Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संसद पुनःस्थापनाले मात्रै ढुक्क हुने अवस्था छैन

जयपुरी घर्ती जयपुरी घर्ती
फाल्गुन १६, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्वोच्च अदालतले संविधान, जनता र लोकतन्त्रको पक्षमा संसद पुनस्थापनको फैसला गरेको छ । यसको लागि म सर्वोच्च अदालतलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो संविधान नेपाली जनताले धेरै ठूलो क्रान्ति गरेर ल्याएको हो । नेपालमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको कारणले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । नयाँ संविधान बन्यो र यो कार्यन्वयन गर्ने बेला एक÷दुई जना व्यक्तिले संविधान र प्रणालीलाई नै ध्वस्त पार्ने र जनताले दिएको मतको अपमान गर्ने काम गरेका छन् । यो नेपाली इतिहासमा सबैभन्दा कालो घडी हो । तर सर्वोच्चको फैसलाले नेपाली जनता, पार्टीहरू र नागरिक समाज खुशी छन् ।

    यो संसद पुनस्र्थापना हुनु भनेको संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा हो । त्यसकारण सबै नेपाली जनतालाई म खुशीका साथ बधाई दिन चाहन्छु । आगामी दिनमा यही संविधानमा टेकेर नयाँ नेपाल बनाउन अगाडि बढ्नेछौँ । यसका लािग हामी सबै नेपाली एक भएर अगाडि बढ्नुपर्छ ।

    ‘संघर्ष चलिरहन्छ’

    संसद पुनस्र्थापना हुनुमात्रै हाम्रो लक्ष्य होइन । जनताको राज्यसत्ता लिनेगरी निरन्तर क्रान्तिको सिद्धान्त अनुसार हामी अगाडि बढ्नुपर्छ । जनताको राज्यसत्ता लिनु छ र नेपाललाई समृद्ध बनाएर अगाडि बढ्नु छ । समाजवादमा जानका लागि आधार तयार पार्नुपर्ने छ । यो बीचमा खड्गप्रसाद ओली प्रवृत्तिहरूले धोका दिन सक्छन् । त्यो प्रवृत्ति र त्यतिबेला आउने समस्याविरुद्ध फेरि पनि हामीले संघर्ष गर्नुपर्छ ।

    यो त एउटा संकेत हो, हामीले कमसेकम संविधान जोगायौँ । हामीले व्यवस्था र लोकतन्त्र जोगाएका छौँ । तर यसको रक्षा, निकास र यसलाई अगाडि बढाउनका लागि निरन्तर संघर्ष गरिरहनुपर्छ । खड्गप्रसाद ओलीका जस्ता सोचाई र चिन्तनहरूका विरुद्ध आन्तरिक र बाह्य रुपमा संघर्ष गर्नैपर्छ ।

    नेपालको कम्युनिष्ट आन्दोलनभित्र खड्ग प्रसाद ओली प्रवृत्ति जन्मिएजस्तै, यो समस्या विश्व कम्युनिष्ट आन्दोलनमा पनि देखिएको छ । त्यसैले यसलाई कुनै अनौठो मान्नु छैन । जसले कम्युनिष्ट आन्दोलनमार्फत जनताको अधिकार सुनिश्चित गरेर अगाडि बढछ, त्यसलाई हामीले साथ दिने हो र त्यसलाई नै हामीले नेतृत्व मान्ने हो ।

    नेपाली जनताले दिएको बहुमतको आधारमा अहिलेको सरकार बनेको थियो । बहुमतको सरकार बनेर नेपाललाई विकास गर्दै समाजवादतर्फ जाने जो लक्ष्य लिइएको थियो, यसमा कुठाराघात भयो । आगामी दिनमा पनि त्यस्ता प्रवृत्तिहरू जन्मिए भने त्यसविरुद्ध हामी फेरि लड्छौँ ।

    ‘व्यक्तिवादी सोचलाई परास्त गर्नुपर्छ’

    नेपाली जनताको संघर्ष र क्रान्तिपछि नयाँ राज्यसत्ता स्थापना गर्ने क्रममा एक व्यक्तिको सनकको भरमा त्यसलाई ढलाउने काम भयो । यो विडम्बना हो । केपी ओलीमा व्यक्तिवादी चिन्तन हावी भएकाले यो समस्या उत्पन्न भएको हो । त्यसकारण नेतृत्वमा विचार र दृष्टिकोण नै स्पष्ट हुनुपर्छ ।

    जब मान्छेहरूमा नितान्त निजी तथा व्यक्तिवादी सोचहरू आउँछन्, नितान्त आफूबाहेक अरु कोही होइन भन्ने दम्भ र घमण्ड पलाउँछ । त्यसले गर्दा त्यस्ता व्यक्ति जनताको विपक्षमा उभिन्छन् । त्यसकारण हाम्रो कम्युनिष्ट पार्टी र आन्दोलनभित्र चरम व्यक्तिवादी सोच र चिन्तन छ, त्यसलाई परास्त गरियो भने मात्रै देशलाई भनेको जस्ता ढंगले अगाडि बढाउन सक्छौँ ।

    नेपाललाई कम्युनिष्ट पार्टीले नै ठिक ढंगले अगाडि बढाउन सक्छन् भन्ने मेरो धारण हो । ओलीले संसद विघटन गरेर जुन प्रतिगामी कदम चाले, त्यसपछि कम्युनिष्ट पार्टीमा दुई कित्ता देखियो । क्रान्ति गरेका र आन्दोलन गर्ने बेला दुःख कष्ट भोगेका जनता अहिले एकातिर छन् । तर एकदम ‘भुँइफुट्टे’हरू अर्कोतिर छन् ।

