Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इजरायल-प्यालेस्टाइन युद्ध – १

तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन

रोहेज खतिवडा रोहेज खतिवडा
कार्तिक १७, २०८०
- इतिहास, रिडर्स डिस्कोर्स, विमर्शका लागि, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्पूर्ण इजरायल यहुदीहरूको धार्मिक पर्व सुक्कोतमा रमाइरहेको थियो। विभिन्न स्थानमा सांगितिक उत्सव (म्युजिक फेस्टिवल) चलिरहेका थिए। अचानक आकाशबाट विष्फोटक रकेटहरूको वर्षा हुन थाल्यो।

    यो दिन बिहान साढे ६ बजेतिर हमासले अचानक अत्यधिक संख्यामा रकेट आक्रमण गरेपछि फेरि एकपटक हमास–इजरायलबीच ठूलो स्तरको युद्ध सुरू भयो। हमासको रकेट आक्रमणको जवाफमा इजरायलले पनि युद्धको घोषणा गरेर गाजा क्षेत्रमा नाकाबन्दी र सैन्य आक्रमण गरिरहेको छ। इरान समर्थित लडाकु समूह हिजबुल्लाह र यमनको लडाकु समूह हुथिले पनि हमासलाई समर्थन गर्दै इजरायल विरूद्धको युद्धमा सहभागी हुने घोषणा गरेका छन्। हिजबुल्लाहले त इजरायलमाथि रकेट आक्रमण पनि गरिरहेको छ। यो युद्धमा अहिलेसम्म दुवैतर्फ दश हजारभन्दा धेरै मारिएको पुष्टि भइसकेको छ। यसमध्ये इजरायलले आफ्नो तर्फ १४०० मानिस मारिएको बताएको छ भने प्यालेस्टाइन प्रशासन प्राधिकरणले गाजा क्षेत्रमा साढे आठ हजार भन्दा धेरै प्यालेस्टिनी मारिएको बताएको छ। यसमध्ये चार हजार जति बालबालिका रहेका छन्। अझै पनि एक हजार भन्दा धेरै बालबालिका हराइरहेका छन्। दुवैतर्फ मारिने मध्ये अधिकांश सर्वसधारण हुन्। इजरायलले लगतार हवाइ र स्थलगत आक्रमण गरिरहेकाले मारिने र हराउने प्यालेस्टिनीको संख्या परिवर्तन भइरहेको छ। इजरायलले प्यालेस्टिनी जनतालाई निरन्तर गाजा खाली गर्न दक्षिण तिर सुरक्षित स्थानमा जान भनिरहेको छ। गाजाको दक्षिणमा इजिप्टको साइनाइ मरूभूमिको क्षेत्र पर्छ।

    यो युद्धको सुरूमै नेपालीका लागि अत्यन्तै दुखको खबर आयो। हमासले १० जना नेपालीको हत्या गर्‍यो। अझै एक जना नेपाली हमासको बन्धकका रूपमा रहेका छन्। यसबाहेक हमासले विभिन्न मुलुकका मानिसहरूलाई बन्धक बनाएको छ। तर, कतिपय बन्धकलाई सकुशल मुक्त गरेको खबर पनि सञ्चारमाध्यममा आइरहेका छन्।

    यो पनि पढ्नुहोस् – हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

    कतिपयले प्यालेस्टिनी जनताको प्रतिरोधको प्रतिनिधिका रूपमा हमासप्रति सहानुभूति राख्ने गर्छन्, कतिपयले यसलाई आतंकवादी संगठन मान्ने गर्छन्। गाजा क्षेत्रको सत्तामा पकड बनाएको हमासको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन -पिएलओ_ सँग पनि द्वन्द्व छ।  अहिलेको युद्धको जरो मूलत: सन् १८५० यता भएको व्यापक यहुदी बसाइँसराइ र यहुदी राज्यका रूपमा इजरायलको स्थापना गर्ने १९४७को निर्णय हो। इजरायल स्थापनाको निर्णय किन र कसरी भयो? पिएलओको भूमिका के छ? हमासको उदय कसरी भयो र गाजामा उसको नियन्त्रण कसरी कायम भयो? आज किन पिएलओ भन्दा हमास बढी मुखर छ? अहिलेको इजरायल–हमास युद्धबारे बुझ्नका लागि महत्वपूर्ण प्रश्न हुन्।

    अर्कातिर, १९४७मा मात्रै स्थापना भएको इजरायल कसरी त्यति शक्तिशाली मुलुक बन्न पुग्यो? इजरायल र अमेरिकाको सम्बन्ध के हो? अमेरिकाको आन्तरिक राजनीतिमा इजरायल किन महत्वपूर्ण हुने गर्छ, पश्चिमा राष्ट्रहरूले इजरायललाई किन समर्थन गरिरहेका छन्? यसमा रसियाको भूमिका र अहिले दृष्टिकोण के छ? यो श्रृंखलामा हामी यी प्रश्नहरुको जवाफ खोज्ने कोशिस गर्नेछौं। यी प्रश्नहरुको जवाफले नै हामीलाई प्यालेस्टिनी भूमि किन सधैं अशान्त छ भन्ने कुराको धेरै हदसम्म जवाफ दिने छ।

