भ्रान्त शासक

    पार्टी एकता हुँदादेखि नै मेरो विश्लेष्ण थियो–पार्टी कमजोर भयो, व्यक्ति हराभरा भए। व्यक्ति बलियो र संस्था कमजोर हुने परिपाटीले कम्युनिष्ट पार्टी बन्दैन। सत्ता र शक्तिको केन्द्रीकरणले उल्टै पार्टीमा नयाँ वर्गहरू जन्माउँछ। अहिले हाम्रो पार्टीभित्र नयाँ वर्ग जन्मिरहेको छ। त्यो सम्भ्रान्त वर्गमा परिणत भएको छ। पार्टी, श्रमजीवि र कार्यकर्ताभन्दा म फरक हुँ, म शासक हुँ भन्ठान्छ त्यस वर्गले। सरकारमा गएका हाम्रा साथीहरूलाई आफू जनताको सेवकभन्दा पनि शासक भएको मनोविज्ञान हामीले देखेकै छौं। कोभिडको यत्रो संकट आयो। हामी यसको उपचार गर्दैनौं भनिदियो कम्युनिष्ट सरकारले। जनताको बाँच्न पाउने अधिकारप्रति सरकार कति असंवेदनशील देखियो। कम्युनिष्ट नेता संवेदनाविहीन देखिए। जुन जनताले हामीलाई जितायो, तिनै जनताको बाँच्न पाउने अधिकारप्रति हामी निर्दयी भयौं। यस्ता उदाहरणहरू धेरै छन्। नेतामा ‘म शासक वर्गमा रूपान्तरण भएँ’ भन्ने मनोविज्ञान आउनु डरलाग्दो हो।

    अब पार्टी एकीकरण हुन्छ भने विचारको बहसबाटै मात्र पार्टीको एकीकरण हुन्छ। चोचोमोचो मिलाएर, भागवण्डा गरेर, पदीय बाँडफाँड गरेर, केही नेताहरूको व्यवस्थापन गरेर, पद र अरु सेवा सुविधाको बाँडफाँड गरेर अब यो पार्टी एकतावद्ध, हुँदैन। अहिले त हामी सांस्कृतिक रूपमा सिद्धिसकेका छौं। पार्टीको बैठकभित्र केक काटेर दुनियाँका अगाडि देखाउने कुरा सामन्तवादको भद्धा रूप हो। हामी त सांस्कृतिक रूपमा सामन्तवादी, वैचारिक रूपमा उपयोगितावादी, चरम व्यक्तिवादी, नैतिक हिसाबले स्खलित भइराखेका छौं। यसरी हामी कुनै कम्युनिष्ट पार्टीको जस्तो अभ्यास गरिराखेका छैनौं। हाम्रो अभ्यास हेर्दा हामी सामन्तवाद र पूँजीवादका ठिमाहा सन्तान जस्तो देखिएका छौं। त्यही रूपमा हामीलाई दुनियाँले देखिराखेको छ। कम्युनिष्टजस्तो देखेकै छैन हामीलाई दुनियाँले।

    अब पार्टी एकीकरण हुन्छ भने विचारको बहसबाटै मात्र पार्टीको एकीकरण हुन्छ। चोचोमोचो मिलाएर, भागवण्डा गरेर, पदीय बाँडफाँड गरेर, केही नेताहरूको व्यवस्थापन गरेर, पद र अरु सेवा सुविधाको बाँडफाँड गरेर अब यो पार्टी एकतावद्ध, हुँदैन। अहिले त हामी सांस्कृतिक रूपमा सिद्धिसकेका छौं। पार्टीको बैठकभित्र केक काटेर दुनियाँका अगाडि देखाउने कुरा सामन्तवादको भद्धा रूप हो। हामी त सांस्कृतिक रूपमा सामन्तवादी, वैचारिक रूपमा उपयोगितावादी, चरम व्यक्तिवादी, नैतिक हिसाबले स्खलित भइराखेका छौं।

    गर या मर
    हाम्रा छोराछोरी नै हामीलाई हेरेर कम्युनिष्ट पार्टीमा नलाग्ने अवस्था आयो, अघिल्लो पुस्ताका कुरा छाडिदिनुस्। त्यत्रो राजनीतिक परिवर्तन गर्नुभयो अघिल्ला पुस्ताका कमरेडहरूले। त्यसका लागि हामी उहाँहरूलाई सम्मान पनि गर्छौं तर आज तपाईंहरूले खेल्नुभएको भूमिकाप्रति ग्लानीमात्र छ, गर्व छैन। अहिलेको समस्याको केन्द्रविन्दू मूल नेतृत्वमा छ। मूल नेतृत्वमा कम्युनिष्ट आचरण, जीवनशैली र कम्युनिष्ट विचारप्रतिको प्रतिवद्धता कमजोर हुँदैगयो। वैचारिक, नैतिक, सांस्कृतकि रूपमा स्खलित यस्तो नेतृत्वले अबको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्दैन। लाजै लाग्नेगरी हाम्रा प्रमुख नेतृत्व आफ्नो पोल खोलाखोल गरिराख्नु भएको छ। त्यसैले अब उहाँहरू निर्मम ढंगले रुपान्तरित हुनुपर्छ। होइन भने यो नै उहाँहरूको राजनीतिक जीवनको समाप्तिको यात्रा हो।

