Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

सान्टियागो जावाला सान्टियागो जावाला
पुस १, २०७७
- कोभिड–१९, विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “आजका दिनसम्म दर्शनशास्त्रीहरुले विभिन्न किसिमले विश्वको विवेचना गरेका छन् तर मुख्य कुरा यसलाई बदल्नु हो।” तर मार्क्सको यस कथनलाई यो बर्ष हामीले उल्टाएर विवेचना गर्न थाल्नुपर्छ।

    विश्व दर्शनशास्त्र दिवस २०२० मनाउने क्रममा युनेस्कोका महानिर्देशक अउड्रि एजउलेले यस वर्षको उत्सवको बहुधा भिन्न प्रकृतिबारे चर्चामा ल्याइन्”।

    यो वर्षको आजको दिन विशेष अर्थपूर्ण छ,” उनले भनिन्। “यस दिनले हामीलाई एक प्राज्ञिक विधा वा मानव विज्ञान भन्दा फराकिलो क्षेत्रमा उत्सव मनाउन आग्रह गरेको छ। किनकि आज बाँचिरहेको सन्दर्भले विश्वमा विशेष उपायबाट अस्तित्वमा रहनुपर्ने आवश्यकतालाई दर्शाएको छ।”

    उनले उल्लेख गरेको सन्दर्भ निश्चय नै कोरोना भाइरस विश्वमहामारी हो। यसले हाम्रो जीवनका प्रत्येक पक्षमा स्पर्श गरेको छ। बार्सिलोना देखि बगदादसम्म कोभिड-१९ ले हरेक मानिसको दैनिकीमा आमूल फेरबदल ल्याइ दिएको छ।

    हालको संकट २१ औं शताब्दीका विश्वव्यापी घटना ठानिएका सेप्टेम्बर ११ को आक्रमण र सन् २००८ को आर्थिक संकट भन्दा भिन्न छ। भिन्न किन छ भने यस महामारीले विश्वका कुनै पनि कुनामा बसोबास गर्नेहरुलाई “स्पर्श गर्न” बाँकी राखेको छैन, र यसका असरहरु विश्वका हरेक कुनामा आउँदा दशकौंसम्म खेप्दै रहनुपर्नेछ।

    यो आपदकाल वैश्विक प्रकृतिको भएकाले  प्रत्येक ब्यक्तिलाई कि पेशागत वा कि व्यक्तिगत क्षमताले यस आपदको अन्त्य गर्ने प्रयासमा योगदान गर्न बाध्य बनाएको छ। जहाँ इम्युनोलजिस्टहरु खोप विकासको अन्वेषण गर्न र डाक्टर–नर्सहरु विरामीहरुको हेरविचारमा अपरिहार्य छन्। यसरी नै आम मानिसहरुले मास्क लगाउँदै र लकडाउनको अवधिमा जोखिममा रहेका छिमेकीहरुलाई मद्दत गर्दै योगदान गरिरहेका छन्।

    अब प्रश्न उठ्छ, यस्तो अवस्थामा दर्शनशास्त्रीहरुले कसरी योगदान पुर्‍याउँदैछन् त ? के शास्त्रीय रुपमा परिभाषित “ज्ञान प्रतिको प्रेम”ले यस विश्वमहामारीमा कुनै भिन्नता ल्याउन सक्छ?

    धेरैले सुझाए जस्तो “हामी सबै (विश्वका सबै र सबै कुनाका सबै व्यक्तिहरु) एउटै डुङ्गामा सवार” छैनौं  भन्ने तर्फ इसारा गर्दछ।

    कार्ल मार्क्सले एक पटक एउटा कथनलाई उदृत गरेका थिए, “आजका दिनसम्म दर्शनशास्त्रीहरुले विभिन्न किसिमले विश्वको विवेचना गरेका छन् तर मुख्य कुरा यसलाई बदल्नु हो।” तर यो बर्ष हामीले मार्क्सको उदृत कथनलाई उल्टाएर विवेचना गर्न थाल्नुपर्छ।

