Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

क्रमिक विकासको सिद्धान्त बुझाउने इतिहासअघिको इतिहास

लाखौं वर्ष लगाएर मात्र मानिसले भाषा प्रयोग गर्न, हतियार प्रयोग गर्न, आगोलाई वशमा राख्न र प्रयोग गर्न सिकेको हो। मानिसले करीब १२ हजार वर्ष यता खेती गर्न थालेपछि एकैठाउँमा लामो समय बसोबास गर्न थाल्यो र क्रमश गाउँहरु र शहरको विकाससँगै आजको समाज व्यवस्था सहितको मानव जाति बन्न पुग्यो । यही प्रक्रियामा स्त्रीजातिमाथि पुरुषको नियन्त्रण, सम्पत्तिमाथि पुरुषको नियन्त्रण, इतिहासमाथि पुरुषको नियन्त्रण भयो ।

झलक सुवेदी झलक सुवेदी
भदौ १, २०८१
- पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानवशास्त्री सुरेश ढकालको पुस्तक इतिहासअघिको इतिहास सार्वजनिक भएदेखि नै मानवशास्त्रका विद्यार्थीहरुको वृत्तभन्दा बाहिर पनि चर्चा र चासोको विषय बनेको छ। त्रिविविको मानवशास्त्र विभागमा अध्यापनरत डा. ढकाल सार्वजनिक वृत्तमा मानवशास्त्रीय कोणबाट बहस र विमर्शमा निरन्तर संलग्न छन्। यसअघि उनको ‘नेपालमा भूमि सम्बन्ध र किसान आन्दोलन’ पुस्तक प्रकाशित भएको थियो। त्यसले नेपालको भूमि सम्बन्ध र किसान आन्दोलनसम्बन्धी जानकारीलाई जनस्तरमा पुर्‍याउने काम गरेको थियो। उनै डा. ढकालले केहीदिनअघि इतिहास अघिको इतिहास नामक एक पुस्तक ल्याएका छन्। लेखकले यो पुस्तकको नाम नै इतिहासअघिको इतिहास राखेर यो मूलतः प्राक ऐतिहासिक मान्छेको अध्ययन हो भन्ने प्रष्ट पारेका छन्। उपलब्ध लेख्य सामग्रीहरुको विश्लेषणबाट इतिहासको जानकारी पाइने समय ऐतिहासिक समय हो भने लिपिको विकास नभइसकेको समयलाई प्राक्–ऐतिहासिक समय भन्ने गरिएको छ, अर्थात् इतिहास भन्दा पहिलेको समय। यसरी इतिहासलाई मुख्यत दुई भागमा बाँडेर अध्ययन गरिन्छ।

    पुस्तकको मुख्य भाग उहिलेका हाम्रा पुर्खाहरुले कस्ता कस्ता चरण बेहोरेर आजको अवस्थामा आए होलान् ? आजको अवस्थामा आउनु अघिको मान्छेको साँस्कृतिक चेतना र गतिविधि कस्तो थियो होला ? कृषिको आरम्भ कसरी भयो ? कृषिले कसरी समूहमा बसिरहेको मान्छेलाई परिवार परिवारमा विभाजित गरिदियो, किन कृषि थालिनुभन्दा पछि र पहिलेको समय तुलना गर्दा मान्छे पहिले बढी सुखी थियो, यस्तो इतिहासको अन्वेषण कसरी गरिन्छ भन्नेजस्ता प्रश्नहरुमा केन्द्रित छ।

    यस पुस्तकमा मानवशास्त्रीय पक्षबाट मानव जातिको उद्विकासका विभिन्न चरणहरु, त्यसमा हतियार र धातु प्रयोगको समय र महत्व, मानवजातिको साँस्कृतिक प्राणीका रुपमा भएको रुपान्तरण, प्राकइतिहास र वर्तमानमा पनि समाजमा महिलाको स्थान, देवदेवीहरुको उत्पत्तिका सन्दर्भहरु, नेपालमा पुरातात्विक उत्खनन र उपलब्धी जस्ता विषय समेटिएका छन्।

    यो पुस्तक धेरैले धेरै कोणबाट अध्ययन गर्न सक्नेछन्। मानवशास्त्रका विद्यार्थीले त यो शास्त्रको अनिवार्य पाठ्यक्रमका रुपमा अध्ययन गर्ने नै छन्। मानवशास्त्रभन्दा भिन्न विधाका विद्यार्थीका लागि यो पुस्तक उति नै सान्दर्भिक छ। म यहाँ मेरा लागि यो पुस्तक अध्ययन गर्नु किन महत्वपूर्ण रह्यो भन्ने विषयमा अलिकति चर्चा गर्नेछु।

