Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के अमेरिका गृहयुद्धको सङ्‌घारमा छ?

एक अध्ययनका अनुसार ४० प्रतिशत अमेरिकी नागरिकले अबको १० वर्षमा गृहयुद्ध हुने बताएका छन्। यस्तै ४७ प्रतिशतले यही अवधिमा सम्पूर्ण अर्थव्यस्था ध्वस्त हुने र ५० प्रतिशतले अमेरिका वैश्विक शक्तिका रुपमा नरहने विश्वास लिएका छन्।

nepal_readers nepal_readers
अशोज ५, २०७९
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिका गृहयुध्दको सङ्‌घारमा छ? पछिल्ला दशकमा विश्वमा एकल अधिपत्य जमाउन सफल अमेरिकामा गृहयुद्ध हुन्छ भन्ने कुरा धेरैलाई पत्यार नलाग्ला। तर, करिब ४० प्रतिशत अमेरिकी नागरिकहरू गृहयुद्ध हुनेमा विश्वास गर्छन्। यूगभ एण्ड इकोनोमिस्ट नामक संस्थाले गरेको एक अध्ययनका अनुसार ४० प्रतिशत अमेरिकी नागरिकले अबको १० वर्षमा गृहयुद्ध हुने बताएका छन्। यस्तै ४७ प्रतिशतले यही अवधिमा सम्पूर्ण अर्थव्यस्था ध्वस्त हुने र ५० प्रतिशतले अमेरिका वैश्विक शक्तिका रुपमा नरहने विश्वास लिएका छन्।

    यो संस्थाले गत सेप्टेम्बर १–४ मा १००० अमेरिकी नागरिकमाथि सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा १५ वटा भयावह परिदृश्यहरूमाथि मानिसहरूलाई आफ्नो विचार राख्न भनिएको थियो। जसमा त्रुटिको मार्जिन ३ प्रतिशत छ। यो नतिजाले देखाएको छ कि आशावादको भूमिको रुपमा परिचित अमेरिका आफ्नो भविस्यलाई लिएर गहिरो निराशामा डुबेको छ।

    गृहयुद्धका पाँच परिदृश्यहरू
    यो सर्वेक्षणले विभिन्न पाँच गृहयुद्ध परिदृश्यको परिक्षण गरेको छ भने डेमोक्रेट्स र रिपब्लिकनहरूको भिन्नाभिन्नै मत लिएको छ। जसलाई महत्वका साथ हेरिएको छ।

    पहिलो परिदृश्यः
    सर्वेक्षणका क्रममा करिब ४० प्रतिशतले रिपब्लिकन र डेमोक्रेट्हरूबीच गृहयुद्ध हुने सम्भावना देखेका छन्। जबकि १४ प्रतिशतले यसको सम्भावना अधिक रहेको बताएका छन्। यस्तै ४५ प्रतिशत रिपब्लिकन र ३५ प्रतिशत डेमोक्रेट्सले पार्टीहरूबीचको गृहयुद्धको सम्भावनालाई मान्छन्।

    दोस्रो परिदृश्यः
    यसैगरी ३१ प्रतिशतले ‘रेड स्टेट्स’ र ‘ब्लू  स्टेट्स’ बीच गृहयुद्ध हुनसक्ने बताएका छन्, जसमध्ये ९ प्रतिशतले धेरै यसको सम्भावना अधिक भएको बताए। ४४ प्रतिशत मानिस यसको सम्भावना देख्दैनन् भने १७ प्रतिशत बिलकुल सम्भावना नभएको बताउँछन्। रेड र ब्लू स्टेट्सबीचको गृहयुद्ध हुन्छ भन्नेमा ३६ प्रतिशत रिपब्लिकन छन् भने ३० प्रतिशत डेमोक्रेट्सले यसलाई स्वीकारेका छन्। रिपव्लीकनको परम्परागत मतदाता रहेको रेड स्टेटहरु हुन् भने डेमोक्रयाटिकको परम्परागत मतदाता रहेको ब्लू स्टेटहरु हुन्।

    तेस्रो परिदृश्यः
    यस्तै गृहयुद्धको अर्को परिदृश्य छ, गरीब र धनीबीच गृहयुद्ध। समग्रमा ३० प्रतिशतले अमेरिकामा गरीब र धनीबीच युद्धको सम्भावना रहेको उल्लेख गरे भने ११ प्रतिशतले यसको सम्भावना अधिक रहेको बताए। ५१ प्रतिशत भने यसमा सहमत छैनन् जसमध्ये २३ प्रतिशतले बिलकुल सम्भावना नभएको बताए। यसमा डेमेक्रेट्सहरू रिपब्लिकन भन्दा धेरै अगाडि छन्। ३७ प्रतिशत डेमोक्रेट्सहरू यसको सम्भावना देख्छन्, रिपलब्किनबाट यो प्रतिशत २५ मात्रै छ।

