Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मानव कसरी शक्तिशाली बन्यो? (१)

गोपीरमण उपाध्याय गोपीरमण उपाध्याय
चैत्र २२, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञानलगायत विज्ञानका अनेकौं क्षेत्र छन् । ती क्षेत्रमा मेरो ज्ञान कम छ । तर समाज विज्ञानमा भने मेरो रुची गहिरो छ । समाज विज्ञानको विद्यार्थी भएकाले समाज कसरी विकसित भयो भन्ने जिज्ञासा ममा सुरुदेखि नै थियो, त्यही जिज्ञासाको उत्तर खोज्दै आएको छु आजसम्म।

    त्यही क्रममा अब्बल लेखकहरूका पुस्तकहरू पढेँ । र, वि.सं. २०३० तिर म जतिखेर अध्ययनका क्रममा बनारसमा थिएँ, त्यतिखेर नेपाली वामपन्थी राजनीतिमा प्रवेश गरेँ। त्यतिखेर मोदनाथ प्रश्रितले लेखेको ‘मोनेरादेखि मानवसम्म’ भन्ने पुस्तक पढेँ । त्यो अति महत्वपूर्ण पुस्तक थियो । त्यो पुस्तक त्यतिखेर यति लोकप्रिय भयो कि कम्युनिष्ट राजनीतिमा रुची भएका प्रायः सबैजसो साथीहरुले उत्सुकता र चाखका साथ पढे । त्यतिखेर त्यो पुस्तक ठूलो महत्वको थियो किनकि विज्ञान आफैंमा ‘निरन्तर अपडेट हुने ज्ञान’ भएकाले पहिलभन्दा अहिले धेरै खोज र अनुसन्धान भएका छन् । धेरै नयाँ तथ्यहरू थपिएका छन्।

    एक कोषीयबाट बहुकोषीय

    अहिले फर्केर हेर्दा कता हो कता पुरानो किताबजस्तो लाग्छ त्यो किताब । तर पनि नेपालको प्रगतिशील चेतना निर्माणमा त्यो पुस्तकको साह्रै ठूलो योगदान रह्यो। म पनि त्यही पुस्तक पढेर समाजविज्ञानको क्षेत्रमा लागेँ। एउटा समयमा मलाई पुराण, वेद र उपनिषदप्रति धेरै भर र विश्वास थियो। सबै उत्तर तिनै किताबमा छन्जस्तो लाग्थ्यो । वास्तवमा त्यसो होइन रहेछ। विस्तारै क्रमिक रूपमा मानव जातिको नै उत्पत्ति कसरी भयो भन्ने कुरामा मेरो चासो रहन गयो।

    ‘मनेरादेखि मानव’सम्ममा त्यस्ता विषयहरू मैले पढ्न पाएँ । कसरी एक कोषीय जीवबाट दुई कोषीय र त्यसबाट बहुकोषीय जीब भयो, पानीबाट जीब कसरी जमीनमा आयो? थलबाट कसरी जीब उभयचरमा रुपान्तरित भयो ? कसरी उसमा मेरुदण्डको विकाश भयो ? त्यो हुँदै गएर कसरी प्राणी ‘बाँदर जाति’मा रुपान्तरण भयो र उसका पुराना काम नलाग्ने अंगहरू छुट्दै आए, सो विषय थियो त्यसमा।

    पहिले–पहिले यस्ता अनौठा विज्ञानका कुरा सुन्दा मान्छेहरू अनेक तर्क हुने गर्थे। हिजोको अमिबा र बाँदरहरूचाहिँ किन मान्छेमा रुपान्तरित नभइ त्यसै रहिरहे भन्ने तर्क हुन्थे उनीहरूका । हामी मान्छे भयौँ भने उनीहरू चाहिँ किन भएनन् त भन्ने तर्क गर्थे उनीहरू । विज्ञान नबुझेकाहरूको तर्क हो त्यो । एउटा जीनको क्रमिक रूपमा विकाश हुन्छ, त्यो नै एउटा मानव एकत्वको कारण हो। त्यो हुँदै गएपछि प्राणी विकास भयो, ‘बाँदर प्रजाति’(एप) मा आयो । एपबाट मानवमा परिणत भयो।

    प्लियो पिथेकस हुँदै…

    पहिले एप(बाँदर प्रजाति) बाट मानवमा प्रवेश हुँदाको चरणलाई ‘प्लियो पिथेकस’ भनेर वैज्ञानिकहरुले नामाकरण गरे । ३ करोड ७० लाख वर्ष पहिलेको मानवको जीन उत्पन्न हुने आधार भनेको प्लियो पिथिकस हो। प्लियो पिथेकसपछि अस्ट्रेलोपिथेकसलगायतका चरणहरू गुजार्दै हामी यहाँसम्म आइपुग्यौँ । मेरो पुस्तकमा मैले मानव विकासको क्रमबद्धता पनि उल्लेख गरेको छु।

