Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सीआइएले कसरी अफ्रिकाको स्वतन्त्रतालाई तहसनहस बनायो

सिआईएको हस्तक्षेपपछि यसले राजनैतिक मार्ग दिएर बनाइएका सबै सरकारहरु अन्ततः घोर प्रतिक्रियावादी र हिंस्रक भएका कारण पतन भएका छन्। एशिया, अफ्रिका, मध्य पूर्व तथा युरोपका केही मुलुकहरुका अभ्यास र अनुभवले पुष्टि गरेका छन्।

पिटर होगार्थ पिटर होगार्थ
अशोज ८, २०७९
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अफ्रिकी देशहरूले भोकमरी, बेरोजगारी, विद्युत अभाव, कमजोर सरकार, कमजोर स्वास्थ्य अवस्था र भ्रष्टाचार जस्ता प्रमुख समस्याहरूको सामना गरिरहेका छन्। यी समस्याहरूको समाधानका लागि सुरुमा यिनका जरा पत्ता लगाउनुपर्छ र यसलाई सच्याउने काम गर्नुपर्छ। यसका लागि औपनिवेशिककाल र औपनिवेशिकताबाट मुक्तभएपछि पनि पश्चिमा शक्तिहरूले गरेका हस्तक्षेप जस्ता विषयलाई एकएक हिसाव नगरी समाधानका विश्लेषणहरू अपूरो र भ्रमपूर्ण हुन्छन्।

    यस क्षेत्रमा उत्तर अमेरिका र युरोपियन राष्ट्रका सक्रिय भूमिकालाई बेवास्ता गर्ने हो भने धेरै टिप्पणीकारहरू यहाँका समस्याका कारण र समाधानका सम्बन्धमा गलत दिशातिर जान सक्छन्। यतिमात्रै होइन यसबाट अक्सर नश्लवादी निस्कर्षमा पनि पुग्न सकिन्छ। अफ्रिकाले सामना गरिरहेको पीडा र राजनीतिक अस्थिरताका सबैभन्दा महत्वपूर्ण कारक मध्ये एउटा होः अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए)। यसले सीआइएले घाना र कंगोको स्वतन्त्रतालाई कमजोर पार्न, निराश बनाउन, दबाउन र पूर्ण रुपमा समाप्त पार्नका लागि कुन हदसम्म काम गरेको छ नबुझी समाधानबारे खोजविन गर्न सकिदैन।

    अफ्रिकीको स्वतन्त्रताः अमेरिकाका लागि खतरा

    गरसुसन विलियम्सले आफ्नो पुस्तक ‘ह्वाइट म्यालसः सिआइए र अफ्रिकाको गुप्त पुनर्उपनिवेश’ मा सन् १९५७ ताका घाना स्वतन्त्र राष्ट्र बन्दै गर्दा अमेरिकाले गरेको कर्तुतका बारे विस्तृतमा लेखेका छन्। यसैगरी उनले स्वतन्त्रतापछिका राष्ट्रपति क्वामे अङ्क्रुमाको नेतृत्व र उनको आशावादी विचारलाई प्रमुखताका साथ लेखेका छन्। अङ्क्रुमा अफ्रिकी महादेशका लागि एउटा आशाको केन्द्र, काला प्रवासीहरू र फैलिँदै गरेको तेस्रो विश्व अभियानका लागि प्रेरणाको स्रोत थिए।

    तेस्रो विश्व अर्थात् असंलग्न अभियान एउटा यस्तो समूह थियो, जसमा भारत, इन्डोनेसिया, इजिप्ट र घाना सहभागी थिए र यो समूहले अमेरिका र सोभियत संघसँग असंलग्नताको नीतिको माध्यमबाट विश्व राजनीतिमा तेस्रो शक्ति निर्माण गर्ने प्रयास गरेको थियो।

