Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बिहे गर्दासमेत पार्टी अनुमति लिनेहरू आज पतनको दिशामा छन्

हिमालधन राई हिमालधन राई
मंसिर २८, २०७७
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुर्वी पहाडी भोजपुर जिल्लाको कटुन्जेमा म २०११ सालमा जन्में। धनी किसान परिवारमा जन्मेको हुँ। बाजे र बाहरू फलित ज्योतिषशास्त्री थिए, यसकारण उहाँहरू लेखापढा हुनै नै भए। हामीले वाल्यकालमा आम जनताले जस्तो दुखकष्ट भोग्न परेन, सुखमै हुर्क्यौं। ६ सन्तान थिए हाम्रा बामाआमाका, सबै पढालेखा भयौं। पढाईको प्रमाणपत्र त लिइयो तर प्रमाणपत्रले वौद्धिकता प्राप्त हुने रहेनछ। उन्नाइस वर्षको उमेरमा मैले कम्युनिष्ट पार्टीको सदस्यता लिएँ, पूर्वको रातो झण्डा समूहबाट।

    सानै भएपनि मलाई १७ सालको घटना याद छ। त्यो साल कटुन्जे गाउँमा ठूलो लडाइँ भयो। म त्यतिखेर बिमारी थिएँ। लडाईँमा एउटा हवल्दार र हाम्रा बडाबाउको पनि ज्यान गयो। कांग्रेस र सत्ता पक्षीय सिपाहीहरूबीचको भिडन्तमा भएको हताहती थियो त्यो। त्यतिखेर हाम्रा गाउँका सबै कांग्रेस थिए। धेरै पछि हाम्रा जेठा दाई कुमार पढेर– जानेर कम्युनिष्ट राजनीतिमा लाग्नुभयो। उहाँकै प्रभावले हामीहरू कम्युनिष्ट भयौं। हामीले जोरजुलुम गरेर हाम्रो क्षेत्रमा कम्युनिष्ट विचार फैलायौं। अहिले त पार्टी जति नै बदनाम भएपनि खोटाङ–भोजपुर कम्युनिष्टको गढ हो। जसलाई उठाए पनि सजिलै चुनाव जित्ने अवस्था छ। ढुंगामुढा उठाउँदा पनि जित्छ। कम्युनिष्टको ‘प्लास्टर’ नै बनेको छ हाम्रो भेग। पृथ्वी नै पल्ट्यो भने कुन्नि।

    हामीले जोरजुलुम गरेर हाम्रो क्षेत्रमा कम्युनिष्ट विचार फैलायौं। अहिले त पार्टी जति नै बदनाम भएपनि खोटाङ–भोजपुर कम्युनिष्टको गढ हो। जसलाई उठाए पनि सजिलै चुनाव जित्ने अवस्था छ। ढुंगामुढा उठाउँदा पनि जित्छ। कम्युनिष्टको ‘प्लास्टर’ नै बनेको छ हाम्रो भेग।

    पच्चिसाको चलन र मार्क्सवाद
    मेरो वाल्यकालतिर सर्वसाधारणको जीवन राम्रो थिएन। झुत्राझाम्रा लुगा लगाएका र भारी बोक्दै असिनपसिन भएर हिँड्ने मान्छे टन्नै भेटिन्थे। तर काम गरेर पनि तिनले टन्न खान पाएका थिएनन्। उतिखेर वैशाख ज्येष्ठतिर सर्वसाधारणका घरमा अनिकाल लाग्थ्यो। अनि कतिपय गाउँलेले हाम्रा घरबाट पच्चिसा लान्थे। २० पाथी लगेर मंसिर पुषमा २५ पाथी दिने चलनलाई पच्चिसा भनिन्थ्यो भोजपुरमा। ५ पाथीचाहिँ ब्याज तिनुपर्ने। दिनै नसक्नेलाई चाहिँ बाआमाले छुट पनि दिनुहुन्थ्यो।

