Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » अमेरिका कति लोकतान्त्रिक? – भाग १

अमेरिका कति लोकतान्त्रिक? – भाग १

जुन अमेरिकी गणतन्त्रको यति चर्चा र तारिफ हुन्छ, त्यही अमेरिकामा बनेको संविधान सुरुमा गोरा र पुरुष नागरिकका लागि मात्रै थियो। यो संविधान अश्वेत र महिलाहरूका लागि थिएन।

nepal_readers by nepal_readers
February 19, 2022
- विमर्शका लागि, सामयिक
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी गणतन्त्रको इतिहास
मानवशास्त्र तथा सामाजिक विज्ञान बुझ्नका लागि सुरुमा इतिहास बुझ्नुपर्छ। यदि तपाइँसँग इतिहाससम्बन्धी राम्रो ज्ञान छ भने तपाइँलाई यी विषय बुझ्न धेरै सहज हुन्छ। इतिहासमा राम्रो ज्ञान हुँदा तपाइँमा अतिरिक्त जिज्ञासा मात्रै हुँदैन, यसबाट तपाइँ कुनै कुराको व्याख्या गर्दा दृष्टान्त समेत लिन सक्नुहुन्छ।

अमेरिकी क्रान्ति
उत्तरी अमेरिकामा बेलायतले १३ वटा उपनिवेश बनाएको थियो। बेलायतले १७ औँ शताब्दीदेखि अमेरिकालाई आफ्नो उपनिवेश बनाउन सुरु गरेको हो। अमेरिकामा भने भारतभन्दा फरक ढंगले उपनिवेश बनाइएको थियो। बेलायतले सिंगो भारतलाई एउटै झण्डामुनि राखेको थियो भने अमेरिकामा १३ वटा अलग – अलग उपनिवेश बनाएको थियो। १३ वटा उपनिवेशमा अलग–अलग सरकार हुन्थ्यो। ब्रिटिश अमेरिकन उपनिवेशमा विस्तारै जागृतिसँगै राजनीतिक चेतना आउँछ र अन्ततः ब्रिटिश सरकार अमेरिकाबाट पछि हट्छ। यसैलाई अमेरिकी क्रान्ति भनियो।

अमेरिकामा जब मध्यम वर्गमा चेतना छायो, यो नै अमेरिकी क्रान्तिको कडी बन्न पुग्यो। उनीहरूले आफ्ना अधिकारसहित केही मागहरू उठाए। यसका लागि ब्रिटिश सरकारसँग संघर्ष गरे। केही बाहिरी शक्तिसँग पनि सहायता लिए। जस्तैः फ्रान्स, स्पेन र हल्याण्डको समेत सहयोगमा उनीहरूले आफ्नो संघर्षलाई सफल पारे र अन्ततः सन् १७२६ मा स्वतन्त्रताको घोषणा भयो। यद्यपि सन् १७८६ मा मात्र अमेरिका ब्रिटिश उपनिवेशबाट मुक्त भयो। मुक्त भएको ३ वर्षपछि अर्थात् सन् १७८९ अमेरिकामा नयाँ संविधान लागु भयो। यो विश्वको पहिलो आधुनिक लिखित संविधान थियो।

यसरी आएको अमेरिकी गणतन्त्र पूरै विश्वका लागि उदाहरणीय बन्यो। युरोपमा राजतन्त्र कायमै रहेको समयमा अमेरिकाले आफ्नो देशमा गणतन्त्रको स्थापना गर्नु विश्वकै लागि उदाहरणीय थियो। गणतन्त्रमा सरकार जनताबाट निर्वाचित हुनुपर्छ। बेलायतलाई आजपनि गणतन्त्रिक मुलुकको दर्जामा राखिँदैन। किनकि त्यहाँ वंशजका आधारमा राजा छन्। अमेरिका यस्तो देश बन्यो, जहाँ पहिलोपटक निर्वाचनबाट प्रमुख चुनियो। यो ठूलो उपलब्धि थियो।

आज ६ वटा देशलाई अपवादमा राख्ने हो भने पूरै विश्वमा लिखित संविधान छ। अमेरिका संविधानका लागि मात्रै होइन गणतन्त्रका लागि समेत प्रवर्तक बन्यो। अमेरिका विस्तारै – विस्तारै युनाइटेड स्टेट अफ अमेरिका बन्दै गयो र विश्वकै शक्तिशाली देश बन्न पुग्यो। तब उसले विश्वभर आफ्नो वर्चस्व बनाउन थाल्यो। र, यो विश्वमा लोकतन्त्रको प्रवर्तक बन्न थाल्यो।