    तर, यो सन्दर्भ बुझ्नका लागि हामीले प्यालेस्टाइनको लामो इतिहास र यहाँको द्वन्द्वको अनन्त श्रृङ्खला बुझ्नु पर्ने हुन्छ। प्राचीन इतिहासदेखि नै यो भूमिको सबैभन्दा महत्वपूर्ण शहर जेरूसलेम रक्तपातमय हुने गरेको छ। अब्राहमिक धर्म मान्नेहरु जेरूसलेमलाई पवित्र शहर वा स्वर्गको शहर मान्छन्। वास्तविक जेरूसलेम स्वर्गमा छ र धर्तीको जेरूसलेम त्यसैको प्रतिविम्ब हो भन्ने उनीहरुको विश्वास छ। जेरूसलेमको अर्थ हुन्छस् शान्तिको शहर।  तर, जेरूसलेमले कहिल्यै पनि शान्तिको सास फेर्न पाएको छैन। अफ्रिका, युरोप र एसियाको सिमानामा रहेको यो शहर यहुदी, क्रिश्चियन र इस्लामिक धर्मको द्वन्द्वको अखडा बनिरहेको छ। हजारौं वर्षको इतिहासमा जेरूसलेम सधैं रक्तपातको साक्षी बस्दै आएको छ। पछिल्ला तीन हजार वर्षमा त नरसंहार जेरूसेलम र आसपासको नियमित आकस्मिकता बनेको छ।

    पश्चिम एसियाको राजनीतिक नक्सा

    जेरूसलेम संसारका निकै पुराना सहरहरूमध्ये एक हो। जोर्डन नदीबाट सुरू हुने भूमध्य सागर र पर्सियाको खाडी बीचको अर्धचन्द्रकार र अत्यन्त राम्रो उत्पादन हुने भूभागलाई ‘फर्टाइल क्रिसेन्ट’ भनिन्छ। यो भूमिमा संसारका सबैभन्दा पुराना पाँच ठूला सभ्यताहरु मध्ये पश्चिम एसियाको सभ्यता सुरू भएको थियो। आज भन्दा करिब १० देखि ११ हजार वर्षअघि यहाँ जौ खेती गर्न थालेर मानव सभ्यतामा कृषि युगले प्रवेश पाएको थियो।

    यहुदी भन्दा पहिलेका मानिसका लागि पनि जेरूसलेम पवित्र स्थल थियो। तर, पहिलो शताब्दीबाट जेरूसलमेमा नियन्त्रणका लागि यहुदी र ईशाइ धर्मावलम्बीबीच प्रतिस्पर्धा हुन थाल्यो भने सातौं शताब्दीबाट इस्लाम पनि थपिए।

    अन्न र पशुपालनको पहिलो कक्षा सुरू भएको यो सभ्यताको पहिलो सहर थियो–उर। आजको दक्षिणी इराकमा पर्ने उरमा व्यवस्थित बसोबास सात हजार वर्षअघितिर भएको थियो। ६५०० वर्षअघिबाट यसले सहरी स्वरूप लिन थाल्यो। पाँच हजार वर्षअघि यहाँ समुद्रसम्म जहाज चलाउने विशाल नहरहरू सहितको सहरी सभ्यता बनिसकेको थियो। यस्तै, अहिले इजरायलले कब्जा गरेको ‘वेस्ट ब्यांक’ मा पर्ने जेरिको अर्को प्राचीन सहर थियो। जेरिकोका मानिसहरू मृतकहरुलाई जेरूसलेमको पहाडमा पुर्ने गर्थे। यसैबेला, यहाँ आसपास मानिसहरुले पर्खालले घेरिएको सानो गाउँ बसाएको पुरातात्विक प्रमाणहरूले देखाएका छन्। पछि, त्यहाँका मानिसहरूले यो गाउँ परित्याग गरेर हिडेका थिए। सयौं वर्षसम्म गाउँ रित्तै भएको थियो।

