Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कट्टर हिन्दू भर्सेस उदार हिन्दू : राम मनोहर लोहिया

हिन्दू धर्म मान्ने सामान्यभन्दा सामान्य मान्छेहरू पनि मान्छे मान्छेहरूबीच मात्र होइन, प्रकृति र प्राणीबीच पनि दार्शनिक– समानता र एकताको बखान गर्छन्। समानताको प्रवचन दिने सोही हिन्दू समाजमा फेरि अत्यन्तै घिनलाग्दा सामाजिक व्यवहारहरू समेत हुने गर्छ।

nepal_readers nepal_readers
जेष्ठ २५, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतीय इतिहासको सबैभन्दा ठूलो लडाईं हिन्दूधर्मभित्रका दुई खेमा, उदारवाद र कट्टरताबीच जारी छ। र, यो लडाईं पछिल्लो पाँच हजार सालभन्दा बढी समयदेखि निरन्तर चलिरहेको छ। र, त्यसको अन्त्य छिटै होलाजस्तो देखिन्न। यो लडाईंलाई अन्त्यका गर्नका लागि कुनै प्रयास नै गरिएन। उसो त सबै धर्ममा कुनै न कुनै समय उदारता र कट्टरताबीच द्वन्द्वहरू भएका छन्। तर हिन्दू धर्ममा बाहेक अन्यत्र भएका आन्तरिक लडाईंहरूका कारण ती धर्महरू विभाजित भए, छुट्टिए। प्रायः उनीहरूबीच रक्तपात भए र छोटो समय या लामो समयको लडाईंपछि उनीहरू त्यस झगडालाई रोक्न सफल भए।

    हिन्दू धर्मका उदारपन्थी र कट्टरपन्थीबीचका झगडाहरूमा कहिल्यै एउटाले मात्र जितेको छैन। र, यस्ता झगडाहरूमा खुल्ला रक्तपात भने आजसम्म भएको छैन। तर झगडा भने अहिलेसम्म टुंगिएको छैन। र, यी दुई समूहका विवादका विषयहरूलाई कुहिरोले छोपेझैँ लाग्छ। अहिलेसम्म आफूभित्रको कट्टरता र उदारवादको झगडालाई हिन्दू धर्मले किन हल गर्न सकेन, त्यो पत्ता लगाउने कोसिस गर्नुअघि यी दुई समूहबीच जुन आधारभूत दृष्टिभेद छ, त्यसमा दृष्टि दिनु जरुरी छ। चार महत्वपूर्ण र ठोस सवाल: (१)वर्ण, (२)स्त्री, (३)सम्पत्ति र (४) सहनशीलताको बारेमा कट्टरपन्थी र उदारवादीबीच आलोपालो द्वन्द्व हुने गरेको छ।

    पगालेको सिसा र गान्धीको हत्या

    चार हजार अथवा त्योभन्दा धेरै समय पहिले केही हिन्दूहरूका कानमा अन्य हिन्दूहरू सिसा पगालेर हाल्थे, जिभ्रोसमेत थुत्थे किनकि कुनै पनि सुद्रले वेद नपढुन् र वेद नसुनुन् भन्ने वर्ण व्यवस्थाको नियम थियो। तीन सय वर्ष पहिले राजा शिवाजीले समेत उनको वंशले सदैव ब्राह्मणहरूलाई नै मन्त्री बनाउन् भन्ने कुरामा सहमती जनाउन वाध्य हुनुपरेको थियो।

    त्यो कुरा नमान्दा उनी र उनी पछाडिका पुस्ताका राजाहरूको राज्याभिषेक हुन सक्थेन। अर्को उल्लेख्य सन्दर्भ: करीब दुई सय वर्ष पहिले पानीपतको अन्तिम लडाईं भएको थियो र जसको कारण अंग्रेजले भारतमा शासन सुरू गरेका थिए। त्यस लडाईंमा एक हिन्दू सरदार अर्को हिन्दू सरदारको विरुद्ध यसकारण युद्ध लड्यो कि उ आफ्नो वर्ण (कथित ठूलो जात) अनुसार अर्को तथाकथित तल्लो जातको सरदारभन्दा उच्च जमिनमा आफ्नो त्रिपाल (टेन्ट) लगाउन चाहन्थ्यो।

