Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

कोभिड–१९ का मृतकको सदगत कसरी गर्ने

by नेपाल रिडर्स
May 18, 2020
- कोभिड–१९, यो हप्ता, विमर्शका लागि
कोभिड–१९ का मृतकको सदगत कसरी गर्ने
Share on FacebookShare on TwitterEmail

नेपालमा कोभिड–१९का क्याजुअल्टी नहोस् भन्ने सबैको आशाका वावजुद त्यो भएरै छोड्यो। धुलिखेल अस्पताल नपुर्‍याउँदै भएको पहिलो मृत्यु हुनाले होला मान्छेहरु आत्तिए। सोच्दै नसोचेको अवस्था र क्षेत्रमा आकस्मिक मृत्यु हुँदा मृतकको अन्त्येष्टी कसरी गर्ने, के गर्न हुने, के नहुनेमा अन्यौलता देखियो। यो मृतकका परिवारका असमान्य नै थियो, त्यसमाथि कोभिड–१९ का पहिलो मृतकको शव व्यवस्थापन गर्न अस्पतालसमेत हिचकिचायो। तथापी भक्तपुरका उत्साही स्वयंसेवकले यसलाई सावधानीपूर्वक व्यवस्थापन गरे। बाँकेका नरैनापुरका मृतकको सावधानीपूर्वक व्यवस्थापन गर्न खोजिएपनि उचित तरिकाले गरिएन। यसतो व्यवस्थापन नेपाली मान्यता अनुरुप कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन जसबारे असहमति जनाउन पछि चर्चा गर्नु आवश्यकछ।

कोभिड–१९ को कारण विश्वमा भइरहेको मृत्युलाई ध्यानमा राखेर नेपालमा पनि मृतकको शव व्यवस्थापनबारे तालिम दिइदैं थियो। तर सो सम्बन्धी  समाचार आएकै दिन धुलिखेल अस्पतालमा शव समयमा नै उठ्न सकेन। काठमाडौंमा अत्तिएर सफाई गर्दा लास जलाउने मसिन नै विग्रिएको खवर छ, भने परम्परागत अन्त्येष्टी गर्ने ठाँउहरुमा झन् अवस्था खराव हुन सक्छ।

अर्को कुरा अब अस्पतालमा र गाउँघरमा भएका आकस्मिक मृत्युलाई समेत कोभिड–१९ सँग जोड्दै त्रास फैलन सक्छ। कोभिड–१९ को प्रकृति र हाम्रो कमजोर व्यवस्थापनले त्यस्तो त्रासलाई अझ बढाउन सक्छ। यसकारण पनि कोभिड–१९ का मृतकको शवलाई सद्गत गर्ने तरिकाबारे सर्वसाधारणले समेत बुझ्नैपर्ने विषय बनेको छ। किनकि व्यवस्थितरुपमा मृतकको सदगत गर्न सकिए कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रणलाई सहयोग त पुग्छ नै अन्य संक्रामक रोगहरुको रोकथाममा सहयोग पुग्न सक्छ।

यो प्रस्तुति त्यसैको सहजिकरणका लागि हो, जुन विश्व स्वास्थ्य संगठनको अन्तरिम निर्देशिकालाई नेपालको सन्दर्भलाई समेत ध्यानमा राखी तयार गरिएको छ।

कोभिड–१९ का मृतकको शवको सद्‌गत गर्नु परेमा

सामान्यतया हालका दिनहरुमा संक्रमितहरुको मृत्यु क्वारेन्टाइनस्थल, आइसोलेसन र अस्पतालमा हुनेछन् भनेर विश्वास गरिएको छ। तर नेपालका संक्रमितको पहिलो मृत्यु नै बाटोमा भएको थियो भन्ने आशंका गरिएकोछ। यसोहुँदा संक्रमितहरुको मृत्यु घर, एम्वुलेन्स वा बाटामा नै पनि हुनसक्छ भन्ने सोचौं। जे जस्तो अवस्था आइपर्छ सोही अनुसार मृतकको शव व्यवस्थापन गर्नु पर्छ।

क) शव व्यवस्थापन गर्नुअघि निर्णय लिनुपर्ने ३ कुराहरु

कोभिड–१९ का मृतकको शव व्यवस्थापन अन्य कारणबाट हुने मृतकको भन्दा भिन्न छ। यसकारण शव व्यवस्थापन गर्नुअघि ३ कुराहरुको निर्णय गर्नुपर्ने हुन्छ।

  • के मृतकको पोष्टमार्ट गर्नु आवश्यक छ? यदि पोष्टमार्टम गर्नु छ भने शरीरको फोक्सो चलाउनु पर्नेभए वढी सजगता अपनाउनु पर्छ। त्यसवाहेक अन्य अंगहरु सामान्यतया संक्रामक हुँदैनन्।
  • लासलाई जलाउने कि गाड्ने निर्णय गर्न परिवारलाई सोध्नु होस्। सकभर समुदायको परम्परा र विश्वासअनुसार निर्णय गराउन सहज गर्नुहोस्। यसै अनुसार लासलाई सदगत गर्नु पर्छ तर हतारहतार गरिहाल्नुपर्छ भन्ने पनि छैन।
  • मृत्युको कारणबारे अनुसन्धान गर्न आवश्यक छ भने संक्रमण रोकथामका लागि अपनाइने सावधानी र परिवारको भावनाका विच सन्तुलन राखी अन्त्येष्टि गर्ने तयारी गर्नु पर्छ।