    मानव विकासलाई हेर्दा हामीले दुई तरिकाले हेर्नुपर्छ। एउटा प्राणी विकासको रूपमा मान्छेको विकास । किनकि मानवका सबै पुर्खाहरू मान्छे होइन, मान्छेजस्तै प्राणी मात्र हो । अर्कोचाहिँ, समाज विकासका रूपमा मानव विकास। धेरै पछि मात्रै आएर मानव जातिको विकासले समाजको रूप लिएको हो । हामीले त्यसमा ख्याल गर्नुपर्छ । र, दस लाख वर्षयता मानव समाज बन्न थालेको भन्ने चर्चा छ । हिजो समाज नहुनु र आज समाज हुनुका कारणहरू के होला भन्ने प्रश्न पनि उठ्छ।

    समाज
    प्राणी विकासको सामान्य चर्चा गरियो । तर समाज हुनुका लागि के जरुरत थियो ? हिजो के को अभावका कारण समाज बनेन र आज कसरी समाज बन्यो ? त्यस प्रश्नको उत्तर हो, मिलेर काम गर्ने हाम्रो जातिको स्वभाव । पशु जगत र मानव जगतको फरक के हो भन्दा पशुले प्रकृतिबाट जेजस्तो रूपमा सामग्री पाउँछ त्यही रूपमा त्यसको उपभोग गर्छ । उसको त्यही नै चरित्र हो । तर त्यही वस्तुलाई पुनरुउत्पादन गर्ने सीप मान्छेमा हुन्छ । त्यो सीप अन्य प्राणीमा छैन। अपवादका रूपमा चिञ्पान्जीमा थोरै त्यस्ता केही गुणहरू देखिन्छन्। चिम्पान्जीमा रहेको त्यो गुण मान्छेको पुरानो चरित्र पनि हो।

    यसरी उत्पादन र पुनरुत्पादनका कारणले समाज छुट्टियो। जे छ त्यही खाने पशु जगत भयो भने बस्तुको रूप बदलेर खानेचाहिँ मान्छे बने। तर वस्तुलाई अनेक रूपमा बदलेर उपभोग गर्नका लागि ज्ञान, सीप र सामुहिकता चाहिन्छ । एक अर्कामा सहयोग र सम्पर्क चाहिन्छ। जस्तै : एउटा ढुंगालाई पल्टाउन एक्लैले नसकेपछि अरु मान्छेहरूको आवश्यकता पर्छ । एक दोस्रो मिलेर श्रम गर्ने परिस्थिति भएपछि, त्यो चेतना आएपछि मान्छे पशुबाट छुट्टिएको हो। शब्दलाई नै ख्याल गर्ने हो भने पनि ‘सम’ र ‘आज’ मिलेर ‘समाज’ बनेको छ। यसको मतलव मिलेर अगाडि बढ्ने भन्ने हो।

    भाषा

    यो करिब १० लाख वर्ष पहिलेको कुरा हो । सबैभन्दा पहिले समाजलाई जोड्ने माध्यम भनेकै भाषा हो। भाषाका पनि चार वटा चरण छन्: संकेतको भाषा, अक्रियावाचक भाषा, वर्णात्मक भाषा र क्रियापदयुक्त भाषा । मान्छले एकैचोटी आजको जस्तो जटिल भाषाहरू बोल्न जानेको होइन। पहिले मानव जातिले संकेत प्रयोग गरेर विस्तारै भाषाका अन्य जटिल चरणहरूमा प्रवेश गरेको हो। भाषाका यी चरणहरू पूरा हुन साढे पाँच लाख वर्ष लाग्यो भन्ने अनुमान छ।

    अर्को कुरा, उत्पादनका साधन जति छिटो विकसित हुन्छन्, मान्छे बाँच्नका लागि जति धेरै आधारहरु विकसित हुन्छन्, त्यति नै छिटो समाज अगाडि बढ्छ। उत्पादनका साधनको पनि एउटा छुट्टै माक्र्सवादी नियम छ। त्यस नियमअनुसार जाँदा, साढे पाँच लाख वर्षसम्मको मानव समाजको क्रमिक विकास हुँदा अथवा भाषाले आफ्नो चार चरण पार गर्दा त्यति समय बितेको हो।