    करीब पन्ध्र वर्ष पहिले एउटा हिन्दूले ‘हिन्दूत्वको रक्षा गर्ने’ इच्छाकै कारण महात्मा गान्धीमाथि बम हानेको थियो। किनकि त्यतिखेर छुवाछुत हटाउनका लागि गान्धी सक्रिय भएर लागिपरेका थिए। केही समय अघिसम्म र कतिपय इलाकामा अझै पनि हिन्दू नाईहरू कथित अछुत हिन्दूको कपाल काट्न तयार थिएनन् र छैनन्। जबकि गैरहिन्दूको कपाल काट्नमा भने उनीहरूलाई कुनै आपत्ति छैन।

    स्त्रीले मात्र आफ्नो बच्चाको बाउ को हो भनेर जान्दछिन् भनेर हामीलाई आधुनिक साहित्यले बताएको छ। तर तीन हजार वर्ष या त्योभन्दा अघि जबाल नामकी कथा पात्र स्वयंलाई थाहा थिएन कि उनको बच्चाको बाउ को हो। तर प्राचिन साहित्यमा उनलाई एक पवित्र स्त्रीका रूपमा आदर गरिन्छ। तर वर्ण व्यवस्थाले उनको पुत्रलाई समेत ब्राह्मण बनाएर उसलाई पनि पचाइदियो। उदार कालका साहित्य रचनाहरूले हामीलाई परिवारको स्रोत खोज्नु आवश्यक छैन, किनकि नदीका अनेकौँ स्रोतहरूमा झैँ त्यहाँ पनि फोहरहरू हुनसक्छन् भनेर बतायो।

    महिला र सम्पत्ति

    कुनै स्त्रीले बलात्कारको डटेर विरोध नसकेको अवस्थामा पनि उनको कुनै दोष हुँदैन। किनकि उदार साहित्यका अनुसार स्त्रीको शरीरले प्रत्येक महिना नयाँ रूप लिन्छ। यो परिभाषालाई अनर्थ लगाउन सकिएला तर स्त्रीलाई पनि सम्बन्धविच्छेद र सम्पत्तिको अधिकार छ। हिन्दू धर्मको स्वर्ण युगमा स्त्रीका प्रति यति उदार दृष्टिकोण देखिन्छ। जबकि, कट्टरताको युगमा उनलाई बाउ, लोग्ने र छोराको अधिनमा रहेको एक प्रकारको सम्पत्तिका रूपमा मात्रै मानिन्छ।

    हिन्दू धर्मको उदार मत सम्पत्तिको संचय नगर्ने र त्यसप्रति लगाव नराख्ने कुराका रूपमा उल्लेख गर्छन्। तर कट्टरपन्थी हिन्दूहरू कर्म सिद्धान्तलाई यसरी व्याख्या गर्छन् कि धन, जन्म अथवा शक्तिबाटै मान्छेले उच्च स्थान प्राप्त गर्दछ। फेरि तिनै हिन्दूहरू यसो पनि भन्दछन् कि ‘जे छ, ठीकै छ।’ सम्पत्तिप्रति कुनै लगाव नराख्ने विषय हिन्दूहरूको दिमागमा बेलाबेला आइरहन्छ। अन्य सवालमा जस्तै सम्पत्ति र शक्तिको बारेमा पनि हिन्दू दिमागले आफ्नो विचारको तार्किक परिणतिसम्म यसलाई लैजान सकेका छैनन्। हिन्दू धर्ममा समय र व्यक्तिमा यति नै फरक छ कि कहिले समयलाई प्राथमिकता दिइन्छ त कहिले व्यक्तिलाई।