    चौथो परिदृश्यः
    यस्तै विभिन्न नश्लका मानिसहरूबीच गृहयुद्ध हुन्छ भन्ने प्रश्नमा ३० प्रतिशतले यो युद्ध हुने आशंका गरेका छन्, जसमध्ये ११ प्रतिशत यो गृहयुद्ध हुने ठोकुवा गर्छन्। वर्ग युद्ध जस्तै लाग्ने यो परिदृश्यमा ५३ प्रतिशत असहमत छन् र २५ प्रतिशतले सम्भव नै नरहेको बताएका छन्। चाखलाग्दो कुरा, दुवै पार्टीका मानिसहरूमध्ये ३१ प्रतिशत विभिन्न नश्लका मानिसबीच युद्ध हुने कुरामा विश्वास गर्छन्।

    पाँचौ परिदृश्यः
    यस्तै अर्को परिदृश्यः शहर र ग्रामिण क्षेत्रमा बस्ने मानिसहरूबीच गृहयुद्ध हुनेमा २१ प्रतिशतले विश्वास गरेका छन्। ८ प्रतिशतले यसको अधिक सम्भावना देखेका छन्। जबकि ५९ प्रतिशत यो परिदृश्यमा सहमत छैनन्, जसमध्ये २६ प्रतिशत यो युद्ध हुनै नसक्ने दाबी गर्छन्। डेमोक्रेट्सहरू र रिपब्लिकनहरू यसमा स्पष्ट रुपमा नजिक छन्। २३ प्रतिशत रिपब्लिकन र २० प्रतिशत डेमोक्रेट्हरू शहर र ग्रामिण क्षेत्रमा बस्ने मानिसहरूबीचको युद्धको सम्भावना देख्छन्।

    पाँच परिदृश्यहरुमा केन्द्रीत रहेका अध्ययनहरुले घुर्माइलो खालको अर्को परिदृश्य देखाइने मतहरु उल्लेख गरेका छन्। जस अनुसार अमेरिकी संविधानले रोक लगाएको राज्यहरू संघबाट छुटिने सम्भावना देख्नेहरूमा ३८ प्रतिशत रिपब्लिकन छन्, जबकि २५ प्रतिशत डेमोक्रेट्हरू यसमा सहमत छन्। समग्रमा २८ प्रतिशतले यसको सम्भावना देखेका छन्, जसमध्ये १० प्रतिशत धेरै सम्भावना देख्छन्। यसैगरी सम्भावना नदेख्नेमा ४८ प्रतिशत छन्, जसमध्ये सम्भावना हुँदै नभएको भन्नेमा २३ प्रतिशत छ।

    धेरैले गृहयुद्धको सम्भावना देखिरहेका बेला थोरै संख्याका मानिसले यसो हुनुलाई राम्रो मानेका छन्। समग्रमा ६९ प्रतिशतले गृहयुद्ध हुनु नराम्रो भनेका छन् भने ६ प्रतिशतले मात्रै राम्रो भनेका छन्।

    लोकतन्त्रमाथि प्रश्न
    यस सर्वेक्षणअनुसार अमेरिकामा लोकतन्त्र कायम रहिरहन्छ भन्नेमा विश्वास गर्नेहरू ३९ प्रतिशत छन् भने समाप्त हुन्छ भन्नेमा ३८ प्रतिशत छन्। अमेरिकी लोकतन्त्रको अन्त्य हुने कुरामा धेरै विश्वास गर्नेहरू १३ प्रतिशत छन् भने यसलाई मान्दै नमान्नेमा १८ प्रतिशत छन्। विश्वभर लोकतन्त्रको ढोंग गर्ने अमेरिकाका नागरिक आफ्नै देशको लोकतन्त्रमा कति विश्वस्त छन् भन्ने कुरा यो नतिजाले देखाएको छ।

    सर्वेक्षणमा सहभागी भएका धेरै मानिसहरू अमेरिका कुनै प्रकारको तानाशाह बन्न सक्ने बताएका छन्। तर पार्टीगत सर्वेक्षणमा भने केही फरक नतिजा देख्न सकिन्छ। ३१ प्रतिशतले अमेरिका फासीवादमा जाने बताएका छन् जबकि ४३ प्रतिशत यसमा सहमत छैनन्। रिपब्लिकनबाट यसमा ३२ प्रतिशत छन् भने डेमोक्रेटहरू ३७ प्रतिशत छन्।

    के अमेरिका एउटा कम्युनिष्ट देश बन्छ? यो प्रश्नमा डेमोक्रेटहरू र रिपब्लिकनहरूबीच ठूलो भिन्नता देखिन्छ। ३१ प्रतिशत रिपब्लिकन यसमा विश्वास गर्छन् भने १३ प्रतिशत मात्रै डेमोक्रेट्हरूले यसलाई मानेका छन्। समग्रमा २१ प्रतिशतले अमेरिका कम्युनिष्ट देश बन्छ भन्ने विश्वास लिएका छन् भने ५८ प्रतिशत भन्छन्ः ‘यो सम्भव छैन।’