    मेरा दाइ कुमार राई सानैदेखि काठमाडौं पढ्न आउनुभयो। उहाँले काठमाडौंमै स्कुल र कलेज शिक्षा पूरा गर्नुभयो। उहाँ हिरण्यलाल श्रेष्ठहरूसँगै अनेरास्ववियूको केन्द्रीय सदस्य हुनुभयो। उहाँले अस्कलमा आइएस्सी र सरस्वती क्याम्पसमा बि.ए. पढ्नुभयो। उतिखेरसम्म सरस्वती कलेजमा सधैं नेपाल विद्यार्थी संघले जित्ने गर्दो रहेछ। तर उहाँलाई अनेरास्ववियूले उठाएछ र स्ववियू सभापतिमा बाजी मार्नुभएछ।

    ‘जन्मेपछि केही गर्नुपर्छ माइला,’ म अल्लि बुझ्ने भएपछि मलाई भन्नुभयो, ‘मार्क्सवादी जीवनदर्शन अपनाउनुपर्छ। मान्छेहरू आफ्नो भाग्यले गर्दा गरीब र धनी भएका होइनन्। शोषणले गर्दा मान्छे गरीब भएको हुन्। यो शोषणको अन्त्य गर्नुपर्छ। समतामूलक राज्यव्यवस्था ल्याउनुपर्छ।’ उहाँले मलाई अंग्रेजीमै कम्युनिष्ट घोषणापत्र पनि पढाउनुभयो। उहाँ अंग्रेजीमा दख्खल राख्नुहुन्थ्यो। दाइकै संगत र प्रेरणाले कम्युनिष्ट बनेको मैले १९ वर्षको उमेरमा कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ। धेरै परिक्षणपछि मात्रै मेरो हातमा कम्युनिष्ट सदस्यता हात परेको हो। यसरी म रातो झण्डाको संस्थापक सदस्य नै हुनपुगे।

    जमिन्दारको छोरोकै बन्दुकले उसको ज्यान लिएछन्। त्यसमा पार्टीको भने कुनै निर्णय थिएन। त्यसो गर्नु हुन्थेन, त्यो गल्ती थियो।

    कखरा र सफाया
    मैले घरमै कखरा सिकें। कटुन्जेको स्कुलबाट ५ पास गरियो। भोजपुरको विद्योदय विद्यालयबाट एसएलसी सकें र नारदमुनी थुलुङहरूले खोलेको भोजपुर क्याम्पसमा क्याम्पस तह पढें। स्नातक सकेर म काठमाडौं आएँ। त्यसपछि केन्द्रीय विश्वविद्यालय किर्तिपुरमा मैले इतिहास र दर्शन पढें। खासमा पार्टीकै निर्देशनबमोजिम काठमाडौं आएको थिएँ म। अठ्ठाइस–उनन्तिस सालदेखि नियमित रूपमा कम्युनिष्ट आन्दोलनमा लागियो। त्यतिखेर पश्चिममा पुष्पलाल र मोहनविक्रमको प्रभाव थियो। पूर्वमा मनमोहन कमरेडको। मनमोहन कमरेडसँग विद्रोह गरेर मोहनचन्द्र अधिकारीहरूले विद्रोह गरे। विद्रोह गरेको संगठन नै पछि कोअर्डिनेशन केन्द्र भयो र त्यसमा सचिव सिपी मैनाली भए।

    हाम्रो दाइहरू ती कुनैमा संलग्न हुनुहुन्न रहेछ। पछि किसानहरूको कटेरोमा रातो झण्डा समूहको स्थापना गरियो। त्यतिखेर हाम्रो लक्ष्य शसस्त्र संघर्ष लड्ने थियो। नयाँ जनवादी कार्यक्रमसहित शसस्त्र युद्ध हाम्रो सपना थियो। त्यतिखेर शसस्त्रकै कुराकानी धेरै हुन्थ्यो हामीहरूबीच। त्यही रन्कोमा कमरेड वासुलगायतहरूले एउटा जमिन्दारको छोरोलाई सफाया गरिदिएछन्। जमिन्दारको छोरोकै बन्दुकले उसको ज्यान लिएछन्। त्यसमा पार्टीको भने कुनै निर्णय थिएन। त्यसो गर्नु हुन्थेन, त्यो गल्ती थियो।