दोहोरो चरित्र
१८ औँ शताब्दीका जर्मन फिलोसफर इम्यानुएल कान्टले, ‘डमोक्रेटिक पिस’ अर्थात् ‘लोकतान्त्रिक शान्ति’ को अवधारणा दिएका थिए। उनका अनुसार डेमोक्रेटिक पिसका लागि विश्वका सबै देशहरू एक बनुन् वा सम्भव छ भने विश्वको एउटै सरकार होस्। विश्वकै सरकार सम्भव छैन। तर विस्तारै पूरै विश्व गणतान्त्रिक बनोस् र ती देशबीच आपसमा सम्झौता होस् भन्ने उनको अवधारणा थियो।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022

अमेरिकाले आफ्नो विदेश नीतिमा यसै ‘लोकतान्त्रिक शान्ति’को अवधारणालाई अंगाल्यो। अमेरिका आफूले बढी भन्दा बढी देशलाई लोकतान्त्रिक बनाउन चाहेको दाबी गर्छ। यदि कुनै देशमा लोकतन्त्र खतरामा रहेको कुरा उसले महशुस गर्छ भने उ तुरुन्त त्यहाँ उद्धारकर्ता बनेर जान्छ। चाहे यो बर्मा होस् वा क्युवा।  तर त्यसको ल‍ोकतन्त्र कस्तो हो बुझिनसक्नुछ।

हामीलाई थाहा नै छ, विश्वका तानाशाहहरू अमेरिकाकै छायाँमा हुर्किएका छन्। जसमा पाकिस्तानका जनरल जिआ उल हकदेखि लिएर परवेज मुसरफ र आयुव खानदेखि याह्या खानसम्म रहेका छन्। खैर, यता अमेरिकाले लोकतन्त्रलाई लिएर आफ्नो प्रचार गर्‍यो। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले चीन र भारतको तुलना गर्दै भनेका थिए, ‘भारतले जुन प्रगति गरेको छ, त्यो प्रजातन्त्रको बावजूद होइन, बरु प्रजातन्त्रको कारण भइरहेको छ।’

पछि गएर उनले एउटा अवधारणा ल्याएः आर टु पी अर्थात् रेस्पोन्स्विलिटी टु प्रोटेक्ट। यस अवधारणाअनुसार अमेरिकाले विश्वमा कुनै सरकार निरकुंश हुन्छ र उसले आफ्ना जनताको दमन गर्न थाल्छ भने उसलाई बचाउनु आफ्नो दायित्व भएको दाबी गर्छ। यसै आर टु पी का आधारमा सिरिया, लिविया लगायत कति देशमा उसले हस्तक्षेप गरेको छ।

“विशिष्टतावाद”
एउटा शब्द ‘अमेरिकन एक्स्पेसनलिज्म’ अर्थात् ‘अमेरिकी विशिष्टतावाद’ लाई प्रत्येक अमेरिकीले स्वीकार गरेका छन्। यो शब्द १९ औं शताब्दीमा सबैभन्दा पहिले अस्तित्वमा आयो। यस शब्दलाई पहिलोपटक फ्रान्सेली राजनीतिक चिन्तक अलेक्सीस डि टकभिल्ले ले प्रयोग गरेका हुन्। पछि गएर मात्रै अमेरिकीले यसलाई अपनाए। उनले सन् १८३४ अमेरिकाको भ्रमण गरेका थिए।

डि टकभिल्लेको एउटा किताब छ, डेमोक्रेसी इन अमेरिका। त्यस किताबमा उनले लेखेका छन्, ‘अमेरिका एउटा अपवाद हो, यसको तुलना युरोपसँग नगर। युरोप पुरानो हो, अमेरिका नयाँ र पछिल्लो हो।’ उनका अनुसार अमेरिकालाई अपवाद भन्नुको पछाडि दुईवटा कारण थिए सामन्तवादको अनुपस्थिति र अमेरिका संशाधनको महादेश हुनु।

युरोपमा सामन्तवाद थियो। तर अमेरिकामा थिएन। युरोपमा क्रान्ति ल्याउनका लागि सामाजिक क्रान्ति अनिवार्य थियो। जबसम्म कुलिनहरूको शक्ति टुट्दैन, तबसम्म उनको विशेषाधिकार समाप्त हुँदैन र त्यहाँ एक समानतासहितको समाज आउनै सक्दैन। तर अमेरिकाको अवस्था यो भन्दा धेरै फरक थियो। त्यसैले अमेरिकामा सामाजिक क्रान्तिको जरुरत थिएन, जुन युरोप, अफ्रिका तथा एशियाली देशमा जरुरी थियो।

