Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Tuesday, April 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मैले कसरी लेख्न सिकें

म्याक्सिम गोर्की म्याक्सिम गोर्की
भदौ २८, २०७६
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    साथीहरु !
    तपाईहरुसँग कुराकानी गर्ने जे–जति मौका पाएको छु, ती मौकाहरुमा तपाई धेरैले मलाई मुखैले वा लेखेर मैले कसरी लेख्न सिकें ? भनेर सोध्नुभएको छ । यही सवाल समाजवादी सोभियत गणतन्त्र संघका सबै ठाउँबाट मसँग पत्राचार गर्ने मजदुर, किसान तथा सैनिकहरु र सामान्यतया भर्खर–भर्खर लेख्न सुरु गर्ने युवाहरुले पठाएको चिठ्ठीहरुमा सोधिएको छ । धेरैले मलाई “कथाहरु कसरी लेख्नुपर्छ भन्ने सम्बन्धमा एउटा किताब लेख्न” वा “साहित्यको इतिहास विकास गर्न” वा “साहित्यका बारे पाठ्यपुस्तक प्रकाशित गर्न” अनुरोध गरेका छन्। म त्यस्तो पाठ्यपुस्तक लेख्न सक्तिनँ र त्यसो गर्न सक्षम पनि नहुँला, यस अतिरिक्त, यस्ता किताबहरु पहिलेदेखि नै छन् र ती ज्यादै राम्रा नभएको खण्डमा पनि उपयोगी भने छन् नै।
    लेख्न सुरु गर्नेहरुका लागि साहित्यको इतिहासको ज्ञान जरुरी हुन्छ। यसका लागि मस्को राज्य प्रकाशन गृहले प्रकाशित गरेको भी. केल्तुयालको “साहित्यको इतिहास” नामक पुस्तक उनीहरुका लागि सहयोगी हुनेछ। मौखिक (लोक) र लिखित (साहित्यिक) सृजन कसरी विकास भएर आयो, यस सम्बन्धमा यो पुस्तकले एकदमै राम्रो विवरण दिएको छ। कुनै मानिसको रचना–शिल्प जस्तो भए पनि उसले यसको विकासको इतिहास भने जानेकै हुनुपर्दछ। यदि कुनै उद्योगभन्दा वा कलकारखानामा संलग्न मजुदरहरुले उद्योगधन्दाहरुको कसरी उत्पत्ति भयो, क्रमशः कसरी यसको विकास भयो र कसरी उत्पादनले पूर्णता पाउँदै गयो भन्ने सम्बन्धमा पुरा जानकारी पाएको खण्डमा उनीहरुले संस्कृतिको इतिहासमा आफ्नो श्रमको महत्वलाई अझ पुरा समझदारीका साथ बुझेर अरु बढी उत्साहका साथ राम्ररी काम गर्ने थिए।

    विदेशी साहित्यको ज्ञान पनि आवश्यक हुन्छ। किनभने आफ्नो सारमा साहित्यिक सिर्जनशिलता सबै ठाउँमा र सबै जनताका लागि उस्तै नै हुन्छ। यो केवल रुपगत र बाहिरी सम्बन्धहरुको कुरो होइन । जस्तो कि पुश्किनले गोगोललाई मृत आत्माहरुको कथ्य दिनुभएको थियो भने पुश्किन आफैंले चाहिँ सम्भवतः यो कथ्य अङ्ग्रेज लेखक लरेन्स स्टर्नको एक भावुक यात्राबाट लिनुभएको थियो। यस्तै , मृत आत्माहरु र अङ्ग्रेज उपन्यासकार डिकेन्सको पिकविक कागजपत्रहरुको विषयवस्तुमा भएको समानताले त्यति महत्व राख्तैन। कुन तथ्यको बोध चहिँ महत्त्वपुर्ण छ भने धेरै पहिलादेखि मानिसका आत्माहरुलाई कैद गर्न सबैतिर एउटा जालो बुनिएको थियो र अर्कातिर सधैँ र जहाँतहीँ अन्धविश्वास, द्वेषभाव र पूर्वाग्रहहरुबाट मानिसहरुलाई मुक्त मार्न आफ्ना कृतिहरुको उद्देश्य बनाउने मानिसहरु थिए।

