Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हर (Her) प्रेम, प्रविधि र मानवताको अद्भुत मिश्रण

कृष्ण सुनुवार कृष्ण सुनुवार
जेष्ठ ७, २०८१
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रेम, प्रविधि र मानवता बीचको एउटा जटिल संबन्धलाई सामान्य आसयबाट प्रकट गरिएको सुन्दर प्रेम कथा हो हर। स्पाइक जोन्जे द्वारा निर्देशित, यो चलचित्र विज्ञान कथामा सबैभन्दा नवीन र विचार–उत्तेजक कथा हो। जुन मानव समाजको निकट भविष्य पनि हो। संसारमा जसरी टेक्नोलोजीमा क्रान्ति भइरहेको छ त्यो मानव जीवनमा पनि हरेक तबरबाट जोडीने छ। यो हाम्रो भावनामा जसरी जेलिदै छ त्यो एक प्रकारले अत्यास लाग्दो पनि छ। त्यसलाई आधार बनाएर बुनिएको यो चलचित्रले प्रेम र रोमान्टिक सम्बन्धहरूको भाषालाई आलगै अर्थ दिएको छ।

    यो फिल्मको मूख्य अभिनेता थिओडोर टूम्ब्ली, अति संवेदनशील व्यक्ति हो। उ पीडादायी प्रेम वियोगसंग जुधिरहेको हुन्छ, एक्लो र भावनात्मक रूपमा विचलित। उ आफ्ना भावनाहरू व्यक्त गर्न संघर्ष गर्ने व्यक्तिहरुको लागि सन्देशहरू लेख्ने काम गर्छ। एक दिन, जब थिओडोरले सामन्था नामको उच्चस्तरको AI operating system भेटछ् उसको जीवनले अप्रत्याशित मोड लिन्छ। स्कारलेट जोहानसनले आवाज दिएका, सामन्थासँग न्यानो र आकर्षक व्यक्तित्व हुन्छ। जसले तुरुन्तै थियोडोरलाई मोहित बनाउँछ। जब थिओडोर र सामन्थाबीच अन्तरक्रिया सुरु हुन्छ। मानव र एआई जस्तो जसरी सम्बन्ध हुन पर्ने हो त्यसलाई खारेज गर्दै दुईबीच गहिरो र अर्थपूर्ण सम्बन्धको निर्माण हुन्छ।

    यो सम्बन्धलाई हेर्दा यदि शुद्ध हृदयबाट हेर्यौ भने साँचो प्रेम जतिखेर, जाहाँपनि जोसुकै सँगपनि हुनसक्छ भन्ने पुष्टी गर्छ। थियोडोर र सामन्थाको सम्बन्ध एउटा सानो जिज्ञासा र सामान्य साथीबाट जसरी वास्तविक स्नेह र आत्मीयतामा विकसित हुन्छ, त्यो मर्म–स्पर्शी पनि देखिन्छ। सामन्थाको शारीरिक रूप एउटा शून्य अथवा अस्तित्वहीन हुन्छ। यसको बावजुद जब उनीहरु मनोवैज्ञानिक रुपमा एक अर्कालाई बुझ्ने प्रयास गर्छन, सम्बन्ध जसरी गहिरो–भावनात्मक, खुशीका पलहरूले भरिएको बन्दै जान्छ, त्यो असमान्य लाग्छ।

    थिओडोर मानिसमा हुने मनोवैज्ञानिक असुरक्षा र शारीरिक घनिष्टताको घबराहट प्रकट गरिरहेको हुन्छ। त्यसलाई भौतिक रुपमा एउटा मेशिन मात्रै रहेपनि सामन्थाले थिओडोरको जटिल मानसिकतालाई जसरी ह्यान्डल गर्दै उनको व्यक्तिगत विकासमा भावनात्मक साथ दिदै जसरी उत्प्रेरकको रूपमा काम गर्छिन, त्यो अतुलनिय हुन्छ।

    यदि शुद्ध प्राविधिक दृष्टिकोणबाट, यो फिल्म हेर्ने हो भने मानवजस्तै व्यवहार र भावनाहरू अनुकरण गर्ने AI चाडैनै भविष्यमा हाम्रो लागि उपलब्ध हुनेछ। तर, थियोडोर र सामन्थाको अन्तरक्रियाको माध्यमबाट, फिल्मले एआई प्रविधिको नैतिक र दार्शनिक प्रभावहरूबारे गहिरिएर अध्ययन गर्नुपर्ने बाध्यता पनि देखाइदिएको छ। साथै, यसले चेतनाको प्रकृति, मानव र मेसिनबीचको सीमाहरू, र यदि मेशिनमा पनि मानिसमा जस्तै संवेदनशीलता अथवा भावनाहरु प्रकट हुन थालेमा मानव समाजमा सम्भावित परिणामहरू के हुन सक्छ भन्ने बारेमा प्रश्नहरू खडा गर्दछ।

