Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिका कति लोकतान्त्रिक? – भाग १

जुन अमेरिकी गणतन्त्रको यति चर्चा र तारिफ हुन्छ, त्यही अमेरिकामा बनेको संविधान सुरुमा गोरा र पुरुष नागरिकका लागि मात्रै थियो। यो संविधान अश्वेत र महिलाहरूका लागि थिएन।

nepal_readers nepal_readers
फाल्गुन ६, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी गणतन्त्रको इतिहास
    मानवशास्त्र तथा सामाजिक विज्ञान बुझ्नका लागि सुरुमा इतिहास बुझ्नुपर्छ। यदि तपाइँसँग इतिहाससम्बन्धी राम्रो ज्ञान छ भने तपाइँलाई यी विषय बुझ्न धेरै सहज हुन्छ। इतिहासमा राम्रो ज्ञान हुँदा तपाइँमा अतिरिक्त जिज्ञासा मात्रै हुँदैन, यसबाट तपाइँ कुनै कुराको व्याख्या गर्दा दृष्टान्त समेत लिन सक्नुहुन्छ।

    अमेरिकी क्रान्ति
    उत्तरी अमेरिकामा बेलायतले १३ वटा उपनिवेश बनाएको थियो। बेलायतले १७ औँ शताब्दीदेखि अमेरिकालाई आफ्नो उपनिवेश बनाउन सुरु गरेको हो। अमेरिकामा भने भारतभन्दा फरक ढंगले उपनिवेश बनाइएको थियो। बेलायतले सिंगो भारतलाई एउटै झण्डामुनि राखेको थियो भने अमेरिकामा १३ वटा अलग – अलग उपनिवेश बनाएको थियो। १३ वटा उपनिवेशमा अलग–अलग सरकार हुन्थ्यो। ब्रिटिश अमेरिकन उपनिवेशमा विस्तारै जागृतिसँगै राजनीतिक चेतना आउँछ र अन्ततः ब्रिटिश सरकार अमेरिकाबाट पछि हट्छ। यसैलाई अमेरिकी क्रान्ति भनियो।

    अमेरिकामा जब मध्यम वर्गमा चेतना छायो, यो नै अमेरिकी क्रान्तिको कडी बन्न पुग्यो। उनीहरूले आफ्ना अधिकारसहित केही मागहरू उठाए। यसका लागि ब्रिटिश सरकारसँग संघर्ष गरे। केही बाहिरी शक्तिसँग पनि सहायता लिए। जस्तैः फ्रान्स, स्पेन र हल्याण्डको समेत सहयोगमा उनीहरूले आफ्नो संघर्षलाई सफल पारे र अन्ततः सन् १७२६ मा स्वतन्त्रताको घोषणा भयो। यद्यपि सन् १७८६ मा मात्र अमेरिका ब्रिटिश उपनिवेशबाट मुक्त भयो। मुक्त भएको ३ वर्षपछि अर्थात् सन् १७८९ अमेरिकामा नयाँ संविधान लागु भयो। यो विश्वको पहिलो आधुनिक लिखित संविधान थियो।

    यसरी आएको अमेरिकी गणतन्त्र पूरै विश्वका लागि उदाहरणीय बन्यो। युरोपमा राजतन्त्र कायमै रहेको समयमा अमेरिकाले आफ्नो देशमा गणतन्त्रको स्थापना गर्नु विश्वकै लागि उदाहरणीय थियो। गणतन्त्रमा सरकार जनताबाट निर्वाचित हुनुपर्छ। बेलायतलाई आजपनि गणतन्त्रिक मुलुकको दर्जामा राखिँदैन। किनकि त्यहाँ वंशजका आधारमा राजा छन्। अमेरिका यस्तो देश बन्यो, जहाँ पहिलोपटक निर्वाचनबाट प्रमुख चुनियो। यो ठूलो उपलब्धि थियो।

    आज ६ वटा देशलाई अपवादमा राख्ने हो भने पूरै विश्वमा लिखित संविधान छ। अमेरिका संविधानका लागि मात्रै होइन गणतन्त्रका लागि समेत प्रवर्तक बन्यो। अमेरिका विस्तारै – विस्तारै युनाइटेड स्टेट अफ अमेरिका बन्दै गयो र विश्वकै शक्तिशाली देश बन्न पुग्यो। तब उसले विश्वभर आफ्नो वर्चस्व बनाउन थाल्यो। र, यो विश्वमा लोकतन्त्रको प्रवर्तक बन्न थाल्यो।

