Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसरी शुरु भएको थियो मार्क्सवादको नयाँ दार्शनिक यात्रा?

लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्यः फ्रेडरिख एंगेल्स

प्रकाश देवकोटा प्रकाश देवकोटा
भदौ २२, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मार्क्सवादी अध्ययनको अवयव:
    कार्ल मार्क्स युवावस्था देखि नै आफ्नो सबैभन्दा प्रिय लेखक बाल्जाक माथि एउटा विस्तृत समीक्षा लेख्न चाहन्थे तर यो काम उनले कहिल्यै पुरा गर्न पाएनन्। त्यस्तै उनी उनको दर्शनको आधारभूत स्रोतका जननी आफ्ना गुरु हेगेलको बारेमा पनि एउटा आलोचनात्मक समीक्षा लेख्ने सोचमा थिए तर त्यो पनि पुरा हुनभने सकेन। उनले आफ्नो जीवनको पछिल्लो समय प्रसिद्ध कृति ‘पुँजी’को लेखन र प्रकाशनमा बिताए। तर त्यो काम पनि सम्पूर्ण रुपमा पुरा हुन नसकेको सबैलाई अवगत नै छ। उनले आफ्ना दुईवटा ठूला चाहना मध्ये न त बाल्जाकसँग सम्बन्धित कुनै कृति तयार पार्नसके न त हेगेलको दर्शनको आलोचनात्मक समीक्षा नै प्रकाशित भयो।

    मार्क्स र एंगेल्सले आफ्ना अध्ययनको अपनाएको विधि एक खास किसिमको दार्शनिक आधारमा पाइन्छ। त्यो खास दार्शनिक आधार भनेको द्वन्द्वात्मक भौतिकवाद हो। सबैभन्दा पहिला हामीले उनीहरुको अध्ययनको विधिलाई राम्रोसँग बुझ्यौं र आत्मसात गरी त्यसको प्रयोग गर्न सक्षम भयौं  भने उनीहरुले अपनाएको पद्धति र प्रस्थापनालाई पनि बुझ्न सक्छौं र उनीहरुको निष्कर्ष जुन स्वरुपमा छ, हामीलाई त्यही स्वरुपमा ग्रहण गर्न अत्यन्तै सहज र सजिलो हुन्छ।

    मार्क्स र एंगेल्सले अपनाएको विधि (द्वन्द्वात्मक भौतिकवाद)बारे मूलतः मार्क्सले क्रमबद्ध रुपमा सिलसिला मिलाएर कुनैपनि निश्चित र विशिष्ट रचनामा प्रस्तुत गरेका छैनन्।

    मार्क्सले खासगरी हेगेलको दर्शनसंग सम्बन्धित केहि तर्कहरु आवश्यक परेको ठाँउमा भरपुर प्रयोग गरेका छन्। हेगलको दर्शनका उत्कृष्ट पक्षहरु मार्क्सवादी साहित्यमा जहीं तहीं भेटिन्छन्। तरपनि यसको क्रमबद्ध समीक्षात्मक आलोचना भने मार्क्सवादका प्रणेता मध्ये एक तथा मार्क्सका अनन्य मित्र फ्रेडरिख एंगेल्सले आफ्नो कृति ‘लुडविग फायरबाख तथा शास्त्रीय जर्मन दर्शनको अन्त्य’ मा सम्पन्न गरेका छन्।

    मार्क्सवादका तीन संघट्क अङ्गमा तीनवटाकै आफ्ना-आफ्नै छुट्टाछुट्टै स्रोतहरु छन्। बिशेषतः मार्क्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवाद) को स्रोत भने शास्त्रीय जर्मन दर्शन हो। यस कृतिमा एंगेल्सले शास्त्रीय जर्मन दर्शनका पनि मुख्य दुई पात्र हेगल र फायरबाखको दर्शनलाई तत्कालीन जर्मनी र सम्पूर्ण युरोपभरिको नै आर्थिक, सामाजिक, राजनीतिक क्रान्ति र उथलपुथलसँग जोडेर समीक्षात्मक आलोचना गरेका छन्।

    फ्रेडरिख एंगेल्सले आफ्नो कृति ‘लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य’मा उनीहरु (हेगल र फायरबाख)को दर्शनको विशुद्ध ब्याख्या, आलोचनात्मक खण्डन र सटिक निष्कर्षका साथसाथै मार्क्सवादका आधारभूत दर्शनिक मान्यतालाई पनि वणर्न गरेका छन्।