    के कुरो जान्नु महत्वपुर्ण छ भने जसरी यहाँ सधैँभरी मानिसलाई खुसी पार्ने तुच्छ र निष्कृष्ट भोगविलासमा लाग्न उत्प्रेरित गर्नेहरु थिए र छन्, त्यसरी नै समाजमा चारैतिर रहेका जीवनका तुच्छ, र बेकम्मा कुराहरुका विरुद्ध उभिएका विद्रोहीहरु पनि छन्। के अनुभुत गर्नु पनि महत्त्वपुर्ण छ भने अन्तिम विश्लेषणमा मानिसहरुलाइ अघिल्तिर बढ्न बाटो देखाउने र त्यो बाटामा हिड्न प्रेरित गर्ने विद्रोहीले नै श्रमजीवी जनातामा लोभ, द्वेष, अल्छीपन र श्रमप्रति विरक्तिजस्ता दुर्गुणहरु फैलाउने वर्गसमाज र बुर्जुवासमाजले सृजना गरेका घृणित अवस्थाहरुसँग लोलोपोतो र मेलमिलाप गर्नुपर्छ भनी प्रचार गर्नेहरुले भन्दा माथिल्लो स्थान हासिल गरेका छन्।

    मानवश्रम र सृजनशीलताको इतिहास मानिस स्वयंको इतिहासभन्दा कता हो कता बढी चाखलाग्दो र महत्वपुर्ण छ। किनभने मानिस एक सय उमेर पुग्नु अघि नै मर्दछ भने उसका रचनाहरु चाहिँ शताव्दियौँसम्म बाँचिरहन्छन्। विज्ञानका विस्मयजनक उपलव्धिहरु र यसको तीव्रतर वृद्धिलाई आफ्नो विशेषताको विकासको इतिहासलाई जानेबुझेका बैज्ञानिकहरुले नै ठीकसँग व्याख्या गर्न सक्तछन्। विज्ञान र साहित्यमा धेरै समानता छ : दुवैमा निरीक्षण, तुलना र अध्ययनले नेतृत्वदायी भुमिका निर्वाह गर्दछन्। लेखक र वैज्ञानिक दुवैसँग कल्पना र अन्तप्रज्ञा हुनैपर्दछ।

    कल्पना र अन्तप्रज्ञाले तथ्यहरुको शृङ्खलामा रहेका खाली ठाउँहरु भर्न सहयोग पुर्याउँछन् र यसरी वैज्ञानिकहरुलाई प्राकृतिक शक्तिहरु र सङ्घटनाका बारेमा मस्तिष्कमा रहेका सवालहरुलाई कमबेसी प्रभावकारी तरिकाले पथप्रदर्शन गर्ने प्राक्कल्पना र सिद्धान्तहरु विकास गर्न सक्षम बनाउँछन्। क्रमशः प्राकृतिक शक्ति र सङ्घटनाका अधीनमा रहेर मानिसको मस्तिष्क र इच्छाशक्तिले मानवीय सँस्कृतिको सृजना गर्दछ, जुन वास्तवमा हाम्रो दोस्रो प्रकृति हो।

    यस भनाइलाई दुईवटा तथ्यद्धारा पुष्टि गर्न सकिन्छ: त्यतिखेर थाहा भएका आधारभूत तत्वहरु – फलाम, सिसा, गन्धक, पारो आदि–को आफ्नो अध्ययनको आधारमा प्रसिद्ध रसायनशास्त्री दिमित्री मेन्देलेयेभले आधारभूत तत्वहरुको एउटा आवधिक तालिका तयार पारे, यसले के उल्लेख गर्यो भने प्रकृतिका थुप्रै आधारभूत तत्वहरु अझै पत्ता नलागेका तत्वका रुपमा अस्तित्वमा छन्। उनले ती अपरिचित तत्वहरु प्रत्येकको विशिष्ट गुरुत्वकार्षणका बारेमा पनि सङ्केत गरे, त्यतिखेरदेखि नै तिनको अविष्कार हुँदै आएको छ र यस अतिरिक्त मेन्देलेयेभको पद्धतिले अन्य थुप्रैै तत्वहरु पत्ता लगाउन सहयोग पु¥याएको छ, जसले अस्तित्वमा उनी आफुले कहिल्यै सन्देह गरेनन्।