    तलका कार्यकर्तालाई अहिले निरिह, बिचरा र बेकामे बनाइएको छ योजनावद्ध रूपमा। उनीहरूको सुनुवाई हुने ठाउँ नै छैन। अघिल्लो वर्षको केन्द्रीय समितिमा धेरै केन्द्रीय सदस्यले आफ्ना कुराहरू राखे। त्यहाँ अनेक स्वरहरू उठे, हाम्रो वर्गपक्षधरता, सरकारको पर्फमेन्स, नेताका जीवनशैली, कार्यशैली, भ्रष्टाचारलगायत थुप्रै विषय उठे। हामी समाजवादमा जाने भन्छौं, कमसेकम शिक्षा र स्वास्थ्यमा नेकपाका केन्द्रीय सदस्यहरू, सांसद र अन्य जनप्रतिनिधीहरूले शिक्षा र स्वास्थ्यमा लगानी गर्न नपाउने भन्ने नीतिगत निर्णय गरौं भनेर हामीले आवाज उठायौं। शिक्षा र स्वास्थ्यपनि राज्यले जिम्मा लिन सक्दैन जबकि यो कुरा संविधानले ग्यारेण्टी गरेको छ। केन्द्रीय समितीमा त यसबारे बहस भयो नि। त्यो जर्वजस्त बहसले नेताहरूलाई महाधिवेशनतर्फ अलिकति भए पनि घँचेट्यो र नेतृत्वलाई रूपान्तरणमा जान्छौं भन्ने बाध्य बनायो।

    तर उनीहरुको बाध्यतालाई कार्यान्वयन गर्ने ठाउँमा त्यही पुस्ता छ। अहिले जति माथि गयो, उति धेरै समस्या छ। जति तलतिर गयो, समस्या हल गर्नसक्ने ल्याकत छ। अहिले सचिवालयमा सबैभन्दा ठूलो समस्या छ। स्थायी समितीमा आउने हो भने अहिलेका समस्या हल हुन्छन् भन्ने लाग्छ। केन्द्रीय समितीमा आयो भने त्योभन्दा गुणात्मक ढंगले समस्याको हल हुन्छ। किनभने केन्द्रीय समितीमा आइपुग्दा त्यो वैचारिक प्रश्न बन्छ। अहिलेको झगडा केन्द्रीय समितीमा आइपुग्ने हो भने त्यो वैचारिक प्रश्न बन्छ।

    त्यसो हुँदा अर्को पुस्ताले हस्तक्षेपकारी भूमिका नखेली, खबरदारीको निर्णायक पहल नलिइकन, नेतृत्व लिने हिम्मत नगरीकन यो आन्दोलन गुणात्मक रूपले रूपान्तरित हुँदैन। प्रत्येक आन्दोलन र क्रान्ति पछिल्लो पुस्ताको हस्तक्षेपकारी भूमिका र हस्तक्षेपबाट अघि नै बढ्ने हो। नेकपामा पनि अब त्यही हुन्छ।

    नयाँ पुस्ताको हस्तक्षेप आवश्यक
    सचिवालयमा प्राविधिक प्रश्न छ। सत्ता र शक्तिको बाँडफाँडजस्तो छ। स्थायी समितिमा आइपुग्दा त्यसले अलिकति राजनीतिक रूप लिन्छ। केन्द्रीय समितिमा आइपुग्दा विशुद्ध राजनीतिक–वैचारिक प्रश्न बन्छ र समस्या हल गर्नेतर्फ मोडिन्छ। त्यसो हुँदा अर्को पुस्ताले हस्तक्षेपकारी भूमिका नखेली, खबरदारीको निर्णायक पहल नलिइकन, नेतृत्व लिने हिम्मत नगरीकन यो आन्दोलन गुणात्मक रूपले रूपान्तरित हुँदैन। प्रत्येक आन्दोलन र क्रान्ति पछिल्लो पुस्ताको हस्तक्षेपकारी भूमिका र हस्तक्षेपबाट अघि नै बढ्ने हो। नेकपामा पनि अब त्यही हुन्छ।

