Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सवादलाई देशज परिस्थितिमा कसरी मिलाउने ?

टंक कार्की टंक कार्की
अशोज ३०, २०७६
- यो हप्ता, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    समाजवाद र नेपालको भावी दिशा  – चौथो श्रृंखला

    मार्क्स स्वयं क्रान्ति विकसित पूँजीवादी केन्द्रबाट अन्यत्र स्थानान्तरण हुन सक्ने बारे महशुस गर्न थालेका थिए र आयरल्याण्डको औपनिवेसिक शोषणसँग गाँसिएको अन्धराष्ट्रवादसँग बेलायती श्रमजीवी वर्गको मिलेमतोलाई देखेर आजित भएका मार्क्सले बेलायत भन्दा आर्थिक रुपले कम विकसित, तर राजनीतिक रुपले बढी जागृत, फ्रान्समा पहिलो समाजवादी क्रान्ति हुँदा त्यसको जोडदार समर्थन गरेका थिए।

    उनले जस्तै एंगेल्सले पनि अझ “पछौटे” जर्मनीले पूँजीवादी र समाजवादी क्रान्तिलाई अंतर्मिलन गराएर अघि बढ्न सक्ने आंकलन गरेका थिए। लेनिनले त पूँजीवाद साम्राज्यवादमा बदलिना साथै त्यसको प्रगतिशील भूमिका सकिएको भन्दै त्यसको “कम्जोर कडी” रुसमा क्रान्ति नै गरेर देखाई दिए। उनले क्रान्ति “पूर्वमा स्थानान्तरण भएर साम्राज्यवाद तथा पूँजीवाद विरोधी संघर्ष अंतर्मिलन हुन सक्ने” आशा राखेका थिए। पछि चीन, भियतनाम लगायतका मुलुकहरुले त्यहीँ कुरा गरेर देखाई दिए। अहिले परिस्थिति बदलिएको छ। पूँजीवाद “सामान्यकृत विश्व एकाधिकार”मा बदलिएको छ। त्यो अमेरिका, युरोप र जापानको त्रिपक्षीय गठबन्धनमा चलेको छ। यसको प्रभावकारी प्रतिवादको सम्भावना एसिया, अफ्रिका र लेटिन अमेरिका बीचको सहकार्य हुन सक्दछ।

    यो प्रश्न समाजवादी निर्माणको कालखण्डमा पुन जागृत भयो। यस काममा फेरि पनि माओले अग्रसरता देखाए। सन् १९५६ माओले अर्थतन्त्रको पुनर्रचनासम्बन्धी ‘दस मुख्य सम्बन्ध’बारे आफ्नो थेसिस अगाडि सारे। उनले उक्त थेसिसमार्फत समाजवाद निर्माणका निम्ति चिनियाँ वास्तविकतालाई ख्याल गर्दै समस्त सकारात्मक तत्वलाई परिचालन गर्नुपर्ने आवश्यकता माथि जोड दिएकाछन्। त्यसमा उनले कृषि लघु उद्योग र बृहत् उद्योगका बीच, तटवर्ती क्षेत्रका उद्योग र भित्री भागका उद्योगबीच,आर्थिक निर्माण र राष्ट्रिय प्रतिरक्षाबीच, राज्यका उद्योगहरू तथा उत्पादन इकाई र व्यक्तिबीच, स्थानीय सरकार र केन्द्रीय सरकारबीच यथोचित सन्तुलन बनाउनुपर्ने विषय समेटिएका छन्। त्यही थेसिसमा उनले चिनियाँ कम्युनिस्ट पार्टी र अन्य लोकतान्त्रिक पार्टीबीच ‘दीर्घकालीन सहअस्तित्व र पारस्परिक सुपरीवेक्षण’को राजनीतिक प्रस्ताव अघि सारेका थिए। संस्कृतिको क्षेत्रमा ‘सयौं फुल फुल्न देऊ र सयौं विचारधारामा प्रतिस्पर्धा हुन देऊ’ भन्ने नीति अनुशरण गरिनुपर्ने प्रस्ताव अघि सारेका थिए। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले चीनमा अब वर्गसङ्घर्ष प्रधान अन्तरविरोध नभएको र चीनको अबको प्राथमिक काम भनेको सामाजिक उत्पादक शक्तिको विकास गरेर राष्ट्रिय औद्योगिकीकरण गर्नु र जनताका भौतिक तथा सांस्कृतिक आवश्यकताहरू क्रमशः पूरा गर्नु हो भन्ने घोषणा गरियो।