    सन् १८८६ मा ‘न्यु जुईटिङ्’ पत्रिकाका सम्पादकले फायरबाखबारे स्टार्केको पुस्तकको आलोचनात्मक समीक्षा लेख्न भने पछि त्यस पत्रिकाको अंक ४ र ५ मा प्रकाशित भएको एंगेल्सले आफ्नो पुस्तकको भूमिकामा बताउँछन्। पछि त्यसका केहि भागमा संशोधन गरि र मार्क्सले फायरबाखको बारेमा लेखेका नोटलाई समेत समावेश गरेर सन् १८८८ मा कृतिको रुपमा प्रकाशित गरिएको पनि एंगेल्स स्वंयम् भूमिकामा नै भन्दछन्।

    पुस्तकमा मार्क्स र एंगल्सले तत्कालीन जर्मनीमा अत्यन्तै प्रभावशाली भूमिका निर्वाह गरेको हेगलवादी दर्शनसँग उनीहरु कसरी जोडिन पुगे र कसरी त्यस दर्शनबाट अलग भए भन्ने कुरा बताउँदछन्।

    त्यसपछि १८४५ मा मार्क्स र एंगेल्स ब्रसेल्समा हुँदा उनीहरुले तत्कालीन जर्मन दर्शनको विचारधारात्मक दृष्टिकोणको विरोधमा अर्थात् इतिहासको भौतिकवादी धारणाको विकास गर्ने र त्यो भन्दा पहिलाका दर्शनहरुसँग कसरी सम्बन्ध विच्छेद गर्ने काम गरे भन्ने कुरा वताएका छन्। उनीहरुले यो कामलाई तत्कालीन समयमा सबैभन्दा प्रभुत्वशाली दर्शनिक चिन्तन हेगल र फायरबाखलाई आलोचना गरेर समापन गरे।

    यो कृति वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि संघर्षमा होमिने सर्वहारा, किसान, तथा कम्युनिष्टका लागि संसारलाई कसरी बुझ्ने, ब्याख्या गर्ने र बदल्नको लागि प्रयास गर्ने भन्ने कुरा दर्शनिक खुराक (द्वन्द्वात्मक भौतिकवाद)को आधारभूत प्रस्थापनाका माध्यमबाट हामीलाई छर्लङ्ग बुझिनेगरी सिकाउँछ।

    यसमा एंगेल्स हेगलवादी दर्शन(पूर्ण रुपमा नभएपनि फायरबाख पनि यसकै शाखा थिए) को पूर्ण रुपमा खण्डन गर्दछन् र त्यसपछि उनी मार्क्स र आफूले प्रतिपादित गरेको इतिहासको भौतिकवादी धारणालाई स्पष्ट र संक्षिप्त रुपमा ब्याख्या गर्दछन्।

    पुस्तकलाई मुलतः चारभागमा विभाजित गरिएको छ। जसमा पहिलो भागमा हेगलको द्वन्द्वात्मक पद्धति र उनका राजनीतिक निष्कर्षको आलोचनात्मक समीक्षागरिएको छ। दोस्रो भागमा फायरबाखको दर्शन, उनको धर्म र नैतिकता सम्बन्धी धारणालाई आलोचनात्मक खण्डन गरिएको छ।

    पुस्तकको तेस्रो भागमा मार्क्स र उनीद्धारा निरुपित इतिहासको द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई प्रष्ट पारिएको छ भने चौथो तथा अन्तिम भागमा १८४५/४६ तिर मार्क्सले फायरबाख सम्बन्धी लेखेका नोटहरुलाई परिशिष्टको रुपमा राखिएको छ।

    हेगलको द्वन्द्ववाद: चिन्तन प्रणालीमा सिमित रह्यो, समाज प्रणालीमा लागू गरिएन
    १७ ओँ, १८ औँ र १९ ओँ शताब्दी मा युरोपमा पुँजीवादको विकासले भारी मात्रामा उथलपुथल ल्यायो। युरोपभरि विभिन्न किसिमका क्रान्ति नै क्रान्ति भयो। वेलायतमा उत्पादनको उच्चतम विकासले औद्योगिक क्रान्तिको रुप धारण गर्‍यो। त्यसैगरी फ्रान्स र जर्मनीमा राजनीतिक क्रान्तिले आफ्नो सर्वोच्च शिखर चुम्यो। यस समयलाई आधुनिक इतिहासमा पुनर्जागरण र इन्लाइटमेन्टको नामले बताइन्छ।

