Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विमर्शका लागि

संसद पुनःस्थापनाले मात्रै ढुक्क हुने अवस्था छैन

by जयपुरी घर्ती
February 28, 2021
- विमर्शका लागि
संसद पुनःस्थापनाले मात्रै ढुक्क हुने अवस्था छैन
Share on FacebookShare on TwitterEmail

सर्वोच्च अदालतले संविधान, जनता र लोकतन्त्रको पक्षमा संसद पुनस्थापनको फैसला गरेको छ । यसको लागि म सर्वोच्च अदालतलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो संविधान नेपाली जनताले धेरै ठूलो क्रान्ति गरेर ल्याएको हो । नेपालमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको कारणले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । नयाँ संविधान बन्यो र यो कार्यन्वयन गर्ने बेला एक÷दुई जना व्यक्तिले संविधान र प्रणालीलाई नै ध्वस्त पार्ने र जनताले दिएको मतको अपमान गर्ने काम गरेका छन् । यो नेपाली इतिहासमा सबैभन्दा कालो घडी हो । तर सर्वोच्चको फैसलाले नेपाली जनता, पार्टीहरू र नागरिक समाज खुशी छन् ।

यो संसद पुनस्र्थापना हुनु भनेको संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा हो । त्यसकारण सबै नेपाली जनतालाई म खुशीका साथ बधाई दिन चाहन्छु । आगामी दिनमा यही संविधानमा टेकेर नयाँ नेपाल बनाउन अगाडि बढ्नेछौँ । यसका लािग हामी सबै नेपाली एक भएर अगाडि बढ्नुपर्छ ।

‘संघर्ष चलिरहन्छ’

संसद पुनस्र्थापना हुनुमात्रै हाम्रो लक्ष्य होइन । जनताको राज्यसत्ता लिनेगरी निरन्तर क्रान्तिको सिद्धान्त अनुसार हामी अगाडि बढ्नुपर्छ । जनताको राज्यसत्ता लिनु छ र नेपाललाई समृद्ध बनाएर अगाडि बढ्नु छ । समाजवादमा जानका लागि आधार तयार पार्नुपर्ने छ । यो बीचमा खड्गप्रसाद ओली प्रवृत्तिहरूले धोका दिन सक्छन् । त्यो प्रवृत्ति र त्यतिबेला आउने समस्याविरुद्ध फेरि पनि हामीले संघर्ष गर्नुपर्छ ।

यो त एउटा संकेत हो, हामीले कमसेकम संविधान जोगायौँ । हामीले व्यवस्था र लोकतन्त्र जोगाएका छौँ । तर यसको रक्षा, निकास र यसलाई अगाडि बढाउनका लागि निरन्तर संघर्ष गरिरहनुपर्छ । खड्गप्रसाद ओलीका जस्ता सोचाई र चिन्तनहरूका विरुद्ध आन्तरिक र बाह्य रुपमा संघर्ष गर्नैपर्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनभित्र खड्ग प्रसाद ओली प्रवृत्ति जन्मिएजस्तै, यो समस्या विश्व कम्युनिष्ट आन्दोलनमा पनि देखिएको छ । त्यसैले यसलाई कुनै अनौठो मान्नु छैन । जसले कम्युनिष्ट आन्दोलनमार्फत जनताको अधिकार सुनिश्चित गरेर अगाडि बढछ, त्यसलाई हामीले साथ दिने हो र त्यसलाई नै हामीले नेतृत्व मान्ने हो ।

नेपाली जनताले दिएको बहुमतको आधारमा अहिलेको सरकार बनेको थियो । बहुमतको सरकार बनेर नेपाललाई विकास गर्दै समाजवादतर्फ जाने जो लक्ष्य लिइएको थियो, यसमा कुठाराघात भयो । आगामी दिनमा पनि त्यस्ता प्रवृत्तिहरू जन्मिए भने त्यसविरुद्ध हामी फेरि लड्छौँ ।

‘व्यक्तिवादी सोचलाई परास्त गर्नुपर्छ’

नेपाली जनताको संघर्ष र क्रान्तिपछि नयाँ राज्यसत्ता स्थापना गर्ने क्रममा एक व्यक्तिको सनकको भरमा त्यसलाई ढलाउने काम भयो । यो विडम्बना हो । केपी ओलीमा व्यक्तिवादी चिन्तन हावी भएकाले यो समस्या उत्पन्न भएको हो । त्यसकारण नेतृत्वमा विचार र दृष्टिकोण नै स्पष्ट हुनुपर्छ ।

जब मान्छेहरूमा नितान्त निजी तथा व्यक्तिवादी सोचहरू आउँछन्, नितान्त आफूबाहेक अरु कोही होइन भन्ने दम्भ र घमण्ड पलाउँछ । त्यसले गर्दा त्यस्ता व्यक्ति जनताको विपक्षमा उभिन्छन् । त्यसकारण हाम्रो कम्युनिष्ट पार्टी र आन्दोलनभित्र चरम व्यक्तिवादी सोच र चिन्तन छ, त्यसलाई परास्त गरियो भने मात्रै देशलाई भनेको जस्ता ढंगले अगाडि बढाउन सक्छौँ ।

नेपाललाई कम्युनिष्ट पार्टीले नै ठिक ढंगले अगाडि बढाउन सक्छन् भन्ने मेरो धारण हो । ओलीले संसद विघटन गरेर जुन प्रतिगामी कदम चाले, त्यसपछि कम्युनिष्ट पार्टीमा दुई कित्ता देखियो । क्रान्ति गरेका र आन्दोलन गर्ने बेला दुःख कष्ट भोगेका जनता अहिले एकातिर छन् । तर एकदम ‘भुँइफुट्टे’हरू अर्कोतिर छन् ।