    यस प्रश्नमा परेका फासीवाद र साम्यवाद शव्दहरुलाई प्रणालीका रुपमा होइन विचारका रुपमा बुझ्नु पर्छ। फासीवाद र साम्यवाद बिच अपेक्षाहरुको भिन्नतालाई सम्भवत साम्यवाद मानव मस्तिष्कमा वामपन्थ भनी परिभाषित हुन्छ भने फासीवाद भनेको वामपन्थ र दक्षिणपन्थले एकअर्का विरुद्ध उछाल्ने आक्षेप हो भन्ने तथ्यले व्याख्या गर्दछ ।

    सबैभन्दा महत्वपूर्ण मध्ये एउटा प्रश्न थियोः के अमेरिका वैश्विक शक्तिबाट पछि हट्छ? यसमा सहमत हुनेमा ५० प्रतिशत छन् भने यो सम्भावना अधिक रहने बताउनेमा २० प्रतिशत छन्। ३२ प्रतिशतले मात्रै अमेरिका वैश्विक शक्तिका रुपमा निरन्तर रहने बताए भने १२ प्रतिशत यसको दाबी नै गर्छन्।

    अमेरिकी अर्थव्यवस्था ध्वस्त हुने विश्वास गर्नेहरूको संख्या नगर्ने भन्दा बढी छ। यसमा विश्वास गर्नेहरू ४७ प्रतिशत छन्, जबकि ३५ प्रतिशत विश्वास गर्दैनन्। र यसको सम्भावना धेरै देख्ने र ‘हुँदै हुँदैन’ भन्नेहरू क्रमशः २० प्रतिशत र १२ प्रतिशत छन्। यहाँ पार्टीहरूको विचलन सबैभन्दा धेरै छ, ६५ प्रतिशत रिपब्लिकन् र ३८ प्रतिशत डेमोक्रेट्हरू अर्थव्यवस्था ध्वस्त हुने सम्भावना देख्नछन्।

    यो नतिजाले उदास बनिसकेको केन्द्र र ग्रामीण क्षेत्रमा डेमोक्रेटमाथि रिपब्लिकनको प्रभुत्व रहेको देखाउँछ, जबकि डमोक्रेट्हरू समृद्ध महानगरीय क्षेत्रमा केन्द्रित छन्। अमेरिकी नागरिकहरू उग्रवादबाट डराउँछन्, विभिन्न प्रकारका उग्रवादबाट अमेरिकी डराउँछन्। ६८ प्रतिशत डेमोक्रेटहरू श्वेत वर्चस्ववादीहरूबारे र ६० प्रतिशत दक्षिणपन्थीबारे चिन्तित छन्। रिपब्लिकनहरू मध्ये ६२ प्रतिशत वामपन्थी उग्रवादलाई लिएर र ३६ प्रतिशत मुस्लिम उग्रवादलाई लिएर चिन्तित देखिन्छन्।

    जगदेखि नै निर्माणको आवश्यकता
    यो नतिजाले ६६ प्रतिशतले पछिल्ला वर्षमा अमेरिकी विभाजन बढ्दै गएको बताएको र ६२ प्रतिशतले स्थिति झन् बिग्रदै गएको आशंका गरेका छन्। भलै गृहयुद्ध अझैपनि अल्पसंख्यक दृष्टिकोण हो। चाखलाग्दो कुरा यो छ कि पाँचमध्ये दुईजनाले पार्टीबीचको युद्धको आशंका गरेका छन् भने राज्य, वर्ग अथवा नश्लबीचको बीचको युद्धको अपेक्षा ३ मध्ये झण्डै एकजनाले गरेका छन्, र शहर र गाउँबीचको युद्ध पाँच मध्ये एकजनाले अपेक्षा गरेका छन्। यी नतिजाले अमेरिकाभित्र यसका नागरिकहरूको विचलनलाई स्पष्ट देखाएको छ। अमेरिकाले विश्वमा व्यक्तिगत स्वतन्त्रता, लोकतन्त्र र विश्वशान्तिको जतिसुकै ढोल पिटेपनि उसले आफैंभित्रको दरारलाई कम गर्न सकेको छैन।

    देशको बढ्दो चुनौतीको सामना गर्न मानसिहरू जति एक हुनुपर्थ्यो, त्यति अझैपनि हुन नसकेको देखिन्छ। बरु अझै यो विभाजन बढ्दै गएको छ। यदि अमेरिका आफूभित्रको विचलनलाई साम्य पार्न चाहन्छ र यसको समाधान खोज्छ भने उसले यस यथार्थलाई नियाल्नुपर्छ। यसलाई

    • ती नेताले नियाल्नुपर्छः जो भागबण्डा र जितका लागि अधिक रुची राख्छन्,
    • ती मिडियाले बुझ्ने कोशिस गर्नुपर्छः जो यो विभाजनलाई अझै बढाउनका लागि भूमिका निर्वाह गरिरहेका छन्
    • र यसमा ती मानिस गम्भीर हुनुपर्छः जो खेल तथा मनोरञ्जनमा मात्र मस्त छन् र जसलाई जिम्मेवार नागरिक हुनु भन्दा बढी उपभोक्ता हुन सिकाइएको छ।

    एजेन्सीहरूको सूचनाका आधारमा मेनुका बस्नेतबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.