    आजभन्दा ४२ सय वर्षअघि कनान संस्कृतिका मानिसहरुले गिहोन झरनाको आसपास बस्ती बसाए। उनीहरूले झरनाको ठीक अघि तीन टन भन्दा गह्रौं ढुंगाहरू प्रयोग गरेर २३ फिट चौडाइ भएको अग्लो टावर बनाएका थिए। इतिहासकार सिमोन सेवाग मोन्टेफियरे भन्छन्, ‘यो टावर सम्भवत: झरनाको दैवीक महत्व झल्काउने मन्दीरका रूपमा उनीहरुले निर्माण गरेका थिए।’ उनका अनुसार, पछिका अरू कनान राजा एवम् पुरोहित -प्रिस्टली किङ्ग्स_हरूले अरू विभिन्न ठाउँमा पनि यस्ता टावर बनाउन लगाएका थिए। वर्तमान जेरूसलेमको प्रारम्भिक संरचना उनीहरूले नै बनाएका थिए। आजभन्दा ३७ सय वर्षअघि जेरूसलेम इजिप्टको संरक्षणमा रहेको एउटा सानो राज्यका रूपमा थियो। बाइबलमा अब्राहम जेरूसलेम पुग्दा जेरूसलेमका क्याननाइट राजा र पुरोहित मेल्चीजदेकले स्वागत गरेको कहानी छ। सम्भवत: यसको अर्थ अब्राहमिक मानिसहरु अर्थात हिब्रुहरू जेरूसलेम पुग्नुभन्दा अघि नै त्यहाँ क्याननाइटहरूको बसोबास थियो भन्ने प्रमाण हो भन्ने कतिपय इतिहासकारहरूको व्याख्या छ। तर, धेरैजसो इतिहासकारहरू भने हिब्रु समुदाय क्यानन समुदायकै निरन्तरता भएको दाबी गर्छन्। यद्यपी इतिहासकार करेन आर्म्सटङ भने यहुदीहरू बाहिरबाट बसाईं सरेर आएको समुदाय भएको दावी गर्छिन्।

    यो पनि पढ्नुहोस् – प्यालेस्टिनी जनता विरुद्ध बर्बरतापूर्ण युद्ध 

    कतिपय इतिहासकारहरू प्यालेस्टिनी पनि क्यानन समुदायकै निरन्तरता भएको दाबी गर्छन्। अहिलेसम्मको अध्ययनका आधारमा यही भनेर भन्न सकिने अवस्था छैन। तर, क्यानन र प्यालेस्टाइन (फिलिस्ता वा पेलस्टा) एउटै भूमि र मानिसहरूलाई बुझाउने फरक-फरक शब्द हुनसक्ने देखिन्छ। बाइबल र यहाँको प्राचीन इतिहासमा काम गर्ने पश्चिमा इतिहासकारहरूले क्यानन शब्द बढी प्रयोग गर्छन् भने अरूले यो भूमि बुझाउन प्यालेस्टाइन शब्द प्रयोग गरेका छन्।

    आफ्नो पुस्तक ‘जेरूसलेमस् वन सिटी, थ्री फेथ’मा करेन आर्मस्टङ जेरूसलेम शब्दको उत्पतिबारे व्याख्या गर्दै लेख्छिन्,  ‘जेरूसलेममा इजिप्टको धेरै आर्थिक र राजनीतिक प्रभाव भएपनि यहाँ सांस्कृतिक रूपमा भने सिरियाली प्रभाव धेरै थियो।’ शलेम सिरियाली देवता थिए- अस्ताउँदा सुर्य वा साँझको ताराका देवता। जेरूसलेमबासीहरू सिरियाली जस्तै सेमिटिक परिवारका मानिस थिए र एउटै संस्कृति मान्थे। उनका अनुसार यहुदी भन्दा पहिलेका मानिसका लागि पनि जेरूसलेम पवित्र स्थल थियो। तर, पहिलो शताब्दीबाट जेरूसलेममा नियन्त्रणका लागि यहुदी र ईशाइ धर्मावलम्बीबीच प्रतिस्पर्धा हुन थाल्यो भने सातौं शताब्दीबाट इस्लाम पनि थपिए। यहाँका अति प्राचीन सलेमलाई पूजा गर्नेहरूको दाबी भने यहुदी बर्चश्वसँगै हराएर गयो।

    इशापूर्व १४०० देखि १३००को बीचमा जेरूसलेम आसपास यहुदीहरू बसोबास गर्न थालेको र उनीहरूले जेबुसाइटहरूको हातबाट जेरूसलेम खोसेको देखिन्छ। यद्यपी जेबुसाइटका जनताले जेरूसलेम छोडेर गएनन् र यहिँ यहुदीहरूसँग सम्मिलित भए।