    फान्समा र जर्मनीमा भएको राजनीतिक क्रान्तिको नेतृत्व भने दार्शनिक विचारधाराले गरेको एंगेल्स बताउँछन्। जसमा फ्रान्समा दार्शनिक विचारधाराले सम्पूर्ण राज्यसत्ताका संयन्त्रमाथि नै धावा बोलेको थियो भने जर्मनीमा राज्यसत्ताका तर्फबाट दर्शनले आफ्नो प्रभुत्व स्थापित गरेको थियो। राज्यसत्ताको तर्फबाट दर्शनको वकालत गर्ने सबैभन्दा प्रखर, प्रभूत्वशाली र प्रमुख पात्र हेगल थिए।

    हेगेलले कुनैपनि वस्तु वा परिघटनालाई उत्पत्ति, विकास, परिवर्तन र विनासको प्रक्रियाका चरणहरुमा देख्न सकिन्छ भन्ने मान्यता राख्दथे। उनको विचारमा विकासको आधार भनेको दुई विपरित तत्वहरु बिचको एकता र संघर्ष हो। प्रत्येक वस्तुभित्र रहेको आन्तरिक संघर्ष नै गति हो। गति नै वस्तुको वास्तविक जीवन हो। यसरी उनले विकासको नियमलाई एउटा स्पष्ट र सटिक रुपमा ब्याख्या गरिदिए।

    हेगेल सत्यलाई एउटा प्रक्रियाको रुपमा हर्दथे । विकासको प्रक्रियामा विगतको सत्य वर्तमानमा असत्य बन्दछ। अर्थात् विगतको सत्यले आफ्नो आवश्यकता वा अनिवार्यता गुमाउँछ। मृत सत्यको स्थान जीवित सत्यले लिन्छ।

    हेगलका यी विचार तत्कालिन जर्मन दार्शनिक संसारमा अत्यन्तै क्रान्तिकारी विचार थिए।

    उनले द्वन्द्ववादको विधिको प्रयोग गरेर ज्ञान (दर्शन )का विविध शाखाहरुमा अध्ययन गरी वैज्ञानिक निष्कर्ष निकालेता पनि द्वन्द्ववादलाई केवल विचारको क्षेत्रमा मात्र लागु गरे। उनले यस विशिष्ट र स्पष्ट पद्धतिलाई समाज विकासको क्षेत्रमा लागु गर्नै सकेनन्। मुलतः उनले द्वन्द्ववादलाई इतिहासको अध्ययन गर्नमा मात्र प्रयोग गरेपनि वर्तमान र प्रक्रियागत रुपमा भविष्यको अध्ययनमा लागु गर्न सकेनन्।

    हेगलको विचारमा विज्ञान र तत्कालीन समाजको विकासले पूणर्ता प्राप्त गरिसकेको थियो। आफ्नो यहि निष्कर्षको आधारमा उनले प्रशाको निरकुंश राजतन्त्रलाई सामाजिक विकासको सबैभन्दा अन्तिम चरण मान्न बाध्य भए। यस स्थितिमा उनलाई यथास्थितिवादीको बाटोमा पुर्‍यायो। यसरी उनका आफ्नै द्वन्द्वात्मक पद्धति र उनका निष्कर्षले एकआपसमा मेल खाएनन्। उनको पद्धतिले हरेक वस्तुलाई परिवर्तनशील र परिवर्तनशील गुण भएको निरन्तर विकासको निम्नवस्थाबाट उच्चवस्थातिर गतिमान प्रक्रिया हो भन्दथे भने राजनीतिक निष्कर्षमा भने प्रशाको राजतन्त्रलाई विकासको अन्तिम चरण मान्न पुगे।