    सहिष्णुता

    र, आम रूपमा यो मानिन्छ कि सहिष्णुता हिन्दूहरूको विशेष गुण हो। तर खुला रक्तपात उनीहरूलाई मन परेन भन्दैमा हिन्दूलाई सहिष्णु ठान्नु भने गलत हो। हिन्दू धर्मका कट्टरपन्थीहरूले प्रायः सधैँ प्रभुत्वशाली मतका साथसाथै अन्य मत र विश्वासमाथि दमन गरेर एकरूपताका माध्यमबाट एकता कायम गर्ने कोशिष गरिरहेका छन्। तर पनि कट्टरपन्थीहरूलाई त्यस्तो सफलता भने मिलेको छैन। यस्तो कोशिषलाई आमरूपमा बचपना नै मानिने गरेको थिया्े, किनभने केही समय पहिलेसम्म विविधतामा एकताको सिद्धान्त हिन्दू धर्मका आफ्नै मतहरूमा लागू गरिन्थ्यो। यसकारण हिन्दू धर्ममा प्रायः सधैँ नै सहिष्णुताको अंश बल प्रयोगको विषयभन्दा बढी नै रहन्थ्यो।

    तर युरोपको राष्ट्रियताले हिन्दूहरूको जस्तै मिल्दोजुल्दो जस्तो खालको सिद्धान्तलाई जन्म दियो, त्यसबाट पनि हामीले सहिष्णुताको अर्थ बुझनुपर्दछ। भोल्तेयरले बुझेका थिए कि उनका विरोधीहरू गलत नै छन् तर पनि उनी सहिष्णुताका लागि, बिरोधीहरूले खुलेर बोलुन् भन्दै, बिरोधीकै अधिकारका लागि लड्नका लागि समेत तयार बने।

    यसको विपरित हिन्दू धर्ममा भएको सहिष्णुताको आधार यो हो कि अलग–अलग कुरा आफ्नो ठाउँमा भने सही हुनसक्छ। अलग–अलग क्षेत्र र वर्गमा अलग–अलग सिद्धान्त र चलन हुनुसक्छन् भन्ने कुरा हिन्दूहरू मान्दछन्। त्यसकारण फरकपनाको बारेमा फैसला गर्न उनीहरू तयार छैनन्। हिन्दूहरू मान्छेको जिन्दगीमा एकरूपता चाहँदैनन्। तर यस्तो विविधतामा उनीहरू यस्तो अनौठो एकता चाहन्छन्, जसकोे परिभाषा गर्न पनि सकिँदैन। त्यसो हुँदाहुँदै पनि अहिलेसम्म अलग–अलग मतसहित पनि हिन्दूहरू एउटै धागोमा उनीएका छन्। हिन्दूहरूमा सहिष्णुताका गुणहरू यस विश्वासका कारण कायम छन् कि कसैको जिन्दगीमा हस्तक्षेप गर्नुहुँदैन।

    कट्टरपन्थीको एकताको उदेश्य

    कट्टरपन्थीहरूले प्रायः हिन्दू धर्ममा एकरूपताको खोजी कायम गर्ने कोसिस गरेका छन्। उनीहरूको यो उद्देश्य खराब थिएन। यसो गर्न खोज्नुमा स्थायित्व कायम गर्ने र शक्ति प्राप्त गर्ने इच्छा थियो, तर कट्टरपन्थीहरूले गरेको प्रयासको नतिजा भने सधैँ खराब भयो। म भारतीय इतिहासको एककाल समेत जान्दिनँ, जसले भारतमा एकता र खुशियाली ल्याउन सक्यो। जतिखेर भारतमा एकता या खुसीयाली आयो, त्यतिखेर वर्ण, स्त्री, सम्पत्ति र सहिष्णुताका बारेमा उदारवादीहरूको प्रभाव अधिक थियो।