    ऐतिहासिक रूपमा प्रमाणित नभए पनि बाइबलमा उल्लेख भए अनुसार यहुदीहरूको मूलथलो मेसोपोटामिया थियो, जहाँबाट बसाईं सरेर उनीहरू कनान हुँदै इजिप्ट पुगेका थिए। इजिप्टमा लामो समय दास बनाइएको र उनीहरुलाई मोजेजले मुक्त गरी फर्काएपछि फेरि जेरूसलेममा बस्न थालेको र मोजेजकै निर्देशनमा यहाँ ‘टेम्पल माउन्ट’ बनाएको कहानी छ। यसलाई ‘एक्जोडस’ भन्ने गरिन्छ। यसकै खुशीयालीमा यहुदीहरु ‘पासओभर’ पर्व मनाउने गर्छन्। ‘एक्जोडस’को कथासँग कुनै वास्तविक घटना जोडिएको हुनसक्ने भए पनि अहिलेसम्म कुनै प्रमाणले यसको ऐतिहासिकता पुष्टि भने गरेको छैन। सिग्मण्ड फ्रायडले ‘मोजेज एण्ड मोनोथेइज्म’ नामक पुस्तकमा यहुदीहरू एक्जोडसपछि जेरूसलेम फर्किएको बाइबलको कहानी सही भएको दाबी गरेका छन्। तर, उनले मोजेज भने हिब्रु नभएर इजिप्सियन शासक परिवारको व्यक्ति भएको दाबी गरेका छन्। यहुदीहरूले जेरूसलेम फर्किने क्रममा मोजेजको हत्या गरेको र यही पश्चतापले यहुदीहरुलाई सधैं सताइरहने सिद्धान्त उनले अघि सारेका थिए।

    बाइबलको कहानी अनुसार बाटोमा मोजेजको मृत्यु भएपछि विभिन्न ठाउँमा युद्ध र विजय हुँदै उनीहरु जेरूसलेम आइपुग्छन्। जेरूसलेममा जेबुसाइट समुदायका मानिसहरूको बसोबास हुन्छ। उनीहरुका राजा एदोनीजेदेकले हिब्रुहरूलाई रोक्न प्रयत्न गर्छन्, तर उनी पराजित हुन्छन्।

    ‘एक्जोडस’को प्रतिकात्मक चित्र

    ‘एक्जोडस’ मिथक मात्रै हो कि इतिहास हो? यसबारे इतिहासकारहरूले कुनै यकिन गर्न सकेका छैनन्। धेरैजसो आधुनिक इतिहासकारहरू यो पूर्ण यहुदी समुदायको इतिहास नभए पनि यहुदीहरूको एउटा हिस्सामा यो सामूहिक सम्झनाको रूपमा आएको हुनसक्ने सम्भावनालाई स्वीकार गर्छन्। यदि यो वास्तविक घटना थियो भने मिश्रका सम्राट एकेनातेनको मृत्युपछिको घटना हुनसक्ने सम्भावना छ। उनको राज्यकाल इशापूर्व १३५० आसपास थियो। जे भए पनि, इशापूर्व १४०० देखि १३००को बीचमा जेरूसलेम आसपास यहुदीहरू बसोबास गर्न थालेको र उनीहरूले जेबुसाइटहरूको हातबाट जेरूसलेम खोसेको देखिन्छ। यद्यपी जेबुसाइटका जनताले जेरूसलेम छोडेर गएनन् र यहिँ यहुदीहरूसँग सम्मिलित भए।

    यसपछि हामी जेरूसलेममा एकपछि अर्को नरसंहार र रक्तपातका घटनाहरू देख्न पाउँछौं। इशापूर्व १२००मा मिश्रका राजा मेर्नेप्तहले इजरायलमा कोही पनि बाँकी नरहने गरी नरसंहार गरेको भनी लेखाएको लेखोट फेला परेको छ। सम्भवत: इजरायल शब्दको प्रयोग गरिएको पहिलो पुरातात्विक प्रमाण यही हुनसक्छ।

    जेरूसलेममा अधिपत्य जमाउन चाहने यहुदीहरूमात्रै थिएनन्, अरू समुदाय पनि थिए। त्यसैमध्ये एक समुदाय थियो- प्यालेस्टिन। करेन आर्म्सटङका अनुसार प्यालेस्टिनीहरुले जेरूसलेम नजिकै भू-मध्य सागर आसपास पाँचवटा सुन्दर सहरहरू बनाएका थिए- गाजा, गाथ, अश्दोद, एकरोन र अश्केलोन। उनीहरु तानबाट कपडा बुन्न, रातो र कालो रङका माटाका भाँडा बनाउन सिपालु थिए। यसैबेला, प्यालेस्टिनी र यहुदीहरूबीच युद्ध सुरू भइसकेको थियो। सम्भवत: मेर्नेप्तह कनान क्षेत्रमा युद्धमा निस्कँदा उनले प्यालेस्टिनीहरूसँग पनि युद्ध गरेका थिए।

    यहुदीहरू जेरूसलेमबाट लखेटिएर गिबनको पहाडमा पुगेका थिए। त्यहाँ उनीहरुले स्यामुएललाई राजा र सउललाई सेनापति चुनेर फेरि युद्धमा आए। यसपटक उनीहरू प्यालेस्टिनीलाई हराउन सफल भएका थिए । तर, पनि दुई समुदायबीचको युद्ध सकिएन। स्यामुएलका छोरा डेविड राजा हुँदा पनि यी दुई समुदायबीच केही जमिन कब्जा गर्ने, फेरि छुटाउने, अर्को ठाउँ कब्जा गर्ने अनि छुटाउने क्रम चलिरह्यो।