    कृतिमा एंगेल्सले तत्कालीन जर्मन शासन व्यवस्थाले हेगलको दर्शनलाई कसरी बुझ्यो र प्रयोग गर्‍यो? त्यहाँ का उदारवादीहरुले कसरी बुझे? र त्यसका विरुद्ध आफ्नो मत प्रकट गरे? अनि वास्तवमा हेगलको दार्शनिक पद्धतिको अर्थ र त्यसबाट प्राप्त हुने निष्कर्ष के हुन्छ ? भनेर बताउँदछन्। उनी कृतिको शुरुवातमा नै हेगलको एक उक्तिलाई प्रस्ट पार्दछन्। तत्कालिन जर्मनीमा दार्शनिकका साथै व्यवाहरिक पक्षमा पनि ठूलो हलचल मच्चाएको उक्ति यस्तो थियोः

    ‘सबैकुरा जुन यथार्थ छ, तर्कसँगत छ। सबैकुरा जुन तर्कसंगत छ, यथार्थ छ।’

    यो उक्ति विल्कुल विद्यमान वस्तु तथा व्यवस्थाको पवित्रीकरण सिवाय अरु केहि थिएन। यसलाई तत्कालीन जर्मन शासकहरुले यही अर्थमा बुझे। त्यसैले उनीहरु भन्न थाले प्रशाको राजतन्त्र स्थायी र अपराजय छ। किनभने यो यथार्थ छ। त्यसैले बुद्धिसंगत छ। बुद्धिसंगत छ र त यो यथार्थ छ।

    तर एंगेल्स यस उक्तिबाट खासमा हेगलले भन्न खोजेको कुरा यसरी अर्थ्याउँछन्- ययार्थताको विशेषता त्यसैलाई प्राप्त हुनसक्दछ, जुन साथसाथै आवश्यक पनि हुन्छ। साथै आफ्नो विकासको क्रममा यथार्थताले आफूलाई अवश्यक सिद्ध गरिदिन्छ।

    उनी अगाडि लेख्छन्- नयाँ यथार्थ शान्तिपूर्ण तरिकाले रंगमञ्चमा प्रकट हुन्छ यदि त्यसले पुरातनसँग संघर्ष गर्नुपरेन भने। त्यो बलपूर्वक आँउछ यदि पुरातनले त्यसलाई अस्तित्वमा प्रकट हुनेवेला बाधाअड्चन अनि प्रतिरोध गर्‍यो भने।

    हेगलको ब्याख्यामा विचार मुख्य तत्व हो र त्यसमा हुने द्वन्द्वात्मक परिवर्तनको प्रक्रिया अनुसार प्रकृतिमा संक्रमण हुन्छ। फेरि अन्तमा त्यो परम विचारमा बदलिन्छ।

    खासमा हेगलले स्पष्ट पद्धतिको अनुसरण गर्दागर्दै पनि सहि निष्कर्ष ननिस्कनुका कारण बताउँदै एंगेल्स भन्दछन्-उनी एक निश्चित पद्धति प्रस्तुत गर्नका लागि विवश थिए । र परम्परागत अपेक्षाहरुका अनुसार हरेक दर्शन पद्धतिको परिणति कुनै न कुनै प्रकारको निरपेक्ष सत्यमा हुनुपर्दछ।

    उनको निरपेक्ष विचारले पहिला आफूलाई प्रकृतिमा रुपान्तरण गर्दछ। त्यसपछि फेरि चिन्तन र इतिहासको रुपमा पुनः आफूमा प्रत्यावर्तित गरेर हाम्रो सामु प्रकट हुन्छ।

    हेगेलको क्रान्तिकारी विचार हुँदाहुँदै पनि उनका राजनीतिक निष्कर्षहरु भुत्ते निस्कनुका कारणहरु बताउँदै एंगेल्स भन्दछन्- हेगेल जातिले जर्मन थिए र आफ्ना समकालीन कवि गेटेका जस्तै उनको पछाडि पनि कपूमण्डुकताको धेरैथोरै पुच्छर लागेको थियो। र हेगलले आफूलाई त्यसबाट पूणर्तया मुक्त गर्न भने सकेका थिएनन्।

    प्रस्तुत पुस्तकमा एंगेल्स खासमा हेगेलसँग दर्शनको अन्त हुन्नजान्छ भन्दछन्। उनी त्यसका कारणहरु पनि दिन्छन्। हेगलसँगै दर्शनको अन्तहुनुका कारणहरुः

    १. आफ्नो पद्धतिमा उनले त्यसको सम्पूर्ण विकासको अति नै सानदार ढङ्गबाट निचोड पेश गरिदिएका छन्।