    अर्को तथ्यः फ्रेन्च उपन्यासकार र महानतम् लेखकहरुमध्येका एक अनरे द बाल्जाकले आफ्नो एउटा पुस्तकमा त्यतिखेर विज्ञानका निम्ति अज्ञात, निश्चित शक्तिशाली स्रावहरुले मानवशरीरमा कार्य गरेका हुन्छन् र विविध मानसिक–शारीरिक लक्षणहरुका लागि तिनले महत्व राख्छन् भन्ने आफ्नो विचारलाई उल्लेख गरेका थिए। मानवशरीरका पहिले थाहा नभएका थुप्रै हार्मोन उत्पादन गर्ने ग्रन्थिहरुको आविष्कार धेरै दशकहरुपछि मात्र भयो र यसैले अन्तः स्रावी ग्रन्थिहरुको उच्च महत्वको विज्ञानको सृजन गराउन सहयोग पुर्यायो । वैज्ञानिकहरु र नेतृत्वदायी साहित्यकारहरुको सृजनात्मक क्रियाकलापको यस्तो सम्मिश्रण विरल छ भन्ने होइन। लोमोनोसोभ र गेटे कवि तथा बैज्ञानिक दुवै थिए, उपन्यासकार स्ट्रिन्दवर्गको पनि यस्तै स्थिति थियो, उनको पात्र क्याप्टेन कूल वायुमण्डलबाट नाइट्रोजन निष्काशनलाई पहिल्यै देख्नेहरुमध्येको एक थियो।

    चरित्रहरु र प्रतिनिधि पात्रहरु को रचनासँग सम्बन्धित साहित्य सृजनको कलाले कल्पना र आविष्कारशीलताको माग गर्दछ। यदि आफुसँग परिचित कुनै पसले, निजामती कर्मचारी वा मजदुरको चित्रण गर्दालेखकले मात्र एक व्यक्तिको घटी वा बढी विश्वसनीय फोटो उत्पादन गर्दछ भने यो एउटा फोटोकपीभन्दा बढी अरु केही हुनेछैन, सामाजिक र शैक्षिक महत्व बिनाको त्यसले मानिस र जीवनको हाम्रो ज्ञानमा झन्डै केही पनि बिस्तार गर्ने छैन।

    तर यदि बीस, पचास अझ भनौँ सय पसले, निजामती कर्मचारी वा मजदुरका अति महत्वपुर्ण विशेषता, वर्ग लक्षण, स्वभाव, रुचि हाउभाउ, विश्वास र बोलीचालीका ढङ्गहरुको सार झिक्न लेखक सक्षम भएमा ऊ तिनलाई एउटै पसले, निजामती कर्मचारी वा मजदुरको एक्लो व्यक्तित्वमा सारमा र सङ्घनित रुपमा प्रस्तुत गर्न समर्थ हुन्छ, फलस्वरुप उसले प्रतिनिधि पात्र सृजन गर्दछ र यही नै कला होणढ। लेखकको निरीक्षणको परिधि र उसको समृद्ध जीवनानुभवले प्रायः कलाकारलाई यस्तो शक्ति प्रदान गर्दछ, जसले तथ्यप्रतिको उसको व्यक्तिगत अभिवृत्ति, अर्को शब्दमा उसको आत्मगततामाथि विजय हासिल गर्दछ, बाल्जाक आत्मगत रुपमा पुँजीवादी सामाजिक व्यवस्थाका पक्षमा थिए, तर उनले आफ्ना रचनाहरुमा अद्भुत र निर्मम दृढताका साथ निम्न पुँजिपतिवर्गको तुच्छ र घृणित स्वाभावलाई चित्रण गरे। लेखकहरु आफ्नो वर्ग, आफ्नो समय र आफ्ना कृतिहरुमा वस्तुगत इतिहासकार बनेका थुप्रै उदाहरणहरु फेला पर्दछन्। यस्तो स्थितिमा वस्तुगततामा लेखकहरु जनावरहरुको भोजन र अस्तित्वका अवस्थाहरु, तिनको प्रजनन र लोपका कारणहरु र बाँच्नका लागि तिनले गर्ने भयानक सङ्घर्षका बारेमा अध्ययन एवम् व्याख्या–विश्लेषण गर्ने प्रख्यात प्रकृति वैज्ञानिकहरु समान बन्न पुग्छन्।