    प्यालेस्टिनी समुदायको उद्गम कहाँ हो भन्ने विषय यकिन हुन सकेको छैन। तर, जेरूसलेममा यहुदीहरूले आफ्नो अधिपत्य स्थापना गर्न प्रयास गरिरहँदा प्यालेस्टिनीहरू पनि यो प्रयास गरिरहेका थिए। जेरूसलेम सधैं एउटा बहुधार्मिक, बहुसांस्कृतिक शहरको रूपमा रह्यो। यसमा यहुदीहरूमात्रै नभएर प्यालेस्टिनी, आर्मेनिक जस्ता समुदाय पनि प्राचीन समयदेखि नै बसोबास गर्थे।  त्यसैले, जेरूसलेम र प्यालेस्टाइनको भूमि यहुदीहरुका लागि जति प्राचिन र पवित्र छ, त्यति नै प्राचिन र पवित्र प्यालेस्टिनीहरुका लागि पनि छ।

    नुर मासल्लाहको पुस्तक ‘प्यालेस्टाइनस् अ फोर थाउजेन्ड इयर हिस्ट्री’मा ईशापूर्व ४५० आसपासमा प्यालेस्टाइन शब्दले भूमध्य सागरदेखि जोर्डन नदीबीचको भूमिसहित आसपासका भूभागलाई पनि जनाउने दाबी गरेका छन्। नुर मासल्लाहका अनुसार इशापूर्व १२०० आसपास शासन गरेका मिश्रका शासक रामाशेसको लेखोटमा भूमध्य सागरको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई ‘पेलेस्ट’ उल्लेख गरिएको छ। यी शब्द पछि फिलिस्तान वा प्यालेस्टाइन बन्न पुग्यो। रामासेस तृतियले सामुद्रिक मानिसहरू ‘पेलेस्ट’सँग युद्ध भएको उल्लेख गरेका छन्।

    यो पनि पढ्नुहोस् – इजराइल-प्यालेस्टिन विवादमा भारत किन फुकी फुकी कदम चाल्दैछ?

    त्यसबेला अहिलेको इजरायली र प्यालेस्टिनी भूमिमा विभिन्न जनजातीय समूहहरूको बसोबास थियो। उनीहरूले जेरिको, गाजा, इकरोन, तिमनाह, जेरूसलेमजस्ता अति प्राचीन सहरहरू निर्माण गरेका थिए। इजिप्ट, एसिरिया जस्ता प्राचीन साम्राज्यका लेखोटमा त्यहाँका मानिस र सहरहरूबारे उल्लेख छ। तर, यी जनजातीय समूहहरू एउटै समूहबाट विभाजित भएका र उही संस्कृतिका थिए वा फरक-फरक संस्कृतिका थिए भन्ने हामीलाई थाहा छैन। यी समुदायहरू कहिले मिलेर बाहिरी शत्रुसँग लड्थे भने कहिले एकआपसमा युद्ध गर्थे। त्यसैले, यहुदी र प्यालेस्टिनी समुदाय पनि एकअर्काबाट कति फरक र कति नजिक हुन् भन्ने हामीलाई थाहा छैन। सम्भवतस् उनीहरू विगतमा एउटै समूहबाट अलग भएका हुनसक्छन्। फरक धार्मिक र सांस्कृतिक प्रचलन तथा आधुनिक इतिहास लेखनमा यहुदी र प्यालेस्टिनी राष्ट्रवादका अलगअलग भाष्यको आवश्यकताले अहिले हामी उनीहरूलाई अलग रूपमा हेरिरहका हुनसक्छौं। त्यसैले, प्राचीन प्यालेस्टिनी, हिब्रु, जेबुसाइट, कनानका मानिसहरूको कुरा गर्दा अहिलेको इजरायल र प्यालेस्टाइनको विभाजनका आधारमा हेर्न हुन्न। धेरैजसो इतिहास बाइबललाई आधार मानेर लेखेको हुनाले प्यालेस्टिनी दृष्टिकोण ओझेल पनि परिरहेको छ।

    जे भए पनि, बाइबलमा यहुदी र समुद्री किनारका मानिसहरूबीच पटकपटक युद्ध भएको उल्लेख छ । भूमध्य सागर उत्तरको वर्तमान इजरायल र प्यालेस्टाइन, जोर्डन, सिरिया आसपासको भूमिलाई ‘फिलिस्तानीको भूमि’ भनी उल्लेख गरेको छ। त्यहाँका मानिसहरूलाई ‘फिलिस्तान’ भनेको छ। इतिहासकार मोन्टेफिओरेका अनुसार इशापूर्व १०५०मा प्यालेस्टिनीहरूले इजरायलीलाई पराजित गरी जेरूसलेम कब्जा गरे। यहुदीहरूको ईश्वरको प्रतिक ‘आर्क अफ कभेनान्ट’ समेत लुटेर लगेका थिए।