    ब्रिटिश साम्राज्यबाट मुक्त घानामा अमेरिकी सरकार र त्यसको राज्य संयन्त्रले सम्भावित खतराबाहेक केही देखेको थिएन। घानाको यो स्वतन्त्रताले अरु राष्ट्र पनि उत्साहित हुन्छन् भन्नेमा अमेरिका सतर्क थियो। ब्रिटिश उपनिवेशबाट मुक्त भएका राष्ट्रमा ‘अव्यवस्थित विकास’ हुनसक्ने र अमेरिकाको शत्रु सोभियत संघसँग ती राष्ट्रहरूको नजिकको सम्बन्ध हुनेमा अमेरिका सचेत थियो।

    अफ्रिकी स्वतन्त्रताका सम्बन्धमा अमेरिकाको छुद्र व्यवहार एकदमै नश्लवादी शैलीमा अभिव्यक्त हुन्थ्यो। जस्तैः तत्कालिन उपराष्ट्रपति रिचर्ड निक्सन (१९५३–१९६१) ले भनेका थिए, ‘अफ्रिकनहरू रुखबाट झरेको ५० वर्ष मात्रै भएको छ।’ युरोपियन शक्तिहरूबाट स्वतन्त्रता खोजिरहेका जुनसुकै देश अमेरिकी ‘राष्ट्रिय सुरक्षा’का लागि खतरा मानिएका थिए। ती मध्ये एउटा देश थियो, कंगो। जहाँ बेल्जियमको शासनविरुद्ध आन्दोलन चर्किरहेको थियो।

    युरेनियमको स्रोत

    विलियम्स्‌ले अमेरिकाद्वारा अफ्रिका किन यति महत्वका साथ हेरिएको र यिनले कुन हदसम्म त्यहाँ हस्तक्षेप गरे भन्ने सन्दर्भमा पनि व्याख्या गरेका छन्। दोस्रो विश्वयुद्धको समयमा उत्तर अफ्रिकामा नाजीहरूको कब्जालाई अमेरिकाका लागि खतराको रुपमा लिइएको थियो। त्यसपछि अमेरिकाले अफ्रिकाको रणनीतिक क्षेत्रमा हवाई अड्डा निर्माण गरेको थियो। युद्ध समाप्त भयो, तर त्यो अड्डा रहिरह्रयो। बेल्जियम शासित कंगोबाट ल्याइने युरेनियम ‘म्यानहटन प्रोजेक्ट’का लागि अत्यावश्यक थियो। त्यसै परियोजनाले हिरोसिमा र नागासाकीलाई ध्वस्त गर्ने पहिलो परमाणु हतियार बनाएको थियो।

    घाना अफ्रिकाका लागि एउटा राजनीतिक प्रेरणाको रुपमा उदाउनु र कंगो स्वतन्त्रताको नजिक पुग्नुले अमेरिकाका तत्कालिन राष्ट्रपति ड्वाइट डी आइजनहावर नेतृत्वको सरकार लागि संशाधन उद्योगको राष्ट्रियकरण र एउटा स्वतन्त्र आर्थिक नीतिको खतरा बढेको थियो। अमेरिका आफ्नो प्रत्यक्ष समर्थन बाहेकका जुनसुकै कामलाई आफू विपरितको अर्थात् सोभियत संघको पक्षको रुपमा बुझ्थ्यो।

    अमेरिका जुनसुकै मूल्यमा युरेनियमको स्रोतमा आफ्नो पहुँचलाई निश्चित गर्नतिर लाग्यो। साथै कंगोको कपर, कोबाल्ट र औद्योगिक हिराको खानीमा पनि उसले चासो देखाएको थियो। विलियम्सले आफ्नो पुस्तकमा अमेरिकी सरकार आफ्नो राष्ट्रिय सुरक्षाको महत्वपूर्ण क्षेत्रको रुपमा जे देख्छ त्यसलाई सुरक्षित गर्नका लागि कुन हदसम्म जान सक्थ्यो भन्ने कुरा प्रकाश पारेका छन्।