    पछिल्लो पुस्तासँग असन्तुष्टि छ तर त्यसलाई सामुहिक ढंगले पोख्न सकिराखेको छैन। यदि पछिल्लो पुस्ताले सामुहिक तागत निर्माण गर्ने हो भने कसैको पनि केही लाग्दैन। अघिल्लो पुस्ता जीवनभर सामान्तवादसँग लड्यो। तर सामन्तवादसँगको संघर्षकै क्रममा उहाँहरूमै सामन्तहरूको चरित्र पनि विकास भयो। टाउकोमा समाजवाद छ, रगतमा सामन्तवाद। उहाँहरू मार्क्सवादी होइन भनेर कसरी भन्नु ? समाजवादको कार्यदिशा उहाँहरूले नै पास गराएको हो। तर व्यवहारमा हेर्दा त उहाँहरू मार्क्सवादी होइन। समाजवादी पनि होइन। आधारभूत रूपमा वामपन्थी पनि होइन जस्तो लाग्छ। सामन्तवादले सांस्कृतिक रूपमा अति गहिरोसँग जकेडेकाले त्यस्तो देखिएको हो।

    तर पछिल्लो पुस्तामा सामन्तवादले जकड्ने क्रम घट्दो छ। हामीसँग आइपुग्दा अलिकति पूँजीवादको प्रभाव बढी होला। किनभने हामीले पूँजीवादी क्रान्ति बढी देख्यौं। ०४६ सालको जनआन्दोलन, त्यसपछिको १० वर्षे जनयुद्ध , ६२–६३ को आन्दोलन, संविधानसभा निर्वाचन तथा विश्वमा अहिले भइराखेका परिवर्तन, सुचना प्रविधिमा भएका विकाशहरू सबै देख्दा पूँजीवादको प्रभाव बढी छ। हामी समाजवादतर्फ जाने हो भने कमसेकम पूँजीवादी चेतना भएको नेतृत्व चाहियो। सामन्तवादी चेतना भएको नेतृत्वबाट समाजवादको यात्रा अघि बढ्दैन।

    प्रचण्डको विकल्प अर्को प्रचण्ड हुनसक्दैन। हामी समाजवादको कार्यदिशमा जाँदै छौं भनेपछि सामुहिक नेतृत्व (कलेक्टिभ) नेतृत्व चाहिन्छ। त्यही नहुँदा हाम्रो आन्दोलन धरासायी भएको हो। हामीलाई अब सामूहिक या संस्थागत नेतृत्व चाहिन्छ। त्यसो हो भने देशका धेरै समस्या हल हुनेछन्। नेतृत्वले व्यक्तिवादबाट मुक्त भएर सामूहिक चेतनासहितको अभ्यास गर्ने हो भने अहिलेका समस्याहरूबाट मुक्ति पाइन्छ। त्यसो हुँदा हामी यो आन्दोलनलाई पनि बचाउन सक्छौं।

    अब सामुहिक नेतृत्व
    नौ जनाको सचिवालयमा पनि कमरेडहरू उहाँहरू छलफल गर्न सक्नुहुन्न। व्यक्तिवादले त्यस्तो हुन्छ। व्यक्तिवाद त सामन्तवादको डरलाग्दो रूप हो। आधारभूत रूपमा कम्युनिष्ट चरित्र भएका, वर्ग प्रतिवद्धता भएका र वैचारिक रूपमा स्पष्ट र जनताप्रति उत्तरदायी भाव भएका केही नेतृत्व अझै छन्। तर त्यस्तो नेतृत्व व्यक्तिगत रूपमा आएर सम्भव छैन। ओलीको विकल्प अर्को व्यक्ति हुनसक्दैन। प्रचण्डको विकल्प अर्को प्रचण्ड हुनसक्दैन। हामी समाजवादको कार्यदिशामा जाँदैछौं भनेपछि सामुहिक नेतृत्व (कलेक्टिभ) नेतृत्व चाहिन्छ। त्यही नहुँदा हाम्रो आन्दोलन धरासायी भएको हो। हामीलाई अब सामूहिक या संस्थागत नेतृत्व चाहिन्छ। त्यसो हो भने देशका धेरै समस्या हल हुनेछन्। नेतृत्वले व्यक्तिवादबाट मुक्त भएर सामूहिक चेतनासहितको अभ्यास गर्ने हो भने अहिलेका समस्याहरूबाट मुक्ति पाइन्छ। त्यसो हुँदा हामी यो आन्दोलनलाई पनि बचाउन सक्छौं।
    भिडियो-

    नेकपा केन्द्रीय सदस्य भण्डारीसँग नेपाल रिडर्सका प्रकाश अजातले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हेमराज भण्डारी

      हेमराज भण्डारी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.