Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘राजनीतिमा चासो नराख्ने’हरूलाई प्रश्न

राजनीतिक हुनु र तथ्यलाई बुझ्नु ‘केकको एउटा पिस’ लिए जस्तो होइन, जुन कुनै मूल्यमा सहजै पाइन्छ। यदि तपाईं आफ्नो वरिपरि भएका उपेक्षित व्यक्तिहरूमाथि भइरहेको अन्यायलाई बुझ्नुहुन्छ भने यसले तपाईंलाई निदाउन दिँदैन।

सारान्या प्रभाकरण सारान्या प्रभाकरण
पुस ३०, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युवा पुस्ताका धेरैजसोले आफू राजनीतिबाट टाढा रहेको र यसैमा खुसी रहेको जिकिर गरिरहेका हुन्छन्। यसबारे उनीहरूमध्ये धेरैका केही साझा वक्तव्य हुन्छन्, जस्तै–‘मलाई राजनीतिमा कुनै रुची छैन।’, ‘कुन पार्टीले के गरे पनि मलाई मतलब छैन र म कुनै पार्टीलाई समर्थन गर्दिनँ।,’ ‘सबै सरकार भ्रष्ट छन्। यहाँ कुनै सरकारहरूमा नैतिकता नै छैन।,’ ‘खासमा हाम्रो राजनीतिक प्रणाली नै भ्रष्ट छ।,’ ‘यो देशमा केही हुनेवाला छैन, बरु विदेश नै जानु ठिक।’ आफूलाई राजनीतिमा चासो नराख्ने बताउनुमा गर्व महशुस गर्ने पुस्ताका मानक तर्कहरू यिनै हुन्।

    जसले आफूलाई राजनीतिमा कुनै चासो नरहेको बताउँछ अथवा देशमा के भइरहेको छ भन्ने विषयमा कुनै चासो राख्दैन वा कुनै राजनीतिक पार्टीको पक्ष लिनु भनेको पागलपन वा अराजतकता भएको महशुस गर्छन् अथवा जो आफ्नै आरामदायी घरको आरामदायी विस्तारा मस्त निन्द्रामा छन, तिनलाई मेरा केही प्रश्नहरू छन्ः

    के समाज न्यायपूर्ण छ?

    तपाईंका परिवार, साथीसंगी वा परिचितहरूमध्ये कतिजना अन्यायपूर्ण व्यवस्थाविरुद्ध आवाज उठाएकै कारण सजाय भोग्न बाध्य छन्? तपाईंका आत्मीय मान्छे मध्ये कतिजना अस्पतालमा मृत्युको मुखमा पुगेका बालबालिकाका लागि समयमै अक्सिजन सिलिन्डर उपलब्ध गराएकोमा जेलमा जाकिएका छन्? तपाईंका नजिकका कति मान्छेहरू सबैखाले अधिकारबाट बञ्चितहरूका लागि आवाज उठाएकोमा नजरबन्दमा छन्? तपाईले माया गर्ने व्यक्तिमध्ये कतिजना कुनै दंगा वा फर्जी मुठभेडमा मरेका छन्? तपाईं मध्ये कतिजना मानिस कुनै निश्चित जाति वा धर्मका भएकै कारणले आफ्नो एकता लुटिने डरमा बाँच्नुपरेको छ? तपाईं मध्ये कतिजनाको मानवअधिकार उल्लंघन भएको छ? तपाईं मध्ये कतिजना एकदिनका लागि इन्टरनेटबिना बस्नुपरेको छ? कोही पनि छैन?

    राजनीतिमा चासो राख्दिनँ भन्नेहरू आफूँ ‘न्यायपूर्ण’ समाजमा रहेको दाबी गर्छन्। उनीहरू आफूलाई सचेत ठान्छन् र आफूबाट कुनै विभेद नभएको तर्क गर्छन्। जात, धर्म र नश्लका बारेमा आफूलाई कुनै चासो नभएको र यी आधारमा कसैलाई विभेद नगरेको दाबी गर्छन्। राजनीतिमा चासो नराख्ने केही युवाले सामाजिक सञ्जालमा सामान्य तर्क दिन्छन्ः ‘म आफू माथिल्लो जातको व्यक्ति भएको कुरामा कहिल्यै घमण्ड गर्दिनँ। मैले मेरा साथीहरू कुन धर्म र जातका हुन भन्ने कुरामा कहिले ध्यान दिइनँ। म मानिसहरूलाई उनीहरूको लिंग, जात र वर्गको आधारमा होच्याउँदिन, त्यसैले यहाँ विभेद छ भनेर तपाईं कसरी भन्नुहुन्छ?’

    उनीहरू भन्छन्, ‘निश्चित रुपमा हाम्रो इतिहासमा विभेद थियो, तर आज सब ठिकठाक भइसकेको छ।’ समाजमा सबै ‘ठिकठाक’ देख्नेहरूलाई नै संवैधानिक आरक्षणको व्यवस्था मनपर्दैन। उनीहरू समुदायको तल्लो तहमा रहेका र विभिन्न अधिकारबाट बञ्चितहरूका लागि व्यवस्था गरिएको आरक्षणले समाजलाई झनै विखण्डनतिर लगेको र यसले विभेद बढाएको सतही तर्क गर्छन्।

    को जवाफदेही छ?