    २. हामीलाई पद्धतिका भ्रमहरुबाट बाहिर निकालेर विश्वका विद्यमान रहेको संज्ञानको मार्ग देखाएका छन्। यद्यापि उनले यो अनजान मै गरे।

    फायरबाखको भौतिकवाद: पदार्थ मुख्य तर पदार्थ गति र विकासबारे अस्पष्ट
    लुडविग फायरबाख भौतिकवादी थिए।  फायरबाखको इसाइ धर्मको सार भन्ने पुस्तक आएपछि नै मार्क्स र एंगेल्सहरु हेगलसँगको सम्बन्ध विच्छेद गरेर त्यतातिर लागे। उनीहरुलाई त्यसले ज्यादा प्रभाव पार्‍यो।

    फायरबाख पदार्थ नै चेतनाको एकमात्र स्रोत हो भन्ने कुरामा दृढ थिए। उनी हेगेलको आध्यात्मवादको आलोचना गर्ने पहिलो व्यक्ति थिए। उनले तत्कालीन जर्मनीमा अस्तित्वमा भएका धार्मिक विचारहरुको धज्जी उडाएका थिए। मान्छेले आफ्नै कल्पना आर्दश, इच्छा अनुसार धार्मिक विचारको कल्पना गरेको हो भन्ने मत राख्दथे। उनले कान्टको अज्ञेयवादको घोर विरोध गरे। उनले कान्टको विपरित विश्व ब्रम्हाण्डलाई बुझ्न सकिन्छ भन्ने धारणा व्यक्त गरे।

    उनले हेगेलको अध्यात्मवादी दर्शनलाई नकार्न खोज्दा द्वन्द्ववादलाई समेत अस्वीकार गर्न पुगे। र यसरी उनी जगले भौतिकवादी र माथि आध्यात्मवादी कित्तामा जान पुगे भन्ने कुरा एंगेल्स बताउँदछन्।

    -प्रकाश देवकोटा

    पुस्तकमा फायरबाखले पदार्थलाई प्रमुख मानेपनि त्यस भित्रको गतिलाई बुझ्न र ब्याख्या गर्न सकेनन्। मानिस भौतिक पदार्थबाट बनेको हुन्छ तथा मानिस स्वंयम् प्रकृतिको अङ्ग हो तर पनि सामाजिक सम्बन्धहरु तथा सामाजिक जीवनको अवस्थाले समेत मान्छेलाई प्रभाव पार्दछ भन्ने कुरा फायरबाखले बुझेनन् भन्ने कुरा सटिक तरिकाले दिइएको छ।

    उनी पुरातनपन्थी धर्मका मात्र विरोधी निस्के तर उनी नयाँ धर्म बनाउन चाहन्थे जहाँ ईश्वरको ठाँउमा मान्छेलाई राखियोस्, जहाँ सबै मानिसहरु एकआपसमा प्रेम गरुन्। एंगेल्स लेख्छन्-‘फायरबाख आधा भौतिकवादी र आधा आध्यात्मवादी थिए।’

    इतिहासको द्वन्द्वात्मक भौतिकवादी ब्याख्या नै मार्क्सवादको चुरोकुरो र प्रस्थान बिन्दु हो। मानव समाज विकासक्रमको द्वन्द्वात्मक भौतिकवादी ब्याख्या गर्न सक्षम हुनका लागि हेगेल र फायरबाखका अनुसन्धानहरुले मार्क्स र एंगेल्सलाई अमूल्य योगदान गरे। हेगेल द्वन्द्ववाद विचारमा मात्रै देख्दथे। चिन्तन र इतिहासमा मात्र द्वन्द्ववादको प्रयोग गर्दथे। प्रकृति मानव समाजको वर्तमान र भविष्यको अध्ययनमा द्वन्द्ववादको प्रयोग गर्न सकेनन्।

    अनि फायरबाख प्रकृतिमा मात्रै भौतिकवादको प्रयोग गर्दथे। मानवसमाज र चिन्तनलाई छुट्याउँथे। मार्क्स र एंगेल्स खासगरी मार्क्सले दुबैलाई जोडेर द्वन्द्वात्मक भौतिकवादको आविष्कार गरे।
    एंगेल्स भन्दछन्ः १८ औँ शताब्दीको भौतिकवाद यान्त्रिक हुनुको कारण र त्यसबाट फायरबाख पनि प्रभावित भएका थिए।