अमेरिकीहरू पनि आफ्नो यस विशिष्टतामा गर्व गर्छन्। यसैकारण अमेरिकीहरू व्यक्तिगत स्वतन्त्रतालाई बढी जोड दिन्छन्। उनीहरूले कसैबाट प्रभावित नभई र बिना सम्झौता व्यक्तिगत स्वतन्त्रतालाई आत्मसात गरे।

अमेरिकाको अर्को विशिष्टता हो, संशाधनको प्रचुरता। अमेरिकामा संशाधनको यति प्रचुरता छ कि युरोपियनहरू यही प्रचुरताकै कारण अमेरिकामा पुगेका हुन्। यिनै विशिष्टताका कारण भनिन्छ, ‘अमेरिकीहरू आफ्नो दृष्टिकोणमा आशावादी हुन्छन्।’

‘आरम्भिक पाप’
अमेरिकी लोकतन्त्रको मोडलभित्र आन्तरिक विरोधाभाष छ। आफूलाई लोकतन्त्रको सबैभन्दा ठूलो रक्षक बताउने अमेरिकामै एउटा श्वेत प्रहरीले अश्वेत नागरिकलाई कसरी हत्या गर्छ, त्यो विश्वले देखेको छ। अमेरिकाको लोकतन्त्रमा यस प्रकारको विरोधाभाष किन छ ?
दोस्रो तर्फ, त्यो अमेरिका जसले मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्रको सबैभन्दा ठूलो रक्षक भएको दावी गर्छ। यहाँ विरोधाभाष किन छ ? यस प्रश्नको उत्तरको पहिलो बुंदामा भनिन्छ, ‘अमेरिकामा श्वेत प्रवासीद्वारा गरिएका आरम्भिक पाप’ अर्थात अमेरिकी लोकतन्त्रमा भएको विरोधाभाषको एउटा कारण अमेरिकीको ‘आरम्भिक पाप’ हो।

यो शब्द क्रिश्चियन धार्मिक ग्रन्थ बाइबलबाट लिइएको हो। बाइबलमा एउटा उत्पत्तिको कथा छः एडम र एव नामक दुई पात्रलाई केही कामहरू नगर्नका लागि भनिएको थियो। प्रतिबन्धका बावजूद उनीहरूले त्यो काम गरे। त्यसैलाई ‘ओरिजिनल सिन’ अर्थात् ‘आरम्भिक पाप’ भनियो। जसको परिणाम मानव जातिले अहिले पनि भोग्नुपरेको बाइबलमा बताइन्छ।

अमेरिकीहरूको आरम्भिक पापहरू भनेको न्याटिभ अमेरिकी र अश्वेतहरूलाई दास बनाउनु र महिलालाई अधिकार नदिइनु हो। युरोपियन आप्रवासीहरू अमेरिका पुगेपछि त्यहाँका ‘रेड इन्डियन्स्’ अर्थात् न्याटिभ अमेरिकीहरूलाई दबाएर राखियो, तिनका जमिन खोसियो, कतिलाई विस्थापित गरियो, कतिलाई मारियो र कतिलाई दास बनाइयो।

अमेरिकामा पुगेका युरोपियनहरूलाई त्यहाँ खेती गर्नु थियो। त्यसका लागि उनीहरूको जनसंख्या कम थियो। त्यसैले युरोपियनहरूले अफ्रिकी महाद्वीपको कोस्टल क्षेत्रबाट बढी भन्दा बढी संख्यामा दासहरू लिएर आए र खेती गर्न सुरु गरे। यसरी अमेरिकामा रेड इन्डियन्स् र अफ्रिकनहरू दास बने।

त्यसैगरी जुन अमेरिकी गणतन्त्रको यति चर्चा र तारिफ हुन्छ, त्यही अमेरिकामा बनेको संविधान सुरुमा गोरा र पुरुष नागरिकका लागि मात्रै थियो। यो संविधान अश्वेत र महिलाहरूका लागि थिएन। उनीहरूलाई मताधिकार समेत दिइएको थिएन। दासलाई त उनीहरू मान्छे नै मान्दैन थिए। दासलाई निजी सम्पत्तिको रुपमा मात्रै लिइन्थ्यो।

अमेरिकी लोकतन्त्र व्यक्तिगत स्वतन्त्रताको रक्षक छ र यसले शक्ति पृथकिकरणलाई अपनाएको छ। त्यसैले यसलाई ‘टेम्पल अफ डेमोक्रेसी’ पनि भनियो। तर सुरुवातमा यी अधिकार अश्वेतहरूलाई थिएन। महिलाहरूले पनि बिसौं शताब्दीमा आएर मात्रै मतदान गर्ने अधिकार पाएका हुन्।

किन भनियो ‘रेड इन्डियन्स्’?
अमेरिकामा पहिलेदेखि नै बसोबास गरिरहेका न्याटिभ अमेरिकीलाई किन ‘रेड इन्डियन्स्’ नामाकरण गरियो ? कोलम्बसले बाटो बिराएर अमेरिका पुगेपछि उनीहरूलाई भारतीय नै सम्झिएर ‘रेड इन्डियन्स्’ भनिएको किस्सा एकातर्फ छ। तर पछि गएर आप्रवासी युरोपियनले जानाजान उनीहरू ‘रेड इन्डियन्स्’ भनिरहे। यसको कारण के हो?

