Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हमास कसरी जन्मियो, कसले हुर्कायो ?

इजरायल-प्यालेस्टाइन युद्ध: ५

रोहेज खतिवडा रोहेज खतिवडा
मंसिर १६, २०८०
- राजनीति, विमर्शका लागि, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यो शृङ्खलामा हामी गत अक्टोबर ७ मा हमास र इजरायलबीच युद्धको सुरूवात भएपछि यो युद्धलाई बुझ्न प्यालेस्टाइनको तीन हजार वर्ष लामो राजनैतिक इतिहास केलाइरहेका छौं। नोभेम्बर ७मा हमासले सयौं रकेट प्रहार गर्दा १४०० इजरायली मारिएको दाबी इजरायल सरकारले गरेको थियो। पछि यो तथ्यांक सच्याउँदै १२०० मानिस मारिएको अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएको छ। गत शुक्रबार अल्पकालीन युद्धिवराम हुँदासम्म इजरायलले गाजामा मात्रै २० हजार भन्दा बढी प्यालेस्टिनीको हत्या गरेको छ, जसमा आठ हजार भन्दा धेरै बालबालिका छन् भने चार हजार भन्दा धेरै महिलाहरू छन्। युरो-मेड ह्युमन राइट्स मोनिटरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साढे सात्र लाख मानिस घरबारबिहिन भएका छन् भने ३६ हजार मानिस घाइते छन्। उक्त संस्थाका अनुसार मारिने २० हजारमध्ये १८ हजार चार सय मानिस सर्वसाधारण हुन् भने १६ सय मात्रै हमासका लडाकु हुन्।

    युद्धविरामपछि हमास र इजरायलबीच बन्दी रिहाबारे केही सहमति पनि भएको छ र हमासले नियन्त्रणमा लिएका केही बन्दीलाई मुक्त पनि गरेको छ। दु:खको कुरा चाहिँ, युद्ध सुरू हुनसाथ हमासले बन्दी बनाएका नेपाली युवा विपिन जोशीको अवस्थाबारे हामी अझै बेखबर छौं। आशा गरौं, उनी चाँडै रिहा हुने छन् !

    अहिलेको युद्ध सम्पूर्ण प्यालेस्टाइन र इजरायलबिचको होइन। यो युद्ध त प्यालेस्टाइनको एउटा सानो भू-भाग गाजामा शासन गरिरहेको हमास र इजरायलबीचको हो। हामी यो खण्डमा यही हमास कसरी जन्मियो र गाजाको शासनमा पुग्यो भन्ने विषय खोतल्ने छौं।

    यसअघिका खण्डमा हामीले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका ऐतिहासिक पहेलुहरू केलाएका थियौं। पहिलो भागमा हामीले इजरायली र प्यालेस्टिनी राष्ट्रवादको अवधारणा कहाँबाट सुरू भयो भन्ने हेरेका थियौं भने दोस्रो भागमा यहाँको महत्वपूर्ण सहर जेरूसलेम कसरी यहुदी, इशाई र इस्लाम धर्मावलम्बीको पवित्र स्थल बन्न पुग्यो भन्ने चर्चा गरेका थियौं। तेस्रो भागमा इस्लाम र इशाइको दुश्मनीका कारण भएको दुई सय वर्ष लामो त्रासद क्रुसेड र यसले निम्त्याएको परिणाम हेर्‍यौं। र, चौथो भागमा कट्टर यहुदी राष्ट्रवादका रूपमा ‘जिओनिज्म’ को उदय कसरी भयो र प्यालेस्टीनी भूमिमा यहुदी राष्ट्रका रूपमा इजरायलको स्थापना कसरी भयो भन्नेसम्म आइपुगेका थियौं। अब  यहीँबाट सुरू गरौं।