    हिन्दू धर्ममा कट्टरपन्थी जोश बढ्दा देशमा सधैँ नै सामाजिक र राजनैतिक दृष्टिबाट टुटफुट आयो। र, भारतीय राष्ट्रमा राज्य र समुदायका बीचमा द्वन्द्व बढ्न गयो। देशमा टुटफुट भएर छोटाछोटा राज्य बाँडिदा कट्टरपन्थी काल नै थियो भन्ने कुरा म भन्न सक्दिनँ तर यस कुरामा कुनै शंका छैन कि देशमा एकता त्यतिखेर आयो, जतिखेर हिन्दू दिमागमा उदार विचारका प्रभाव थियो।

    आधुनिक इतिहासमा भारतमा एकता ल्याउनेबारेका धेरै कोशिसहरू असफल भएका छन्। शिवाजी र बाजीरावको कालमा ज्ञानीश्वरको उदार मत आफ्नो शिखरमा पुगेको थियो। तर उनीहरूको उदार मत सफल हुनुअघि नै पेशवाओंको कट्टरतामा भारत फस्न पुग्यो। फेरि पछि गुरु नानकको उदार मतबाट सुरु भएको आन्दोलन रणजीत सिंहको समयमा शिखरमा पुग्यो, तर छिट्टै नै सिख सरदारहरूको कट्टरपन्थी झगडामा स्खलित भयो। यस्ता असल कोशिसहरू पटक पटक असफल भए तर आजकाल फेरि बेस्सरी जाग्ने कोसिस गर्दैछ।

    निम्बार्क या शंकराचार्य?

    यी सबै सन्दर्भहरूमा भारतीय र भारत वरपरका विद्यार्थीका लागि पढ्न र बुझ्नुपर्ने धेरै सामग्रीहरू छन्। धार्मिक सन्त र देशमा राजनीतिक एकता ल्याउने कोसिसका बीचमा कस्तो निकट सम्बन्ध हुन्छ, अथवा समाज र देशको पतनको बीज कहाँ छ? अथवा अनेकौँ विद्रोही समूहहरूले आफ्नो असफलता हुँदाहुँदै पनि त्यस्ता अभ्यासहरू बारम्बार दोहोर्याउनुका कारण के छन्? यसैगरी विजय नगरको कोसिसका पछाडि निम्बार्कको हात थियो या शंकराचार्यको? तथा हम्पीको महानताको पछाडि कुन बीजले काम गरेको थियो? यी सबै कुराहरूको खोजले हामीलाई धेरै लाभ हुनसक्छ। शेर शाह र अकबरको उदार कोसिसका पछाडि केके कारणहरू थिए तथा औरंगजेबको कट्टरताका अगाडि उनको किन हार भयो?

    देशमा एकता ल्याउनेबारे भारतीय जनता तथा महात्मा गान्धीको प्रयास आखिर सफल भएको छ तर आंशिक रूपमा। पाँच हजार वर्षभन्दा बढीको उदारवादी धाराले यस्तो प्रयासलाई अघि बढाएको कुरामा यसमा कुनै शंका छैन। तर त्यसको तत्कालिन स्रोतमा युरोपको उदारवादी प्रभावका अलावा अरु के थिए? तुलसी या कबीर र चैतन्यजस्ता सन्तहरूको महान परम्परा या पछिल्ला समयमा धार्मिक र राजनीतिक नेताहरू, जस्तो कि राममोहन राय तथा फैजाबादका विद्रोही मौलवी? त्यस्तै, पछिल्लो पाँच हजार वर्षको कट्टरपन्थी धारा पनि समाजलाई जोड्ने प्रयासहरूविरुद्ध बारम्बार जोर लगाइरहेका छन्। र, यस पटक यदि कट्टरपन्थको हार भयो भने त्यो फेरि उठ्नेछैन।