    मान्छेको उत्पत्ति र विकास कसरी भयो होला ? मान्छे नै अरु प्राणीभन्दा विशिष्ट कसरी बन्यो होला ? कसरी मान्छे पशुजगतभन्दा बेग्लै प्रकृतिमाथि नियन्त्रण गर्न सक्ने बनेर निस्क्यो होला ? मान्छे प्राणीका रुपमा र साँस्कृतिक व्यक्तिका रुपमा कुन अवस्थाबाट गुज्रदै आयो होला भन्ने प्रश्नहरु सबैका जिज्ञासाका विषय हुन्। आफ्नो विगत र आगतका विषय मान्छेको सर्वाधिक चासोको विषय हो। यो प्रश्नलाई लेखकले आरम्भमा नै प्रष्टसँग उठान गरेका छन्।

    पन्ध्र अध्यायमा विभाजन गरेर लेखिएको प्रस्तुत पुस्तकमा ढकालले प्राय सबै अध्याय प्रश्नबाटै सुरु गरेर उत्तर दिने गरेका छन्। एउटा प्रश्न सृष्टिसँग सम्बन्धित छ। उहिले विद्यार्थी छदाँ नै गार्गीले जनकको सभामा गरेको प्रश्नबारे उत्तर दिन नसकेपछि उनीभन्दा माथिल्लो आसनमा बसेकाहरु गार्गीलाई सृष्टिसम्बन्धी प्रश्न नसोध्न भन्दै झपारेको सन्दर्भ पढिएथ्यो। चराचर जगत र ब्रम्हाण्डको सृष्टिसम्बन्धी जबर्जस्त दुईवटा धारणा छन्। एउटा मानिसको दृष्टि भन्दा पर कुनै अलौकिक शक्ति छ र त्यसले नै सारा जगतको सृष्टि, त्यसको दैनिक जीवनचर्या र भूमिका तथा विनाश या मृत्युको बारेमा पहिले नै तय गरेको हुन्छ भन्ने धारणा।

    अर्को चैँ अहिलेसम्म ब्रम्हाण्डको सृष्टिसम्बन्धी रहस्य ठोस रुपमा पत्ता नलागिसकेको, त्यसतर्फ खोजी हुँदै जाँदा पत्ता लाग्न पनि सक्ने रहस्यका रुपमा स्विकार गर्छ। तर पृथ्विको उत्पत्ति, यहाँ वनस्पति र प्राणीजगतको उत्पत्ति र विकास, त्यसमा मान्छेको उत्पत्ति र विकासको क्रमवद्ध चरणको अध्ययन वोधगम्य छ भन्ने मान्छ। आजको मान्छे कुनै भगवानले सृष्टि गरिदिएर बनिबनाऊ पृथ्वीमा आफ्नो भाग्य भोग गर्न आएको होइन। बरु यो अरु प्राणीका झैं पारिस्थितीक प्रणालीकै उपज हो। आजको यो होमो सेपीयन्स या आजको मान्छे अरु प्राणीजस्तै प्राकृत अवस्थाबाट क्रमशः उत्परिवर्तन हुँदै, चारखुट्टेबाट दुइखुट्टे बन्दै, श्रम गर्दै, सिक्दै, आफ्नै बन्धु अन्य मानव जातिको संहार गर्दै यहाँसम्म आइपुगेको हो। हात र श्रमको प्रयोगले नै यसलाई अरु प्राणीभन्दा भिन्दै बनाउँदै लगेको हो। लाखौं वर्ष लगाएर मात्र मानिसले भाषा प्रयोग गर्न, हतियार प्रयोग गर्न, आगोलाई वशमा राख्न र प्रयोग गर्न सिकेको हो। मानिसले करीब १२ हजार वर्ष यता खेती गर्न थालेपछि एकैठाउँमा लामो समय बसोबास गर्न थाल्यो र क्रमश गाउँहरु र शहरको विकाससँगै आजको समाज व्यवस्था सहितको मानव जाति बन्न पुग्यो। यही प्रक्रियामा स्त्रीजातिमाथि पुरुषको नियन्त्रण, सम्पत्तिमाथि पुरुषको नियन्त्रण, इतिहासमाथि पुरुषको नियन्त्रण भयो।

    अर्थात् आज मानिसको जाति जे जस्तो अवस्थामा छ, मान्छेको शरीरको बनोट र यसको सञ्चालन प्रक्रिया जे जसरी चल्छ त्यो क्रमिक विकासको परिणाम हो। डार्विनले स्थापित गरेको क्रमिक विकासको सिद्धान्त (theory of evolution) वा सर्भाइवल अफ फिटेष्ट सम्बन्धी अवधारणा अरु प्राणी र बनस्पति जगतका जस्तै मान्छेमा पनि लागू हुन्छ। अनेक रंगका या शारीरिक बनोटका मान्छे पनि यो क्रमिक विकास र उत्परिवर्तनका उपज हुन्।