    बिहे गर्न पाइएला कि नपाइएला?
    अनुशासनको विषयमा उतिखेर कम्युनिष्ट पार्टीहरू अति कडा हुन्थे। जति सदस्य पाएका थिए, ती अति प्रतिवद्ध थिए। आजका कम्युनिष्ट र पहिलेका कम्युनिष्टबीच आकाश पातलको फरक छ। लवाई, खुवाई र तौरतरिका केही पनि मिल्दैन। हामी सबैले माओत्सेतुङका महत्वपूर्ण उध्दरणहरू कण्ठस्थ पारेका थियौं र त्यही अनुसारको जीवनशैली अपनाएका थियौं। नत्र भने कारवाही भोग्न तयार रहनुपर्थ्यो।

    यता राजाको सरकारले पनि हामीलाई खोजिरहेको हुन्थ्यो, उता अलिकति अनुशासनमा तलवितल हुनासाथ पार्टीबाट पनि कारवाहीको डर। त्यसो हुँदा लफंगा चरित्र भएका साथीहरू पनि डराएरै भए पनि अनुशासनमा बस्थे। श्रमीक र गरीबहरूलाई सधै मानसम्मान गर्नुपर्छ भनेर कार्यकर्ताहरूलाई सिकाइन्थ्योे। सर्वसाधारणसँग राम्रो बोल्नुपर्ने र ऐकार लगाउन नपाइने उर्दी हुन्थ्यो। मादक पदार्थ सेवन गर्दै धतुरे भएर हिँड्न निषेध थियो। अहिले त काम गर्ने श्रमीकहरूलाई एकार लगाएर बोल्छन्- कम्युनिष्ट केन्द्रीय सदस्यहरू नै।

    बिहे गर्नै डराएछन्, पार्टीले कारवाही गर्ला भन्ठानेर। मलाई उनको बुझाई देखेर हाँस उठ्यो। र, मैले भने, ‘तपाईंले कुरै बुझ्नु भएको रहनेछ माओत्सेतुङको। बिहे त गर्न पाइन्छ तर जथाभावी महिलालाई जिस्क्याउने र छाडा व्यवहार गर्न पो पाइन्न। अर्काको श्रीमती ल्याउन खोजे पो कारवाहीमा पर्नु। तपाईं दुवै अहिववाहित हो भने विहे गर्नुहोस्, पार्टीले कारवाही गरे म जिम्मेवारी लिन्छु।’ मैले त्यसो भनेपछि उहाँले बिहे गर्नुभयो। सामाजिक र सामूहिक मात्र होइन, निजी काम पनि पार्टीसँगै सरसल्लाह गर्ने चलन थियो। चालिएका कदम जनविरोधी हुने हो कि भन्ने डर हुन्थ्यो। तर अहिले त पार्टीका नाममा पैसा उठाएर घर ठड्याउनेहरू पनि होलान्।

    उतिखेर जय सिवाङ भन्ने कमरेडसँग हामी एउटै संगठनमा थियौं। पछिल्लो समय अशोक राईहरूसँग हुनुहुन्थ्यो क्यार उहाँ। उनी त बिहे गर्नै डराएछन्, पार्टीले कारवाही गर्ला भन्ठानेर। मलाई उनको बुझाई देखेर हाँस उठ्यो। र, मैले भने, ‘तपाईंले कुरै बुझ्नु भएको रहनेछ माओत्सेतुङको भनाईको। बिहे त गर्न पाइन्छ तर जथाभावी महिलालाई जिस्क्याउने र छाडा व्यवहार गर्न पो पाइन्न। अर्काको श्रीमती ल्याउन खोजे पो कारवाहीमा पर्नु। तपाईं दुवै अविवाहित हो भने विहे गर्नुहोस्, पार्टीले कारवाही गरे म जिम्मेवारी लिन्छु।’ मैले त्यसो भनेपछि उहाँले बिहे गर्नुभयो। सामाजिक र सामूहिक मात्र होइन, निजी काम पनि पार्टीसँगै सरसल्लाह गर्ने चलन थियो। चालिएका कदम जनविरोधी हुने हो कि भन्ने डर हुन्थ्यो। तर अहिले त पार्टीका नाममा पैसा उठाएर घर ठड्याउनेहरू पनि होलान्।