    यो पनि पढ्नुहोस्:  तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन 

    इजरायल-प्यालेस्टाइन युद्ध – १

    १९४७ नोभेम्बर २९मा अर्थात् आजभन्दा ठीक ७६ वर्ष अगाडि संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी भूमिमा यहुदी राज्यका रूपमा इजरायलको स्थापना गर्ने निर्णय गरेको थियो। जेरूसलेमलाई भने ‘कर्पस सेपरेटम’ अर्थात् विशेष कानुनी मान्यताप्राप्त स्वतन्त्र नगर-राज्यका रूपमा अन्तर्राष्ट्रिय प्रशासनमा राख्ने निर्णय भएको थियो। यही निर्णयमा टेकेर संसारको मानचित्रमा इजरायल नामको नयाँ देशको नक्सा थपियो। रैथाने अरब-प्यालेस्टीनीहरूलाई उनीहरूको घरबाट बेदखल गरेर आफ्नै देशबिहिन भूगोलमा शरणार्थी बनाइयो र आप्रवासीहरूका लागि देश बनाइयो। यो विभाजन बारे लेरी कोलिन र डोमिनिक लापियरे आफ्नो पुस्तक ओ जेरूसलेममा लेख्छन्, ‘यो निर्णयले प्यालेस्टाइनको ५७ प्रतिशत भूमि यहुदीहरूलाई दियो जहाँ अरब प्यालेस्टाइनको संख्या दुई तिहाई भन्दा धेरै थियो।’

    खासमा इजरायल स्थापनाको खबर फैलने बित्तिकै प्यालेस्टाइनमा हिंसा सुरू भएको थियो। करेन आर्म्सट्रङ र सिमोन सेवाग मोन्टेफिओरे दुवैको पुस्तकमा यो हिंसाको विस्तृत बयान पाइन्छ। डिसेम्बर महिनामा मात्रै लगभग एक हजार मानिस मारिएका थिए। १९३१मा नै कट्टर यहुदीवादीहरूले ‘इर्गन’ नामको भूमिगत अर्धसैन्यदस्ता खडा गरिसकेका थिए। उनीहरूको नेतृत्वमा अरब-प्यालेस्टिनीहरूमाथि निरन्तर हमला भइरहेको थियो भने राष्ट्रसंघको निर्णयले अरबहरूलाई यसै उत्तेजित बनाएकै थियो।

    १९४८ अप्रिल ९मा इर्गनले दिअर यासिन नामको ६०० जति मनिसहरू भएको गाउँमा मात्रै १०७ जनाको हत्या गरेको थियो। इर्गनको आतंकवादका कारण जापानाबाट मात्रै ७० हजार प्यालेस्टिनी विस्थापित भएका थिए। इर्गन लगायतका यहुदी कट्टरवादीहरूको अगुवाइमा भएको यो नरसंहारमा १९ लाख मध्ये ७ लाख ५० हजार अरब प्यालेस्टिनी विस्थापित भए र प्यालेस्टाइनका विभिन्न मस्जिद तथा जोर्डन, सिरिया र इजिप्टको सीमावर्ती क्षेत्रमा शरण लिन पुगेका थिए। प्यालेस्टिनीहरूले ‘नक्बा’ भनेर सम्झिने यो घटनामा १५ हजार प्यालेस्टाइनी मारिएका थिए। ५३० गाउँ ध्वस्त पारिएको थियो भने ७० स्थानमा योजनाबद्धरूपमा प्यालेस्टिनीहरूको नरसंहार गरिएको थियो। अरब प्यालेस्टिनी जनताले आफ्नो अधिकांश भूमाग गुमाउन पुगे, जसलाई इजरायलले कब्जा गर्‍यो।