    अस्तित्वका निम्ति भएको सङ्घर्षमा मानिसको आत्मसुरक्षाको सहजवृत्तिले उसमा दुई शक्तिशाली सृजनशील सामर्थ्य विकसित गरेको छ – ज्ञान र कल्पना । ज्ञान–सङ्ज्ञानको शक्तिको अर्थ प्राकृतिक सङ्घटना र सामाजिक जीवनका तथ्यहरुको निरीक्षण, तुलना र अध्ययन गर्ने योग्यता हो। अर्को शब्दमा, ज्ञानको अर्थ चिन्तन हो । सारमा कल्पना पनि संसारका सम्बन्धमा चिन्तनको एउटा विधि नै हो, तर बिम्बहरुको रुपमा चिन्तन । के भन्न सकिन्छ भने कल्पना भनेको वस्तुहरु र प्रकृतिका तात्विक शक्तिहरुमा मानवीय गुण, भावना र अभिप्राय समेत आरोपित गर्ने क्षमता हो ।
    हावा रोइरहेको वा बिलौना गरिरहेको, जूनको विचारमग्न प्रकाश, गुनगुनाइरहेको खोलो, कलकल बगिरहेको नदी र अन्य यस किसिमका थुप्रै अभिव्यक्तिहरु हामी सुन्दछौं र बोल्दछौं पनि, यस्ता अभिव्यक्तिहरुको उद्देश्य प्राकृतिक सङ्घटनालाई बढी जीवन्त बनाउनु नै हो ।

    यसलाई मानवीयकरण वा मानवत्वारोपण (anteocomoehism) भनिन्छ, जुन दुई ग्रीक शब्द मिलेर बनेको छ : antheocos यसको अर्थ हो – मानिस र mohehr अर्थात रुप वा बिम्ब । यहाँनिर के ख्याल गर्नु उचित हुनेछ भने आफुले देखेका हरेक वस्तुलाई मानवीय गुणहरुले आरोपित गर्ने मानिसको एउटै आफ्नै तरिका छ । यी वस्तुहरु ऊ कल्पना गर्छ र तिनलाई प्राकृतिक सङ्घटनासँग, आफ्नो श्रम र बुद्धिले सृजना गरेका हरेक वस्तुसँग सम्मिलित गर्छ । साहित्यमा मानवीयकरणलाई ठाउँ दिइनु हुन्न भन्ने सोच राख्ने मानिसहरु छन् र यसलाई उनीहरु हानिकारक समेत ठान्दछन्, तर यिनै मानिसहरु भन्छन्, तुषारोले आफ्नो कान निमोठ्यो , घाम हाँस्यो, मे आयो र कतिसम्म भने खलनायक मौसम समेत भन्न उनीहरु बाँकी राख्तैनन्, यद्यपि मौसमको सन्दर्भमा नैतिक मापदण्ड प्रयोग गर्नु कठिन हुन्छ ।
    क्रमशः…..

    स्रोत:  निनु चापागाईंले अनुवाद गरी प्रकाशित गरिएको ‘म्याक्सिम गोर्कीका छानिएका रचना’बाट साभार गरिएको हो ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      म्याक्सिम गोर्की

      म्याक्सिम गोर्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.