Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लोकतन्त्रमाथि ७ संक्रामक रोगहरु – रुत्गेर बेग्रम्यान

पहिले सरकारी अधिकारीहरू दिनभर अफिसका वातानुकूलित कोठामा बस्थे। तिनीहरुले हाम्रो बस्तीमा कहिल्यै पाइला टेक्दैनथे। यसै प्रसंगमा म तपाईंलाई सोध्छु–हाम्रो आवश्यकता के हो भन्नेबारे कसले बुझ्नसक्छ? कार्यालयमा गजधम्म बस्ने सरकारी कर्मचारीले कि वा हाम्रो आफ्नै समुदायको कोही व्यक्तिले?

रुत्गेर बेग्रम्यान रुत्गेर बेग्रम्यान
पुस १६, २०७९
- यो हप्ता, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अवस्था यस्तो थियो, त्यहाँ क्रान्तिको कुनै सम्भावना थिएन। यो कुरा पश्चिमी भेनेजुएलाको एक नगरपालिका टोरेसको हो। त्यहाँको  जनसङ्ख्या २० लाखभन्दा कम थियो र त्यहाँ सयौं वर्षसम्म एक कुलीन वर्गले शासन गर्दै आएको थियो। त्यही टोरेस नगरका आम नागरिकहरूले हाम्रो समयको अति महत्त्वपूर्ण प्रश्नहरूको जवाफ खोजेका थिए।

    ती प्रश्नहरु थिए- हामी राजनीतिमाथि पुनः कसरी भरोसा राख्न सक्छौं ? समाजमा जागिरहेको निराशावादको आक्रोसलाई कसरी काबूमा राख्न सकिएला? र हामीले हाम्रो लोकतन्त्रलाई कसरी बचाउने होला?

    विश्वभरका लोकतन्त्रहरू कम्तिमा सातवटा संक्रामक रोगको शिकार भएका छन्। ती हुन्- (१) राजनीतिक दलहरुको पतन। (२) एकअर्कालाई विश्वास गर्न नसक्ने अवस्थाका नागरिक। (३) अल्पसंख्यकहरूप्रति तिरस्कार। (४) मतदाताको घट्दो चासो। (५) भ्रष्ट राजनीतिज्ञहरू। (६) धनीहरूबाट कर छली  र, (७) आधुनिक लोकतन्त्र व्यापक असमानतामा डुबेको छ भन्ने जनधारणा।

    टोरेस नगरले यी सबै समस्याहरूको समाधान खोज्यो। टोरेसले पत्ता लगाएको समाधान आश्चर्यलाग्दो सजिलै गरी बुझ्न सकिन्छ। किनकि यसले विगत पच्चीस वर्षका परीक्षामा असफल भएको संकेत देखाएको छैन। यस समाधानलाई ब्यूर्ट्र्जोर्ग तथा अगोरा पल्स जस्तै संसारभरी अगाल्न थालिएका छन्। तर पनि टोरेस नगरको अभ्याससम्बन्धी कुनै समाचार बन्दैन।

    यो अभ्यास एक व्यावहारिक पहल हो जुन मानव स्वभावका बारेमा आधारभूत रूपमा फरक दृष्टिकोणमा आधार रहेर अपनाइएकोछ। जुन दृष्टिकोणले हेर्दा मानिसहरूलाई आत्मसन्तुष्ट हुन्छन् भन्ने ठानिदैन वा असन्तुष्ट मतदाताहरू सबै एकै ड्याङका हुन् भनेर व्यवहार गरिदैन। बरु यो दृष्टिकोणले के हामी सबैमा एक रचनात्मक र शुद्ध अन्तस्करण भएका नागरिक अवस्थित छैनन् र भनेर प्रश्न गर्छ।

    यही प्रश्नलाई फरक ढंगले राख्ने हो भने: के लोकतन्त्र सम्भव छैन?

    टोरेसको कथा अक्टोबर ३, २००४ मा सुरु भयो। चुनावको दिन। भेनेजुएलाको एक नगरपालिकाको मेयर पदका लागि दुई उम्मेदवारहरू मैदानमा थिए: निवर्तमान मेयर जेवियर ओरोपेजा, जो एक ठूला जमिन्दार थिए जसलाई व्यापारिक मिडियाले समर्थन गरेको थियो, र दोस्रो वाँल्टर केट्टीवेल्ली, जसलाई राष्ट्रपति ह्युगो चाभेजको शक्तिशाली राजनीतिक पार्टीको समर्थन थियो।

    ती दुवै कुनै खास विकल्पहरु थिएनन्। ओरोपेजा र केट्टीवेल्ली – ती मध्ये कसैले जित्दा पनि भ्रष्टाचार रोकिनेवाला थिएन। यी प्रत्यासी हेर्दा टोरेसमा लोकतन्त्रको भविष्यलाई पुन: नयाँ दिशामा बढाउन सकिने कुनै संकेत थिएन।

