Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
Wednesday, June 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

म मेरा भावनाको बादशाह हुँ

नारायण ढकाल नारायण ढकाल
फाल्गुन २४, २०७६
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म मेरा भावनाको बादशाह हुँ। कथा – सिर्जनामा मैले त्यसमाथि शासनको लगाम तानेको छु। कथामा म आफूलाई व्यक्त गर्दछु र आफू जस्तै अर्को मानिसलाई व्यक्त गर्दछु। त्यो मानिस जसले आफ्नो बौद्धिक क्यानभासमा इलेक्ट्रोनिक युगको रंग र सज्जालाई वरण गर्छ तर मध्ययुगीन पछौटे जीवनमा घस्रेर आफ्नो अस्तित्वको रथलाई हाँक्छ। दुई परस्पर विरोधी यथार्थको प्रतिबिम्ब त्यो मानिस हो। एकातिर भौतिक सम्पन्नताको उत्कर्ष छ भने अर्कातिर दरिद्रताबाट सिर्जित विकराल विसंगति छ। दुवै सँस्कारले पीडित वर्णशंकर चापबाट आक्रान्त मानिस मेरो कथाको नायक हो। वर्तमान सभ्यताले आर्जन गरेको साँस्कृतिक संकटमा पिसिएको छ– त्यो नायक र उसको नायकत्व।

    म रचनाकर्ममा आफुलाई ढाँट्न सक्दिन। आफुलाई ढाटेर कुनैपनि स्रष्टा वास्तविक स्रष्टा बन्न सक्दैन भन्ने मेरो मान्यता छ। त्यसैले मेरो लेखनमा मानिसका सबलता वा दुर्बलताको अंशियार म आफै पनि हुँ। म भगवान हुन चाहन्न । यस्तो दुस्साहस गरेर अलौकिक बन्ने महत्वकांक्षा मसित छैन। त्यसैले मेरो कथा म जस्तै सामान्य मानिसको सरल जीवनको दस्तावेज पनि हो।

    नारायण ढकाल, विमल निभा र राजव

    झण्डै दुई दशक अघि मैले कथा लेखनको आरम्भ गरेको हुँ। त्यसबेला म आफुलाई प्रकाशित गर्न चाहन्थें। म त्यस्तो ठाउँमा जन्मेर हुर्केको थिए– जहाँको सामाजिक मनोविज्ञान दासताको पर्याय बनेको थियो। प्रजातन्त्र, मानव अधिकार वा मानव गरिमासति कसैको रुची थिएन। त्यहाँका मानिसहरु यातना शिविरमा राखिएका बन्दी जस्तै थिए तर कसैलाई दुःखको अनुभव थिएन। यही कुरा मेरो निम्ति सह्य भएन। अनि मैले सोचेँ– म मेरा आफन्तहरुको त्यही अनुभूतिहीन पीडालाई कथाद्वारा बोल्छु। त्यसपछि यता दुई दशकको यात्रा अझै जारी छ र सम्भवतः मैले यो यात्रामा कहिल्यै पूर्णता पाउन सक्दिन।

    कथा लेख्दै जाने दौरानमा म आन्दोलनमा होमिएँ। २०३१ सालमा बूटपालिस आन्दोलनमा सहभागी हुँदा आफू धेरै शक्तिशाली भएको अनुभव गरेको थिएँ। त्यो युवा सृजनशील स्रष्टाहरुको विरोध अभियानको एउटा सानो अंश थियो। जब लेखन र लेखन–आन्दोलनले मेरो अन्तरआत्माको विरोधी चेतनालाई सन्तुष्ट पार्न सकेन तब मैले विद्यार्थी आन्दोलनमा खुलेआम हामफाल्नु नै त्यस समयको जिम्मेवारी सम्झेँ। त्यसै क्रममा २०३१, २०३२ र २०३६ को विद्यार्थी आन्दोलनमा म सामेल भएँ। २०३६ मा प्रगतिशील लेखक संघतिर आउनु पनि यही कडीको सहउत्पादन थियो।

    म मेरा भावनाको बादशाह हुँ। कथा – सिर्जनामा मैले त्यसमाथि शासनको लगाम तानेको छु।

    मेरो राजनीतितिर आकर्षणको एउटा अर्को कारण पनि थियो– सम्प्रेषणको सबभन्दा छिटो र प्रभावकारी माध्यमको खोजी। मानिसहरुलाई जागृत गर्न यो सबभन्दा प्रभावकारी माध्यम हुन्छ भन्ने कुरा आन्दोलन, जेल र पुलिस हिरासतमा मैले भोगेको जिन्दगीको शिक्षा थियो। कतिपय कलाकारहरु जस्तो म राजनीतिसित विमुख हुने प्रवृत्तिमा पुगिन। राजनीति जीवनको अनिवार्य अंग हो भन्ने मेरो मान्यता सदैव अविचलित छ। तर साहित्य र राजनीति एउटै होइनन् भन्ने मान्यता बारे पनि मभित्र कुनै भ्रम छैन। दुवैका आ–आफनै सार्वभौमिक विशेषताहरु छन्। राजनीतिमा मेरो संलग्नताले मेरो कथा लेखनलाई अन्य समकालीन कथा लेखकहरु भन्दा भिन्नै ठाउँमा राखेको छ। म जे लेख्छु त्यो डा. ध्रुवचन्द्र गौतम, राजव वा खगेन्द्र संग्रौला भन्दा फरक छ। र, म जे लेख्न सक्छु त्यो सञ्जय थापा, शैलेन्द्र साकार वा कविताराम भन्दा पनि फरक छ।