    दोहोरो चरित्र
    १८ औँ शताब्दीका जर्मन फिलोसफर इम्यानुएल कान्टले, ‘डमोक्रेटिक पिस’ अर्थात् ‘लोकतान्त्रिक शान्ति’ को अवधारणा दिएका थिए। उनका अनुसार डेमोक्रेटिक पिसका लागि विश्वका सबै देशहरू एक बनुन् वा सम्भव छ भने विश्वको एउटै सरकार होस्। विश्वकै सरकार सम्भव छैन। तर विस्तारै पूरै विश्व गणतान्त्रिक बनोस् र ती देशबीच आपसमा सम्झौता होस् भन्ने उनको अवधारणा थियो।

    अमेरिकाले आफ्नो विदेश नीतिमा यसै ‘लोकतान्त्रिक शान्ति’को अवधारणालाई अंगाल्यो। अमेरिका आफूले बढी भन्दा बढी देशलाई लोकतान्त्रिक बनाउन चाहेको दाबी गर्छ। यदि कुनै देशमा लोकतन्त्र खतरामा रहेको कुरा उसले महशुस गर्छ भने उ तुरुन्त त्यहाँ उद्धारकर्ता बनेर जान्छ। चाहे यो बर्मा होस् वा क्युवा।  तर त्यसको ल‍ोकतन्त्र कस्तो हो बुझिनसक्नुछ।

    हामीलाई थाहा नै छ, विश्वका तानाशाहहरू अमेरिकाकै छायाँमा हुर्किएका छन्। जसमा पाकिस्तानका जनरल जिआ उल हकदेखि लिएर परवेज मुसरफ र आयुव खानदेखि याह्या खानसम्म रहेका छन्। खैर, यता अमेरिकाले लोकतन्त्रलाई लिएर आफ्नो प्रचार गर्‍यो। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले चीन र भारतको तुलना गर्दै भनेका थिए, ‘भारतले जुन प्रगति गरेको छ, त्यो प्रजातन्त्रको बावजूद होइन, बरु प्रजातन्त्रको कारण भइरहेको छ।’

    पछि गएर उनले एउटा अवधारणा ल्याएः आर टु पी अर्थात् रेस्पोन्स्विलिटी टु प्रोटेक्ट। यस अवधारणाअनुसार अमेरिकाले विश्वमा कुनै सरकार निरकुंश हुन्छ र उसले आफ्ना जनताको दमन गर्न थाल्छ भने उसलाई बचाउनु आफ्नो दायित्व भएको दाबी गर्छ। यसै आर टु पी का आधारमा सिरिया, लिविया लगायत कति देशमा उसले हस्तक्षेप गरेको छ।

    “विशिष्टतावाद”
    एउटा शब्द ‘अमेरिकन एक्स्पेसनलिज्म’ अर्थात् ‘अमेरिकी विशिष्टतावाद’ लाई प्रत्येक अमेरिकीले स्वीकार गरेका छन्। यो शब्द १९ औं शताब्दीमा सबैभन्दा पहिले अस्तित्वमा आयो। यस शब्दलाई पहिलोपटक फ्रान्सेली राजनीतिक चिन्तक अलेक्सीस डि टकभिल्ले ले प्रयोग गरेका हुन्। पछि गएर मात्रै अमेरिकीले यसलाई अपनाए। उनले सन् १८३४ अमेरिकाको भ्रमण गरेका थिए।

    डि टकभिल्लेको एउटा किताब छ, डेमोक्रेसी इन अमेरिका। त्यस किताबमा उनले लेखेका छन्, ‘अमेरिका एउटा अपवाद हो, यसको तुलना युरोपसँग नगर। युरोप पुरानो हो, अमेरिका नयाँ र पछिल्लो हो।’ उनका अनुसार अमेरिकालाई अपवाद भन्नुको पछाडि दुईवटा कारण थिए सामन्तवादको अनुपस्थिति र अमेरिका संशाधनको महादेश हुनु।

    युरोपमा सामन्तवाद थियो। तर अमेरिकामा थिएन। युरोपमा क्रान्ति ल्याउनका लागि सामाजिक क्रान्ति अनिवार्य थियो। जबसम्म कुलिनहरूको शक्ति टुट्दैन, तबसम्म उनको विशेषाधिकार समाप्त हुँदैन र त्यहाँ एक समानतासहितको समाज आउनै सक्दैन। तर अमेरिकाको अवस्था यो भन्दा धेरै फरक थियो। त्यसैले अमेरिकामा सामाजिक क्रान्तिको जरुरत थिएन, जुन युरोप, अफ्रिका तथा एशियाली देशमा जरुरी थियो।