ख) शवलाई मरणस्थलबाट शववाहन राख्दा अपनाउनु पर्ने सावधानीहरु

  • संक्रमित मृतकको र्‍याल, सिंगान वा रगतबाट जोगिन निम्न सावधानी अपनाउनु पर्छ।
  • लास व्यवस्थापन गर्ने हरेक व्यक्तिले सावुनपानीले राम्ररी हात धुनुहोस्। यो अनिवार्य हो।
  • आवश्यकता अनुसार गाउन, ग्लोव्स (पञ्जा) जस्ता पिपिइ लगाउनु होस्।
  • लासबाट र्‍याल, सिंगान वा रगत वगेको छ भने ती स्रावहरु आफ्ना कुनै पनि अङ्गहरुमा खासगरी हात मुख नाकमा पर्न नदिन मास्क, चस्मा लगायत अनुहार छोप्ने पिपिइ अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।
  • शवलाई कपडाले वेरेर (पाएसम्म शव राख्ने झोलामा राखी) सामान्य शववाहनबाटै अन्त्येष्टि स्थलसम्म लैजान हुन्छ।
  • सकेसम्म शववाहनमा चालकबाहेक बढिमा दुईजना बस्नु होस्।

याद गरौं

कोभिड–१९ को हावावाट फैंलदैन। थुक, खकार, सिगानका छिंटाहरुवाट मात्र सर्ने हो। तर यो भाइरस नयाँ हुनाले धेरै अध्ययन गर्न वाँकी नै छ। सावधानी अपनाउन जरुरी छ।
त्यसैले सावुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने तथा आवश्यक सुरक्षा सामग्री (पिपिइ) प्रयोग गर्नु बढि सुरक्षात्मक हुन्छ। यसमा लापवाही गर्न हुँदैन।

ग) घरमा मृत्यु भएका वा जलाउन वा गाड्न आधुनिक व्यवस्था नभएका स्थानमा अपनाउनु पर्ने सावधानीहरु

  • यस्ता स्थानहरुमा शववाहनहरु नहुन सक्छन्। यसर्थ मृतकलाई काँधीकाठ वा घारोमा राख्न सवभन्दा पहिला फूर्तिला र निरोगी युवाहरु बढिमा ३ व्यक्तिहरु तयार हुनुहोस्। कम भन्दा कम व्यक्तिहरु लासलाई घाट चलाउने तयारीमा लाग्नु पर्दछ।
  • लास चलाउने मान्छेले ग्लोव्स (पञ्जा), मास्क र गगल्स (चस्मा) अनिवार्य लगाउनु पर्छ।
  • पुरा वाहुला भएको लुगा लगाउनु पर्छ र सो लुगा सकेसम्म चाँडो धुनुपर्छ।
  • काम सकिने वित्तिकै सावुन पानीले हात धुनु पर्दछ।

 घ) मृतकको अन्तिम विदाइमा अपनाउनु पर्ने सावधानीहरु

परिवार सदस्य तथा आफन्तहरुलाई मृतकको अन्तिम दर्शन गर्ने मौका दिनु उचित हुन्छ। यसले मृतकका भावविह्वल परिवारलाई मानसिक शान्ति मिल्दछ। तर यसका लागि केही विशेष सावधानी अपनाउनु अति नै आवश्यक छ।

  • अन्तिम विदाइका क्षणमा कल्पना गर्नै नसकिने क्षण हो। यस्तो बेला भावविह्वल परिवारले शवलाई अँगालो मार्ने र ढोग्ने जस्ता कामहरु गर्न सक्छन्। यसर्थ शवलाई अंगालो हाल्न वा म्वाइ खान त के छुन, चलाउन पनि दिन हुँदैन। यसो हुन नदिन सबै उपायहरु अपनाउनु पर्छ।
  • खास गरेर ६० वर्ष माथिका व्यक्ति र रोग प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिहरुलाई अन्तिम विदाइमा सकेसम्म सहभागी नगराउनु होस्।
  • अन्तिम दर्शनमा सहभागी हुने सवैले सावुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्नु अति नै अनिवार्य छ।
  • अरु व्यक्तिहरु कम्तिमा १ मिटर परै वस्नु पर्दछ।

अन्य जानकारी

  • अन्त्येष्टि पछि गरिने मलामी वा आफन्त भेला भई गरिने भोज जस्ता कार्य महामारी नसकिए सम्म गर्न हुँदैन।
  • कोभिड-  १९ हुनु कुनै गैरकानूनी र अपराधजन्य कसूर हुदै होइन तथापी मृतकका आफन्तको सहमतिमा वाहेक मृतकको विवरण खुलाउनु उचित मानिदैन।
  • कोभिड-  १९ का विरामी र मृतकको व्यक्तिगत जानकारी तथा समाचार नदिने र उनीहरुको गोपनीयताको कदर गरिनु पर्ने आचारसंहिता छ। यसलाई सबैले पालन गर्नुपर्छ।

आशा गरौं,  हामीले नेपालीले अब कुनै कोभिड-१९ का मृत शरीर व्यवस्थापन गर्नुपर्ने अवस्था नआओस्।

(विश्व स्वास्थ्य संगठनको अन्तरिम निर्देशिकाका आधारमा सच्चिदानन्द जोशीले तयार गरिएको पावरप्वाइन्टबाट )

 

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

3 years ago
योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

4 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.