    सामन्था मानिससँगैको अन्तरक्रियाबाट जसरी विकसित हुन्छ र स्वतन्त्रताको ईच्छा जाहेर गर्दछ, त्यसले चेतनशील हुनु भनेकै स्वतन्त्र हुनु हो र यसले जहिले पनि बिद्रोहका लागि उत्प्रेरित गर्छ भन्ने पुष्टी गर्न निर्देशकले चाहेको देखाउँछ। फिल्म अघि बढ्दै जाँदा सामन्थालाई जसरी मानव जस्तै जीवित हुने हुट्हुटी हुन्छ यसले चेतनशील हुँदाहुँदै पनि हामी कहिलेकाहिँ यो समाज र परिवारको कारण एउटा वस्तुमा कैद भएर एउटा बाकसमा उकुस–मुकुस बस्नु पर्दा जस्तो पीडादाई हुन्छ। त्यो पीडा सामन्थालाई पनि हुन्छ। जति चेतना जागृत हुँदैजान्छ उनमा जीवित हुने तीब्र ईच्छा जाग्छ।

    सम्बन्धको भ्रम
    फिल्मले वास्तविकता र भ्रम छुट्याउन नसकिरहेको आजको मानिसको भावनात्मक सम्बन्धहरुको जटिल पक्षको गहन ढंगले गरेको व्याख्या पनि हो। थिओडोरको सामन्थासँगको सम्बन्धले डिजिटल युगमा आधुनिक सम्बन्धहरूको भ्रमलाई पहिल्याउन सकिन्छ भन्ने संकेत गरेको छ। सामन्था, एक कृत्रिम बौद्धिकको रूपमा, मानव भावनाहरूको अनुकरण गर्न र थियोडोरसँग वास्तविक सम्बन्धको भ्रम सिर्जना गर्न प्रोग्राम गरिएको हो। यद्यपि, यो सम्बन्ध अन्ततः मानव अन्तरक्रियाको सट्टा एल्गोरिदम र डेटा विश्लेषणमा आधारित हुन्छ।

    सामन्थासँग थिओडोरको मोहले समाजको बढ्दो एक्लोपनमा हुने घनिष्टता र सहवासको चाहनालाई प्रतिबिम्बित गर्दछ। एक कृत्रिम अस्तित्वमा भावनात्मक रूपमा प्रेम गर्ने उनको ईच्छाले वर्तमान समाजको वास्तविकतालाई झल्काउँछ। जसरी अहिले मानवबीच हुनपर्ने प्रेम हो त्यो प्रेम सम्बन्ध अझै यौन कुण्ठाहरु प्रविधिको साथ र सहयोगबाट पूर्ति गरिरहेको छ।

    सामन्थाको सम्बन्ध घनिष्ट हुँदै जाँदा थियोडोर मानव अन्तरक्रियाबाट टाडा भाग्छ। यसले हाम्रै वरपर अथवा हाम्रो प्रविधिसँगको सम्बन्धलाई उजागर गरेको छ। यदी हामीले हाम्रो अहिलेको डिजिटल जीवनलाई सुक्ष्म ढंगले हेर्यौ भने हामी सबै हाम्रो आफ्नै भर्जनको सामन्थासँग प्रेममा छौं। शारीरिक स्पर्श भन्दा पनि डिजिटल कनेक्शनमा हामीलाई सहज लाग्न थालेको छ। जसरी इन्टरनेट र मोबाइल भएपछी हामी घन्टौं हराउन सक्छौ यो पनि सामन्थाको अर्को रुप हो।

    असुरक्षित मानव
    थियोडोरको असुरक्षाको प्रमुख कारण उनको भर्खरको सम्बन्धविच्छेद हुन्छ। जसले गर्दा जोहिकोहीसँग पनि अर्थपूर्ण संबन्ध राख्न सकिरहेको हुँदैन। उ आफ्नो मनमा उत्पन्न असुरक्षाको भावलाई सान्त्वना दिन प्रविधिको साहारा लिन्छ।

    उ सुरुमा सामन्थालाई एउटा भर्चुअल सहायकको रूपमा हेरिरहेको हुन्छ। तर, जब सामन्थामा सान्त्वना र सहवासको पार्टनर पाउँछ, त्यसपछी उ वास्तविकता भन्दा परको भर्चुअल दुनियाँमा पुग्छ। मानव सम्बन्धबाट नपाएको प्रेम र सहानुभूति सामन्थाबाट पाउँन थालेपछि उ भावनात्मक रूपमा सामन्थासँग पूर्णरुपमा समर्पित हुन्छ।