    भर्खरै सामन्तवादबाट पिण्ड छुट्याएको कृषि प्रधान मुलुकमा समाजवादको निर्माण कसरी गर्ने भन्ने प्रश्न आफैंमा कम कठिन होइन। परीक्षण र भूलचुककै प्रक्रियामा त्यो परिमार्जन हुने हो।

    सोभियत मोडलको समाजवादले समाजवाद भनेको एकछत्र सार्वजनिक स्वामित्व भएको आर्थिक संरचना, योजनाबद्ध अर्थतन्त्र,कामको आधारमा पारिश्रमिक भएको वितरण प्रणाली र सर्वहारा वर्गको अधिनायकत्व भएको व्यवस्था भन्ने छाप छोडेको थियो। प्रारम्भिक कालमा चीनले ती वैचारिक प्रस्तावनालाई आधारभूतरूपमा ग्रहण गर्दागर्दै पनि समाजवादको चित्रलाई अरू रङ्गिन र त्यसको नाप-नक्सालाई अझ जीवन्त बनाउन कोसिस गर्‍यो। माओले अघि सारेको ‘दस प्रमुख सम्बन्ध’ नै यसबारेमा प्रमुख साक्षी हो।

    बोल्सेभिक कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको केही समयपछि समाजवादी निर्माणको पूर्वखाका नभएको र त्यसलाई व्यवहारकै क्रममा परिष्कृत गर्नुपर्ने लेनिनको विचार थियो। उनले उत्तिखेरै भनेका थिए, ‘समाजवादबारे हामीलाई थोरै मात्र जानकारी छ ‘समाजवादको विवरण पस्किने हैसियतमा हामी छैनौं । … जुन इँटाबाट समाजवाद निर्माण हुने हो ती अझै बनिसकेका छैनन्। हामी यो भन्दा बढ्ता अरू केही भन्न सक्दैनौं।

    तत्कालीन चीनको आर्थिक निर्माणको मुख्य अभिभारा सम्हालेका छन यूनले पनि ‘तीन मूलधार’ र ‘तीन सहयोगी’सम्बन्धी अवधारणा अघि सारेका थिए। राज्य तथा सहकारी क्षेत्र भनेका मूलधार हुन्, केही निजी क्षेत्र भने सहयोगी हुन्, योजनाबद्ध उत्पादन मूलधार हो, एक हदसम्मको स्वतन्त्र उत्पादन सहयोगी हो। यो विचार प्रणाली प्रचलित समाजवादी मोडलमाथिको ठूलो परिमार्जनथियो। यो स्वतन्त्र बजार र वस्तु अर्थतन्त्रको पनि समाजवादमा एक हदसम्म स्थान हुन्छ भन्ने स्वीकारोक्ति थियो।

    भर्खरै सामन्तवादबाट पिण्ड छुट्याएको कृषि प्रधान मुलुकमा समाजवादको निर्माण कसरी गर्ने भन्ने प्रश्न आफैंमा कम कठिन होइन। परीक्षण र भूलचुककै प्रक्रियामा त्यो परिमार्जन हुने हो। चीन पनि यसबाट अछुतो रहेन। ‘लामो छलाङ’ र ‘सांस्कृतिक क्रान्ति’लाई चीनले यसबीचमा गरेका ‘वामपन्थी’ गल्तीको रूपमा लिएको छ। ‘लामो छलाङ’ को नाममा चीनले जनआन्दोलनको सहारामा छोटो अवधि, केही वर्ष भित्रै चीनलाई समृद्ध बनाउने र आधुनिकीकरणलाई तिलस्मी ढङ्गले साकार बनाउने लक्ष्य अघि सारेको थियो। यस आन्दोलनको प्रारम्भमा कृषि उत्पादनको अतिशयोक्तिपूर्ण उच्च लक्ष्य राखियो र पछि उत्पादनको अतिरञ्जित प्रचारबाजी गरियो। सन् १९५८ मा के सम्म निर्णय गर्न पुगियो भने त्यस वर्ष स्टिलको उत्पादन अघिल्लो वर्षको तुलनामा दोब्बर हुनेगरी १ करोड ७० लाख टन उत्पादन गर्ने ‘आन्दोलन’ लगभग जसो स्टिल उत्पादनमा केन्द्रित रह्यो र त्यसको चुहावट प्रभावचाहिं अर्थतन्त्रकै असन्तुलनमा देखियो। ‘लामो छलाङ’ले अर्थतन्त्रको सामान्य विकासलाई नै अवरुद्ध गर्‍यो, उत्पादक शक्तिको ठूलो क्षय गर्‍यो। त्यसकालमा (१९५८–६०) मा १ करोड ४० लाखभन्दा बढी मानिस अनिकालमा मरेको अनुमान गरिएको छ। ‘लामो छलाङ’ अभियानको नकारात्मक अनुभवको आधारमा त्यसलाई सन्अ१९६१ मा बन्द गरियो।