युरोपियनहरू अमेरिकी भूमि पुगेर त्यहाँका न्याटिभ अमेरिकीहरूको भूमि खोस्न चाहन्थे। युरोपियनहरू न्याटिभ अमेरिकीलाई ‘अमेरिकन’ भन्न नै रुचाउँदैनन् अर्थात् उनीहरूलाई अमेरिकीका रुपमा स्वीकार गर्न नै चाहँदैनन्। किनकि युरोपियनहरू न्याटिभ अमेरिकीलाई त्यहाँबाट विस्थापित गर्न वा उनीहरूलाई दास बनाएर राख्न चाहन्थे। वा उनीहरूलाई बाहिरिया बनाउन चाहन्थे। त्यसैले त्यहाँका निवासीलाई अमेरिकी नभनी रेड इन्डियन्स भने।

पछि बेलायतको उपनिवेशबाट अमेरिका मुक्त भएपछि बोस्टन तथा म्यासाच्युसेट्स् लगायतका क्षेत्रमा मानिसहरू तोप तथा बन्दुक पड्काउन र गिर्जाघरमा घन्टी बजाउन एकत्रित भएका थिए। तर केही यस्ता पनि मानिस थिए, जो खुशी थिएनन्। त्यसमा रेड इन्डियन्स् र अश्वेतहरू थिए। यसबाट प्रष्ट हुन्छ कि अमेरिकामा लागु भएको संविधान सबैका लागि थिएन।

के अझै छ उपनिवेश?
मैले एउटा किताबमा एक महत्वपूर्ण आयाम पाएँ। त्यस किताबमा अझै पनि केही देशहरू उपनिवेश मुक्त नभएको बताइएको छ। एक समय युरोपले विश्वका अधिकांश क्षेत्रलाई आफ्नो उपनिवेश बनायो। तर दोस्रो विश्युद्धपछि विस्तारै – विस्तारै उपनिवेशबाट हात झिक्दै गयो। जसलाई डि- कोलोनाइजेसन भनियो। सन् १९९० सम्म यो प्रक्रिया चल्यो।

तर, विश्वमा अझै पनि केही क्षेत्र छन् जहाँ डिकोलोनाइजेसन भएकै छैन। त्यहाँ उपनिवेशवाद स्थायी रुपमा वैध भयो। उदाहरणका लागि:  संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र दक्षिण अफ्रिका। ती देशहरु गोरा-प्रवासीका नै भए। उनीहरूले त्यहाँ गएर त्यस देशलाई नै आफ्नो बनाएका हुन्।

साउथ अफ्रिका हेर्नुहोस्, नेल्सन मण्डेलाले लामो समयसँग संघर्ष गरेर गोराहरूसँगको वार्ता गरेर सन् १९९० मा मात्रै त्यहाँ परिवर्तन ल्याए र अन्ततः लोकतन्त्र स्थापना गरियो। आज पनि त्यहाँ अश्वेतहरू दोस्रो दर्जामा छन्। युरोपियनहरूले यी लगायत केही क्षेत्रमा डी-कोलोनाइज नै गरेनन्, तर आजपनि यस पाटोतर्फ कसैको ध्यान जाँदैन। त्यसैमध्ये एउटा हो युनाइटेड स्टेट अफ अमेरिका जहाँ त्यहाँका न्याटिभ अमेरिकनहरुले देश नै गुमाएका छन्।

‘द स्टडी–एन् इन्स्टिच्युट फर आइएस ‘युट्युब च्यानलमा मनिकान्त सिंहको हिन्दी प्रवचनबाट नेपाल रिडर्सका लागि नेपालीमा अनुवाद।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

by nepal_readers
May 6, 2022

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको...

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

by दिनानाथ शर्मा
May 5, 2022

राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ।...

Leave Comment

Recommended

उत्तर कोरियाले आउने शनिवार अर्को परमाणु बम परीक्षण गर्ने

उत्तर कोरियाले आउने शनिवार अर्को परमाणु बम परीक्षण गर्ने

5 years ago
कोभिडविरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिनलाई नेपालमा अनुमति

कोभिडविरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिनलाई नेपालमा अनुमति

1 year ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In