    यो महामारी कुनै पनि मूल्यमा, विशेषगरि उत्खनन् गरी सम्पत्ति थुपार्ने पुँजीवादबाट पर्यावरण विनासको मूल्यमा वा जसरी भएपनि वृद्धि (आर्थिक) हासिल गर्नैपर्ने अनिवार्यताको प्रत्यक्ष दुष्परिणाम हो। यसो भए के हामी मध्ये कसैले हामी वरिपरिको विश्वको विवेचना गर्न पर्याप्त समय दियौं? वा के हाम्रा कामकार्वाहीहरु विवेचनायुक्त विचार तथा विमर्शबाट अघि बढाइएका हुन्? यो दिवशले हामीलाई यो सोच्न बाध्य बनाएकोछ।

    हालसालैको अमेरिकी राष्ट्रपतीय चुनावमा “पहिले अमेरिका” भन्ने अलगाववादी उम्मेद्वारले शर्मनाक हार बेहोरे। यस घटनाले यो अप्रत्याशित विश्वस्तरीय आपदका लागि विश्वस्तरीय समाधान चाहिन्छ भन्ने तर्फ इशारा गरेकोछ। यसलाई बुझ्ने हो भने यो संकट समाधान गर्न दर्शनशास्त्रले ठूलो योगदान पुर्‍याउन सक्छ। हो, हामीकहाँ अनेकन क्षेत्रका “विज्ञहरु” छन् तर ती प्रायस साँघुरो घेराभित्र सिमित हुन्छन् र स्थानीय समाधान अघि सार्छन्। दर्शनशास्त्रले कुनै समस्यालाई सधैं वैश्विक दृष्टिकोणबाट हेर्दछ र समाधान पनि वैश्विक तहमा गर्ने चाहना राख्छ।

    जुडिथ बट्लर, एकिले म्बेम्बे र जियोर्जियो अगम्बेन जस्ता प्रख्यात धेरै दार्शनिकहरुले यस महामारीबारे र यसबाट विश्वका सारा मानिसले सिक्नसक्ने पाठहरु लेखेका छन्, तर दुईजना चिन्तकहरु स्लाभोज जिजेक र ब्रुनो लाटाउरहरुले भने विश्वको विवेचना गर्नमा समय खर्च नगरी प्रस्तुत गरेको वैश्विक दृष्टिकोणले संसार बदल्ने हाम्रो व्यग्र चाहनालाई दिशाबोध गर्न सक्छ।

    स्लोभेनियन चिन्तक अनुसार, महामारीले पुँजीवादका यी विध्वंसात्मक परिणामहरुमात्र उजगार गर्दैन, कम्युनिज्मको पुनअभ्युदय गर्ने अवसर दिएको छ। यसबेला उनी सोभियत संघको पुरानो कम्युनिज्मको पुनर्जन्मको कुरा गरिरहेका छैनन्, बरु “विश्व अर्थतन्त्रको पुनर्संगठनको कुरा गरिरहेछन् त्यसो गर्न सकिए अर्थतन्त्र बजार–संयन्त्रको निगाहमा बाँच्नु पर्नेछैन।”

    यो महामारी माथि कसरी विजय प्राप्त गर्न सकिन्छ भन्ने विषयमा जिजेक र लाटाउर सहमत नहुन सक्छन् तर उनीहरु दुबैले हामीलाई आउदो विश्वब्यापी आपदकाल सामना गर्न तयार गर्न सक्ने विचार र सवालहरु अघि सारेका छन्।

    जिजेक भन्छन्– हामीले कसरी यस महामारीको सम्बोधन गर्छौं भन्ने कुरा, “अन्तत: हामी मानव जीवनको मर्यादा बारेमा कस्तो आधारभूत अडान लिन्छौं भन्ने कुरामा निर्भर रहन्छ।” त्यसैले उनी यो आपदकालले स्वयंले ल्याएको परिवर्तनहरु भन्दा बढि विषम असमानता, मानवजीवनलाई थानगन्ति विक्रि गरिने माल बनाइएको, र संस्थागतरुपमा नै पर्यावरणलाई वेवास्ता गरिएका जस्ता विभिन्न मुद्दाहरुलाई समेत सतहमाथि ल्याएको छ भनी विश्वास गर्छन्।