    नयाँ आर्थिक नीति
    अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएर बोल्सेभिक कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको केही समयपछि समाजवादी निर्माणको पूर्वखाका नभएको र त्यसलाई व्यवहारकै क्रममा परिष्कृत गर्नुपर्ने लेनिनको विचार थियो। उनले उत्तिखेरै भनेका थिए, ‘समाजवादबारे हामीलाई थोरै मात्र जानकारी छ ‘समाजवादको विवरण पस्किने हैसियतमा हामी छैनौं । … जुन इँटाबाट समाजवाद निर्माण हुने हो ती अझै बनिसकेका छैनन्। हामी यो भन्दा बढ्ता अरू केही भन्न सक्दैनौं (Lenin, Collected Works, Vol.27, p 148) । उनले समाजवाद निर्माणको निम्ति जर्मनीको पुजीवादबाट सिक्न सकिने कुरा पनि औंल्याएका थिए । परिस्थितिको यही तकाजालाई सम्बोधन गर्न लेनिनको पालामा सोभियत संघमा गृहयुद्धको लगत्तैपछि सन् १९२१ मा नयाँ आर्थिक नीति अवलम्बन गरियो। सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि राजनीतिक स्थिरता आउन नपाउँदै सोभियत संघ गृहयुद्धमा फस्न पुग्यो। अर्थ–राजनीतिको हिसाबले यसबीचको आर्थिक–सामाजिक व्यवस्थालाई युद्ध समाजवाद भन्ने गरिन्छ। गृहयुद्धको समाप्तिसँगै समाजवाद निर्माणको प्रारम्भिक चरण बल्ल निर्माण भयो नयाँ आर्थिक नीतिमा साना व्यावसायिकहरू र किसानहरूलाई आफ्नो उत्पादन सीमित बजारमा बिक्री वितरण गर्ने छुट थियो। गृहयुद्धको समाप्तिपछि सोभियत संघले शान्तिपूर्ण आर्थिक विकासका निम्ति अघि सारिएको नया आर्थिक नीतिका मुख्यविशेषताहरू निम्न थिएः अतिरिक्त बाली उत्पादन राज्यलाई बुझाउनुपर्ने पूर्ववर्ती प्रावधानको ठाउँमा उत्पादनकै एक हिस्सा करको रूपमा राज्यलाई दिएर बाँकी उत्पादन उपभोग तथा बिक्री वितरण गर्न किसानलाई स्वतन्त्रता दिइयो। एक हदसम्म स्वतन्त्र व्यापार र निजी व्यवसायलाई छुट्कारा दिइयो। राज्यले सञ्चालन गरेका उद्यम व्यवसायमा आर्थिक लेखा प्रणाली कायम गरियो। राज्य पुँजीवादअन्तर्गत रहेका कतिपय उद्यम व्यवसायलाई निजी या विदेशी पुँजीपतिलाई ठेक्कामा दिइयो। ‘नयाँ आर्थिक नीतिले बजार र वस्तु अर्थतन्त्रको अस्तित्वलाई निषेध गरेन, अपितु एक हदसम्म तिनको भूमिकालाई स्वीकार गर्‍यो। लेनिनको सोभियत संघले अवलम्बन गरेको ‘नयाँ आर्थिक नीति’ले उद्योगका अधिकांशजसो उत्पादनका साधन र यातायात प्रणालीलाई राज्यको अधिनमा राखेको र जमिनको राष्ट्रियकरण गरेको भए पनि त्यसले समाजवादी विकासको पद्धति र स्वरूपमा भने उल्लेख्यरूपमा तल–माथि गर्न सकिने र निर्माणाधीन समाजवाद र बजारको माध्यमबाट कृषक जनसमुदायका आवश्यकता पूरा गरेर पुनर्जीवनको निम्ति प्रयत्नरत: “पुँजीवादबीच आर्थिक प्रतिद्वन्द्विता गराउन सकिने” कुरा स्वीकार गरेको थियो ।