    अरब प्यालेस्टिनीमाथिका यी हिंसात्मक घटनामा प्यालेस्टाइनमा शासन गरिरहेको बेलायतले कुनै पनि हस्तक्षेप गर्न चाहेन। यहाँबाट बहिर्गमन भइरहेको बेलायत यी सबै घटनामा मुकदर्शक मात्रै बनिरहेको थियो। सन् १९४८को मार्च १५मा बेलायतले औपचारिक रूपमा प्यालेस्टाइन छोड्यो र यसको दुई महिनापछि मे १४मा बेन गरियनले इजरायल स्थापनाको औपचारिक घोषणा गरे। यतिबेला संयुक्त राष्ट्र संघको टोली पनि जेरूसलेम पुगिसकेको थियो। यहाँ कतिबेला के हुने हो भन्ने कसैलाई थाहा थिएन। स्थिति अत्यन्तै उग्र भएको थियो। जेरूसलेमको यहुदी आवासबाट दुई हजार यहुदीहरूलाई निकालेर पश्चिम जेरूसलेममा पुर्‍याइयो भने पश्चिम जेरूसलेमका ३० हजार अरबलाई विस्थापित गरियो।

    यो पनि पढ्नुहोस्: तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म (इजरायल-प्यालेस्टाइन युद्ध २) 

    तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

     

    खासमा जोर्डनका राजा अबदल्लाह र यहुदी नेता बेन गरियन दुवैले जेरूसलेममाथिको दाबी छोडेनन्। अन्तत: जेरूसलेमलाई पूर्व र पश्चिम गरी विभाजित गरियो। पूर्वी जेरूसलेमसँगै वेस्ट ब्यांक जोर्डनले नियन्त्रणमा लियो। पश्चिमी जेरूसलेम बेन गरियनले नियन्त्रण गरे। १९४९मा जोर्डन र इजरायलले सम्झौता गरेर जेरूसलेम बाँडे भने अर्को वर्ष १९५० देखि संयुक्त राष्ट्रसघले पनि यसलाई वेवास्ता गर्‍यो। महासभाबाट पारित प्रस्ताव अनुसार जेरूसलेम अन्तर्राष्ट्रिय प्रशासनमा राख्न संयुक्त राष्ट्रसंघ असफल भयो, स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापनाको मुद्धाबारे कसैले चासो दिएन र यो त्यत्तिकै हराएर गयो। वेस्ट ब्यांक र पूर्वी जेरूसलेम बाहेक अन्यत्रका अरब प्यालेस्टाइन देशविहिन मानिस भए।

    स्थापनाको १९ वर्षपछि सन् १९६७मा इजरायलले पहिलो पटक ठूलो युद्धको सामना गर्नुपर्‍यो। यो युद्ध कसरी सुरू भएको थियो भन्ने बारेमा विभिन्न मत छन्। कतिपयले यसमा रसियाली गुप्तचरले सिरियालाई दिएको गलत सूचना कारण हो भन्ने दाबी गर्ने गरेका छन्। रसियाली गुप्चतरले इजरायलले सिरिया कब्जा गर्ने योजना बनाइरहेको सूचना सिरियालाई दिए। इजरायलको सम्भावित हमलाबाट त्रसित इजिप्टले एक लाख सेना सिनाइ प्रायद्विपमा उतार्‍यो र इजरायल जाने जहाजरूको बाटो अवरूद्ध गर्यो। यसपछि जोर्डन, इराक र लेबनान पनि इजरायलविरूद्ध युद्धमा उत्रिए। एक्लो इजरायलले एकसाथ पाँच मुलुकको हमला सामना गर्‍यो।

    स्थापनाको १९औं वर्ष मात्रै भएको र आप्रवासीहरूको बाहुल्य रहेको इजरायल नाटकिय रूपमा यो युद्धमा विजयी भयो। इजरायलले जोर्डनको नियन्त्रणमा भएको जेरूसलेम, वेस्ट ब्यांक तथा इजिप्टको नियन्त्रणमा रहेको गाजा र सिनाइ तथा सिरिया प्रशासित गोलन हाइट कब्जा गर्यो। तर, पछि सिनाइ प्रायद्वीप भने इजिप्टलाई फिर्ता गर्‍यो। पूर्वी जेरूसलेम अहिलेसम्म पनि विवादित क्षेत्रका रूपमा रहेको छ। प्यालेस्टाइनले आफ्नो राजधानी दाबी गर्ने पूर्वी जेरूसलेममाथि इजरायलकै नियन्त्रण छ। १९७३मा इजिप्ट र सिरियाले फेरि इजरायलमाथि आक्रमण गरे। इजिप्ट र सिरियालाई अफ्रिका र पश्चिम एसियाका अरू अरब राष्ट्रहरूले पनि साथ दिएका थिए। यसपटक इजिप्टले स्वेज नहर आफ्नो एकल नियन्त्रणमा लिन सफल भयो भने इजरायलले थप भूमि कब्जा गर्‍यो। सबैभन्दा महत्वपूर्णचाहिँ अरब प्यालेस्टिनी जनतामा यो युद्धले आशाको सञ्चार गराएको थियो।