    अर्को प्रश्न

    आजसम्म हिन्दू धर्ममा कट्टर तथा उदार एक अर्कासँग किन जोडिएर रहेका छन् र अहिलेसम्म उनीहरूका बीचमा प्रष्ट र वारपारको लडाईं किन भएन? यो यस्तो विषय हो, जसमा भारतीय इतिहासका विद्यार्थीहरूले खोज गरे भने त्यसले धेरै नै लाभ हुन्छ। अहिलेसम्म हिन्दू दिमागबाट कट्टरतापूर्ण रूपले हटेको छैन। यसमा कुनै शंका छैन। यस झगडाको कुनै हल नहुँदा त्यसले विनाशपूर्ण नतिजाहरू पनि ल्याए। जबसम्म हिन्दूको दिमागबाट वर्णभेद सम्पूर्ण रूपमा खत्तम हुँदैन, स्त्रीलाई बिल्कुल पुरुष बराबर मानिँदैन, सम्पत्ति र शासन व्यवस्थाको सम्बन्धका कुराहरूलाई पूर्ण रूपमा तोडिन्नँ, तबसम्म कट्टरताले भारतमा आफ्नो विनासकारी काम गरिनै रहनेछ।

    अन्य धर्महरूझैँ हिन्दू धर्म सिद्धान्तमा बाँधिएको धर्म होइन। बरु हिन्दू धर्म सामाजिक संगठनको एक ढंग हो। र, यही कारणले गर्दा उदारता र कट्टरताबीचको युद्ध अहिलेसम्म समाप्त हुन नसकेको हो। र, यसैकारण ब्राम्हण र बनियाँ मिलेर सदियौँदेखि यस देश/भेगमा खराब या असल शासन गर्दै आएका छन्। जसमा कहिले उदारवादीहरू माथि रहे, कहिले कट्टरपन्थी। उल्लेखित चार मुद्धामा केवल उदारताले काम चल्दैन, त्यसलाई टुंग्याउनका लागि हिन्दू दिमागबाट यो झगडालाई पूरै तरहले निमिट्यान्न पार्नुपर्छ।

    सगुण सत्य र निगुर्ण परम सत्य

    हिन्दू व्यक्तित्व दुईटा हिस्सामा बाँडिएका छन्। राम्रो अवस्थामा हिन्दूले सगुण सत्यको स्विकार गरेपनि निर्गुण परम सत्यलाई भुल्दैन र निरन्तर आफ्नो अन्तरदृष्टिको विकास गर्ने प्रयास गरिरहेको हुन्छ। र, खराब अवस्थामा चाहिँ उसको पाखण्ड असीमित हुनेगर्छ। हिन्दू शायद दुनियाँको सबैभन्दा पाखण्डी हो। किनकि संसारका अन्य पाखण्डीहरूझैँ उ अरुलाई धोकामात्रै दिँदैन, आफैँलाई धोका दिएर आफ्नै हानी गर्दछ। सगुण र निर्गुण सत्यको बीच बाँडिएको उसको दिमाग आफैँलाई धोको दिने कुरामा प्रोत्साहन गर्छ। हिन्दू धर्म मान्ने सामान्यभन्दा सामान्य मान्छेहरू पनि मान्छे मान्छेहरूबीच मात्र होइन, प्रकृति र प्राणीबीच पनि दार्शनिक– समानता र एकताको बखान गर्छन्। समानताको प्रवचन दिने सोही हिन्दू समाजमा फेरि अत्यन्तै घिनलाग्दा सामाजिक व्यवहारहरू समेत हुने गर्छ।