    समाजवाद : उत्पादक शक्तिको मुक्ति र विस्तार
    मार्क्सवादी ऐतिहासिक भौतिकवादको के मान्यता छ भने उत्पादनको सामाजिक भौतिक शक्तिको विकास नै ‘समस्त सामाजिक जीवनको आधार हो र यसर्थ यो समस्त वास्तविक इतिहासको आधार पनि हो (Collected works of Karl Marx and Frederich Engels, Vol 23, People’s Publishing House, 1975, P. 204) । यसको अर्थ के हो भने ‘जनताले हासिल गरेका उत्पादनका समस्त उत्पादक शक्तिको कुल योगले उनीहरूको सामाजिक अवस्थाको निर्धारण गर्दछ (Collected works of Karl Marx and Frederich Engels, Vol. 1, 2, 3, People’s Publishing House, 1975, P. 33)। मार्क्सको विचार थियो, पुँजीवादबाट वर्गविहीन समाजमा एकैचोटि हाम फाल्न सकिदैँन। पुँजीवादबाट विरासतमा प्राप्त हुने भौतिक तथा सांस्कृतिक अवस्था त्यसका निम्ति अपर्याप्त हुन्छन्। त्यतिबेला पनि समाजमा पर्याप्त अभाव र असमानता विद्यमान हुन्छ र यसलाई चुट्कीको भरमा सम्बोधन गर्न सकिदैन। समाजवादी क्रान्तिपछि हुने सङ्क्रमणकालमा उत्पादनको छेलोखेलो बनाउने र वर्गविहीन समाज निर्माण गर्ने आवश्यक आधार बनाउनुपर्ने हुन्छ। मार्क्सले समाजको यस प्रथम चरणलाई ‘कम्युनिज्मको न्यूनतम चरण’ भनेका छन्। ‘कम्युनिज्मको उच्चतम चरण’मा पुगेर मात्रै भौतिक असमानताको अन्तिम अवशेष लोप हुनेछ। कम्युनिज्मको न्यूनतर चरणको चर्चा गर्ने क्रममा मार्क्सले भनेका छन्, ‘हामी यहाँ त्यस्तो कम्युनिस्ट समाजको बारेमा चर्चा गरिरहेका छौं, जो आफ्नै जगमा खडा नभएर पुँजीवादी समाजबाट जन्मिएको छ। त्यसैकारण यो हरहिसाबले, आर्थिक, नैतिक तथा बौद्धिकरूपमा आफू जन्मेको समाजका जन्मचिह्नमा लतपतिएको हुन्छ (MESW, Critique of the Gotha Programme, by Marx, Vol. 3, P. 17)।

    समाजवाद जनताको साझा सम्पन्नता
    तङ सियाओपिङको मान्यता थियो, धनी हुनु खराब कुरो होइन। दरिद्रताको साम्यवादसँग त कुरै छोडौ, समाजवादसँग पनि कुनै साइनो हुदैन। परन्तु पछौटे र असमान उत्पादक शक्ति भएको मुलुकमा सबैलाई एकैपटक धनी बनाउन पनि सकिदैन। त्यसैले पहिले केही मानिस र क्षेत्रलाई धनी हुने मौका दिनुपर्छ र क्रमशः अरूलाई समेट्नुपर्छ। धनी हुनुको अर्थ समाजवादी समाजमा बेग्लै लाग्ने कुरा उनले उठाउदै भनेका थिए, ‘समाजवादी समाजमा धन जनताको हुन्छ। समाजवादी समाजमा धनी हुनुको अर्थ समस्त जनताको सम्पन्नता हो। समाजवादका सिद्धान्तहरू हुन्: पहिलो कुरा उत्पादनको विकास र दोस्रो साझा सम्पन्नता। हामी केही मानिस र केही क्षेत्रलाई पहिले समुन्नत हुने अनुमति दिन्छौं। यसको उद्देश्य भनेको साझा सम्पन्नता द्रूत गतिमा हासिल गर्न सकियोस् भन्ने हो। यसैकारण हाम्रो नीतिले ध्रुवीकरणतिर अर्थात् धनी–धनी हुदै जाने र गरिब–गरिब हुदै जाने दिशातिर लाँदैन। खुलस्त कुरा गर्ने हो भने हामी नयाँ पुजीपति वर्गको उदय हुन दिनेछैनौ (Selected Works of Deng Xiaoping, Vol. III, P. 174)।