    धर्म, देवी देवता, परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति पनि मानव विकासको एउटा विशिष्ट चरणकै उपज हुन्। जसरी इतिहासको खास चरणमा यिनीहरुको विकास भयो त्यसरी नै अर्को खास चरणमा पुगेर यो अहिलेको अवस्थाभन्दा बदलिन्छ। महिलामाथिको थिचोमिचोको कुरा होस् या दास बनाइने, दलित बनाइने परम्परा सबै नै इतिहासको खास चरणमा विकास भएका हुन् र ती परम्परा नासिनु अनिवार्य छ। यो क्रमिक विकासको सिद्धान्तलाई बुझ्न सुरेश ढकालको यो पुस्तक एकदम सरल र सहज भाषामा हामीलाई प्राप्त भएको छ। यसका लागि लेखक ढकाललाई बधाइ र धन्यवाद।

    गएको वर्ष भारतमा हिन्दुत्वको प्रभावलाई कसरी स्थापित गर्ने भन्ने सन्दर्भमा एउटा अनौठो निर्णय त्यहाँको सरकारले गरेको थियो। विद्यालय र उच्च शिक्षाको पाठ्यक्रमबाट डार्विनको क्रमिक विकासको सिद्धान्त हटाउने प्रस्ताव आएपछि भारतभरका वैज्ञानिकहरुको समूहले त्यसको विरोधमा वक्तव्य नै सार्वजनिक गरेका थिए। बायोलोजीका शास्त्रहरु क्रमिक विकास सिद्धान्तमा आधारित छन् भने ती पनि पढ्न भएन र त्यस्तो भयो भने भारतीय विज्ञान शिक्षामा भयानक अँध्यारो युग आउँछ भन्ने वैज्ञानिकहरुको चिन्ता थियो। क्रमिक विकासको सिद्धान्त हिन्दू दर्शनको सृष्टि सम्बन्धी अवधारणा विपरित छ। डार्विनको अवधारणाले राम, कृष्ण लगायत भगवानका अवतार हुन्छ भन्ने कुरा अस्वीकार गर्छ। मान्छे मान्छेबीच भाग्यले र पुनर्जन्मले शासक र शासित हुने, धनी र गरीब हुने, छूत र अछूत हुने, ऊँच र नीच हुने कुरालाई निषेध गर्छ। यसले मानिसहरुलाई सृष्टिका समान सन्तान मान्छ। जे जति उँच निच छ त्यो यही समाजको उपज मान्छ। यस्तो बिचार फैलियो भने मोदीले आफुलाई कसरी परमात्माले पठाएर अवतरण भएका गैह्र–जैवीक मान्छे दावी गर्ने ?

    हो ! ढकालले लेखेको जस्तै सृष्टि सम्बन्धी मानवशास्त्रको खोजलाई नै उल्टाउने, बँग्याउने, आफु अनुकूल पुरातात्विक अन्वेषणले स्थापित गरेका प्रमाणलाई नै नष्टभ्रष्ट पार्ने राजनीति यता पनि उता पनि जारी छ। यसलाई बुझ्न पनि अत्यन्त सरल भाषामा लेखिएको यो पुस्तकको अध्ययन महत्वपूर्ण हुनेछ।

    मानवशास्त्रका विद्यार्थीले त यो यसैपनि नपढी नहुने भयो, तर पुस्तकको विषय र मानव जातिको विकासका विभिन्न चरणहरुबारे यसले उठाएका तर्कहरुका साथै आफ्नै विगत र आगतबारे जान्न चाहने हर कसैका लागि अध्ययन र संकलन गर्ने एउटा सन्दर्भ सामग्री हुनेछ।

    हरेक परिवारका अभिभावकहरुले आफ्ना हाइस्कुल या उच्च मावि अध्ययन गर्दै गरेका सन्तानहरुलाई एकपटक यो पुस्तक पढ्न लगाउने र यसमाथि उठ्ने जिज्ञासामाथि छलफल गर्ने वातावरण बनाउने हो भने हाम्रो समाजमा कतिपय हटाउनै पर्ने विश्वास र अन्धपरम्पराबाट मुक्त नागरिक बनाउन मद्धतै पुग्दो हो।

    पुस्तक: इतिहासअघिको इतिहास, साँस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त
    लेखक: सुरेश ढकाल
    पृष्ठसंख्या: २४०
    मुल्यः ५९९
    इण्डिगो बुक्स

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.