    मलाई प्राय: के लाग्छ भने खुसीको अवस्थामा हुँदा हिन्दू गरीब र सुद्रलाई पशुको जस्तो व्यवहार गर्छ, पशुलाई पत्थरलाई जस्तो व्यवहार गर्छ र अन्य वस्तुहरूलाई दोस्रो दर्जाका वस्तुका रूपमा व्यवहार गर्छ। लुकेर बसको क्रुरतामा परिणत हुन्छ शाकाहार र अहिंसाको सिद्धान्त। अहिलेसम्मका सबै मानवीय चेष्टाहरूका बारेमा भन्न सकिन्छ, एउटा न एउटा अवस्थामा सबै ठाउँमा सत्य आखिर क्रुरतामा बदलिन्छ, सुन्दरता अनैतिकतामा। र, हिन्दू धर्मको बारेमा अन्यहरूको अपेक्षा धेरै नै सही छ।

    उदारताले जित्नुपर्छ

    सत्य र सुन्दरताका बारेमा हिन्दू धर्मले जुन उचाई छोएको छ, जुन कुरा अन्यत्र देख्न पाइन्न। तर हिन्दूहरू यस्तो अँध्यारो भाषमा जाकिएका छन्, त्यतिसम्म चाहिँ अन्य देशका मान्छेहरू गिरेका छैनन्। जबसम्म जबसम्म हिन्दू धर्मले जीवनको वास्तविकता, श्रम तथा यन्त्र, जीवन तथा पैदावार, परिवार तथा जनसंख्या वृद्धि, गरीबी र अत्याचार तथा अन्य वास्तविकतालाई वैज्ञानिक र लौकिक दृष्टिबाट स्विकार गर्न सिक्दैनन्, आफ्नो दुई धारमा बाँडिएको दिमागमाथि यसले काबु पाउन सक्दैन। न त यो धर्म आफ्नो कट्टरताबाटै मुक्त हुनसक्छ। कट्टरताले हिन्दूलाई प्रायसः सत्यानासै पारेको छ।

    अहिले हिन्दू धर्मका उदारवादी र कट्टरपन्थीहरूबीचको लडाईंले हिन्दू र मुस्लिमबीचको झगडाभन्दा पनि ठूलो रूप लिएको छ। तर प्रत्येक हिन्दू जो आफ्नो देश र इतिहासका बारेमा परिचित छन्, तिनले पाँच हजार वर्षभन्दा बढी समयदेखि आफैँभित्र चलिरहेको द्वन्द्वबारे पनि त्यत्तिकै ध्यान दिउन्, जसको अहिलेसम्म पनि हल निस्कन सकेको छैन। कुनै हिन्दू मुसलनमानप्रति त्यतिखेरसम्म सहिष्णु हुन सक्दैन, जबसम्म उ वर्ण र सम्पत्तिका विरुद्ध तथा महिलाका पक्षमा हकमा काम गर्दैन।

    उदार र कट्टर हिन्दूको लडाईं आज सबैभन्दा जटील अवस्थामा आइपुगेको छ र यो सम्भव छ कि यसको अन्त्य पनि निकट छ। उनीहरूको उद्देश्य जेसुकै भएपनि, कट्टरपन्थी हिन्दूहरू यदि सफल भए भने भारतीय राज्यलाई हिन्दू र मुसलमानको दृष्टिकोणबाट मात्रै होइन, वर्ण र प्रान्तको दृष्टिकोणबाट पनि छिन्नभिन्न बनाउनेछन्। केवल उदार हिन्दूहरूले मात्रै राज्यलाई कायम राख्न सक्नेछन्।

    अतः पाँच हजार वर्षभन्दा लामो यो लडाईं अब यस्तो स्थितिमा आएको छ कि एक राजनीतिक समुदाय तथा राज्यका रूपमा हिन्दूस्तानका जनताको अस्तित्व यही कुरामा निर्भर छ कि हिन्दू धर्ममा भएको कट्टरतालाई उदारताले जितोस्।

    जुलाई, १९५० मा प्रकाशित निबन्ध ‘हिन्दू बनाम हिन्दू’ निबन्धको सम्पादित अंश। यसको सम्पादन सबलोगडटआइएनका लागि किशन कालजयीले गरेका हुन्। नेपाल रिडर्सका लागि प्रकाश अजातले यसको अनुवाद गरेका हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.