    सोलोमनको समयपछि यहुदीहरू आफैंमा उत्तरी तथा दक्षिणी अधिराज्यमा विभाजित भए। केही समय उनीहरू आपसमा लगातार युद्ध गरिरहे। यतिबेला जेरूसलेमको तीनैतिर शक्तिशाली साम्राज्यहरू बन्न थालिसकेका  थिए।

    यहुदीहरू जेरूसलेमबाट लखेटिएर गिबनको पहाडमा पुगेका थिए। त्यहाँ उनीहरुले स्यामुएललाई राजा र सउललाई सेनापति चुनेर फेरि युद्धमा आए। यसपटक उनीहरू प्यालेस्टिनीलाई हराउन सफल भएका थिए । तर, पनि दुई समुदायबीचको युद्ध सकिएन। स्यामुएलका छोरा डेविड राजा हुँदा पनि यी दुई समुदायबीच केही जमिन कब्जा गर्ने, फेरि छुटाउने, अर्को ठाउँ कब्जा गर्ने अनि छुटाउने क्रम चलिरह्यो। उत्तिकै शक्तिशाली, युद्धकौशलमा बराबरी रहेका यी दुई छिमेकी समुदायको युद्ध अनन्तसम्म चल्ने जस्तो देखिन्थ्यो। यतिमात्रै होइन, राजा डेविट र उनका उत्तराधिकारी सोलोमन राजा हुँदासम्म आन्तरिक कलहले पनि यहाँ नरसंहार निम्त्याइरहेको थियो। यद्यपी, डेविटले १२ इजरायली जनजातीय समूह (ट्राइब) हरूलाई एकबद्ध बनाएर आन्तरिक कलहलाई कम गर्न महत्वपूर्ण भूमिका निभाएका थिए।

    -जेरूसलेमका राजा सोलोमन

    सोलोमनको राज्यकाल केही शान्त भयो। उनले युद्ध भन्दा व्यापारमा जोड दिए। जेरूसलेममा सुन, तामा जस्ता धातुहरू थुप्रियो। यसैलाई प्रयोग गरेर उनले ‘आर्क अफ कभेनेन्ट’ राख्न एउटा विशाल मन्दीर बनाए, जसलाई ‘टेम्पल माउन्ट’ भनिन्छ। सोलोमनले ‘टेम्पल माउन्ट’ बनाएको स्थान आजसम्म यहुदीहरूको सबैभन्दा पवित्र तीर्थस्थल हो। टेम्पल माउन्ट पटक-पटक विरोधीहरूले ध्वस्त पारेका छन्। यसबारे हामी पछि विस्तृतमा चर्चा गर्दै जाने छौं। सोलोमनको समयपछि यहुदीहरू आफैंमा उत्तरी तथा दक्षिणी अधिराज्यमा विभाजित भए। केही समय उनीहरू आपसमा लगातार युद्ध गरिरहे। यतिबेला जेरूसलेमको तीनैतिर शक्तिशाली साम्राज्यहरू बन्न थालिसकेका  थिए। उत्तरी अफ्रिकामा इजिप्ट र पश्चिम एसियामा एसिरिया साम्राज्यले आफ्नो शक्ति हासिल गर्न  थालेका थिए। पर्सियन भूमिमा अच्छेमेनिड साम्राज्य बनिरहेको थियो। यता ग्रिसमा पनि विभिन्न अधिराज्यहरू बनिरहेका थिए। केही शताब्दीपछि ग्रिसको मेसेडोन शक्तिशाली साम्राज्यका रूपमा उदय हुन्छ।

    शक्तिशाली एसिरियन साम्राज्यको आक्रमणमा परेपछि उत्तरी र दक्षिणी यहुदी अधिराज्यहरूले आपसमा सैन्य गठबन्धन पनि बनाए तर त्यो धेरै समय टिक्न सकेन। जेरूसलेम दरबारमा एकपछि अर्को नरसंहारका घटना भए। एकतिर यहुदी दरबारभित्र शक्ति तानातान र नरसंहार अर्कातिर एसिरियाको बढ्दो सामर्थ्य। जेरूसलेम एसिरिया अधिनस्थ राज्य हुन बाध्य भयो। इशापूर्व ६०० आसपास इजिप्टले जेरूसलेम कब्जा गर्‍यो तर केही वर्ष नबित्दै बेबिलोन साम्राज्यले त्यहाँ आक्रमण गर्‍यो र जेरूसलेमको अधिपत्य खोस्यो।