विचार र राजनीतिका हिसाबले छलफल र विवाद हुनुपर्छ । कमसेकम नेपाली जनता हाम्रा हुन्, कम्युनिष्ट पार्टी हाम्रो हो र नेपाल हाम्रो हो भन्न सक्नुप¥यो । मेरो मात्रै हो भनेपछि त्यो ‘मेरो’ ले उल्टो दिशातिर लैजान्छ । त्यसकारण राजनीतिक दलहरूले नेपाल हाम्रो हो, नेपाली जनता हाम्रा हुन् र कम्युनिष्ट पार्टी हाम्रो हो भन्ने धारणाको विकास गर्न जरुरी छ । हाम्रो पार्टीभित्र गुट उपगुटहरू छन्, तिनले प्रतिगमन तर्फ नै लान्छन् । त्यसैले हामीले ‘हाम्रो’ भन्ने भावनाको विकास गर्नुपर्छ । यो चेतना, विचार र सोचाईको विकास गरेर नेपाललाई अगाडि बढाउनुछ ।

पार्टीमा ओली प्रवृत्ति

पार्टीभित्र अझैपनि ओली प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई बेलैमा चिनेर हामीले ठिक ढंगले किनारा लगाउनुपर्छ । त्यो प्रवृत्ति र सोचहरूलाई बढार्नुपर्छ । त्यसलाई बढारिसके त्यस्ता खालका प्रवृत्ति र सोचहरूबाट बच्न सक्छौँ । कम्युनिष्ट पार्टी र नेपाललाई बचाउन सक्छौँ । जनताको पक्षमा काम गर्न सक्छौँ ।

समाजमा अरुपनि प्रतिगमन छन्, तिनले अरु ओली जन्माउन सक्छन् र त्यसविरुद्ध निरन्तर संघर्ष गरिरहनुपर्छ भन्ने नागरिक समाजको विश्लेषणलाई हामी अन्यथा मान्दैनौँ । किनकी उहाहरूले नेपाली समाज र नेपालको राज्यसत्ता परिवर्तनको प्रक्रियालाई देखेर विश्लेषण गर्नुभएको छ ।

हामी अहिले नै ढुक्क हुने अवस्था छैन । हामीले हिजो ४६ सालमा एउटा उपलब्धि प्राप्त ग¥यौँ, त्यसमाथि विस्तारै प्रहार हुनथाल्यो र जनयुद्ध गर्नुप-यो । जनयुद्ध र जनआन्दोलनपछि हामीले राज्यसत्ता प्राप्त ग-यौँ, अहिले फेरि यस्तो भयो, त्यसमा हामी सजग छौँ । जतिबेला त्यस्ता खराब चिन्तन र प्रवृत्तिहरू आउँछन्, त्यतिबेला हामीले संघर्ष गरिरहनुपर्ने हुन्छ ।

‘मन्त्री पद नै छोडेकी थिएँ’

मैले जीवनमा सबैभन्दा निरन्तर संघर्ष गर्ने भनेको उत्पीडितहरूका लागि हो । पहिलो कुरा उत्पीडित वर्गको रुपमा छु । दोस्रो कुरा उत्पीडित लिंग, जात र क्षेत्रको पक्षमा छु । यही कारणले ३३ प्रतिशत महिलालाई क्याविनेटमा नलैँजादा मैले मन्त्री पद नै छोडेकी थिएँ । त्यसकारण उत्पीडितको पक्षमा म निरन्तर अगाडि बढ्छु, संघर्ष गर्छु, पार्टीभित्र कुरा उठाइरहेको छु र उठाइरहन्छु ।

हाम्रो पार्टीले जुन अधिकारहरू ल्याएको छ र संविधानले जुन जुन अधिकारहरू सुनिश्चित गरेको छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ । मजदुरदेखि लिएर सबै उत्पीडितहरूको अधिकार संविधानमा लेखिएको छ, तर संविधानमा लेखिएको अधिकार कार्यान्वयन भएको छैन । संविधान ध्वस्त भइसकेको अवस्थामा हामीले यसको रक्षा ग¥यौँ । त्यसैले अब संविधान कार्यान्वयन गर्नका लागि हामी निरन्तर आवाज उठाउँछौँ, छलफल गर्छौ र संघर्ष गरिरहन्छौँ ।

उत्पीडित वर्गका लागि पार्टीभित्र पनि हामीले निरन्तररुपमा आवाज उठाइरहेका छौँ । गलत ढंगले आउने सोचाईहरू, जसका कारण संविधान कार्यान्वयनतर्फ जान सकिदैन र जसले जनताको अधिकार खोस्छ, त्यस्ता मानसिकताविरुद्ध हामी पार्टीभित्र र बाहिर निरन्तर संघर्ष गरिरहन्छौँ । भित्र वैचारिक र नीतिगत संघर्ष हुन्छ भने बाहिर हामी अर्को ढंगले संघर्ष गर्छौ। बाहिर वर्ग संघर्ष र भित्र अन्तरसंघर्ष हुन्छ । त्यसकारण यो संघर्ष निरन्तर रुपले अगाडि बढाउँछौँ ।

संसद पुनस्र्थापनापछिको यो समय हाम्रो खुशीको समय हो । पुष ५ गते कालो दिन थियो भने फागुन ११ गते उज्यालो दिन हो । त्यसकारण देश भित्र र बाहिर रहने सबै नेपालीलाई धन्यवाद र बधाई दिन चाहन्छु । तर असमानताविरुद्धको लडाईं एकै दिन सकिन्नँ, लडाईं अझै बाँकी छ ।

भिडियो –

(नेपाल रिडर्सका लागि नेता घर्तीसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित ।)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
जयपुरी घर्ती

जयपुरी घर्ती

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.