    सन् १९५१ को सुरुवातमा अमेरिकी विदेशमन्त्रीलाई कार्यालयले पठाएको रिपोर्टमा भनिएको थियो ‘सिआइएका निर्देशकले बेल्जियम शासित कंगो र खासगरी शिंकोलोवे खानीको सैन्य सुरक्षामा सुधारका लागि गुप्त कार्य तथा विध्वंशकारी कार्यको योजना र तयारीको सुरुवाती कदम लिनुपर्छ।

    सीआइएको क्रुरता 

    अमेरिका र आठ देशमा अभिलेख गरिएका सान्दर्भिक–स्रोतहरूको आधारमा विलियम्सले अमेरिकी गुप्तचरले अफ्रिकाको स्वतन्त्र राजनीतिको जुनसुकै आन्दोलनलाई पनि कमजोर बनाउने र ध्वस्त पार्ने काम गरेको उल्लेख गरेका छन्। विलियम्सले लेखेका छन्, ‘हत्या, निर्वाचित सरकारको अपदस्थ गरिनु, राजनीतिक समूहरूबीच द्वन्द्वको बिजारोपण गर्नु र राजनीतिज्ञ, ट्रेड युनियनका नेता र राष्ट्र संघमा राष्ट्रिय प्रतिनिधिहरूलाई घुस दिनु लगायतका काम सीआइएका गुप्त र जबरजस्तीका कदमहरू हुन्। यसका साथै शैक्षिक सुविधाहरूमा गोप्य प्रायोजन तथा घुसपैठ, कलात्मक कार्य तथा साहित्य र अफ्रिका केन्द्रित संगठनहरू लगायतका अन्य रणनीतिहरूले सफ्ट पावरको रुप लिए।’

    पुस्तकको विस्तृतमा विलियम्सले कंगोका पहिलो निर्वाचित राष्ट्रपति प्याट्रिस लुमुम्बालाई यातना दिने, दमन गर्ने र अन्ततः हत्या गर्ने कार्यमा सीआइएको अर्थपूर्ण सहभागिता रहेको उल्लेख गरेका छन्।

    सन् १९६७ मा अङ्क्रुमाहले आफ्नो पुस्तक ‘च्यालेन्ज अफ कंगो’ मा उल्लेख गरेअनुसार कंगो अफ्रिकाको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। कंगोमा कुनैपनि विदेशी शक्तिले सैन्य नियन्त्रण गर्नासाथ त्यसको अफ्रिकाको दक्षिण साहाराका अधिकाङ्श भागमा सहज पहुँच हुन्थ्यो।

    त्यसकारण अमेरिकाले कगोमा हस्तक्षेप गर्न त्यस मुलुकको सेनालाई प्रयोग गर्‍यो। सैनिकहरूलाई घुस दियो, कंगोका विपक्षी नेताहरुलाई आर्थिक रुपले समर्थन गर्‍यो र विरोधीहरू तथा तिनका कार्यकर्तालाई पोस्नका लागि गैरसरकारी संघसंस्थाहरुलाई प्रयोग गर्‍यो र यहाँसम्म कि लुमुम्बाको सार्वजनिक छविलाई धुमिल पार्नका लागि विरोधीहरूलाई पैसा खुवाइयो र कुनैपनि तरिकाले उनलाई हटाउनका लागि आधार तयार गर्‍यो। सीआइएका निर्देशक एलेन ड्युल्सको सिधा सन्देश यस प्रकार थियो, ‘लुमुम्बाको बर्खास्ती अत्यावश्यक र हाम्रो गुप्त कारवाहीको उच्च प्राथमिकतामा हुनुपर्छ।’