    राजनीतिमा चासो नराख्ने, यसलाई ‘फोहोरी खेल’ देख्ने र समाजमा सबै ‘ठिकठाक’ देख्नेहरू अधिकांश विशेषाधिकार प्राप्त व्यक्ति हुन्छन्। त्यस्ता व्यक्तिले समुदायको पिँधमा रहेर बाँच्नु, सबै अधिकारबाट बञ्चित हुनु र उपेक्षित हुनुको अर्थ बुझेका हुँदैनन्। कुनै व्यक्तिलाई निश्चित जात वा धर्ममा जन्मिएकै कारण उसलाई दुःख दिँदा उसमा पर्ने असरका बारेमा विशेषाधिकार प्राप्त व्यक्ति अनविज्ञ हुन्छ। विशेषाधिकार प्राप्त व्यक्तिहरूले पछाडि पारिएकाहरूमाथि हुने भेदभावको अर्थ बुझ्न उनीहरूकै ठाउँमा बसेर सोच्नुपर्ने हुन्छ।
    समाजमा विद्यमान सबै विभेदका लागि हामी सबै जवाफदेही छौँ। हजारौं वर्षदेखिको दलनका लागि पुर्खालाई मात्रै दोष दिएर पन्छिन पाइँदैन। समाजलाई सुधार गर्नका लागि र विभेदरहित बनाउनका लागि आज हामीले कुनै कदम चालेनौं भने परिवर्तनको अपेक्षा गर्न सकिँदैन।

    के हामीले कुनै सरकारी कार्यालयमा आफ्नो काम छिटो गराउनका लागि घुस दिएका छैनौँ? भ्रष्टाचार व्यक्तिको तहबाटै सुरु हुन्छ। हामी राजनीति र प्रणालीलाई भ्रष्ट भन्छौँ, तर हामी आफूलाई जति सोच्छौं, त्यति स्वच्छ छैनौँ। एउटा भनाई छ, ‘विश्व परिवर्तन गर्नु छ भने पहिला आफैं परिवर्तन होऊ।’ यस भनाईलाई हामीले आफैंमा कत्तिको लागु गरेका छौ?

    सुरुवात आफैबाट गरौं
    हामीमध्ये धेरैजना हाम्रो वरिपरि हुने नश्लवाद, लिङ्गवाद र जातिवाद गलत भएको कुरा थाहा हुँदाहुँदै पनि यसलाई सम्बोधन गर्ने हिम्मत गर्दैनौं। यी सबैको विरुद्ध उभिन सजिलो पनि छैन। हामीमध्ये कतिजना यी विषयहरूमाथि छलफल गर्छौ? म मेरो कार्यालयमा केही सहकर्मीहरूबीचका कुरा सुनिरहेको हुन्छु। उनीहरूका कुरा धेरैजसो लिङ्गभेदी, जातिवादी, नश्लवादी र अरु कुनै त्यस्तै ‘वादी’ हुने गर्छन्। अझ विडम्बनापूर्ण कुरा के छ भने कतिपय शिक्षित महिलाहरू पनि लिङ्गवादका विषयमा बेखवर छन्।

    राजनीतिक हुनु र तथ्यलाई बुझ्नु ‘केकको एउटा पिस’ लिए जस्तो होइन, जुन कुनै मूल्यमा सहजै पाइन्छ। यदि तपाईं आफ्नो वरिपरि भएका उपेक्षित व्यक्तिहरूमाथि भइरहेको अन्यायलाई बुझ्नुहुन्छ भने यसले तपाईंलाई निदाउन दिँदैन।

    यद्यपि, तपाईं उपेक्षित वर्ग र समुदायलाई माथि उठाउनका लागि तपाईंको विशेषाधिकारलाई प्रयोग गर्न सक्नुहुन्छ। अथवा, कसैलाई जागृत बनाउन वा तिनलाई शिक्षा दिनका लागि पनि तपाईं आफ्नो विशेषाधिकारलाई प्रयोग गर्न सक्नुहुन्छ। कुनैपनि व्यक्ति आफ्नो इच्छाले विशेषधिकार प्राप्त वा अधिकारबाट बञ्चित भएको होइन। तर मानिसले यस समाजमा सरोकार राख्ने र कुनै अर्थ राख्ने काम भने गर्न सक्छ।

    धुव्रिकरणको आजको युगमा हामी ‘गैरराजनीतिक’ हुनुको जोखिम उठाउन सक्दैनौं। किनकि हामी सबैले एक अर्काको न्यायको पक्षमा बोल्नुपर्छ। हामीले मानवता र स्वतन्त्रताविरुद्ध उभिएकाहरूलाई पराजित गर्नुछ। त्यसैले हामीलाई एकीकृत र मजबुद हुनुछ।

    युथकिआवाज डटकमबाट अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सारान्या प्रभाकरण

      सारान्या प्रभाकरण

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.