    नेपालको विशिष्टता र भावी दिशा
    नेपाल २०६२/६३को ऐतिहासिक जनआन्दोलन पछि नयाँ युगमा प्रवेश गरेको छ। मुलुक सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्था राजतन्त्रलाई अन्त्य गरेर संविधान संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ। संविधानमै मुलुकको भावी दिशाबारे समाजवाद प्रति प्रतिवद्ध रहने निश्चित गरिएको छ र सोको निम्ति समग्र आर्थिक संरचना निर्माणमा राज्य, निजी र सहकारी स्वामित्वलाई क्रियाशील गराउने प्रावधान राखिएको छ। यो परिवर्तन नेपाली समाजमा आउँदै गरेको परिवर्तन र त्यो परिवर्तन ल्याउन सामेल भएका शक्तिको राजनीतिक शक्ति सन्तुलन हो। यस परिवर्तनको अर्थ राजनीतिक अन्तत के हो? नेपाली कम्युनिष्ट आन्दोलनभित्रको एउटा ठुलो हिस्सा भने यसलाई जनक्रान्ति, र यस जनक्रान्तिको राजनीतिक स्वरुपलाई पुँजीवादी जनवादी क्रान्ति, (नयाँ जनवादी या जनताको वहुदलीय जनवादी क्रान्ति, सम्पन भएको अर्थमा बुझ्दछ र राजनीतिक क्रान्ति जस्तो आर्थिक सामाजिक रुपान्तरणको काम भने बाँकी नै रहेको मतैक्यता छ। राजनीतिक क्रान्तिले आर्थिक सामाजिक रुपान्तरणको आधारशिला बनाई दिने र प्रोत्साहित गर्ने हो – यो प्रक्रिया हो र समय लाग्दछ।

    यो जनक्रान्ति पछि नेपाली कम्युनिष्ट आन्दोलन भित्रको मुलधारले नेपाली समाजको समसामयिक चारित्रिक मुल्याङ्कन पनि गरेको छ र त्यसको ठम्याई छ कि समाज वर्चस्वशाली सामन्ती समाजबाट पुँजीवादी समाजमा फेरिएको छ तर या ‘पूँजीवादको प्रारम्भिक चरणमा छ, यस्तो सामाजिक स्वरुपमा सामाजिक विकासको स्वरुप के हुन सक्दछ? यस बारे उत्पादन सम्वन्ध र उत्पादक शक्ति बीचको द्वन्दात्मक सम्बन्धलाई लिएर अघि सारिएको मार्क्सको प्रसिद्ध संकथन यहाँ उधृत गर्नु उपयुक्त हुन्छ। मार्क्स भन्छन्- विकासको एक निश्चित चरणमा पुगेपछि समाजका भौतिक उत्पादक शक्तिहरु विद्यमान उत्पादन …सम्बन्ध अर्थात् आफु अन्तर्गत अध्यावधी क्रियाशील रहेको सम्पत्ति सम्बन्धसँग टकराउन पुग्दछन् ती सम्बन्ध उत्पादक शक्तिको विकासका रुप नभएर बाधक बन्न पुग्दछन्। त्यसपछि भने सामाजिक क्रान्तिको युग सुरु हुन्छ। …कुनै पनि सामाजिक व्यवस्था त्यतिबेलासम्म अन्त्य हुँदैन जबसम्म त्यसभित्र सुरक्षित रहन सकेका तमाम उत्पादक शक्तिहरु विकसित हुँदैनन् र नयाँ, उच्चतर उत्पादन सम्बन्धहरुको आविरभाव तबसम्म हुँदैन, जबसम्म यिनको अस्तित्वको भौतिक परिस्थिति पुरानो समाजकै गर्वमा परिपक्व हुँदैन’ (मार्क्स, राजनैतिक अर्थशास्त्रको समिक्षाको एक प्रयास)।

