Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड–१९ का मृतकको सदगत कसरी गर्ने

नेपाल रिडर्स नेपाल रिडर्स
जेष्ठ ५, २०७७
- कोभिड–१९, यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा कोभिड–१९का क्याजुअल्टी नहोस् भन्ने सबैको आशाका वावजुद त्यो भएरै छोड्यो। धुलिखेल अस्पताल नपुर्‍याउँदै भएको पहिलो मृत्यु हुनाले होला मान्छेहरु आत्तिए। सोच्दै नसोचेको अवस्था र क्षेत्रमा आकस्मिक मृत्यु हुँदा मृतकको अन्त्येष्टी कसरी गर्ने, के गर्न हुने, के नहुनेमा अन्यौलता देखियो। यो मृतकका परिवारका असमान्य नै थियो, त्यसमाथि कोभिड–१९ का पहिलो मृतकको शव व्यवस्थापन गर्न अस्पतालसमेत हिचकिचायो। तथापी भक्तपुरका उत्साही स्वयंसेवकले यसलाई सावधानीपूर्वक व्यवस्थापन गरे। बाँकेका नरैनापुरका मृतकको सावधानीपूर्वक व्यवस्थापन गर्न खोजिएपनि उचित तरिकाले गरिएन। यसतो व्यवस्थापन नेपाली मान्यता अनुरुप कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन जसबारे असहमति जनाउन पछि चर्चा गर्नु आवश्यकछ।

    कोभिड–१९ को कारण विश्वमा भइरहेको मृत्युलाई ध्यानमा राखेर नेपालमा पनि मृतकको शव व्यवस्थापनबारे तालिम दिइदैं थियो। तर सो सम्बन्धी  समाचार आएकै दिन धुलिखेल अस्पतालमा शव समयमा नै उठ्न सकेन। काठमाडौंमा अत्तिएर सफाई गर्दा लास जलाउने मसिन नै विग्रिएको खवर छ, भने परम्परागत अन्त्येष्टी गर्ने ठाँउहरुमा झन् अवस्था खराव हुन सक्छ।

    अर्को कुरा अब अस्पतालमा र गाउँघरमा भएका आकस्मिक मृत्युलाई समेत कोभिड–१९ सँग जोड्दै त्रास फैलन सक्छ। कोभिड–१९ को प्रकृति र हाम्रो कमजोर व्यवस्थापनले त्यस्तो त्रासलाई अझ बढाउन सक्छ। यसकारण पनि कोभिड–१९ का मृतकको शवलाई सद्गत गर्ने तरिकाबारे सर्वसाधारणले समेत बुझ्नैपर्ने विषय बनेको छ। किनकि व्यवस्थितरुपमा मृतकको सदगत गर्न सकिए कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रणलाई सहयोग त पुग्छ नै अन्य संक्रामक रोगहरुको रोकथाममा सहयोग पुग्न सक्छ।

    यो प्रस्तुति त्यसैको सहजिकरणका लागि हो, जुन विश्व स्वास्थ्य संगठनको अन्तरिम निर्देशिकालाई नेपालको सन्दर्भलाई समेत ध्यानमा राखी तयार गरिएको छ।

    कोभिड–१९ का मृतकको शवको सद्‌गत गर्नु परेमा

    सामान्यतया हालका दिनहरुमा संक्रमितहरुको मृत्यु क्वारेन्टाइनस्थल, आइसोलेसन र अस्पतालमा हुनेछन् भनेर विश्वास गरिएको छ। तर नेपालका संक्रमितको पहिलो मृत्यु नै बाटोमा भएको थियो भन्ने आशंका गरिएकोछ। यसोहुँदा संक्रमितहरुको मृत्यु घर, एम्वुलेन्स वा बाटामा नै पनि हुनसक्छ भन्ने सोचौं। जे जस्तो अवस्था आइपर्छ सोही अनुसार मृतकको शव व्यवस्थापन गर्नु पर्छ।

    क) शव व्यवस्थापन गर्नुअघि निर्णय लिनुपर्ने ३ कुराहरु

    कोभिड–१९ का मृतकको शव व्यवस्थापन अन्य कारणबाट हुने मृतकको भन्दा भिन्न छ। यसकारण शव व्यवस्थापन गर्नुअघि ३ कुराहरुको निर्णय गर्नुपर्ने हुन्छ।

    • के मृतकको पोष्टमार्ट गर्नु आवश्यक छ? यदि पोष्टमार्टम गर्नु छ भने शरीरको फोक्सो चलाउनु पर्नेभए वढी सजगता अपनाउनु पर्छ। त्यसवाहेक अन्य अंगहरु सामान्यतया संक्रामक हुँदैनन्।
    • लासलाई जलाउने कि गाड्ने निर्णय गर्न परिवारलाई सोध्नु होस्। सकभर समुदायको परम्परा र विश्वासअनुसार निर्णय गराउन सहज गर्नुहोस्। यसै अनुसार लासलाई सदगत गर्नु पर्छ तर हतारहतार गरिहाल्नुपर्छ भन्ने पनि छैन।
    • मृत्युको कारणबारे अनुसन्धान गर्न आवश्यक छ भने संक्रमण रोकथामका लागि अपनाइने सावधानी र परिवारको भावनाका विच सन्तुलन राखी अन्त्येष्टि गर्ने तयारी गर्नु पर्छ।