    यी मुद्दाहरु पहिले देखि नै सतह मुन्तिर विद्यमान थिए। चरम गरिबीभित्रका रहेका शरणार्थीहरु वा युद्ध क्षेत्रमा फसेका करोडौं करोड मानिसहरुका लागि निम्ति कोभिड-१९ तुलनात्मक रुपमा सामान्य मुद्दा हो। यसकारण धेरैले सुझाए जस्तो ” हामी सबै (विश्वका सबै र सबै कुनाका सबै व्यक्तिहरु) एउटै डुङ्गामा सवार” छैनौं भन्ने तर्फ इसारा गर्दछ।

    यस इशारालाई निम्न अवस्थाका जस्तै घरबाटै वा सुरक्षित एकान्तवासबाट काम गर्ने सुविधा छैन र दैनिक ज्यालादारीमा र आफ्ना रोजगारदाताले आफ्नै तजबिजमा उपलब्ध गराएको सुरक्षा उपायका भरमा सुपर मार्केट, वितरण केन्द्र, कारखाना र सडकमा काम गर्ने मानिसहरुको अवस्थाबाट पनि स्पस्ट बुझ्न सकिन्छ। जिजेक भन्दछन्, केही सिमित मानिसहरुलाई उनिहरुको निजी क्वारेन्टाइनमा जिवित राख्नका लागि विश्व पुँजीवादी बजार चलायमान राख्न धेरै मानिसहरुले आफ्नो ज्यानको जोखिम लिनुपर्छ।

     केही हप्ता मै हामीले सबै स्थानहरुमा अर्थतन्त्रलाई ठिकै अवस्थामा फर्काउन सक्नुले यो तथाकथित प्रगतिको पुँजीवादी मार्ग तथा धारलाई तुरुन्तै रोक्न र विकल्प तयार गर्न सकिन्छ भन्ने देखाउँछ।

    यी स्लोभेनियन चिन्तक अनुसार, महामारीले पुँजीवादका यी विध्वंसात्मक परिणामहरुमात्र उजगार गर्दैन, कम्युनिज्मको पुनअभ्युदय गर्ने अवसर दिएको छ। यसबेला उनी सोभियत संघको पुरानो कम्युनिज्मको पुनर्जन्मको कुरा गरिरहेका छैनन्, बरु “विश्व अर्थतन्त्रको पुनर्संगठनको कुरा गरिरहेछन् त्यसो गर्न सकिए अर्थतन्त्र बजार–संयन्त्रको निगाहमा बाँच्नु पर्नेछैन।” जिजेक भन्छन्– भाइरसजन्य महामारीका साथसाथै असमानता र पर्यावरण क्षयीकरण जन्य महामारीहरुको पनि विरुद्ध लड्नु पर्छ – जीवन र प्रकृति प्रतिको हाम्रो सिङ्गै दृष्टिकोण तथा अडानमाथि पुनर्विचार गरिनुपर्छ।

    यो पुनर्विचार ब्रुनो लाटाउरको महामारीको सम्बोधनको प्रमुख धारणामा पनि प्रष्ट देखिन्छ। प्रख्यात फ्रान्सेली दार्शनिक अनुसार कोरोना भाइरसको आपदकाललाई विद्यमान पारिस्थितिकीय संकट (ecological crisis) ले “चोला फेरेको” हो भनेर बुझ्नु पर्दछ।

    उनी भन्छन्– कोरोना भाइरस महामारी एक स्वास्थ्य संकटमात्र होइन बरु यो विद्यमान विश्व पारिस्थितिकीय प्रणाली विनाशक घटनाभित्रको बहुतै ठूलो समस्याको एउटा अंश मात्र हो।

    हो, हामीले यो भाइरस विरुद्ध सामुहिक रुपमा लड्नु पर्ने आवश्यकतालाई साच्चै नै स्वीकार गरेकाछौं। तर यस स्वीकारोक्तिलाई विद्यमान पारिस्थितिक प्रणाली विनाससम्मको तथ्यलाई समेट्न सकिएको छैन। किनभने धेरै मानिसहरुले निरन्तर चलिरहेको वातावरण विनास र यो रोगको उत्पत्तिबिच सम्बन्ध स्थापित गर्न सकेका छैनन्।

    यी फ्रान्सेली चिन्तकअनुसार यो महामारीले समाजको नयाँ परिभाषाको माग गरेको छ जुन परिभाषामा “मानवहरु मात्रमा” सिमित नभएर “सूक्ष्म जिवाणु, इन्टरनेट, कानून, अस्पताल र सेवासुसारका संगठनहरु, राज्यका आपूर्ति व्यवस्थाका साथै जलवायु” जस्ता अन्य कर्ताहरु पनि समावेश भएका हुन्।