    संकेतको भाषा र आगो

    सांकेतिक भाषामा अनौठा आवाज प्रयोग गर्ने र आँखालगायत शरीरका विभिन्न अंग प्रयोग गरेर पार लगाउने विषय पर्छन्। सांकेतिक भाषा नै अन्य जटिल भाषाका आधार हुन्। समाज विकासको अर्को चरणमा आउँदा हामीसँग आगो उपलब्ध थियो। तर आगोको उपयोग गर्न मान्छेले जानेको थिएन। तर जब मान्छेले आगोलाई आफ्नो आवश्यकता अनुसार नियन्त्रण गर्न सिक्यो, आगोको सही प्रयोग गर्न सिक्यो, त्यो पनि ठूलो उपलब्धि थियो मानव विकासमा।

    यो पनि पढ्नुहोस् –

    आज हामी अनेकौं वैज्ञानिक उपकरणहरूलाई उदाहरण मानेर ‘फलानो उपकरण र आविस्कारले मानव समाजको विकासमा ठूलो योगदान गर्‍यो’ भन्छौं तर त्यतिबेलाको मान्छेका लागि आगोको आविस्कार आफैंमा ठूलो चमत्कार थियो। आगोको विकास पनि मानव विकाशको दोस्रो चरण हो।

    आदिम युगको यो चरणमा उत्पादनको खास साधन भनेको भाषा थियो। जसको विकासमै साढे पाँच लाख वर्ष लाग्यो। दोस्रो उत्पादको साधन आगो थियो। आगोको प्रयोगले मान्छेले छिट्टै उन्नति गर्‍यो। उसको शरीरको र दिमागको बनोटमा विकास भयो। त्यसले साढे दुई लाख वर्ष व्यतित गर्छ। हिजो चाहिँ साढे पाँच लाख वर्षमा प्राप्त गरेको उपलब्धि आगोजस्तो महत्वपूर्ण उत्पादको साधनले गर्दा साढे दुई लाख वर्षमै प्राप्त गर्‍यो। यसलाई आदिम युगको बन्ने चरणको मध्य चरण भनियो। तेस्रो चरणमा अर्थात् आदिम युगको बन्ने चरणको उन्नत चरणमा धनुषवाण महत्वपूर्ण उत्पादनको साधन भयो।

    धनुषवाण र बर्बर युग

    हिजो कुनै पशुको शिकार गर्न मान्छे आफैँ दौडनुपर्थ्यो, पशुलाई नै भेट्टाउनुपर्थ्यो । अब चाहिँ मान्छेले टाढैबाट सिकार गर्न सक्ने भयो। टाढाबाट पशु र पंक्षीको शिकार गर्न सक्ने उत्पादनको साधनको विकास गरेपछि मानव समाज विकासको तेस्रो चरणमा प्रवेश ग¥यो । त्यसपछि मान्छे चौथो चरण अथात् आदिम युगको बर्बर अवस्थाको निम्न चरणमा प्रवेश गर्यो । अब मान्छेहरू समूह बनाएर हिँड्न थाले । एउटा समुह वा गणले अर्को गणलाई जित्यो भने त्यसलाई समाप्त पार्नै पर्ने अवस्था बन्यो। अर्को समुहलाई नसिध्याए आफ्नो अस्तित्व हुनेछैन भन्ने त्रासमा उनीहरू अर्को गणका मान्छेलाई सक्याउँथे । त्यो कहालिलाग्दो युगलाई बर्बर युग भनियो।

    उत्पादनको साधनको हिसाबले गणना गर्दा माटाका भाँडाको प्रयोग गर्ने युग हो बर्बर युग। त्यसपछि धेरै कुराको विकास भयो। माटाका सामान बनेपछि मान्छेले आफूलाई आवश्यक सामानहरु जोगाएर राख्न सक्ने भयो। यतिबेलासम्म आउँदा मानव विकासको चारबाट पाँचौँ भाग व्यतित हुन्छ। यो चरणमा आइपुग्दा मान्छेमा बौद्धिक चेतनाको विकास भएको हुन्छ।

    पाँचौँ चरणमा आउँदा मान्छेले ज्ञान र बुद्धिको महत्व बुझ्यो। गीतसंगित, बाजा र नृत्यजस्ता चीजहरु समाजमा विकसित हुन थाले । सभ्यताको प्रारम्भिक युग यसरी देखा पर्यो। छैटौँ चरणमा आउँदा मान्छेले पशुपालन सुरु गर्यो। पशुपालनपछि मानव समाजले खेतिपाती थाल्यो। मानव विकासबारे अध्ययन गर्दा उत्पादनको साधनहरूको विकासका कारण कसरी मान्छेमा चेतना र व्यवस्थापनको विकास हुँदै गयो भन्ने बुझिन्छ । राज्यको विकासका कुरा त अझै बाँकी नै छन्।

    (नेपाल रिडर्सका लागि अध्येता उपाध्यायसँग गरिएको कुराकानीमा आधारित ।)

    बाँकी अर्को अंकमा….

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गोपीरमण उपाध्याय

      गोपीरमण उपाध्याय

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.