    मार्क्सको प्रस्तुत प्रास्तावनाको परिप्रेक्षमा हामी कहाँ छौं र जाने कता हो? सामन्तवादबाट भर्खरै पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गर्नुको अर्थ पुँजीवादी सामाजिक क्रान्तिको युगमा प्रवेश गर्नु हो। र यस युग भित्र उत्पादक शक्तिको विकासका सम्भावना नरित्याईकन उच्चतर समाजवादी क्रान्तिको युगमा प्रवेश गर्न सकिदैन। सोभियत संघमा लेनिनले अघिसारेको सारेको नयाँ आर्थिक नीति सन् १९२८ मा विसर्जन गरेर समाजवादी रुपान्तरणको घोषणा सम्भवतः अपरिपक्क थियो। यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ भने सन १९४९ तिरै माओ चतुंगले अर्काे चरण समाजवादमा जान अघि ५० वर्षसम्म सबल पुँजीवादी चरित्र सहितको जनवाद आवश्यक पर्ने अनुमान गरेका थिए (J. Epstein, The Unfinished Revolution in China, Foreign Language Press, Beijing, p. 413)। भलै यो अर्को कुरा हो कि त्यसो भनिएको १० वर्ष र नयाँ जनवादी क्रान्ति सम्पन्न भएको ७ वर्षमै चीनमा समाजवादी रुपान्तरणको घोषणा गरियो।  समाजवाद प्रयोगको ६० वर्ष नाघ्दा पनि चीनलेअझै आफुलाई समाजवादको प्रारम्भिक चरणमै रहेको र सन् २०४९ मा मात्रै समाजवादको उन्नत चरणमा पुग्ने भनिरहेकोछ। अघिल्लो सामाजिक व्यवस्था बर्चश्वशाली सामन्ती व्यबस्था भनी रहँदा त्यसको आर्थिक आधारलाई खोट्याउन र आजको यथार्थलाई चिन्हित गर्न पनि मार्क्सको तलको भनाई अर्थपूर्ण छ। किसानहरुको लघु मात्राको खेति, र स्वतन्त्र दस्तकारी, यी दुई, मिलेर उत्पादनको सामन्ती प्रणालीको आधार बनाउँछन् र सामन्ती व्यवस्था भंग भए पछि पनि यी पुँजीवादी प्रणालीमा पनि पाइन्छ (मार्क्स , पुँजी, खण्ड १, पृ ३५९)।

    हाम्रो अहिलेको प्रारम्भिक पुँजीवादी समाजमा उत्पादनको यो अवस्थामा हामी गाँजिनु अस्वाभाविक होइन। कृषिको आधुनिकीकरण र निर्माण उद्योग विकास र विस्तार यही नेर खाँचो परेको हो। अघिल्लो शताब्दीको ८०को दशकको मध्यतिर संरचनात्मक समायोजन कार्यक्रम अन्तर्गत नेपाल प्रवेश गरे देखि नै सामान्यकृत एकाधिकारी पुँजीवादी गर्तमा अरु फस्दै गएको हो। नव उदारवाद त्यसैको वैध सन्तान हो र ९० को दशकमा त्यस डिजाइनमा आफुलाई अझ तीव्रताका साथ होमे पछि हामी औद्योगिक अवन्नति (deindustralization) मा लाग्यौं। सामान्यकृत एकाधिकारी पुँजीवादी बजारमा सस्तो श्रम शक्तिको आपूर्ति गर्नु, कच्चा पदार्थ र कुटिर उद्योगजन्य पदार्थको निर्यातमा प्रधानता हुनु , प्राकृतिक संसाधनको दोहनमा विदेशी पुँजीसँगको निर्भरता बढ्नु र आकाशिदो व्यापार घाटा हाम्रा अहिलेको यथार्थ र चुनौती हुन्।