    समृद्ध जेरूसलेम र सुनैसुनले बनेको टेम्पल माउन्टका कारणले मात्र होइन, यसको भूराजनीतिक अवस्थितिका कारण पनि यी सबै साम्राज्यको पहिलो निशानी जेरूसलेम हुन्थ्यो। यसपछिका सयौं वर्ष जेरूसलेम र प्यालेस्टाइन यहुदी-प्यालेस्टिनीबीचको संघर्षको केन्द्र मात्रै भएन, साम्राज्यहरूको महत्वकांक्षाको शिकार पनि भयो। जेरूसलेम कहिल्यै स्वतन्त्र राज्य हुन सकेन। यहाँका राजाहरूलाई साम्राज्यहरूले चेसको गोटLजस्तै खेलाइरहे। मिश्रका सम्राट नेचोले राजा जोसिहलाई मारेर उनका भाई जेहोकिमलाई राजगद्धीमा बसाए तर केही वर्षपछि बेबिलोन सम्राट नेबुच्चद्नेजरले उनीहरूका काका जेदेकिहालाई गद्धीमा राखेका थिए। 

    सोलोमनको समयपछि यहुदीहरू आफैंमा उत्तरी तथा दक्षिणी अधिराज्यमा विभाजित भए। केही समय उनीहरू आपसमा लगातार युद्ध गरिरहे। यतिबेला जेरूसलेमको तीनैतिर शक्तिशाली साम्राज्यहरू बन्न थालिसकेका  थिए।

    बेबिलोनियाको साम्राज्यको पतन पश्चिम एसियाको सानो राज्यका राजा कौरूष अर्थात साइरसमा सिंगो धरतीमा शासन गर्ने अनौठो महत्वकांक्षा जागेपछि सुरू भयो। कौरूषले आफ्नै मावली राज्यमाथि पहिलो आक्रमण गरे र साम्राज्य विस्तारको अभियान सुरू गरे। बेबिलोन कब्जा गरेपछि उनले आदेश दिए, ‘संसारका सबै राजाहरूले मलाई मूल्यवान उपहार चढाऊ र मेरो पाउमा चुम्बन गर।’

    साइरससँग महत्वकांक्षा मात्रै थिएन, साम्राज्य हाँक्ने नीति पनि थियो। उनले धार्मिक सहिष्णुता, विविधता र सहअस्तित्वलाई महत्व दिए। बेबिलोनमा बन्दी बनाइएका यहुदीहरूलाई मुक्त गरे। शेषबज्जारलाई इजरायलको राजा बनाए र यसअघि बेबिलोन सम्राटको आक्रमणमा ध्वस्त भएको ‘टेम्पल माउन्ट’ पुननिर्माण गर्न आदेश दिए। मन्दीर निर्माणले राजा दार्यबाहु वा दरियसको समयमा पनि निरन्तरता पायो।

    दरियसपछि प्यालेस्टिन वा इजरायलको भूमि युनानी सम्राट सिकन्दरको साम्राज्यको अधिनमा आयो। जब सिकन्दर आफ्नो दिग्विजय यात्राका दौरान जेरूसलेम पुगे, उनलाई यहुदी राजपुरोहितले उच्च सम्मानका साथ स्वागत गरे। सिकन्दरले मन्दीरमा बलि दिए र इजिप्टको दौरामा निस्किए।

    यो पनि पढ्नुहोस् – इजरायल–प्यालेस्टाइन युद्धका मुख्य कारणहरू

    जेरूसलेम युनान अधिनस्थ भएपछि यहुदी दरबारमा युनानी संस्कृति घुस्यो। आज संसारभर कुलिनहरूले अंग्रेजी भाषा र अमेरिकी संस्कार अंगिकार गर्न खोजे झैं यहुदी कुलिनहरू धेरै भन्दा धेरै युनानी देखिन चाहन्थे। उनीहरूमध्ये केही व्यक्ति युनानी दरबारमा शक्तिशाली पनि भएका थिए।

    युनान अधिनस्थ जेरूसलेममा सिकन्दरकै साम्राज्य विभाजन भई सिरिया केन्द्र भएर बनेको सेल्युकस साम्राज्यका राजा एन्टीओकसले आक्रमण गरे। प्यालेस्टाइन र जेरूसलेममा पटक-पटक असफल आक्रमण गरेका एन्टिओकस पूर्वमा भारतसम्म आफ्नो दिग्विजय यात्रा सकेर आउँछन्। भारतीय राजा सुभाङ्गसेनसँग उनको युद्ध भएको तत्कालिन युनानी लेखकहरूले उल्लेख गरेका छन्। पूर्व यात्राबाट फर्किएपछि इशापूर्व २०१मा एन्टिओकसको विशाल सैन्य दस्ताले धावा बोली जेरूसलेम कब्जा गर्छन्।