    अमेरिकीहरू पनि आफ्नो यस विशिष्टतामा गर्व गर्छन्। यसैकारण अमेरिकीहरू व्यक्तिगत स्वतन्त्रतालाई बढी जोड दिन्छन्। उनीहरूले कसैबाट प्रभावित नभई र बिना सम्झौता व्यक्तिगत स्वतन्त्रतालाई आत्मसात गरे।

    अमेरिकाको अर्को विशिष्टता हो, संशाधनको प्रचुरता। अमेरिकामा संशाधनको यति प्रचुरता छ कि युरोपियनहरू यही प्रचुरताकै कारण अमेरिकामा पुगेका हुन्। यिनै विशिष्टताका कारण भनिन्छ, ‘अमेरिकीहरू आफ्नो दृष्टिकोणमा आशावादी हुन्छन्।’

    ‘आरम्भिक पाप’
    अमेरिकी लोकतन्त्रको मोडलभित्र आन्तरिक विरोधाभाष छ। आफूलाई लोकतन्त्रको सबैभन्दा ठूलो रक्षक बताउने अमेरिकामै एउटा श्वेत प्रहरीले अश्वेत नागरिकलाई कसरी हत्या गर्छ, त्यो विश्वले देखेको छ। अमेरिकाको लोकतन्त्रमा यस प्रकारको विरोधाभाष किन छ ?
    दोस्रो तर्फ, त्यो अमेरिका जसले मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्रको सबैभन्दा ठूलो रक्षक भएको दावी गर्छ। यहाँ विरोधाभाष किन छ ? यस प्रश्नको उत्तरको पहिलो बुंदामा भनिन्छ, ‘अमेरिकामा श्वेत प्रवासीद्वारा गरिएका आरम्भिक पाप’ अर्थात अमेरिकी लोकतन्त्रमा भएको विरोधाभाषको एउटा कारण अमेरिकीको ‘आरम्भिक पाप’ हो।

    यो शब्द क्रिश्चियन धार्मिक ग्रन्थ बाइबलबाट लिइएको हो। बाइबलमा एउटा उत्पत्तिको कथा छः एडम र एव नामक दुई पात्रलाई केही कामहरू नगर्नका लागि भनिएको थियो। प्रतिबन्धका बावजूद उनीहरूले त्यो काम गरे। त्यसैलाई ‘ओरिजिनल सिन’ अर्थात् ‘आरम्भिक पाप’ भनियो। जसको परिणाम मानव जातिले अहिले पनि भोग्नुपरेको बाइबलमा बताइन्छ।

    अमेरिकीहरूको आरम्भिक पापहरू भनेको न्याटिभ अमेरिकी र अश्वेतहरूलाई दास बनाउनु र महिलालाई अधिकार नदिइनु हो। युरोपियन आप्रवासीहरू अमेरिका पुगेपछि त्यहाँका ‘रेड इन्डियन्स्’ अर्थात् न्याटिभ अमेरिकीहरूलाई दबाएर राखियो, तिनका जमिन खोसियो, कतिलाई विस्थापित गरियो, कतिलाई मारियो र कतिलाई दास बनाइयो।

    अमेरिकामा पुगेका युरोपियनहरूलाई त्यहाँ खेती गर्नु थियो। त्यसका लागि उनीहरूको जनसंख्या कम थियो। त्यसैले युरोपियनहरूले अफ्रिकी महाद्वीपको कोस्टल क्षेत्रबाट बढी भन्दा बढी संख्यामा दासहरू लिएर आए र खेती गर्न सुरु गरे। यसरी अमेरिकामा रेड इन्डियन्स् र अफ्रिकनहरू दास बने।

    त्यसैगरी जुन अमेरिकी गणतन्त्रको यति चर्चा र तारिफ हुन्छ, त्यही अमेरिकामा बनेको संविधान सुरुमा गोरा र पुरुष नागरिकका लागि मात्रै थियो। यो संविधान अश्वेत र महिलाहरूका लागि थिएन। उनीहरूलाई मताधिकार समेत दिइएको थिएन। दासलाई त उनीहरू मान्छे नै मान्दैन थिए। दासलाई निजी सम्पत्तिको रुपमा मात्रै लिइन्थ्यो।

    अमेरिकी लोकतन्त्र व्यक्तिगत स्वतन्त्रताको रक्षक छ र यसले शक्ति पृथकिकरणलाई अपनाएको छ। त्यसैले यसलाई ‘टेम्पल अफ डेमोक्रेसी’ पनि भनियो। तर सुरुवातमा यी अधिकार अश्वेतहरूलाई थिएन। महिलाहरूले पनि बिसौं शताब्दीमा आएर मात्रै मतदान गर्ने अधिकार पाएका हुन्।