    विलियम्सको पुस्तक सानो छ तर यसभित्र सिआईएको हात कति लामो छ भन्ने राम्ररी विस्तार गरिएको छ। यसमा सिआईले आर्थिक सहयोग गरेका संगठनहरुले कसरी अफ्रिकामा पूँजीवादी लक्ष्य हासिल गर्न र आज्ञाकारी सत्ता चलाउन गरिने हिंसाश्रृङ्खलाको वातावरण र पहुँच  बनाउन केसम्म गर्थे  भनेर बताएका छन्। यसरी नै सोभियत संघसँग राजनीतिक सम्बन्ध बढाउन कङ्गो र घानाका इच्छुक नेतृत्वलाई सखाप भएको निश्चित नहोउञ्जेल आतङ्क मचाइरह्यो। सारमा भन्नुपर्दा अमेरिका आफैले फैलाएका अफवाहहरुलाई पुष्टि गर्दै हस्तक्षेपका लागि औचित्यता सावित गर्ने गर्थ्यो।

    कठपुतली सरकार

    अन्त्यमा, अफ्रिकामा सीआइएको हस्तक्षेप उनीहरूकै शब्दमा ‘सफलतापूर्ण’ थियो। प्याट्रिस लुमुम्बालाई यातना दिइदै गोली हानेर हत्या गरियो र उनको शरीर एसिडमा मिलाइयो। यस हत्याको जाँचबुझ गर्न गएका राष्ट्र संघका महासचिव ड्याग हाम्मरस्कोल्डको एउटा रहस्यमयी प्लेन दुर्घटनामा मृत्यु भयो। त्यसपछि कंगोमा एउटा अमेरिकी कठपुतली सरकार खडा गरियो। उता घानामा अङ्क्रुमाहलाई सीआइएका सहयोगीहरूले बर्खास्त गरिदिए र, यसका राज्यको स्वामित्वमा भएका कर्पोरेशनहरुलाई निजीकरण गरियो। कंगोमा सोभियत संघको घुसपैठलाई रोक्नका लागि गरिएको हस्तक्षेप पछि सीआइएद्वारा स्थापित मोबुटु सरकारले ३१ वर्षसम्म अमेरिकाको समर्थनमा शासन गर्‍यो।  

    यो अफ्रिकाको मात्रै कथा होइन। नवस्वतन्त्र राष्ट्रहरूले कठिन मेहनतबाट प्राप्त गरेको लोकतन्त्रलाई ध्वस्त पार्नका लागि सीआइएको कठोर दृढता विश्वभरका कयौँ अलग–अलग देशहरूमा दोहोरिरहन्छन्। 

    स्थापनाकालदेखि नै सीआइएले अमेरिकाको फाइदाका लागि अन्य देशको राजनीतिलाई प्रभाव पार्ने काम गरिरहेको छ, जुन अहिले पनि जारी छ। यसको हस्तक्षेपपछि यसले राजनैतिक मार्ग दिएर बनाइएका सबै सरकारहरु अन्ततः घोर प्रतिक्रियावादी र हिंस्रक भएका कारण पतन भएका छन्। एशिया, अफ्रिका, मध्य पूर्व तथा युरोपका केही मुलुकहरुका अभ्यास र अनुभवले पुष्टि गरेका छन्।

    विश्वभरका देशहरूको राजनीतिक आशामाथि अमेरकी हस्तक्षेपको इतिहास र यसले विश्वमा पारेको अत्यन्त हानिकारक प्रभावलाई खोतल्नका लागि यो पुस्तक अत्यन्तै महत्वपूर्ण छ। यस प्रकारको पुस्तकले सीआइएको भूमिकाको नकाव उतारिदिन्छ। साथै, जसरी लुमुम्बाको मृत्युलाई लिएर विश्वभरका हजारौँ मानिसले औँला उठाएका थिए, त्यसरी नै चार महादेशभरीबाट अन्तर्राष्ट्रिय एकता र सामूहिक तथा हस्तक्षेपकारी विरोधसहित प्रतिक्रियाका लागि हामीलाई तयार रहन पनि यो पुस्तकले सहयोग गर्छ।

    स्प्रिङम्याग डट सिएबाट भावानुवाद। 

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पिटर होगार्थ

      पिटर होगार्थ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.