    जिजेक र लाटउर दुबैले लकडाउनको हठात् स्वागत गरे, जसले धेरै मानिसलाई सोच्न, प्रश्न गर्न र सुन्दर भविष्य निर्माण गर्ने उपायहरुबारे कल्पना गर्न एक प्रकारको एकान्तवासमा रहन बाध्य बनायो।

    लाटाउर विस्वास गर्छन्– यो महामारीको अन्त्य भएपछिको आर्थिक सुधारले अहिलेकै जस्तो अवस्था निम्त्याउने जलवायु सम्बन्धी नीतिहरु दोहोरिने छैनन् भनी राजनीतिज्ञहरुको प्रतिवद्धता माग गर्नु हाम्रो दायित्व हुनेछ। केही हप्ता मै हामीले सबै स्थानहरुमा अर्थतन्त्रलाई ठिकै अवस्थामा फर्काउन सक्नुले यो तथाकथित प्रगतिको पुँजीवादी मार्ग तथा धारलाई तुरुन्तै रोक्न र विकल्प तयार गर्न सकिन्छ भन्ने देखाउँछ। भर्खरैमात्र उनले भनेका छन्– “यदि म कुनै एक चिज परिवर्तन गर्नसक्ने भएँ भने त्यो भनेको उत्पादन प्रणालीबाट बाहिर निस्कनु र त्यस्को विकल्प राजनीतिक पारिस्थितिकीय प्रणाली (political ecology) को विकास गर्नु हुनेछ।”

    जिजेक र लाटउर दुवैजनाका साथै अन्य दार्शनिकहरु जसले महामारीबारे सार्वजनिक रुपमा विचार ब्यक्त गरेका छन्, ती सबैजसो हाम्रो “संसारमा अस्तित्वमा रहने तरिका” बारे पुनरविचार गर्ने उपयुक्त समय यसैबेला हो भन्ने कुरामा सहमत छन्। आइलाग्ने दुष्परिणामहरुबारे गम्भीरतापूर्वक विचारै नगरी हामीले धेरै लामो समय द्रुत गतिमा संसारको परिवर्तन गरिरह्यौं। यसै कारणले जिजेक र लाटउर दुबैले लकडाउनको हठात् स्वागत गरे, जसले धेरै मानिसलाई सोच्न, प्रश्न गर्न र सुन्दर भविष्य निर्माण गर्ने उपायहरुबारे कल्पना गर्न एक प्रकारको एकान्तवासमा रहन बाध्य बनायो।

    यस महामारीका बिचमा पनि जिजेकको “विश्व अर्थतन्त्र पुनर्गठन” को माग र लाटउरको” राजनीतिक पारिस्थितिकीय प्रणाली” को चाहना अयथार्थवादी जस्ता देखिए पनि, यी विचारहरुबारे सोच्दा मात्र पनि “अस्तित्वमा रहने तरिका” र विश्वको विवेचना गर्ने तरिकाबारे पुनर्विचार गर्न हामीलाई पर्याप्त दवाव दिनसक्ने छन्।

    (३ डिसेम्बर २०२०, अल्जजीरामा प्रकाशित)

    लेखक पोम्पियू फाब्रा युनिभर्सिटी, बार्सिलोनाका दर्शनशास्त्रका अनुसन्धान प्रोफेसर हुन्। यिनी ‘Why Only Art Can Save Us (2017), ‘Hermeneutic Communism’ (2011, coauthored with G. Vattimo), ‘The Future of Religion’ (2005) का सम्पादक तथा लेखकहरु मध्ये एक हुन्।  

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सान्टियागो जावाला

      सान्टियागो जावाला

      लेखक पोम्पियू फाब्रा युनिभर्सिटी, बार्सिलोनाका दर्शनशास्त्रका अनुसन्धान प्रोफेसर हुन्। यिनी 'Why Only Art Can Save Us (2017), 'Hermeneutic Communism' (2011), 'The Future of Religion' (2005) का सम्पादक तथा लेखकहरु मध्ये एक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.