    किन भनियो ‘रेड इन्डियन्स्’?
    अमेरिकामा पहिलेदेखि नै बसोबास गरिरहेका न्याटिभ अमेरिकीलाई किन ‘रेड इन्डियन्स्’ नामाकरण गरियो ? कोलम्बसले बाटो बिराएर अमेरिका पुगेपछि उनीहरूलाई भारतीय नै सम्झिएर ‘रेड इन्डियन्स्’ भनिएको किस्सा एकातर्फ छ। तर पछि गएर आप्रवासी युरोपियनले जानाजान उनीहरू ‘रेड इन्डियन्स्’ भनिरहे। यसको कारण के हो?

    युरोपियनहरू अमेरिकी भूमि पुगेर त्यहाँका न्याटिभ अमेरिकीहरूको भूमि खोस्न चाहन्थे। युरोपियनहरू न्याटिभ अमेरिकीलाई ‘अमेरिकन’ भन्न नै रुचाउँदैनन् अर्थात् उनीहरूलाई अमेरिकीका रुपमा स्वीकार गर्न नै चाहँदैनन्। किनकि युरोपियनहरू न्याटिभ अमेरिकीलाई त्यहाँबाट विस्थापित गर्न वा उनीहरूलाई दास बनाएर राख्न चाहन्थे। वा उनीहरूलाई बाहिरिया बनाउन चाहन्थे। त्यसैले त्यहाँका निवासीलाई अमेरिकी नभनी रेड इन्डियन्स भने।

    पछि बेलायतको उपनिवेशबाट अमेरिका मुक्त भएपछि बोस्टन तथा म्यासाच्युसेट्स् लगायतका क्षेत्रमा मानिसहरू तोप तथा बन्दुक पड्काउन र गिर्जाघरमा घन्टी बजाउन एकत्रित भएका थिए। तर केही यस्ता पनि मानिस थिए, जो खुशी थिएनन्। त्यसमा रेड इन्डियन्स् र अश्वेतहरू थिए। यसबाट प्रष्ट हुन्छ कि अमेरिकामा लागु भएको संविधान सबैका लागि थिएन।

    के अझै छ उपनिवेश?
    मैले एउटा किताबमा एक महत्वपूर्ण आयाम पाएँ। त्यस किताबमा अझै पनि केही देशहरू उपनिवेश मुक्त नभएको बताइएको छ। एक समय युरोपले विश्वका अधिकांश क्षेत्रलाई आफ्नो उपनिवेश बनायो। तर दोस्रो विश्युद्धपछि विस्तारै – विस्तारै उपनिवेशबाट हात झिक्दै गयो। जसलाई डि- कोलोनाइजेसन भनियो। सन् १९९० सम्म यो प्रक्रिया चल्यो।

    तर, विश्वमा अझै पनि केही क्षेत्र छन् जहाँ डिकोलोनाइजेसन भएकै छैन। त्यहाँ उपनिवेशवाद स्थायी रुपमा वैध भयो। उदाहरणका लागि:  संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र दक्षिण अफ्रिका। ती देशहरु गोरा-प्रवासीका नै भए। उनीहरूले त्यहाँ गएर त्यस देशलाई नै आफ्नो बनाएका हुन्।

    साउथ अफ्रिका हेर्नुहोस्, नेल्सन मण्डेलाले लामो समयसँग संघर्ष गरेर गोराहरूसँगको वार्ता गरेर सन् १९९० मा मात्रै त्यहाँ परिवर्तन ल्याए र अन्ततः लोकतन्त्र स्थापना गरियो। आज पनि त्यहाँ अश्वेतहरू दोस्रो दर्जामा छन्। युरोपियनहरूले यी लगायत केही क्षेत्रमा डी-कोलोनाइज नै गरेनन्, तर आजपनि यस पाटोतर्फ कसैको ध्यान जाँदैन। त्यसैमध्ये एउटा हो युनाइटेड स्टेट अफ अमेरिका जहाँ त्यहाँका न्याटिभ अमेरिकनहरुले देश नै गुमाएका छन्।

    ‘द स्टडी–एन् इन्स्टिच्युट फर आइएस ‘युट्युब च्यानलमा मनिकान्त सिंहको हिन्दी प्रवचनबाट नेपाल रिडर्सका लागि नेपालीमा अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.