    विचार र राजनीतिका हिसाबले छलफल र विवाद हुनुपर्छ । कमसेकम नेपाली जनता हाम्रा हुन्, कम्युनिष्ट पार्टी हाम्रो हो र नेपाल हाम्रो हो भन्न सक्नुप¥यो । मेरो मात्रै हो भनेपछि त्यो ‘मेरो’ ले उल्टो दिशातिर लैजान्छ । त्यसकारण राजनीतिक दलहरूले नेपाल हाम्रो हो, नेपाली जनता हाम्रा हुन् र कम्युनिष्ट पार्टी हाम्रो हो भन्ने धारणाको विकास गर्न जरुरी छ । हाम्रो पार्टीभित्र गुट उपगुटहरू छन्, तिनले प्रतिगमन तर्फ नै लान्छन् । त्यसैले हामीले ‘हाम्रो’ भन्ने भावनाको विकास गर्नुपर्छ । यो चेतना, विचार र सोचाईको विकास गरेर नेपाललाई अगाडि बढाउनुछ ।

    पार्टीमा ओली प्रवृत्ति

    पार्टीभित्र अझैपनि ओली प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई बेलैमा चिनेर हामीले ठिक ढंगले किनारा लगाउनुपर्छ । त्यो प्रवृत्ति र सोचहरूलाई बढार्नुपर्छ । त्यसलाई बढारिसके त्यस्ता खालका प्रवृत्ति र सोचहरूबाट बच्न सक्छौँ । कम्युनिष्ट पार्टी र नेपाललाई बचाउन सक्छौँ । जनताको पक्षमा काम गर्न सक्छौँ ।

    समाजमा अरुपनि प्रतिगमन छन्, तिनले अरु ओली जन्माउन सक्छन् र त्यसविरुद्ध निरन्तर संघर्ष गरिरहनुपर्छ भन्ने नागरिक समाजको विश्लेषणलाई हामी अन्यथा मान्दैनौँ । किनकी उहाहरूले नेपाली समाज र नेपालको राज्यसत्ता परिवर्तनको प्रक्रियालाई देखेर विश्लेषण गर्नुभएको छ ।

    हामी अहिले नै ढुक्क हुने अवस्था छैन । हामीले हिजो ४६ सालमा एउटा उपलब्धि प्राप्त ग¥यौँ, त्यसमाथि विस्तारै प्रहार हुनथाल्यो र जनयुद्ध गर्नुप-यो । जनयुद्ध र जनआन्दोलनपछि हामीले राज्यसत्ता प्राप्त ग-यौँ, अहिले फेरि यस्तो भयो, त्यसमा हामी सजग छौँ । जतिबेला त्यस्ता खराब चिन्तन र प्रवृत्तिहरू आउँछन्, त्यतिबेला हामीले संघर्ष गरिरहनुपर्ने हुन्छ ।

    ‘मन्त्री पद नै छोडेकी थिएँ’

    मैले जीवनमा सबैभन्दा निरन्तर संघर्ष गर्ने भनेको उत्पीडितहरूका लागि हो । पहिलो कुरा उत्पीडित वर्गको रुपमा छु । दोस्रो कुरा उत्पीडित लिंग, जात र क्षेत्रको पक्षमा छु । यही कारणले ३३ प्रतिशत महिलालाई क्याविनेटमा नलैँजादा मैले मन्त्री पद नै छोडेकी थिएँ । त्यसकारण उत्पीडितको पक्षमा म निरन्तर अगाडि बढ्छु, संघर्ष गर्छु, पार्टीभित्र कुरा उठाइरहेको छु र उठाइरहन्छु ।

    हाम्रो पार्टीले जुन अधिकारहरू ल्याएको छ र संविधानले जुन जुन अधिकारहरू सुनिश्चित गरेको छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ । मजदुरदेखि लिएर सबै उत्पीडितहरूको अधिकार संविधानमा लेखिएको छ, तर संविधानमा लेखिएको अधिकार कार्यान्वयन भएको छैन । संविधान ध्वस्त भइसकेको अवस्थामा हामीले यसको रक्षा ग¥यौँ । त्यसैले अब संविधान कार्यान्वयन गर्नका लागि हामी निरन्तर आवाज उठाउँछौँ, छलफल गर्छौ र संघर्ष गरिरहन्छौँ ।

    उत्पीडित वर्गका लागि पार्टीभित्र पनि हामीले निरन्तररुपमा आवाज उठाइरहेका छौँ । गलत ढंगले आउने सोचाईहरू, जसका कारण संविधान कार्यान्वयनतर्फ जान सकिदैन र जसले जनताको अधिकार खोस्छ, त्यस्ता मानसिकताविरुद्ध हामी पार्टीभित्र र बाहिर निरन्तर संघर्ष गरिरहन्छौँ । भित्र वैचारिक र नीतिगत संघर्ष हुन्छ भने बाहिर हामी अर्को ढंगले संघर्ष गर्छौ। बाहिर वर्ग संघर्ष र भित्र अन्तरसंघर्ष हुन्छ । त्यसकारण यो संघर्ष निरन्तर रुपले अगाडि बढाउँछौँ ।

    संसद पुनस्र्थापनापछिको यो समय हाम्रो खुशीको समय हो । पुष ५ गते कालो दिन थियो भने फागुन ११ गते उज्यालो दिन हो । त्यसकारण देश भित्र र बाहिर रहने सबै नेपालीलाई धन्यवाद र बधाई दिन चाहन्छु । तर असमानताविरुद्धको लडाईं एकै दिन सकिन्नँ, लडाईं अझै बाँकी छ ।

    भिडियो –

    (नेपाल रिडर्सका लागि नेता घर्तीसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जयपुरी घर्ती

      जयपुरी घर्ती

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.