    ख) शवलाई मरणस्थलबाट शववाहन राख्दा अपनाउनु पर्ने सावधानीहरु

    • संक्रमित मृतकको र्‍याल, सिंगान वा रगतबाट जोगिन निम्न सावधानी अपनाउनु पर्छ।
    • लास व्यवस्थापन गर्ने हरेक व्यक्तिले सावुनपानीले राम्ररी हात धुनुहोस्। यो अनिवार्य हो।
    • आवश्यकता अनुसार गाउन, ग्लोव्स (पञ्जा) जस्ता पिपिइ लगाउनु होस्।
    • लासबाट र्‍याल, सिंगान वा रगत वगेको छ भने ती स्रावहरु आफ्ना कुनै पनि अङ्गहरुमा खासगरी हात मुख नाकमा पर्न नदिन मास्क, चस्मा लगायत अनुहार छोप्ने पिपिइ अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।
    • शवलाई कपडाले वेरेर (पाएसम्म शव राख्ने झोलामा राखी) सामान्य शववाहनबाटै अन्त्येष्टि स्थलसम्म लैजान हुन्छ।
    • सकेसम्म शववाहनमा चालकबाहेक बढिमा दुईजना बस्नु होस्।

    याद गरौं

    कोभिड–१९ को हावावाट फैंलदैन। थुक, खकार, सिगानका छिंटाहरुवाट मात्र सर्ने हो। तर यो भाइरस नयाँ हुनाले धेरै अध्ययन गर्न वाँकी नै छ। सावधानी अपनाउन जरुरी छ।
    त्यसैले सावुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने तथा आवश्यक सुरक्षा सामग्री (पिपिइ) प्रयोग गर्नु बढि सुरक्षात्मक हुन्छ। यसमा लापवाही गर्न हुँदैन।

    ग) घरमा मृत्यु भएका वा जलाउन वा गाड्न आधुनिक व्यवस्था नभएका स्थानमा अपनाउनु पर्ने सावधानीहरु

    • यस्ता स्थानहरुमा शववाहनहरु नहुन सक्छन्। यसर्थ मृतकलाई काँधीकाठ वा घारोमा राख्न सवभन्दा पहिला फूर्तिला र निरोगी युवाहरु बढिमा ३ व्यक्तिहरु तयार हुनुहोस्। कम भन्दा कम व्यक्तिहरु लासलाई घाट चलाउने तयारीमा लाग्नु पर्दछ।
    • लास चलाउने मान्छेले ग्लोव्स (पञ्जा), मास्क र गगल्स (चस्मा) अनिवार्य लगाउनु पर्छ।
    • पुरा वाहुला भएको लुगा लगाउनु पर्छ र सो लुगा सकेसम्म चाँडो धुनुपर्छ।
    • काम सकिने वित्तिकै सावुन पानीले हात धुनु पर्दछ।

     घ) मृतकको अन्तिम विदाइमा अपनाउनु पर्ने सावधानीहरु

    परिवार सदस्य तथा आफन्तहरुलाई मृतकको अन्तिम दर्शन गर्ने मौका दिनु उचित हुन्छ। यसले मृतकका भावविह्वल परिवारलाई मानसिक शान्ति मिल्दछ। तर यसका लागि केही विशेष सावधानी अपनाउनु अति नै आवश्यक छ।

    • अन्तिम विदाइका क्षणमा कल्पना गर्नै नसकिने क्षण हो। यस्तो बेला भावविह्वल परिवारले शवलाई अँगालो मार्ने र ढोग्ने जस्ता कामहरु गर्न सक्छन्। यसर्थ शवलाई अंगालो हाल्न वा म्वाइ खान त के छुन, चलाउन पनि दिन हुँदैन। यसो हुन नदिन सबै उपायहरु अपनाउनु पर्छ।
    • खास गरेर ६० वर्ष माथिका व्यक्ति र रोग प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिहरुलाई अन्तिम विदाइमा सकेसम्म सहभागी नगराउनु होस्।
    • अन्तिम दर्शनमा सहभागी हुने सवैले सावुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्नु अति नै अनिवार्य छ।
    • अरु व्यक्तिहरु कम्तिमा १ मिटर परै वस्नु पर्दछ।

    अन्य जानकारी

    • अन्त्येष्टि पछि गरिने मलामी वा आफन्त भेला भई गरिने भोज जस्ता कार्य महामारी नसकिए सम्म गर्न हुँदैन।
    • कोभिड-  १९ हुनु कुनै गैरकानूनी र अपराधजन्य कसूर हुदै होइन तथापी मृतकका आफन्तको सहमतिमा वाहेक मृतकको विवरण खुलाउनु उचित मानिदैन।
    • कोभिड-  १९ का विरामी र मृतकको व्यक्तिगत जानकारी तथा समाचार नदिने र उनीहरुको गोपनीयताको कदर गरिनु पर्ने आचारसंहिता छ। यसलाई सबैले पालन गर्नुपर्छ।

    आशा गरौं,  हामीले नेपालीले अब कुनै कोभिड-१९ का मृत शरीर व्यवस्थापन गर्नुपर्ने अवस्था नआओस्।

    (विश्व स्वास्थ्य संगठनको अन्तरिम निर्देशिकाका आधारमा सच्चिदानन्द जोशीले तयार गरिएको पावरप्वाइन्टबाट )

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.