    सन् १९५९मा यासिर अराफतको नेतृत्वमा प्रवासबाटै स्वतन्त्र प्यालेस्टाइन राष्ट्रिय स्वतन्त्रता आन्दोलन सुरू भएको थियो, जसलाई छोटकरीमा फतह भनिन्छ। पछि फतह एउटा पार्टीको रूपमा रूपान्तरण भयो। १९६७मा इजरायलले जेरूसलेम कब्जा गरिसकेपछि फतहले सशस्त्र प्रतिरोध गरेको थियो। यसक्रममा जेरूसलेम सहरमा लगातार हिंसात्मक घटना हुने गरेका थिए। १९६९मा प्यालेस्टाइन मुक्ति संगठन (पिएलओ) मा आबद्ध हुनुअघि अराफतको नेतृत्वमा लगातार हिसांत्मक घटना भइरहेका थिए। तर, यो आन्दोलन स्वतन्त्र प्यालेस्टाइन निर्माणको दिशामा उनीहरूलाई अघि बढाइरहेको थिएन।

    फतह स्थापना भएको पाँच वर्षपछि सन् १९६४मा इजिप्टका राष्ट्रपति गमल अब्देल नासेरको अग्रसरतामा कायरोमा प्यालेस्टाइन मुक्ति संगठन गठन भएको थियो। यो संगठनले भने स्वतन्त्र प्यालेस्टाइन स्थापना तथा अरब प्यालेस्टिनी जनताको कल्याणका लागि शान्तिपूर्ण प्रयास जारी राखेको थियो। १९६९मा फतह पनि पिएलओसँग सम्बद्ध भयो र यासिर यो संगठनको प्रमुख बने। त्यसैबेलादेखि प्यालेस्टिनी जनताको आधिकारिक प्रतिनिधित्व पिएलओले गर्दै आएको छ र यसलाई अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त छ।

    यो पनि पढ्नुहोस्:  इजरायल-प्यालेस्टाइन युद्ध ३ – १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा 

    १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा

     

     

    यासिर अराफतको नेतृत्वमा इजरायलको अस्तित्व स्वीकार्दै दुई राज्यको समाधान खोज्ने दिशामा महत्वपूर्ण काम भयो। सन् १९९३मा नर्बेको मध्यस्थतामा इजरायल सरकार र प्यालेस्टाइन मुक्ति संगठनबीच वार्ता भएको थियो र पहिलो ओस्लो सम्झौता भएको थियो। यसपछि सन् १९९५मा दोस्रो ओस्लो सम्झौता भयो। पहिलो ओस्लो सम्झौता लगत्तै सन् १९९४मा यासिर अराफातलाई यही सम्झौताका लागि तयार भएबापत शान्तिका लागि नोबल पुरस्कार समेत दिइयो।

    ओस्लो सम्झौताले समाधानको दिशा देखाएको थियो तर त्यसले अरब प्यालेस्टाइनमाथि भएको ऐतिहासिक अन्यायको लेखाजोखा गरेको थिएन। न उनीहरूलाई न्यायको प्रस्ताव नै गरेको थियो। के न्याय बिनाको समाधान उचित हुन्छ त ? ओस्लो सम्झौतामाथि यो प्रश्न उठीरहन्छ। न्यायसहित अप्राप्य आदर्श समाधानको तृष्णा भन्दा व्यवहारिक समाधान नै  उचित होइन र? भन्ने तर्क पनि सँगै आउने गरेको छ। त्यसैले, ओस्लो सम्झौताको दुर्गुण र सद्गुण भन्न सजिलो छ तर यो ठीक थियो कि थिएन भन्ने फैसला गर्न उत्ति नै कठीन छ।