    तर, त्यहाँ त्यति चर्चामा नआएका एक अर्को पनि उम्मेद्वार थिए। ती थिए जुलियो चाभेज (जो ह्युगो चाभेजसँग सम्बन्धित होइनन्)। उनी एक मामूली आन्दोलनकारी थिए। जसका समर्थकहरूमा मुट्ठीभर विद्यार्थी, सहकारी र संस्थाका कार्यकर्ताहरू थिए। उनीहरूको घोषणापत्र, जसलाई एक वाक्यमा संक्षेप गर्न सकिन्छ, पूर्णतया हाँस्यास्पद थियो। घोषणापत्रको सार थियो – जूलियोलाई मेयरमा निर्वाचित गर्नुस्– उनले टोरेसका नागरिकलाई सम्पूर्ण सत्ता–शक्ति सुम्पिनेछन्।

    उनका प्रतिद्वन्द्वीहरूले उनलाई गम्भीरतापूर्वक लिएनन्। वास्तै गरेनन्, तर कहिलेकाहीँ तपाईंले क्रान्तिको सबैभन्दा कम अपेक्षा गरेका कुनाहरुबाट सबैभन्दा ठूला क्रान्तिहरू शुरु हुन्छन्। त्यहीं अक्टोबरमा भएको त्रिकोणीय प्रतिस्पर्धामा जुलियो चाभेजले ३५.६ प्रतिशत मत भनौं थोरै मतान्तरले टोरेसको मेयर पदमा विजयी भएका थिए।

    र, उनले आफ्नो वाचा पुरा पनि गरे।

    यो स्थानीय क्रान्तिको शुरुवात् सयौंको जमघटसँगै भयो। यसमा सबै बासिन्दाहरूलाई स्वागत गरियो – मुद्दाहरूमाथि बहस गर्नका लागि मात्र होइन, वास्तविक निर्णयहरू गर्न। उनीहरुले निर्णय गर्नुपर्ने मुद्धा थियो – नगरपालिकाको करिब ७० लाख डलर बराबर लगानी–बजेटको शतप्रतिशत खर्च गर्न कहाँ/कसरी गर्ने?

    नयाँ मेयरले अब साचो लोकतन्त्रको समय आएको घोषणा गरे। अबको लोकतन्त्रको सरकार कुनै निजामती कर्मचारीहरू र पेशेवर राजनीतिज्ञहरूले होइन, टोरेसका नागरिकहरूले चलाउनु पर्ने थियो।

    विश्वभरका लोकतन्त्रहरू कम्तिमा सातवटा संक्रामक रोगको शिकार भएका छन्। ती हुन्- (१) राजनीतिक दलहरुको पतन। (२) एकअर्कालाई विश्वास गर्न नसक्ने अवस्थाका नागरिक। (३) अल्पसंख्यकहरूप्रति तिरस्कार। (४) मतदाताको घट्दो चासो। (५) भ्रष्ट राजनीतिज्ञहरू। (६) धनीहरूबाट कर छली  र, (७) आधुनिक लोकतन्त्र व्यापक असमानतामा डुबेको छ भन्ने जनधारणा।

    पुरानो कुलीन वर्गले आतङ्कित हुँदै आफ्नो भ्रष्ट व्यवस्थाको पतन आँखै अगाडि देखे। एक अमेरिकी समाजशास्त्रीसँगको अन्तर्वार्तामा मेयर जुलियोले त्यसबेलाको अवस्थालाई सम्झदै भन्छन् “ती कुलीन वर्गले हाम्रा कामहरुलाई अराजकता हो भन्थे। मैले सत्ता–शक्तिलाई टोरेसका नागरिकलाई सुम्पनुलाई पागलपन भएको आरोप लगाउथ्यो।

    टोरेस नगर लारा राज्यको एक हिस्सा थियो। त्यहाँको तत्कालिन गभर्नर आफ्नो हातको कठपुतली ओरोपेजा पराजित भएकोमा क्रोधित थिए। उनले नगरपालिकाको अनुदान कटौती गर्ने र एक नयाँ परिषद् नियुक्त गर्ने निर्णय गरे। तर उनलाई नवनिर्वाचित मेयरको समर्थनमा जनता उभिएका छन् भन्ने ख्याल नै थिएन। नभन्दै सयौं नगरवासीले बजेट स्वीकृत नभएसम्म घर नफर्किने भन्दै सिटी हल घेराउ गरे।