    गीतका कुरा
    म राल्फाका गीतहरूबाट प्रभावित छु। राल्फा पनि मूल रूपमा  पुर्वेली र भोजपुरे उत्पादन नै हो। उनीहरूका गीत मार्मिक हुन्छन्, जीवन र श्रमसँग जोडिएका हुन्छन्। मैले पनि ‘छोरीको यो जुनीलाई हेलाँ गरी हिँड्नेलाई, आफ्नो शक्ति देखाउँछौं अब हामी सबैलाई’ भनेर गीत लेखेको छु। तर पनि गीतहरूमा पनि हाम्रा कमीकजोरी छन्। धेरैजसो गीत कोरा नाराजस्ता छन् र कर्णप्रीय लाग्दैनन्। अहिलेसम्म हामीसँग विद्रोही साहित्यमात्रै छ। क्रान्तिकारी साहित्य भएन। हाम्रा साहित्यहरूमा कस्तो जीवन बाँचनुपर्छ भन्ने उल्लेख छैन।

    लोकगीतले लोकसंस्कृतिकै अपमान गरेका छन्  ‘लै बरी लै लै बरी लै, गाउँका केटी सबैलाई, हामीजस्ता केटाले घुमाउने।’ यस्ता त गीत छन् तर यस्तै गीतवालाले गोर्खा दक्षिणबाहु र उत्तरबाहुजस्ता पुरस्कार पाएका छन्। कुन समाजमा हुर्केका चेली सबैका स्वास्नी हुन्छन् ? त्यो बजाउन हुने गीत हो ?

    अर्कोथरी गीत छ, जसलाई मान्छेहरू प्रेमगीत भन्छन्। तर त्यस्ता कथित प्रेमगीतले प्रेमकै उछितो काढेका गीत छन्। लोकगीतले लोकसंस्कृतिकै अपमान गरेका छन्  ‘लै बरी लै लै बरी लै, गाउँका केटी सबैलाई, हामीजस्ता केटाले घुमाउने।’ यस्ता त गीत छन् तर यस्तै गीतवालाले गोर्खा दक्षिणबाहु र उत्तरबाहुजस्ता पुरस्कार पाएका छन्। कुन समाजमा हुर्केका चेली सबैका स्वास्नी हुन्छन् ? त्यो बजाउन हुने गीत हो ?

    प्रेमको गीतमा त विशुद्ध प्रेम पो हुनुपर्‍यो। ‘पोखरा जाँदा लाएको माया, काठमाडौं जाँदा भुलेछ’ रे ! लौ भयो त, ६ घण्टाको दूरीमा सकिने कस्तो प्रेम ? हवाइजहाजमा आउँदा त आधा घण्टाको दुरी होला, त्यति छोटो दुरीमा छुटिने कस्तो पिरती? यस्तै रद्धी गीतहरूका कारण पनि हाम्रो समाज उठिरहेको छैन। यही कारण समाज पनि स्खलनमा छ।

    कसिलो हात र जनमत संग्रह
    सोलु, ओखलढुंगा, खोटाङ र भोजपुरको नेकपा मालेको युवा/विद्यार्थीको इन्चार्ज थिएँ। मेरो कामचाहिँ भूमिगत, म मान्छे गैरभूमिगत। म शिक्षकका रूपमा १० देखि ४ बजेसम्म काम गर्थें। अरुबेला चाहिँ पार्टी गठन। ‘कता हिँडेको सर ?’ भनेर प्रहरीले सोध्थ्यो, ‘फलानो बिरामी छ, त्यसलाई भेट्न हिँड्या’ भन्थें म। अथवा ‘फलानाले खाना खान बोलायो, त्यहीँ जान लाग्या’ भन्थें। तर मेरो कामचाहिँ पार्टी कमिटी गठन हुनेगर्थ्यो। कतिपय साथीहरूचाहिँ सम्पूर्ण रूपमा भूमिगत थिए। भूमिगत जीवन सहज हुन्थेन। कतै जाँदा पनि योजनावद्ध रूपमा कुनै किसानको बुइगलमा साँझतिर लुसुक्क पुग्ने र बिहान ३–४ बजे निक्लनुपर्ने। रातभरी बैठक र छलफल। सुरक्षा संवेदनशीलताका कारण त्यसो गर्नुपर्ने हुन्थ्यो। कोशी इन्चार्ज मदन भण्डारी पूर्ण भूमिगत हुनुहुन्थ्यो। मदनको त जिल्लैपच्छिे फरक नाम हुन्थ्यो। भोजपुरमा चाहिँ उहाँ सागरका नामले चिनिनुहुन्थ्यो।