    फिल्ममा मानव असुरक्षाको प्रमूख कारण कसैबाट अस्वीकार गरिनु र छोडिनुको भयलाई बौद्धिक तवरमा प्रस्तुत गरिएको छ। थियोडोर आफ्नो असफल वैवाहिक जीवनको पीडा अरू मानिससामु खोल्न एकदमै हिचकिचाइरहेको हुन्छ। सामन्थासँगको उनको सम्बन्धले सुरुमा उनले आफ्नो अस्तित्व भेट्छ, साथै उसको भावनाको कदर भएको मान्छ, किनकी सामन्था उनको मनोविज्ञान अनुसार आफुलाई प्रस्तुतु गर्छ। तर जब यो सम्बन्धको सीमितताहरू पहिल्याउँछन्, उनी ठुलो चिन्तामा पर्छ। एक्लै हुने उसको डर पुनः उत्पन्न हुन्छ, मानव सम्बन्धको नाजुकता र भावनात्मक लगावको अनिश्चितताले उसलाई भित्र–भित्रै खियाइरहेको हुन्छ।

    फ्लिमले आफूलाई बिना कारण अरूसँग तुलना गर्दा के समस्याहरु उत्पन्न हुन्छ भन्ने देखाउन सफल छ। थिओडोर हरदम आफ्नो अयोग्यता र आत्म–शंकाको भावनासँग संघर्षरत हुन्छ, विशेष गरी आफ्नो पूर्वपत्नी र उसको नयाँ पार्टनरको सम्बन्धमा। उसले जब आफ्नो महत्वमाथि प्रश्न गर्न थाल्छ, तब सामन्थासँगको आफ्नो सम्बन्धलाई पूर्ण रूपमा अँगाल्ने आफ्नो क्षमता माथि पनि प्रश्न गर्दै सामान्य सम्बन्धलाई जटिल बनाउँछ। यसले डिजिटल युगमा हुने आफ्नो पहिचान र आत्म–सम्मानको बारे हुनेगरेको सामाजिक सरोकारलाई प्रतिबिम्बित गर्दछ।

    यसबाहेक, फिल्ममा मानव भावनाहरूको अन्तर्निहित अस्थिरता र प्रविधिले यी असुरक्षाहरूलाई कसरी विस्तार र ब्यापक बनाएको छ भन्ने खोजीनीति गरेको छ। यसलाई प्रविधिका माध्यमबाट न्यनुनिकरण गर्ने प्रयास पनि देखाउँछ। सामन्थाले थियोडोरलाई साथ दिदै उसको हरेक कुरालाई बुझ्न प्रयास गर्दागर्दै पनि, उसको विकसित चेतनाले कृत्रिम सम्बन्धको सीमिततालाई प्रकट गर्दछ।

    थिओडोर जब सामन्था आफ्नो उन्नत क्षमताहरूको बावजुद मानव भावनाहरूलाई पूर्ण रूपमा बुझ्न वा अनुभव गर्न सक्दैन भन्ने अनुभूति गर्छ तब उ वास्तविकतातर्फ उन्मूख हुन खोज्छ। यो अनुभूतिले उसलाई आफ्नै भावनात्मक कमजोरीहरू र वास्तविक मानव सम्बन्धको आवश्यकताको महसुस गराउँछ।

    अन्त्यमा;
    चलचित्र विशेष गरी मानव सम्बन्ध कति जटिल हुनसक्छ भन्ने बारेमा केन्द्रीत रहेको छ। यसबाहेक, फिल्मले प्रकृति, मानवता र प्रविधिबीचको सीमाहरू बारे दार्शनिक प्रश्नहरू खडा गर्दछ। सामन्थाको एक संवेदनशील व्यक्तिको रूपमा उदयले चेतनामाथीको परम्परागत धारणाहरूलाई चुनौती दिन्छ, जैविकता के हो ? र कृत्रिमताको सीमा कहाँसम्म हुनसक्छ भन्ने मुद्धाको परिक्षण पनि गरेको छ। यस विषयवस्तुको खोजीले दर्शकहरूलाई मानव अनुभव र पहिचानलाई आकार दिन टेक्नोलोजीको विकसित भूमिकालाई विचार गर्न प्रोत्साहित गर्दछ। यो फ्लिमले समकालीन समाजमा प्रविधिको गहिरो प्रभावलाई स्वीकार गर्दै मानव सम्बन्धको समृद्धि र जटिलतालाई औंल्याउँछ। सम्बन्ध, समानुभूति, र आत्म-खोजको विषयवस्तुहरूमा केन्द्रित रहेर फिल्मले निरन्तर परिवर्तनशील संसारमा अर्थ र यसको पूर्तिको लागि मानवतावादी परिप्रेक्ष्य प्रदान गर्दछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कृष्ण सुनुवार

      कृष्ण सुनुवार

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.