    जे भए पनि ओस्लो सम्झौताले स्वतन्त्र प्यालेस्टाइनको स्थापना र दीर्घकालिन शान्तिको प्रस्ताव गरेको थियो। तर, हिंसाको अर्को चक्रको सुरूवात त्यसअघि नै भइसेको थियो।

    सन् १९२८मा एकजना इजिप्सियन शिक्षक हसन अल-बन्नाको नेतृत्वमा मुस्लिम ब्रदरहुड नामक संगठनको जन्म भएको थियो। सुरूवातमा यसको उद्देश्य इजिप्टलाई बेलायती उपनिवेशबाट मुक्त गर्नु थियो। यसबाहेक इजिप्टमा इस्लिमिक धर्मिक शिक्षा दिने र समाजसेवाका अन्य काम पनि उनीहरूसँगसँगै गरिरहेका थिए। प्यालेस्टाइनमा पनि मुस्लिम ब्रदरहुडको राम्रो पकड थियो। कठोर यहुदी-विरोधी दृष्टिकोण बोक्ने यो संगठनले १९४७ देखि नै इजरायल स्थापना र प्यालेस्टाइनमा संयुक्त राष्ट्रसंघको सक्रियताको विरोध गरेको थियो। र, प्यालेस्टिनीहरूलाई संगठित र परिचालित गर्न पनि सक्रिय थियो।

    सन् १९८७मा प्यालेस्टिनी जनताले इजरायल विरूद्ध विद्रोहको विगुल फुकेका थिए-जसलाई पहिलो इन्तिफादा भनिन्छ। यसमा फतह लगायतका प्यालेस्टिनी संगठनहरू सक्रिय थिए। यो इन्तिफादा १९९५ सम्म चलेको थियो। यही आन्दोलनको दबावमा ओस्लो सम्झौता भएको थियो।

    मुस्लिम ब्रदरहुडमा सक्रिय प्यालेस्टिनी शरणार्थी अहमद हसन यासिनले पहिलो इन्तिफादा सुरू भएकै वर्ष कट्टरपन्थी इस्लाकिक संगठन इस्लिमक प्रतिरोध आन्दोलन (हमास) स्थापना गरेका थिए। हमासको उद्देश्य नै सशस्त्र विद्रोह मार्फत सम्पूर्ण प्यालेस्टाइनलाई स्वतन्त्र गर्नु र इजरायलाई नामेट पार्नु रहेको छ। हमासको सशस्त्र गतिविधिपछि ओस्लो सम्झौताले शान्तिको बाटो खोल्ने जुन अपेक्षा थियो, त्यो पुरा भएन। बरू हमासले बेलाबेला गर्ने रकेट आक्रमणले इजरायललाई अरब-प्यालेस्टिनीमाथि ज्यादती गर्ने बाटो खोलेको छ।

    सुरूवातमै हमास स्थापनालाई इजरायल र इजरायलको पक्षमा रहेको अमेरिकाले बामपन्थी झुकाव रहेको प्यालेस्टाइन मुक्ति संगठन र यसको बढ्दो विश्वव्यापी प्रभाव कम गर्ने अवसरका रूपमा बुझेका थिए। विकिलिक्सले सार्वजनिक गरेका विभिन्न गोप्य दस्तावेजले सुरूवातमा इजरायल आफैंले हमासलाई संरक्षण र सहयोग पुर्‍याएको खुलासा गरेका छन्।