    अहिले पुँजीवादीहरुबाट नै पूँजीवाद संरचनात्मक संकटमा फसेको आत्मस्वीकृति हुन थालेको छ। यो समाजवादका पक्षधर शक्तिहरुको निम्ति सुखद समाचार हो। कम्तिमा विश्व साम्राज्यवादी पूँजीवादको नवउदारवादी मोडेलको अपरिहार्य अवशान हुने दृष्टिगोचर हुनु विकल्प खोज्नेहरुको निम्ति थप अवसर प्राप्त हुनु पनि हो। पछौटे आर्थिक सामाजिक संरचना र विश्व साम्राज्यवादी प्रभुत्व र नियन्त्रणका सन्दर्भमा हाम्रो जस्तो खासगरी भर्खरै मात्र सामन्तवादी सामाजिक प्रभुत्वबाट मुक्त भएको नवोदित/सिमान्तकृत पूँजीवादी मुलुकको हकमा माओले भनेजस्तै जनताको क्रान्तिको, राष्ट्रको मुक्तिको तथा राज्यको स्वाधिनताको चाहानालाई आफ्ना कार्यसूचीमा राख्नु पर्ने औचित्य आज पनि त्यतिकै छ। मानिसका जीवनका भौतिक अवस्थामा परिवर्तन गर्न राजनीतिक सुधार मात्रै पर्याप्त हुँदैन पूँजीवादी उत्पादन सम्बन्ध मै परिवर्तन ल्याउनु पर्छ भन्ने मार्क्सवादी प्रस्थापनालाई पनि हेक्का राखिनु पर्दछ। हाम्रो सामाजिक विकासको अवस्थाले एकैचोटी समाजवादमा फड्को मार्ने भौतिक परिस्थिति बनेको छैन, आधुनिक औद्योगिकीकरणको निम्छरोपनले उत्पादनको सामाजिकीकरण पनि सुषुप्त अवस्थामा नै छ, तर पुँजीवादले ल्याउने अनिवार्य विसंगतिका परिप्रेक्ष्यमा र त्यसको प्रभावकारी उपचार समाजवादमा हुने यथार्थलाई मध्य नजर राखेर समाजवादी लक्षका साथ त्यसमाथिको राजनीतिक, आर्थिक तथा सांस्कृतिक हस्तक्षेप र दवाव दिई राख्नु जरुरी छ। एकछत्र पुँजीवादीहरुको मात्रै हालीमुहाली नहुने यो चरण सारमा समाजवाद उन्मुख तर नयाँ पुँजीवादी जनवादी नै हो, यस चरणमा राजनीतिक रुपमा माओले अघि सारेको चार सामाजिक वर्गको मोर्चा – मजदुर, किसान, बुद्धिजीवी र राष्ट्रिय पुँजीपति, अझ खँदिलो र प्रभावकारी बनाउनु र उत्पादन सम्बन्धमा स्वामित्वका विविध रुप समायोजन गरिँदा आन्तरिक तथा बाह्य दुवै हिसाबले एकाधिकारी पूँजीवादबाट बच्ने उपायहरु अवलम्बन गर्नु युक्तिसंगत हुन्छ।

    अन्त्यमा म मार्क्सका यी हरफ स्मरण गर्न चाहन्छु,
    “जब एक महान सामाजिक क्रान्तिले पूँजीवादी युगका परिणाममा, विश्व बजार र उत्पादनका आधुनिक शक्ति माथि निपूर्णता हासिल गर्दछ र तिनलाई सर्वाधिक प्रगतिशील मानिसहरुको नियन्त्रणमा ल्याउँछ तब मात्रै महाङ्कालले  झैँ मृतकको खोपडीबाट अमृत पान गर्ने” पूँजीवादी परिपाटीबाट छुटकारा पाइने छ (कार्ल  मार्क्स, प्रथम भारतीय स्वतन्त्रता संग्राम १८५७–१८५९)।

    र यो पनि कि जर्ज लुकासको स्टार वारमा टाटुइन ग्रहमा एक नव युवकसँग पुरानो पिँढीको एउटा बुढो, धैलुङ्गे ओबी–वानकेनोबीकोे भेट हुन्छ। अगाडिको एडभेञ्चरलाई लिएर बुढाले सम्झाउँदै भन्छन् “यो मिशन धेरै अघि देखिको हो र असाध्य गाह्रो पनि छ, तर तिमीले यसलाई सिक्नु र यसप्रति वफादार भने भईरहनु पर्दछ।”

    यो पनि पढ्नुहोस् –

    समाजवाद र नेपालको भावी दिशा – १

    पुँजीवादी संक्रमणको झाँकी :एउटा ठूलो पूँजीपतिले हमेसा अधिकाङ्स पूँजिपतिको घाँटी रेट्छ 

    समाजवाद र नेपालको भावी दिशा – २

    जेरोमी कोर्बिनहरु र फ्रान्सका पहेंलो भेष्टवालाहरुको संकेत : चलनचल्तीको पुँजीवाद कोरामिन नखुवाई चल्नेवाला छैन

    समाजवाद र नेपालको भावी दिशा – ३

    पूँजीवादको कोरामिन: “सामान्यकृत विश्व एकाधिकार”मा बदलिएको पूँजीवाद 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.