    १. त्यतिबेला सबै प्रकृति विज्ञानमा एउटा यान्त्रिकी मात्र थियो। त्यो पनि केवल खगोलीय र पार्थीव पिण्डहरुको यान्त्रिकी संक्षेपमा गुरुत्वाकर्षणको शक्तिको यान्त्रिकी सम्ममात्र निश्चित थियो।

    २.त्यो विश्वलाई एक प्रक्रियाको रुपमा, यस्तो गतिमान वस्तुको रुपमा जुन ऐतिहासिक विकासको क्रम र प्रक्रियाबाट गुज्रिराखेको छ भन्ने कुरा बुझ्न सक्दैनथियो।

    तर फायरबाखको जीवनकालमा  कोशिका, उर्जा रुपान्तरण र क्रम विकासको सिद्धान्त जस्ता यी तीन निणार्यक आविष्कार भईसकेका भएपनि त्यसको उनले प्रयोग नसक्नुको कारण एंगेल्स बताउँछन्- फायरबाख तत्कालीन जर्मनीको उथलपुथल र दुरावस्थाले गर्दा एउटा दुर्गम गाँउमा बस्नु पर्‍यो । जसले गर्दा आवश्यक सूचनाबाट उनी सम्पर्कमा रहन पाएनन्। यदि पाएको भएपनि त्यतिखेर प्रकृति विज्ञानमा भएको नवीन आविष्कारको बारेमा प्रकृति वैज्ञानिकहरुका बीचमा नै ठूलो विवाद भईराखेको थियो। त्यसैले त्यसलाई विश्वासनीय ढङ्गबाट प्रयोग गर्न कठिन लाग्नु स्वभाविक हो।

    मार्क्स र एंगेल्सको द्वन्द्वात्मक भौतिकवादी धारणाको युगः
    मार्क्स र एंगेल्स आफ्ना शुरुका दिनमा युवा हेगलवादी थिए। केही समय पछि उनीहरुले हेगलसँगको सम्बन्धलाई तोडे र फायरबाखको दार्शनिक दृष्टिकोणसँग सम्बन्ध स्थापित गरे तर त्यसपछि फायरबाखसँगको सम्बन्धलाई पनि तोडे र उनीहरुको दर्शन र पद्धतिलाई थप विकास गर्न तिर लागे।

    यस कृतिमा एंगेल्स लेख्छन्-फायरबाख भन्दा अगाडि उनको दृष्टिकोणको विकास गर्ने काम १८४५ मा मार्क्सले ‘पवित्र परिवार’ कृतिमा गरे।

    यस बीचमा १८४८ को क्रान्तिले पूरा दर्शनलाई नै यसरी निर्दयतापूर्वक एकातिर धकेलिदियो, जसरी फायरबाखले हेगेललाई एकातिर धकेलिदिएका थिए। यस प्रक्रियामा स्वंयम् फायरबाखलाई पृष्ठभूमिमा पुर्‍याइदियो।

    एंगेल्स पुस्तकमा अगाडि लेख्छन्-हेगलीय शाखाको विघटनको साथ एक अर्को धाराको विकास भयो र केवल यसै धाराले मात्र वास्तविक फल प्रदान गरेको छ। यो धारा मूलभूत रुपमा मार्क्सको नाम सँग जोडिएको छ। अर्थात् मार्क्सवाद।

    चिन्तन र अस्तित्वको प्रश्नमा एंगेल्स कृतिमा लेख्छन्-मानवलाई गतिशिल बनाउने हर कुरा उसको मष्तिष्कबाट गुज्रीनु अनिवार्य छ, तर पनि त्यो कुराले मानव मस्तिष्कमा कुन चाहिँ स्वरुप ग्रहण गर्दछ भन्ने कुरा अधिकांसतः परिस्थिति माथि निरर्भर हुन्छ।

    कृतिको यस खण्डमा लामो ब्याख्या, तथ्य र सन्दर्भ सहित प्रस्तुत गरेर इतिहासको मूख्य चालक (प्रेरक) शक्ति वर्गसंघर्ष हो भन्ने कुरालाई अत्यन्तै गहन र ऐतिहासिक दृष्टिकोणबाट स्पष्ट पारिएको छ।