    भूमिगत जीवन सहज हुन्थेन। कतै जाँदा पनि योजनावद्ध रूपमा कुनै किसानको बुइगलमा साँझतिर लुसुक्क पुग्ने र बिहान ३–४ बजे निक्लनुपर्ने। रातभरी बैठक र छलफल । सुरक्षा संवेदनशीलताका कारण त्यसो गर्नुपर्ने हुन्थ्यो। कोशी इन्चार्ज मदन भण्डारी पूर्ण भूमिगत हुनुहुन्थ्यो। मदनको त जिल्लैपच्छिे फरक नाम हुन्थ्यो।

    मदन मिलनसार लाग्थे। मुक्ति मोर्चाको तर्फबाट रातो झण्डासँग एकता वार्ता चलाउनेमा मदन पनि रहेछन् तर त्यसबेला हामी दुईसमूहबिच एकता भएन। पछि कोअर्डिनेशन केन्द्रसँग भयो, त्यसमा पनि मदन नै थिए। पछि पो मैले थाहा पाएँ, त्यहाँ मदन हुनुहुँदोरहेछ भन्ने कुरो।

    उतिखेर क्रान्तिको जोस थियो, हात मिलाउँदा पनि बडो दरोसँग मिलाइन्थ्यो। उहाँसँग पनि दरै मिलाइयो हात। त्यतिखेरको जीवन सम्झँदा अहिले हाँस उठ्छ। खास नाम गोप्य नै राख्नुपर्ने अनि फुत्केलाझैं गरी कसिलो हात मिलाउने। फटाहा र शोषकहरूका विरुद्ध एकाकार भएका कमरेड हौं हामी भन्ने भावना जाग्थ्यो त्यस्ता हात मिलाईले।

    ३६ सालमा राजाले जनमत संग्रहको घोषणा गरेपछि त्यसलाई प्रयोग गर्नुपर्छ भन्ने पक्षमा हामी भोजपुरका थियौं। अर्को लाइनचाहिँ ‘यो बुर्जुवा गतिविधि नै हो’ भन्ने थियो। तर हामीहरू बहुदल पक्षमा भोट माग्न जुट्यौं। त्यो बेला पार्टीले झण्डै ठूलो गल्ती गरेको थियो। बहुदलका पक्षमा जनमत सिर्जना गर्न सके अलेलि भने पनि बोल्न पाइन्छ र जनमत संग्रहकै अवसर पारेर जनतामाझ आफ्ना कुरा राख्न पाइन्छ भन्ने हाम्रो मत थियो। र, त्यसको व्याख्याकार मेरा दाई कुमार नै थिए। हामी त्योबेला अहिलेको राष्ट्रपतिको माइतीगाउँ गुराँसे पुगेर बहुदलमा भोट हाल्नुपर्छ भनेर सभा गरेका थियौं। ‘यी मालेहरू हुन्, टाउको कटुवाहरू हुन्’ भनेर हाम्रो प्रचार भएपनि राज्य र प्रहरीबाट त्यहाँ धरपकड भएन।

    विद्याजी र मदनजीको विहे भयो। संगठन गर्ने क्रममै हाम्रै उहाँहरूको भेट भएको हो। मदनजी असल हुनुहुन्थ्यो, विद्या पनि असल। विद्याजीको बानी व्यहोरा असाध्यै राम्रा थियोे। सबैसँग मिलनसार। विश्वास लागेको मान्छेको कुरोलाई हुबहु पालना गर्ने।

    मदन र विद्या
    म त्यतिखेर युवा विद्यार्थीहरूको जिम्मेवारी पाएको प्रमुख व्यक्ति थिएँ। मेरो नेतृत्व रहँदा नै विद्या अनेरास्ववियूमा सामेल हुनुभएको हो। पछि भोजपुरमा उहाँ र मदनको भेटघाट भयो। पछि उहाँहरुबीच विहे भयो। संगठन गर्ने क्रममै हाम्रै उहाँहरूको भेट भएको हो। मदनजी असल हुनुहुन्थ्यो, विद्या पनि असल। विद्याजीको बानी व्यहोरा असाध्यै राम्रा थियो। सबैसँग मिलनसार। विश्वास लागेको मान्छेको कुरोलाई हुबहु पालना गर्ने।