    सन् २००६मा भएको प्यालेस्टाइन मुक्ति संगठनको चुनावमा हमासले बहुमत सिट जित्यो। तर, यासिर अराफतको पार्टी फतह र हमास सत्ता साझेदारीको सम्झौतामा पुग्न सकेनन्। उनीहरूबीच नै द्वन्द्व सिर्जना भयो। यसले प्यालेस्टाइनको स्वतन्त्रता आन्दोलनलाई गहिरो क्षति पुर्‍यायो। फतह र हमासबीचको द्वन्द्व अहिले पनि जारी छ। सन् २००७पछि हमासले गाजा आफ्नो पकडमा राखेको छ र यहाँको प्रशासन पनि उसकै हातमा छ। वेस्ट ब्यांकको प्रशासन र प्यालेस्टाइन मुक्ति संगठन भने फतहको नेतृत्वमा छ।

    यो पनि पढ्नुहोस्: प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना 

    प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना

     

    हमासले बेलाबेला इजरायलमा रकेट प्रहार गरिरहेको हुन्छ। अधिकांश रकेट आक्रमणले इजरायलमा कुनै क्षति पुर्‍याउँदैन तर यदाकदा एकदुई जनाको मृत्यु हुने गरेको छ। यसको जवाफमा इजरायलले वेस्ट ब्यांक, पूर्वी जेरूसलेम र गाजा सबैतिरबाट प्यालेस्टिनी नागरिकलाई पक्राउ गर्ने, कुटपिट वा हत्या गर्ने गरेको छ। पहिलो इन्तिफादादेखि नै इजरायलमाथि ढुङ्गा प्रहार प्यालेस्टिनी प्रतिरोधको संकेत बनेको छ। इजरायली सेना वा प्रहरीले ढुंगा हानेकै आरोपमा प्यालेस्टिनीको छातीमा गोली दाग्ने गरेको छ। चर्चित प्रवासी प्यालेस्टिनी विद्वान एडवर्ड सइद आफैं प्यालेस्टाइन आउँदा इजरायल तर्फ ढुंगा हानेका थिए।

    त्यसैले, प्यालेस्टिनी कवि दरिन तेटौर भनिरहन्छिन्, ‘प्यालेस्टाइन एउटा खुला जेल हो।’

    उनलाई ‘प्रतिरोधको गीत’ शिर्षकको एउटा कविताकै कारण इजरायलले महिनौं जेल र वर्षौं नजरबन्द गरेको थियो।

    ७० लाख भन्दा धेरै प्यालेस्टिनीहरू शरणार्थी जीवन बिताइरहेका छन्। यो संख्या झन्डै हाम्रो देशको सम्पूर्ण जनसंख्याको एक चौथाइ हो।

    यसपटकको इजरायल-हमास युद्धले शरणार्थीको संख्या थप बढाउने छ। रूपमा साढे १७ लाख मानिसहरू आन्तरिक शरणार्थी भएका छन्। अहिले जारी युद्धविराम लम्बिएन र फेरि युद्ध सुरू भयो भने यो संख्या झन् बढ्ने छ।

    खासमा हमासले अक्टोबार ७मा किन इजरायलमाथि त्यति ठूलो स्तरको आक्रमण गर्‍यो भन्ने अनुमान गर्न कठिन छ। सम्भवत: बेन्जामिन नेतान्याहुलाई सत्तामा राख्न चाहने पश्चिमा शक्तिको उक्साहट र रसियाको भरथेग गर्ने आश्वासन दुवैले हमासमा आत्मविश्वास बढाएको हुनसक्छ। तर, कारण यही हो भन्ने गरी सूचना बाहिर आएको छैन।

    १९९६देखि १९९९सम्म प्रधानमन्त्री र यसअघि पटकपटक विदेश मन्त्री भएका नेतान्याहु सन् २००९ यता प्रधानमन्त्री छन्। तर, पछिल्ला वर्षहरूमा उनको राजनीतिक प्रभाव खुम्चिँदो छ। प्राविधिक रूपमा सत्ता बचाउन सफल भए पनि उनको लोकप्रीयता घट्दो छ। उनलाई पश्चिमा मिडियाले नरम दक्षिणपन्थीको विशेषण भिराउने गरेका छन्। उनी प्रष्ट रुपमा ‘जिओनिस्ट’ नेता हुन् र सकेसम्म सत्ता-शक्तिबाहिर नबस्ने दक्षिणपन्थी प्रवृत्ति उनले प्रष्ट देखाएका छन्। त्यसैले, प्यालेस्टाइनमाथिको अहिलेको नरसंहारले ‘जिओनिस्ट’ मतदातामा उनको प्रभाव बलियो बनाएको छ।