    अन्त्यमा जनताको जित भयो। मेयर जुलियो निर्वाचित भएको दश वर्षभित्र टोरेसले जुन प्रगति गर्‍यो त्यो धेरै दशकहरूमा मात्र सम्भव हुने देखिन्थ्यो। क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले त्यसबेलाको एक झाँकी दिन्छ कि– भ्रष्टाचार र पार्टीपरस्त विकास तथा सुविधा दिइने कुरा नियन्त्रणमा आइसकेको थियो। जनताहरु राजनीतिमा अभूतपूर्व रूपमा भाग लिन थालेका थिए। नयाँ घरहरू र धेरै विद्यालयहरू बनिरहेका थिए, नयाँ सडकहरू बनिरहेका थिए र पुराना वस्तिहरुलाई नयाँ स्वरुप दिइँदै थियो।

    आजसम्म, टोरेससँग संसारमा सबैभन्दा ठूलो पार्टिसिपेटरी बजेट छ। पन्ध्र हजार मानिसले आफ्नो सुझाव दिन्छन्, र प्रत्येक वर्ष नगरपालिका क्षेत्र भित्रमा ५६० स्थानमा बैठकहरू चल्छ। प्रत्येक व्यक्तिलाई प्रतिनिधि प्रस्ताव गर्ने र चयन गर्ने अधिकार छ। यो सँगसँगै टोरेसका मानिसहरू निर्णय गर्छन् कि उनीहरूले करका रुपमा भुक्तान गरेको लाखौं रुपैयाँ कहाँ बाँड्ने?

    एक नगरवासीले भने, “पहिले सरकारी अधिकारीहरू दिनभर अफिसका वातानुकूलित कोठामा बस्थे। तिनीहरुले हाम्रो बस्तीमा कहिल्यै पाइला टेक्दैनथे। यसै प्रसंगमा म तपाईंलाई सोध्छु–हाम्रो आवश्यकता के हो भन्नेबारे कसले बुझ्नसक्छ? कार्यालयमा गजधम्म बस्ने सरकारी कर्मचारीले कि वा हाम्रो आफ्नै समुदायको कोही व्यक्तिले?”

    अब तपाईं पाठकहरु मनमनै सोच्न सक्नुहुन्छ: एउटा राम्रो कथा। तर यो लोकतान्त्रिक अवस्था सधैं यस्तै रहिरहन्छ भन्ने केही जरुरी छैन।

    खास कुरा यो हो कि टोरेसमा के भयो त्यो अनेकौं दृष्टान्तहरुमध्ये एक दृष्टान्त हो। यस्तै अर्को दृष्टान्त छ– यो भन्दा ठूलो कथा वर्षौं पहिले शुरु भएको थियो।

    यो सत्य कथा हो– ब्राजिलको एक महानगरको। यसले आफ्नो बजेटको एक चौथाई त्यहाँको जनसंख्याको जिम्मामा छाड्ने अभूतपूर्व कदम चालेको थियो। यो महानगरको नाम पोर्टो एलेग्रे हो र वर्ष १९८९ को कुरा हो। एक दशकपछि यो प्रयोग ब्राजिलका सय सहरहरूमा अभ्यास गरिएको थियो र त्यहाँबाट यो विश्वभर फैलिन थाल्यो। २०१६ सम्म न्यूयोर्क शहर देखि सेभिल र ह्याम्बर्गदेखि मेक्सिको सिटीसम्म। हाल १५ सयभन्दा बढी शहरहरूले कुनै न कुनै प्रकारको सहभागितामूलक बजेट प्रणाली लागू गरेका छन्।

    जे बिषयमा हामी यहाँ कुरा गर्दैछौं वास्तवमा २१औं शताब्दीको सबैभन्दा ठूला आन्दोलनहरू मध्ये एक हो, तर तपाईंले यसको बारेमा कहिल्यै सुन्नु नभएको हुनसक्छ। यो कुनै समाचार बन्दैन किनकि यो कुनै सनसनीखेज घटना होइन। भुँइतहका राजनीतिज्ञहरूमा न त कुनै सेलिब्रेटी जस्तो आकर्षण हुन्छ न त तिनीहरूमा वाकचाल र वातलाई वतडङ्ग बनाउने चतुर्‍याइँ हुन्छ। तिनीहरुसँग न त विज्ञापनको लागि पैसा नै हुन्छ। तथाकथित बहसहरूमा बमवाचक शब्दका वाणहरू हान्न सिपालु हुँदैनन्, र दैनिक नयाँ नयाँ क्षणिक चर्चाका बिषयमा जनमत सर्वेक्षणमा तिनीहरुको चासो पनि हुँदैन् ।

    नागरिक तहका नेता शान्तिपूर्ण र विचार-विमर्श संवाद गर्छन् । यो निरस लाग्न सक्छ तर यसको असर गहिरो हुन्छ। यसको असरले बुढो लोकतन्त्रका सात संक्रमणहरुलाई विस्तारै जवानीमा ल्याउन सक्छ।

    (रुत्गेर बेग्रम्यानको पुस्तक ‘ह्यूमनकाइण्ड’को एक अंश) अनु: महेश पाण्डेय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रुत्गेर बेग्रम्यान

      रुत्गेर बेग्रम्यान

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.