    पछि मदनजीहरूको विचारमा म सामेल भइन। मदनजीहरू ‘जनताको बहुदलीय जनवाद’ पक्षधर तर हामी मालेहरूको ‘नौलो जनवाद।’ राजनीतिक स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताका कुरामा पनि हामीबीच विवाद थियो। अहिले सम्झँदा लाग्छ, हामी कम्युनिष्टहरू अनावश्यक बखेडा झिकेर पार्टी टुक्र्याउँछौ। अहिले पनि दर्जनौं टुक्रामा छरिएका छन् कम्युनिष्टहरू।

    नेकपा विवाद र लाजमर्दा विज्ञप्ति
    नेकपाभित्रको विवादका दुई आयाम छन्। एक पक्ष, प्रधानमन्त्रीलाई स्वविवेकमा काम गर्न दिनुपर्छ भन्ने। अर्को पक्ष, ‘प्रधानमन्त्रीले पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ’ भन्ने। विवादको चुरो त्यही हो। एक आपसमा छाडा शव्द बोलेपनि यिनीहरूले भन्न खोजेको त्यही हो। तर सल्लाहकार र प्रवक्ताहरूका कुरा हेरेर–पढेर मलाई लाज लाग्छ। न युरोपियन प्रजातान्त्रिक शैली ठीक हो, न तानाशाही शैली नै। संविधानको आड लागेर पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्छ भन्ने मेरो भनाई हो।

    जनता र उत्पिडनमा परेको मान्छेप्रति संवेदनशील नभएका कारण हामी बिग्रेका हौं। चितवनको झगडा हेरौं या विरगंजमा आफ्नै साथीको हत्याको प्रसंग। यस्ता कुराले जनता अब हामीसँग टाढिएका छन्। यसमा सबै पक्ष जिम्मेवार हुनुपर्छ। केन्द्रीय नेतृत्वमात्रै होइन, सबै पक्ष जिम्मेवार हुनुपर्छ।

    नेकपा पार्टी जनताबाट विस्तारै  विस्थापित हुँदैछ। त्यसैले अब टुइटर र फेसबुकमा भनाभन गर्ने दुवै पक्षका साथीहरूले सोच्नुपर्छ। गत उपनिर्वाचनमा धरान उपमहानगरपालिको निर्वाचनको हालत हेरौं न। कति कठिन दिनमा त हामीले जितेको ठाउँ हो त्यो। दुई वटा शक्तिसाली पार्टीको संयुक्त उम्मेदवार हुँदासमेत २७ सय मतले हार्नुपर्ने अवस्था किन निम्तियो? हामीले हिजो वम देवानलाई जिताएका थियौं। पंच, सिआइडी, मण्डले, प्रहरी र राजा लाग्दा पनि वाम उमेद्वारले जितेको ठाउँमा आज के हाल भयो? दुई तिहाइको दम्भ, कुर्सीको फुर्तीफार्ति र  अराजनीतिक झगडाले हाम्रो त्यस्तो हालत भएको हो।

    हामी जनताप्रति समर्पित नभएका कारण यस्तो भएको हो। जनता र उत्पिडनमा परेको मान्छेप्रति संवेदनशील नभएका कारण हामी बिग्रेका हौं। चितवनको झगडा हेरौं या विरगंजमा आफ्नै साथीको हत्याको प्रसंग। यस्ता कुराले जनता अब हामीसँग टाढिएका छन्। यसमा सबै पक्ष जिम्मेवार हुनुपर्छ। केन्द्रीय नेतृत्वमात्रै होइन, सबै पक्ष जिम्मेवार हुनुपर्छ। जनहितकारी विषय अंगिकार गर्नुपर्छ र अहितकारीलाई त्याग गर्नुपर्छ। नेपाली समाजलाई असल बनाउन मार्क्सवादका साथै समाज पनि पढ्नुपर्छ। म त भन्छु बौद्ध दर्शनको पनि अध्ययन गर्ने हो भने हाम्रो बुझाई थप प्रष्ट हुन्छ। र, अर्को कुरा अब सुधारले हुँदैन, आमूल परिवर्तन चाहिन्छ।

    (पूर्वाञ्चलमा पंचायती शासनताक कम्युनिष्ट आन्दोलन विस्तारमा योगदान गरेका राईसँग नेपाल रिडर्सका प्रकाश अजातले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हिमालधन राई

      हिमालधन राई

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.