    म जीवनमा अत्यधिक सरल हुन चाहन्छु। राम्रा काम गर्ने र कहिलेकाँही अन्जान विवशतामा गल्ती पनि गर्ने। घर, परिवार, छिमेक, गाउँ, समाज र पार्टीहरु प्रति मेरो आफ्नै खाले सम्बन्धका कडीहरु छन्। प्रेम, घृणा, सद्भावना र तिरस्कारको आफनै निजात्मक संसार छ मसित। यौनबारे, म कुनै पनि शास्त्रीय पण्डितहरु जस्तो कट्टर स्वाँगे विचार राख्दिन र तथाकथित आधुनिकतावादीहरु जस्तो अतिरिक्त उदात्त पनि छैन। यौन जीववैज्ञानिक आवश्यकता हो। यो सित सम्बन्धित आचार संहिता समाज सापेक्ष रुपमा निर्माण हुनुपर्छ भन्ने मेरो ठम्याई छ। म कुनै पनि अस्वस्थ, विकृत मानवविरोधी यौन जीवनको विपक्षमा छु।

    म पेशाले पत्रकार हुँ। राजनीतिक उद्देश्यसित गाँसिएको छ यो मेरो पेशा। मेरो कथाकार व्यक्तित्वलाई मेरो यो पेशाबाट अलग्याउन मिल्दैन। मलाई मानिसहरु कथाकार भन्दा बढी पत्रकार र राजनीतिक कार्यकर्ताको रुपमा चिन्छन्। तर म ती दुवैभन्दा बढी कलाकार हुँ। किनकि, मैले ती दुवै क्षेत्रमा भन्दा कथा लेखनमा आफ्नो परिश्रम, लगन र निष्ठालाई बढी लगानी गरेको छु। जब जब म राजनीति वा पत्रकारिता क्षेत्रबाट निराश भएको छु तब तब मलाई कथालेखन आफ्नै घर जस्तो लाग्छ। राजनीतिक जीवनमा आरोह–अवरोहका क्षणहरुमा म कथा लेखनद्वारा आफूलाई बचाउने काम गर्छु। समय समयमा पार्टीसित दूरी बढ्दा मैले आफूलाई राख्ने ठाउँ यहीँ विधालाई देखेको छु। यसरी जहिले पनि आत्मसंकटमा पर्दा मेरो आशाको क्षितिज कथा लेखनद्वारा मात्र फराकिलो भएको छ।

    नारायण ढकाल हरि रोकाको साथमा

    मार्क्सवादी सौन्दर्यशास्त्र मेरो रचनाकर्मको वैचारिक आदर्श हो। तर म यान्त्रिक रुपमा यसलाई अंगीकार गर्न चाहन्न। मानिसलाई सिमित र निर्देशित लक्ष्मणरेखाभित्र परिभाषित गर्न हुँदैन। उसलाई कुनै एकमात्र आयाममा उभ्याउनु पनि हुँदैन। त्यसैले मैले सकभर आफ्ना पात्रहरुलाई यान्त्रिक र शास्त्रीय आदर्शको भारीले किच्न दिएको छैन। तिनीहरु आफ्नो सम्पूर्णतामा उभिउन् भन्ने मेरो श्रष्टाको आग्रह छ। त्यसैले तिनीहरु कतै सकारात्मक र कतै नकारात्मक रुपमा आएका छन्। मैले जीवनको गत्यात्मकतालाई कृत्रिम पात्रहरुको स्थापनाद्वारा होइन सहज र यथार्थ मानिसहरु र तिनको समाजसितको सम्बन्धका अनेक आयामद्वारा व्याख्या गर्ने प्रयत्न गरेको छु।

    कतिपय सवालमा म अराजक छु। तर मेरो यो अराजकता समाजको गतिशील प्रवाहसित पलायन हुने क्रममा जन्मेको होइन। मेरो अराजकता त्यसबेला जागृत हुन्छ जब प्राकृतिक नियमहरु उल्लंघन हुन्छन्। राज्यले, प्रतिपक्षले वा त्यो भन्दा तल्लो हैसियतका संगठित वा असंगठित निकायहरुले जब अवैधानिक काम गर्छन् तब म ती सबैको प्रतिपक्षमा हुन्छु। रुढीहरुसित सम्झौता गर्न नसकेपछि म त्यस्तो मनस्थितिमा पुग्छु। यसरी कहिलेकाहीँ म आफू एक्लो भएको अनुभव गर्छु। तर मैले जतिसुकै निसंकट अवस्थामा पनि आफूलाई पराजित हुन दिएको छैन। त्यस्तो अवस्थामा एकलव्य मेरो आदर्श हुन्छ। मेरो आफ्नो निष्ठालाई बचाउन म उसको कठिन तपस्यालाई अनुशरण गर्दछु।

    अहिलेसम्म यस्तै–यस्तै धेरै विशेषताहरुको लगाम समाएर मेरो कथा–यात्रा जारी छ।  –नारायण ढकाल (विपुल, फागुन २०५०)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नारायण ढकाल

      नारायण ढकाल

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.