    राज्यसम्बन्धी पुरानो धारणालाई खण्डन गर्दै लेख्छन्- पुरानो धारणाले राज्यलाई र नागरिक समाजलाई निर्धारित तत्व मान्दथ्यो तर आधुनिक इतिहासमा राज्य गौण हो र नागरिक समाज (आर्थिक सम्बन्धहरु) को क्षेत्र निणर्यक हो।

    राज्यको निर्माणको आधार, यसको चरित्र, स्वभाव र ऐतिहासिकतालाई उद्घाटित गर्दै एंगेल्स पुनर्जागरण र इन्लाइटमेन्टको समयलाई वर्गहरुको संघर्षको देनको रुपमा लिन्छन्।

    धर्मको सम्बन्धमा कृतिमा आदिमकाल देखि नै मानवहरुको स्वयम् आफ्नो प्रकृति एवम् बाह्य प्रकृतिको सम्बन्धमा भ्रमपूर्ण प्रारम्भिक धारणाहरुबाट धर्मको उत्पत्ति भएको हो भन्ने कुरा बताइएको छ।

    एंगेल्स लेख्छन् -जसरी प्रकृतिको द्वन्द्वात्मक धारणाले पूरा दर्शनलाई अनावश्यक र असम्भव बनाइदिन्छ। त्यसैगरी इतिहासको द्वन्द्वात्मक भौतिकवादी धारणाले इतिहासको दर्शनको अन्त पनि गरिदिन्छ।

    १८४८ मा भएको जनवादी क्रान्तिले पूर्वकालिक साराका सारा सैद्धान्तिक दर्शनलाई अन्त गरिदिन्छ र दर्शनलाई व्यवहारिक प्रयोगमा ल्याईदिन्छ। त्यसपछि दर्शन केवल विश्वविधालयका अध्यापकको विषयमात्र रहेन मजदुरहरु र सर्वहाराहरुको हतियारको रुपमा परिणत भयो। यो मजदुरमा आएको दर्शन कुनै पट्यारलाग्दा दार्शनिक शब्दाआडम्बरले भरिएका थिएनन्। ती त व्यवहारिक रुपले सुसज्जित थिए। त्यो दर्शन ‘द्वन्द्वात्मक भौतिकवाद’ थियो। दार्शनिक शब्दाडम्बरले भरिएका दर्शनका अन्तिम पात्र फायरबाख थिए र उनलाई यस क्रान्तिले पृष्ठभूमिमा धकेलिदियो। यसरी शास्त्रीय जर्मन दर्शनको अन्त्य हुन पुग्यो भनेर एंगेल्स भन्दछन्।

    परिशिष्टको भागः
    पुस्तकको अन्तिम भागमा मार्क्सले १८४५ मा ब्रसेल्समा हुँदा लेखेका फायरबाख सम्बन्धी टिप्पणीलाई राखिएको छ। जसमा ११ वटा टिप्पणीबाट फायरबाखको दर्शन, धर्मसम्बन्धी धारणा, नैतिकता, प्रेमलाई आलोचनात्मक खण्डन गरिएको छ। यस सम्बन्धमा एंगेल्स भूमिकामा लेख्दछन्-यिनलाई मार्क्सले पछि विस्तृत रुपमा लेख्ने मनसायले हतारहतारमा लेखेर राखेका थिए। यिनीहरु प्रकाशनका लागि थिएनन्। तर यी नयाँ विश्वदृष्टिकोणको बिजाणुको रुपमा अनमोल छन्।’

    पुस्तकको अन्त परिशिष्टको अन्तिममा रहेको मार्क्सको सबैभन्दा प्रचलित वाक्य उद्धरणबाट गरिएको छ-‘दार्शनिकहरुले विभिन्न तरिकाले संसारको ब्याख्या मात्र गरेका छन्, तर मुख्य काम त बदल्नु हो।’

    पुस्तकलाई नेपालीमा रमेश सुनुवारले २०६० सालमा अनुवाद गरी प्रगति पुस्तक सदनको माध्यमबाट प्रकाशित गरेका छन्। पुस्तक भौतिक रुपले अत्यन्तै सानो भएपनि गुणका हिसाबले विशाल खजानाले भरिएको छ। पुस्तक ६७ पृष्ठ लामो छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश देवकोटा

      प्रकाश देवकोटा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.