    इजरायलको आन्तरिक राजनीति र अमेरिकाको आन्तरिक राजनीति एकआपसमा जोडिएको छ। अमेरिकी नीतिले इजरायल प्रभावित हुनु त स्वभाविक मान्न सकिएला तर इजरायली नीतिले अमेरिकाको आफ्नै राजनीतिमा पनि महत्वपूर्ण प्रभाव पार्छ। अमेरिकाका शक्तिशाली दबाव समूहहरूमध्ये ‘यहुदी स्वार्थ समूह’ (ज्युज लबि ग्रुप) सबैभन्दा शक्तिशाली मानिन्छ, जसले अमेरिकाको इजरायल नीति नियन्त्रणमा नै राख्ने गरेको छ। त्यसैले, उनीहरूले अहिलेको युद्ध र नेतान्याहुको निरन्तरता चाहेको अमेरिकाले इजरायललाई दिएको आडभरोस र आर्थिक-सामरिक सहयोगबाट नै बुझ्न सकिन्छ। अमेरिकी ‘मिल्ट्री-इन्ड्रस्ट्रियल कम्पलेक्स’मा पनि यहुदीहरूको उल्लेख्य प्रभाव छ। यसको प्रत्यक्ष प्रभाव अमेरिकाको इजरायल नीतिमा पर्छ।

    अर्कोतर्फ, युक्रेन युद्धको दबाव झेलिरहेको रसियाले यसलाई अमेरिकाको ध्यान अर्कोतर्फ मोड्ने अवसरका रूपमा बुझेको हुनसक्छ। युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले इजरायल-हमास युद्ध सुरू हुनेबित्तिकै अमेरिका र युरोपको ध्यान इजरायलमा केन्द्रीत हुँदा युक्रेन समस्यामा पर्ने चिन्ता जाहेर गरेका थिए। अहिले प्रत्यक्ष-परोक्ष रूपमा अमेरिकाले युक्रेनलाई रसियासँग सम्झौता गर्न दबाव दिइरहेको छ। यो हिसाबकिताब रसियाले पक्कै गरेको हुनुपर्छ।

    हमासले इजरायलमाथि गरेको आक्रमण अप्रत्याशित देखिन्छ। तर, कम्तीमा इजरायलको गुप्चतर निकाय मोसाद र प्रधानमन्त्री नेतान्याहु यसबारे जानकार नै देखिन्छन्। त्यसैले, नेतान्याहुले हमासको आक्रमणलाई प्यालेस्टिनी जनताको नरसंहारको अवसरको रूपमा पर्खेर बसेको र यसलाई आफ्नो राजनीतिक फाइदाका रूपमा बुझेको प्रष्ट छ।

    यो द्वन्द्व तत्काल समाधान हुने संकेत देखिँदैन। बरू, अझ जटिल हुँदै जानसक्छ। स्वतन्त्र प्यालेस्टाइनको र शान्तिपूर्ण प्यालेस्टाइन दुवै अझै टाढको सपनाजस्तो देखिन्छ।

     

    थप पढ्नुहोस्:

    मध्यपूर्वको समस्या र इरानी रणनीति

    हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

    इजराइल-प्यालेस्टिन विवादमा भारत किन फुकी फुकी कदम चाल्दैछ?

    प्यालेस्टिनी जनता विरुद्ध बर्बरतापूर्ण युद्ध

    इजरायल–प्यालेस्टाइन युद्धका मुख्य कारणहरू

    तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन 

    तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म 

    १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा

    प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.