    – फर्टाइल क्रिसेन्ट

    यसपछिको करिब दुई शताब्दी जेरूसलेम र प्यालेस्टाइनमा सेल्युकस, इजिप्ट र खस्कँदो अवस्थाको युनानको तानातान भइरहन्छ। बहुशक्ति केन्द्रको प्रतिस्पर्धाको फाइदा उठाउँदै जेरूसलेमले तुलनात्मकरूपमा स्वतन्त्रता हासिल गर्छ। केही समय आफ्नो भूभाग सम्पूर्ण प्यालेस्टाइनमा विस्तार गर्न पनि सफल हुन्छ। तर, यी दुई शताब्दीमा यहाँ शान्ति हुँदैन। साम्राज्यहरूसँगको निरन्तर युद्ध जारी रहन्छ भने यहुदी दरबारमा शक्तिको खिचातानीले आन्तरिक कलह र नसंरहारको सिलसिला चलिरहन्छ जसमा लाखौं जेरूसलेम र प्यालेस्टाइनबासीले ज्यान गुमाउनु पर्छ। एरिस्टोवुलसले आफ्नै आमालाई जेलमा कोचेर र भाइलाई मारेर सत्ता हात पार्छन्। उनको मृत्युपछि महत्वकांक्षी राजा यहोनाथनले प्रमुख पुरोहितको रूपमा आफूलाई घोषणा गर्छन्। तर, आमालाई जेलमा राखेर आफूलाई प्रमुख पुरोहित घोषणा गरेकोमा यहुदीजन रूष्ट हुन्छन् र उनीमाथि आक्रमण गर्छन्। यहोनाथनले त्यसबेला ६ हजार विद्रोहीको हत्या गर्छन् तर उनी जेरूसलेमबाट भाग्न बाध्य हुन्छन्। तर, केही समयपछि नै उनी जेरूसलेम फर्किन्छन् र ५० हजार जेरूसलेमवासीको निर्मम हत्या गर्छन्। यसमध्ये ८०० विद्रोही यहुदीलाई क्रसमा झुन्ड्याइएको थियो।

    जिसस क्राइस्टको समयपछि यहाँ धार्मिक विद्वेषको युग सुरू भयो र अरब-इस्लामले प्यालेस्टाइन विजय गरेपछि यो मुलत तीन धर्मको संघर्षको थलो बन्यो। खासगरी जेरूसलेममाथिको नियन्त्रणलाई लिएर तीनवटा धर्मको खिचातानीले यो भूमि कसरी रक्तपात भयो भन्ने हामी अर्को भागमा चर्चा गर्ने छौं।

    यतिबेला युनानी साम्राज्यको अन्त्यसँगै युरोपमा अर्को साम्राज्यको युग सुरू भइरहेको थियो- रोमन साम्राज्य। ईशापूर्व ६४मा  रोमन शासक पोम्पेले सम्पूर्ण प्यालेस्टाइन कब्जा गरिसकेका हुन्छन्। यसपछि उनले जेरूसलेम आक्रमण गर्छन्। यो आक्रमणमा १२ हजार यहुदी मारिएको बताइन्छ। यसपछि जेरूसलेम रोमको नियन्त्रणमा आउँछ। रोमको नियन्त्रणमा आएपछि पनि जेरूसलेमले पटकपटक विद्रोह गरिरहन्छ र पटक-पटक आक्रमणको सामना गरिरहन्छ। सन् ७० मा रोमन युवराज टाइटसको विशाल सैन्य फौजले जेरूसलेम आक्रमण गर्छ। यो कहालीलाग्दो युद्धमा जेरूसलेम लगभग पूर्ण रूपमा ध्वस्त हुन्छ भने लगभग १० लाख जेरूसलेमबासीहरूको हत्या हुन्छ।

    यो पनि पढ्नुहोस् – मध्यपूर्वको समस्या र इरानी रणनीति 

    मिश्र, एसिरिया, बेबिलोन, सेल्युकस, युनानी र रोमन साम्राज्यले यसबेला जेरूसलेम मात्रै नभएर  प्यालेस्टाइनको सम्पूर्ण भूमिमा युद्ध लडेका थिए र यहाँ आफ्नो अधिपत्य कायम गरेका थिए। यी युद्धहरूले यहाँको राजनीतिक सिमानामा उलटफेर भइरह्यो। विभिन्न भाषा बोल्ने फरक-फरक समुदायका मानिसहरूको बसाईंसराई भयो। जेरूसलेम मात्रै नभएर सम्पूर्ण प्यालेस्टाइन बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक समुदायका मानिसहरूको थलो बन्न पुग्यो। पुरानो जनजातीय दुश्मनीले सान्दर्भिकता गुमायो। जिसस क्राइस्टको समयपछि यहाँ धार्मिक विद्वेषको युग सुरू भयो र अरब-इस्लामले प्यालेस्टाइन विजय गरेपछि यो मुलत तीन धर्मको संघर्षको थलो बन्यो। खासगरी जेरूसलेममाथिको नियन्त्रणलाई लिएर तीनवटा धर्मको खिचातानीले यो भूमि कसरी रक्तपात भयो भन्ने हामी अर्को भागमा चर्चा गर्ने छौं।

    यो पनि – इजरायल प्यालेस्टाइन युद्ध र यसको प्रभावबारे माओवादी केन्द्रका नेता योगेन्द्र शाहीसँगको कुराकानी:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.